२०८२ जेष्ठ १० शुक्रबार
२०८२ जेष्ठ १० शुक्रबार

एक सय युरोको लागि चक्कु प्रहार,

लिमासोल / ०२ अक्टोबर

पापोसमा प्रहरीले २४ वर्षीय एक पुरुषलाई गिरफ्तार गरेको छ। हिजो बिहिबार साँझ पोलिस क्रैसोचोउसमा ४५ वर्षीय पुरुषलाई चक्कु प्रहार गरि मार्ने प्रयास गरेको आरोपमा पक्राउ परेका हुन्। आरोपीले छातीमा चक्कुले प्रहार गरेको बताइएको छ। पिडितले सापटी लिएको एक सय युरो फिर्ता नगरे पछि दिउसो उनि हरु बीच भानाभन भएको र साँझ पिडित को घर बाहिर आएर मार्ने प्रयास गरेको प्रहरीले जानकारी दिएको छ। पिडितलाइ प्रहरीले तत्काल पापोस जेनेरल हस्पिटलमा भर्ना गरि अपरेशन गरिएको थियो। पिडितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पोलिस प्रहरि र पापोस सीआइडि ले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ भने पिडित र अपराधी कुन देश का नागरिक हुन् भनि खुलाइएको छैन।

यता, आइनापामा पनि शुक्रबार बिहान एक व्याक्ति गम्भीर घाइते अवस्थामा फेला परेका छन्। प्रहरीको प्रारम्भिक जानकारी अनुसार २७ वर्षीय एक पुरुषलाइ चक्कु वा अन्य धारिलो हतियारले आक्रमण गरि हत्याको प्रयास गरिएको हो। पिडितलाइ फामागुस्ता हस्पिटलमा उपचारको लागि लगिएको छ। पेट मा चोट लागेका कारण अवस्था गम्भीर रहेको बताइएको छ। ढेकेलिया ब्रिटिश वेशमा काम गर्ने व्याक्ति को रहेको अनुमान गरिएको छ। प्रहरीले पिडित कुन देश का नागरिक हुन् भनि खुलाइएको छैन भने घटना सम्बन्धी थप अनुसन्धान भैरहेको बताएको छ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट