२०८२ जेष्ठ १० शुक्रबार
२०८२ जेष्ठ १० शुक्रबार

साइप्रसका नेपाली संघसंस्थाहरु दूतावासमा सूचिकृत हुनु पर्ने

साइप्रस-नेपाल

२० नोभेम्बर / लिमासोल

साईप्रसमा स्थापित नेपाली सामाजिक संघ संस्थाहरुलाई अवैतनिक वाणिज्य दूतावासमा सूचिकृत हुन नेपाली राजदूतावास इजरायलले सूचना जारी  गरेको छ  ।

आगामी २० डिसेम्बर २० १९ सम्मको समय सिमा भित्र  नेपाली संघसंस्थाहरुको विवरण सहित निकोसिया स्थित अवैतनिक वाणिज्य दूतावास मार्फत नेपाली  दूतावासमा इजरायल सूचिकृत हुनु पर्ने बताइएको छ  । सूचिकृत संस्थालाई मात्र दूतावास तथा अवैतनिक वाणिज्य दूतावासबाट मान्यता प्रदान गरी सोहि अनुसार अभिलेख राखिने दुतावास द्वारा जारी सुचनामा भनिएको छ  ।

सुचिकृत हुन संघसंस्थाले आफ्नो  साधारण सभाबाट पारित भएको संस्थाको विधान र वर्तमान पदाधिकारीहरुको पूर्ण विवरण  सहित संस्थाले विधानको उद्देश्यसँग मेल खाने कार्यक्रमहरु संचालन गरेको सो को विवरण पेश गर्नु पर्ने छ । साथै  संस्थाको नाममा कुनै बैंक खाता भए या नभएको जानकारी तथा बैंक विवरण भएको भए आर्थिक कारोबारको लागि जिम्मेवार व्यक्तिको विवरण र  संस्थाको हालसम्मको मौज्दात बारे जानकारी पनि दिनु पर्ने बताइएको छ  ।

संस्थाबाट कार्यक्रम तर्जुमा गर्दा राष्ट्रहित तथा समुन्नतिमा सहयोग पुग्ने, नेपाल र साईप्रसबीचको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग पुग्ने, नेपालको पर्यटन प्रवर्द्धन हुने, नेपालको भाषा, संस्कृति र परम्परा संरक्षण र प्रवर्द्धन हुने खालका कार्यक्रम बनाउन अनुरोध गर्दै सन् २०२० मा संस्थाबाट सन्चालन गरिने कम्तिमा २ वटा प्रस्तावित कार्यक्रमको विवरण उपलब्ध गराउन भनिएको छ  ।

साइप्रसमा सामाजिक, वैचारिक र जातीय गरि  १५ भन्दा बढी संघसस्था भए पनि आंसिक मात्र सक्रिय छन् ।

नेपाली राजदुतावास इजरायल द्वारा जारी सुचना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट