साइप्रसमा ‘छ माया छपक्कै ‘ प्रदर्शन हुने

Facebook
Twitter
LinkedIn

साइप्रस-नेपाल

नोभेम्बर १ / लिमासोल

प्रदर्शनीमा आएको चौथो हप्तासम्म पनि उत्साहजनक व्यापार गरि रहेको नेपाली चलचित्र ‘छ माया छपक्कै ‘ अब साइप्रसका दर्सकले पनि हेर्न पाउने भएका छन् । आउँदो १० नोभेम्बरमा निकोसिया स्थित पानाथिओन सिनेमा हलमा बिहान ११ बजे प्रदर्शन हुन लागेको हो । मनोरंजनले भरपुर चलचित्र हेर्न भने ७ युरो टिकट दर तोकिएको छ ।

देशको वर्तमान राजनैतिक बिषयलाई व्यङ्गात्मक ढंगले प्रस्तुत गरेर निर्माण गरिएको फिल्म ‘छ माया छपक्कै’लाई सञ्चारकर्मी दीपेन्द्र लामाले निर्देशन गरेका हुन्। फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतको अभिनय रहेको छ भने कथा दीपेन्द्र लामाको हो भने पटकथा दीपकराजले तयार गरेका हुन्।

‘आमा सरस्वती मुभिज्’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘आईएमई’को संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता रोहित अधिकारी हुन्। फिल्मलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरेका छन्। यसैगरी फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ।

विभिन्न समयमा साइप्रसमा पनि नेपाली चलचित्र प्रदर्शन हुदै आएका छन् । छक्का पन्जा , ब्लाइण्ड रक्स, दुई रुपैया , क्याप्टेन, छक्का पन्जा दुई लगायतका चलचित्र प्रदर्शन भए पनि व्यवसायिक सफलता हासिल गर्न हाम्मे हामे परेको थियो । उत्कृस्ट नेपाली सिनेमा प्रति साइप्रसवासी नेपालीहरु सिनेमा हल सम्म तानिन सकिरहेका छैनन् तर ‘छ माया छपक्कै’ ले साइप्रसका दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
सो फिल्म अमेरिकामा पनि नोभेम्बरको पहिलो सातादेखि प्रदर्शन हुने भएको छ।

टिकटको लागी सम्पर्क –
96578420, 96 751378
96 889259, 96 193868
96 872086, 96 043853

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.