२०८२ जेष्ठ १० शुक्रबार
२०८२ जेष्ठ १० शुक्रबार

एनआरएनए साइप्रसको अधिवेशन सम्पन्न, अध्यक्षमा दिल कुमारी तिलिजा

साइप्रस-नेपाल
१५ सेप्टेम्बर/ लिमासोल

गैर -आवासीय नेपाली संघ साइप्रसको आठौं अधिवेशनबाट २५ सदस्सिय नयाँ कार्यसमिती निर्विरोध चयन भएको छ ।
२०१९-२०२१ कार्यकालका लागि नव निर्वाचित अध्यक्ष दिल कुमारी तिलिजा पुन को कार्यसमितीमा अन्तेस राउत, जसु माया पुन र किस्मत पौडेल गरि तिन जना उपाध्यक्ष चयन भएका छन् । समितिमा महा-सचिव कृपा थापा, सचिव पुरन बहादुर थापा मगर,सह -सचिव दया सागर अर्याल, कोषाध्यक्ष दिनेश दकाल, सह-कोषाध्यक्ष अनिल भन्डारी , युवा प्रतिनिधि कुन्दन कार्की र महिला प्रतिनिधिमा सरिता कुमारी चौधरीको चयन भएको हो ।
संघको प्रवक्तामा दिनेश हरिजन गौतम मनोनीत भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कालिका थापा, धिराजन कुमार खड्का, रन्जित सापकोटा ,दयाराम थापा, उजिर अन्सारी , संजय कुमार मन्डल, राजन श्रेष्ठ , नितेश कुमार सरदार, सुरज रानाभाट, सरस्वती खनाल, सरु नेपाल, कल्पना राई र राधा पोखेरल रहेका छन् ।

Nrna Cyprus Newly Elected committee for 2019-2021 Photo: Samim Miya

निकोसियामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अवैतनिक राजदुत डा. राम जीवन पंजियार ले नेपाली दाजुभाई दिदी बहिनीहरुले भोग्दै आइरहेको समस्यालाई समाधान गर्न आफु एनआरएनए संग हातेमालो गरि काम गर्ने बताउदै विदेशमा कमाएको धन खर्च गर्ने भन्दा पनि बचत गर्न आग्रह गर्नु भयो । साथै नेपाली कन्सुलेटले गर्दै आइरहेको सहयोग निरन्तर हुने पनि उद्धोष गर्नु भयो । आइसिसि सदस्य रंजित महतोले नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रमका सभापति सुबास मल्लले २०१७- १९ का कार्यसमिति विघटन गर्दै संघ प्रतिका लगाब, पदाधिकारी साथीहरूले दिएको महत्त्वपूर्ण योगदान र विश्वास प्रति कृतज्ञता व्यक्त गर्नु भयो । नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका प्रमुख सुरेश कुमार शाहले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा महिला प्रवक्ता नानु गोम्जा तामांगले स्वागत मन्तब्य, महासचिव अन्तेस राउतले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरिता कुमारी चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । साइप्रसमा क्रियाशील रहेका विभिन्न संघसस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो । साथै विभिन्न संघसस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट