साइप्रस-नेपाल
लिमासोल/२७ अगस्ट
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसले २०१९-२०२१ को लागि नयाँ सदस्यता वितरण र नविकरण खुला गरेको छ। आगामी सेप्टेम्बर १५ मा निकोसियामा आठौं महाधिवेशनमा हुदैछ ।

प्रवाशी नेपालीका हकहितका बिषयमा पूर्ण रुपमा सम्बोधन नभएकाले अधिकार माग्न एकजुट भै संस्थामा आवाद्द हुनु पर्ने देखिएकोले सदस्यता लिन एनआरएनए साइप्रसले अनुरोध गरेको छ । सदस्यता लिन गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS (Management of Information System) मा गइ नयाँ सदस्यता आवेदन दिनुपर्ने बताइएको छ ।
सदस्यता फारम आगामी सेप्टेम्बर १० तारिक २०१९ सम्म मात्र खुल्ने यसमा भरिएको सम्पूर्ण जानकारी सुरक्षित रहने हुनाले गलत प्रयोग हुन नसक्ने बताइएको छ।
अनलाइन मार्फत फारम भरिने हुँदा नयाँ सदस्यतता लिनका लागि पासपोर्ट साइजको डिजिटल फोटो, पासपोर्टको कपि वा फोटो सहितको साइप्रस आईडी कार्ड , भिसा वा राहदानीमा डिपार्चर भएको पानाको फोटो साथै दुई वर्ष वा दुई वर्ष भन्दा वढी विदेशमा रहेको आधिकारीक कुनै प्रमाण (दक्षिण एसियाली मुलुक बाहेकको) नेपाल सरकार ले जारी गरेको एन आर एन एन कार्ड को प्रतिलिपी वा विदेश बाट जारी भएको सवारी चालक अनुमति पत्रको प्रतिलिपी सहित १० युरो सदस्यता शुल्क लाग्ने छ ।
अनलाइन फारम भर्न यहाँ क्लिक गर्नुहोस्
गैर आवासीय नेपाली संघ साइप्रसको सदस्यता किन लिने ?
नेपालमा विधिवत रुपमा दर्ता भएको गैर-आवाशिय नेपाली संघ हाल संसारको ८० देशमा फैलिएको छ । प्रवाशमा छरिएर रहेका नेपालीका आवाजलाई एकजुट गराउन सफल भएको सस्थाले साइप्रसमा बस्ने नेपालीको अधिकार सुरक्षित गराउन पहल गरिरहेको छ , नेपाल र नेपालीको दुःख सुखमा साथी बन्ने गरेको छ र प्रवासमै रहेर पनि मातृभूमिका लागि योगदान गर्न सकिन्छ भन्ने उदाहरण बन्न पनि यसको सदस्यता लिनु पर्छ ।

“नेपालीका लागि नेपाली” भन्ने नारा सहित अगाडी बढेको यो विशुद्ध सामाजिक तथा गैर-राजनीतिक संस्था हो सदैब प्रबासमा बस्ने नेपालीका हकहित तथा अधिकारका लागि लडिरहेको छ र प्रयत्नशील छ विभिन्न देशमा प्रवाशी नेपालीका मागलाई सरोकारवाला निकाय सम्म पुर्याउने माध्यम बनेको संस्थाले साइप्रसमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ । विधार्थी र घरेलु कामदारको दुख पिडा र समस्यालाई स्थानीय सरकार, नेपाली नियोग र नेपाल सरकार सम्म पुर्याउन, पीडितलाई उद्दार गर्न, जन्मभूमि र कर्म भुमि प्रतिको मायामा कोशे ढुंगाको काम गर्दै आएको छ । साइप्रसका नेपालीले महत्वपूर्ण रुपमा हेरेको र बहुप्रतिक्षित “सेफ हाउस” सेप्टेम्बर ८ बाट संचालन मा आउनेछ जसलाई संचालन गर्न गैर आवासीय नेपाली संघ साइप्रसको योगदान सम्मानयोग्य छ ।
अनलाईन फाराम भर्न आज बाट सुरू भएको छ फारम भर्दा कुनै समस्या परेमा तलका सदस्यता नवीकरण समितिका सदस्यहरु संग सम्पर्क गर्नु सकिनेछ
१) Antesh raut महासचिब – 97 646724
२) jasu pun magar – महिला प्रतिनिधि – 96 517955
३) Sita maya Tamang – ( Nanu Gomja ) – spokespersons-96 739953
४) Bikash Duwadi – युवा संयोजक -96 019931
५) Shanti Rai ( sen sham) महिला संयोजक – 96 634122
६) Kabita bhandari – 96471947