२०८२ असार ५ बिहीबार
LATEST NEWS
२०८२ असार ५ बिहीबार

डाउनलोड गर्नै पर्ने पाँच मोबाइल एप

साइप्रस -नेपाल / लिमासोल

हामी अधिकांश समय मोबाइलका विभिन्न एप हरुमा व्यथित गरि रहेका हुन्छौ। प्ले स्टोर बाट सजिलै डाउनलोड गरेर विभिन्न सोसल मिडिया दखिका काम मोबाइल बाटै गरिरहेका हुन्छौ।

स्मार्ट फोन र इन्टरनेट हाम्रो जिवनको अभिन्न अंग जस्तै भै सकेको छ।

ब्युटी प्लस, टिकटक, फेसबुक, इमो , म्यासनेजर, इन्स्ताग्राम, मिडिया प्लेयर विभिन्न गेम लगायत चर्चित एप बाहेक तपाइँलाई साइप्रसमा बसुन्जेल उपयोगी हुने केहि एप बारे जानकारी दिदै छौ। जसले तपाइँको समय र पैसाको पनि बचत गर्ने छ।

५ काम लाग्ने एपहरु

2GIS : इन्टरनेट बिना पनि चल्ने अफलाइन म्याप ,डाइरेक्टरी र नेभिगेसन सेवा सहितको यो एप निकै उपयोगी छ। मोबाइलको जिपियस बाट यसले तपाइँ को घर, ठेगाना ,स्थान साथै साइप्रस भरिको नक्सा ‘थ्रीडी’ मा पनि देखाउने गर्छ। खोजेको बिल्डिङ्ग , कम्पनी, अफिस को प्रवेशद्वार, अफिस समय , सम्पर्क नम्बर तथा वेबसाइटको जानकारी साथै सो स्थानको फोटो पनि देखाउने गर्छ।

ड्राइभ गर्दै हुनु हुन्छ भने स्वाचालित भ्वाइस कमाण्डले छोटो तथा बैकल्पिक बाटो को समेत नेभिगेसन गर्ने गर्दछ। आफ्नो स्थान देखि गन्तब्य सम्म यात्रा गर्दा लाग्न सक्ने अनुमानित समय र दुरी को अनि जानकारी दिने यो एप लाई गुगल प्ले स्टोर बाट सजिलै नि:शुल्क डाउनलोड गर्न सकिन्छ।

Bazaraki : बजाराकी एपमा नि:शुल्क वर्गीकृत विज्ञापन प्रकाशन हुने एप हो। यस एप मार्फत साइप्रस भरि नयाँ तथा पुराना कम्प्युटर, मोबाइल, विभिन्न घरेलु सामाग्री, फर्निचर, सवारी साधन, पाटपुर्जा, घर जग्गा भाडामा वा खरिद /बिक्रि गर्न पाइन्छ।

कामको खोजीमा भौतारिएका विधार्थीहरुको लागि पनि यो एपमा “जब” खोज्न सकिन्छ भने काम आवस्यकता भनेर नि:शुल्क विज्ञापन गर्न सकिन्छ रजिस्ट्रेसनको लागि भने मोबाइल नम्बर आवश्यक पर्छ । यो एप लाई गुगल प्ले स्टोर बाट सजिलै डाउनलोड गर्न सकिन्छ।

Foody Cyprus : यो अनलाइन खाना डेलिभर सेवा दिने एप हो। आफ्नो एरियाको पोस्टल कोड हाने पछि त्यस एरियामा खाना डेलिभरि सुविधा दिने रेस्टुरेन्ट को विवरण सहित सम्पूर्ण मेन्यु र मुल्य सहित डेलिभरी हुन लाग्न समय पनि देखाउछ।

यस बाट अर्डर गर्दा क्रेडिट कार्ड वा नगदमा पनि बिल भुक्तानी गर्न सकिन्छ। डिस्काउण्ट र अफर चलिरहने हुँदा सस्तो तथा सुलभ रुपमा खाना घर मै आइपुग्छ। लिमासोल स्थित गुर्खाज किचन( Gurkha’s Kitchen) मा पनि यो सेवा सूचारु भएको छ ।

Bolt : अनलाइन बाट ट्याक्सी बोलाएर गन्तब्यमा पुग्न यो बोल्ट एप निकै उपयोगी छ। उद्गम स्थान देखि गन्तब्य सम्म को भाडा एप ले बुकिङ्ग गर्नु अघि नै देखाई दिने हुनाले ठगि हुने सम्भावना कम हुन्छ। भाडा चित्त बुझे मात्र बुकिङ्ग कन्फम गरि तपाइँ को आसपासमा रहेको बोल्ट ड्राइभरले तपाइँलाइ रिसिभ गर्न तपाइको स्थान मै आउछ।

ट्याक्सी बुक गरेर कन्फर्म भए पछि तपाइँलाई लिन आउने ट्याक्सी कहाँ र कति समयमा आइपुग्यो? ट्याक्सी नम्बर, ड्राइभरको मोबाइल नम्बर लाइभ हेर्न सकिन्छ। तपाइँले क्रेडिट कार्ड वा नगदमा पनि भाडा भुक्तानी गर्न सकिन्छ भने सामान छुटे पनि सम्बन्धित ड्राइभरलाई फोन वा म्यासेज गरेर जानकारी गराउन सकिन्छ। डाउनलोड

read also: साइप्रस प्रहरी सम्पर्क Cyprus Police Contact

Talk home : यो कलिंग एप हो। यस बाट विश्वभरि सस्तोमा कल गर्न सकिन्छ। नेपालमा कल गर्दा मोबाइलमा १० सेन्ट, ल्याण्डलाइनमा १० सेन्ट लाग्छ भने एसएमएस गर्दा १० सेन्ट लाग्छ। साइप्रसका टेलिफोन सेवा प्रदायक कम्पनि भन्दा रेट सस्तो पर्ने एप ले इन्टरनेट को पहुँच नभएका नेपालका परिवारलाई कल गर्न उपयोगी हुन्छ। डाउनलोड

तपाइँले प्रयोग गर्नु यी एप बाहेक अरु पनि एप छन् भने कमेन्ट मा लेख्नु होला।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट