श्रम सकिएकाले के गर्ने ?
साइप्रस को सुख दुखको बसाइमा तितो मीठो अनुभव संगालेर २ वर्ष पछि आफ्नो देश नेपाल मा घर परिवार सङ रमाइलो पल बिताउन छुट्टी जाने बेला सधै एउटा टेन्सन भै रहन्छ त्यो हो श्रम स्वीकृति । बेला बेलामा नेपाली अनलाइन न्युज पोर्टल मा पुन: श्रम स्वीकृति बारे आएका उदेक लाग्दा समाचार देखेर पुन: श्रम स्वीकृति(चलनचल्तीको भाषा मा श्रम) बन्छ त भन्ने पिर साइप्रस छोड्नु अघि देखि नै लाग्छ । छुट्टी गएका साथीहरुको अनुभव मा कहिले सजिलै श्रम बनेको तर कोहिलाई अत्यन्तै तनाब झेलेको भनी सुनेर दिक्क लाग्नु स्वभाविक हो । छुट्टी जांँदा नेपाली वाणिज्य दूतावास निकोसियाबाट कागजात नबनाइ जाँदा भने श्रम नविकरण हुँदैन । नेपाल सरकारले बिदामा घर गएर फर्किन नेपाली नियोग को सिफारिस अनिवार्य गरेको छ । जसका लागि अनुसुची ८ फारम भर्नु पर्ने हुन्छ । जसलाई चलनचल्तीमा होलिडे पेपर भनेर बुझिन्छ ।

के के कागजात चाहिन्छ त ?
- ६ महिना म्याद रहेको सक्कली पासपोर्ट
- पिन्क कार्ड वा भिसा कार्ड ( भिसा कार्ड नआएको भए रि इन्ट्री भिसाको छाप लगाएको माइग्रेसन विभाग को रसिद)
- करार सम्झौता (कन्ट्रयाक पेपर) PHOTOCOPY
यी तिन कागजात लिएर निकोसिया स्थित नेपाली कन्सुलेट अफिसमा पेश गरेर 25 युरो शुल्क बुझाउनु पर्छ । अनुसुची 8 को कागज सहित माथी उल्लेखित कागजातको फोटोकपीमा कन्सुलरले छाप लगाएर सिफारिस तयार गरि तपाईंलाई दिन्छ । साथै काठमाडौ स्थित श्रम विभाग र सातै प्रदेशका श्रम कार्यालयमा समेत इमेल गरिदिनेछ । यो कागजात लिएर अब श्रम बनाउन जाँदा तपाईलाइ कुनै समस्या हुदैन ।
नेपाल जानु पर्ने तर तपाई को पिङ्क कार्ड नआएको भए के गर्ने ? पुरा जानकारी को लागि यहाँ क्लिक गर्नुहोस्।

श्रम बनाउन नेपाल मा कुन कुन कागजात चाहिन्छ ?
- बीमा गरेको सक्कल प्रमाण पत्र ।
- नियोगबाट प्रमाणित गरेको करारनामा र प्रवेशाज्ञाको प्रतिलिपि ।
- वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कल्याणकारी कोषमा रकम बुझाएको रसिद ।
- नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि ।
- पासपोर्ट
श्रम स्वीकृति भयो कि भएन खोजी गर्न यहाँ क्लिक गर्नुहोस्
सात प्रदेश मा कहाँ कहाँ बाट पुनः श्रम स्वीकृति पाइन्छ ?
- प्रदेश एक : विराटनगर
- प्रदेश नम्बर २ जनकपुर
- प्रदेश नम्बर ३ हेटौंडा
- गण्डकी प्रदेश को पोखरा
- प्रदेश नम्बर ५ बुटवल
- कर्णाली प्रदेशको सुर्खेत
- सुदुरपश्चिम प्रदेशको धनगढी

कहाँ छ नेपाली कन्सुलेट अफिस ? फोन नम्बर नक्सा सहित