लिम्बुहरुको न्वागी उत्सव कार्यक्रम

Facebook
Twitter
LinkedIn

दिनेश गौतम, युरोप

साईप्रस, २९ पुस । लिम्बु जातिहरुको मौलिक सास्कृतिक सम्पदालाई संरक्षण गरौ भन्ने मुल नाराका साथ युरोपको साईप्रस देशमा लिम्बुहरुले चासोक तांनम् अर्थात न्वागी उत्सव उभौली पर्ब एक कार्यक्रमको आयोजना आईतवार मनाएका छन ।

लिम्बु जातिहरुको सस्था किरात याक्थुगं चुम्लुगं साईप्रसको आयोजनामा भएको कार्यक्रममा लिम्बु जातिहरुले यो पर्बमा परिश्रमको पल ,विविध अन्नपात र उपयुक्त हावापानी धर्ती वा प्रकृतिसगं सम्बन्धित हुने भएकोले यो पर्ब मनाएको कार्यक्रम सम्योजक सरिता लिगंदेनले जानकारी दिईन ।

किरात याक्थुगं लुम्लुगंको केन्द्रिय महासचिव निरन्ती तुम्बापोको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा युरोपको हरेक देशहरुमा नेपालका बिभिन्न समुदायका भाषा सस्कृतिलाई जर्गेना गर्दै नेपालमा पर्यटन प्रवद्र्धनका लागि बिदेशीहरु माझ नेपाल चिनाउनु पर्ने सहभागिहरुको बताएका थिए ।

चासोक तङ्नाम सांस्कृतिक कार्यक्रम २०७६ भव्यताका साथ सम्पन्न (फोटोफिचर)

चासोक तांनाम अर्थात न्वागी उत्सव कार्यक्रमकी संयोजक सरिता लिगंदेनको संचालनमा भएको कार्यक्रममा जनजाती महासङ्घ इजरायलका सल्लाहकार नयन इम्सोङ लिम्बू ,किरात याक्थुङ चुम्लुङ बहराइनका सल्लाहकार प्रह्लाद लिङ्देन ,किरात याक्थुङ चुम्लुङ राष्ट्रिय सदस्य तथा लिम्बू बिद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष फिपराज बेघा, गैरअवसिया नेपाली संघ साईप्रसकी कोषाध्यक्ष सरता चौधरी ,फोटो पत्रकार समिम मिया ,नेपाल मगर सघं साईप्रसका प्रतिनिधि सरु मगर लगाएतहरुको सहभागिता रहेको थियो ।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.