
काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन परेको छ। डा अरुण कुमार सिंहले पनि कर्णालीकै लागि आवेदन दिएको बताएका हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा मंगलबार ५ बजेसम्म १० जनामको आवेदन परेकाे हाे।
गत बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको थियाे। कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएकाे हाे।
कर्णालीका लागि आवेदन दिनेहरु
१. प्राडा विजय अर्याल
२. प्राडा सेशनन्द सञ्जेल
३. डा उत्सव चापागाईं
४. प्राडा प्रमोद कुमार सर्राफ
५. डा पवजजंग रायमाझी
६. डा पुजन रोकाया
७. डा सूर्यमान मेन्याङ्बो
८. डा एलिजा श्रेष्ठ
९. डा डबलबहादुर धामी
१०. डा कालु शर्मा सुवेदी
११. डा विष्णु प्रसाद शर्मा
१२. डा प्रमोद यादव
१३. डा श्रीकृष्ण गिरी
१४. डा लक्ष्मीनारायण सिंह
१५. डा अरुणकुमार सिंह*
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थी, तालिम र एक्सचेन्ज कार्यक्रमका भिसा आवेदकलाई आफ्नो सामाजिक सञ्जाल पब्लिक बनाउन अनुरोध गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले बुधबार एक सूचना जारी गर्दै एफ (F), एम (M) र जे (J) क्याटेगरीका भिसाका लागि आवेदन दिने सबैले सामाजिक सञ्जालको प्राइभेसी सेटिङ ‘पब्लिक’मा राख्नुपर्ने उल्लेख गरेको हो ।
दूतावासले सामाजिक सञ्जाल पब्लिक बनाउँदा आवेदकको पहिचान र अमेरिका प्रवेश योग्यता पुष्टि गर्न सजिलो हुने जनाएको छ । प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित हुने भन्दै सूचनामा लेखिएको छ, “यसले पहिचान र अमेरिका प्रवेश योग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउनेछ ।”
अमेरिकी विदेश मन्त्रालयले ल्याएको यस नयाँ नियमअनुसार यदि कुनै आवेदकले सामाजिक सञ्जाल प्राइभेट राखेमा त्यसलाई गतिविधि लुकाउन खोजेको रूपमा व्याख्या गरिने उल्लेख छ । मन्त्रालयले सामाजिक सञ्जालमार्फत अमेरिकी सरकार, संस्था वा मूल्यप्रति घृणा वा दुश्मनी झल्काउने संकेत पाइएमा आवेदकमाथि विशेष निगरानी गरिने जनाएको छ ।
यसअघि ट्रम्प प्रशासनले गएको मे महिनामा विद्यार्थी भिसा अन्तर्वार्ता प्रक्रिया रोकेको थियो । भिसा प्रक्रिया पुनः सुरु गर्दै थप कडा जाँच प्रणाली लागू गरिएको हो ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ १८:२०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं— पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा थुनछेक बहस सकिएको छ ।
नेपालको तर्फबाट ६ जना वकिलले बहस गरेका थिए । केहीबेरमा थुनछेक आदेश आउने विशेष अदालत स्रोतले जनाएको छ । नेपालसँग बयान आजै बयान लिइएको थियो ।
२०६६-०६७ ताक प्रधानमन्त्री रहेका बखत पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपाललाई हदबन्दी छुटमा उद्योग खोल्न दिइएको जग्गा गैर कानुनी रूपमा बिक्री गर्न अनुमति दिएको अभियोगमा तत्कालीन प्रधानमन्त्री नेपाल, तत्कालीन मन्त्री डम्बर श्रेष्ठ, तत्कालीन मुख्य सचिव माधव घिमिरे, तत्कालीन भूमिसुधार सचिव छविराज पन्त र पतञ्जलि नेपालका प्रमुख शालिग्राम सिंह सहित ९३ विरुद्ध अख्तियारले भ्रष्टाचार दायर गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रिक्त रहेका उपकुलपति पदका आवेदकको नाम सार्वजनिक भएको छ। उपकुलपतिका लागि नाम सिफारिस समितिले मंगलबार सूची सार्वजनिक गरेको हो।
गत बुधबार समितिले सात दिनभित्र इच्छुक उम्मेदवारहरुलाई आवेदन दिन भनेको थियो। सोही अनुसार समितिले पाटन, पोखरा, कर्णाली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५५ जनाको आवेदन परेको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जना, पाटनमा १० र बीपी कोइराला धरानमा १३ जनाले आवेदन दर्ता गरेका छन्।
यस्तो छ नामसूची
कर्णाली
१. प्राडा विजय अर्याल
२. प्राडा सेशनन्द सञ्जेल
३. डा उत्सव चापागाईं
४. प्राडा प्रमोद कुमार सर्राफ
५. डा पवजजंग रायमाझी
६. डा पुजन रोकाया
७. प्राडा सूर्यमान मेन्याङ्बो
८. डा एलिजा श्रेष्ठ
९. डा डबलबहादुर धामी
१०. डा कालु शर्मा सुवेदी
११. डा विष्णु प्रसाद शर्मा
१२. डा प्रमोद यादव
१३. प्राडा श्रीकृष्ण गिरी
१४. डा लक्ष्मीनारायण सिंह
१५ डा अरुण कुमार सिंह
पोखरा
१. प्राडा अर्जुन आचार्य
२. डा प्रदीप घिमिरे
३. प्राडा माया लामा
४. प्राडा चण्डिका पण्डित
५. प्राडा भरत बहादुर खत्री
६. प्राडा राकेश कुमार वर्मा
७. प्राडा राजेश अधिकारी
८. प्राडा नारायण सिंह गुरुङ
९. प्राडा प्रेमराज ज्ञवाली
१०. प्राडा विधान निधि पौडेल
११. प्राडा इश्वर शर्मा कँडेल
१२. प्राडा दिपकराज पौडेल
१३. डा श्रीकृष्ण श्रेष्ठ
१४. डा कालु शर्मा सुवेदी
१५. प्राडा विष्णु प्रसाद शर्मा
१६. डा रामेश राज कोइराला
१७. डा लक्ष्मी नारायण सिंह
पाटन
१. डा श्रीजना श्रेष्ठ
२. प्राडा प्रहलाद कार्की
३. प्राडा संगीता भण्डारी
४. प्राडा गेहनाथ बराल
५. प्राडा बुद्धिप्रसाद पौडेल
६. प्राडा विष्णु प्रसाद शर्मा
७. प्राडा पन कुमार शर्मा
८. डा दीपक थापा मगर
९. डा दिपेन्द्र रमण सिंह
१०. डा लक्ष्मी नारायण सिंह
बीपी प्रतिष्ठान धरान
१ प्रा.डा. गौरी शंकर शाह
२ प्रा.डा. प्रह्लाद कार्की
३ प्रा.डा. संगीता सिंह भण्डारी
४ प्रा.डा. ज्ञानेन्द्र गिरी
५ प्रा.डा. पशुपति चौधरी
६ डा. रोशन पोखरेल
७ प्रा.डा. कृष्ण कुमार राई
८ प्रा.डा. रोहित प्रसाद यादव
९ प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ
१० प्राडा सञ्जिव कुमार शर्मा
११ प्रा.डा. विष्णु प्रसाद शर्मा
डा. रमेश राज कोइराला
डा लक्ष्मी नारायण सिंह
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । आजको डिजिटल युगमा स्मार्टफोनको लत एउटा विश्वव्यापी समस्या बनेको छ । मानिसहरू चाहेर पनि फोन प्रयोग कम गर्न सक्दैनन् । एप्पल र गुगल जस्ता कम्पनीहरूले स्क्रिन टाइम लिमिट जस्ता आफैँ नियन्त्रण गर्न सघाउने टुल उपलब्ध गराइरहेका छन् ।
तर यी धेरैजसो उपायहरू प्रभावहीन बनिरहेका छन् । यही चुनौतीलाई सम्बोधन गर्न गुगल र फेसबुकका पूर्व मार्केटिङ कार्यकारी एरिक एन्टोनावले ‘मेथाफोन’ (Methaphone) नामक एक अनौठो ग्याजेट ल्याएका छन्, जसले तपाईँलाई फोन चलाउने लतबाट मुक्ति पाउन सघाउने दाबी गरिएको छ ।
एन्टोनावलाई यो ग्याजेट बनाउने प्रेरणा आफ्नो परिवारसँग कफी पसलमा बस्दा आएको थियो । फोन चलाउने तीव्र इच्छा महसुस हुँदा उनले रमाइलो गर्दै भनेका थिए कि जसरी अफिमको लत भएकाहरूलाई मेथाडोन चाहिन्छ, त्यसैगरी आईफोनको लत भएकाहरूलाई ‘मेथाफोन’ चाहिन्छ । उनका किशोर छोराछोरी यो कुरा सुनेर हाँसेपछि, उनले यसलाई वास्तविकतामा बदल्ने निर्णय लिए ।
केही दिनमै, उनले च्याटजीपीटीको सहयोगमा फोनको आकारको, तर भित्र केही नभएको एउटा ग्याजेटको तस्विर बनाए । यसैबाट ६ इन्चको पारदर्शी एक्रिलिक स्ल्याब विकसित भयो, जसका कुनाहरू आईफोनजस्तै गोलो र किनाराहरू सिसाजस्तै देखिने हरियो रङ्गका थिए ।
हुन त हामीहरू सकेसम्म फोन कम प्रयोग गर्न चाहन्छौँ, तर यसमा थोरै मात्र सफल भइरहेका हुन्छन् । अन्य समाधानहरू भन्दा फरक मेथाफोनले खासै केही काम गर्दैन । यसको एक साधारण स्टेटमेन्ट छ – ‘यो फोन होइन’ । तर, प्रविधिमा अभ्यस्त हाम्रो संस्कृतिमा यो परियोजनाले व्यापक रूपमा ध्यान खिचेको छ ।
गत मे महिनामा, पहिलो ब्याचका मेथाफोनहरू आउँदा एन्टोनावले आफ्ना साथीहरूको प्रतिक्रिया लिन खोजे । क्याथरिन गोट्जे नामक एक व्यक्तिले टिकटकमा मेथाफोनबारे भिडिओ पोस्ट गरिन्, जहाँ उनी एक पसलमा अरू जस्तै झुकेकी थिइन्, तर फोन स्क्रोल गर्नुको सट्टा उनले पारदर्शी एक्रिलिक स्ल्याब स्क्रोल गरिरहेकी थिइन् । यो भिडिओ पाँच दिनभित्रै ५ करोड ३० लाख भन्दा बढीले हेरे । एन्टोनावका अनुसार त्यसपछि मेथाफोन व्यापक रूपमा विक्री भयो । उनले २५ अमेरिकी डलरमा मेथाफोन बिक्री गरे ।
स्ट्यानफोर्डको स्कुल अफ मेडिसिनमा लत अनुसन्धानकर्ता रहेकी तथा ‘डोपामाइन नेसन’की लेखिका एना लेम्बके द वायरसँग भन्छिन्, “हामी फोनहरूलाई आफ्नो शरीरको नजिक राख्छौँ, दिनमा अनगिन्ती पटक छुन्छौँ ।”
मेथाफोन जस्ता उपकरणले आदतको चक्रलाई छोटो पार्न मद्दत गर्न सक्छ, जहाँ तपाईँ गतिविधिहरू त गर्नुहुन्छ, तर त्यसको कुनै प्रतिफल पाउनुहुन्न । उनी यसलाई धूम्रपान गर्ने व्यक्तिले निकोटिन रहित भेप प्रयोग गरेको सन्दर्भसँग तुलना गर्छिन् ।
एन्टोनावले मेथाफोनको भविष्य व्यक्तिगत ग्राहकले गर्ने खरिदमा भन्दा पनि ठुला-ठुला प्रयोगहरूमा देखेका छन् । उदाहरणका लागि, रेस्टुरेन्टहरूले मेनुमा मेथाफोन उपलब्ध गराउने, ताकि मानिसहरूले आफ्नो ध्यान भङ्ग नगरी खाना खान सकून् ।
मेथाफोन फोनको लत सम्बन्धी समस्यालाई व्यङ्ग्य गर्ने यो नै पहिलो प्रयास भने होइन । सन् २०१४ मा सुरु भएको नोफोन नामक एक प्लास्टिकको इट्टा पनि फोनका लतमा फसेका मानिसहरूका लागि नक्कली फोनको रूपमा बजारमा आएको थियो ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ १७:५१
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी– विश्व बैंकले गत वर्ष इजरायल र इरान समर्थित हिजबुल्लाहबीचको विनाशकारी युद्धपछि लेबनानको पुनर्निर्माण र पुनर्प्राप्तिमा सहयोग गर्न २५ करोड डलरको परियोजनालाई स्वीकृति दिएको छ।
बैंकले यसअघि पुनर्निर्माण र पुनर्प्राप्तिको लागत करिब ११ अर्ब डलर खर्च हुने अनुमान गरेको थियो।
“विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले हिजो लेबनानलाई क्षतिग्रस्त महत्त्वपूर्ण सार्वजनिक पूर्वाधार र लाइफलाइन सेवाहरूको सबैभन्दा जरुरी मर्मत र पुनर्निर्माण तथा द्वन्द्व प्रभावित क्षेत्रहरूमा भग्नावेशषको दिगो व्यवस्थापनलाई सहयोग गर्न २५ करोड अमेरिकी डलरको आर्थिक सहयोग स्वीकृत गरेको छ”, बैंकले एक विज्ञप्तिमा भन्यो।
विश्व बैंकको मध्यपूर्व विभागका डिभिजन निर्देशक जिन–क्रिस्टोफ कार्रेटले भने, “लेबनानको ठूलो पुनर्निर्माण आवश्यकतालाई ध्यानमा राख्दै परियोजनालाई विश्व बैंकबाट प्रारम्भिक २५ करोड डलर योगदानका साथ एक अर्ब डलरको स्केलेबल फ्रेमवर्कको रूपमा संरचित गरिएको छ।”
लेबनानका प्रधानमन्त्री नवाफ सलामले यस निर्णयलाई स्वागत गर्दै यस परियोजनालाई ‘युद्ध प्रभावित क्षेत्रहरूमा महत्त्वपूर्ण पूर्वाधार र आवश्यक सेवाहरूमा भएको क्षतिको जवाफ दिएर पुनर्निर्माणको महत्त्वपूर्ण कदम’ भनेका छन्।
“यो सहयोगले राज्यको नेतृत्वमा रहेको कार्यान्वयन ढाँचाभित्र पुनर्प्राप्ति प्रयासहरूलाई बलियो बनाउँछ र धेरै आवश्यक अतिरिक्त वित्तपोषणको लाभ उठाउँछ”, उनले भने।
लेबनानी समूह हिजबुल्लाह र इजरायलबीच सेप्टेम्बरमा सुरु भएको पूर्ण युद्धसहित एक वर्षभन्दा बढीको शत्रुता नोभेम्बरको अन्त्यमा युद्धविराम सम्झौतामा समाप्त भएको थियो।
द्वन्द्वले लेबनानभर व्यापक विनाश गर्यो। विशेष गरी देशको दक्षिण र पूर्वमा हिजबुल्लाहको गढ र बेरुतको दक्षिणी उपनगरहरूमा ठूलो विनाश ल्यायो र सन् २०१९ मा सुरु भएको आर्थिक सङ्कटले गर्दा आर्थिक सङ्कटलाई अझ बढाएको छ।
पुनर्निर्माण लेबनानको सरकारले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौतीहरूमध्ये एक हो। बेरुतले युद्धपछिको पुनर्प्राप्तिको वित्तपोषणका लागि विदेशी सहायता खोजिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ जनाको आवेदन परेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा मंगलबार ५ बजेसम्म १७ जनामको आवेदन परेकाे हाे।
गत बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको थियाे। कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएकाे हाे।
पोखरा
१. प्राडा अर्जुन आचार्य
२. डा प्रदीप घिमिरे
३. प्राडा माया लामा
४. प्राडा चण्डिका पण्डित
५. प्राडा भरत बहादुर खत्री
६. प्राडा राकेश कुमार वर्मा
७. प्राडा राजेश अधिकारी
८. प्राडा नारायण सिंह गुरुङ
९. प्राडा प्रेमराज ज्ञवाली
१०. प्राडा विधान निधि पौडेल
११. प्राडा इश्वर शर्मा कँडेल
१२. प्राडा दिपकराज पौडेल
१३. डा श्रीकृष्ण श्रेष्ठ
१४. डा कालु शर्मा सुवेदी
१५. प्राडा विष्णु प्रसाद शर्मा
१६. डा रामेश राज कोइराला
१७. डा लक्ष्मी नारायण सिंह
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । देशभरका ७५३ ओटै स्थानीय तहहरूका लागि भनेर बनाइएको मोबाइल एप बिना सूचना गायब पारिएको छ । सूचना प्रविधि विभागले डेभलप गरेको ‘स्थानीय तहको एप (Local Level)’ पछिल्लो समय गुगल प्ले स्टोर र आईओएस एप स्टोरमा भेटिन छोडेको हो ।
विभाग, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र विभिन्न स्थानीय तह लगायतले आफ्नो वेबसाइटमा स्थानीय तहको एप डाउनलोड गर्ने लिङ्क राखेका छन् । तर उक्त लिङ्कमा क्लिक गर्दा गुगल प्ले स्टोरमा यूआरएल नै नभेटिएको नोटिस आउँछ ।
अर्कोतर्फ एप्पलको आईओएस एप स्टोरमा ‘कनेक्टिङ’ देखाए पनि लिंक खुल्दैन । स्थानीय तहले प्रदान गर्ने सेवा, कार्यक्रम तथा परियोजना, ऐन नियमको विवरण, महत्त्वपूर्ण स्थान, आपत्कालीन नम्बर, सुझाव तथा गुनासो, समस्या दर्ता, जनमत जाहेर गर्ने र दोहोरो संवाद लगायत सेवाहरू उक्त एपमा उपलब्ध गराइएका थिए । पछिल्लो समय कतिपय स्थानीय तहले त सोही एपबाट कर समेत तिर्न मिल्ने सुविधा पनि थपेका थिए ।
तर एप नै गायब भएपछि देशभरका स्थानीय तहहरू क्रमशः आआफ्नै ढङ्गले एप डेभलप गर्न जुटेका छन् । जब कि छुट्टाछुट्टै बनाउनु नपर्ने र ७५३ ओटै स्थानीय तहका लागि प्रयोग हुने एउटै टेम्प्लेटमा निर्मित मोबाइल एप भन्दै १८ भदौ २०७५ मा तत्काली प्रधानमन्त्री (हालका समेत) केपी शर्मा ओलीले सो एप सुरु गरेका थिए ।
प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी) का एक अधिकारीले आफूलाई सो एप उपलब्ध हुन छोडेको बारेमा जानकारी नै नरहेको बताए ।
केही समय अघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्ट गरिएका तथा ड्रुपलमा आधारित स्थानीय तहका वेबसाइटहरूमा सुरक्षा सम्बन्धी समस्या देखिएको थियो । त्यसपछि सूचना प्रविधि विभागको टेम्प्लेट प्रयोग गर्ने र स्थानीय तहले उपलब्ध गराउने अनलाइन सेवाहरू क्रमशः नागरिक एपमा आबद्ध गर्दै लैजाने सहमति भएको ती अधिकारीले सुनाए ।
“यसको अर्थ नागरिक एपमा स्थानीय तहका सेवाहरू उपलब्ध नहुँदै स्थानीय उनीहरूले प्रयोग गर्दै आएको मोबाइल एप बन्द गर्ने भन्ने चाहिँ थिएन,” उनले भने, “बरु नागरिक एपमा सबै स्थानीय तहलाई जोडिसकेपछि सञ्चालनमा रहेको पुरानो एपलाई क्रमशः बन्द गर्दै लैजाने भन्ने थियो ।”
सूचना प्रविधि विभागका एक अधिकारले स्थानीय तहको एप समस्याग्रस्त वेबसाइटबाट डेटा लिएर चल्दै आएको र वेबसाइटहरूमै समस्या आएपछि बन्द गर्नु परेको बताउँछन् । “स्थानीय तहका वेबसाइटबाट एपमा डेटा तान्ने एपीआई थियो । अपडेट नहुँदा त्यसले पनि काम गर्न छोडिसकेको थियो,” उनले भने । विभागले आन्तरिक रूपमा एप बन्द गर्ने निर्णय गरेपनि सार्वजनिक सूचना भने ननिकालिएको ती अधिकारीले बताए ।
सूचना प्रविधि विभागले दिएको एपमा केही गर्नै नमिल्ने, र पछिल्लो समय चल्नै छोडेपछि छुट्टै एप बनाउनुको विकल्प नरहेको गोकर्णेश्वर नगरपालिकाका आईटी सल्लाहकार प्रकाश अर्यालले बताए । “उक्त एप वेबसाइटबाट डेटा तान्ने वा रिफ्लेक्ट गर्नेमा मात्रै सीमित थियो । हामीलाई एपको मास्टर कन्ट्रोल पनि दिइएको थिएन,” उनले भने, “यहाँबाट हामीले एपमा केही गर्न नमिल्ने, डाउन भइरहने र सर्वसाधारणको गाली चाहिँ हामीले खानुपर्ने भयो । यो हाम्रो मात्र नभएर देशभरका सबै स्थानीय तहको पीडा हो । त्यसपछि सबैले आआफ्नै तवरमा एप बनाउन थालेका हुन् ।”
स्थानीय तहको एकीकृत एप बन्द भएपछि अहिले विभिन्न स्थानीय तहहरूले धमाधम आआफ्नै ढङ्गले एपहरू बनाउन थालेका छन् । तर नागरिक एपमा ‘मेरो पालिका’ अन्तर्गत स्थानीय तहहरूको सेवा थप्ने तयारी भइरहेको छ । उक्त फिचर लाइभ भएसँगै स्थानीय तहहरूको छुट्टै एपको औचित्य नहुने सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा बताउँछन् ।
“सबै स्थानीय तहहरूको सेवाको प्रकृति एउटै हो । जसलाई नागरिक एपमा जोड्ने तयारी चलिरहेको छ,” उनी भन्छन्, “नागरिक एपमा आउने भइसकेपछि त्यसैका लागि अर्को एप किन राख्नु पर्यो भन्ने प्रश्न पनि आउला । अर्कोतर्फ स्थानीय तहहरूमा छुट्टाछुट्टै प्रणाली हुँदा भोलिको दिनमा इन्टिग्रेसन गर्न पनि जटिलता सिर्जना हुन सक्छ ।” केन्द्रीकृत एपको रूपमा रहेको विकल्प बिचैमा अलपत्र परेसँगै स्थानीय तहहरूबाट उस्तै एप डेभलप गर्ने नाममा दोहोरो लगानीको जोखिम पनि बढेको छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ १६:३७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपाली राष्ट्रिय टोलीका बलर ललितकुमार राजवंशी र सन्दीप लामिछानेले आइसिसी टी–२० आई बलिङ वरीयतामा फड्को मारेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा ललितले २९ स्थान सुधार गरेका हुन्। उनी नयाँ वरीयतामा ५४औं स्थानमा छन्।
यसअघि शीर्ष एक सयमा नअटाएका सन्दीप स्कटल्याण्ड सिरिजपछि ४१ स्थान सुधार गर्दै ७५ स्थानमा आइपुगेका हुन्।
सन्दीपले स्कटल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध राम्रो प्रदर्शन गरेका थिए।
यी दुईबाहेक कुनै पनि बलर शीर्ष १०० मा अटाउन सकेका छैनन्।
त्यस्तै दीपेन्द्रसिंह ऐरी ८०औं स्थानमा छन्।
टी–२०आईको ब्याटिङतर्फ १० स्थान सुधार गर्दै कुशल भुर्तेल ८३औं स्थानमा रहँदा कप्तान रोहित पौडेल ६६, दीपेन्द्रसिंह ऐरी ६१ र आसिफ शेष ७७ स्थानमा छन्। टी–२०आईको अलराउण्डर वरियतामा दीपेन्द्र तेस्रो स्थानमा कायमै छन्। कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ३२, गुल्सन झा ६०, रोहित ६६, कुशल मल्ल ६७ र करण केसी ८१औं स्थानमा छन्। वरियतामा नेपाल १८औं स्थानमा यथावत् छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
भक्तपुर- भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले जानकारी दिए ।
आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया अभियानका रूपमा सुरु गरेको अस्पतालले पहिलो दिन मंगललबार तीन जनाको शल्यक्रिया गरेको छ । “आज पाँच जनाको शल्यक्रिया गर्ने तयारी छ”, निमित्त निर्देशक डा भट्टले भने । आङ खसेका महिलाहरूलाई अस्पतालमा सम्पर्क गरेर निःशुल्क शल्यक्रियाका लागि आउन उनले आह्वान गरे।
सामाग्री श्रोत :
swasthyakhabar