२०८२ श्रावण २४ शुक्रबार
LATEST NEWS
२०८२ श्रावण २४ शुक्रबार

काठमाडौँ । सरकारी सेवा लिन प्रयोग हुने नागरिक एपमा समस्या देखिएको छ । मंगलबार बिहान करिब १०:३० बजेदेखि एप नचल्ने समस्या देखिएको हो ।

एप खोल्दा ‘Unfortunately, something went wrong. Please try again later!’ भन्ने सन्देश देखिन्छ । एपमा लिंक गरिएका कागजातहरू नखुल्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । 

विशेषगरी एपमा रहेको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउनुपर्ने सेवाग्राही प्रभावित भएका छन् । आवश्यक समयमा लाइसेन्स देखाउन नपाउँदा समस्या भएको उनीहरूको गुनासो छ ।

एप स्रोतका अनुसार सानो प्राविधिक गडबडी (ग्लिच)का कारण नागरिक एपमा समस्या आएको छ । “सर्भरमा आकस्मिक ट्राफिक बढ्दा एपमा समस्या देखिएको हो । प्राविधिक टिम समस्याको समाधानमा खटिएको छ,” स्रोतले जानकारी दिएको छ ।

हालै नागरिक एपमा नागरिकताको विवरण सच्याउन मिल्ने नयाँ सुविधा थपिएको छ । यही सुविधासम्बन्धी पुश नोटिफिकेसन पठाउँदा प्रयोगकर्ताको चाप अत्यधिक बढेको र त्यसकै कारण समस्या देखिएको जनाइएको छ ।

प्राविधिक टिमले केही समयमै एप सामान्य अवस्थामा फर्किने जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १७, २०८२ ११:२९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – एसीसी १६ वर्ष मुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई ३ सय ५९ रनको लक्ष्य दिएको छ ।

टस जितर पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा ३ सय ५८ रन बनाएको हो । नेपालका लागि रौनक श्रीवस्तवले १ सय ३२ बलमा १ सय ६८ रनको पारी खेले । उनले १६ चौका र ५ छक्का प्रहार गरे । यस्तै जोय थापाले ६७ बलमा ६१ रनको योगदान दिए । शिवान्शं बजगाईंले ५२ बलमा ५४ रन बनाएका थिए । यता भुटानका लागि संजय दोर्जेले ३ तथा तेन्जिन लोडेले १ विकेट लिएका छन् ।

नेपाल खेलेका तीनै खेलमा अपराजित छ । समूहको शीर्ष स्थानमा रहँदै नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । यो समूहबाट सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ ।

 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- नेपाल डेन्टल एसोसिएसनले नेपाल चिकित्सक संघद्वारा मिति २०८२ असार १६ गते सार्वजनिक गरिएको उपभोक्ता अदालतसम्बन्धी प्रेस विज्ञप्तिमा उल्लेख गरिएका मागहरूप्रति पूर्ण समर्थन जनाउँदै ऐक्यबद्धता प्रकट गरेको छ।

डेन्टल एसोसिएसनले आज एक वक्तव्य जारी गर्दै चिकित्सकहरूको पेशागत सम्मान, कार्यसुरक्षा र सेवा प्रवाह सुनिश्चित गर्न चिकित्सक संघले अघि सारेका मागहरू न्यायोचित र व्यावहारिक भएको स्पष्ट पारेको छ।

‘चिकित्सकहरूमाथि भइरहेका दुर्व्यवहार, राजनीतिक तथा प्रशासनिक उपेक्षा, तथा अनावश्यक दबाबको घटनाले सम्पूर्ण स्वास्थ्य प्रणाली प्रभावित पारिरहेको छ,” महासचिव डा. प्रदिप भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘तसर्थ यस समस्याको तत्काल समाधान अत्यावश्यक छ भन्ने हाम्रो ठम्याइ छ।’

डेन्टल एसोसिएसनले आफ्ना सम्पूर्ण सदस्य चिकित्सकहरूलाई नेपाल चिकित्सक संघले अघि सारेका निर्णय तथा कार्यक्रमप्रति ऐक्यबद्ध रही साथ दिन आह्वान गरेको छ।

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । अमेरिकामा रहेको आईटी कन्सल्टिङ कम्पनी आईटी सुत्र इन्क (ITSutra Inc.) ले नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । कम्पनीले चेम्जोङसँग ३० लाख रुपैयाँ बराबरको सम्झौता गरेको हो ।

टेक्सासमा मुख्यालय रहेको आईटी सुत्रले यो सहकार्यमार्फत प्रविधि र खेलकुद क्षेत्रलाई जोड्ने प्रयास गरेको जनाएको छ । कम्पनीका सीईओ पंकज श्रेष्ठका अनुसार चेम्जोङको अनुशासन, समर्पण र अन्तर्राष्ट्रिय छवि कम्पनीको ब्रान्ड मूल्यसँग मेल खाने भएकाले उनीसँग सहकार्य गरिएको हो ।

आईटी सुत्र इन्क.ले माइक्रोसफ्ट पावर प्लेटफर्म, क्लाउड सोलुसन्स, क्यूए अटोमेसन जस्ता क्षेत्रमा सेवा दिँदै आएको छ । कम्पनीको मुख्य उद्देश्य नेपाली प्राविधिक क्षमतालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने रहेको बताइएको छ ।

साझेदारीअनुसार चेम्जोङ कम्पनीका ब्रान्ड अभियान, युवा लक्षित तालिम कार्यक्रम, डिजिटल कार्यक्रम र सामाजिक गतिविधिमा सक्रिय रहनेछन् । यो सहकार्यले प्रविधि क्षेत्रमा नेपाली युवालाई प्रोत्साहन गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

सन् २०१४ मा स्थापना भएको आईटी सुत्र इन्क.ले हालसम्म २०० भन्दा बढी अन्तर्राष्ट्रिय ग्राहकलाई सेवा दिइसकेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीमार्फत अमेरिकाका विभिन्न प्रतिष्ठित कम्पनीहरूमा १२ हजार बढी नेपाली प्राविधिकहरू कार्यरत रहेको जनाइएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १७, २०८२ ९:५७





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी –गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी ९५ जनाको मृत्यु भएको छ । क्याफे, विद्यालय, अस्पताल र खाद्यान्न वितरण केन्द्रमा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । आक्रमणमा कयौँ मानिस घाइते भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । 

गाजाको समुद्री तटमा रहेको अल–बाका क्याफेटेरियामा भएको हवाई आक्रमणमा ३९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला, बालबालिका तथा पत्रकारहरुसमेत रहेको बताइएको छ ।  

आक्रमणमा दर्जनौँ मानिस घाइते भएका छन् । यस्तै इजरायली सेनाले खान युनिसमा रहेको एउटा मानवीय सहायता केन्द्रमा आक्रमण गरेको छ । खाद्यान्न लिन लाइन लागेकाहरुमाथि गरिएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । 

इजरायली सेनाले बम खसाल्दा त्यस क्षेत्रमा शक्तिशाली भूकम्पको महसुस गरेको पीडितहरुले बताएका छन् । यस्तै सयौँ मानिसले शरण लिइरहेको गाजासिटीको याफा स्कुलमा पनि बमबारी भएको छ । उक्त आक्रमणमा पनि कयौँ मानिस हताहत भएका छन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- चिकित्सा शिक्षा आयोगको रिक्त रहेको एक जना निर्देशक पदमा डा स्वयंप्रकाश पण्डित नियुक्त भएका छन्।

नवनियुक्त निर्देशक डा पण्डितले जिम्मेवारी समेत सम्हालिसकेका छन्। डा पण्डित आयोगको नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज (एनबीएमएस) को निर्देशक बनेका हुन्।

यसअघि एनबीएमएसमा निर्देशक प्राडा गुरु खनालले नियुक्ति पाएको केही समयपछि नै राजीनामा दिएका थिए। डा खनालले गत माघ २० गते देखि लागू हुने गरी माघ १८ गते राजीनामा दिएका थिए।

डा खनालले राजीनामा दिएपछि रिक्त रहेको पदमा गत महिना नियुक्ति प्रक्रिया अगाडि बढेको थियो। 

रिक्त रहेको पदमा आवेदन माग भएको थियो। सोही अनुसार आवेदन दिएर डा पण्डित निर्देशक पदमा नियुक्त भएका हुन्।

डा पण्डितले लामो समय सरकारी सेवामा काम गरेका थिए। उमेरका कारण उनले सरकारी सेवाबाट अवकाश पाएका थिए।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । बेलायती कम्पनी नथिङले आफ्नो बहुप्रतिक्षित ‘नथिङ फोन थ्री’ आज सार्वजनिक गर्दैछ । कम्पनीले यसलाई आफ्नो पहिलो ‘ट्रु फ्ल्यागशिप स्मार्टफोन’ को रूपमा प्रस्तुत गर्ने बताएको छ ।

सार्वजनिक हुनुअघि नै यसको क्यामेरा, प्रोसेसर लगायतका केही विशेषता बाहिरिसकेका छन् । नथिङ फोनका लागि चिनिएको सिग्नेचर ‘ग्लिफ इन्टरफेस’ को सट्टामा यसमा ‘ग्लिफ म्याट्रिक्स’ नामक नयाँ डिजाइन कम्पोनेन्ट हुने पुष्टि भएको छ ।

कसरी हेर्ने लन्च इभेन्ट ?

नथिङ फोन थ्री आज (जुलाई १) बेलायतको लण्डनस्थित कम्पनीको मुख्यालयमा नेपाली समय अनुसार राति १०:४५ बजे ‘नथिङ इभेन्ट: कम टु प्ले’ नामक कार्यक्रममार्फत सार्वजनिक गरिनेछ । यस कार्यक्रमलाई नथिङको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष हेर्न सकिनेछ ।

अनुमानित मूल्य

आधिकारिक मूल्य सार्वजनिक नगरिए पनि नथिङका सीईओ कार्ल पेईले यसको मूल्य रेन्जबारे केही संकेत दिएका छन् । जस अनुसार यसको सुरुवाती मूल्य करिब ८०० पाउन्ड स्टर्लिङ (अन्दाजी डेढ लाख रुपैयाँ) हुनसक्ने छ । 

केके होलान् फिचर ?

विभिन्न रिपोर्टका अनुसार नथिङ फोन थ्रीमा ६.७ इन्चको एलटीपीओ ओएलईडी स्क्रिन रहनेछ, जसको रेजोलुसन १.५के (1.5K) र रिफ्रेस रेट १२० हर्ज हुनेछ । क्यामेराको हकमा यसको पछाडि ट्रिपल क्यामेरा युनिट रहने पुष्टि भएको छ ।

यसमा थ्री एक्स अप्टिकल जुम सहितको ५० मेगापिक्सेल पेरिस्कोप टेलिफोटो सेन्सर मुख्य क्यामेरा हुनेछ । यसका साथै ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५० मेगापिक्सेलकै अल्ट्रा-वाइड-एंगल लेन्स पनि रहने चर्चा छ ।

कम्पनीले यस स्मार्टफोनमा स्न्यापड्रागन एट एस जेन फोर चिपसेट रहने संकेत गरेको छ । यसले नथिङ फोन टुको तुलनामा सीपीयू पर्फर्मेन्समा ३६ प्रतिशत, जीपीयूमा ८८ प्रतिशत र एनपीयू पर्फर्मेन्समा ६० प्रतिशत सुधार ल्याउने अपेक्षा गरिएको छ । यो फोन एन्ड्रोइड ओएसको पाँच वर्षको अपडेट र सात वर्षको सुरक्षा प्याच सहित आउनेछ ।

लिक भएका जानकारी अनुसार नथिङ फोन थ्रीमा ५,१५० एमएएच क्षमताको ब्याट्री र १०० वाटको वायर्ड फास्ट चार्जिङ सपोर्ट रहनेछ । यसमा वायरलेस र रिभर्स वायरलेस चार्जिङ क्षमता पनि हुने सम्भावना छ ।

पछिल्लो अध्यावधिक: असार १७, २०८२ ९:१४





सामाग्री श्रोत :
टेक पाना

हेटौँडा – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला लिई आउँदै गरेको युपी६१एटी ०९६२ नम्बरको लहरी ट्रक दुर्घटना हुदाँ ट्रक चालक भारतको गाजीपुर जिल्ला पुरैनियाँ निवासी ४५ वर्षीय महेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । 

ट्रकभित्र च्यापिएर अचेत भएको अवस्थामा चालक यादवलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा तत्कालै चिकित्सकले मृत घोषणाा गरेको प्रवक्ता अर्यालले बताए । दुर्घटनामा परी घाइते भएका सहचालक भारतको सोही स्थानका २६ वर्षीय मनोज यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । सैनिक आवासीय महाविद्यालय पढ्दा सक्रिय पाण्डेको प्रायः ध्यान विद्यालय नजिकै रहेको वायु प्रदूषणको स्टेसनमा जान्थ्यो । जहाँ वायु प्रदूषण मापनका लागि ठुलो डिभाइस राखिएको थियो । त्यसलाई अपरेट गर्न पनि गाह्रो हुन्थ्यो ।

उक्त डिभाइसलाई हेरेर आफैँले भविष्यमा सानो त्यस्तै खालको डिभाइस बनाउने बारे सोच्थे उनी । १९ वर्षीय पाण्डेले अहिले भने वायु प्रदूषण मापन गर्ने सस्तो र सहजै बोक्न सकिने सानो मोनिटरिङ डिभाइस तयार गरिसकेका छन् । उनले अन्य तीन जनासँग मिलेर ‘वायुदृष्टि’ नामक स्टार्टअप नै सुरु गरेर वायु गुणस्तर मापन डिभाइस बनाएका हुन् ।

वायुदृष्टिमा सक्रियकै दिदी श्रीशा पाण्डे (२३), मञ्जिला पाण्डे (२१) र विक्रम थापा (२५) संलग्न छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सक्रियले सम्हालेका छन् भने श्रीशाले फाइनान्स र मार्केटिङ, मञ्जिलाले टेक्नोलोजी र विक्रमले रिसर्चको जिम्मा लिएका छन् ।

उनीहरू चार जना मिलेर करिब डेढ वर्ष पहिले ‘वायुदृष्टि एयर मोनिटरिङ डिभाइस’ तयार पारेका हुन् । यो डिभाइस हत्केलामा नै अट्ने आकारको छ । यसको डिस्प्लेबाट रियल टाइममा वायु प्रदूषणको अवस्थाबारे जानकारी लिन सकिन्छ ।

डिभाइसमा कपिराइट एल्गोरिदम प्रयोग गरिएको छ । स्याटलाइटको डेटालाई ग्राउन्ड डेटा (जमिनमा राखिएका डिभाइसबाट प्राप्त डेटा)सँग मर्ज गरेर एउटा डिभाइसबाट १० वर्ग किलोमिटर क्षेत्रफलको प्रदूषण सम्बन्धी डेटा दिन सक्ने सक्रियको दाबी छ ।

उनका अनुसार हाल नेपालमा प्रदूषण र मौसम सम्बन्धी जानकारीका लागि प्रयोग गरिँदै आएका डिभाइसले एक वर्ग किलोमिटरसम्मको डेटामात्र प्रदान गर्न सक्छन् । यी डिभाइसहरू ३० हजार अमेरिकी डलर (४१ लाख रुपैयाँ) सम्म पर्ने भएकाले निकै महँगो समेत हुने गरेका छन् ।

वायुदृष्टि एयर मोनिटरिङ डिभाइस अन्यभन्दा निकै सस्तो पनि पर्छ । यस डिभाइसको शुल्क २५० अमेरिकी डलर (लगभग ३५ हजार रुपैयाँ) बाट सुरु हुन्छ । उक्त डिभाइसले पानी पर्ने सम्भावना, हावाको बहाव दिशा र गतिको मापन तथा पूर्वानुमान गर्न सक्छ । डिभाइसले दिने डेटाको प्यारामिटर अनुसार शुल्क महँगो हुँदै जाने उनले बताए ।

यस्तै, एक हप्तासम्मको मौसम सम्बन्धी पूर्वानुमान र वायु प्रदूषणको अनुमान गर्न सक्छ । जङ्गलमा आगो लाग्ने सम्भावनाका बारेमा समेत जानकारी दिने गरेको छ ।

सातै प्रदेशको वायु प्रदूषण सम्बन्धी लाइभ डेटा वेबसाइटमा

वायुदृष्टिको वेबसाइटबाट नै नेपालका सातै प्रदेशको प्रदूषणसँग सम्बन्धित डेटा निःशुल्क हेर्न सकिने व्यवस्था मिलाइएको छ । नेपालबाहेक भारत र पाकिस्तानका शहरहरूको पनि डेटा देखाउँदै आएको उनले बताए । भारतको दिल्ली, मुम्बई, अमृतसर, बैङ्गलोर, कानपुर र लखनउ तथा पाकिस्तानमा लाहोर, कराँची, फैसलाबाद अन्तर्राष्ट्रिय विमानस्थल, इस्लामाबाद र पेशावरमा पनि वायु प्रदूषणको अवस्था वेबसाइटबाट हेर्न मिल्छ ।

प्रदूषण सम्बन्धी जानकारी हेर्न वेबसाइट भिजिट गर्नेको सङ्ख्या पनि राम्रो रहेको उनी सुनाउँछन् । उनले भने, “मासिक ९८ हजार भिजिटर सम्म पुगेको रेकर्ड छ ।” दैनिक एक हजारको हाराहारीमा वेबसाइट भिजिटर रहेका छन् । आफ्नो वेबसाइटमा नेपालमा भन्दा पनि भारतबाट धेरै भिजिटर रहेको उनले बताए ।

यस्तै, कुन स्तरको वायु प्रदूषणले कस्तो स्वास्थ्य समस्या निम्त्याउँछ भन्ने जानकारी पनि वेबसाइटमार्फत दिइन्छ । आफ्नो स्थानको वायु प्रदूषणको अवस्था हेरेर मास्क प्रयोग गर्ने/नगर्ने, आउटडोर क्रियाकलाप गर्न उपयुक्त हुन्छ कि हुँदैन, प्युरिफायर प्रयोग गर्ने, व्यायाम गर्ने/नगर्ने र बालबालिका तथा ज्येष्ठ नागरिकलाई कसरी बचाउने भन्ने जानकारी वेबसाइटबाट दिइन्छ ।

स्थानीय तहले पनि मौसमसम्बन्धी जानकारीका लागि आफ्नो डिभाइस राख्न चासो देखाएको उनले बताए । यस्तै, जल तथा मौसम विभाग र वातावरण विभाग लगायतका अन्य सरकारी निकायहरूसँग मिलेर काम भइरहेको छ । विश्व बैंकले पनि आफ्नो डिभाइस राखेको उनले सुनाए ।

यूएस ईपीएबाट डिभाइस प्रमाणीकरण

वायुदृष्टिको प्रणालीलाई यूएस ईपीएबाट अनुमोदन प्रदान गरिएको छ । पाण्डेका अनुसार मोनिटरिङ डिभाइस तयार पारेपछि नेपाल सरकारबाट प्रमाणीकरणको प्रयास गरिएको थियो । तर नेपालमा यस्ता डिभाइसहरूको लागि प्रमाणीकरणको स्पष्ट फ्रेमवर्क नभएपछि समस्या भएको थियो । त्यसपछि अमेरिकी दूतावासको सहयोगमा यूएस ईपीएबाट प्रणालीको मापदण्ड पूरा गर्ने प्रमाणीकरण गरिएको हो । उक्त प्रमाणीकरणलाई नेपाल सरकारले पनि स्वीकार गरेको छ ।

वायुदृष्टि टोलीले वायु प्रदूषणले मानव स्वास्थ्यमा पारेको प्रभावको बारेमा विश्लेषण गर्न एआई प्रणाली पनि तयार पारेको छ । यसले फोक्सोको एक्स-रे फोटो विश्लेषण गरी प्रदूषणले पारेको असर देखाउने मेडिकल चार्ट र विश्लेषण गर्छ । महाराजगञ्जस्थित मेडिकल कलेजका विद्यार्थीलाई यसको बारेमा जानकारी गराउँदै तालिमसमेत प्रदान गरिएको थियो ।

वायु प्रदूषणबारे सचेतना दिन ‘वायु सेना’

वायु प्रदूषणको अवस्था नेपालमा गम्भीर रहेको पाण्डे बताउँछन् । “नेपालमा प्रत्येक हप्ता करिब ९०० देखि १००० व्यक्तिको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको तथ्याङ्क छ । यसलाई सरकार र नागरिक दुवैले गम्भीरतापूर्वक लिनुपर्छ ।” वायु प्रदूषणका बारेमा जानकारी दिनका लागि ‘वायु सेना’ तयार पार्ने काम पनि गरिरहेको उनले बताए ।

यसका लागि विभिन्न विद्यालयमा निःशुल्क सचेतना कक्षाहरू सञ्चालन गर्दै आएको छ । सचेतना कक्षामा वायुको गुणस्तरको बारेमा जानकारी दिनुका साथै गुणस्तरीय वायुसहितको वातावरण सिर्जनाका लागि युवालाई अग्रसर बनाउने गरिएको छ । सचेतना कक्षामा राम्रो प्रदर्शन गर्ने विद्यार्थीलाई मेडल प्रदान गरेर प्रोत्साहनसमेत गरिन्छ ।

क्राउडफन्डिङमार्फत लगानी जुटाउने योजना

वायुदृष्टि एयर मोनिटरिङ डिभाइस नेपालमै तयार पारिएको पाण्डेले बताए । डिभाइसका लागि आवश्यक पर्ने सेन्सरहरू भने चीनबाट आयात गरिन्छ । अन्य कच्चा पदार्थहरू पनि आयात गरिन्छ र नेपालमा एसेम्बल गरेर डिभाइस तयार पारिएको उनले बताए ।

यो डिभाइसलाई धेरैले रुचाएकाले अन्य डिभाइस पनि ल्याउने तयारीमा कम्पनी रहेको उनले सुनाए । कम्पनीले एयर प्युरिफायर र एआईमा आधारित प्रदूषण पूर्वानुमान गर्ने प्रणाली तयार गरिरहेको छ ।

हाल कम्पनी बुटस्ट्र्याप गर्दै चलिरहेको उनले बताए । उनले भने, “अब भने कम्पनीले अलि अलि मुनाफा गर्न थालेको छ ।” अब क्राउडफन्डिङमार्फत लगानी जुटाउने योजना रहेको उनले सुनाए ।

पछिल्लो अध्यावधिक: असार १७, २०८२ ८:९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – एसीसी १६ वर्ष मुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । 

मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा नेपाली समय अनुसार आज बिहान पौने ८ बजे खेल शुरु हुनेछ । नेपाल तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । 

नेपालले सिंगाापुरलाई छ, जापानलाई नौ र इन्डोनेसियालाई चार सय २१ रनको फराकिलो अन्तरले हराएको थियो । नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अङ्कसहित दोश्रो स्थानमा रहेको सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ ।

यस्तै, समूह ‘बी’बाट मलेशिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन् । १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ए मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भूटान र जापान छन् । 

यस्तै, समूह बी मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । सेमिफाइनलका खेलहरु बिहीबारदेखि शुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुने तालिका छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट