
काठमाडौं- केएमसी बागबजारबाट बाट कक्षा १२ उत्तीर्ण गरी काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न मेडिकल कलेजहरुमा एमबीबीएस, बीएमएस, बीडीएस, बीपीएच, बीएससी नर्सिङ, बी फार्मेसी, बीएससी एमआइटी, बीएमएलटी लगायतका प्रोग्राममा अध्ययनरत केएमसीयन हरुका लागि असार १४ गते ‘केएमसी मेडिकल सेक्टर- एलुम्नी मिट २०८२’ आयोजना गरी सम्पन्न भएको छ।
भेलामा ४०० भन्दा बढी उपत्यका भित्रका मेडिकल कलेजका विद्यार्थीहरुको उपस्थिति रहेको थियो। औपचारिक, अनौपचारिक ,सांस्कृतिक, फन गेमहरु सहित डिनर प्रोग्राम समेत आयोजना गरिएको थियो।विभिन्न मेडिकल कलेजका प्राचार्य/उप प्राचार्य सहित चिकित्सा पेशामा रहेका एमडी, एमएस, डिएम, एमसिएच, एमपिएच गरेका र सरकारी सेवामा ८औं, ९औं, ११औं तहमा रहेर सेवा गरिरहेका केएमसीका पूर्व विद्यार्थाहरुको समेत उल्लेख्य सहभागीता रहेको थियो।
उक्त समारोहमा बोल्दै औपचारिक कार्यक्रमका सभापति एवं केएमसीका अध्यक्ष रामेश्वर अर्यालले-केएमसीयनहरु देशका विभिन्न ठाउंमा पुगेर चिकित्सकीय सेवा दिएको देख्दा आफूलाई खुशी लाग्ने कुरा बताए।
त्यस्तै केएमसी पूर्व विद्यार्थी संघका अध्यक्ष डा अच्युत शाली घिमिरेले आफ्नो मन्तव्यका क्रममा केएमसीले दक्ष जनशक्त्ती उत्पादनमा पुर्याएको योगदानको चर्चा गर्दै चिकित्सक एवं स्वास्थ्यकर्मीलाई नेपालमा नै राख्न राज्यले भूमिका खेल्नुपर्नेमा जोड दिए।
२५ औं वार्षिकत्सवका क्रममा केएमसीले आफ्ना पूर्व विद्यार्थीहरु संग जोडिने क्रमलाई तीव्र बनाइराखेको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । एप्पलले आफ्नो आगामी आईफोन १७ मा दशकभन्दा लामो समयदेखि चल्दै आएको डिजाइनमा एक महत्त्वपूर्ण परिवर्तन गर्ने भएको छ । चर्चित लिकरका अनुसार कम्पनीले पहिलो पटक आईफोनको पछाडि रहेको आफ्नो लोगोको स्थान परिवर्तन गर्ने तयारी गरेको हो ।
‘मजिन बु’ नामका लिकरले सामाजिक सञ्जाल एक्स र आफ्नो ब्लगमार्फत यो जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार आईफोन १७ प्रोमा एप्पलको लोगो हालको स्थानभन्दा निकै तल हुनेछ । त्यो भनेको डिभाइसको पछाडिपट्टिको सेन्टरभन्दा हल्का तल हो ।
यो परिवर्तनको मुख्य कारण आईफोन १७ मा आउने भनिएको नयाँ क्यामेरा डिजाइन हो । आईफोन १७ को पछाडिको भागको पूरै चौडाइमा फैलिने गरी ‘फुल-विड्थ क्यामेरा बार’ हुनेछ । यो नयाँ डिजाइनका कारण लोगोलाई हालको स्थानमा राख्न असम्भव हुने भएकाले तल सार्न लागिएको विभिन्न रिपोर्टले उल्लेख गरेका छन् । नयाँ क्यामेरा डिजाइनमा फ्ल्यास र लाइडार स्क्यानरलाई पनि डिभाइसको दायाँ किनारमा सारिने बताइएको छ ।
लोगोको स्थान परिवर्तनले प्रयोगकर्तामा विशेषगरी म्यागसेफ (MagSafe) प्रयोगकर्तालाई असहज हुने देखिन्छ । खासगरी आईफोन १२ देखि एप्पलको लोगोले म्यागसेफ एक्सेसरिजलाई सही ठाउँमा मिलाउने सङ्केतका रूपमा काम गर्दै आएको छ ।
म्यागसेफको चुम्बकीय प्रणाली लोगोको ठ्याक्कै वरिपरि राखिएको हुने भएकाले पनि म्यागसेफ चार्जर एडजस्ट गर्न सजिलो हुँदै आएको थियो । तर, लिकरले यसको समाधान पनि बाहिर ल्याएका छन् । ‘मजिन बु’ का अनुसार एक्सेसरिज बनाउने कम्पनीहरूले यसका लागि तयारी थालिसकेका छन् । उनीहरूले उत्पादन गर्ने नयाँ केसमा म्यागसेफको गोलाकार रिङको बीचमा नयाँ लोगो देखाउनका लागि खाली ठाउँ राखेका छन् । यसले गर्दा म्यागसेफ त्यहीँ हुने, तर त्यसैको छेउमा पर्ने लोगोको स्थान भने खाली हुने देखिन्छ ।
अर्का लिकर सोनी डिक्सनले पनि डिजिटल स्केम्याटिक्समार्फत यो हल्लालाई पुष्टि गरेका छन् । एप्पलले विगतमा पनि लोगोको स्थान र शैलीमा परिवर्तन गरेको थियो । सुरुवाती आईफोनदेखि आईफोन एक्ससम्म लोगो माथि र तलपट्टि अङ्ग्रेजीमा ‘iPhone’ शब्द लेखिएको हुन्थ्यो । तर, आईफोन ११ देखि उक्त शब्द हटाइयो र लोगोलाई पछाडिको भागको ठिक सेन्टरमा राखियो । आईफोन १६ सिरिजसम्म यही डिजाइन निरन्तर प्रयोगमा आइरहेको थियो ।
पछिल्लो अध्यावधिक: असार १७, २०८२ १४:२६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– रौनक श्रीवास्तवको शतक सहयोगमा मलेसियामा जारी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ।
आज भएको म्याचमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई २९८ रनको विशाल अन्तरले हरायो।
३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउदै ६० रन बनायो। भुटानको अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भयो।
नेपालका कप्तान विपिन शर्माले घातक बलिङ गर्दै केवल ७ रन खर्चमा ४ विकेट लिए।
भुटानका दुई ब्याटरले मात्रै दोहोरो अंकमा रन बटुल्न सकेका थिए। ११ औँ नम्बरमा आउने ब्याटर घाइते भएकाले ९ विकेट खसेपछि भुटानको इनिङ समाप्त गरिएको थियो।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रौनक श्रीवास्तवको कीर्तिमानी १६८ रनको मद्दतमा ३५८ रनको विशाल स्कोर खडा गरेको थियो। आजको जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
भुटानका लागि सुजन दावा सर्वाधिक १४ रनमा आउट भए। ओपनर उयोग छोफेल १० रनमा आउट भए। भुटानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए। सचिन भट्ट तथा सुयोग भट्टराईले समान २ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रनको विशाल योगफल तयार गरेको थियो।
नेपालका लागि रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक १ सय ६८ रनको शतकीय इनिङ खेले। नेपालको सुरुवात भने राम्रो रहन सकेको थिएन। नेपालले १७ रन जोड्दा २ ओपनरहरुलाई गुमाएको थियो। तर, तेस्रो विकेटका लागि रौनकले शिवान्शं बजगाईंसँग मिलेर ८४ बलमा ९१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो स्थितीमा ल्याए।
शिवान्शं ५२ बलमा ५ चौकाको सहयोगमा ५४ रनमा आउट भए। चौथो विकेटका लागि रौनकले सुगम बुढाथोकीसँग मिलेर ६१ बलमा ७२ रनको साझेदारी गरे। सुगमले ३३ बलमा ४ चौकाको सहयोगमा ३५ रन जोडे।
पाँचौ विकेटका लागि रौनकले जोय थापासँग मिलेर १ सय ३० बलमा १ सय ७० रनको साझेदारी गरे। जोय ६७ बलमा ७ चौकाको सहयोगमा ६१ रनमा अविजित रहे। अघिल्लो खेलमा शतक प्रहार गरेका प्रसिद्ध जैसी १४ बलमा ७ तथा परिमार्जन यादव २ रनमा आउट भए। भुटानका लागि संजय दोर्जेले ३ तथा तेन्जिन लोडेले १ विकेट लिए।
नेपाल समूह चरणको चारै खेलमा विजेता बन्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ। यो समूहबाट दोस्रो स्थानमा रहदै सिंगापुरले सेमिफाइनलमा स्थान बनाएको छ।
पराजित भुटान समूह चरणमा खेलेको चारै खेलमा पराजित हुदै अंक बिहिन भएको छ। सिंगापुर, जापान र इण्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरीएको छ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ। सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको थियो।
समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका थिए। समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार थिए। हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गरेका हुन्।
प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ। अर्को समूहबाट उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको मलेसियासँग नेपालले बिहीबार फाइनल प्रवेशका लागि खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- नेपाली वैज्ञानिक डा सञ्जीवन गौतम विश्व प्रसिद्ध औषधि कम्पनी एस्ट्राजेनेकाको अन्कोलोजी विभागमा निर्देशक तथा टी मोडुलेसन प्रमुख नियुक्त भएका छन्। उनलाई गत साता उक्त जिम्मेवारी दिइएको हो।
उनले भनेका छन्, ‘म आफ्नो नयाँ भूमिका सुरु गर्न पाउँदा उत्साहित छु। प्रतिभाशाली वैज्ञानिकहरू र चिकित्सकहरूसँग मिलेर यस्तो उपचार प्रविधिमा काम गर्न पाउनु, जसले साँच्चिकै परिवर्तन ल्याउँछ, एक सौभाग्यको कुरा हो। पछिल्ला छ वर्षमा तीनवटा नविन औषधिहरूलाई क्लिनिकल अध्ययनतिर लैजानु अत्यन्तै अद्भुत अनुभव रह्यो। मेरो परिवार र मेरा मार्गदर्शकहरूप्रति, उनीहरूको अविचल समर्थनका लागि, म अत्यन्तै आभारी छु!’
एस्ट्राजेनेका विश्वव्यापी बायोफार्मास्युटिकल कम्पनी हो, जसको मुख्यालय इङ्ग्ल्यान्डको क्याम्ब्रिजमा रहेको छ। यो विश्वभर १०० भन्दा बढी देशहरूमा सक्रिय रूपमा काम गरिरहेको छ।
कम्पनी वैज्ञानिक अनुसन्धान र नवप्रवर्तन मार्फत नयाँ औषधिहरू विकास गर्नेमा अग्रणी मानिन्छ। क्यान्सर उपचारमा इम्युनोथेरापी, टार्गेटेड थेरापी र सेल मोडुलेसन जस्ता प्रविधि प्रयोग गरी नयाँ किसिमका औषधिहरू ल्याउँदै आएको छ।
डा. संजीवन गौतमले आफ्नो पीएचडी जर्मनीको युनिभर्सिटी अफ फ्रायबर्गबाट इम्युनोलोजी र इम्युनोडिफिसेन्सी विषयमा गरेका हुन्। त्यसपश्चात उनले अमेरिकाको नेशनल क्यान्सर इन्स्टिच्युट , नेशनल इन्स्टिच्युट्स अफ हेल्थबाट पोस्टडोक्टोरल अनुसन्धान पूरा गरे।
पीएचडी गर्नुअघि डा. गौतमले भारतको जवाहरलाल नेहरु विश्वविद्यालय र डेनमार्कको आरहस विश्वविद्यालयमा मोलिक्युलर साइन्सेस र बायोटेक्नोलोजी मा स्नातकोत्तर अध्ययन मागरेका थिए। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयबाट पब्लिक हेल्थको संक्रामक रोग विषयमा पनि स्नातकोत्तर समेत गरेका छन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले नेपाली बजारमा आफ्नो प्रिमियम फोन साओमी १४ टीको मूल्य घटाएको छ । यसअघि ६४ हजार ९९९ रुपैयाँमा बिक्री गर्दै आएको उक्त फोनलाई कम्पनीले पाँच हजार छुट सहित ५९ हजार ९९९ रुपैयाँमा बिक्री गर्न थालेको हो ।
गत फागुनमा यो फोन नेपाली बजारमा सार्वजनिक भएको थियो । साओमीले लाइका कम्पनीसँग मिलेर ल्याएको यस फोनले क्यामेराका सन्दर्भमा राम्रो चर्चा पाएको थियो । कम्पनीले अहिले यो फोन खरिद गर्ने प्रयोगकर्तालाई पाँच हजार छुट सहित ३५०० रुपैयाँ पर्ने रेड्मी बड्स सिक्स लाइक निःशुल्क दिने घोषणा गरेको छ ।
के के छन् फिचर ?
लाइकाको सहकार्यमा निर्मित क्यामेरा सिस्टम
साओमीले आफ्नो लाइकासँगको सहकार्यलाई निरन्तरता दिँदै ‘साओमी १४टी’ मा ट्रिपल क्यामेरा प्रणाली समावेश गरेको छ । यसमा लाइका सुम्मिलक्स सहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो लेन्स समावेश रहेको छ । साओमी प्रोफोकस र ६० एफपीएस सहितको फोके भिडिओ रेकर्डिङले यसलाई प्रोफेसनल-ग्रेड भिडिओग्राफीको अनुभव दिलाउँछ ।
मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर
मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित ‘साओमी १४टी’ ले मल्टी-टास्किङ, गेमिङ र दैनिक कार्यहरूमा उच्च प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको दाबी छ । यसमा रहेको ४ एनएम चिपसेटले ऊर्जा खपतलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दै सहज र ल्याग–फ्रि प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले उल्लेख गरेको छ ।
अल्ट्रा-स्मुथ र अल्ट्रा–स्मार्ट डिस्प्ले
‘साओमी १४टी’ मा ६.६७ इन्चको एमोलेड डिस्प्ले रहेको छ । यसले १४४ हर्जको रिफ्रेस रेट सहित स्मुथ र इमर्सिभ भिजुअल अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । ४००० निट्सको पिक ब्राइटनेस, एचडीआर १० प्लस सपोर्ट र १.५ के रेजोलुसन रहेको स्मार्टफोनले उज्यालो बाहिरी वातावरणमा पनि उच्च स्तरको मल्टिमिडिया अनुभव सुनिश्चित गर्छ ।
एआई र स्मार्ट फिचरहरू
साओमी १४ टीमा एआई-पावर्ड फोटोग्राफी मोडहरू, स्मार्ट सिन रिकग्निसन र ब्याट्री अप्टिमाइजेसन जस्ता अत्याधुनिक सुविधा राखिएका छन् । यी सुविधाले प्रयोगकर्तालाई सहजताको अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
ब्याट्री पावर र हाइपर चार्ज
५००० एमएएच क्षमता रहेको ब्याट्रीका लागि ६७ वाटको हाइपर चाजिङ टेक्नोलोजी दिइएको छ । यस टेक्नोलोजीको सहयोगमा ४५ मिनेटमै ब्याट्री फुल चार्ज हुने कम्पनीले जनाएको छ ।
आईपी ६८ रेटिङ सहितको मजबुत डिजाइन
आईपी ६८-रेटिङ भएको फोन पानी र धुलोबाट सुरक्षित रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुई मिटर गहिराइमा ३० मिनेटसम्म डुब्दा पनि फोन केही हुँदैन ।
साओमी १४ टी टाइटन ब्ल्याक, टाइटन ग्रे र टाइटन ब्लु कलर भेरियन्टमा १२ जीबी+५१२ जीबी अप्सनमा उपलब्ध हुनेछ । यसको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ । नेपालभरका सबै आधिकारिक एमआई स्टोर तथा साओमी रिटेल स्टोरमार्फत फोन खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार १७, २०८२ १३:३६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्।
सिंहदरबारमा मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुलिङ पिरियडमा भएको चलखेलबारे नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्ने बताएका हुन्।
उनले यो जघन्य अपराध भएको बताउँदै सांसदहरूको महत्वलाई नै छेडखानी गर्ने कुरा राज्यविरुद्धको कसुर भएको जिकिर गरे।
कर्मचारीले यो हर्कत गरेका हुन् भने राज्यविरुद्धको कसुरलगाएर अपराध गर्नेलाई सजाय हुनुपर्ने उनले बताए।
समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कूटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दा बाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको फैसलाको विरोधमा देशभरका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई ७२ घण्टासम्म कालो पट्टी बाँधेर सेवा प्रदान गर्न आह्वान गरेको छ। यस विरोध कार्यक्रममा नेपाल अप्थाल्मिक सोसाइटीले समेत ऐक्यबद्धता जनाउँदै आफ्ना सदस्यहरूलाई सक्रिय सहभागी हुन आग्रह गरेको छ।
अप्थाल्मिक सोसाइटीले विज्ञप्ति जारी गर्दै चिकित्सक संघको कदमलाई पूर्ण समर्थन जनाएको छ। समाजका महासचिव डा तेजु मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस परिस्थितिलाई मध्यनजर गर्दै, हामी हाम्रा सम्पूर्ण सदस्यहरू, अप्टोमेट्रिस्टहरू, आँखा सहायकहरू र आँखा स्वास्थ्यकर्मीहरू तथा सेवा प्रदायकहरूलाई सतर्क रहन र नेपाल मेडिकल एसोसिएसनको नेतृत्वमा भइरहेको सामूहिक प्रतिक्रियामा पूर्ण समर्थन गर्न आग्रह गर्दछौं।’
चिकित्सक संघले आजबाट लागु हुने गरी तीन दिनसम्म (७२ घण्टा) सेवा प्रवाह गर्दा कालो पट्टी बाँध्न सबै स्वास्थ्य संस्थाहरूसँग आग्रह गरेको छ। यस आह्वानको मुख्य उद्देश्य उपभोक्ता अदालतको पछिल्लो निर्णयप्रति विरोध र असन्तुष्टि व्यक्त गर्नु रहेको बताइएको छ।
अप्थाल्मिक सोसाइटी आफ्ना सदस्यहरूलाई यस विरोध कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन र स्वास्थ्य सेवा प्रवाहमा सन्तुलन कायम राख्दै विरोध जनाउन समेत आग्रह गरेको छ। साथै, परिस्थितिको विकासक्रमबारे नियमित जानकारी गराउने प्रतिबद्धता पनि अप्थाल्मिक सोसाइटीले व्यक्त गरेको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । स्टेलान्टिस नामक अटो निर्माता कम्पनीले आफ्नो बहुप्रतीक्षित डज चार्जर डेटोना विद्युतीय गाडी (ईभी) का करिब ८,३९० युनिटलाई फिर्ता बोलाएको छ । सडकमा आवश्यक आवाज निकाल्न नसक्ने समस्या देखिएपछि यी गाडी फिर्ता बोलाइएका हुन् ।
यो समस्याका कारण गाडीहरूले फेडरल मोटर भेहिकल सेफ्टी स्ट्यान्डर्ड (FMVSS) पालना नगरेको बताइएको छ, जुन पैदल यात्रीहरूको सुरक्षाका लागि महत्त्वपूर्ण मानिन्छ । मोपार इन्साइडरका अनुसार, २०२४ देखि २०२५ मोडेलका डज चार्जर डेटोना ईभीमा एउटा बाहिरी एम्प्लिफायरमा महत्त्वपूर्ण इनेबलिङ सफ्टवेयर प्याच छुटेको हुन सक्छ ।
यो त्रुटिका कारण गाडीले पैदल यात्रीलाई थाहा दिने आवाजसहितका बाहिरी आवाज निकाल्न सक्दैन ।
अमेरिकाको यो नियम अनुसार विद्युतीय र हाइब्रिड गाडीहरूलाई १९ माइल प्रति घण्टा (लगभग ३०.५ किमी/घण्टा) भन्दा कम गतिमा गुड्दा आवाज निकाल्नु पर्ने नियम छ, जसले पैदल यात्रीहरूलाई गाडी आइरहेको सङ्केत दिई दुर्घटनाबाट बचाउन मद्दत गर्छ । उक्त कम्पनीका गाडीले यही सुरक्षा मापदण्ड पूरा गर्न नसक्दा फिर्ता बोलाउनु परेको हो ।
गाडीले ‘नक्कली आवाज’ नदिएकै कारण फिर्ता बोलाउने घटना निकै रोचक मानिएको छ । किनभने डज चार्जर डेटोना ईभीले बजारमा आउँदा नै मसल कार (सन् १९६०-१९७० तिर अमेरिकामा लोकप्रिय पावरफुल कार) चालकहरूलाई आकर्षित गर्न ‘नक्कली इन्जिन आवाज’ को सुविधासहित चर्चा बटुलेको थियो । यसमा ‘फ्र्याटजोनिक चेम्बर एक्जस्ट’ (fratzonic chambered exhaust) नामक प्रणाली जडान गरिएको छ । यो प्रणालीले डिजिटल साउन्ड सिन्थेसिस र एक स्पिकर प्रयोग गरी १२६ डेसिबलको आवाज उत्पन्न गर्छ । जसले एक प्रकारको इन्जिन गाडीको जस्तै आवाज निकाल्छ । यो आवाज यति ठुलो हुन्छ कि कतिपयलाई चर्को रक कन्सर्ट वा उडान भर्न लागेको यात्रुवाहक जेटको जत्तिकै लाग्न सक्छ ।
यद्यपि यस्तो आवाज शक्तिशाली आईसीई इन्जिनका लागि स्वाभाविक लागे पनि विद्युतीय गाडीका लागि भने पूर्ण रूपमा अप्रासङ्गिक हुने बताइन्छ । कम्पनीले मसल कारको अनुभूति दिन नक्कली शक्तिशाली आवाज प्रयोग गरे पनि कानुनले अनिवार्य गरेको आधारभूत सुरक्षा आवाज समावेश गर्न छुटाएकाले गाडी फिर्ता बोलाउनु परेको हो ।
पछिल्लो अध्यावधिक: असार १७, २०८२ १२:०
सामाग्री श्रोत :
टेक पाना
आफूले आफ्नो फोन सिट पछाडिको खल्तीमा राखेको तर सिट परिवर्तन गरेपछि फोन खोज्न जाँदा आफूले राखेको ठाउँमा फोन फेला नपरेको उनको भनाइ छ। फोन नभेटेपछि, तजेन्डाराले एप्पलको ‘फाइन्ड माई आईफोन’ फिचर प्रयोग गरे।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- नेपाल स्वास्थ्य प्राविधिक संघले आफ्नो ४७ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। यो संगठन १३ असार २०३६ सालमा स्थापना भएको थियो। ७७ वटै जिल्लामा शाखा रहेको संगठनले सोमबार जिल्ला शाखा मार्फत देशव्यापी कार्यक्रम गरेको छ।
स्थापना दिवसकै अवसरमा सोमबार जिल्ला कार्यसमिति ललितपुरले आयोजना गरेको कार्यक्रममा केन्द्रीय अध्यक्ष बसन्तकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष शोभा गौतम, केन्द्रीय महासचिव श्यामकुमार ओली, केन्द्रीय कोषाध्यक्ष कल्पना पाण्डे, सचिवालय सदस्य छिरिङ्गडोमा शेर्पा लगायतको उपस्थिति थियो। उनीहरुले स्थापना दिवसको अवसर पारेर शुभकामना दिएका थिए।
स्थापना दिवसकै अवसरमा जिल्ला कार्यसमितिले पाटन अस्पतालको जेरियाट्रिक वार्डमा रहेका बृद्धावस्थाका बिरामीहरुलाई फलफुल तथा खाद्य सामग्री वितरण गर्ने योजना रहेको बताइएको छ। शुभकामना आदान प्रदान कार्यक्रम जिल्ला अध्यक्ष हरिशरण थापाको अध्यक्षतामा भएको थियो।
यता जिल्ला कार्यसमिति काठमाडौँले स्थापना दिवसकै अवसरमा असहाय गाई बाच्छा संरक्षण अभियान गोठटारमा पुगी करिब २२ हजार बराबरको मैदाको पिठो र गाई बाच्छालाई आवश्यक पर्ने घाँस उपलव्ध गराएको थियो। समितिले सो अवसरमा फलफूलका बिरुवा बृक्षारोपण समेत गरेको थियो।
काठमाडौँको कार्यक्रममा केन्द्रीय सदस्य घनश्याम श्रेष्ठ र सन्तोष कुइकेलले समन्वय गरेका थिए। सो कार्यक्रममा पनि अतिथिको रुपमा उपस्थित केन्द्रीय अध्यक्ष बसन्त कुमार श्रेष्ठ, केन्द्रीय महासचिव ओलीले शुभकामना तथा आफ्नो धारणा राखेका थिए।
उता काभ्रेमा केन्द्रीय उपाध्यक्ष कमला वाग्लेको प्रमुख आतिथ्यतामा बौद्ध वृद्धाश्रम बनेपामा रहेका जेष्ठ नागरिकलाई खाद्यान्न सामग्री वितरण गरी स्थापना दिवस मनाएको छ। यस्तै जिल्ला शाखा चितवनले उपाध्यक्ष उपाध्यक्ष तोयानाथ दवाडीको प्रमुख आतित्यतामा ९० जना महिलाको भिआइए परीक्षण गरी स्थापना दिवस सम्पन्न गरेको छ।
त्यसैगरी सुनसरी जिल्लाले रामचनाकी वृद्धाश्रममा निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण गरी स्थापना दिवस मनाएको छ।
उता गुल्मीले तम्घास टेक्निकल शिक्षालयमा अध्ययनरत विद्यार्थी तथा स्वास्थ्यकर्मीबीच अन्तरक्रिया कार्यक्रम र जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरी स्थापना दिवस सम्पन्न गरेको छ।
झापा जिल्लाले घैला डुब्बामा वृक्षारोपण कार्यक्रम गरेको छ भने बर्दियाले स्थापना दिवस बासगढी नगर अस्पतालका बिरामीलाई फलफुल वितरण गरी मनाएको छ।
त्यसैगरी जुम्ला जिल्लाले स्वास्थ्यकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी स्थापना दिवस मनाएको छ भने बाँके र बाग्लुङ जिल्लाले अन्तरक्रिया कार्यक्रम गरी स्थापना दिवस मनाएको समाचार प्राप्त भएको छ।
त्यसैगरी रूपन्देही जिल्लाले अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफुल तथा पोषण वितरण गरी स्थापना दिवस मनाएको छ।
सामाग्री श्रोत :
swasthyakhabar