
जितपुर– बाराको जितपुर सिमरा उपमहानगरपालिका २ स्थित जगदम्बा स्टिलको भट्टी पड्किएको छ ।
स्टिम उद्योगमा काम चलिरहेको बेला बुधवार राति भट्टी पड्किएको हो । भट्टी पड्केपछि त्यस क्षेत्रमा ठूलो आवाज सुनिएको छ ।
घटनामा केही मानिस घाइते भएको आशंका छ ।
बाराका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले अहिले प्रहरी घटनास्थल पुगेको बताए । उनका अनुसार एकजना घाइते भएको जानकारी प्राप्त भएको छ । थप विवरण आउँन बांकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । मङ्गलबारदेखि सामाजिक सञ्जाल फेसबुक र युट्युबमा प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी भाषण दिइरहेको एक भिडिओ भाइरल बनिरहेको छ । प्रधानमन्त्री ओलीले स्पेनमा हालै आयोजित राष्ट्रसङ्घीय कार्यक्रमलाई सम्बोधन गरेको दाबीसहित उक्त भिडिओ नेपाल प्रेस नामक अनलाइन न्युज पोर्टलसँगै विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक, युट्युब, टिकटक लगायतका माध्यममा पोस्ट गरेका छन् । तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्य-जाँचले यो दाबी भ्रामक रहेको पुष्टि गरेको छ ।
वास्तवमा यो भिडिओ गत वर्षको असोज तिरको हो । त्यस बखत प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिका थिए । त्यस क्रममा उनले हार्वर्ड केनेडी स्कुल र कोलम्बिया युनिभर्सिटीको वर्ल्ड लिडर्स फोरममा समेत भाग लिए । सम्भवतः तपाईँले पनि कोलम्बिया युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरूले सोधेको प्रश्नमा प्रधानमन्त्री ओली अलमलिएको, अङ्ग्रेजी भाषा अशुद्ध रूपमा बोलेको र विषयान्तर किसिमले जवाफ दिएको भाइरल क्लिप त्यतिखेर हेर्नु भएको हुनुपर्छ । कोलम्बिया युनिभर्सिटीमा प्रधानमन्त्री ओलीले तत्कालीन समयमा सम्बोधन गरेको अर्को भिडिओ क्लिप यतिखेर भाइरल बनेको हो ।
तत्कालीन समयमा प्रधानमन्त्री ओलीको अङ्ग्रेजी संवाद सुनेर खिन्न भएका सामाजिक सञ्जाल प्रयोगकर्ता पनि यतिखेर भने उनको अङ्ग्रेजी भाषणमा ‘देखिएको’ आत्मविश्वास र गति देखेर चकित छन् । उनले अगाडि दुई तर्फ राखिएका स्क्रिनमा हेरेर पढेको भाषणको भिडिओ अहिले भाइरल गराउने नाममा एडिट गरी केही तोडमोड पारेर राखिएको छ ।
भिडिओ कहिलेको हो भन्ने विषय भन्दा पनि अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्री ओलीले बोलेको अङ्ग्रेजीलाई लिएर चर्चा गरिरहेका छन् । उनको समर्थन वा विरोध जनाउनेहरूले पनि ओलीले अङ्ग्रेजी बोलेको विषयमा बढी चासो दिएका छन् । जब कि भाइरल बनिरहेको भिडिओको प्लेब्याक स्पिड 1.2x बढी हुने गरी एडिट गरिएको छ र त्यसमा बोलेको आवाज सक्कली जस्तै लाग्ने गरी पिच-प्रिजर्भिङ टाइम-स्ट्रेचिङ (pitch-preserving time-stretching) प्रविधि प्रयोग भएको छ ।
दाबी
नेपाली अनलाइन पोर्टल नेपाल प्रेसले १ जुलाई २०२५ (१७ असार २०८२) बेलुका ८ः२६ बजे ‘स्पेनमा राष्ट्रसङ्घीय कार्यक्रमलाई प्रधानमन्त्री ओलीको सम्बोधन’ क्याप्सन राख्दै एक भिडिओ पोस्ट गर्यो । १० मिनेट ५० सेकेन्डको सो भिडिओमा प्रधानमन्त्री ओलीको पृष्ठभूमिका नेपालको राष्ट्रिय झण्डा देखिन्छ । अनि उनी अङ्ग्रेजीमा ‘दमदार’ भाषण ठोकिरहेका देखिन्छन् । त्यसको पछाडपट्टिको ब्यानरका केही अङ्ग्रेजी अक्षरहरू देख्न सकिन्छ ।
उक्त सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्र जस्ता चुनौतीहरू पार गर्दै नेपालले लोकतन्त्रका लागि लामो र सङ्घर्षपूर्ण यात्रा तय गरेको सन्दर्भ उठाएका छन् । त्यस्तै विभिन्न जनआन्दोलनको बलमा २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य भई देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना विषय पनि चर्चा गरेका छन् ।
साथै जनताद्वारा निर्मित २०७२ को संविधानले सात दशक लामो राजनीतिक सङ्घर्षलाई संस्थागत आधार प्रदान गरेको बताएका छन् । त्यसैगरी अब देशको प्रमुख लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित आर्थिक समृद्धि हासिल गर्नु भएको उल्लेख गर्दै उनले सुशासन र निष्ठाका साथ यो लक्ष्य पूरा गर्न र नेपालीको जीवनमा समृद्धि ल्याउने प्रतिबद्ध जनाएका छन् ।
यो सामग्री तयार पार्दासम्म नेपाल प्रेसले फेसबुकमा राखेको भिडिओमा दुई हजार बढी रियाक्सन, २६९ कमेन्ट, १९५ शेयर र ४९ हजार बढी भ्युज आइसकेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट अनि स्क्रिनशट ।
अनुसन्धान
नेपाल प्रेसले राखेको भिडिओको किफ्रेम निकालेर हेर्दा यही भिडिओ नेपाल नेपाल प्रेसको युट्युब च्यानलमा पनि अपलोड भएको देखियो ।
त्यस्तै फेसबुकमा ‘स्पेनमा राष्ट्रसङ्घीय कार्यक्रम’ कीवर्ड सर्च गर्दा सोही भिडिओ राख्ने कैयौँ पेज र अकाउन्ट भेटिए । त्यस मध्ये ‘Ramesh Lama/रमेश लामा’ नामक फेसबुक प्रयोगकर्ताले सोही दिन नेपाल प्रेसभन्दा १ घण्टा १५ मिनेट अगाडि (बेलुका ७ः११ बजेको समयमा) पहिलो पटक सो भिडिओ राखेको भेटियो । त्यसमा उनले ‘नेपालको प्रधानमन्त्री ओलीको दमदार सम्बोधन देखेर संयुक्त राष्ट्रसङ्घका महासचिव नै छक्क परे। हेर्नुहोस् शेयर गर्नुहोला’ भन्ने क्याप्सन राखेका छन् ।
सोही भिडिओमा ‘रमेश लामा पेज’को वाटरमार्क राखेको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा २४०० बढी रियाक्सन, ४२९ बढी कमेन्ट, १३०० शेयर र दुई लाख ३५ हजार बढी भ्युज आएको देख्न सकिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
त्यस्तै ‘रमेश आचार्य’ नामका अर्का फेसबुक प्रयोगकर्ताले नेपाल प्रेसभन्दा झन्डै एक घण्टाअघि र रमेश लामा भन्दा केही मिनेट पछि उक्त भिडिओ राखेको देखियो । सो भिडिओको क्याप्सनमा लेखिएको छ, “संयुक्त राष्ट्रसङ्घका महासचिव लाई नै छक्क पार्ने सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली को सम्बोधन ।”
त्यसमा भने अलि टाढाको भिडिओ राखिएको छ । उक्त भिडिओको बीचमा पनि ‘रमेश लामा पेज’ वाटरमार्क देखिन्छ । यसमा अलि प्रस्ट भिडिओ छ । नेपाल प्रेसले यी दुई मध्ये एक प्रयोगकर्ताले अपलोड गरेको भिडिओको वाटरमार्क हटाएर राखेको देखिन्छ । यो सामग्री तयार पार्दासम्म रमेश आचार्य नामक प्रयोगकर्ताले राखेको भिडिओमा ९९१ रियाक्सन, १५९ कमेन्ट र ८५ हजार बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
रमेश लामा, नेपाल प्रेस र रमेश आचार्यलाई पछ्याउँदै नोबिन खनाल, नीम बहादुर, सालिकराम ढकाल, मनोज शर्मा ओली, गन्थन डटकम, कबिन खड्का, युरोप नेपाली खबर, लोकतन्त्र टाइम्स, पुण्य ढुङ्गेल, गोविन्द गिरि, डिजे बजगाईँ, बिप्स मिडिया लगायतले उस्तै क्याप्सन सहितको भिडिओ पोस्ट गरेका छन् ।
पछिल्लो पटक प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको विकासको लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन शनिबार स्पेन गरेका थिए । यस पटकको स्पेन भ्रामकका क्रममा बाहिरिएका उनका कुनै पनि फोटो अहिले भाइरल भइरहेको भिडिओमा देखिएको प्रधानमन्त्री ओलीको हुलियासँग मिल्दैन । हामीले भाइरल भिडिओबाट लिइएको स्क्रिनशट रिभर्स इमेज सर्च गर्दा ८ असोज २०८१ मा सेतोपाटीले ‘कोलम्बिया युनिभर्सिटीमा प्रधानमन्त्री ओलीको सम्बोधन- स्वदेश फर्केर रोजगारी विकासको अवसर सिर्जना गरौं’ शीर्षकको समाचारमा प्रयोग भएको देखियो । त्यहाँ पछाडिपट्टि नेपालको राष्ट्रिय झण्डा र अगाडि पोडियममा अङ्ग्रेजीमा ‘कोलम्बिया युनिभर्सिटी’ लेखेको देखिन्छ ।
गुगलमा ‘कोलम्बिया युनिभर्सिटी ओली’ भन्ने किवर्ड सर्च गर्दा कान्तिपुरले ८ असोजमा ‘कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने : ‘नेपाल सधैँ शान्तिको पक्षमा छ’ शीर्षकमा राखेको समाचार फेला पर्यो ।
उक्त समाचारमा पनि पृष्ठभूमिमा नेपाल र अमेरिकाको झन्डा, त्यसपछि कोलम्बिया युनिभर्सिटीको नामसहितको ब्यानर देखिन्छ । कोलम्बिया युनिभर्सिटीकै पोडियमअघि प्रधानमन्त्री ओली बोलिरहेका देखिन्छन् ।
अङ्ग्रेजीमा ‘KP Oli at Columbia University’ भन्ने किवर्ड सर्च गर्दा युट्युब रामप्रसाद खनाल, अच्युत पुरी’ लगायतले राखेका भिडिओ भेटिए । भाइरल भइरहेको भिडिओ र उक्त भिडिओमा प्रधानमन्त्री ओलीले बोलेको विषय मिल्न पुग्यो ।
प्रधानमन्त्री ओलीले त्यतिबेला अङ्ग्रेजीमा गरेको सम्बोधनको आधिकारिक भिडिओ कोलम्बिया युनिभर्सिटीको आधिकारिक वेबसाइटमा राखिएको छ । हेर्नुहोस् भिडिओ ।
यो भिमिओ नामक भिडिओ होस्टिङ प्लेटफर्ममा राखेर इम्बेड गरिएको थियो । त्यहीँबाट भिडिओ डाउनलोड गरेर त्यही समयमा विभिन्न प्रयोगकर्ताले युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालमा राखेका थिए ।
हामीले भाइरल भइरहेको भिडिओलाई आधिकारिक भिडिओसँग दाँजेर विश्लेषण गर्यौँ । भाइरल भइरहेको भिडिओमा प्रम ओलीले ‘In our Nepali culture…’ बाट बोल्न सुरु गरेको देखाइएको छ ।
आधिकारिक भिडिओबाट भाइरल भएको भिडिओमा जति बोलिएको छ, त्यति क्लिप निकाल्दा भिडिओ १२ मिनेट ३३ सेकेन्ड लामो निस्कियो । जबकी त्यही विषय बोलिएको भाइरल भिडिओ भने करिब १० मिनेट ३३ सेकेन्डको मात्रै पाइयो । अर्थात् आधिकारिक भिडिओको तुलनामा भाइरल भिडिओ दुई मिनेट २ सेकेन्डले छोटो छ ।
अब स्पिड बढाउँदा अडिओ वा भिडिओ अस्वाभाविक लाग्नुपर्ने वा पिच बिग्रिनुपर्ने तर्क आउन सक्छ । यसमा ‘पिच-प्रिजर्भिङ टाइम-स्ट्रेचिङ’ प्रविधिले काम गरेको छ । यस मार्फत सक्कली जस्तै लाग्ने आवाज कायम राखेर भिडिओ तथा अडियोको गति घटबढ गराउन सकिन्छ । जुन क्यापकट, एडोबी प्रिमियर, दाभिन्चि रिजल्भ, अउडासिटी जस्ता मुख्य भिडिओ एडिटिङ एपहरूमा सहजै उपलब्ध छ । हामीले कोलम्बिया युनिभर्सिटीको साइटमा रहेको फुल भिडिओबाट भाइरल क्लिपमा समेटिएको भाग निकालेर क्यापकटमार्फत एडिट गर्यौँ । 1.2x स्पिडमा राखेर निकाल्दा लगभग भाइरल भिडिओकै लम्बाइमा निस्कियो । हामीले अनलिस्ट गरी राखेको उक्त भिडिओ यहाँ तल हेर्न सक्नु हुन्छ ।
यी विभिन्न तथ्यबाट भिडिओ वास्तविक नै भए पनि ठाउँ र सन्दर्भ गलत उल्लेख भएको र भिडिओ समेत तोडमोड गरिएको पुष्टि भयो । झन्डै नौ महिना पुरानो भिडिओलाई अहिलेको भन्दै भ्रम फैलाएको पाइयो ।
दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्पेनमा राष्ट्रसङ्घीय कार्यक्रमलाई प्रधानमन्त्री ओलीको सम्बोधन’ गरे भन्दै राखिएको पुरानो भिडिओ ।
दाबीकर्ता
नेपाल प्रेस अनलाइन न्युजपोर्टल, रमेश आचार्य, नोबिन खनाल, नीम बहादुर, सालिकराम ढकाल, मनोज शर्मा ओली, गन्थन डटकम, कबिन खड्का, युरोप नेपाली खबर, लोकतन्त्र टाइम्स, पुण्य ढुङ्गेल, गोविन्द गिरि, डिजे बजगाईँ, बिप्स मिडिया लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।
तथ्य
स्पेनमा जारी ‘संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्री सहभागी छन् । उनले त्यहाँ विभिन्न विषयमा सम्बोधन गरिरहेका पनि छन् । तर, नेपाल प्रेससहित अन्य फेसबुक पेज तथा प्रयोगकर्ताले राखेको भिडिओ भने नौ महिना पुरानो संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिका पुगेको बेलाको हो ।
निष्कर्ष
नेपाल प्रेस, गन्थन डटकम जस्ता अनलाइन न्युजपोर्टल तथा रमेश आचार्य, नोबिन खनाल लगायतका फेसबुक प्रयोगकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनमा जारी ‘संयुक्त राष्ट्रसङ्घीय सम्मेलन’लाई सम्बोधन गरेको भन्दै एउटा भिडिओ भाइरल बनाएका छन् । टेकपाना फ्याक्टचेकले भने उक्त भिडिओ झण्डै नौ महिना पुरानो भएको र अमेरिकामा आयोजित एक कार्यक्रमको भएको तथ्य पत्ता लगाएको छ । प्रधानमन्त्री ओली हाल स्पेन भ्रमणमै छन् । तर उनको नाममा भाइरल भइरहेको सम्बोधनको भिडिओ भने पुरानो हो । यसबाट विभिन्न न्युज पोर्टल र सामाजिक सञ्जाल प्रयोगकर्ताले पुरानो भिडिओ राख्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएको पुष्टि हुन्छ ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: असार १८, २०८२ २२:१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही क्षेत्र नम्बर–३ मा हुन लागेको उपनिर्वाचनबारे छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ।
पार्टी प्रवक्ता मनीष झाका अनुसार बैठक कार्यवाहक सभापतिको आह्वानमा असार १९ गते बिहीबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक विषयहरू, पार्टीका गतिविधि तथा विशेष रूपमा रूपन्देही–३ उपनिर्वाचन सम्बन्धी रणनीति र तयारीमाथि छलफल हुने बताइएको छ।
त्यस्तै बैठकमा पार्टी सचिवालयका सबै सदस्यहरूको अनिवार्य उपस्थिति हुनुपर्ने जनाइएको छ।
बैठकको कार्यसूचीमा ‘विविध’ विषय पनि समावेश गरिएको प्रवक्ता झाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- नेकपा एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)ले उपभोक्ता अदालतबाट उपचारका विषयलाई लिएर भइरहेको आदेश एकपक्षीय भएको भन्दै न्यायपरिषद्को ध्यानाकर्षण गराएको छ।
संघले बुधबार न्याय परिषद्को सचिवालयलाई पत्र बुझाउँदै उपभोक्ता अदालतको निर्णय गलत मनसायबाट अघि बढेको भन्दै ध्यानाकर्षण गराएको हो।
संघका अध्यक्ष डा विकास गौचन र महासचिव डा सम्राट पराजुलीद्वारा हस्ताक्षरीत उक्त पत्रमा मुख्य प्रमाणहरु बिना नै एकपक्षीय आदेशहरु आएको उल्लेख छ।
पत्रमा आफ्नो अधिकार क्षेत्र भित्र रहेर अदालतले गरेको निर्णयहरु पूर्ण रुपमा न्याय प्रदान गर्ने उद्देश्य सहितको हुनुपर्छ भन्नेमा संघ स्पष्ट रहेको भन्दै तर पछिल्ला फैसलाहरुले चिकित्सकको संविधान प्रद्धत्त मौलिक हकहरु धारा १६ (सम्मानपूर्वक बाच्न पाउने हक) र धारा १८ (समानताको हक) हनन् भएको बताएको छ । उसले फैसलाकै कारण नेपाली चिकित्सकहरु स्वास्थ्य सेवा प्रदान गर्ने वा नगर्ने दोधारमा परेको समेत पत्रमा उल्लेख छ।
बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक, नर्स, प्रयोगशालाकर्मी, स्वास्थ्यकर्मी, फार्मेसिष्ट तथा रेडियोग्राफर लगायत सबैको भूमिका हुने भन्दै चिकित्सकलाई मात्रै गल्ती देखाएर क्षतिपूर्तिको अदालतबाट आदेश हुनु आश्चय रहेको पनि पत्रमा उल्लेख छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी साओमीले आफ्नो पहिलो आईवेयर एआई स्मार्ट अडियो ग्लास सार्वजनिक गरेको छ । मेटा र गुगलपछि साओमीले पनि चस्मा बजारमा प्रवेश गरेको हो । क्वालकमको स्न्यापड्रागन एआई वन चिप प्रयोग गरिएको यो चस्मामा कम्पनीको साओएआई च्याटबट प्रयोग गरिएको छ जसले रियल टाइम ट्रान्सलेसनसँगै भ्वाइस कन्ट्रोल लगायतका कामहरू गर्न सक्छ ।
चस्मामा ४ जीबी र्याम र ३२ जीबी स्टोरेज छ भने टुके भिडिओ रेकर्डिङसँगै १२ मेगापिक्सेलको क्यामेरा पनि यसमा उपलब्ध छ । साथै यसमा स्टेरियो स्पिकर सिस्टम र पाँचओटा माइक्रफोन छन् जसले आवाजको अनुभव राम्रो बनाउने कम्पनीको विश्वास छ । ब्याट्री भने यसमा २६३ एमएएचको दिइएको छ र चस्मालाई यूएसबी सीबाट चार्ज गर्न सकिन्छ ।
सामान्य प्रयोगमा यसको ब्याट्री साढे ८ घण्टासम्म टिक्छ भने संगित बजाउँदा सात घण्टासम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ । ४० ग्रामको यो चस्मामा वाई-फाई६, ब्लुटुथ ५.४, एन्ड्रोइड १० भन्दा माथिका डिभाइस सपोर्ट लगायतका फिचर छन् । यो चस्मा आईओएसमा पनि कनेक्ट गर्न सकिन्छ ।
प्रयोगकर्ताले चस्माबाट नै सोझै स्मार्ट होम डिभाइस कन्ट्रोल गर्न सक्नेछन् भने टिकटक जस्ता प्लेटफर्ममा लाइभ पनि बस्न सक्नेछन् । साथै प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार यसको ग्लास पनि परिवर्तन गर्न सक्नेछन् ।
हाल चिनियाँ बजारका लागि मात्र उपलब्ध यो एआई ग्लासको मूल्य १ हजार ९९९ युआन (करिब साढे ३८ हजार रुपैयाँ) तोकिएको छ ।
पछिल्लो अध्यावधिक: असार १८, २०८२ २०:४१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य रहेका बाँकेका पशुपतिदयाल मिश्र कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ परेका छन् । उनी सो बैंकको पूर्वअध्यक्ष हुन् ।
मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपालगन्जबाट पक्राउ गरेको हो । उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए ।
यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए । पक्राउ परेकाहरुमथि अनुसन्धान जारी रहेको सिआईबी प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिएका छन् ।
सीआईबीबाट डीएसपी दानबहादुर थापाको कमाण्डको एउटा टोली नेपालगन्जमै रहेर कर्णाली बिकास बैंक ठगी प्रकरणको अनुसन्धान गरिरहेको जनाइएको छ । मिश्रसँगै कर्णाली बिकास बैंकको ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।
पक्राउ परेकाहरु विरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । बैंकबाट अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ ।
२०६० सालमा कर्णाली विकास बैंक स्थापना भएको थियो । बैंक डुबेर जम्मा गरेको रकम नपाएर हजारौं ग्राहकहरु छट्पटाउन थालेपछि सिआइबीको टोलीले फरार रहेका बैंकका सिइओहरु तथा कर्मचारीको खोजीकार्य तीब्र पारेको छ ।
सिआइबीले कर्णाली डेभलपमेन्ट बैंकका पूर्व अध्यक्ष, पूर्व सिइओ, वर्तमान सिइओसहित ७ जनालाई पक्राउ गर्नका लागि पहिले नै अदालतबाट पक्राउ पुर्जी लिइसकेको स्रोतले जनाएको छ ।
बैंकका पूर्व सिइओ तथा पूर्व अध्यक्ष राजेन्द्रवीर राय भारतको लखनउबाट यसअघि पक्राउ परेका छन् । आज पक्राउ परेका पूर्वअध्यक्ष मिश्रका छोरा तथा बैंक संचालन समितिका वर्तमान अध्यक्ष ओम मिश्र रहेका छन् । यसकारण पनि पशुपतिमाथि छानविनको दवाव बढिरहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । उद्यमशीलता प्रवर्द्धन गर्ने बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ आज रातीदेखि हिमालय टेलिभजनमा प्रसारण हुँदैछ । आजदेखि हरेक हप्ता बुधबार र बिहीबार यो शो राती ९ बजे प्रसारण हुनेछ ।
यस कार्यक्रममा लगानीकर्ता अर्थात् ‘शार्क’का रूपमा पाँच जना प्रतिष्ठित उद्योगीहरू रहेका छन् । शार्कहरूमा आईएमई ग्रुपका सह-संस्थापक हेमराज ढकाल, निम्बस होल्डिङका निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य, पद्म ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ रहेका छन् ।
सन् २०२२ मै घोषणा गरिएको यो कार्यक्रम कोभिड महामारी र अन्य विविध कारणले रोकिएको थियो । करिब तीन वर्षको प्रतीक्षापछि सोमबार यसको प्रसारण मिति औपचारिक रूपमा घोषणा गरिएको हो ।
पछिल्लो अध्यावधिक: असार १८, २०८२ १९:५०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा ३४ दिनदेखि जारी तालाबन्दी खुलाउन सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको नाममा तालाबन्दी नगर्नु/नगराउनु, ताला लगाएको भए खोल्नु/खोलाउनु भनेर अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश नृपध्वज निरौलाको इजलासले आदेश दिएको हो ।
अधिवक्ता महेश भट्टराईलगायतले त्रिविको उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा आयोगलगायत कार्यालयमा भएको तालाबन्दी खुलाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
मंगलबार दर्ता भएको रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी वृत्त कीर्तिपुर, उपकुलपति, रजिष्ट्रार कार्यालयलाई विपक्षी बनाइएको थियो ।
त्रिवि आंशिक प्राध्यापक केन्द्रीय समितिका अध्यक्ष गोकुल लेछवा लिम्बु, सहअध्यक्ष राजेन्द्र आचार्य, महासचिव बैकुण्ठ थापा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी त्रिविका कार्यवाहक अध्यक्ष शिवराज भट्टसमेत विपक्षी थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । डिजिटल वालेट खल्तीमा TECHPANA प्रोमो कोड प्रयोग गरी मोबाइल डेटा प्याक खरिदमा १० प्रतिशत (५० रुपैयाँसम्म) पाउन सकिने भएको छ । खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अवधिभर सो प्रोमोकोड गर्न सकिनेछ ।
आउँदो ३२ असारसम्म चल्ने पेमेन्ट जात्राको हरेक राउन्डमा पुरस्कार पाउन सकिने व्यवस्था मिलाइएको छ । जसअनुसार सहभागी मध्येबाट एक जनाले भेस्पा स्कुटर, दैनिक डिजिटल खुत्रुके फुटाएर अल्टिमाको स्पिकर, स्मार्टवाच र डिजिटल स्क्रयाच कार्ड जितिसकेका छन् ।
अझै पनि थुप्रै उपहारहरू बाँकी छन् । जात्राको चौथो राउन्ड सुरु भइसकेको छ । यो वर्ष कम्पनीले जात्रामा ‘ब्याटल ग्राउन्ड’ नामक एउटा नयाँ खेल पनि थप गरेको छ । जसअन्तर्गत ग्राहकले आफ्नो प्रोमोकोड बनाउनुपर्ने हुन्छ । यसरी जसको धेरै प्रोमोकोड प्रयोग हुन्छ, उसले यो खेल जित्नेछ ।
जात्राको चौथो राउन्डको ब्याटल ग्राउन्डमा टेकपाना समेत समावेश भएको हो । यस अन्तर्गत TECHPANA प्रोमोकोड प्रयोग गरी डेटा प्याकमा ५० प्रतिशत क्याशब्याक प्राप्त गर्न सबैभन्दा पहिला खल्ती एप लगइन गरी होमस्क्रिनमा भएको ‘Data/Voice’ आइकनमा ट्याप गर्नुहोस् ।
अब नेपाल टेलिकम वा एनसेलका कुनै पनि डेटा प्याक छनोट गर्नुहोस् र डेटा प्याक लिन चाहेको मोबाइल नम्बर राख्नु होस् ।
यति गरिसकेपछि अप्लाइ प्रोमोकोडमा TECHPANA लेख्नुहोस् र चेक (check) मा ट्याप गरी अप्लाई गर्नुहोस् ।
यति गरेपछि त्यहाँ छुट रकम देख्न सक्नु हुनेछ । अब proceed मा ट्याप गरी choose the payment मा हुँदै pay मा ट्याप गर्नुहोस् । यो अफर ५ जुलाईसम्म मात्र लागु हुनेछ ।
पछिल्लो अध्यावधिक: असार १८, २०८२ १८:३२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमा व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ कार्यान्वयनमा नआउने व्यवस्था हटाउन राष्ट्रिय सभालाई अनुरोध गरेको छ ।
समितिले ‘कुलिङ अफ पिरियड’ लागु हुन नसक्ने प्रावधान विधेयकको प्रतिवेदनमा समावेश गरिएकोबारे छानबिन समिति गठन गर्न सभामुख देवराज घिमिरेलाई अनुरोध गरेको छ ।
समितिको बुधबारको बैठकमा ‘कुलिङ अफ पिरियड’ लागु नहुने व्यवस्था राखिएकोमा छलफल भएको थियो । त्यसपछि समितिले दुई वटा निर्णय गरेको हो । राज्यव्यवस्थाले राष्ट्रिय सभालाई गरेको अनुरोधमा भनिएको छ, ‘कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावना अनुसार प्रतिवेदनको बुँदा ४३ लाई आवश्यक संशोधन गर्ने व्यवस्था मिलाईदिनुहुन राष्ट्रिय सभालाई हार्दिक अनुरोध गर्ने निर्णय गरियो ।’
समितिले गरेको निर्णय निष्प्रभावी हुने व्यवस्था राख्न भूमिका कसले खेलेको हो भन्ने विषयमा छानबिन गर्न सभामुखसँग अनुरोध गरिएको छ । ‘समितिबाट विधेयकको प्रतिवेदन तयार गर्दा निष्क्रिय गर्ने गराउने गरी समितिको सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिले भाषा लेख्ने काम भएकोमा उक्त कार्य कानुन निर्माणको हिसाबले षड्यन्त्रपूर्ण र दुरासयपूर्ण देखिएको हुँदा उक्त कार्यमा को-को व्यक्तिको के कति गल्ती वा अपराध भएको हो त्यसको उच्च स्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था मिलाउन संघीय संसद्का सभामुखलाई अनुरोध गर्ने निर्णय गरियो,’ समितिको निर्णयमा भनिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ