
काठमाडौँ । एप्पलको नयाँ लाइनअप आईफोन १७ सिरिजमा अहिलेसम्मकै सबैभन्दा ठुलो ब्याट्री हुने भएको छ । चिनियाँ सामाजिक सञ्जालमा चर्चित लिकर ‘इन्स्ट्यान्ट डिजिटल’ले आईफोन १७ प्रो म्याक्समा ५००० एमएएच क्षमताको ब्याट्री हुने खुलासा गरेको हो ।
पोस्टमा आईफोन ११ प्रो म्याक्सदेखि आईफोन १६ प्रो म्याक्स हुँदै आईफोन १७ प्रो म्याक्समा भएको ब्याट्री क्षमता उल्लेख गरेको छ ।
-
आईफोन ११ प्रो म्याक्सः ३,९६९ एमएएच
-
आईफोन १२ प्रो म्याक्सः ३,६८७ एमएएच
-
आईफोन १३ प्रो म्याक्सः ४,३५२ एमएएच
-
आईफोन १४ प्रो म्याक्सः ४,३२३ एमएएच
-
आईफोन १५ प्रो म्याक्सः ४,४२२ एमएएच
-
आईफोन १६ प्रो म्याक्सः ४,६७६ एमएएच
-
आईफोन १७ प्रो म्याक्सः ~५००० एमएएच
एप्पलका अनुसार आईफोन १६ प्रो म्याक्सको ब्याट्री-लाइफ झण्डै ३३ घण्टा छ । आईफोन १४ प्रोमा २९ घण्टा र आईफोन १३ प्रो म्याक्समा २८ घण्टा रहेको छ । त्यसैगरी आईफोन १२ प्रो म्याक्सको ब्याट्री लाइफ २० घण्टा छ ।
लिक भएको जानकारीलाई आधार मान्ने हो भने आईफोन १७ प्रो म्याक्समा आईफोन १६ प्रो म्याक्सभन्दा करिब ३०० एमएएच थप ब्याट्री हुनेछ । यो भनेको ३५ घण्टाको ब्याट्री लाइफ हो । यसमा हुने नयाँ ए१९ चिपले पनि ब्याट्रीको पर्फमेन्स सुधार गर्ने बताइएको छ ।
इन्स्ट्यान्ट डिजिटलले लिक गरेका प्रायः जानकारी मिल्ने गरेको छ । यस प्लेटफर्मले सन् २०२३ मा एप्पलले पहेँलो कलर भेरियन्टको आईफोन १४ ल्याउने जानकारी लिक गरेको थियो । पछि एप्पलले त्यही मोडेल बजारमा ल्याएको थियो । त्यस्तै आईफोन १५ प्रोमा आउने स्पेसल भिडिओ क्याप्चर, वाच सिरिज नाइनको नयाँ डिजाइन, आईफोन एयरको क्यामेरा डिजाइन र पछिल्लो समय आईफोन १६ प्रोको ब्याट्री क्षमता पनि लिक गरेको थियो । ती सबै फिचर पछि एप्पलले ल्याएका फिचर र परिवर्तनसँग मेल खाएको थियो ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ १२:३५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुक सुहाउँदो कानुन बनाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबार बसेको बैठकमा सांसद साहले कानुन बनाउँदा उड्ने नभई धर्तीलाई सुहाउँदो बनाउनुपर्ने बताएका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा सहभागी साहले व्यवहारिक रुपमा सोचेर कानुन निर्माण गर्नुपर्ने बताए।
संविधानमा ३१ वटा मौलिक हक राखिएको तर कार्यान्वयन एउटा पनि हुन नसकेको उनको भनाइ छ। ‘हाम्रो संविधानमा ३१ वटा मौलिक हक छन्। दुनियाँमा नभएको मौलिक हक छ। तर कार्यान्वयन एउटा पनि भएको छैन,’ उनले भने, ‘त्यो कुराको हेक्का राख्नुपर्छ। हामीले कानुन बनाउँदा उड्ने होइन की धर्तीलाई सुहाउँदो हुनुपर्छ। वस्तुवादी हुनुपर्छ। सबैलाई स्वीकार्य हुनुपर्छ। सबैले स्वीकार्ने खालको हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं– औषधी व्यवस्था विभागका अनुसार नेपालमा ८६ वटा एलोपेथिक औषधि उत्पादक उद्योगले उत्पादन अनुमति प्राप्त गरेका छन्। तर, तीमध्ये ७० भन्दा केही बढी कम्पनी मात्र सञ्चालनमा छन्।
पछिल्लो समय नेपाली औषधिको गुणस्तरमाथि प्रश्न उठ्दै आएको छ, विशेषगरी स्वदेशी उत्पादनका सन्दर्भमा। विभागले औषधिको गुणस्तर सुनिश्चित गर्न विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) मापदण्ड पूरा गर्नुपर्ने जनाएको छ। तर, हालसम्म ५८ कम्पनीले मात्र डब्लुएचओ जिएमपी प्रमाणपत्र प्राप्त गरेका छन्।
यसमध्ये केही कम्पनीको जिएमपी प्रमाणपत्रको वैधता अवधि सकिएको छ भने केहीले नवीकरणका लागि आवेदन दिएका छन्।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जिएमपी प्राप्त कम्पनीहरूले डब्लुएचओको मापदण्ड पूरा गर्ने भएकाले तिनले उत्पादन गरेका औषधिको गुणस्तर विश्वस्तरीय हुने दाबी गरे।
यी हुन् जिएमपी पाएका ५८ उद्योग
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । एआई चिप निर्माता एनभिडिया विश्वको इतिहासकै सबैभन्दा मूल्यवान् कम्पनी बन्न सफल भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिको बढ्दो आकर्षण र आशाका कारण कम्पनीको बजार पुँजीकरण ३९.२ खर्ब अमेरिकी डलरको ऐतिहासिक उचाइमा पुगेको हो ।
यससँगै एनभिडियाले एप्पलले कायम गरेको ३९.१५ खर्ब डलरको कीर्तिमानी बजार मूल्यलाई पनि उछिनेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बिहीबारको कारोबारमा कम्पनीको शेयर मूल्य २.४ प्रतिशतले बढेर प्रतिशेयर १६०.९८ डलर पुगेको थियो । यद्यपि, कारोबारको अन्त्यतिर शेयर मूल्य केही घटेर १५९.६० डलरमा सीमित हुँदा यसको कुल बजार मूल्य ३८.९ खर्ब डलर कायम भयो ।
माइक्रोसफ्ट, अमेजन, मेटा (फेसबुक), अल्फाबेट (गुगल) र टेस्लाजस्ता प्रविधिका दिग्गज कम्पनीहरूले एआई डेटा सेन्टर निर्माण र यस क्षेत्रमा प्रभुत्व जमाउन गरेको प्रतिस्पर्धाले एनभिडियाको उच्च-स्तरीय प्रोसेसरको माग अकासिएको छ । यही कारण कम्पनीको बजार मूल्य बढेको हो ।
हाल वाल स्ट्रिटमा ३७ खर्ब डलरसहित माइक्रोसफ्ट दोस्रो र ३१.९ खर्ब डलरसहित एप्पल तेस्रो सबैभन्दा मूल्यवान कम्पनीका रूपमा रहेका छन् ।
पछिल्लो चार वर्षमा एनभिडियाको बजार मूल्य लगभग आठ गुणाले बढेको छ । सन् २०२१ मा ५ खर्ब डलर रहेको कम्पनीको मूल्य अहिले ४० खर्ब डलर नजिक पुगेको छ । एलएसईजीको तथ्यांकअनुसार एनभिडियाको हालको मूल्य क्यानडा र मेक्सिकोको समग्र शेयर बजारको कुल मूल्यभन्दा बढी हो । साथै, यो बेलायतमा सूचीकृत सबै कम्पनीहरूको कुल मूल्यभन्दा पनि धेरै छ ।
“कुनै कम्पनी पहिलो पटक एक ट्रिलियन डलर पार गर्दा नै अचम्म लागेको थियो । अहिले हामी चार ट्रिलियनको कुरा गर्दैछौं, जुन अविश्वसनीय छ । यसले एआईमा कति ठुलो लगानीको दौड छ भन्ने देखाउँछ,” थेमिस ट्रेडिङका सह-प्रबन्धक जो सालुजीले भने ।
एनभिडियाको यो वृद्धिले अमेरिकी शेयर बजारको मुख्य इन्डेक्स एस एन्ड पी ५०० मा पनि ठुलो प्रभाव पारेको छ । हाल एनभिडिया एक्लैको हिस्सा उक्त इन्डेक्समा ७ प्रतिशत छ भने एनभिडिया, माइक्रोसफ्ट, एप्पल, अमेजन र अल्फाबेट गरी पाँच कम्पनीको कुल हिस्सा २८ प्रतिशत पुगेको छ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ ११:५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको आज बिहान ११ बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ।
प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जबाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय प्रदान गरिने कार्यसूची छ।
सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेपछि बिहीबार साँझदेखि प्रदेशसभाको बैठक सञ्चालन भएको हो।
बिहीबारको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समसामयिक विषयमा मन्तव्य व्यक्त गरेका थिए।
प्रदेश सरकारले आगामी आवका निम्ति ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रस्तुत प्रस्ताव गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको अनलाइन सेवा बन्द भएको छ । बिहीबार एक सूचना जारी गर्दै कार्यालयले नयाँ सर्भरमा डेटा स्थानान्तरण गर्नुपर्ने भएकाले २२ असार बिहान ८ बजेसम्म सम्पूर्ण अनलाइन सेवा बन्द हुने जानकारी दिएको हो ।
कार्यालयका अनुसार सर्भर स्तरोन्नति नहुन्जेलसम्म विद्यार्थी तथा सेवाग्राहीहरूले अनलाइनमार्फत कुनै पनि काम गर्न सक्ने छैनन् । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालयले क्षमा मागेको छ । साथै, अनलाइन सेवा प्रयोगकर्ताहरूलाई student.tuexam.edu.np मा गई आवश्यक विवरणहरू समावेश गर्न पनि सूचनामार्फत जानकारी गराइएको छ ।
तर उक्त वेबसाइट अहिले मर्मतको क्रममा रहेको पाइएको छ । वेबसाइट खोल्दा ‘We’ll be back soon! Sorry for the inconvenience. We’re performing some maintenance at the moment!’ भन्ने सन्देश देखिन्छ ।
यसअघि १५ असारदेखि आफ्ना प्रमुख १० सेवा पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराउने घोषणा गरेको थियो । तर हाल देखिएको प्राविधिक अवरोधले त्रिविले बिना तयारी अनलाइन सेवाको प्रचार गरेको टिप्पणी हुन थालेको छ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ ८:५६
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी– युक्रेनसँगको युद्धमा रूसी नौसेनाका उपप्रमुख मारिएका छन्। बिहीबार कुर्स्क क्षेत्रमा युक्रेनी सेनासँगको लडाइँमा रूसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभ मारिएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।
पूर्वी प्राइमोर्स्की क्षेत्रका गभर्नर ओलेग कोझेम्याकोलेले गुदकोभ मारिएको पुष्टि गरेका छन्।
‘उहाँले आफ्नो कर्तव्य निर्वाहकै क्रममा अन्य सैनिसँगै वीरगति प्राप्त गर्नुभयो,’ ओलेगको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ।
रूसी रक्षा मन्त्रालयलले पनि गुदकोभको मृत्यु भएको पुष्टि गरेको छ। कुर्स्क क्षेत्रमै उनी मारिएको पुष्टि गरे पनि मन्त्रालयले घटनाबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन।
युक्रेनी पक्षले पनि गुदकोभ मारिएको विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
गुदकोभको मृत्यु रूसका लागि ठूलो क्षति हो भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
गुदकोभलाई राष्ट्रपति भ्लादिमिर पुटिनले यही वर्षको मार्चमा नौसेनाको तटीय र स्थल सेनाको उपप्रमुखका रूपमा नियुक्त गरेका थिए।
उनी यसअघि युक्रेनमा लडेको १५५ औं ब्रिगेडका कमान्डरसमेत थिए।
उनलाई नौसेनको तटीय र स्थल सेनाको उपप्रमुखको जिम्मेवारी दिदैँ गर्दा ‘तपाईंको अनुभव अन्य युनिटमा पनि आवश्यक छ भन्ने सुझाव पाएकाले जिम्मेवारी बढाउने निर्णय गरिएको हो’ भनेका थिए।
तीन वर्षदेखि जारी रूस-युक्रेन युद्धमा उच्च पदस्थ सैन्य अधिकारी मारिएको दुर्लभ घटना हो।
कुर्स्क क्षेत्र रूसी सिमा नजिकैको रणनीतिक इलाका हो, जहाँ युक्रेनी सेना र रूसी सेनाबीच पछिल्ला महिनाहरूदेखि दोहोरो संघर्ष चलिरहेको छ।
सन् २०२४ को मध्यतिर युक्रेनी सेनाले कुर्स्कभित्र घुसपैठ गर्दै थुप्रै गाउँहरूमा कब्जा जमाएको थियो।
ती आक्रमणहरू अचानक र योजनाबद्ध भएका कारण रूसी सुरक्षा व्यवस्था अस्थिर बनेको थियो। सुद्जा, ट्योत्किनोजस्ता सीमावर्ती क्षेत्रमा युक्रेनी फौज केही समयसम्म टिक्न सफल भए पनि रूसी सेनाले पछि ती क्षेत्रमा व्यापक आक्रमण गर्दै धेरैजसो ठाउँ पुनः नियन्त्रणमा लिएको थियो।
गत मे महिनाको २० तारिखका दिन राष्ट्रपति पुटिनले कुर्स्क क्षेत्रको भ्रमण समेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
स्वास्थ्य खबर पोलिसी क्लिनिक स्वास्थ्यसँग प्रत्यक्ष र परोक्ष सम्बन्ध राख्ने नीतिहरुमाथिको बहश कार्यक्रम हो। जसबाट नीतिमा रहेका अस्पष्टता स्पष्ट पार्ने, नीति निर्मातालाई सही नीति र त्यसको स्पष्ट कार्यान्वयनका लागि सुझाउने र नेपालको आफ्नै स्वास्थ्य प्रणाली स्थापनका लागि पहल गर्ने उद्देश्यले सञ्चालित छ। यसपल्ट औषधि क्षेत्रमा रहेका तमाम समस्या र त्यसलाई उद्योगी र नियामक निकायले हेर्ने दृष्टिकोणमाथि छलफल गरेका छौं।
स्वास्थ्य खबरका कार्यकारी सम्पादक डिबी खड्काले सञ्चालन गर्ने साप्ताहिक कार्यक्रममा यसपल्ट औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र म्याग्नस फर्मास्युटिकल्स कम्पनीका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्के छन्।
प्रस्तुत छ ‘स्वास्थ्य खबर पोलिसी क्लिनिक’ :
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । गुगलले अमेरिकाको क्यालिफोर्निया अदालतमा दायर भएको एक महत्त्वपूर्ण मुद्दा हारेको छ । एन्ड्रोइड फोनहरू निस्क्रिय रहेको अवस्थामा पनि प्रयोगकर्ताको जानकारी बिना डेटा संकलन गरी आफ्नो सर्भरमा पठाएको आरोपमा अदालतले गुगललाई दोषी ठहर गरेको हो ।
अदालतको जुरी (न्यायाधीशहरूको समूह) ले वादीको पक्षमा फैसला सुनाउँदै गुगललाई ३१ करोड ४६ लाख अमेरिकी डलर (अन्दाजी ४३ अर्ब रुपैयाँ) जरिवाना तिर्न आदेश दिएको छ ।
सन् २०१९ मा करिब एक करोड ४० लाख क्यालिफोर्नियावासीको तर्फबाट यो सामूहिक मुद्दा दायर गरिएको थियो । मुद्दामा एन्ड्रोइड फोनहरूले प्रयोगकर्ताको खर्चमा सेलुलर डेटा प्रयोग गरी गुगललाई डेटा पठाउने गरेको र यसबाट प्रयोगकर्तालाई ८० करोड डलर बराबरको क्षति भएको दाबी गरिएको थियो । उक्त डेटा लक्षित विज्ञापन देखाउने प्रयोजनका लागि प्रयोग हुने गरेको आरोप लगाइएको थियो ।
यता, गुगलले भने अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएको छ । कम्पनीका अनुसार, प्रयोगकर्ताहरूले गुगलको सेवा सर्त र गोपनीयता नीतिमा सहमति जनाइसकेकाले यो डेटा स्थानान्तरण उनीहरूको मञ्जुरीमै भएको हो । कम्पनीका एक प्रवक्ताले भने, “यो फैसलाले एन्ड्रोइड उपकरणहरूको सुरक्षा, प्रदर्शन र विश्वसनीयताका लागि महत्त्वपूर्ण मानिने सेवाहरूलाई गलत रूपमा बुझेको छ ।”
यसैबिच, अर्को एक समूहले अमेरिकाका अन्य ४९ राज्यका एन्ड्रोइड प्रयोगकर्ताहरूको तर्फबाट पनि छुट्टै मुद्दा दायर गरेको छ । उक्त मुद्दाको सुनुवाइ आगामी अप्रिल महिनाबाट सुरु हुने बताइएको छ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ ९:५०
सामाग्री श्रोत :
टेक पाना
जनकपुरधाम– धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको छ । भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।
धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक भिडन्त भएको हो । धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्राएर आँप बगैँचामा राखेको भन्ने सूचना पाएपछि सशस्त्र प्रहरीको ३० जनाको पुगेको थियो ।
सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुंगामुढासहित प्रहरीमाथि आक्रमण गरेका थिए ।
सो क्रममा जवाफी कारबाही गर्ने क्रममा सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गर्नुपरेको एसपी खड्काले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ