

काठमाडौं–वि.सं २०८१ को अन्तिम कारोबार दिनमा नेप्से सूचक घटेर बन्द भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से ८.८४ अंकले घटेको हो।
बजार खुलेसँगै घटबढ देखिएको परिसूचक अन्तिममा घटेर २ हजार ६६१ दशमलब ८६ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन ६ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ। सूचीकृत अधिकांश समूहमा गिरावट आएको छ। २ वटा कम्पनी भने सकारात्मक सर्किट लेभलमा रहेर कारोबार भएका छन्।
आइतबार ३ सय २२ कम्पनीको १ करोड ३१ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ४५ करोड ३२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी होल्डिङ्स अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र राधी विद्युत परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा भएको झडपमा परी घाइते भएका ४१ जना नारायणी अस्पतालमा उपचारपछि घर फर्किएका छन्। अस्पतालका सुचना अधिकारी डा उदय नारायण सिंहले एक विज्ञप्ती जारी गर्दै, झडपका घाइतेमध्ये ४३ जना उपचारका लागि अस्पताल भर्ना भएको बताए । जसमध्ये सामान्य र मध्यम अवस्थाका गरी ४१ बिरामीहरु उपचारपछि निको भएर घर फर्किसकेका तथा जटिलअवस्थाका दुई बिरामीहरु उपचारत तथा सामान्य अवस्थामा रहेका छन्। अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै जटिल अवस्थाका करिब ४० वर्षिया पुरुषको देब्रे खुट्टाको हड्डी भाँचिएको बताइएको छ।करिब ६८ वर्षिया पुरुषको देब्रे हातमा गोली लागेको अवस्थामा उपचार भइरहको तथा अवस्था साामान्य रहेको जानकारी दिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । हङकङमा जारी चार देशीय टि–२० सिरिजको फाइनलमा नेपाल जीतको मुखमै पुगेर हारेको छ । बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाएपछि र नन्दन यादवले १० औं नम्बरमा ब्याटिङ गर्दै तुफानी इनिङ खेलेर अन्तिम ओभरमा केवल ५ रन चाहिएको अवस्थामा पुगेको भए पनि नेपाल अन्ततः अलआउट भयो ।
फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भएपछि जित नजिक पुगेर पनि चुकेको हो ।
सामाग्री श्रोत :
काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले डिजिटल कारोबारमा हुने ठगी तथा जोखिम न्यूनीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गर्ने भएको छ ।
एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले डिजिटल भुक्तानी कारोबारलाई सुरक्षित राख्नेगरी एआईमा आधारित फ्रड एन्ड रिस्क मेनेजमेन्ट सिस्टम लागु गर्ने तयारी भइरहेको जानकारी दिए ।
उक्त प्रणालीमार्फत ग्राहकहरूको खातामा हुने कारोबारको प्याटर्न अध्ययन गरिने र कुनै असामान्य कारोबार भेटिएमा सम्बन्धित वित्तीय संस्थालाई तुरुन्त जानकारी गराइने उनको भनाइ छ ।
‘अहिले हामी एआईमा आधारित फ्रड एन्ड रिस्क मेनेजमेन्ट सिस्टम बनाउँदैछौँ,’ प्रधानले टेकपानासँग भने, ‘सुरक्षाका नयाँ प्रविधिहरू विस्तारै कार्यान्वयन गर्दै आएका छौँ । यसले नयाँ मेकानिजम र प्रोसेसमार्फत जोखिम न्युनीकरणमा सहयोग गर्ने विश्वास छ ।’
प्रधानका अनुसार यस प्रविधिले कुनै खातामा असामान्य रुपमा रकम डिपोजिट वा कारोबार भएमा चिन्न सक्ने र त्यसको जानकारी सम्बन्धित संस्थालाई दिनेछ । डिजिटल कारोबारको सुरक्षालाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना अनुसार एआईमा आधारित प्रणाली सुरु गर्न लागेको उनले बताए ।
पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ १४:११
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–चारदेशीय टी-२०आई सिरिजको फाइनलमा नेपालका बसिर अहमदले अर्धशतक पूरा गरेका छन्।
हङकङमा जारी खेलमा कुवेतविरुद्ध उनले ३० बलमा अर्धशतक पूरा गरेका हुन्।
हङकङमा कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर ४ बलमा ८ विकेट गुमाएर १३७ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
झापा–प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन्। नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो।कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयवासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिनसक्ने विश्वास व्यक्त गरे। उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए।मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न उनले आग्रह गरे। अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा रु १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ। प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकोमा जग्गा प्राप्तिमा ढिलाइका कारण गौरादहमा अस्पताल निर्माण सुरु हुन सकेको थिएन। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबकुमार कार्कीसहित उपस्थित रहेका थिए।
सामाग्री श्रोत :
swasthyakhabar

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन्। नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरेका छन्।
उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताए।
मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न उनले आग्रह गरेका छन्।
अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकोमा जग्गा प्राप्तिमा ढिलाइका कारण गौरादहमा अस्पताल निर्माण सुरु हुन सकेको थिएन।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबकुमार कार्कीसहित उपस्थित थिए।
सामाग्री श्रोत :
प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास, १२ करोड ५९ लाख खर्च हुने
काठमाडाैँ । नेपाल टेलिकमले नयाँ वर्ष २०८२ को अवसर पारेर अफर सार्वजनिक गरेको छ । भोलिदेखि १५ वैशाखसम्म लागु हुनेगरी कम्पनीले डेटा, भ्वाइस र एसएमएस सेवा समेटिएका विभिन्न प्याकेज घोषणा गरेको हो ।
यस अफरअन्तर्गत ग्राहकले रु. ३९९ मा ३० जीबी डेटा प्याक लिन सक्नेछन्, जसको अवधि १५ दिन हुनेछ । यसबाहेक एक दिनका लागि रु. ४९ मा १ एमबीपीएस अनलिमिटेड डेटा र १०० मिनेट एनटी–एनटी भ्वाइस सुविधा लिन सकिनेछ ।
यस्तै, ६ जीबी डेटा रु. १११ मा (५ दिन), १५ जीबी डेटा रु. १९९ मा (७ दिन) र २० जीबी डेटा रु. २९९ मा (१२ दिन) मा उपलब्ध गराइएको छ ।
त्यस्तै कम्पनीले विशेष फेस्टिभ कम्बो प्याक पनि ल्याएको छ । यस अन्तर्गत ३० जीबी डेटा, ६०० मिनेट सम्पूर्ण नेटवर्कमा भ्वाइस कल र २०० वटा सम्पूर्ण नेटवर्क एसएमएस सेवा उपलब्ध हुनेछ । उक्त प्याकको मूल्य रु. ७८९ रहेको छ भने पोस्टपेड प्रयोगकर्ताका लागि रेन्टल शुल्क समेत समावेश गरिएको छ । यो अफर प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेडका लागि ३० दिनसम्म मान्य हुनेछ ।
टेलिकमले यस अफरबाट लाभ लिन *१४१५*६# डायल गर्न वा एनटी एप प्रयोग गर्न अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ १४:०
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको मुद्दा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी परेको छ।
लामिछानेका तर्फबाट उनकी श्रीमती निकिताले निवेदन दर्ता गराएकी थिइन्। उक्त निवेदनमाथिको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा परेको हो। ढुंगानाको इजलासको पहिलो नम्बरमा पेशी परेको छ।
हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएका थिए।
यसअघि सहकारी ठगी प्रकरणमा १३ माघ २०८१ मा बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
तर, उक्त आदेशविरुद्ध सरकारी वकिल पक्ष र रवि आफैं पनि उच्च अदालत बुटवल पुगेका थिए।
सरकारी पक्षले धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षमा लागि थुनामै राख्नुपर्ने माग गरेको थियो भने रविले धरौटीको आदेश खारेज गर्दै साधारण तारेखमा रिहा हुनुपर्ने माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
कालिकोट- एक एक पाइलाले कालिकोटमा सन्चालन गरेको नि:शुल्क स्वस्थ्य शिविरमा तीन हजार बढीले सेवा लिएका छन्।३४ औं पाइला अन्तर्गत कर्णाली प्रदेशको कालिकोटमा चैत्र २४ देखि २६ गते सम्म चलेको नि:शुल्क स्वस्थ्य शिविरमा ३ हजार ४३६ जना ले सेवा प्राप्त गरेका हुन्। नरहरिनाथ गाउँपालिका र एक एक पाइलाको सहकार्यमा संचालित उक्त शिविरमा एक एक पाइला फाउन्डेसनबाट करिब ४५ जना विशेषज्ञ सहितको स्वास्थ्य टोली सहभागी थिए। कालिकोट जिल्ला आफैमा पछाडी परेको र स्वास्थ्यको सुचाङ्कमा तल रहेको कारण एक एक पाइला र स्थानीय सरकार बिच विशेषज्ञ स्वास्थ्य कार्यक्रमको लागि सहकार्य भएको हो।नरहरिनाथ गाउँपालिका वडा नम्बर ३ कुमाल गाउँ स्थित योगी नरहरिनाथ आधारभूत अस्पतालमा सो कार्यक्रम को आयोजना गरिएको थियो।उक्त शिविरमा आँखाको उपचार (मोतिबिन्दु शल्यक्रिया निःशुल्क), जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग सेवा, छाला रोग सेवा, दन्त सेवा, नाक, कान, घाँटी रोग तथा शल्यक्रिया सेवा, हाडजोर्नी तथा जोर्नी सम्बन्धी सेवा लगायत १५ बढी स्वास्थ्य सेवा प्रदान गरिएको एक एक पाइलाले जनाएको छ।तीन दिनको सेवालाई मधयनजर गर्दा आगामी दिनमा स्वास्थ्य सम्बन्धी जनचेतना मुलुक कार्यक्रम, स्वास्थ्य पहुचको दिगोपना संगै जनस्वास्थ्यका कार्यक्रमलाई अगाडी लैजानुपर्ने देखिएको एक एक पाइलाले जनाएको छ।
सामाग्री श्रोत :
swasthyakhabar









