२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

भादगाउँ । भक्तपुरमा बिस्का जात्रा मनाउने क्रममा भैरवनाथको रथले किचेर एक जनाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका–४ घर भई हाल सूर्यविनायक नगरपालिका–८ सिपाटोलस्थित इटबू बस्ने ३६ वर्षीय सुशील तमखूको मृत्यु भएको हो।

बिस्काः जात्राको चौथो दिन आज भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो योसिं ठड्याउन भैरवनाथको रथलाई गाःहिटीबाट योसिंखेल लैजाने क्रममा तमखूलाई रथले किचेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए।

रथले तमखूको शरीरको बीच भागमा किचेको र उनको घटनास्थलमा नै मृत्यु भएको उनले बताए।


सामाग्री श्रोत :

बिस्का जात्राः रथले किचेर एक जनाको मृत्यु

काठमाडौं–चारदेशीय टी-२०आई सिरिजको उपाधि जित्न नेपालले १७५ रनको लक्ष्य पाएको छ।

नेपालले मिसन रोड मैदानमा टस जितेर पहिले कुवेतलाई ब्याटिङको लागि उतार्यो। कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो।

कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए। क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रनको योगदान दिए।

Ncell 2
Ncell 2

बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २-२, करण केसी र कुशल भुर्तेलले एक-एक विकेट लिए।

नेपाल लिग चरणको शीर्ष स्थानमा रहँदै र कुवेत दोस्रो भएर फाइनलमा पुगेका हुन्।

shivam cement
shivam cement

नेपालले लिग चरणमा कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो। कुवेतले हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले माथ दिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीच आपसी सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

चीनको चोङकिङ नगरमा आज आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीअनुसार पार्टी निर्माण, राज्य सञ्चालन, कार्यकर्ता प्रशिक्षण तथा अनुभव साटासाटका क्षेत्रमा आपसी सहकार्यलाई सुदृढ बनाइने छ। यस्तै, पार्टी स्कुल विकास, पाठ्यक्रम निर्माण, शिक्षक विकास र शिक्षण विधिमा सहकार्य गर्दै कार्यकर्ता शिक्षाको अन्तरराष्ट्रियकरण तथा व्यावसायिकता प्रवद्र्धन गरिने प्रतिनिधिमण्डलका सदस्य रामदीप आचार्यले जानकारी दिए।

समझदारीपत्रमा उच्चस्तरीय भ्रमण, शिक्षक आदानप्रदान, संयुक्त गोष्ठी, कार्यशालाहरू तथा शैक्षिक संवादमार्फत उच्चस्तरीय संयन्त्र निर्माण गरिने उल्लेख छ।

माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डल गत बुधबारदेखि चीनको भ्रमणमा छ।


सामाग्री श्रोत :

माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टी सहयोग आदानप्रदानको समझदारी

झापा–प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन्। 

नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो।

Ncell 2
Ncell 2

कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयवासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिनसक्ने विश्वास व्यक्त गरे। उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए।

shivam cement
shivam cement

मुलुकलाई रचनात्मक कामबाट  विकसित गराउने अभियानमा सरकार  रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न उनले आग्रह गरे। अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा रु १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा  २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता  गरिएको छ। 

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकोमा जग्गा प्राप्तिमा ढिलाइका कारण गौरादहमा अस्पताल निर्माण सुरु हुन सकेको थिएन। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबकुमार कार्कीसहित उपस्थित रहेका थिए।  

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासको क्षति आकलन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट र विश्वविद्यालयको ग्राजुएट स्कुल अफ इञ्जिनियरिङका डिन सहप्राध्यापक डा राजन सुवालले आज यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित विश्वविद्यालयले २८ हजार तीन सय ५७ परिवारको निजी घरको क्षति अनुमान गर्न ८५ जना प्राविधिक भूकम्प प्रभावित जिल्लामा खटाउने प्राधिकरणका कार्यकारी प्रमुख भट्टले जानकारी दिए।

यही चैत ३० गते साँझसम्मको प्राधिकरणको प्रणालीमा प्रविष्ट तथ्याङ्कानुसार जाजरकोट भूकम्पबाट प्रभावित ३४ हजार ३५ निजी आवासको विस्तृत क्षतिको अन्दाज भइसकेको छ। रासस


सामाग्री श्रोत :

जाजरकोट भूकम्पको क्षति आँकलन गर्न सम्झौता

काठमाडौं–हङकङमा आयोजित टी २० सिरिजको फाइनलमा नेपाल चुकेको छ। 

बसिर अहमदको साहसिक ब्याटिङलाई पन्छाउँदै कुवेतले उपाधि जित्यो।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भएपछि जित नजिक पुगेर पनि चुकेको हो।

अत्यन्त खराब सुरूवात गरेको नेपालले २८ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो। कुशल भुर्तेल ३ रनमा, आशिफ शेख २१ रनमा तथा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी बिना रनको खाता नखोली आउट भए।

चार खेलाडी आउट भए। यसपछि पनि कुनै खेलाडीले इनिङ्स सम्हाल्न सकेनन्। निरन्तर अन्तरालमा विकेट झरि नै रहयो। कप्तान रोहित पौडेल पनि ७ रनमा आउट भए। सोमपाल कामी ४ रनमा गुल्सन झा ९ रनमा र करण केसी ४ रनमा आउट हुँदा नेपाल हार नजिक पुगेको थियो ।

मात्र ९२ रन बनाउँदा नेपालले ८ विकेट गुमाइसकेको थियो। यसपछि छैटौं क्रमका बसिर अहमद र नन्दन यादवाले नवौं विकेटको लागि ७२ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। बिष्फोटक ब्याटिङ गर्दै नन्दन १८ ओभर २ बलमा ३७ रन जोडेर आउट भए। यतिखेर नेपालले १६४ रन बनाएको थियो।

अन्तिम ओभरमा नेपाललाई जितको लागि ११ रन जरूरी थियो। अुनदीप चिन्थामाराको अन्तिम ओभरको पहिलो बलमा नो बल फ्याँके। बसिरले छक्का प्रहार गरे। तर उनी यसको उुई बलपछि आउट हुँदा नेपाल ३ रनको झिनो हार बेहोर्न बाध्य भयो। बसिरले विष्फोट ब्याटिङ गर्दै ४३ बलमा ८ चौका र ४ छकमका सहित ८० रनको पारी खेले। तर पनि नेपाल पराजित हुन पुग्यो।

बलिङमा अुनदीप चिन्थामाराले ३ विकेट लिए। यासिन पटेल र नविनराज राजेन्द्रनले२/२ विकेट झारे।

Ncell 2
Ncell 2

यसअघि नेपालले मिसन रोड मैदानमा टस जितेर पहिले कुवेतलाई ब्याटिङको लागि उतार्यो। कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १ दय ७४ रन बनायो।

कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए। क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रनको योगदान दिए।

 

बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २-२, करण केसी र कुशल भुर्तेलले एक-एक विकेट लिए।

shivam cement

shivam cement

 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। पूर्वप्रेमीको नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गर्ने महिला पक्राउ परेकी छन्। सो आइडीमार्फत निज पुरुष, उसको श्रीमती र नजिकका आफन्तलाईसमेत दुःख दिएको आरोपमा गोरखाकी ३० वर्षीया बिन्दु परियारलाई प्रहरीले पक्राउ गरेको हो।

आफूसँग सरोकार नै नभएका अन्य विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई उक्त ‘फेक आइडी’बाट गालीगलौज गरी आफ्नो चरित्र हत्या गरेको भन्ने निवेदनका आधारमा साइबर ब्यूरोले परियारलाई पक्राउ गरेको हो।

वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेकी ती महिलालाई स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए। पक्राउ परेकी ती महिलालाई प्रहरीले आज सार्वजनिक गरेको हो।

पीडित पुरुषको जाहेरीपछि प्रहरीले निज उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा गत पुसमा मुद्दा दर्ता गरेको थियो। त्यसलगत्तै बिन्दु फरार भएकी थिइन्।

उनलाई खोजी गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ समेत जारी गरेको थियो। वैदेशिक रोजगारीबाट फर्कने क्रममा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वय र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयको सहयोगमा ती महिलालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।


सामाग्री श्रोत :

‘फेक आइडी’ बनाएर चरित्र हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माया सम्बन्धी फेसबुक स्टाटस हटाएका छन् । गएराति करिब १० बजेतिर ‘मेरो माया लाग्छ ?’ भन्दै उनले स्टाटस पोस्ट गरेका थिए ।

पोस्टमा २ घण्टाभित्र नै एक लाख ३० हजारभन्दा बढी रियाक्सन र हजारौं कमेन्ट/शेयर आएको थियो । शाहले उक्त स्टाटस कुन सन्दर्भमा लेखेका थिए र किन हटाए भन्ने खुलेको छैन । 

यता, सामाजिक सञ्जाल प्रयोगकर्ताले बालेनको स्टाटसलाई लिएर चर्चा गर्न थालेका छन् । केहीले आफ्ना श्रीमान्–श्रीमती, प्रेमी–प्रेमिका र साथीहरूलाई मेन्सन गर्दै ‘मेरो माया लाग्छ ?’ भन्ने स्टाटस राखेका छन् ।

पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ ९:४२





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–ओमानको मध्यस्थतामा इरान र संयुक्त राज्य अमेरिकाबीच शनिबार अप्रत्यक्षरूपमा भएको वार्ताले आगामी थप वार्ताका लागि वातावरण बनेको वार्तामा संलग्न दुवै पक्षले बताएका छन्। 

ओमानको राजधानी मस्कटमा दुई देशका प्रतिनिधिमण्डलबीच मध्यस्थ ओमानी कुटनीतिज्ञको सहयोगमा अप्रत्यक्ष वार्ता भएको थियो।

इरानको आणविक कार्यक्रमलाई लिएर सन् २०१८ यता दुई देशबीच भएको यो उच्चस्तरीय बैठक हो। दुवै देशले पहिलो चरणको बैठकलाई ‘रचनात्मक’ भनेका छन्। अर्को साता दोस्रो चरणको छलफल हुनेछ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ ह्विटकोफले गरेका थिए। इरानी प्रतिनिधिमण्डलको नेतृत्व इरानी विदेशमन्त्री अब्बास अराघचीले गरेका थिए।

ओमानका विदेशमन्त्री बद्र बिन हमाद अल बुसैदीमार्फत दुवै देशका प्रतिनिधिलाई सन्देश पठाइएको थियो।

Ncell 2
Ncell 2

यद्यपि, बुसाईदीको उपस्थितिमा अराघची र विटकोफले केही मिनेट प्रत्यक्ष कुराकानी पनि भएको थियो। 

“मेरो विचारमा, पहिलो बैठकको रूपमा, यो एक रचनात्मक बैठक थियो जुन धेरै शान्तिपूर्ण र सम्मानजनक वातावरणमा भएको थियो, किनकि वार्तामा एक अर्कालाई अपमानित गर्नेे खालको कुनै अनुचित भाषा प्रयोग गरिएको थिएन,” अब्बास अराघचीले वार्तापछि इरानी सरकारी टिभीसँग भने। 

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “वार्ता निकै सकारात्मक र रचनात्मक रहेको छ।”

shivam cement
shivam cement

इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता ‘अर्को हप्ता’ पनि जारी राख्ने बताएको छ।

अमेरिका र इरानबीच मस्कटमा शनिबार भएको वार्ताको मध्यस्थता गरेका ओमानका उच्च कूटनीतिज्ञले ती वार्ताहरू ‘मैत्रीपूर्ण वातावरण’ मा सम्पन्न भएको र ‘निष्पक्ष र बाध्यकारी सम्झौता’ को खोजी सुरु गरेको बताएका छन्। 

“मस्कटमा शनिबार हामीले इरानी विदेशमन्त्री डा सैयद अब्बास अराघची र अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकोफलाई स्वागत गर्यौं र निष्पक्ष र बाध्यकारी सम्झौता सम्पन्न गर्ने साझा उद्देश्यका साथ वार्ता र वार्ताको अन्य प्रक्रिया सुरु गर्न मध्यस्थता गर्यौं।

मैत्रीपूर्ण वातावरणमा भएको यो सम्बन्धका लागि म मेरा दुई सहकर्मीलाई धन्यवाद दिन चाहन्छु,” विदेशमन्त्री बद्र अल्बुसैदीले एक्समा पोस्ट गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्। 
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ गब्दाहवामा शिकार खेल्न गएका व्यक्तिले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ।

२८ वर्षीय समुन्द्र गाहा मगरको बुद्ध सामुदायिक वनको खयरभट्टी क्षेत्रमा शिकार खेल्ने क्रममा गोली लागेर ज्यान गएको हो।

घाइते भएका मगरलाई शिकारीहरुले नै उपचारका लागि भैरहवा मेडिकल कलेज पुर्‍याएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतक मगर तीन जनाको टोलीसहित शिकार खेल्न गएको प्रहरी अनुसन्धानले देखाएको छ।

घटनापछि प्रहरीको टोलीले ३४ वर्षीय राम बहादुर थारु, ३६ वर्षीय कालु भनिने राम थारु, र प्रवेश थारुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

घटनास्थलबाट प्रहरी टोलीले एक लोडेड बन्दुकसहित दुई नाल भरुवा बन्दुक बरामद गरेको छ।


सामाग्री श्रोत :

गोली लागेर शिकारीको मृत्यु

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट