२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

प्राकृतिक दाँतझैं काम गर्ने ‘लैब-ग्रोन’(प्रयोगशालामा उमारीएका दाँत) दाँत मर्मत गर्ने सम्भावित तरिका र प्राकृतिक दन्त उपचारको विकल्पमा गरिएको एक अनुसन्धानले, अब दाँत फिलिंग्सकोसाटो मानिसहरूले आफैंले नयाँ दाँत उमार्न सक्ने  देखाएको छ। बेलायतको प्रतिष्ठित किंग्स कलेज लन्डनकावैज्ञानिकहरूले प्रयोगशालामा दाँत उमार्नका लागी महत्वपूर्ण सफलता हात पारेका छन्।शार्क र हात्तीजस्ता जनावरहरूमा जीवनभर नयाँ दाँत आउँछ तर मानिसहरूमा वयस्क भएपछि नयाँ दाँत उम्रिँदैन।वैज्ञानिकहरूले विकास गरेको यो नयाँ प्रविधिले अब मानिसहरूमा पनि प्राकृतिक रूपमा दाँत पुनः उम्रिने सम्भावनादेखिएको छ।फिलिंग्स जस्ता हाल प्रयोगमा आउने समाधानहरू कृत्रिम हुन्। यस्ता उपायहरूले पूर्ण रूपमा प्राकृतिक दाँतको कार्यपुनःस्थापना गर्न सक्दैनन् र दीर्घकालीन समस्या समेत निम्त्याउन सक्छन्। तर प्रयोगशालामा आफ्नै कोषबाट तयारगरिने दाँत भने बंगारामा प्राकृतिक रूपमा फिट हुन सक्छ र समयसँगै आफैं मर्मत हुने क्षमता राख्छ।किंग्स कलेज लन्डनको डेन्टिस्ट्री, ओरल एन्ड क्रानियोफेसियल साइन्सेस संकायको वैज्ञानिक शुचेन झाङ भन्छन्, “फिलिंग्सदीर्घकालीन समाधान होइनन्। उनीहरूले दाँत कमजोर बनाउँछन्, संवेदनशीलता बढाउँछन् र पुनः किरा लाग्ने सम्भावनारहन्छ। इम्प्लान्ट पनि शल्यक्रियाबाट राख्नुपर्छ भने मजबुत हड्डीको संरचना पनि चाहिन्छ। यी दुवै समाधान कृत्रिम हुन्।तर, प्रयोगशालामा उमारिएका दाँत भने शरीरमा स्वाभाविक रूपमा मेल खान्छ, बलियो र टिकाउ हुन्छ।”कोषहरूबीच ‘संवाद’ गराउने प्रविधि विकासकिंग्स कलेज लन्डन र इम्पेरियल कलेज लन्डनको सहकार्यमा गरिएको अध्ययनले दाँत उम्रिने वातावरण निर्माण गर्न सफलभएको छ। वैज्ञानिकहरूले यस्तो पदार्थ विकास गरेका छन्, जसलाई म्याट्रिक्स भनिन्छ जसले कोषहरूबीच सन्देशआदानप्रदान गर्न सहयोग गर्छ – जसले गर्दा एउटा कोषले अर्को कोषलाई संकेत दिन सक्छ।शुचेन झाङ भन्छन्, ‘हामीले विकास गरेको नयाँ पदार्थ शरीरभित्र कोष वरिपरिको प्राकृतिक वातावरण जस्तै हो। यसलेगर्दा कोषहरूलाई स्वाभाविक रूपमा दाँत बन्ने प्रक्रिया सुरु गर्न सक्ने बनायो।’अब चुनौती: यो प्रविधि प्रयोगशालाबाट मानिस माझ कसरी पुर्‍याउने?वैज्ञानिकहरूको अगाडि अहिलेको मुख्य चुनौती यो प्रविधिलाई प्रत्यक्ष क्लिनिकल प्रयोगमा लैजाने हो। उनीहरूकाअनुसार, दुईटा सम्भावना छन्  मिसिङ दाँतको ठाउँमा युवा दाँत कोषहरू ट्रान्सप्लान्ट गरेर त्यहीँ दाँत उमार्ने प्रयोगशालामै दाँत बनाइसकेर त्यसलाई मुखमा राख्नेदुबै तरिकाको लागि दाँतको प्रारम्भिक विकास प्रक्रिया प्रयोगशालामै सुरु गर्नुपर्ने वैज्ञानिकहरूले बताएका छन्।पुनर्जीवनीय चिकित्सायो अनुसन्धान पुनर्जीवनीय चिकित्साको ठूलो उपलब्धि मानिएको छ। अब भविष्यमा दाँत, हड्डी वा अन्य अंगहरू कृत्रिमचीजहरूको भर पर्नुपर्ने छैन, शरीरकै कोषबाट स्वाभाविक रूपमा पुनर्निर्माण गर्न सकिने सम्भावना प्रबल हुँदैछ।अध्ययनका सह-लेखिका डा. एना एन्जेलोभा भोलपोनीका अनुसार, ‘हामीले विकास गरेको यो प्रविधिले दन्त उपचारकोक्षेत्रमा परिवर्तन ल्याउने सम्भावना राख्छ। प्राकृतिक, दिगो र प्रभावकारी समाधान दिने लक्ष्यसहित हामी अनुसन्धानलाईअझ अघि बढाउँदैछौं।’
सामाग्री श्रोत :
swasthyakhabar

बि.सं २०८२ बैशाख ३ गते बुधवार, ई.सं २०२५ अप्रिल १६, नेपाल सम्बत ११४५ चौलागा तृतिया, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, बैशाख कृष्णपक्ष तृतिया, पञ्चाङ्ग: हर्षण बव चित्रा, चन्द्रमा बृश्चिक राशिमा, सुर्य मेष राशीमा, करणः बब याेगः ब्यातिपात । आज नेपालमा सूर्याेदय बिहान ०५:४१ बजे, सूर्यास्त साँझ ०६:२९ बजे हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा ज्वानाे मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर २४ मिनेट देखि ७ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षा÷अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नचिताएको सम्पत्ति हातमा आइपुग्ने समय हो, लटरी वा चिट्ठामा सहभागी हुन अनुकूल समय छ । कुनै भौतिक उपकरणको खरिद गर्न सकिने छ । दैनिक आम्दानीमा बढोत्तरी हुनेछ, कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ, साथै हाकिम र सेवाग्राही दुवै पक्ष प्रसन्न रहनेछन् । कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्यनिर्वाहप्रति सचेत हुने समय हो । मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिस्पर्द्धीहरू पछि पर्नेछन्, लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । सरकारविरोधी, असामाजिक र हानिकारक कार्यमा संलग्नता बढ्न सक्छ, सोच्दै नसोचेको क्षेत्रमा धनहानि हुनसक्छ, त्यसैले सचेत र संयम हुनुपर्ने समय हो । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दाम्पत्यसुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ, एक्लै बस्नुहुन्छ भने घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गरेको जाती हुन्छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । चाहेको जिम्मेबारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ । भेटघाटको समयमा व्यक्तिगत उन्नति÷प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ । सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय हो, तर काम बाँकी राखी अल्छी गरेमा आफैंलाई लोड बढ्नेछ भनी होस राख्नुपर्छ । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । जोखिम र सङ्कटले भरिपूर्ण समय हो, यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ, साथमा लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ । किनमेलका क्षेत्रबाट लाभ हुनेछ । साझेदार र सहयोगीले पूर्णरूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्द्धामा समेत सफलता हासिल हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने कन्ट्रोल गर्नुहोला, नत्र पारिवारिक जीवनमा देखिएको वैमनस्यता र दूरीले अझ तनाव बढाउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो । बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो । ज्ञान, आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटोसमेत खुल्नेछ ।


सामाग्री श्रोत :

आज बुधबार, कस्तो छ तपाईंको राशिफल?

काठमाडौं–आजदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन भएको छ।

सरकारले यो वर्ष ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’भन्ने नारा तय गरेको छ।

नयाँ शैक्षिक सत्र सुरु भएपनि प्रमुख अभियानकर्ता शिक्षक तथा विद्यालय कर्मचारीहरू १४ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत छन्। 

विगतका वर्षहरूमा तीनै तहका सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएका छन्। तर यो पटक भने भर्ना अभियान अन्योल बन्ने भएको छ। शिक्षकको आन्दोलनका कारण भर्ना अभियान प्रभावित हुने भएको छ।

यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरूले चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन्। 

Ncell 2
Ncell 2

नेपाल शिक्षक महासंघको संयोजनमा भइरहेको आन्दोलनअन्तर्गत चैत २५ गतेदेखि अनिश्चितकालीन शैक्षिक हडताल नै घोषणा गरिएको छ। यो अवधिभर कुनै प्रकारका उत्तरपुस्तिका परीक्षण नगर्ने, परीक्षामा सहभागी नहुने, पठनपाठनमा सहभागी नहुने उनीहरूले घोषणा गरेका छन्। 

teacher-andolan-1741406299.jpg

Teachers-protest-1741426425.gif

shivam cement
shivam cement

Teacher-1-1741680682.jpg

Teacher-Pradarshan-scaled-1743915203.webp

nepal-teacher-1743559875.jpg

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि वैशाख ४ गते देखी ६ गते सम्म हुने ‘चौथो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई सर्टिफिकेट प्रदान गरिएको छ।

नेपाल पर्यटन बोर्ड काठमाडौँमा बुधवार प्री इभेन्टको कार्यक्रम आयोजना गरेर प्रमाणपत्र प्रदान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी रहेका थिए।

प्री इभेन्टको कार्यक्रममा ग्रामीण चलचित्र महोत्सवको स्मारिका विमोचन पनि गरिएको थियो। कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली,बरिस्ट पत्रकार शान्तीप्रिय,चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष कुवेर गिरि लगायत थुप्रै चलचित्रकर्मी तथा पत्रकारको उपस्थिति रहेको थियो।

यस महोत्सवमा गाउँको कथावस्तुमा आधारित चलचित्र समेटिएको सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। नेपाल ग्रामिण चलचित्र महोत्सव विगत ४ वर्ष देखि नेपालको सिनेमा घर नभएको जिल्लाहरुमा गाउँले परिवेशमा निर्माण गरिएका शर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर गाउँ गाउँका दर्शकहरु समक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ्ग गर्ने र उत्कृस्ट फिल्मलाई अवार्ड समेत प्रदान गरिदै आएको उनले बताए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिसीले नेपाल ग्रामिण चलचित्र महोत्सवको नाम नै विशेष रहेको र नेपाली सिनेमा हेर्न रुचि राख्ने दर्शकहरुलाई उनीहरुकै ठाउँमा पुगेर सिनेमा देखाउने भएकोले यो महोत्सवको विशेष महत्व रहेको बताए।

पहिलो वर्ष गोरखाको लाप्राकमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा हजारौँ दर्शकको उपस्थिती रहेको थियो। दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा कार्यक्रम सम्पन्न भएको थियो। तेश्रो बर्ष रामेछाप नगरपालिकामा कार्यक्रम गरिएको थियो भने यस पटक गोसाईकुण्ड गाउँपालिका धुन्चे, रसुवामा गरिने सापकोटाले बताए।

महोत्सवका संयोजक कमल एक्चै मगर रहेका छन्। महोत्सवमा चलचित्र निर्देशक ऋषि लामिछानेको संयोजकत्वमा जुरी कमिटि रहेको छ। जुरीमा रक्षा सिंह राणा र शैलेश श्रेष्ठ रहेका छन्। चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवसंगै गोसाईकुण्ड गाउँपालिकामा गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता पनि संचालन हुँदैछ। यस पटक महोत्सवको समापनमा सांगीतिक कार्यक्रम समेत हुनेछ।

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा छनोट भएका चलचित्रहरु

फिचर फिल्म

बोक्सीको घर: सुलक्षण भारती
पुजार सार्की: दिनेश राउत
ज्वाईं साब: बसन्त निरौला
अन्जिला: मिलन चाम्स
द्रौपदी: ऋषिराज आचार्य
फिरफिरे फिरीरी: नविन भट्ट

शर्ट फिल्म

विजेता: दिनेश लामा
एक जोर जुत्ता: मोहन अभिलासी
घटेरो: पुरुषोत्तम बस्नेत
म कमरेड: निर्मल पौडेल
शल्यक्रिया: विवेक नगरी
मनको घर: राज गुरुङ
आमा: परिच्छेद सेन
देविया: शंकर धिताल
प्याकुली: नितिन चन्द
जुनेली: देवेन्द्र पाण्डे

डकुमेन्ट्री फिल्म

माता: अरुण कुमार प्रधान
माझी: शबिर श्रेष्ठ
गर्ल्स रि-राइटिंग डेस्टिनी: लव प्याकुरेल
गल्कोट: आकाश थापा मगर

भाषिक फिल्म

लोजिमा: सागर सुब्बा
आप्लेंग्ला लाम्सा: अजय स्याङ्तान


सामाग्री श्रोत :

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा बोक्सीको घरदेखि अन्जिलासम्म

एजेन्सी–मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भएको उनको परिवारले जनाएको छ। 

अब्दुल्लाहले आफ्ना पूर्ववर्ती महाथिर मोहम्मदबाट पदभार ग्रहण गरेपछि सुधारको वाचा गर्नुभएको थियो तर कमजोर नेतृत्वका लागि उनको आलोचना गरिएको थियो।

पचासी वर्षीय वृद्ध अब्दुल्लाहको लामो समयसम्म बिरामी रहेपछि सोमबार अस्पतालमा निधन भएको हो। राजकीय सम्मानका साथ मङ्गलबार उनको अन्त्येष्टि गरिनेछ।

स्नेहपूर्वक ‘पाक लाह’ वा काका लाह भनेर चिनिने अब्दुल्लाह सन् २००३ मा प्रधानमन्त्री बन्नुभयो र २२ वर्ष सत्तामा रहेपछि राजीनामा दिएका तीक्ष्ण वाक्पटुता अधिनायकवादी नेता महाथिरको उत्तराधिकारी बने।

उनले सन् २००९ सम्म मलेसियाको पाँचौँ प्रधानमन्त्रीको रूपमा सेवा गरे। उनि आम चुनावमा उनको सत्तारूढ गठबन्धनको खराब प्रदर्शन र महाथिरको अथक आलोचनापछि पछि हट्न बाध्य भए।

Ncell 2
Ncell 2

मध्यमार्गी, पितृतुल्य अब्दुल्लाह आफ्नो प्रभावशाली पूर्ववर्तीको तुलनामा एकदम भिन्न थिए।

धेरैले अधिनायकवादी शासनबाट बृहत्तर स्वतन्त्रतामा सङ्क्रमणलाई उत्साहित गरे र यसले अब्दुल्लाहलाई सन् २००४ को चुनावमा आफ्नो नेसनल फ्रन्ट गठबन्धनलाई ठूलो विजय दिलाउन मद्दत गर्‍यो।

तर उनलाई कमजोर नेताका रूपमा हेर्नेहरू पनि थिए। आफ्नो कार्यकाल समाप्त भएपछि अब्दुल्लाहले लो प्रोफाइल कायम राखे।

shivam cement
shivam cement

प्रधानमन्त्री अनवर इब्राहिमले अब्दुल्लालाई ‘मलेसियाको सत्ताको राजनीतिमा नयाँ कथा जगाउने महान आत्मा भएको व्यक्ति’ का रूपमा श्रद्धाञ्जलि दिएका छन्।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। लामो अनुसन्धानपछि प्रहरीले काठमाडौं उपत्यकाको ललितपुरबाट आफ्नै ११ वर्षीया बहिनीको हत्या आरोपमा कान्छो दाजु पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका–१२ मङ्गलबजार बस्ने भगवती बोहराकी ११ वर्षकी छोरी दुर्गा बोहरा बेपत्ता भएको घटनाको अनुसन्धानका क्रममा उक्त तथ्य पत्ता लागेपछि आफ्नै दाजुलाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले आज घटना विवरण सार्वजनिक गर्दै जानकारी दिएको छ।

कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार चैत ४ गते राति हराएको भनी जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको निवेदनपश्चात् खोजतलास गर्ने क्रममा मिति चैत २९ गते खपिन्छेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुइँ तलामा रहेको पानी ट्यांकीमा सडेगलेको अवस्थामा उनको शव फेला परेको थियो।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटना मृतकका वर्ष १५ को कान्छो दाइले कर्तव्य गरी हत्या गरेको खुल्न आएको र उनलाई वैशाख १ गते मङ्गलबजार पक्राउ गरी आजै ललितपुर प्रहरीलाई बुझाइएको छ।

खोजतलास तथा अनुसन्धानका क्रममा अवालेको पाँच तले घरको भुइँ तल्लामा रहेको प्रयोगविहीन सिमेन्टले बनाएको पानी ट्यांकीमा दुर्गा बोहराको शव फेला परेको थियो। बाबुराजा अवालेको उक्त घरमा भाडामा बस्ने मृतक र परिवार अन्यत्र डेरा सरेका थिए।

उक्त घरमा भाडामा बस्ने अर्को चमेली सुनारको परिवार पनि अन्यत्र डेरा सरेपश्चात् सो घरमा कोही नबसी घर खाली रहेको थियो। चैत ४ गते मृतक र उनका दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घरतर्फ जाँदै गरेको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ।

दाजु बहिनीसँगै गएको फुटेज भेटिएपश्चात् दाजुमाथि शंका लागि सोधपुछ गर्दा उसले कोठा सर्दा छुटेका कपडा लिन भनी दाजु बहिनी गएकोमा सामान्य विवाद हुँदा बहिनीलाई पिटेर उक्त ठाउँमा रहेको नाइलनको डोरीले पछाडिबाट घाँटी कसेर भुइँमा लडाइ छोडी भागेको अनुसन्धानका क्रममा बयान दिएको प्रहरीले जनाएको छ।

चैत ४ गते दाजुबहिनीले नै लागुऔषधको ट्याब्लेट खाएका थिए र त्यसको नशामा आफू भएकाले त्यस्तो घटना हुन गएको कुरा बताएको र चैत ५ बिहान नशाले छाडेपछि आफूले हिजो बहिनीमाथि गरेको आक्रमण सम्झी उक्त घटनास्थलमा गई हेर्दा बहिनीको मृत्यु भएको देखेको र बहिनीको शव ट्यांकीमा हालेर हिँडेको बयान दिएको प्रहरीले जानकारी दिएको छ। आरोपीको परिचय भने प्रहरीले खुलाएको छैन।


सामाग्री श्रोत :

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

पोखरा – पोखरा महानगरको स्वास्थ्य महाशाखामा हटाइएका करार कर्मचारीले तालाबन्दी गरेका छन्।

माघ १ गतेदेखि हटाइएका करार कर्मचारी सम्मेलित करार स्वास्थ्यकर्मी संघर्ष समितिले मंगलबार महानगर स्वास्थ्य महाशाखामा तालाबन्दी गरेको हो।

विना कारण हटाइएको भन्दै उनीहरुले ९ बुँदे माग राखेका छन्। 

Ncell 2
Ncell 2

गत मंसिर २८ गते बसेको पोखरा महानगरपालिकाको विशेष नगर सभाले माघ १ गतेदेखि करारका कर्मचारी हटाउने र लोकसेवामा माग फारम भरी बुझाउने निर्णय गरेको थियो।

विना कारण निष्काशित करार कर्मचारीलाई निशर्त पुनः वहाली गर्नुपर्ने, सेवा करारका स्वास्थ्यकर्मी/कर्मचारीको कानुनी हक हितको ग्यारेण्टी गर्नुपर्ने, पोखरा महानगरपालिकामा संस्थागत सुशासन र विधिको शासन कायम गर्नुपर्ने माग कर्मचारीको छ। 

shivam cement
shivam cement

महानगरले बनाएको संगठन तथा व्यवस्थापन सर्वेक्षण तुरुन्त कार्यन्वयन गर्न पनि दवाव दिएका छन्। स्वास्थ्यकर्मी हटाएर कर्मचारी विहीन स्वास्थ्य महाशाखा नचलाउन उनीहरुको चेतावनी छ। सर्वोच्च अदालतले समग्र करार कर्मचारी हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। 

उक्त आदेश कार्यान्वयनको माग स्वास्थ्यकर्मीको छ। जागिरबाट हटाइएपछि माघ पहिलो सातादेखि उनीहरु आन्दोलित छन्। महानगरले एकैपटक ६१ स्वास्थ्यकर्मीको करार सम्झौता नगर्ने निर्णय गरेको थियो। हटाइएका कर्मचारीले सर्वोच्च समेत गुहारे।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

वीरगञ्ज (पर्सा)। पर्साका सुरक्षा निकायले यहाँको ग्रामीण क्षेत्रमा लगाइएको ३७ बिघा चार कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालु आवको चैत २५ गतेसम्मको अवधिमा एक लाख ३३ हजार चार सय ७७ वटा गाँजाको बोट फँडानी गरेर नष्ट गरिएको हो।

पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्साको ग्रामीण क्षेत्रमा सामुदायिक वन तथा साझेदारी वन अतिक्रमण गरेर गाँजाखेती हुने सूचनाको आधारमा निरन्तर रूपमा गाँजाको बोटको फँडानी गरेर नष्ट गर्दै आइरहेको बताए। ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैको सहकार्यमा गाँजाको फँडानी गर्दै आइरहेका छौँ’, उनले भने।

पर्सा प्रहरीका अनुसार विगत तीन वर्षको अवधिमा गाँजाको बरामद हुने क्रममा पनि वृद्धि भएको जनाएको छ। पर्सा प्रहरीले आव २०७९/८० मा एक हजार एक सय २३ किलोग्राम गाँजा बरामद गरेको थियो। त्यस्तै आव २०८०/८१ मा चार सय ६७ किलोग्राम र आव २०८१/८२ को फागुन मसान्तसम्मको अवधिमा भने एक हजार ५३१ किलोग्राम गाँजा बरामद गरेको छ। मकवानपुर तथा तराईका अन्य जिल्लाबाट ल्याएको गाँजा पर्साको ग्रामीण क्षेत्र हुँदै सीमावर्ती भारतीय बजारमा तस्करी हुने गर्दछ।


सामाग्री श्रोत :

पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भएको हो। आजको भेट नियमति भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले बताए।

सरकारप्रति कांग्रेस नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेको बेलामा प्रधानमन्त्री ओलीले देउवासँग छलफल गरेका हुन्।

Ncell 2
Ncell 2

भेटपछि दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने र बाहिर चलेजस्तो कुनै समस्या नभएको निष्कर्ष निकालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

‘विगतमा पनि राजनीतिक संयन्त्र र कार्यदलहरूमार्फत् नमिलेका विषय हल गर्ने चलन थियो नै, अब पनि हुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘दुवै नेताहरूले सम्भवतः छिटै संयन्त्रमार्फत् विषयहरूलाई सहजीकरण गर्न अग्रसरता लिनुहुन्छ।’

shivam cement
shivam cement

संयन्त्रको बैठक केही दिनभित्रैमा डाक्न त्यसको संयोजन समितिलाई आग्रह गरिने नेताहरूले बताएका छन्। हाल कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयन्त्रको संयोजक छन्। नयाँ वर्षसँगै नयाँ सरकार आउन सक्ने भन्दै प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएसँगै एमाले र कांग्रेस वृत्तमा समेत विभिन्न कोणबाट विमर्श भइरहेको छ।

देउवासँग भेटेपछि प्रधानमन्त्री ओलीले आजै बस्नेगरी मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन्। बैठक बेलुका ६ बालुवाटारमा बस्नेछ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

वीरगञ्ज (पर्सा)। जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भाव बिथोलिने गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जालमा समाजमा द्वेष एवं उत्तेजना सिर्जना हुनेगरी सार्वजनिक भएका भ्रामक सूचनाप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

‘खासगरी पुराना घटनासँग सम्बन्धित तथ्य र सामग्री तथा पछिल्लो समयमा वीरगञ्जको परिवेशलाई प्रतिकूल असर गर्ने तथा वीरगञ्जसँग नितान्त असम्बन्धित सामाग्री सार्वजनिक भएको पाइएको छ’, उनले भने, ‘यस्तो कार्य प्रचलित कानुन बमोजिम दण्डनीय हुने हुँदा त्यस्ता सामग्री पोष्ट गर्ने, शेयर गर्ने, लाइक गर्ने र सामाजिक सद्भाव बिथोलिने गरी कमेन्ट गर्ने कार्य गर्ने÷गराउनेमाथि कानुन बमोजिम कारबाही भई जाने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।’


सामाग्री श्रोत :

सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट