२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

काठमडौं-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक हार्वर्ड विश्वविद्यालयमाथि निशाना साँधेका छन्। ट्रम्पले हार्वर्ड विश्वविद्यालय अब अध्ययनका लागि राम्रो स्थान नरहेको बताएका छन्। आफ्नो ट्रुथ सोशल खातामा ट्रम्पले लेखेका छन्, ‘सबैलाई थाहा छ-  हार्वर्ड विश्वविद्यालय ‘आफ्नो बाटोबाट भट्किएको’ छ।’प्राध्यापकमाथि आक्रोशित हुँदै थपेका छन्- विश्वविद्यालयमा भर्ती गरिने प्राध्यापकहरू ‘मूर्ख’ छन्।ट्रम्पले लेखेका छन्, ‘यसकारण हार्वर्डलाई अब पढाइ-लेखाइको राम्रो स्थान मान्न सकिँदैन, र यसलाई संसारका उत्कृष्ट विश्वविद्यालय वा कलेजहरूको सूचीमा राखिनु हुँदैन।’उनले हार्वर्ड विश्वविद्यालय एउटा मजाक बनेको  बताउँदै आक्रोश पोखे,  ‘यसले घृणा र मूर्खता सिकाउँछ र त्यसैले अब सरकारी कोष पाउनु हुँदैन।’स्मरणीय छ,  हार्वर्ड युनिभर्सिटीले ह्वाइट हाउसबाट पठाइएको मागहरूको सूची लागू गर्न अस्वीकार गरेको थियो।ह्वाइट हाउसले गत हप्ता विश्वविद्यालयको प्रशासन, प्राध्यापक भर्ती र भर्ना प्रक्रियामा परिवर्तन गर्नुपर्ने मागसहितको सूची पठाएको थियो। ह्वाइट हाउसका अनुसार त्यो सूची क्याम्पसभित्रको यहूदी विरोधी सोचसँग लड्न बनाइएको हो।तर हार्वर्ड विश्वविद्यालयले ती मागहरू अस्वीकार गर्दै ह्वाइट हाउस आफूमाथि नियन्त्रण गर्न खोजिरहेको आरोप लगाएको थियो। त्यसपछि ट्रम्प प्रशासनले हार्वर्डलाई दिइँदै आएको दुई अर्ब अमेरिकी डलरको सरकारी कोष रोकेको थियो।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको ललितपुर सिटी एफसी र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलिले १–१ को बराबरीमा खेलेका हुन्। यस खेलसँगै ६ खेलमा १२ अंक जोडेको ललितपुर शीर्ष स्थानमा उक्लिएको छ। जितविहीन बनेको झापाले समान खेलबाट पाँच अंकका साथ छैटौँ स्थानमा रहेर लिगको अन्त्य गरेको छ।

ललितपुरले अब क्वालिफायरमा धनगढी एफसीको सामना गर्नेछ। ललितपुरका लागि नवीन लामा र झापाका लागि कप्तान लाकेन लिम्बूले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको हो। खेलको ५४औँ मिनेटमा नवीनको गोलमार्फत ललितपुरले पहिलो अग्रता लिएको लियो।

त्यसपछि खेल ६५औँ मिनेटमा लाकेन गोल गर्दै झापालाई बराबरीमा ल्याए। भोलि चितवन र धनगढीबीच प्रतिस्पर्धा हुनेछ।


सामाग्री श्रोत :

ललितपुर र झापाको खेल बराबरीमा सकियो

 

काठमाडौँ । मङ्गलबारदेखि सामाजिक सञ्जालमा टिकटक बनाउने क्रममा एक महिलालाई नदीले बगाएको भिडिओ भाइरल भइरहेका छन् । भिडिओमा एक महिला नदीको किनारबाट बिचतिर गइरहेकी देखिन्छिन् । यत्तिकैमा उनी चिप्लिएर नदीमा लड्छिन् र बग्न थाल्छिन् । त्यसपछि एक बालिका “मम्मी” भन्दै आत्तिएर चिच्याउँछिन् । 

भाइरल उक्त भिडिओहरूको अधिकांश स्टाटसमा लेखिएको छ, “कालीगण्डकीमा स्नान गरिसकेपछि भिडिओ बनाउने क्रममा चिप्लिदा पर्वतको महाशीला गाउँपालिका-५ घर भई पोखरा बस्ने ३५ वर्षीय विष्णु पन्त यसरी बगेकी थिइन् ।”

तर टेकपानाले तथ्य जाँच गर्दा उक्त भिडिओ विष्णु पन्तको नभइ जाजरकोटको कुशे गाउँपालिका घर भएकी बिन्दु सिंहको रहेको र उक्त घटना नेपालमा नभई भारतमा घटेको पाइएको छ । 

दाबी 

मङ्गलबारदेखि सामाजिक सञ्जालमा पर्वतकी विष्णु पन्तलाई कालीगण्डकी नदीमा बगाएको भिडिओ दाबी गर्दै सार्वजनिक भएका छन् । मङ्गलबार दिउँसो ४:५२ मा हंश राज नामक फेसबुक पेजमा पर्वतको महाशीलाकी ३५ वर्षीय विष्णु माझीको मृत्यु भएको दाबी गर्दै भिडिओ सार्वजनिक भएको छ । उक्त भिडिओ यो सामाग्री तयार पार्दासम्म पाँच लाख ३३ हजार पटकभन्दा धेरै पटक हेरिएको छ । हेर्नुहोस् हंश राजको नामबाट सार्वजनिक भिडिओ र त्यसको आर्काइभ लिङ्क । 

एमपी प्याकुरेल नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले मङ्गलबार दिउँसो २ बजे महाशीला गाउँपालिका ५ की विष्णु पन्तको मृत्यु भएको भन्दै भिडिओ सार्वजनिक गरेका छन् । उक्त भिडिओले यो सामाग्री तयार पार्दासम्म १ लाख ६६ हजार भ्युज, पाइसकेको थियो । उक्त भिडिओ र त्यसको आर्काइभ लिङ्क हेर्नुहोस् ।  

पर्वतको महाशीला गाउँपालिकाकी विष्णु पन्तलाई बगाएको दाबी गर्दै फेसबुकमा मात्र नभएर युट्युब र टिकटकमा पनि भिडिओ राखिएका छन् । टिकटकमा राखिएका भिडिओहरू यहाँ यहाँ क्लिक गरेर हेर्न सक्नु हुनेछ । यस्तै युट्युबमा राखिएको भिडिओ हेर्न यहाँ, यहाँ, यहाँ यहाँ क्लिक गर्नुहोस् । 

तथ्यजाँच 

सामाजिक सञ्जालमा दाबी गरिएको जस्तो भाइरल भिडिओ महाशीला गाउँपालिकाकी विष्णु पन्तको हो वा होइन भनेर टेकपानाले तथ्यजाँच गरेको छ । भिडिओको विभिन्न कि-फ्रेमहरू निकालेर भिडिओ कहिले पहिलो पटक राखिएको थियो भनेर खोज्यौँ । यसरी खोजी गर्ने क्रममा उक्त भिडिओ हालसालै सामाजिक सञ्जालमा राखेको पाइयो । 

त्यसपछि भिडिओमा दाबी गरिएको जस्तै पर्वतको महाशीला गाउँपालिका वडा नं ५ का वडाध्यक्ष  चन्द्रबहादुर मल्ललाई सम्पर्क गर्‍यौँ । मल्लले आफ्नै वडाकी विष्णु पन्तको मोदी बेनीको त्रिवेणीमा स्नान गर्ने क्रममा ढुङ्गामा चिप्लिएर कालीगण्डकीमा बगेको समाचार साँचो भएको बताए । मङ्गलबार साँझ टेकपानाले सम्पर्क गर्दा उनी पन्तकै अन्तिम दाहसंस्कार सक्काएर घर फर्किँदै थिए ।  

वडाध्यक्ष मल्लका अनुसार दुई छोरासमेत रहेकी पन्त श्रीमानसँगै पोखरा बस्दै आएकी थिइन् । उनी नयाँ वर्षको दिन दिदी र दुई छोराहरूसँग मोदी बेनीमा स्नान गर्न पुगेकी थिइन् । स्नान गरिसकेपछि एउटा ढुङ्गामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर नदीमा बगेको मृतकका छोराले आफूलाई जानकारी दिएको उनले सुनाए ।  

उनले मृतकका छोराको भनाई उद्धृत गर्दै भने, “ममीले ढुङ्गा माथि उभिएर फोटो खिच्दै हुनु हुन्थ्यो । फोटो खिच्दा खिच्दै खुट्टा चिप्लिएर ‍लड्नु भयो । मलाई समात्न खोज्दै हुनु हुन्थ्यो । ‍म पनि लड्न खोज्दा ठुली ममीले मलाई तान्नुभयो । ममी बगेर तल पुग्नुभयो । तल पुगेपछि एकछिन त ढुङ्गा समात्नु भएको थियो । अनि त्यसपछि बगेको बग्यै हुनुभयो ।” 

पन्त बगेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बलले उनको खोजी कार्य गरेको थियो र सोही दिन उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रवक्ता तथा प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए । 

उनका अनुसार शवको पोस्टमार्टम गरेर मङ्गलबार नै परिवारलाई जिम्मा लगाइएको थियो ।  सापकोटाले भने, “उहाँका श्रीमान् योग प्रशिक्षक पनि हुनु हुँदो रहेछ । श्रीमान् श्रीमती नै धर्मकर्ममा बढी नै ध्यान दिने भएकाले विभिन्न तीर्थस्थलमा पुगेर स्नान गर्नुहुँदो रहेछ । उहाँ भिडिओ बनाउन भन्दा पनि धर्मकर्मकै लागि त्यहाँ स्नान गर्न जानुभएको हुनुपर्छ ।”

टेकपानाले मृतक पन्तको बारेमा बुझ्दा वडाध्यक्ष मल्ललाई भाइरल भिडिओ पनि उपलब्ध गराएको थियो । तर, मल्लले भाइरल भिडिओ पन्तको नभएको स्पष्ट पारे । “कालीगण्डकीमा बगेर उहाँको मृत्यु भएको हो, तर भिडिओमा भएकी महिला उहाँ होइन ।” मृतक पन्तलाई चिनेपनि भाइरल भिडिओमा बगेको देखिने महिलालाई भने आफूले चिन्न नसकेको उनले बताए । 

त्यसपछि भाइरल भिडिओ कहाँको हो भनेर खोज्न थाल्यौँ । त्यसै क्रममा फेसबुकमा “रंगदर्पण” नामक फेसबुक पेजले मंगलबार साँझ ६ बजे जाजरकोटको भिडिओलाई पर्वतको भिडिओ भन्दै सार्वजनिक गरेकोमा क्षमा मागेको स्टाटस हालेको भेटियो । उक्त पेजले भाइरल भिडिओ जाजरकोटको कुशे गाउँपालिका वडा नं २ को भएको दाबी गरेको छ । हेर्नुहोस् “रंगदर्पण” को भिडिओ । 

त्यसपछि हामीले जाजरकोटको कुशे गाउँपालिका वडा नं २ का वडाध्यक्ष मानबहादुर सिंहलाई सम्पर्क गर्‍यौँ । वडाध्यक्ष सिंहले भाइरल भिडिओ आफ्नै वडाकी बिन्दु सिंहको रहेको पुष्टि गरे । 

उनले भिडिओमा देखिएकी सिंहको घर र माइतीघर पनि आफ्नै वडामा पर्ने जानकारी दिए । उनले भने, “सामाजिक सञ्जालमा भिडिओ देखेर नै हामीले उहाँको दुर्घटनाबारे थाहा पाएका थियौँ ।”

उनका अनुसार विन्दुका एक छोरा र एक छोरी गरी दुई सन्तान छन् । उनी श्रीमान्‌सँगै सपरिवार पछिल्लो ५ वर्षदेखि काठमाडौँ बस्दै आएकी थिइन् । एक निजी विद्यालयमा शिक्षकको रूपमा समेत काम गर्थिन् । 

उनका अनुसार सिंहका माइती तर्फका दाजुहरू भारतमा बस्दै आएका छन् । उनी पनि नयाँ वर्षमा आफन्तसँग भेटघाट गर्न भारत पुगेकी थिइन् । 

नयाँ वर्षको दिन उनी ११ वर्षकी छोरीसहित उत्तरकाशीको भागीरथी नदी बग्ने मणिकर्णिका घाटमा घुम्न पुगेकी थिइन् । सोही घाटमा भिडिओ बनाउने क्रममा उनी बेपत्ता भएकी हुन् । सिंह बेपत्ता भएको समाचार भारतीय अनलाइन मिडिया पञ्जाब केसरीले पनि लेखेको छ ।  यस्तै सिंहको खोजी कार्य भइरहेको र हालसम्म उनको अवस्थाबारेमा पत्ता लागि नसकेको उल्लेख गरिएको छ । 

दाबी 

पर्वतकी विष्णु पन्तलाई कालीगण्डकी नदीले बगाएको दाबी गर्दै महिला नदीमा चिप्लिएको भिडिओ भाइरल । 

दाबीकर्ता 

हंश राज, एमपी प्याकुरेलसहित फेसबुक, टिकटक, युट्युब लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य 

भाइरल भिडिओमा नदीमा बगेकी महिला पर्वतको महाशीला गाउँपालिका वडा नं ५ की विष्णु पन्तको नभई भारतको उत्तरकाशीमा बगेर बेपत्ता भएकी जाजरकोटकी विन्दु सिंहको हो ।

निष्कर्ष

नयाँ वर्षको दिन (सोमबार) पर्वतको मोदीबेनी र भारतको उत्तरकाशीमा गरी दुई महिलाहरू नदीमा बगेका थिए । तर सामाजिक सञ्जाल प्रयोकर्ताले भने भारतमा बगेर बेपत्ता भएकी जाजरकोट कुशे गाउँपालिका वडा नं २ की विन्दु सिंहको भिडिओ राख्दै मोदी बेनीको त्रिवेणीमा बगेर मृत्यु भएकी विष्णु पन्तको भन्दै प्रचार गरेका हुन् ।  

प्रतिक्रिया 

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउन सक्नु हुनेछ । 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १९:५६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई नेकपा एमाले र नेपाली कांग्रेसकाबीचमा कुनै समस्या नभएको प्रष्ट पारेका छन् ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

‘हाम्रा बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो कि भन्ने जुन आइरहेको छ । यस्तो कुनै समस्या छैन,’ उनले भने ।

Ncell 2
Ncell 2

बैठकमा पछिल्लो समयको राजनीतिक विषय र सरकारका कार्य सम्बन्धमा छलफल भएको थियो । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए । 

त्यस्तै, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी थिए । यद्यपि बैठकमा कांग्रेस महामन्त्री गगन थापा भने सहभागी भएनन् । 

shivam cement
shivam cement

उनी सरकारका कामलाई लिएर पछिल्लो समय आलोचना गर्दै आएका छन् । थापा आज पार्टीको क्षेत्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्न बारा पुगेका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। वातावरण विभागले प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाउने जनाएको छ। विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायुप्रदूषण उच्च हुने गरेकाले प्रदूषण न्यूनीकरणका लागि सवारीसाधन तथा उद्योगको अनुगमन बढाउने जनाएको हो।

वायुप्रदूषणको मुख्य कारण उद्योग कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुवाँ धुलो आदि रहेको विभागको भनाइ छ।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई कडाइका साथ अनुमगन तथा नियमन गरेर प्रदूषण न्यूनीकरणका तत्कालीन योजना कार्यान्वयन गर्ने जानकारी दिए।

‘लामो समयसम्म पानी नपर्दा एक साताअघि प्रदूषण बढेर आपत्कालीन अवस्थामा पुगेको थियो। अहिले वर्षासँगै एक सय १३ एक्युआइको हाराहारीमा प्रदूषण पुगेको छ। जबकि साता दिनअघि ३७० एक्युआइ नाघेको थियो’, उनले भने, ‘वर्षाले प्रदूषणलाई राहत दिए पनि वर्षा रोकिएपछि प्रदूषण बढ्न सक्छ। नियन्त्रणका लागि हामी प्रदूषणको अवस्था उच्च हुँदामात्रै होइन बाह्रै महिना प्रयासरत रहनेछौँ।’

विभागले वन डढेलो लगाउनु सार्वजनिक अपराध भएकाले उक्त कार्य नगर्न, घरायसी ठोस फोहर तथा प्लाष्टिकजन्य फोहर तथा कृषिजन्य अवशेषहरु नजलाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुवाँ धुलो नियन्त्रण गर्न सुझाव दिएको छ।


सामाग्री श्रोत :

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

काठमाडौँ । सोमबार बिहान नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले नयाँ वर्षको शुभकामना दिएको भिडिओ सार्वजनिक भयो । नेपाल प्रहरीको आधिकारिक फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर) र टिकटकमा उक्त भिडिओ राखिएको थियो ।

भिडिओमा आईजीपी थापाले सम्पूर्ण नेपालीलाई सम्बोधन गर्दै नयाँ वर्ष २०८२ को शुभकामना थिएका थिए । साथै उनले आम सर्वसाधारणलाई अपराधसँग सम्बन्धित जानकारी विभिन्न माध्यमबाट तत्कालै उपलब्ध गराउन आह्वान समेत गरेका थिए । उक्त भिडिओले सामाजिक सञ्जालका सबै माध्यममा राम्रो इङ्गेजमेन्ट पाएको छ । 

यो सामग्री तयार पार्दासम्म फेसबुकमा सो भिडिओमा १२ लाख बढी भ्युज, ५५ हजार बढी रियाक्सन, १० हजार बढी कमेन्ट आएका छन् । एक्स, टिकटक र इन्स्टाग्राममा पनि यो भिडिओले उत्तिकै चर्चा पाएको छ ।

टिकटकमा यही भिडिओलाई ३४ हजार बढीले लाइक गरेका छन् भने तीन हजार बढीले कमेन्ट गरेका छन् । त्यसमा पनि अधिकांश अपाच्य शब्दसहितका कमेन्ट छन् । 

१५ चैतमा राजावादी आन्दोलनका क्रममा भएको झडपलाई लिएर सर्वसाधारण प्रहरी प्रति नकारात्मक देखिएका छन् । आन्दोलनकारीहरूले प्रहरीले कार्यक्रम बिथोल्न अश्रुग्यास प्रहार गरेको आरोप लगाएका छन् । यद्यपि प्रहरीले घटनाको केही दिनपछि पत्रकार सम्मेलनमार्फत यस विषयमा स्पष्ट जानकारी दिएको थियो ।

प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले आन्दोलनकारी नै प्रहरीमाथि जाइलाग्न थालेपछि अश्रुग्यास प्रहार गरिएको स्पष्टीकरण दिएका थिए । त्यसका साथै उनले स्टेजमा राष्ट्रगान बजिरहेको बेला अश्रुग्यास प्रहार भएको भनिएको भिडिओ ‘डिपफेक’ भएको दाबी समेत गरेका थिए । उक्त भिडिओ डिपफेक नभएको, तर अश्रुग्यास प्रहार भइरहँदा एक्कासि राष्ट्रगान बज्न थालेको तथ्य खुलेको थियो । त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू प्रहरीमाथि थप आक्रोशित बनेका हुन् । 

आईजीपी थापाले शुभकामना दिएको भिडिओमा आएका अधिकांश कमेन्ट हेर्दा यो विषय स्पष्ट हुन्छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले सो पोस्टमा कमेन्ट गर्दै नेपाल प्रहरीलाई व्यङ्ग्य गर्दै ‘नेकपा प्रहरी’ भनेका छन् । केहीले भने आईजीपी थापालाई युवासङ्घको सहअध्यक्ष भन्दै गाली गरेका छन् । 

टिकटकमा भने सत्ताधारी पार्टी र नेतासँग नाम जोडेर अश्लील र अपाच्य शब्द प्रयोग गर्दै प्रहरीलाई गाली गरेको देखिन्छ । पछिल्लो समय समाजमा नकारात्मक धारणा फैलाउने उद्देश्यसहित सङ्गठित रूपमा केही समूहले कमेन्ट गर्ने गरेको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थी बताउँछन् । “पछिल्लो समयका घटनाक्रमलाई लिएर सर्वसाधारणमा प्रहरी प्रति आक्रोश बढेको हुन सक्छ,” प्रहरी उपरीक्षक अवस्थीले भने, “यो भनेको प्रहरी सङ्गठनले काम गरेर नै सकारात्मक प्रभाव पार्ने हो । तर, केही व्यक्ति बदनाम गर्ने नियतले नै गाली बेइज्जतीमा उत्रिएका छन् ।”

यसरी सङ्गठित रूपमा समाजमा अपाच्य हुने शब्दहरू प्रयोग गर्दै गाली गर्नेहरूलाई निगरानी गरिरहेको उनले सुनाए । “प्रहरीको छविमा आँच पुर्‍याउने र निरन्तर सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्ने अकाउन्टको निगरानी गरिरहेका छौँ,” उनले थपे, “शृङ्खलाबद्ध रूपमा त्यस्ता गतिविधि भइरहेको पाइए उनीहरू कारबाहीमा पर्छन् ।”

मुलुकी अपराध संहिता २०७४  को परिच्छेद-२ मा गाली बेइज्जती सम्बन्धी कसुरको व्यवस्था छ । त्यसको दफा ३०५ को उपदफा (१) मा कसैले कसैलाई गाली गर्न नहुने उल्लेख गरिएको छ । सो दफाको उपदफा (२) मा कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा गाली गरेको मानिने उल्लेख छ । यस्तो कसुर गरेको पुष्टि भएमा गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँ वा दुवै सजाय हुने व्यवस्था छ । 

त्यस्तै दफा ३०६ मा बेइज्जती गर्न नहुने व्यवस्था उल्लेख गरिएको छ । सो दफाको उपदफा (२) (क) मा के गर्दा बेइज्जती मानिने भन्ने उल्लेख छ । उक्त उपदफामा लेखिएको छ, “अरूको इज्जतमा धक्का पुऱ्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानाजानी वा विश्वास गर्ने मनासिब कारण भई लेखेर, आचरण वा आकार वा चिह्न वा प्रचार प्रसारद्वारा वा अरू कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपले त्यस्तो व्यक्तिलाई अरूको दृष्टिमा निजको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गरेमा वा निजको शरीर सामान्यतः घृणित अवस्थामा छ भन्ने अरूलाई विश्वास पर्ने गरी दोष लगाएमा वा त्यस्तो दोष लगाएको कुरा प्रचार, प्रसार वा प्रकाशन गरेमा वा कसैको बेइज्जती हुने साधनको रूपमा प्रयोग गरिएको कुनै चिज जानाजानी विक्री वा वितरण गरेमा ।”

प्रहरी र सर्वसाधारणबिचको सम्बन्ध सधैँ एकनासको नहुने पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् । “जनता र प्रहरीको सम्बन्ध सधैँ एकनासको हुँदैन,” मल्ल भन्छन्, “राम्रो काम गर्दा अत्यधिक प्रशंसा, प्रेम, तारिफ गर्ने र चित्त नबुझे गाली गर्ने, ढुङ्गामुढा गर्ने प्रवृत्ति छ । यो ग्राफ सधैँ एकनासको हुँदैन ।”

प्रहरीप्रति जनताले राख्ने अपेक्षाले पनि सम्बन्ध तीव्र रूपले तलमाथि हुने गरेको उनी सुनाउँछन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगले यसलाई झनै प्रशय पुर्‍याएको छ । नकारात्मक टिप्पणीका अघि सकारात्मक टिप्पणी ओझेलमा पर्ने भएकाले पनि नकारात्मक टिप्पणी हाबी हुने गरेका छन् । 

सामाजिक सञ्जालमा भइरहेको नकारात्मक टिप्पणी र गालीगलौजको प्रवृत्तिलाई निरुत्साहित गर्न प्रहरीले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न सक्ने उनको सुझाव छ । “नकारात्मक टिप्पणी गर्ने सबैलाई कारबाही गर्न सकिँदैन । सम्भव पनि हुँदैन । तर, प्रहरीले जनतासँग संवाद गरेर नकारात्मक टिप्पणी गर्नेलाई निरुत्साहित गर्न सक्छ,” मल्ल अगाडि भन्छन्, “कस्तो क्षेत्रमा बढी गुनासो आएका छन् । तिनलाई तत्कालै सम्बोधन गर्नुपर्छ । विज्ञप्ति निकालेर मात्र आम जनतासँग सुमधुर सम्बन्ध हुन सक्दैन । विभिन्न माध्यमबाट जनतासँग जोडिन सकियो र उनीहरूका गुनासो हल गरियो भने नकारात्मकताले कम प्रशय पाउँछ ।”

सर्वसाधारणको गुनासो र नकारात्मक धारणालाई सम्बोधन गर्न थप पारदर्शी र जवाफदेही भएर काम गर्नुपर्नेमा उनी सुझाव दिन्छन् । त्यस्तै प्रहरीले आफ्नो काम कारबाही र नीतिहरूको बारेमा सही सूचना समयमै प्रवाह गर्दा आम जनताप्रति सकारात्मक सन्देश प्राप्त हुने उनी ठान्छन् । 

सामाजिक सञ्जालको सहज पहुँचले गुमनामता कायम गर्दै आफ्ना विचार, धारणा प्रस्तुत गर्ने सुविधा दिएको छ । त्यसैले पनि नकारात्मक टिप्पणी हाबी हुने गरेका छन् । यसलाई न्यूनीकरण गर्न प्रहरीले सकारात्मक विचारलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । त्यसका लागि प्रहरीले हरेक दिन सामाजिक सञ्जालबाट प्रहरीलाई सही र उपयुक्त सुझाव दिने व्यक्तिलाई आफ्ना विभिन्न माध्यममा फिचर गरेर प्रोत्साहन गर्न सक्ने उनी बताउँछन् । “प्रहरीलाई सही सूचना र सुझाव दिने, सहकार्य गर्ने व्यक्तिलाई प्रहरीले हरेक वर्ष अभिनन्दन गर्छ,” मल्ल अगाडि थप्छन्, “अब सामाजिक सञ्जालमा आफ्ना विचार राख्ने, व्यवहारिक र जायज सुझाव दिने आम सर्वसाधारणलाई पनि प्रहरीले प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम ल्याउन सक्छ ।”

सामाजिक सञ्जालका प्लेटफर्म प्रयोग गर्ने सवालमा आम सर्वसाधारण पनि उत्तिकै सचेत र सजग हुनुपर्ने उनी सुनाउँछन् । खासगरी अरूकै लहलहैमा लागेर आवेशमा आई नकारात्मक, समाजमा अपाच्य हुने शब्द ‍प्रयोग गरी गाली गर्दा कानुनी कारबाहीका साथै मान प्रतिष्ठामा समेत आँच आउने भएकाले त्यसो नगर्न उनी सुझाव दिन्छन् । “राम्रो सुझाव दिने, मीठो बोली बोल्ने व्यक्तिलाई सबैले सम्मान गर्छन्,” उनी भन्छन्, “नकारात्मक कमेन्ट गर्दा, गाली गर्दा क्षणिक रमाइलो लाग्ला तर त्यसले व्यक्तिको प्रतिष्ठामा नै आँच पुर्‍याउन सक्छ ।”

सामाजिक सञ्जालमा कुनै सूचना देखिए भने त्यसलाई पुष्टि नै नगरी आक्रोश पोख्ने प्रवृत्ति छ । कुनै पनि विषयमा आफ्ना विचार राख्दा त्यो विषय सत्य हो वा होइन यकिन गर्नुपर्ने उनको सुझाव छ । यदि सही हो वा होइन भन्ने स्पष्ट छैन भने कुनै प्रतिक्रिया नै नदिनु उपयुक्त हुने मल्ल सुझाउँछन् ।

प्रहरी सङ्गठन मात्र नभई सार्वजनिक निकाय, सार्वजनिक व्यक्तित्व, राजनीतिज्ञले पनि सकारात्मक भावना प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ । “पुरै हटाउन नसकिएला । तर, सकारात्मक धारणा, विचारले प्रशय पाउन थाले भने प्रतिस्पर्धाको भावना पनि बढ्छ । र, मानिसहरू सकारात्मक हुन थाल्छन्,” उनी भन्छन्, “यी पहल सबैले अगाडि बढाउनुपर्छ ।”

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ २०:१६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ शाखा अधिकृत र ८ जना उपसचिवलाई सरुवा तथा कामकाजमा खटाएको छ ।

मन्त्रालयले बुधबार छुट्टाछुट्टै निर्णय गरेर प्रशासन, शिक्षा, इन्जिनियरिङ, विविध सेवाका कर्मचारीहरूको सरुवा गरेको हो ।

हेर्नुहोस् उपसचिव सरुवाको सूची-

Ncell 2
Ncell 2

upasachib-1744814201.jpg

officer-1744814200.jpg

shivam cement
shivam cement

officer2-1020x1536-1744814200.jpg

officer3-1024x987-1744814200.jpg

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

बैतडी । यहाँको पुर्चौडी नगरपालिकामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरू भएको छ।

कमल विशाल पार्क खेल मैदानमा सुरू भएको प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा मन्त्री भण्डारीसँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य जानकी ऐर बम, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, पूर्वसंविधानसभा सदस्य नरेन्द्र कुँवर, पुर्चाैडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमलगायतको उपस्थिति थियो।

जिल्ला खेलकुद समितिको आयोजना र पुर्चौडी नगरपालिकाको सहआयोजनामा सुरू प्रतियोगिता यही वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको यो १५औँ संस्करण हो। दुर्गम मानिएको पुर्चौडीमा पहिलोपटक जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहमा रहेका विद्यालयका खेलाडीको सहभागिता रहेको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगातयका खेलहरूमा प्रतिस्पर्धा भइरहेको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए।

जिल्लास्तरीय रनिङसिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेशस्तरीय रनिङ सिल्डका लागि छनोट हुनेछन्।


सामाग्री श्रोत :

जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड सुरु

काठमाडौँ । एनसेलले पहिलो पटक दिनको ३० रुपैयाँभन्दा कम मूल्यमा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकसहित अन्य विभिन्न नयाँ प्याकहरू ल्याएको छ । ग्राहकहरू माझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले यी नयाँ प्याक ल्याएको हो । 

भ्वाइस सेवामा, एनसेलले ३९ रुपैयाँदेखि ५९९ रुपैयाँसम्मका ६ ओटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ । जसमा ७ दिनको लागि मात्र १९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकहरूले दैनिक २८.३ रुपैयाँमा अनलिमिटेड भ्वाइस कल गर्न सक्नेछन् । 

एउटा एनसेल नम्बरबाट अर्को एनसेल नम्बरमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले ३ दिनको लागि मान्य हुने अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन् । जसको मूल्य ५० रुपैयाँ रहेको छ । त्यसैगरी ५९९ रुपैयाँमा करिब तीन महिनासम्म प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम समेत प्राप्त गर्न सकिनेछ । 

भारतमा फोन गरी सम्पर्कमा रही रहने ग्राहकहरूलाई लक्षित गर्दै, एनसेलले ४९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने इन्टरनेसनल लङ डिस्ट्यान्स (आइएलडी) प्याक ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले भारतमा प्रति मिनेट २.९९ रुपैयाँ (कर बाहेक) मा फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो भएको कम्पनीले बताएको छ । 

यस्तै ९९ रुपैयाँ पर्ने पहिलो प्याकमा ग्राहकहरूले ३ दिनसम्म अनलिमिटेड डेटा लिन सक्नेछन् । २,४९९ रुपैयाँ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकहरूले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् । 

साथै सधैँ अन प्याकअन्तर्गत, एनसेलले १,९९९ रुपैयाँमा २८ दिनसम्म मान्य हुने अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सेवा रहेको प्याक सञ्चालनमा ल्याएको छ । त्यसैगरी, १,१९९ रुपैयाँमा ८४ दिनका लागि १,१९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डेटा र ९९ एसएमएस रहेको अर्को प्याक पनि उपलब्ध छ । 

ग्राहकहरूले यी प्याकहरू *१२३# डायल गरेर, एनसेल एपमार्फत वा नजिकैको एनसेल पसल वा सेन्टरबाट लिन सक्छन् । “यी नयाँ अनलिमिटेड भ्वाइस, डेटा र अन्य प्याकहरूमार्फत हामी सबैका लागि कनेक्टिभिटी अझ सहज र सस्तो बनाउँदै छौँ । हामी हाम्रा ग्राहकलाई उनीहरूको डिजिटल जीवनशैलीसँग मेल खाने गरी सेवा प्रदान गर्दै, कनेक्टेड नेपालको निर्माणमा योगदान दिन प्रतिबद्ध छौँ,” एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १९:३१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– परोपकार प्रसुति तथा सरुवा रोग अस्पतालमा सिमुलेशन ल्याब सेवाको सुरुवात गरेको । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल ल्याब उद्घाटन गर्दै अस्पतालले नेपालकै प्रसुति सेवाको नेतृत्व गर्ने बताए। 

‘स्वस्थ बच्चा जन्मिए मात्रै देशका लागि काम गर्न सक्ने अवस्था  हुन्छ,’ मन्त्री पौडेलले भने, ‘सातै प्रदेशमा उक्त ल्याब सेवालाई विस्तार  गरिन्छ।  प्रसुती उपचारका क्षेत्रमा थप बजेट व्यवस्था गरिनेछ।’ प्रसुति सेवा दिने अस्पतालको क्षमता विकास गर्न सके मात्तृ मृत्युदर घटाउन सकिने उनको धारणा थियो । यद्यपि पछिल्लो समय नेपालले मात्तृ मृत्युदरको क्षेत्रमा हांसिल गरेको उपलब्धीको अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा भइरहेको उनले बताए। 

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सरकारले चाँडै नै ठुलो संख्यामा जनशक्तिको माग लोकसेवा मार्फत् गर्ने मन्त्री पौडेलको आश्वासन थियो। मन्त्री पौडेलले भने, ‘स्वास्थ्य मन्त्रालयले सुरु गरेको हेलो हेल्थमा प्रसुती रोग अस्पतालका सेवाका बारेमा एकदमै कम गुनासो आउने गरेको छ।’ आगामी दिनमा अस्पतालमा अझै व्यवस्थित हुनेमा मन्त्री पौडेलको विश्वास व्यक्त गरे। 

के हो सिमुलेशन ल्याब सेवा, यसका फाइदा के-के छन्?

सिमुलेशन ल्याब एक प्रयोगशाला हो,जसले सिमुलेशनमा आधारित वास्तविक परिदृष्यहरु कल्पना गरी सिकाउने वातावरण सृजना गर्छ। ल्याबले देशैभरका मातृ शिशु उपचारमा काम गर्ने जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता प्रदान गर्नेछ।विभिन्न जिल्लाबाट सिजेरिसेक्सन तालिम, डेलिभरी तालिम,फेमिली  तथा प्लानिङ तालिमका लागि आउने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई सिमुलेशन ल्याबले फाइदा हुनसक्ने अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी बताउँछन्। 

Ncell 2
Ncell 2

‘हाल बाहिर सिकाउने तथा सिजेरिसेक्सन र डेलिभरी मात्रै हुन्थ्यो, सिनियर स्वास्थ्यकर्मीको नेतृत्वमा गरिँदै आइएको थियो, यसमा ल्याबमा बिरामीलाई जस्तै गरी सिजेरिसेक्सन तालिम स्वास्थ्यकर्मीले दिइने गरिन्छ’, उनले भने, ‘यस्तो अवस्थामा बिरामाीलाई हुने जोखिम कम हुन्छ जसकारण मातृ मृत्युदर समेत घट्छ।’  

जसले विभिन्न स्वास्थ्य संकायका विद्यार्थी जस्तै नर्सिङ्ग, अनमी, मिडवाइफ तथा चिकित्सकहरुको सिकाइमा विरामीहरुलाई कुनै जोखिम नपारी वास्तविक जीवनका परिस्थितीजन्य अनुभवहरु मार्फत् आफ्नो क्लिनिकल र निर्णय लिने सीपहरुलाई बलियो बनाउने अवसरहरु प्रदान गर्दछ। ल्याबमा जीवित मानिस नभएपनि मानिसमा हुने हरेक संवेदनासहितको अभ्यास गर्न मिल्ने अवस्था रहन्छ । नेपालमा चिकित्सा क्षेत्रको अन्य विधामा यस प्रकारको अभ्यास सुरु भइसकेको भएपनि प्रसुती क्षेत्रमा भने यो पहिलो पटकको अभ्यास हो। 

तालिममा निपूर्ण भइसकेका स्वास्थ्यकर्मीले मात्रै बिरामीको उपचार गर्न पाउने भएकोले सेवाको गुणस्तरीयता बढ्न जान्छ। यसले मात्तृ मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्नेछ। मातृ तथा नवजात स्वास्थ्य सेवा प्रदायकहरुको ज्ञान र क्लिनिकल सीपमा दक्षता हासिल गर्न र सिमुलेशन प्रयोगशालाको महत्व रहेको छ।

shivam cement
shivam cement

२०१६ साल भदौं १७ गते ४० बेडबाट सुरु भएको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले हाल ४१५ बेडको स्वीकृति पाएको छ।मुलुकको एक मात्रै प्रसुती सेवामा केन्द्रीय अस्पतालको रुपमा काम गरिरहेको तथा बिरामीहरुको सहजताका लागि हाल ४ सय ८९ बेडमा सञ्चालनमा ल्याइएको अस्पतालका निर्देशक डा अधिकारी बताउँछन्।

हाल अस्पतालले प्रसुती सेवाको रेफरल केन्द्रका रुपमा वार्षिक २२ हजार भन्दा बढी डेलिभरी गराउँदै आएको छ। बिरामीको अत्याधिक चाप रहेको अवस्थामा पुरानो भवनमा रहेको गाइनोकोलोजी सेवालाई कुपन्डोलस्थित नयाँ भवनबाट सुरु गरिने उनले बताए। हाल उक्त भवनबाट सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा तथा नर्सिङ बिद्यार्थीहरुलाई छात्रावासको व्यवस्था गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट