२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

काठमाडौं – विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । करिव १८ दिनदेखि शिक्षकहरु काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत छन् । शिक्षा मन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष शिक्षकहरुले आन्दोलन छोडेका छैनन् ।

विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ । आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि शुरु हुने र यसमा पनि शिक्षकहरु समावेश नहुने जानकारी दिए । राज्यले आफूहरुका माग छिटो सम्बोधन गर्नेमा आशावादी रहेको उनको भनाइ छ ।

Ncell 2
Ncell 2

शिक्षकहरुले शनिबारसम्म बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म आन्दोलन गर्दै आएकोमा आईतबारबाट भने बिहान ९ देखि १२ बजेसम्मलाई समय परिवर्तन गरेका छन् । दिउँसो सोहि क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदर्शन गर्दैछ । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

२०८१ माघ महिना तिर २२ वर्षका युवक उपचारका लागि जिल्ला अस्पतालमा गाउँलेले ल्याएर आए,  उक्त बिरामीको कलेजोको पानिको फोका फुटेर शरीरमा संक्रमण फैलिएपछि थप उपचारका लागि रिफर गर्नुपर्ने भयो। लामो समयदेखि हवाईजहाज आएको थिएन, बुझ्दा आउँदैन भन्ने भयो, गाडीबाट पठाउँदा ९ देखि ११ घण्टा एम्बुलेन्सले कम्तिमा लगाउने गर्छ। अझ त्यो माथि गाडिमा सलाईन पानि जाँदैन तैपनि उनलाई एम्बुलेन्समा पठायौँ तर उपचारका लागि सम्बन्धित अस्पतालमा नपुग्दै बाटैमा मृत्यु भयो उनै युवकको। केही महिना पहिले एउटा नम्बरबाट फोन आयो बच्चामा देखिएको समास्या सुनाए अनि दुनै ल्याएर आउन भन्यौं, १५ दिनको बच्चालाई अस्पतालमा पहेलो शरिर छ भनेर उपचारका लागि आमा बुवाले ल्याएर आउनुभयो।  हेर्दा बच्चा पूरै पहेँलो थिए,  रगत जाँचेर हेर्दा जण्डिसको मात्रा ४० एमजी/डीएल थियो, अर्थात् बच्चाको रगत नै साट्नु पर्ने अवस्थामा थियो, साथै बच्चाको रगतमा संक्रमण पनि देखाएको थियो।  एम्बुलेन्स खोजेर नेपालगंज पठायौं, दुनैबाट दिउसो ३ बजे हिडेको राति ३ बजे नेपालगंज पुगे। एउटा निजी अस्पतालमा राम्रै खर्च गरेर उपचार गरे अहिले बच्चा ठिक भएर डोल्पा फकिर्यो।  अघिल्लो वर्ष बाटोबाट खसेर मेरुदण्डमा चोटलागेको बिरामिलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि रिफर गर्यौंड। तर आर्थिक अवस्था कमजोर भएका कारण एम्बुलेन्सको भाडा पनि तिर्न नसक्ने भए। स्वास्थ्य कार्यालयको एम्बुलेन्स अर्को बिरामी बोकेर नेपालगंज गएको थियो, दुनैमा भएको एम्बुलेन्सले बिना पैसा बोक्न नमान्ने, उपचारका लागि यातायातको रकम जोर्न नसकेर बिरामिको ३ दिन पछि मृत्यु भयो। केही समय पहिले मिति ठ्याक्कै याद भएन, माथिल्लो डोल्पाका शेफोक्सुण्डो गाउँपालिकाबाट एकजना बृद्ध जसको एक्कासी शरीर सुन्नियो । ‘खाना खान मान्दैन,  ज्वरो आएको छ’ भनेर उपचारका लागि सल्लाह माग्न सम्पर्क गरे। त्यहाँका स्वास्थ्यकर्मीसँगको कुरा पछि उक्त बृद्ध ‘बा’लाई थप उपचार चाहिने र त्यसका लागि जति सक्दो चाँडो तल झानुपर्छ भन्ने भयो।  उपचारका लागि गाउँपालिका र उनको परिवारले करिब ८ लाख खर्च गरेर राजधानी लानुभयो। त्यहाँ केही दिनको सामान्य उपचार गरि निको भएर फर्कनुभयो।केही समय पहिले २ वर्षको बच्चामा कालाजार देखियो, थप उपचार र जाँचको लागि नेपालगंज वा सुर्खेत लानुपर्ने भयो । अस्पतालबाट नेपालगंज भेरी अस्पतालमा कुरा गर्यौं, त्यहाँ सामाजिक सेवा एकाईबाट नि:शुल्क उपचारको व्यवस्थ गरायौं तर यातायात खर्च र अन्य खर्च थिएन बाआमासँग।  बा २१ वर्ष आमा १७ वर्षकी थिइन्। माथिका यी दृष्य केहि उदाहरण मात्र हुन्, जुन हामि चिकित्सकको सम्पर्कमा मात्र आएका हुन्।  यस्ता उदाहरण धेरै छन्। राज्यले स्वास्थ्यमा लगानी नै नगरेको पक्कै होइन तर जति लगानी गरेको छ, त्यसको प्रतिफल आउन सकेको छैन। कतै राज्यले नै खुम्चाउदा जनताले समस्यामा परेको बेला उपयोग गर्न सकेका छैनन्।राज्यले लागु गरेको गर्भवति तथा सुत्केरी आमाहरुको हवाई उद्धार सम्बन्धि कार्यक्रम डोल्पा जस्तै दूरका आमाहरुका लागि वरदान साबित भएको छ। माथिल्लो डोल्पाको साल्दाँग होस् या त दुनै अस्पतालमा उपचार सम्भव नभएको ज्यान जोखिममा परेका आमाहरुले बेलैमा विशेषज्ञ उपचार पाउन सकेका छन्। यो सुविधा आमाहरुका लागि वरदान सावित भएपनि  यही सुविधाको दायरा खुम्चिदा कैयौंले ज्यान गुमाउनु परेको छ। माथिको केही उदाहरणहरु पनि त्यस्तै हुन्। डोल्पा जिल्ला हाल पनि सडक बाटोको यात्रा सहज छैन। नेपालगंज अथवा सुर्खेत पुग्न १२ घण्टासम्म लाग्छ भने साथै बर्खामा ९-१० ठाउँ गाडी परिवर्तन गर्दै जाने गर्नुपर्छ। जसको प्रत्यक्ष मार सिरियस बिरामीहरुलाई पर्ने गरेको छ। जसरी राज्यले ज्यान जोखिममा परेका गर्भवति तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धि कार्यविधि २०७७ लागु गरेर तोकिएका निश्चित जिल्ला छन्। त्यहाँ यो सुविधाले नवजात शिशु तथा मातृ मृत्युदरलाई कम गर्न सहयोग गरेको छ तर कहिलेकाहिँ यो कार्यविधिमा उल्लेख गरेको भन्दा फरक किसिमले आउने गर्भवति तथा सुत्केरी आमाहरुको समयमा उद्धार हुन नसक्दा ज्यान गएको छ। अझ यस कार्यविधिमा उल्लेख भएको बच्चा जन्मेको २४ घण्टाभित्र बच्चा अत्याधिक निसास्सिएर श्वास फेर्न समस्या भएमा उद्धार गर्न मिल्ने भनिएको छ तर जन्मजात जण्डिस भएको २ दिनको नवजात शिशुलाई एम्बुलेन्सबाट सुर्खेत लग्दा बाटैमा मृत्यु भएको तितो अनुभव पनि छ। यो कार्यविधिलाई हुबहु आत्मसाथ गर्ने हो भने एउटा गर्भवती आमालाई हेलिउद्धार गर्नका लागि स्थानीय तहदेखि प्रशासनसम्मको सिफारिस चाहिन्छ, उपल्लो डोल्पा जस्तै फोनको टावर राम्ररी नटिप्ने ठाउँ परे त झन् यो सुविधा प्राप्तिका लागि प्रशासनसम्म पनि पुग्न पाउँदैनन्। केही समय अगाडि हेलिको लागि आवश्यक सिफारिस तयार गर्दागर्दै गर्भवति आमाले बच्चा जन्माएर अत्यधिक रक्तश्राव हुँदा जेनतेन जोगाउन सकिएको अनुभव पनि छ। तर गर्भवति आमाहरुको लागि राज्यले दिएको यो सेवाकै कारण कैयौँ ज्यान जोगिएको छ। दूरका जिल्ला जहाँ यातायातको सुविधा राम्रो छैन, जहाँ स्वास्थ्य सुविधा राम्रो छैन, त्यहाँ आकस्मिक रुपमा सिरियस भएका बिरामिको लागि पनि यसरी नै उद्धार गर्ने व्यवस्था गर्ने कि? बरु हालका लागि त्यस्ता सिरियस बिरामिको उद्धार सेवा जिल्ला अस्पतालबाट मात्र गरेर हेर्ने कि?  कहिलेकाहिँ पर्याप्त जनशक्त्ति र अन्य सुविधाको अभावका कारण पनि बिरामीलाई रिफर गर्नुपर्छ, उपचार भन्दा पनि यातायात खर्च बढी हुन्छ। त्यस्तो अवस्थामा पनि सहयोग हुने गरी राज्यले केही पहल गरिदिए दूरका जटिल बिरामीले अकालमै मर्नु पर्ने थिएन !सरकार राजधानीमा उपलब्ध स्वास्थ्य सेवा हेरेर अन्य विकसित राष्ट्रसँग दाँजेर गुणस्तरीय स्वास्थ्य सेवातिर हामी अघि बढिरहेको महशुस गरिरहेको छ। बिडम्बना आज पनि सामान्य औषधि र यातायातको अभावमा मान्छे मरिरहेको कुरा भने बिर्सिएको छ। एक हदसम्म अमेरिका र काठमाडौं उपलब्ध स्वास्थ्य सेवाको अवस्था उस्तै छ तर यही देश भित्रको डोल्पा जस्ता दुर्गम जिल्लाका जनता आज पनि सिटामोल खोज्दै बस्न बाध्य छन्। तसर्थ यो देशको सरकारसँग एउटै माग छ,  दुर्गमका गर्भवती तथा सुत्केरी आमालाई जसरी उद्धार गरिरहेको छ, त्यसरी नै आकस्मिक जटिल स्वास्थ्य अवस्था भएका बिरामीलाई पनि नि:शुल्क हवाई उद्धारको व्यवस्था गरिदिनु पर्छ। सरकारले यत्ति सुविधा दिने हो भने कैयौंको ज्यान अकालमा जाने थिएन।  
सामाग्री श्रोत :
swasthyakhabar


इटहरी (सुनसरी)। धरान-इटहरीबीच चारकोसे जंगलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन्। गएराति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश०१-०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। उनका अनुसार कारमा चालकसहित चार जना सवार थिए। दुर्घटनामा गम्भीर घाइते इटहरी-१ का ४० […]
सामाग्री श्रोत :

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

उनका अनुसार कारमा चालकसहित चार जना सवार थिए ।  दुर्घटनामा गम्भीर घाइते इटहरी–१ का ४० वर्षीय विष्णु राउतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबि बैंकले गत आवको यसै अवधिको तुलनामा ५.८८ प्रतिशतले नाफा कमाएको छ । बैंकले २ अर्ब ३७ करोड खुद नाफा कमाएको हो ।

गत आवको यसै अवधिको तुलनामा ५.८८ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी १९.१६ प्रतिशत र सञ्चालन आम्दानी १०.६६ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

यता, बैंकको खराब कर्जा भने बढेको छ । खराब कर्जा २.८६ प्रतिशतबाट ४.४७ प्रतिशत पुगेको छ । १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९६ पैसाले बढेर १७ रुपैयाँ २३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८८ पैसा छ ।

 


सामाग्री श्रोत :

एनएमबि बैंकले २ अर्ब ३७ करोड खुद नाफा कमायो

माया १६ वर्षकी थिइन् । उनी सामाजिक संजालमा निकै सक्रिय हुने गर्थिन्। फेसबुकमा नयाँ-नयाँ साथी बनाउने, दिनभरी च्याट गर्ने, सेल्फी खिच्ने र टिकटकमा ट्रेन्डिङ भिडियो बनाएर हाल्न रमाउँथिन्। बिहान उठ्ने बितिक्कै मोबाइल हेर्ने र राति अबेरसम्म मोबाईलमै झुम्मिन्ने उनको बानी भैसकेको थियो । घरमा आमाबुवा पनि मोबाइलमै झुम्मिएका हुन्थे। हजुरबुवाले ‘धेरै मोबाईल नचला’ भनेर बारम्बार सम्झाउँथे तर मायाले मानिनन्। उनलाई यो नयाँ जमानाको स्टाइल जस्तै लाग्थ्यो । पढाई चौपट पारिसकेकी थिइन्। बिस्तारै पढाइप्रति पनि रुची घट्न थाल्यो। कक्षामा फेल हुन थालिन्। एकदिन १८ वर्षको उमेरमा भागेर विवाह गरिन्।अरुण एक होनहार विद्यार्थी थिए। उनी पढाइमा निकै अब्बल थिए। कक्षा ८ सम्म सधै प्रथम हुन्थे। एकदिन उनको बुवाले नयाँ एन्ड्रओईड मोबाईल किनिदिए। घरमा वाईफाई जोडिदिए । उनले मोबाइलमा अनलाईन गेम खेल्न सुरु गरे। सुरुमा उनलाई रमाइलो लाग्न थाल्यो। बिस्तारै गेमको संसारमा हराउने दिनचर्या बन्यो। रातभर गेम खेल्ने र बिहान अबेर उठ्ने दैनिकी बन्यो। साथीभाई र पढाइबाट टाढा हुँदै गए। जतिखेर पनि कोठाभित्र मोबाइल चलाई रहेका हुन्थे। एकदिन परीक्षाको नतिजा आयो। ऊ फेल भयो। प्रविधिको युगमा डिजिटल टेक्नोलोजीले मानव जीवनलाई सहज बनाएको छ। विशेषगरी युवायुवतीहरुले स्मार्ट फोन, सामाजिक सञ्जाल, अनलाइन गेम तथा भिडियो स्ट्रिमिङ लगायतका क्षेत्रमा अत्याधिक समय खर्च गरिरहेका छन्।अहिलेको जेन जी र जेन अल्फा पुस्ता त टेक स्याभी छ । स्मार्टफोन संगै हुर्किन्छ। डिजिटल विश्वमा आबद्धता र स्वीकार्यता खोजिरहेको हुन्छ। सामान्य अर्थमा, डिजिटल एडिक्शन भन्नाले इन्टरनेट, सामाजिक संजाल, अनलाइन गेम, वा मोबाइल फोन लगायत डिजिटल उपकरणको लत लाग्ने गरी अत्याधिक प्रयोग गर्नुलाई बुझाउँछ। इन्टरनेट एडिक्सन, गेमिङ एडिक्सन, सोसियल मिडिया एडिक्सन, प्रोब्लमेटिक स्मार्टफोन प्रयोग लगायतका शब्दावली डिजिटल कुलतको क्षेत्रमा चर्चित छन्।        सामाजिक सञ्जालको प्रभावले डिजिटल एडिक्सनलाई बढावा दिएको देखिन्छ। फेसबुक, टिकटक, इन्स्टाग्राम र ट्विटर जस्ता प्लेटफर्महरुले युवायुवतीलाई लगातार इन्टरनेटमा सक्रिय रहन प्रेरित गर्छ। लाइक्स, कमेन्ट र सेयरको मोहले उनीहरुलाई बारम्बार फोन जाँच्न बाध्य बनाउँछ। टेक उद्योगको नाफा कमाउने सुत्र भनेकै ध्यानाकर्षण गर्नु हो। स्क्रिन टाइम अधिकतम बनाउनका लागि लत लगाउने गरी फ्रेमिङ गरेका हुन्छन्। फ्री फायर, प्लेयर अननोन ब्याटल ग्राउण्ड (पबजी)लगायतका मल्टिप्लेयर गेमहरु अत्याधिक लत लाग्ने खालका हुन्छन् । यी गेमहरुमा उपलब्ध विभिन्न लेभल पार गर्नका लागि खेलाडीहरुले लामो समयसम्म खेलिरहनु पर्ने हुन्छ । गेम खेल्दा शरीरलाई आनन्द आउँछ। आनन्द आउँदा डोपामिन नामक न्युरोट्रान्समिटर निस्किन्छ ।खेल जित्दा, नयाँ लेबलमा पुग्दा र कुनै लक्ष्य पूरा हुँदा यो हार्मोनको मात्रा अत्याधिक बढ्छ। यसैले गर्दा समय गएको थाहा  नै हुँदैन। विशेषगरी कोभिड-१९ को महामारी पश्चात डिजिटल विश्वले आकार लियो। डिजिटल मार्केटिङ, अनलाइन कक्षाहरु, अध्ययन सामग्री र सामानको प्रचारप्रसारमा डिजिटल प्रविधिको हस्तक्षेप बढ्यो। युट्युब, नेटफ्लिक्स, ओटिटि जस्ता अनलाइन स्ट्रिमिङ्ग प्लेटफर्महरु मनोरन्जनात्मक गतिविधिका लागि सहायक बने। यस्ता प्रविधिहरुमा लामो समयसम्म खर्च गर्दा विभिन्न खाल्का शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा समस्याहरु उत्पन्न हुने गर्छन्। राति अबेरसम्म स्क्रिन हेर्ने बानीले निन्द्रालाई प्रभाव पार्छ। लगातार स्क्रिन हेरीरहँदा आँखा सुख्खा हुने, जलन हुने, टाउको दुख्ने तथा टाढा देख्न गाह्रो हुनसक्छ । मेडिकल भाषामा यसलाई कम्प्युटर भिजन सिन्ड्रोम पनि भनिन्छ । सन् २०१५ तिर गरिएको एक अध्ययन (मेटाएनालाईसिस) ले करिब २६ प्रतिशत किशोरकिशोरीहरु इन्टरनेट एडिक्सनले प्रभावित रहेको तथ्य सार्वजनिक गरेको थियो। विश्व स्वास्थ्य संगठनले भिडियो गेमको कुलतलाई मानसिक डीसअर्डरको संज्ञा दिएको छ। सन् २०२१ मा एजिज एट अलले गरेको अध्ययन अनुसार ईन्टरनेट गेमिंग डीसअर्डर र ईन्टरनेट एडिक्शनले दृष्टिमा समस्या, श्रवण क्षमतामा ह्रास, मोटोपनाको जोखिम वृद्धि र मांशपेशीमा दुखाई लगायतका समस्या गराउने तथ्य सार्वजनिक गरेको छ। अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त पबमेड लगायतका जर्नलमा प्रकाशित लेख अनुसार डिजिटल एडिक्शनले प्रि-स्कुलका बच्चाहरुमा कम्जोर सामाजिक सीप तथा सामाजिक सम्बन्ध, एग्रेसिभ व्यवहार र डिप्रेशन तथा एन्जाईटिको संभावना प्रबल हुन्छ। सन् २०२० मा फार्चाक एट एलले डिजिटल कुलतले ध्यान केन्द्रितता, स्मरण क्षमता र समस्या समाधान सीपमा नकारात्मक प्रभाव पार्ने कुरा उल्लेख गरेका छन्।लामो समयसम्म फोन, ल्यापटप वा ट्याब प्रयोग गरेमा यसले शारीरिक गतिविधि घटाउँछ। गलत आसनमा लामो समय बस्दा ढाड दुख्ने, मांसपेशी कमजोर हुने र मोटोपना बढ्ने जस्ता समस्या आउन सक्छन् । सामाजिक अन्तरक्रियामा समय दिन नसक्दा एक्लोपन हुन्छ । अन्य व्यक्तिहरु संगको सम्बन्ध कमजोर हुँदै जान्छ। बिस्तारै डिप्रेशनको सिकार हुन सक्ने संभावना प्रबल हुन्छ। जंक ज्ञानको अत्याधिक सेवनले अनावश्यक चिन्ता र तनाव सिर्जना हुन्छ। अध्ययन तथा ध्यान केन्द्रित गर्नुपर्ने कार्यमा कठिनता महशुस हुन्छ।   बदलिँदो परिवेशमा यो क्षेत्रमा विभिन्न अध्ययन भईरहेका छन् । जानिफकारहरुले केहि व्यवहारिक उपायहरु सुझाएका छन्। सानै उमेरदेखि डिजिटल शिक्षा संगै डिजिटल अनुशासन सिकाउनु पर्छ । घरमा अभिभावकहरु ‘रोल मोडेल’ बन्नु पर्छ। मोबाईल वा ईन्टरनेट प्रयोग गर्ने समय निर्धारण गरी मात्र प्रयोग गर्नुपर्छ। स्क्रिन टाईम ट्रयाक गर्ने एप्स प्रयोग गर्न सकिन्छ। हप्तामा कम्तिमा एक दिन वा केही घण्टा डिजिटल उपकरण प्रयोग नगर्ने संकल्प लिन सकिन्छ। डिजिटल डिटोक्स, डिजिटल डाईटिंग वा नो फोन डे जस्ता विधिहरु अपनाउनु पर्छ। सुत्ने कोठा, अध्ययन कक्ष वा खानाको बेला मोबाईल प्रयोग नगर्ने घरेलु नियम बनाई नो फोन जोन बनाउन सकिन्छ।स्मार्ट फोनलाई डम्ब फोन पनि बनाउन सकिन्छ। अतिआवश्यक एप्सहरु मात्रै राखेर वा फोमो (फियर अफ मिसिंग आउट) कम गर्न कुनै एउटा मात्रै सामाजिक संजालको प्रयोग गरेर यस्ता कुलतबाट बच्न सकिन्छ। सामाजिक संजालमा अनावश्यक पोष्ट र कमेन्ट गर्ने बानी हटाउनु पर्छ। पोष्ट र कमेन्ट गरेमा त्यसको प्रतिक्रिया के आयो भनेर मष्तिस्कले हेर्न खोज्छ।अहिलेको पुस्तालाई तुरुन्तै प्रतिक्रिया चाहिन्छ। खेलकुद, योग र जिम जस्ता गतिविधिहरुमा संलग्न भई मोबाईल प्रयोगको समय घटाउनु पर्छ। डिजिटल उपकरणको साटो पुस्तक पढ्ने बानीले ज्ञान बढाउन तथा मानसिक स्वास्थ्य सुधार गर्न सहयोग गर्छ। परिवार तथा साथीहरुसँग समय बिताइ वास्तविक जीवनका सम्बन्धहरु बलियो बनाउने प्रयास गर्नुपर्छ। आँखा सुरक्षाको लागि ब्लू लाईट फिल्टरको प्रयोग गर्नुपर्छ । प्रत्येक २० मिनेटको प्रयोगमा २० सेकेण्ड ब्रेक लिने र २० फिट टाढाको वस्तु हेर्नेगरी २०-२०-२० नियम पनि अपनाउन सकिन्छ । अन्त्यमा, डिजिटल प्रविधि आजको युगको अपरिहार्य आवश्यकता हो । शिक्षा, स्वास्थ्य, व्यापार, संचार र अनुसन्धान जस्ता क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। इन्टरनेट मार्फत विश्व्यापी जानकारीको पहुँच सहज भएको छ भने डिजिटल प्लेटफर्महरुले अध्ययन, रोजगारी र नवप्रवर्तनका नयाँ अवसरहरु सिर्जना गरेका छन। विशेषगरी युवाहरुको लागि शिक्षा, रोजगारी, उद्दमशीलता र सिर्जनशीलताको लागि अवसरको खानी प्रदान गरेको छ । प्रविधिको सदुपयोगले जीवन समृद्ध बनाउँछ। तर, गलत/अत्याधिक प्रयोगले जीवन भडखालोमा पुर्याउन सक्छ । समयको दुरुपयोग, मानसिक तनाव, एक्लोपन, र सामाजिक दूरी डिजिटल कुलतका खतरनाक परिणामहरु हुन्। तसर्थ, प्रविधिलाई केवल मनोरंजन वा लतको साधन नबनाऔं। स्मरण रहोस्, हामी प्रविधिका मालिक हौँ, दास होइन!(कुँवर वरिष्ठ जनस्वास्थ्य अधिकृत हुन्)          
सामाग्री श्रोत :
swasthyakhabar


काठमाडौं। एनआइसी एसिया बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नाफा घटेको छ । यसअवधिमा खुद नाफा ९१।८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले नाफा कमाएको थियो । सो अवधिमा बै‌कले १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको […]
सामाग्री श्रोत :

एनआइसी एसिया बैंकको नाफासँगै प्रमुख सूचकहरु घट्यो

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको नयाँ बानेश्वर, बिजुलीबजार क्षेत्र वरपर प्रदर्शन गर्दैछ । राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना तथा तीनकुनेको प्रदर्शनमा पक्राउ परेका पार्टीका नेताहरूको रिहाइको मागसहित राप्रपाले प्रदर्शन गर्न लागेको हो ।

गत साता सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

Ncell 2
Ncell 2

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायत पक्राउ परेका थिए । राप्रपाले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोधसभा गर्ने यसअघि नै जनाइसकेको छ ।

shivam cement
shivam cement

यसैबीच, गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानूनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ । मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई पनि कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। आजकल बजारमा विभिन्न प्रकारका तेल बिक्री भइरहेका छन्, जसले पनि कपाललाई घुँडा वा खुट्टासम्म लामो बनाउने दाबी गर्दछ।

तर, यी तेलहरू कृत्रिम रंग, सुगन्ध र रसायनहरूले भरिएका छन्। यस्तो अवस्थामा यी महँगो र प्रभावहीन तेलको सट्टा सादा र प्राकृतिक तेल प्रयोग गर्न सकिन्छ। यो तेलले कपाल लामो र बाक्लो बनाउन मद्दत गर्छ र कपाल स्वस्थ राख्छ। यो तेल भनेको बदामको तेल हो। बदामको तेल टाउकोमा राम्ररी लगाउने हो भने कपालका लागि निकै फाइदाजनक साबित हुन्छ।

कपालको विकासका लागि बदामको तेल

– बदामको तेल छाला र कपालको लागि अद्भुत साबित हुन्छ। यो तेलमा भिटामिन ई, म्याग्नेसियम, कपर, फस्फोरस र एन्टी–अक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले छालालाई फ्रि–रेडिकलबाट हुने क्षतिबाट जोगाउन प्रभावकारी हुन्छ।

-बदामको तेलमा एन्टी इन्फ्लेमेटरी गुण पनि हुन्छ । यस्तो अवस्थामा यो तेल टाउकोमा लगाउनाले कपाललाई धेरै फाइदा हुन्छ ।

– बदामको तेल लगाएपछि कपाल बढ्न थाल्छ । यो तेल कपालको वृद्धिमा उपयोगी हुन्छ ।

– बदामको तेलले टाउकोमा हाइड्रेसन कायम राख्छ। यो तेलले कपाल सुख्खा हुन दिँदैन् ।

– टाउकोमा चायाँ जमेको र चिलाउने समस्या भए पनि टाउकोमा बदामको तेल लगाउन सकिन्छ । यो तेलले टाउकोको समस्याबाट छुटकारा दिन्छ।

– बदामको तेलले समयभन्दा पहिले कपाल झर्नबाट रोक्छ । यो तेलले कपालको क्षति कम गर्छ।

– सुस्त कपालमा चमक ल्याउन टाउकोमा बदामको तेल पनि लगाउन सकिन्छ ।

– आयुर्वेदिक गुणले भरिपूर्ण यो तेलले टाउकोको मसाज गर्नाले निद्रा पनि राम्रो हुन्छ ।

टाउकोमा बदामको तेल कसरी लगाउने 

– बदामको तेललाई अलिकति तताएर टाउकोमा लगाउन सकिन्छ। यस तेलले आफ्नो टाउकोमा मालिस गर्नुहोस् र यसलाई एक देखि डेढ घण्टासम्म आफ्नो कपालमा राख्नु होस् र त्यसपछि यसलाई धुनुहोस्। कपाल बढ्न मद्दत गर्छ। यी तेलहरूले कपाल लामो हुन्छ ।


सामाग्री श्रोत :

बदाम तेल एक, फाइदा अनेक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हराएको छ । रोमाञ्चक खेलमा राजस्थान अन्तिम ओभरमा ९ रन जोड्न नसकेपछि पराजित भयो ।

१८१ रनको लक्ष्य पछ्याएको राजस्थान ५ विकेटको क्षतिमा १७८ रनमा समेटिएको हो । अन्तिम ओभरमा शानदार बलिङ गर्दै अभेस खानले आफ्नो टोलीलाई जित दिलाएका हुन् ।

३ ओभर बाँकी रहँदा राजस्थानका लागि जित हात पार्न २५ रन आवश्यक थियो । साथै ७ विकेट सुरक्षित थियो । सो ओभरमा खानले ५ रन दिएर दुई विकेट लिए । उनले ओभरको पहिलो बलमा यशस्वी जयसवाललाई ७४ रनमा आउट गरे भने चार बलपछि रियान परागलाई आउट गरे । जयसवालले ५२ बलको सामना गर्दै चार चौका र चार छक्का सहित ७४ रन प्रहार गरे ।

Ncell 2
Ncell 2

खानले अन्तिम ओभरमा ६ रन दिएर एक विकेट लिए । यसअघिका दुई ओभरमा महँगा साबित भएका खानले ४ ओभरमा ३७ रन खर्चेर तीन विकेट लिएका हुन् । उनी सो खेलका प्लेयर अफ द म्याच घोषित भए ।

यो सनसनीपूर्ण जितपछि लखनउ १० अङ्क सहित चौथो स्थानमा उक्लेको छ । राजस्थान भने लगातार चौथो हार सहित चार अंक लिएर आठौँ स्थानमा छ ।

shivam cement
shivam cement

आईपीएलमा पहिलो खेल खेलिरहेका १४ वर्षीय वैभव सूर्यवंशीले २० बलमा ३४ रन जोडे । जयसवाल र सूर्य वंशीले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । राजस्थानका लागि कप्तान रियान परागले २६ बलमा ३९ रन जोडे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले ५ विकेटको क्षतिमा १८० रन जोडेको हो । लखनउका लागि आइडन म्याक्रमले ४५ बलमा ६६ तथा आयुष बडानीले ३४ बलमा ५० रनको योगदान गरे । अब्दुल समादले अविजित रहँदै १० बलमा ३० रन प्रहार गरेका थिए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट