२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

काठमाडौं । ७ वैशाखः प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिका नाममा परीक्षा दिइरहेका छजना पक्राउ परेका छन्। काठमाडौंको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सो पदको परीक्षामा सहभागी ती नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।

प्रहरीले दोलखाका २३ वर्षीय मोहन सुनुवार, कालीकोटका २४ वर्षीय गोपा शाही, सुर्खेतका २२ वर्षीय मनोज शर्मा र २० वर्षीय उमेश शर्मा, दैलेखका २२ वर्षीय आकाश खड्का तथा जुम्लाका २२ वर्षीय मीन रावललाई पक्राउ गरेको हो। पक्राउ परेका नक्कली परीक्षार्थीलाई काठमाडाँै जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीले उनीहरूका साथबाट अर्काको फोटो टाँस गरेको सक्कल प्रवेशपत्र र नागरिकताको प्रतिलिपि बरामद गरेको छ।

यसैबीच काठमाडौं प्रहरीले गत चैत १५ गते तीनकुनेमा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा धादिङको सिद्धलेक गाउँपालिका–१ का ३४ वर्षीय सन्तोष सिलवाललाई पक्राउ गरेको जनाएको छ।


सामाग्री श्रोत :

प्रहरीको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले शनिबार एक सरकारी कर्मचारीसँग पास मागेको विवादित भिडिओ आफ्नो फेसबुक पेजबाट हटाएकी छन् । शनिबार दिउँसो अपलोड गरिएको उक्त भिडिओ छोटो समयमै भाइरल भए पनि आइतबार उनको १६ लाखभन्दा बढी फलोअर भएको पेजबाट गायब भएको हो ।

भिडिओ अनुसार ट्राफिक जाममा रोकिएका सरकारी मोटरसाइकल चलाइरहेका एक कर्मचारीलाई तामाङले नमस्ते गर्दै सोध्छिन्, “आज शनिबार होइन ?” प्रत्युत्तरमा कर्मचारीले शनिबार भए पनि अफिसमा काम रहेको बताउँछन् ।

त्यसपछि तामाङले ‘पास छ ?’ भनी प्रश्न गर्छिन् । कर्मचारीले ‘पास छ । पास बिनै कोही सरकारी गाडी चलाउँछ र ?’ भनी जवाफ दिँदै जङ्गिन्छन् । तामाङले फेरि पास देखाउन आग्रह गर्छिन् ।

त्यसपछि ती कर्मचारीले नजिकै रहेका ट्राफिक प्रहरीलाई देखाउँदै ‘प्रहरीलाई बोलाउनुस्, म उहाँलाई नै देखाउँछु । तपाईंलाई किन देखाउने ?’ भन्छन् ।

तामाङले छेउमा रहेका अर्का एक व्यक्तिलाई सरकारी मोटरसाइकल चढ्ने व्यक्तिलाई हेर्न भन्दै ट्राफिक प्रहरी बोलाउँछिन् । ट्राफिक प्रहरी आएर ती कर्मचारीले देखाएको पास हेर्छन् र सही रहेको पुष्टि गर्छन् । त्यसपछि तामाङले प्रहरीले हेरेको पास आफैंले लिन खोज्दा कर्मचारीले ‘तपाईं पास हेर्ने आधिकारिक व्यक्ति वा निकाय होइन । अथोरिटी उहाँ (ट्राफिक प्रहरी) हो,’ भन्दै दिन अस्वीकार गर्छन् । भिडिओमा कर्मचारीले ‘जहाँ पनि स्टन्ट मच्चाएको छ’ भन्दै तामाङलाई आरोप लगाएको पनि सुनिन्छ ।

तामाङले यो सम्पूर्ण कुराकानी गोप्य क्यामेराबाट खिचेको र ‘सरकारी कर्मचारीको व्यवहार हेर्नुस्’ भन्दै शनिबार दिउँसो अपलोड गरेकी थिइन् । यो भिडिओ अपलोड भएको छोटो समयमै विभिन्न सामाजिक सञ्जालमा फैलिँदै भाइरल भएको थियो ।

तामाङले राखेको सो भिडिओमा अधिकांश टिप्पणीले उनको कार्यशैलीको आलोचना गरेका थिए । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले तामाङको गल्ती भएको आशय व्यक्त गरेका थिए । यद्यपि, केहीले जनताको करबाट सञ्चालित सरकारी साधन सदुपयोग वा दुरुपयोग भइरहेको छ कि छैन भनी जाँच्ने अधिकार आम नागरिकमा रहेको भन्दै तामाङको कार्यको समर्थन पनि गरेका थिए । अर्को पक्षले भने तामाङले पब्लिसिटीका लागि स्टन्ट गरेको र सरकारी कर्मचारीलाई अनावश्यक दुःख दिएको टिप्पणी गरेका थिए ।

आइतबार दिउँसोसम्म तामाङको १६ लाख बढी फलोअर भएको आधिकारिक फेसबुक पेजबाट उक्त भिडिओ हटिसकेको छ । तामाङले आफ्नो पेजबाट भिडिओ हटाउनुको कारणबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । यद्यपि, उक्त भिडिओ अन्य धेरै फेसबुक पेज, टिकटक, एक्स र इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अहिले पनि उपलब्ध छ र चर्चा भइरहेको छ ।

“चाहे त्यो प्रहरी होस्, आम सर्वसाधारण होस् वा अभियन्ता नै किन नहोस्, जसलाई जे अधिकार दिएको छ, त्यही गर्नुपर्छ,” टेकपानासँग कुरा गर्दै उपत्यका ट्राफिकका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले भने, “कानुन विपरीत काम गरेको छ भने जो कोहीलाई कारबाही हुन्छ ।”

सामाजिक सञ्जाल एक्समा आशिका तामाङको नामबाट खोलिएको अकाउन्टबाट पनि उक्त भिडिओ राखिएको थियो । एक्समा भने उक्त भिडिओ यथावत छ । सो भिडिओ कोट गर्दै धेरैले तामाङको शैली अराजक भएको टिप्पणी गरेका छन् ।

“तपाईं को हो बाटोमा बसेर अरूसँग कागजपत्र माग्ने ? त्यसरी बाटो हिँड्ने, गाडी चढ्नेको कागजात माग्ने अधिकारप्राप्त अधिकारी हो ? माग्ने अख्तियार लिएको मानिस हो ?” एक्समा यादव देवकोटा लेख्छन्, “कानुनले हल्लाखोरसँग आत्मसमर्पण नगरेको भए तपाईंको हर्कत कानुनले दालभात खुवाउनै पर्ने खालको छ ।”

त्यस्तै, नेपाल प्रहरी र उपत्यका ट्राफिकलाई मेन्सन गर्दै अम्रेन्द्र नारायणले एक्समा लेखेका छन्, “यो बाटोमा आम नागरिकसँग पास माग्ने अख्तियार प्राप्त व्यक्ति हो कि होइन ? उहाँको कार्य कानुन विपरीत हो कि होइन ? ट्राफिकलाई पास चेक गर्न आदेश दिन सकिन्छ भने त्यसरी नै अरूले भने के हुन्छ ?”

एक्समा मुखिया बा नामका प्रयोगकर्ताले यस्तो भिडिओले भोलिदेखि जो–कोहीले बाटोमा गएर सबैसँग पास माग्न सक्ने अवस्था सिर्जना हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनी लेख्छन्, “अबका दिनमा अर्कोले रोकेर लौ बिना अनुमतिपत्र सवारी चलाउदै हुनुहुन्छ कागजपत्र देखाउनु भन्दा चुप लागेर देखाउने हो ? बिना अनुमति बाटोमा हिँडेकाको फोटो भिडिओ खिचेको छ हैरानी दिएको छ यस्तोमा कानुन आकर्षित हुँदैन ? मलाई यस्तो गर्यो भनेर उजुरी नै दिनुपर्ने हो ?”

एक्समा क्षितिज नाम गरेका प्रयोगकर्ताले तामाङको गतिविधिले गोपनीयता उल्लङ्घन भएको उल्लेख गरेका छन् । “तपाईंलाई कसैको कानुनी अनुमति माग्ने कुनै अधिकार छैन । यदि कसैले सुविधाको दुरुपयोग गरिरहेको देखिन्छ भने, नम्बर प्लेटको फोटो खिचेर सम्बन्धित निकायमा उजुरी गर्नुहोस् । तर यसलाई अति नगर्नुहोस् । आफ्नो सीमा ननाघ्नुहोस्,” भन्दै टिप्पणी गरेका छन् ।

त्यस्तै सागर नाम गरेका प्रयोगकर्ताले तामाङले भिडिओ खिचेर गोपनीयता भङ्ग गरेको आरोप लगाएका छन् । “सरकारी कर्मचारीले आधिकारिक ठाउँमा जवाफ दिने हो । न तिमी कानुन, न तिमी प्रशासन, तिमीलाई पास देखाउनुपर्ने के छ ? क्यामेरा तेर्साएर मान्छे थर्काउने के तरिका हो? इच्छाविपरीत भिडिओ खिचेर गोपनीयता भङ्ग गरेको कसुरमा फेरि जेल जानुपर्ला नि ! देश सुधार्ने ठेक्का तिम्रो होइन । पहिला आफूलाई सुधार,” उनी लेख्छन् ।

अधिकारप्राप्त व्यक्ति वा निकाय बाहेक अन्यले जो कोहीसँग पास, सवारी चालक अनुमति पत्र वा ब्लुबुक माग्ने अधिकार नभएको अधिवक्ता बाबुराम अर्याल बताउँछन् । “असान्दर्भिक व्यक्तिले बाटोमा रोकेर पास वा अन्य कागजात माग्नु कानुन विपरीत हुन्छ,” उनी भन्छन् । सरकारी सवारी साधनको दुरुपयोग भएको देखिएमा प्रक्रियागत रूपमा सम्बन्धित निकायलाई जानकारी दिन सकिने उनले सुझाव दिएका छन् । “तर, दुर्व्यवहार गर्दै भिडिओ खिच्नु भने अराजकता हो । यसले समाजमा अराजकता फैलाउँछ,” अधिवक्ता अर्यालले भने ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १७:३९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–दुर्लभ हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक गरिएको छ। 

सार्वजनिक तथ्याङ्कअनुसार नेपालमा हिउँ चितुवाको सङ्ख्या ३९७ र प्रति १०० वर्ग किलोमिटरमा औसत घनत्व एक दशमलव ५६ रहेको अनुमान गरिएको छ। 

वन तथा वातावरण मन्त्रालयअन्तगर्तको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागको नेतृत्वमा विश्व वन्यजन्तु कोष नेपाललगायत संस्थाको सहयोगमा मूल्याङ्कन गरिएको थियो। 

वन्यजन्तु सप्ताहको समापन कार्यक्रममा आज यहाँ अयोजित कार्यक्रममा सार्वजनिक गरिएको सङ्ख्याले नेपालभरि हिउँ चितुवा र तिनीहरूको बासस्थानको स्थितिबारे महत्वपूर्ण जानकारी प्रदान गर्ने बताइएको छ।

कार्यक्रममा निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले यो राष्ट्रिय अनुमान नेपालको संरक्षण यात्रामा एक ऐतिहासिक कदम भएको उल्लेख गरे।

“यसले हिउँ चितुवाको सङ्ख्याको स्पष्ट चित्र मात्र प्रदान गर्दैन, भविष्यका संरक्षण रणनीतिहरूलाई पनि सूचित गर्दछ। यो प्रजातिको संरक्षणप्रतिको हाम्रो प्रतिबद्धता अटल छ, र हामी यसको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न स्थानीय समुदाय र विश्वव्यापी साझेदारहरूसँग निकट सहकार्य जारी राख्नेछौँ”, उनले भने। 

यस मूल्याङ्कनमा २०१५ देखि २०२४ सम्म सरकार, संरक्षण संस्थाहरू र अनुसन्धानकर्ताहरूद्वारा नेतृत्व गरिएका व्यक्तिगत अध्ययनहरूबाट, क्यामेरा ट्र्याप र दिशाको नमूनाहरूको आनुवंशिक विश्लेषणलगायत अत्याधुनिक प्रविधि प्रयोग गरी विभिन्न सात अध्ययन क्षेत्रहरूबाट हिउँ चितुवाको वितरण र जनसङ्ख्या घनत्वको तथ्याङ्क प्रयोग गरिएको थियो। 

यस मूल्याङ्कनले उपलब्धिले हिउँ चितुवा र तिनीहरूको संवेदनशील पर्वतीय पारिस्थितिक प्रणालीको सुरक्षा गर्न मुलुकको प्रतिबद्धतालाई जोड दिन्छ।

Ncell 2
Ncell 2

मूल्याङ्कन निकुञ्ज विभागका वरिष्ठ पारिस्थितिकीय विद्को नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा ग्लोबल स्नो लियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्रामको ‘पपुलेसन एसेसमेन्ट अफ द वल्र्डस् स्नो लियोपाड्र्स’ निर्देशिकाअनुसार सञ्चालन गरिएको थियो।

जसमा कोषलगायत व्यक्तिगत अनुसन्धानकर्ताहरू र संरक्षण संस्थाहरू सहभागी थिए।

यसैगरी, भूसंरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले नेपालमा हिउँ चितुवाको वासस्थानको एक महत्वपूर्ण हिस्सा संरक्षित क्षेत्रहरू बाहिर रहेको बताउँदै यी भू–परिदृश्यहरू लक्षित संरक्षणका उपायहरूको आवश्यकता औँल्याए। 

“यसका लागि समुदायमा आधारित पहलहरूलाई सुदृढ पार्नु, वासस्थानको निरन्तरता र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका रणनीतिहरू हिउँ चितुवाको सम्पूर्ण क्षेत्रमा दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न महत्वपूर्ण हुनेछ”, उनले भने।

shivam cement

shivam cement

कोषका राष्ट्रिय प्रतिनिधि डा.घनश्याम गुरुङले विश्व वन्यजन्तु नेटवर्कमा हिउँ चितुवाको राष्ट्रिय जनसङ्ख्याको आधाररेखा स्थापित गर्ने प्रयासलाई सहयोग गर्न पाएकामा गर्व महसुस भएको उल्लेख गरे।

“यो नतिजाले सहभागीमूलक संरक्षणका लागि आधारको रूपमा काम गर्नेछ, जसले हामीलाई सबैभन्दा बढी हस्तक्षेप आवश्यक पर्ने क्षेत्रहरूलाई प्राथमिकता दिन सुनिश्चित गर्नेछ”, उनले भने, “सरकारी निकायहरू, संरक्षण संस्थाहरू र स्थानीय समुदायबीचको सहकार्य हालसम्मको हाम्रो सफलता र जलवायु परिवर्तन तथा तीव्र पूर्वाधार विकासको सामनामा र यस प्रजातिको भविष्यका लागि पनि महत्त्वपूर्ण छ।”

मूल्याङ्कनका निष्कर्षहरूले हिउँ चितुवा पाइने क्षेत्रहरूमा तिनको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न परिष्कृत सुरक्षा उपायहरूको आवश्यकता पर्ने संरक्षण प्राथमिकताको उजागर गरेका छन्। 

यस्तै, दिगो संरक्षण रणनीतिहरूले सामुदायिक सहभागिता र द्वन्द्व न्यूनीकरणका उपायहरूलाई एकीकृत गर्नुपर्ने औँल्याइएको छ। नतिजाहरूले संरक्षित क्षेत्रहरू बाहिरका हिउँ चितुवाको बासस्थान व्यवस्थापनको महत्वमा पनि जोड दिएका छन्।

एसियाका १२  मुलुकमा पाइने हिउँ चितुवा ठूला बिराला प्रजातिहरूमध्ये सबैभन्दा कम अध्ययन गरिएको क्षेत्रमध्ये पर्दछ। विश्व वन्यजन्तु कोषको सन् २०२१ को  एक प्रकाशनअनुसार उक्त समयसम्म हिउँ चितुवाको विश्वव्यापी क्षेत्रको लगभग २३ प्रतिशत मात्र व्यवस्थित रूपमा अध्ययन गरिएको छ। तीन प्रतिशतभन्दा कममा मात्र सङ्ख्यासम्बन्धी अनुभवजन्य तथ्याङ्क उपलब्ध छन्।

यस पहलले हिउँ चितुवा संरक्षणमा नेपालको विश्वव्यापी नेतृत्वलाई रेखाङ्कित गर्दै यस प्रजातिको भविष्य सुरक्षित गर्न वैज्ञानिक अनुसन्धान, समुदायमा आधारित संरक्षण र सीमापार सहकार्यमा निरन्तर लगानीको महत्वलाई प्रकाश पारेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ


कञ्चपुर । कञ्चनपुरमा पानीको बाल्टीमा डुबि एक बालिकाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–४ ०घ) गाउँ बस्ने बलबहादुर शाहीको छोरी अन्दाजी डेढ वर्षीया शुुनीता शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बालिका आफ्नै घरमा राखेको पानीले भरिएको बाल्टिनमा डुबी घाइते भएकी थिइन्। घाइते बालिकालाइ सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको […]
सामाग्री श्रोत :

बाल्टीमा डुबेर बालिकाको मृत्यु

काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन ‘वाई २९’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कमलादीस्थित स्काइवाक टावरमा आयोजना गरिएको एक समारोहबिच कम्पनीले यो मोडेल सार्वजनिक गरेको हो ।

कम्पनीले ६५०० एमएएच क्षमताको ब्याट्रीलाई फोनको प्रमुख विशेषताको ‍रूपमा प्रस्तुत गरेको छ । यसका लागि ४४ वाट फ्ल्यास चार्ज तथा ४८०० एमएएच रिभर्स चार्जिङ फिचर दिइएको छ । साथै इमरजेन्सी पावर सेभिङ मोड र पाँच वर्ष ब्याट्री ग्यारेन्टीले पनि ग्राहकलाई थप भरोसा दिलाउने कम्पनीको दाबी छ ।

फोनको डिजाइनमा समेत थ्रीडी कर्भ्ड ब्याकप्लेट, मेटालिक हाई ग्लस फ्रेम र डाइनामिक लाइटसहितको क्यामेरा मोड्युल राखिएको छ ।

नोबल ब्राउन र एलिगन्ट ह्वाइट कल अप्सनमा उपलब्ध फोनमा शट अल्फा ग्लास प्रयोग गरिएको छ, जसले ड्रप, डस्ट र स्प्ल्यास प्रुफ बनाउने कम्पनीको भनाइ छ ।

पर्फर्फेन्सतर्फ, फोनमा ८+८ जीबी विस्तारित र्‍याम र २५६ जीबी स्टोरेज रहेको छ । १२० हर्ज रिफ्रेस रेट, १००० निट्स ब्राइटनेस, डुअल स्टेरियो स्पिकर र ४००% अडिओ बुस्ट फिचरले मल्टिमिडिया अनुभवलाई उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ ।

फोटोग्राफीप्रेमीका लागि ५० मेगापिक्सेल एचडी मुख्य क्यामेरा राखिएको छ । साथै, एआई-इरेज, एआई-फोटो इनह्यान्समेन्ट, एआई-सुपर लिंक, सर्कल टु सर्च, स्क्रिन ट्रान्सलेसन जस्ता सुविधा पनि यसमा उपलब्ध छन् ।

नेपालभरका रिटेल स्टोर र दराज अनलाइनमा भिभो वाई २९ उपलब्ध भइसकेको छ । यसको मूल्य २४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १८:३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–प्रहरी जवानका लागि लिइएको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट ती परीक्षार्थी पक्राउ परेका हुन्।

Ncell 2
Ncell 2

पक्राउ पर्नेमा दोलखा, जिरी नपा- ९ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २३ का मोहन सुनुवार, कालिकोट, शुभकालिका गापा- ७ घर भई लैनचौर बस्ने अन्दाजी वर्ष २४ का गोपाल शाही, सुर्खेत, वीरेन्द्रनगर न.पा वडा नं ५ घर भई हाल का.जि माछापोखरी बस्ने अ. वर्ष २२ को मनोज शर्मा, दैलेख, भैरवी गापा- ५ घर भई बानेश्वर बस्मे अन्दाजी वर्ष २२ का आकाश खड्का, सुर्खेत, वीरेन्द्रनगर नपा- ११ घर भई माछापोखरी बस्ने अन्दाजी वर्ष २० का उमेश शर्मा र जुम्ला, तिला गापा- २ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २२ मा मीन रावल छन्।

shivam cement
shivam cement

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालद्वारा प्रकाशित विज्ञापनअनुसार सञ्चालित उक्त परीक्षा उनीहरू सामेल थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

तानसेन । यहाँको बगनासकाली गाउँपालिका–४ मलेङस्थित बेलडाँडामा आज साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

लु१ज १७२४ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। उनका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका –१ की १८ वर्षीया एलिसा सारुको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ।

गाडीमा नौ जना सवार थिए। घाइते मध्ये ३६ वर्षीया नीता दर्लामीको अवस्था गम्भीर रहेको प्रनाउ मल्लले बताए। घाइते अन्यको परिचय खुल्न सकेको छैन। घाइते चारै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। साँघुरो घुम्तीका कारण जिप दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


सामाग्री श्रोत :

पाल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

काठमाडौँ । बिलिङ सफ्टवेयर निर्माता कम्पनी आईएमएस सफ्टवेयरले स्वचालित भुक्तानी प्रविधि कार्यान्वयनमा ल्याएको छ । कम्पनीले हिमालयन बैंक लिमिटेडसँगको सहकार्यमा प्वाइन्ट अफ सेल (पीओएस) मसिनमा उक्त प्रविधि सञ्चालनमा ल्याएको हो ।

स्वचालित प्रविधि लागु भएपछि अब ग्राहकले काउन्टरका व्यक्तिसँग रकम जानकारी लिँदै कार्ड सटही नगरी भुक्तानी गर्न सक्ने भएका छन् । कम्पनीका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारका अनुसार यसअघि काउन्टरमा रहेका व्यक्तिले म्यानुअल्ली भुक्तानी रकम राख्नुपर्नेमा अब स्वचालित रूपमा पीओएसमा भुक्तानी रकम र क्यूआर कोड देखिनेछ ।

ग्राहकले कार्ड राखेर वा क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएकाले म्यानुअल रूपमा रकम राख्दा हुने त्रुटि हट्ने उनको भनाइ छ । साथै सेवाप्रदायकले प्राप्त भुक्तानी विवरण सफ्टवेयरमा छुट्टै भरिरहनुपर्ने झन्झट पनि अन्त्य भएको छ । भुक्तानी विवरण सफ्टवेयरमा स्वचालित रूपमा अपडेट हुने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

हाल उक्त प्रविधि हिमालयन बैंकको पीओएस सेवा प्रयोग गर्ने हिमालयन जाभा, त्रिशारा र भाटभटेनी सुपर स्टोरमा प्रयोगमा आएको छ । ताम्राकारका अनुसार भारतमा पहिल्यै सञ्चालनमा रहेको यो प्रविधि नेपालमा पहिलोपटक लागु गरिएको हो ।

हाललाई हिमालयन बैंकसँग एक वर्षको सम्झौता गरिएको र त्यसपछि अन्य बैंक तथा संस्थालाई पनि प्रविधि उपलब्ध गराउने तयारी रहेको ताम्राकारले सुनाए ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ २३:५४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार तथा सुबेदारहरूलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। 

सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पद मध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुबेदार तथा सुबेदार ३४ जना मध्ये विभिन्‍न संयुक्त राष्ट्रसंघीय मिसन ९शान्ति सेना० मा खटिएका ५ जना बाहेक २९ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

Ncell 2
Ncell 2

समारोहमा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै बढुवा हुनु भएका अधिकृतहरूका परिवारजनको उपस्थिति सेनाले जनाएको छ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

रौतहट । रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत अबैध १० लाख नेपाली रुपैयाँ सहित एकजना भारतीय नागरिक लाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रवेश कार्कीको कमाण्डमा गएको टोलीले वडा ६ पथराबुधरामबाट स्रोत नखुलेको अबैध १० लाख नेपाली रूपैयाँसहित भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय राज किशोर ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा सिट मुनि राखिएको झोलाबाट उक्त उक्त रुपैयाँ बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले न्युज कारखाना लाई बताएका छन्।

मोटरसाईकल चालक भारतीय नागरिक ठाकुरलाई पक्राउ गरी रुपैयाँ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

एसपी घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको तस्करी तथा हुण्डी कारोबार नियन्त्रण अभियान निकै प्रभावकारी भएको स्थानीयहरूले बताएका छन्।


सामाग्री श्रोत :

अबैध १० लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट