२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

काठमाडौं–आज पनि शिक्षक आन्दोलन बिहानैदेखि शुरु भएको छ।

दिउँसो राप्रपाले प्रदर्शन गर्ने सूचना पाएपछि अकस्मात् आज पनि आन्दोलनको कार्यक्रम बिहानै गर्नुपरेको शिक्षक नेताहरूले बताएका हुन्।

पर्याप्त पूर्वसूचनाको अभावबीच कार्यालय समयमै शिक्षकहरू सडकमा उत्रिएपछि ट्राफिक व्यवस्थापन जटिल बनेको छ।

Ncell 2
Ncell 2

माइतीघर-नयाँ बानेश्वर सडक खण्ड बन्द भएको छ।

वैकल्पिक रुटका रूपमा नयाँ बानेश्वरबाट थापागाउँ हुँदै हनुमानस्थानको रुट तय गरिएको उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ।

shivam cement
shivam cement

उक्त सडक अवरुद्ध हुँदा कार्यालय जाने कर्मचारीसहित स्कुल, कलेजका विद्यार्थीलाई आवतजावत गर्न कठिन भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

वीरगञ्ज (पर्सा)। पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ । चालु आवमा पर्साका सरकारी कार्यालयका लागि रु दुई अर्ब ७३ करोड पुँजीगत खर्च विनियोजन गरिएकोमध्ये चैत मसान्तसम्मको अवधिमा भने २७ दशमलव ९६ प्रतिशतअर्थात् रु ७६ करोड ६० लाख रकम मात्रै खर्च गरेका छन्।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढङ्गले पुँजीगत खर्च गर्न नसकेको बताए। “चालु आव सकिन अब तीन महिनाभन्दा कम समय छ”, उनले भने, “सङ्घीय सरकारको हाराहारीमा पनि यहाँका कार्यालयले पुँजीगत खर्च गर्न सकिरहेका छैनन् ।” उनले पुँजीगत खर्च गरेर विकास निर्माणका कार्यलाई अघि बढाउनका लागि अनुरोध गरे ।

पर्साका सरकारी कार्यालयका लागि चालु आवमा चालु खर्चतर्फ रु १० अर्ब ६२ करोड विनियोजनमध्ये ६४ दशमलव ८९ प्रतिशतअर्थात् रु छ अर्ब ८९ करोड खर्च भएको छ ।

पर्साका सरकारी कार्यालयले चालु आवको चैत मसान्तसम्मको अवधिमा रु एक खर्ब ६१ राजस्व सङ्कलन गरेका छन् । यहाँका सरकारी कार्यालयले गत आवको सोही अवधिमा भने रु एक खर्ब ५१ करोड राजस्व सङ्कलन गरेका थिए । पर्सामा करिब ६० भन्दा धेरै सङ्घीय सरकार मातहतका कार्यालय रहेका छन् ।


सामाग्री श्रोत :

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च न्यून

पाल्पा – पाल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका–४, खानीछापको मलेङ् बेलडाँडामा भएको जिप दुर्घटनामा भएको हो । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गएराति लु १ ज १७२४ नम्बरको जिप तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाप जाने क्रममा दुर्घटना भएको र कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको हो ।

Ncell 2
Ncell 2

दुर्घटनामा अन्य  ५ जना घाइते भएका छन् ।  घाइतेलाई उपचारका लागि तानसेनस्थित अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको वैशाख १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । साथै, बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ ।

यस्तै, कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफानोक्सान, नगद प्रवाहलगायत वित्तीय विवरणहरुमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि वैशाख ११ गते बुक क्लोज हुने जानकारी गराएको छ ।

तसर्थ, वैशाख १० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा स्वाभिमानको केन्द्रीय कार्यालय तिलोत्तमा ५, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।


सामाग्री श्रोत :

स्वाभिमान लघुवित्त वित्तीयको वैशाख १९ गते वार्षिक साधारण सभा

काठमाडौँ –तीनकुनेमा राजावादीको आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टीका  महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् ।

गत चैत १५ मा पक्राउ परेका उनलाई बोलाएको बेला उपस्थित हुनेगरी आज  रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए  ।

Ncell 2
Ncell 2

क्यान्सरको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले उनलाई रिहा गर्नुपरेको प्रहरीको भनाइ छ । उनको वैशाख १५ मा फलोअपको अपोइन्टमेन्ट रहेको बताइएको छ ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बुलेरो गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे१च ३०११ नम्बरको बुलेरो गाडीमा फुङ्लिङ नगरपालिका-१० सेवारोचोकमा एक्कासी आगलागी भएको थियो। आगलागीमा जलेर मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए।

आज बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो।

घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आगो पूर्णरुपमा नियन्त्रणमा ल्याइएको छ।


सामाग्री श्रोत :

पाथीभरा जाँदै गरेको जिपमा आगलागी, चार जनाको मृत्यु

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) अवार्डका लागि आवेदन दिने समयावधि समाप्त हुन लागेको छ । विभिन्न आठ विधामा प्रदान गरिने सो अवार्डका लागि इच्छुक व्यक्ति, संस्था, कार्यालय तथा कम्पनीले आज अपरान्ह ५ बजेभित्र आवेदन दिइसक्नु पर्नेछ ।

नेपाल सरकारले हरेक वर्षको मे महिनाको २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउँदै आइरहेको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि मनाइने यही दिवसको अवसरमा पुरस्कार तथा अवार्ड वितरण गर्न लागिएको हो ।

नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा सङ्घ संस्था मध्येबाट सर्वोत्कृष्टलाई सो पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ । यस पटक मन्त्रालयले एक जना पुरुषलाई नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२५ र एक जना महिलालाई नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२५ प्रदान गर्नेछ ।

त्यस्तै सार्वजनिक क्षेत्र, निजी क्षेत्र, प्रादेशिक तथा स्थानीय सार्वजनिक क्षेत्र र प्रादेशिक तथा स्थानीय निजी क्षेत्रका लागि एक एक नेसनल आईसीटी अवार्ड २०२५ दिइनेछ । यस बाहेक नेसनल आईसीटी इनोभेसन अवार्ड २०२५ र नेसनल आईसीटी स्टार्टअप अवार्ड २०२५ को समेत व्यवस्था गरिएको छ ।

कसरी दिने आवेदन ?

आवेदकले सबैभन्दा पहिला सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा सूचना प्रविधि विभागको वेबसाइटबाट आवेदन फाराम डाउनलोड गर्न वा त्यसको ढाँचा हेर्नु पर्नेछ । त्यसपछि तोकिएको ढाँचामा माग गरिएका विवरण सहितको आवेदन [email protected] मा ईमेल पठाउनु पर्नेछ ।

यस अलावा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि शाखामा पुगेर पनि आफ्नो आवेदन दर्ता गराउन सकिनेछ । 

 

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ ११:३०





सामाग्री श्रोत :
टेक पाना

सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो । 
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्युन चापीय रेखाको पनि प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली  रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका  थोरै स्थानहरूमा  मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

राति भने कोशी प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेश पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा भारी बर्षाको समेत  सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

मेघगर्जन र चट्याङ, वर्षालगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


सामाग्री श्रोत :

आजको मौसमः चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । एक व्यक्तिले आफूलाई पाँच वर्षदेखि सताइरहेको तल्लो जबडाको समस्या (मुखको हड्डी अड्किँदा मुख खोल्ने क्रममा कान नजिक कटकट आवाज आउने, थकाइ महसुस हुने, घाँटीको मांसपेसीमा दुखाइ हुने समस्या) च्याटजीपीटीले ६० सेकेन्डमै समाधान गरिदिएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल रेडिटको ‘च्याटजीपीटी सबरेडिट’ मा पोस्ट गर्दै ती प्रयोगकर्ताले एआई टुलको सल्लाहले आफ्नो समस्या निको भएको बताएका हुन् । ९९ लाख सदस्य रहेको उक्त सबरेडिटमा ‘User2000SS’ नामक प्रयोगकर्ताले लेखेका छन्, “पाँच वर्षदेखि मेरो देब्रे जबडामा आवाज आउने समस्या थियो । च्याटजीपीटीले ६० सेकेन्डमै समाधान गरिदियो ।”

उनको अनुमानमा बक्सिङ खेल्दा लागेको चोटका कारण समस्या देखिएको हुनसक्छ । चिकित्सकीय भाषामा यसलाई ‘टेम्पोरोम्यान्डिबुलर डिसअर्डर’ (टीएमजे) भनिन्छ । यो हाम्रो तल्लो जबडालाई खप्पर (टाउकोको हड्डी) सँग जोड्ने जटिल जोर्नी हो, जसले मुख खोल्ने, बन्द गर्ने, चपाउने, बोल्ने जस्ता काम गर्न मद्दत गर्छ । जब यो जोर्नीमा समस्या आउँछ, त्यतिबेला कटकट आवाज आउन थाल्छ ।

ती व्यक्तिले अगाडि लेखेका छन्, “मैले आकस्मिक रूपमा च्याटजीपीटीसँग यसबारे सोध्दा यसले समस्या विस्तृत रूपमा व्याख्या गर्‍यो र मेरो जबडाको डिस्क केही सरेको हुनसक्ने भन्यो । साथै मुख विस्तारै खोल्ने, जिब्रो मुखको माथिल्लो भागमा टाँसेर राख्ने र समरूपता जाँच्ने एउटा व्यायाम सुझायो ।”

च्याटजीपीटीले सुझाएको तरिका अपनाउँदा तुरुन्तै आफूलाई राहत भएको उनको दाबी छ । उनले लेखेका छन्, “मैले यसअघि ईएनटी (नाक, कान, घाँटी) विशेषज्ञलाई देखाएको थिएँ, दुई ओटा एमआरआई गराई केही दिनअघि मात्र दन्त चिकित्सकसँग जाँच गराएको थिएँ । दन्त चिकित्सकले मलाई म्याक्सिलोफेसियल विशेषज्ञकहाँ जान सल्लाह दिए । तर, रेफरल आउनुअघि नै मैले समाधान भेट्टाएँ । म उहाँहरूलाई भेट्दा पक्कै यो विषय बताउनेछु ।”

यो पोस्टले २४ हजारभन्दा बढी अपभोट पाएको छ भने १८०० भन्दा बढी कमेन्ट र रिप्लाई आएका छन् । अन्य प्रयोगकर्ताले पनि च्याटजीपीटीको सल्लाहले आफूहरूको समस्या निको भएको प्रतिक्रिया दिएका छन् ।

एक जनाले सोही पोस्टमा कमेन्ट गर्दै भनेका छन्, “तपाईंले मलाई पनि निको पारिदिनुभयो । यो मजाक होइन ।” अर्का व्यक्तिले लेखे, “मैले दशकौंको डाक्टर चहाराइ, अनुसन्धान गरेँ । तर १५ मिनेट च्याटजीपीटीसँग कुरा गर्दा निद्रा समस्याबारे धेरै कुरा पत्ता लगाएँ ।”

तेस्रो व्यक्तिले लेखेका छन्, “म पनि वर्षौँदेखि त्यस्तै समस्यामा थिएँ । एमआरआई गरेँ, विशेषज्ञलाई देखाएँ । पछि क्लाउडी एआईलाई आफ्ना लक्षण सुनाएँ । उसले तीन ओटा परीक्षण गर्न सल्लाह दियो । तीमध्ये दुईको नतिजा सकारात्मक आयो र अहिले उपचार सुरु भएको छ ।”

अर्का व्यक्तिले लेखेका छन्, “एआईले स्वास्थ्य सेवामा क्रान्ति ल्याउने सम्भावना बोकेको यो राम्रो उदाहरण हो । अनावश्यक उपचार घटाउने सम्भावना छ ।”

तर, यो घटनाले एआईलाई स्वास्थ्य सेवामा प्रयोग गर्दा यसको विश्वसनीयता र सुरक्षाका सवालहरू पनि उठाएको छ ।

विशेषज्ञहरूका अनुसार एआईले दिने जानकारीलाई व्यावसायिक चिकित्सा सल्लाह र निदानको विकल्पका रूपमा नहेरिनुपर्ने र यसको लागि स्पष्ट मार्गदर्शन र नियामक संरचना आवश्यक रहेकोमा जोड दिइएको छ ।

यसअघि पनि डाक्टरले पत्ता लगाउन नसकेको समस्या एआईले पहिचान गरेको दाबी आएका थिए । केही समयअघि एक महिलाले एलन मस्कको एआई कम्पनी ‘एक्स एआई’ को ग्रोकले डाक्टरले पहिचान गर्न नसकेको समस्या पहिचान गरेको बताएकी थिइन् ।

उनकी छोरी सानो कार दुर्घटनामा परेपछि हात दुखाइको समस्या देखिएको थियो । परीक्षण गर्दा डाक्टरले केही नभएको भनेका थिए । तर, ग्रोक एआईले रिपोर्ट विश्लेषण गर्दै हात भाँचिएको हुनसक्ने बतायो । त्यसपछि उनी डाक्टर कहाँ गइन् र छोरीको हातको अपरेसन गराइन् ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १५:२७





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट