

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक सात दशमलव ७५ अंकले घटेर दुई हजार छ सय ९८ दशमलव २८ को बिन्दुमा कायम भएको हो।
आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर ७८ हजार छ सय ७८ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ७७ करोड ५७ लाख २० हजार दुई सय ९३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव ०६, जलविद्युत् शून्य दशमलव ७७, लगानी शून्य दशमलव १७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०३ र म्युचुअल फन्ड शून्य दशमलव ४४ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८५, वित्त एक दशमलव ०३, जीवन बीमा शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव ११, निर्जीवन बीमा शून्य दशमलव १५, व्यापार एक दशमलव ५२ र अन्य समूह एक प्रतिशतले घटेको छ।
नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने एनएमबी हाइब्रिड फन्ड–२ को शेयर मूल्य सात दशमलव ९० प्रतिशत छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रू ५३ करोड ९९ लाख १८ हजार एक सय ७४ बराबरको १५ लाख ९० हजार दुई सय पाँच कित्ता शेयर खरिदबिक्री भएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । ताप्लेजुङमा गुडिरहेको बोलेरो गाडीमा विद्युत् प्रवाह भइरहेको तार खसेर आगो लाग्दा चार जनाको मृत्यु भएको छ । पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको मे १ च ३०११ नम्बरको बोलेरो सोमबार बिहान ५:०० बजे फुङलिङ नगरपालिका १० सेवारो चोक पुगेको थियो । त्यहाँ गुडिरहेको बेलामा नै बिजुलीको पोलबाट बोलेरोको छतमा तार खसेर आगलागी भएको बताइएको छ ।
दुर्घटनामा परेर चार जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । गाडीमा ६ जना सवार थिए । मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का सवारी चालक ४५ वर्षीय दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीय आध्या आचार्य, झापाका ६९ वर्षीय सरिता पौडेल र ७० वर्षीय विनोद पौडेल रहेका छन् । मृतकहरूको शव जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ ।
यस्तै बोलेरोमा सवार ललितपुरकी ४५ वर्षीय सबिना आचार्य र १० वर्षीय अभियम आचार्यलाई उपचारका लागि अन्नपूर्ण हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स हस्पिटलमा पठाइएको उनले जानकारी दिए । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १३:५७
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – शिक्षक आन्दोलनमा आफू अभिभावक बताउने एक व्यक्ति घुसेपछि हातपात भएको छ। शिक्षकहरूले घुसपेठ भएको भन्दै उनीमाथि हातपात गरेका हुन्।
आफूलाई ललितपुरको गोदावरीस्थित सरस्वती माध्यमिक विद्यालयका अभिभावक बताउने सनोज महतमाथि नयाँ बानेश्वरस्थित आर्कब्रिजको सडकमा हातपात भएको भिडिओ सामाजिक सञ्जालमा आएको छ । उनी आन्दोलनमा घुसेपछि लफडा भएको हो।
उक्त भिडियोमा उनले आफ्नो छोरी को भर्ना हुन नपाएपछि आजबाट आन्दोलनमा आउनुपरेको बताएका छन्।
उनले भने,‘मेरो बच्चा सरकारी स्कुलमा पढ्छ, बन्द गरेर मेरो बच्चाको भविष्य बर्बाद गर्न पाइँदैन।’ यति भनेपछि शिक्षकहरूले सरकारलाई भन्नु भनेका थिए। त्यसपछि ती महतले आफ्नो लागि सरकार शिक्षक पनि रहेको बताए।
‘तपाईंहरूले आन्दोलनको स्वरूप फेर्नुपर्छ, तपाईंहरूले विद्यार्थी नपढाएर, सडकमा भेला भएर नाचेर बस्न पाइन्नँ,म यही अनसन बस्छु,भाेलिदेखि अरु अभिभावकहरू पनि निस्किन्छन्,’उनले भने। शिक्षकहरूले उनलाई बाहिर जान भनेपछि प्रहरीको सुरक्षामा निकालिएका थिए। त्यहीबेला शिक्षकहरूले हातपात गरेको भिडियोमा देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ। उनको ८८ वर्षको उमेरमा निधन भयो। भ्याटिकनले उनको मृत्युको पुष्टि गरेको छ। उनी लामो समयदेखि बिरामी थिए।
सोमबार भ्याटिकनले एक विज्ञप्ति जारी गर्दै उनी रोमन क्याथोलिक चर्चको सदस्यको रूपमा राज्याभिषेक हुने पहिलो ल्याटिन अमेरिकी भएको बताएको छ।
उनको दुवै फोक्सोमा निमोनिया थियो, जसका कारण उनको अवस्था गम्भीर रह्यो। उनी लामो समयदेखि अस्पतालमा थिए। उनी ३८ दिन अस्पतालमा थिए र हालसालै अस्पतालबाट डिस्चार्ज भएका थिए।
भ्याटिकन कार्डिनल केभिन फारेलले पोप फ्रान्सिसको सम्पूर्ण जीवन ईश्वरको सेवामा समर्पित रहेको बताए।
सामाग्री श्रोत :
काठमाडौँ । चीनले विश्वकै पहिलो १० जी क्लाउड ब्रोडब्यान्ड नेटवर्क सुरु गरेको छ । चिनियाँ प्रविधि कम्पनी ह्वावेले चाइना युनिकमसँगको सहकार्यमा बेइजिङ नजिक पर्ने हेबेई प्रान्तको सियोङआन क्षेत्रमा यो इन्टरनेट नेटवर्क सञ्चालनमा ल्याएको हो ।
यो तीव्र गतिको इन्टरनेट नेटवर्क नयाँ ५०-जी पीओएन (प्यासिभ अप्टिकल नेटवर्क) प्रविधिबाट सञ्चालित छ । यसले फाइबर नेटवर्कको मूल संरचना अर्थात् कोर सिस्टम अपडेट गरेर इन्टरनेटको गति बढाएको प्रविधिसँग सम्बन्धित स्थानीय माइड्राइभर्सलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमले लेखेका छन् । पहिलेको गिगाबिट स्पिडलाई बढाएर १० जी बनाइएको छ भने इन्टरनेट चलाउँदा आउने ढिलाइ अर्थात् लेटेन्सीलाई पनि धेरै कम गरेर केही मिलि सेकेन्डमा झारिएको छ ।
माइड्राइभर्सका अनुसार यो नयाँ नेटवर्कले ९,८३४ एमबीपीएस डाउनलोड स्पिड र १,००८ एमबीपीएस अपलोड स्पिड हासिल गरेको छ । यो हालको घरायसी ब्रोडब्यान्ड मापदण्डभन्दा निकै बढी हो ।
China launches world’s first public 10G speeds downloading 2-hour films in SECONDS pic.twitter.com/HSKyQW9Ey4
— RT (@RT_com) April 20, 2025
नेटवर्कको क्षेत्रमा भएको यो नयाँ प्रविधिले धेरै डेटा चाहिने एप्लिकेसन सजिलै चलाउन सक्ने बनाएको छ । यस नेटवर्कमा अब ८के क्वालिटीको भिडिओहरू बिना रोकावट हेर्न सकिन्छ भने क्लाउड कम्प्युटिङ अझ छिटो र भरपर्दो बनाउने छ ।
त्यसका साथै भर्चुअल तथा अग्मेन्टेड रियालिटीजस्ता प्रविधिहरू अझै जीवन्त र वास्तविक लाग्ने गरी चल्न थालेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । यो प्रविधिबाट इन्टरनेटको गति यति धेरै बढेको छ कि ९० जीबी जति ठुलो फाइल पनि केही सेकेन्डमै डाउनलोड गर्न सकिने दाबी गरिएको छ ।
माइड्राइभर्सका अनुसार चीन आगामी पुस्ताको नेटवर्क विकासमा पनि विश्वमै अगाडि रहेको छ । सन् २०२५ को जनवरीसम्म चीनमा कुल साढे ४२ लाख फाइभजी बेस स्टेसनहरू सञ्चालनमा छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १४:३६
सामाग्री श्रोत :
टेक पाना

बागमती–आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ।
दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिएका छन्।
कर नबुझाएका करदाताबाट करिब रु ६० करोडभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको सो कार्यालयले जनाएको छ।
“पटक–पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ”, प्रमुख कर अधिकृत सुवेदीले भने, “त्यही भएर हामीले करदाताको बैङ्क खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्काका लागि प्रक्रिया अघि बढाएका छौँ।”कानुनी प्रक्रिया अघि बढाएपछि केही करदाता कर बुझाउनसमेत आउने गरेको उको भनाइ थियो।
यस्तै आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधिमा रु चार अर्ब ८७ करोड ५९ लाख राजस्व सङ्कलन गरेको छ। यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत सङ्कलन भएको हो। कार्यालय प्रमुख सुवेदीका अनुसार चालु आव २०८१/८२ को नौ महिनाको अवधिमा रु छ अर्ब चार करोड ५४ लाख ३६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु चार अर्ब ८७ करोड ५९ लाख छ हजार राजस्व सङ्कलन भएको छ।
चालु आव २०८१/८२ मा रु आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको प्रमुख सुवेदीले बताउनुभयो। सो कार्यालयमा आयकरतर्फ ३४ हजार २२९, मूल्य अभिवृद्धि तर्फ पाँच हजार ९५३, अन्तशुल्कतर्फ एक हजार ६११, विथहोल्डतर्फ ७१३ र व्यक्तिगत तर्फका ८४ हजार ४२९ करदाता रहेका छन्।
पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइजस्ता कारणले अघिल्लो आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख महिनामा संघीय अस्पतालमा सुरु गर्न लागिएका सेवाहरूको सूची सार्वजनिक गरेको छ। जुन सूचीमा नेपालगन्जस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने समेत उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार वैशाख महिनाको दोस्रो हप्ता चितवनस्थित भरतपुर अस्पतालले वैशाख चौथो साता क्याथ ल्याब सेवा सुरु गर्नेछ। यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक, ल्याक्टेसन म्यानेजमेन्ट युनिट र क्याडाभर ल्याब सेवा थप गर्दैछ।वीर अस्पतालले सर्जिकल आइसीयूमा शैय्या थप गर्नेछ । भक्तपुर क्यान्सर अस्पतालले पीआईसीयू तथा पेडियाट्रिक वार्ड वैशाखमै सुरु गर्नेछ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शैय्या थप गर्ने तयारी छ। यसैगरी नारायणी अस्पताल वीरगञ्जले वैशाखको अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ जानकारी दिइएको छ ।धनगढीको गेटा अस्पतालले मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट सेवा सञ्चालन गर्दैछ। जीपी कोइराला राष्ट्रिय श्वास-प्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा सुरु गर्ने मन्त्रालयले जनाएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

पोखरा। “अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जंगल नपस्दा र जंगली जनावर नदेख्दा केही कुरा बिर्सिएजस्तो, केही कुरा छुटेजस्तो अनि जनावरले आफूलाई पर्खेजस्तो।”
तीन वर्षदेखि चितवन राष्ट्रिय निकुञ्जमा ‘नेचर गाइड’का रूपमा कार्यरत एलिना चौधरीका लागि जंगल केवल कार्यक्षेत्र मात्र होइन, आत्मशान्ति र सन्तुष्टिको स्रोतसमेत बनेको छ। उनको दिनचर्या अब स्वदेशी-विदेशी पर्यटकलाई प्रकृति र वन्यजन्तुको अवलोकन गराउँदै बित्छ।
“असहजता, चुनौती, कठिनाइ यी सबैसँग जुध्दै पर्यटकलाई हाम्रो प्रकृति र वन्यजन्तुको जानकारी दिनु अनि तिनीहरूको अनुहारमा खुसी देख्नुजस्तो आनन्द अरू केमा मिल्ला र?” एलिना भन्छिन्, “प्रकृतिसँग बिताएको प्रत्येक क्षण अमूल्य हुन्छ, त्यसलाई महसुस गर्न जान्नु नै आनन्द रहेछ।”
बाल्यकाल जंगल छेउमै बितेकाले एलिनाका लागि जंगली जनावरसँगको जम्काभेट सामान्य थियो। बिहान चराचुरुंगीको गुञ्जन, शीतल हावाको स्पर्श, हरियालीको आनन्द यिनै कुराले उहाँलाई प्रकृतिप्रति झन् नजिक बनायो। यही लगावले व्यावसायिक रूपमा नेचर गाइड बन्न प्रेरित गर्यो।
नेचर गाइडको औपचारिक तालिमपछि उनले चितवनको मेघौलीस्थित बाराही जंगल लजबाट आफ्नो यात्रा सुरु गरेकी थिइन्। अचेल उनको दैनिकी पर्यटकको तालिकाअनुसार कहिले बोट सफारी गाइड, कहिले जिप सफारी गाइड त कहिले ‘जंगल वाक’मा गाइडका रुपमा हुनेगर्छ।
अलि बढी चुनौतीचाहिँ जंगल वाकमा हुन्छ। एलिना भन्छिन्, “कतिबेला कुन जंगली जनावरसँग जम्काभेट हुने हो, थाहा हुँदैन, डर हुन्छ, तर त्यही डरभित्रको रोमाञ्चकता नै जंगल सफारीको सौन्दर्य हो,” उनले प्रकृतिका विविधताको ज्ञानसँगै जंगली जनावरसँग जोगिने विशेष कला नेचर गाइडमा हुनुपर्ने बताइन्।
सन् २०१९ मा नेचर गाइडको प्रमाणपत्र प्राप्त गरेकी एलिनाले आत्मविश्वास, साहस, निडरता र ज्ञानलाई आफ्नो सबल पक्ष बनाउँदै आएकी छन्। वन्यजन्तु संरक्षण, दिगो पर्यटन र महिलाको सशक्तिकरणमा योगदान पुर्याएबापत एलिना अन्तर्राष्ट्रिय ‘टफ-टाइगर्स लज न्याचुरलिस्ट अफ दी इयर २०२४’ अवार्ड समेत जित्न सफल भएकी थिइन्। यो उपाधि जित्ने उनी पहिलो नेपाली महिला पनि हुन्।
एलिनासँग पर्यटकहरूसँग बिताएका कैयौँ सम्झनाहरू छन्। तीमध्ये एक घटना उनको स्मरणमा ताजै छ।
“एक महिनाअघि एक नेपाली पर्यटक जंगल सफारी गर्न आएका थिए। यसअघि १२-१५ पटक जंगल सफारीमा उहाँले कहिल्यै बाघ देख्ने अवसर मिलेनछ। त्यो दिन संयोगवश, मैले गाइड गरिरहेको बेला उहाँले बाघ देख्नुभयो। उहाँ खुसीसँग एकदम भावुक भएर रुन पो थाल्नुभयो।” एलिना भन्छिन्, “खै किन हो कुन्नि, मैले सोध्न पनि सकिनँ। सायद, बाघ देख्ने उहाँको वर्षौंको सपना पूरा भएर पो हो कि।” थुप्रै अनुभवसँग एलिनाको दिनचर्या जंगल र नदी किनारमा प्रकृतिसँग साक्षात्कार गर्दै बितेको छ।
त्यसो त चितवन राष्ट्रिय निकुञ्ज छेउमा घर भएकी २३ वर्षीया सुदीक्षा कुमालको दैनिकी पनि उस्तै छ। स्नातक तेस्रो वर्षमा अध्ययनरत कुमाल बाल्यकालदेखि नै प्रकृति र वन्यजन्तुप्रति रुचि राख्ने उनी आफ्नै दिदीबाट प्रेरणा लिएर नेचर गाइड बन्ने निर्णय गरेको सुनाउँछिन्। “मेरो दिदी पनि यो क्षेत्रमा हुनुहुन्छ। उहाँकै प्रेरणाले मैले पनि नेचर गाइडको तालिम लिएँ। वन्यजन्तु संरक्षण र प्रकृतिसँग नजिक रहेर काम गर्ने अवसर पाएँ।”
दुई वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय उनी नेपाली तथा विदेशी पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता, वन्यजन्तु संरक्षण र वातावरणीय सन्तुलनका बारेमा जानकारी दिँदै आएकी छन्। नेचर गाइडिङ सजिलो यात्रा थिएन। परम्परागत रूपमा पुरुषहरूको वर्चस्व रहेको क्षेत्रमा आफूलाई स्थापित गर्न सामाजिक सोच भत्काएर पर्यटकलाई विश्वस्त बनाउनु थियो।
“सुरुमा कतिपयले महिलाले यो पेसा गर्न सक्छ भन्ने नै विश्वास गर्दैनथे। चितवन राष्ट्रिय निकुञ्जमा गैँडासहित बाघ, भालुजस्ता वन्यजन्तु पाइन्छन्। पर्यटकलाई जंगल सफारीमा लैजानु जोखिमपूर्ण पनि हुन सक्छ,” सुदीक्षा बताउँछिन्। मौसमको प्रतिकूलता, गर्मी वा वर्षामा बाटो हिलाम्य हुनु, कीराहरूको प्रकोपलगायत प्राकृतिक चुनौती पनि उस्तै हुन्छन्।
वातावरण विज्ञान अध्ययन गरेकी पूर्वचितवनकी सकिना महतो आफू पढाइ अनुसारको पेसामा रमाइरहेको बताउँछिन्। “प्रकृतिप्रेमी र जनावर संरक्षणमा बढी चासो भएकै कारण मैले वातावरण विज्ञान पढेँ र यो क्षेत्रलाई पेसा बनाएर अघि बढेकी छु।” उनले कठिनाइ भए पनि आत्मसन्तुष्टि मिलेको र नौ महिनादेखि यही पेसामा तल्लीन रहेको बताइन्।
“सहज त पक्कै छैन यो अलि जोखिम साहसिकताभित्र पर्छ, कुनै समय यो क्षेत्रमा महिला कल्पना गरिँदैनथ्यो तर अहिले महिलाका निडरताका साथ आउन थालेका छन्,” पर्यटकको जंगल अनुभवलाई अविस्मरणीय बनाउन आफ्नो ज्ञान, सीप, कौशलतालाई प्रदर्शन गरिरहेको उनको भनाइ छ।
चितवन योगी टोलकी बिबिएस अध्ययनरत २० वर्षीय प्रभा कुमाल एक वर्षदेखि यो क्षेत्रमा क्रियाशील छन्। बाल्यकालदेखि नै वन्यजन्तुप्रति रुचिले उनलाई वन्यजन्तुमा आकर्षित गर्यो। सानैबाट जंगल वरिपरि नै जन्मे-हुर्केका कारण वन्यजन्तुसँगको आत्मीयले नै यस क्षेत्रप्रति आकर्षित गरेको बताउँछिन्।
“जंगल र जंगली जनावरसँगको अनुभव त पहिले नै थियो तर व्यावसायिक कलाका लागि नेचर गाइडको विशेष कोर्ष पूरा गरी यो क्षेत्रमा प्रवेश गरेँ, यसले थप ज्ञान र आत्मविश्वास बढायो।”
पुरुषहरूको वर्चस्व रहेको क्षेत्रमा वन्यजन्तु संरक्षण, साहसिक पर्यटन र महिला सशक्तिकरणको नमूनाका रुपमा महिला नेचर गाइडलाई लिन सकिने बताउँछन्, बाराहीजंगल लजका सञ्चालक बिप्लव पौडेल।
“सुरुमा यो क्षेत्रमा महिलाहरूको सङ्ख्या निकै कम थियो। अहिले भने महिला नेचर गाइडहरूको सङ्ख्या बढ्दै गएको देख्दा खुसी लाग्छ, उनीहरूको आत्मविश्वास, दक्षता र मेहनत प्रशंसनीय छ।”
नेचर गाइड महिलाहरुको उपस्थितिले स्थानीय समुदायमा महिला सशक्तीकरणको सन्देश प्रवाह गर्न सहयोगी बनेको पौडेल भन्छन्, “हामीले बाराही जंगल लजबाट महिला गाइडहरूलाई प्रवद्र्धन गर्दै आएका छौं, महिला ज्ञान, सीप र क्षमताका आधारमा अवसर पनि दिँदै आएका छौं।” उनीहरूको सीप विकास, तालिम र अवसरको सुनिश्चिततामा सरोकारवालाले अझ ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।
फोटो, भिडियोमार्फत पर्यटन प्रवद्र्धनमा सक्रिय फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले ‘फोटो वाक एट मेघौली यात्रा’ मा नेचर गाइड महिलाले पर्यटकलाई गाइडिङ गरिरहेका दृश्य निकै गर्विलो लागेको बताए।
उक्त यात्राको अनुभव बाँड्दै गुरुङले भने, “केही वर्षअघि मात्रै जंगल सफारी, बोट सफारी जस्ता साहसिक गतिविधिमा पुरुष गाइड नै प्रमुख रुपमा देखिन्थे तर अहिले त्यो ठाउँमा महिला नेचर गाइड देखिनु निकै राम्रो र सकारात्मक पक्ष हो।”
गुरुङले भने, “वन्यजन्तु, जैविक विविधता, स्थानीय संस्कृतिलगायतका ज्ञानसँगै यस क्षेत्रमा महिला सहभागिताले पर्यटन व्यवसायमा मात्र होइन, समाजमा पनि सकारात्मक सन्देश प्रवाह भएको छ। महिलालाई हेर्ने दृष्टिकोण पनि बदलिँदै गएको छ।”
वन, वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रले नेचर गाइड तालिम सञ्चालन गर्दै आएको छ। जैविक विविधता संरक्षण केन्द्र, सौराहाका वरिष्ठ रेन्जर ऋषि सुवेदीले पर्याप्त ज्ञान, आत्मविश्वास र लगावका साथ नेचर गाइड महिला यस क्षेत्र प्रवेश गरेको बताए।
“कुनै समय शून्य सहभागिता हुने नेचर गाइड तालिममा अहिले महिलाको गर्विलो सहभागिता हुँदै व्यावसायिकतमा दक्ष जनशक्तिका रुपमा देख्न पाएका छौं। यो खुसीको कुरा हो, उनीहरुलाई अब आवश्यक तालिम दिएर थप चुनौतीको सामाना गर्न सक्ने बताउनुपर्छ।”
उनका अनुसार, विक्रम संवत् २०४६÷४७ देखि औपचारिक रूपमा सञ्चालनमा आएको नेचर गाइड तालिम सुरुमा विदेशी स्वयंसेवीहरूद्वारा प्रदान गरिन्थ्यो। जब निकुञ्ज नियमावलीमा ‘तालिम प्राप्त नेचर गाइडले मात्र पर्यटक घुमाउन पाउने’ व्यवस्था गरियो, त्यसपछि कोषले १५ दिने पाठ्यक्रम तयार गरी वातावरण मन्त्रालयबाट स्वीकृति लिएर तालिम दिन थाल्यो।
तालिम प्राप्त नेचर गाइडबाट जङ्गल क्षेत्रभित्र हुने वन्यजन्तु चोरी-निकासीलगायतका अन्य कुराको पनि सूचना आउने भएकाले वन तथा वन्यजन्तु संरक्षणमा पनि नेचर गाइड भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।
तालिममा सहभागी हुन कम्तीमा एसइई उत्तीर्ण गर्नुपर्ने हुन्छ। स्थानीय तथा मध्यवर्ती क्षेत्रका व्यक्तिहरूलाई प्राथमिकता दिइन्छ। तालिमपछि लिखित तथा अन्तर्वार्ता परीक्षामा कम्तीमा ६० प्रतिशत अंक ल्याउनुपर्ने हुन्छ। उक्त मापदण्ड पूरा गरेपछि मात्र नेचर गाइडका लागि योग्य मानिन्छ। तालिम कोषले आफ्नै स्रोत र साधन प्रयोग गरेर सञ्चालन गर्दै आएको हो। विभिन्न सरोकारवाला संस्थाहरूले पनि समय-समयमा तालिमको माग गर्ने गरेका छन्।
हालसम्म एक हजार ६०० देखि एक हजार ७०० जनाले तालिम लिइसकेका छन्। महिलाको सङ्ख्या १० देखि १५ प्रतिशतको हाराहारीमा छ। नेचर गाइडले मासिक ३० हजारदेखि ५० हजारसम्म आम्दानी गरिरहेका छन्। पर्यटकलाई पूर्ण दिनको गाइडिङ गरेबापत एक हजार ५०० देखि दुई हजारसम्म पारिश्रमिक प्राप्त हुन्छ भने आधा दिनको ८०० देखि एक हजारसम्म हुने गर्दछ।
भारतलगायत अन्य देशमा समेत यहाँबाट तालिम लिएका गाइडले रोजगारी पाएका उदाहरणहरू रहेको सुवेदीले बताए।
थ्री सिस्टर एड्भेन्चर ट्रेकिङ एन्ड महिला सशक्तिकरण नेपालकी संस्थापक लक्की कार्की परम्परागत रूपमा पुरुषहरूको वर्चस्वमा सीमित पेसामा महिलाले त्यो सीमालाई तोड्दै अगाडि बढ्नु महिला सशक्तिकरणको नमूना भएको बताउँछिन्।
“महिला नेचर गाइडहरू आफ्नो पेसा मात्र निर्वाह गरिरहेका छैनन्, उनीहरूले स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणादायी शक्ति बनेका छन्। फरक क्षेत्रमा पनि महिला अब्बल छन् भन्ने उदाहरण बनेका छन्,” कार्की भन्छिन्, “पहिले महिलालाई संरक्षणको विषय बनाइन्थ्यो, आज उनीहरू संरक्षणका संवाहक बनेका छन्, हिजो सीमित भूमिका दिइन्थ्यो, आज नेतृत्वदायी र चुनौतीपूर्ण भूमिकामा देखापरिरहेका छन्।”
कार्कीले महिला गाइडहरूको आत्मविश्वास, अनुभव, ज्ञान सीप, लगाव समझदारीले नेपालको पर्यटनलाई अझ सुरक्षित, समावेशी र आत्मीय बनाउन भूमिका खेलेको बताइन्।
जमुना वर्षा शर्मा / रासस
सामाग्री श्रोत :
चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला
काठमाडौँ । पछिल्लो समय राजधानीमा कल गर्ने बहानामा मोबाइल लुटेर भाग्ने गिरोह सक्रिय रहेको पाइएको छ । प्रहरीले विभिन्न व्यक्ति तथा ट्याक्सी चालकहरूको मोबाइल लुट्ने कार्यमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेकाे हो ।
प्रहरीका अनुसार यही ५ वैशाखको दिन राति ०३:४५ बजेको समयमा बसुन्धारामा मोटर साइकलमा आएका २ जना व्यक्तिले ट्याक्सी रोके । बा. २ ज. ३४५८ नम्बरको उक्त टयाक्सीका चालक थिए, चितवन घर भएका प्रेम तामाङ ।
“ठमेलमा सामान लिन जाने” भनि भन्दै फोन गर्नका लागि तामाङको मोबाइल लिएर उनीहरू भागे । मोबाइल लुटिएको निवेदन आएपछि प्रहरीले थालेको प्रारम्भिक अनुसन्धानले उक्त घटनामा शिखरजंङ थापा भन्ने नवराज सुनुवार लगायतका व्यक्ति संलग्न रहेको पाइएको हो ।
१८ वर्षीय शिखरजंङ सिन्धुली, सुनकोशी १ घर भई हाल काठमाडौँ, जडिबुटी बस्दै आएको बताइएको छ । उनी सहितसहित धनुषा, तारापटी सिर्सिया ६ घर भई बुङ्गमती १० बस्ने १८ वर्षकै राजनिस्ट यादव र रौतहट, गरुका २ घर भई कपन बस्ने २७ वर्षीय सुरेश ठाकुर हजामलाई मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले पक्रेको हो ।
काठमाडौँ जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप अनुमति प्राप्त गरी लुटपाट गरिएका मोबाइलसहित नियन्त्रणमा लिइएका उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट एक मोटरसाइकल र ३ थान मोबाइल सहितका सरसामान समेत नियन्त्रणमा लिइएको छ ।
अनुसन्धानको क्रममा उनीहरूले २७ चैतका दिन बुलुकी ६ बजेको समयमा धुम्बाराही पिपलबोटबाट अर्का ट्याक्सी चालक कुलबहादुर राउतको मोबाइल समेत लुटेको पाइएको उल्लेख छ । यस्तै १९ चैत राति ८ बजे सोही स्थानबाट ट्याक्सी चालक राजकुमार तामाङको मोबाइल लुटपाटमा पनि सोही समूह संलग्न रहेको बताइएको छ ।
त्यसैगरी १९ चैतकै दिन राति ९:३० बजे साप्रेढुङ्गाबाट ट्याक्सी चालक राजेशबहादुर बीसीको मोबाइल लुटिएको अनि २३ चैत साँझ ५:४० बजे ओम हस्पिटलको नजिकबाट दुर्गा शाक्यको मोबाइल लुटिएको थियो । उक्त लुटपाटमा समेत उनीहरूकै संलग्नता रहेको प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १३:३६
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित सप्ताकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।
सोमबार बिहान खोटाङ्गको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षीय नवराज बास्तोला र सुनसरीको इटहरी बस्ने १६ वर्षीय जेनिश आचार्य नदीमा डुबेर बेपत्ता भएका हुन्।
बेपत्ताको खोजीमा सशस्त्र प्रहरी नम्बर–१ बाहिनी मुख्यालय सुनसरिबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ५ को टिम परिचालन गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। गोताखोरले घटनास्थल आसपासको क्षेत्रमा खोजी कार्य सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









