२०८३ जेष्ठ १ शुक्रबार
LATEST NEWS
२०८३ जेष्ठ १ शुक्रबार

उदयपुर। उदयपुरको कटारी नगरपालिका–८ ग्रासको एक सामुदायिक वनमा आज घाँस काट्दै गरेकी एक महिला भालुको आक्रमणमा परी घाइते भएकी छिन्।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार भालुको आक्रमणबाट घाइते महिला कटारी–८ बस्ने वर्ष ४६ की पञ्चमाया तामाङ रहेकी छिन्। बिहान ९ बजेतिर स्थानीय नारायणी सामुदायिक वनमा घाँस काट्दै गरेकी तामाङलाई भालुले आक्रमण गरेको हो।

भालुले तामाङमाथि आक्रमण गरेपछि उनी कराएका कारण अन्य वरपर घाँस काट्ने साथी आएपछि भालु भागेको थियो भने तामाङ घाइते भएकी थिइन्। भालुको आक्रमणबाट तामाङको टाउको, हात र शरीरका केही भागमा चोट लागेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।

घाइते तामाङको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए। कटारी ग्रासका स्थानीय राजन बरालका अनुसार पछिल्लो समय नारायणी सामुदायिक वन क्षेत्र निकै घना जंगल हुँदै गएको छ।


सामाग्री श्रोत :

भालुको आक्रमणबाट महिला घाइते

काठमाडौँ । मलेसिया सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई दर्ता गर्न बाध्य पार्ने प्रयास अहिलेसम्म पूर्ण रूपमा सफल हुन सकेको छैन । सरकारले हानिकारक सामग्री र साइबर अपराध नियन्त्रण गर्ने उद्देश्यका साथ ल्याएको नयाँ नियमको कार्यान्वयनमा कठिनाइ देखिएको हो ।

नियमअनुसार ८० लाख भन्दा बढी प्रयोगकर्ता भएका सामाजिक सञ्जाल र मेसेजिङ सेवा प्रदायकहरूले अनिवार्य रूपमा अनुमतिपत्र लिनुपर्ने हुन्छ । यो नियम १ जनवरी २०२५ देखि लागु भएको हो ।

तर, मेटा (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप) र गुगल जस्ता ठुला प्रविधि कम्पनीहरूले अझैसम्म अनुमतिपत्र लिएका छैनन् । मलेसियाको सञ्चार तथा मल्टिमिडिया आयोग (एमसीएमसी) का अनुसार, हालसम्म टिकटकको मातृ कम्पनी बाइटडान्स र मेसेजिङ एप विच्याटको कम्पनी टेन्सेन्टले मात्र ‘एप्लिकेसन सेवा प्रदायक वर्ग’ को अनुमतिपत्र प्राप्त गरेका छन् । टेलिग्रामले पनि अनुमतिपत्रको प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ ।

एमसीएमसीले गुगल र एक्स (पहिलेको ट्वीटर) ले आवेदन नै नदिएको जानकारी दिएको छ । एक्सले मलेसियामा आफ्ना प्रयोगकर्ता ८० लाखभन्दा कम रहेको दाबी गरेको छ र आयोगले त्यसको जाँच गरिरहेको छ । गुगलले भने युट्युबको भिडिओ शेयरिङ सुविधालाई लिएर प्रश्न उठाएको थियो र यसलाई अनुमतिपत्रको दायरामा राख्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

आयोगले युट्युब र सम्बन्धित अन्य प्लेटफर्महरूलाई नियमको पालना गराउनेमा जोड दिएको छ । नयाँ नियमहरूमा अनुमतिपत्र प्राप्त प्लेटफर्मका प्रतिनिधिहरूलाई वारेन्ट बिना पक्राउ गर्ने र प्रयोगकर्ताको निजी डेटा खोल्न बाध्य पार्ने प्रावधान राखिएको छ, जसका कारण नागरिक समाज र सांसदहरूले विरोध गरेका छन् ।

उनीहरूले यो नियम अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप भएको र यसको दुरुपयोग हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यद्यपि, नियम लागु भएको मितिदेखि अहिलेसम्म कुनै पनि सामाजिक सञ्जाल वा मेसेजिङ सेवा अवरुद्ध भएका छैनन् ।

मलेसियन सरकारले यी नयाँ नियमहरू ठगी, अनलाइन जुवा, बुलिङ र यौन अपराध जस्ता गतिविधि नियन्त्रण गर्न ल्याइएको बताएको छ । अर्थशास्त्रीहरूले भने सामाजिक सञ्जाललाई नियमन गर्दा व्यवसायमा नकारात्मक असर पर्न सक्ने र यसले लगानीकर्तालाई निरुत्साहित गर्न सक्ने चेतावनी दिएका छन् ।

उनीहरूका अनुसार, यस्ता नियमहरूले मलेसियालाई प्राविधिक कम्पनीहरूका लागि कम आकर्षक गन्तव्य बनाउन सक्छ र डिजिटल नवप्रवर्तनको केन्द्र बन्ने देशको लक्ष्यमा व्यवधान सिर्जना गर्न सक्छ । मलेसिया सरकारले भने ठुला प्राविधिक कम्पनीहरूले स्थानीय कानुनको पालना गर्नुपर्नेमा जोड दिएको छ ।

सञ्चार मन्त्री फहमी फड्जिलले सामाजिक सञ्जाल कम्पनीहरूसँग सकारात्मक छलफल भइरहेको र कानुनभन्दा ठुलो कोही नभएको बताएका छन् । सरकारले हानिकारक सामग्रीविरुद्ध सक्रिय रूपमा लड्न सामाजिक सञ्जाल प्लेटफर्महरूको प्रतिबद्धता खोजेको छ ।

यसअघि पनि मलेसियाले फेसबुकमा ‘अवाञ्छित सामग्री’ हटाउन नसकेको भन्दै मेटाविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो । सरकारले बारम्बार अनुरोध गर्दा पनि फेसबुकले जाति, धर्म, राजा, मानहानि, ठगी जस्ता विषयमा आपत्तिजनक सामग्री हटाउन ढिलाइ गरेको आरोप लगाएको थियो । पछि मेटाले प्रहरीसँग मिलेर अनलाइन अपराध नियन्त्रण गर्न र आपत्तिजनक पोस्टहरू हटाउन सहमत भएको थियो ।

सन् २०२३ को पहिलो ६ महिनामा मलेसिया सरकारले मेटा र टिकटकलाई पोस्ट र अकाउन्ट हटाउन गरेको अनुरोधको सङ्ख्या ६ गुणा बढेको थियो । यसले प्रधानमन्त्री अनवर इब्राहिमको सुधारवादी छवि र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने प्रतिबद्धतामाथि प्रश्न उठेको थियो । सरकारले भने जाति, धर्म र राजालाई छुने उत्तेजक पोस्टहरू नियन्त्रण गर्न त्यसो गरेको स्पष्टीकरण दिएको छ ।

अहिलेको अवस्थामा, मलेसियाले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई दर्ता गराउन खोजे पनि, ठुला कम्पनीहरूको असहयोग र नियमको अस्पष्टताका कारण सरकारलाई चुनौती आइपरेको देखिन्छ । यसले मलेसियाको डिजिटल अर्थतन्त्र र अन्तर्राष्ट्रिय प्राविधिक लगानीमा कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी छ ।

वर्षौँदेखि सामाजिक सञ्जाल नियमन गर्ने प्रयासमा छ मलेसिया

सामाजिक सञ्जाललाई नियमन गर्ने मलेसियाको प्रयास नयाँ भने होइन् । सन् २०१० मा एक मलेसियाली विद्यार्थीलाई फेसबुकमा गरेको टिप्पणीको लागि पक्राउ गरिएको थियो त्यही वर्ष डिसेम्बरमा, एक सरकारी अधिकारीले राष्ट्रिय सुरक्षा र इस्लामको अपमान गर्ने सामग्री फेसबुकमा आएमा यसलाई प्रतिबन्ध लगाउनुपर्ने माग गरे ।

अगस्ट २०१४ मा, मलेसिया सरकारले सामाजिक सञ्जालमा भएका दुर्व्यवहारका घटनाहरूलाई लिएर फेसबुकमाथि प्रतिबन्ध लगाउने तयारी समेत गरेको थियो । हालैका वर्षहरूमा नियमन गर्ने मलेसिया सरकारको प्रयास तीव्र भएको देखिन्छ । अगस्ट २०२२ मा, मलेसियाले फेसबुकमा ‘अवाञ्छित सामग्री’ हटाउन नसकेको भन्दै मेटाविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो ।

कानुनी कारबाहीको धम्कि पछि फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपबाट ‘अवाञ्छित सामग्री’ हटाउने विषयमा मलेसिया सरकारसँग सहकार्य गर्न मेटा जुलाई २०२३ मा सहमत भयो । जुलाई २०२४ मा, एमसीएमसीले ८० लाख भन्दा बढी प्रयोगकर्ताहरू भएका सामाजिक सञ्जाल र इन्टरनेट मेसेजिङ सेवा प्रदायकहरूले अनुमतिपत्र लिनुपर्ने नयाँ नियामक घोषणा गर्‍यो । जुन गएको १ जनवरी २०२५ देखि पुर्ण रूपमा लागुभएको बताइएको छ ।

नोभेम्बर २०२४ मा, मलेसियाको मन्त्रीपरिषद्ले सञ्चार तथा मल्टिमिडिया ऐन १९९८ संशोधन स्वीकृत गर्‍यो । जसले कानुन कार्यान्वयन गर्ने निकायहरूको अनुरोधमा प्रयोगकर्ताको डेटा उपलब्ध गराउन सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बाध्य पार्ने अधिकार दिएको छ ।

यसरी, मलेसियाले सामाजिक सञ्जाललाई नियमन गर्ने प्रयास विगत एक दशकदेखि नै गर्दै आएको देखिन्छ । जसमा विभिन्न समयमा फरक फरक कदम चालिएका छन् र पछिल्लो समयमा यसलाई थप कडाइका साथ अगाडि बढाइएको छ ।

मलेसियाबाट नेपालले के सिक्ने ?

आधारभूत रूपमा नै मलेसिया एक राजतन्त्रात्मक मुस्लिम मुलुक हो, जब कि नेपाल गणतन्त्रात्मक धर्मनिरपेक्ष राष्ट्र हो । राजतन्त्रात्मक मुलुक भए पनि मलेसियन सरकारले अहिलेसम्म कुनै पनि सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन सकेको छैन । तर नेपाल सरकारले भने यसअघि नै टिकटकमाथि प्रतिबन्ध लगाएर त्यसको अभ्यास गरिसकेको छ । सरकारले भनेअनुसार सूचीकरण गराउने सर्त मान्न तयार भएपछि नौ महिनापछि मात्र सो प्रतिबन्ध फुकुवा भएको थियो ।

अहिले पुनः नेपाल सरकारले अन्य सामाजिक सञ्जालहरूलाई सूचीकरणमा आउन ताकेता गर्दै आइरहेको छ । त्यसका लागि तोकिएको म्याद आइतबार सकिए पनि मेटा (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स) लगायतका सामाजिक सञ्जाल दर्ता हुन आएका छैनन् ।

सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले अब केही दिन अन्तिम मौका दिने र त्यस अवधिमा समेत दर्ता हुन नआएमा प्रतिबन्ध लगाउने सङ्केत दिएका छन् ।

सरकारले २०८० सालमै सामाजिक सञ्जाल सञ्चालन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरूका लागि अनिवार्य दर्ताको व्यवस्था गरेको थियो । गत चैत ७ गते तेस्रो पटक सूचना जारी गर्दै सरकारले ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको थियो । सो म्याद आइतबार सकिएपनि आधिकारिक रूपमा सरकारले त्यसको नयाँ भाखा दिएको छैन ।

हालसम्म नेपालमा टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याब मात्र दर्ता भएका छन् । सरकारले सामाजिक सञ्जाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न निर्देशन दिएको छ ।

यस बाहेक सरकारले सामाजिक सञ्जाल प्लेटफर्मका लागि थप जिम्मेवारीहरू पनि तोकिएको छ । निर्देशिका अनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा पर्यटन प्रवर्धनमा सहयोग गर्नुपर्ने र देशव्यापी रूपमा साइबर सुरक्षा तथा डिजिटल साक्षरता अभियानलाई समर्थन गर्नुपर्नेछ । त्यस्तै विद्यालय र कलेजहरूमा शिक्षाको गुणस्तर अभिवृद्धिमा ध्यान केन्द्रित गर्दै शिक्षा क्षेत्रको डिजिटल रूपान्तरणमा योगदान गर्नु पर्नेछ । 

साथै सामाजिक सद्‍भाव खलल पुर्‍याउने वा साइबर अपराधलाई बढावा दिने गैरकानुनी र अनुपयुक्त सामग्री हटाउन सरकारी निकायहरूसँग सहकार्य गर्दै नेपाली र अन्य राष्ट्रिय भाषाहरूमा सामग्री फिल्टरिङ र मध्यस्थताका लागि उपयुक्त प्रविधिको कार्यान्वयन गर्नुपर्नेछ ।

मन्त्रालयले सबै सरोकारवालालाई यी प्रावधानहरूको पालना गर्न र नेपालमा सुरक्षित, व्यवस्थित र नियमन गरिएको डिजिटल वातावरण सुनिश्चित गर्ने कार्यमा सरकारलाई सहयोग गर्न आग्रह गर्दै आएको छ । टिकटकमाथि प्रतिबन्ध लगाइसकेको सरकारले नेपालमा सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल मेटासहितका सामाजिक सञ्जाल कम्पनी विरुद्ध कस्तो रवैया अपनाउँछ, त्यो भने हेर्न बाँकी नै छ । 

 

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १७:२८





सामाग्री श्रोत :
टेक पाना

शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईमा नेपाल फेष्टिभल २०२५ को उद्घाटन गरेका छन्।दुबईको क्रिक पार्कमा आइतबार सम्पन्न फेष्टिभलको उद्घाटन गर्दे मन्त्री पौडेलले विदेशिन बाध्य श्रमिकको स्वास्थ्य समस्या चिन्ताको विषय भएको भन्दै यसको समाधानका लागि केही कार्यक्रम ल्याइने घोषणा गरे । तपाईंहरुको स्वास्थ्य तपाईं मात्र होइन हाम्रो पनि चिन्ताको विषय हो, मन्त्री पौडेलले भने, देश फर्कंदा पनि स्वस्थ भएर फर्काउन कसरी सकिन्छ भन्नेमा हामी काम गरिरहेका छौं।मन्त्री पौडेलले विदेशमै रहँदा पनि टेलिमेडिसिनमार्फत नागरिकले स्वास्थ्य लाभ लिन सक्ने गरी सरकारले व्यवस्था गरेको भन्दै विदेशिने क्रममा तिर्नुपर्ने महँगो स्वास्थ्य परीक्षण सरकारी अस्पतालमै सुपथ मुल्यमा गराउने गरी गृहकार्य भैरहेको बताए।‘स्वास्थ्य क्षेत्रको सुधारका लागि नेपाल सरकारले उच्च प्राथमिकतासाथ काम गरिरहेको छ । युएईको भ्रमणका क्रममा पनि मैले नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि सहयोग र सहकार्य गर्न आग्रह गरेको छु,’ उनले भने।मन्त्री पौडेलले कार्यक्रममा नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवताले भरिपूर्ण देश भएकाले मित्रराष्ट्रका विदेशी नागरिकहरुलाई कम्तिमा पनि एक पटक अवश्य नेपाल भ्रमण गर्न अनुरोध नेपालीसँग आग्रह गरे । उनले नेपाल र युएईबीच द्विपक्षीय सहयोगका प्रचुर सम्भावनाका क्षेत्रहरु रहेको बताउदै पर्यटन, व्यापार, लगानी, शिक्षा, स्वास्थ्य तथा कृषिका क्षेत्रहरुमा दुईदेशबीच सहकार्य गरी अघि बढ्न सकिने बताए।नेपाली राजदूतावास अबुधाबीको समन्वयमा गैरआवासीय नेपाली संघ, यूएई, नेपाली समाज युएई, लगायत युएईमा रहेका सामाजिक संघसंस्थाहरुको संयुक्त पहलमा पहिलो पटक  कार्यक्रम भएको नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिए।राजदूत क्षेत्रीले नेपाल फेस्टिभल २०२५ मा नेपालको सांस्कृतिक बिविधताको प्रदर्शनले नेपालको विविध संस्कृति, कला, भेषभुषा, खाना, रहनसहन नेपालको पहिचान भएकाले यस प्रकारका कार्यक्रमले नेपाल र युएईको सम्बन्धलाई अझ प्रगाढ र घनिष्ट बनाउदै सांस्कृतिक कूटनीतिका माध्यमबाट दुई देशका जनताबीच जोड्ने सेतुको रुपमा कार्य गरेको र यसबाट नेपालको पर्यटन, लगानी तथा व्यापार अभिवृद्धि गर्न थप योगदान पुग्ने बताए ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक बिकास र समृद्धिका लागि युएईमा रहनुभएका सबै नेपालीलाई आव्हा्न गरे । गैर आवासीय नेपाली संघ, युएईका अध्यक्ष विकास शाहीले कार्यक्रममा ४० हजारको सहभागीता रहेको भन्दै भव्यताका साथ सम्पन्न भएको बताए ।फेस्टिभलमा युएई सरकारका उच्च पदाधिकारीहरू, विदेशी राजदूत तथा कूटनीति नियोगका प्रमुखहरु, विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत विदेशी नागरिकहरु, नेपालका शुभचिन्तकहरु सहभागी रहेको नेपाली राजदूतावासले जनाएको छ। 
सामाग्री श्रोत :
swasthyakhabar


काठमाडौं। शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएकी हुन्। २० दिनदेखि देशभरका सामुदायिक र सरकारी विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका बेला भट्टराईले राजीनामा दिएकी हुन्।
सामाग्री श्रोत :

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौँ । ट्रान्सक्रिप्टको लागि त्रिभुवन विश्वविद्यालयको अनलाइन फाराम भर्नै मुस्किल देखिएको छ । गत मङ्गलबारदेखि त्रिविले ट्रान्सक्रिप्ट तथा प्रोभिजनल सर्टिफिकेटका लागि सुरु गरेको उक्त सेवा अधिकांश विद्यार्थीहरूले भने अहिलेसम्म लिनै नसक्ने अवस्था बनेको हो । 

ट्रान्सक्रिप्ट निकाल्नका बल्खुमा लामो लाइन र अनेकौँ सास्ती भोगेर हैरान भएका विद्यार्थीले अनलाइन सेवा सुरु भएपछि राहत महसुस गरेका थिए । तर अनलाइन माध्यमबाट फाराम भर्ने सुविधा सुरु भएको एक हप्ता बितिसक्दा पनि सबै विद्यार्थीहरूले भने यो सुविधा पाउन सकेका छैनन् । 

अनलाइन फाराम भर्नका लागि विद्यार्थीहरूलाई  वेबसाइट उपलब्ध गराइएको छ । उक्त वेबसाइटमा रजिस्ट्रेसन नम्बर राखेर साइन अप गर्न सकिने व्यवस्था मिलाइएको छ । वेबसाइटमा ट्रान्सक्रिप्ट तथा प्रोभिजनल सर्टिफिकेटको आवेदन भर्ने विकल्प पनि छ । जहाँ विद्यार्थीले आफ्नो सङ्काय, तह र विषय छनोट गर्नुपर्ने हुन्छ । तर अधिकांश संकायका विषयहरू वेबसाइटमा उपलब्ध नै छैनन् । 

स्नातकोत्तर तहको विषयहरूमा मानविकी तथा समाज विज्ञान सङ्कायका विषयहरू उपलब्ध छन् । व्यवस्थापन सङ्कायको पब्लिक एड्मिनिस्ट्रेसन विषय बाहेक अरू विषयहरू रोज्ने विकल्प नै उपलब्ध छैन । 

यस्तै कानुन, विज्ञान तथा प्रविधि, मेडिसिन, कृषि तथा पशु विज्ञान, फरेस्टी, इन्जिनियरिङअन्तर्गतका विषयहरू छनोट गर्ने विकल्प पनि छैन । स्नातक तहका विषयहरूमा पनि अधिकांश सङ्कायका आवेदन दिन मिल्ने विकल्प नहुँदा विद्यार्थी दुविधामा परेका छन् । 

अनलाइन आवेदनमा उपलब्ध सङ्गकायका ट्रान्सक्रिप्ट निकाल्नका लागि परीक्षा दिएको वर्ष र हरेक वर्षको रोल नम्बर, रजिस्ट्रेसन नम्बर लगायतका विवरण राख्नुपर्छ । त्यसपछि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि शुल्क तिरेर आवेदन दिन सकिन्छ । 

तर सेमेस्टरमा परीक्षा लिइने विषयमा त्यही अनुसार फाराम भर्ने विकल्प छैन । जस्तो की, मानविकी तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गतको आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तरमा चार सेमेस्टरमा पढाइ हुन्छ । 

तर, अनलाइन आवेदनमा पहिलो वर्ष र दोस्रो वर्षको रोल नं राख्ने विकल्प मात्र दिइएको छ । चार ओटा सेमेस्टरमा परीक्षा दिएका विद्यार्थीले कुन सेमेस्टरको रोल नम्बर प्रयोग गर्ने र कहाँ राख्ने भन्ने प्रस्ट छैन । 

विद्यार्थीहरूले अनलाइन फाराम भर्न खोज्दा समस्या भइरहेको विषयमा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीसँग बुझ्दा वेबसाइटमा डेटा माइग्रेसनको काम भइरहेकाले सबै विषय समावेश हुन बाँकी रहेको बताए । छिट्टै सबै विषयका विद्यार्थीले ट्रान्सक्रिप्टको अनलाइन आवेदन दिन सक्ने सुविधा पाउने उनले सुनाए । 

उनका अनुसार उपलब्ध विषयहरूमा भने विद्यार्थीले अनलाइन आवेदन पठाएको फारम आइरहेको छ । तर, आवेदन प्राप्त भएको भनेर विद्यार्थीलाई तत्कालै जवाफ दिन नसकेको उनले बताए । उनले भने, “अहिले हामी डेटा सङ्कलनको काम गरिरहेका छौँ ।” 

अहिले बल्खुबाट दिइने विश्वविद्यालयका सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउन थालिएको बताउँदै परीक्षा नियन्त्रक जोशीले अन्य कार्यालयबाट पनि अनलाइन सेवा दिने गरी काम भइरहेको जानकारी दिए । 

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १७:४०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– दाङमा एक व्यक्तिले आफैंलाई गोली हानेका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।

उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए ।

Ncell 2
Ncell 2

रेडक्रस दाङका पूर्व अध्यक्षसमेत रहेका आचार्यले लाइसेन्सवाला बन्दुकले घरमा आफैंलाई गोली हानेको प्रहरीको अनुसन्धानमा खुलेको छ । यद्दपि घटनाको अनुसन्धान भइरहेको एसएसपी जीसीले बताए । 

shivam cement
shivam cement

उनका अनुसार उनले दिउँसो साढे ३ बजेतिर आत्महत्या गर्ने योजनाका साथ गोली प्रहार गरेका हुन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर भएको बताएका छन्।

मन्त्री खड्काले आज गृहजिल्ला सङ्खुवासभाका शिक्षकसँग आज यहाँ गरेको अन्तरक्रियामा आन्दोलनरत शिक्षकको जायज मागप्रति सरकार सकारात्मक रहेको बताए। शिक्षकहरूले उठाएका मागहरू समाधान गर्न शिक्षामन्त्री, प्रधानमन्त्री तथा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

‘प्रधानमन्त्री, मन्त्री वा जुनसुकै तहको नेतृत्वमा पुग्दा शिक्षकको योगदान अविस्मरणीय छ, शिक्षकहरू सधँै सम्मानित र आदरणीय पात्र हुनुहुन्छ’, उनले भने। उनले संविधान निर्माणदेखि गणतन्त्र स्थापनासम्मको यात्रा शिक्षकको योगदान महत्त्वपूर्ण भएको उल्लेख गरे।

‘माओवादी जनयुद्ध, विभिन्न द्वन्द्व, भूकम्प, कोरोना महामारी तथा विश्वव्यापी आर्थिक असन्तुलनका समयमा शिक्षक मात्र होइन, सम्पूर्ण राष्ट्र प्रभावित भयो, अहिलेको आर्थिक सुधारको चरणमा शिक्षकको आन्दोलनले विकासमा अवरोध पुर्‍याउन सक्छ, त्यसतर्फ पनि सरकारले हेर्नुपर्ने अवस्था छ,’ मन्त्री खड्काले भने।

उनले मुलुक निर्माणमा सरकार पक्ष वा विपक्ष सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने भएकाले सबैले सघाउनुपर्ने बेला आएको बताए। मन्त्री खड्काले ऐन संशोधनजस्ता विषयहरू कानुनी प्रक्रिया भएकाले ढिलो हुन सक्ने भएकाले विगतमा भएका सहमति कार्यान्वयनको प्रयासमा सरकार गम्भीर रहेको स्पष्ट पारे।

वार्ता र छलफल नै समस्या समाधानको एकमात्र उपाय हो, शिक्षकहरूको आन्दोलन जायज भए पनि सडक आन्दोलनको अवस्थामा गणतन्त्र विरोधी शक्तिहरूले फाइदा उठाउन सक्ने सम्भावनालाई आन्दोलनरत पक्षले पनि विचार गर्नुपर्ने उनको भनाइ थियो।

मन्त्री खड्काले आन्दोलनका कारण विद्यार्थीहरू शिक्षाबाट वञ्चित नहोस् भन्ने चिन्तामा सरकार रहेको बताए। आन्दोलनलाई वार्तामार्फत समाधान गर्न आन्दोलनरत पक्षलाई उनले आग्रह गरे।

नेपाल शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष तेजप्रसाद चौलागाईंले शिक्षकहरूको मागलाई सरकारले बेवास्ता गर्न नहुने भन्दै मन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराए। उनले २० दिनदेखि शिक्षकहरू मर्यादित तरिकाले सडक संघर्षमा रहेको भन्दै सरकार गम्भीर हुनुपर्ने बताए।


सामाग्री श्रोत :

शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ: ऊर्जामन्त्री खड्का

काठमाडौँ । नेपालको अटोमोबाइल बजारमा पछिल्लो समय विद्युतीय सवारी साधनहरूप्रति आकर्षण तीव्र रूपमा बढ्दै गएको छ । यही मागलाई सम्बोधन गर्न विभिन्न वितरक कम्पनीहरूले नेपाली बजारमा नयाँ–नयाँ ईभी मोडेलहरू सार्वजनिक गरिरहेका छन् । लग्जरीदेखि बजेट सेग्मेन्टसम्मका यी विद्युतीय गाडीबिच अत्याधुनिक प्रविधि, उच्च सुरक्षा विशेषता, लामो रेन्ज र स्मार्ट फिचरहरूमा प्रतिस्पर्धा छ । पानारोमिक सनरुफ, एडभान्स ड्राइभिङ असिस्ट सिस्टम, फास्ट चार्जिङ, मल्टिजोन क्लाइमेट कन्ट्रोल, स्मार्ट इनफोटेन्मेन्ट सिस्टमजस्ता सुविधा बोकेर आएका यी गाडीहरूले नेपाली उपभोक्तालाई ईभीको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य लिएका छन् । पछिल्लो एक वर्षमा अर्थात् २०८१ सालमा सार्वजनिक भएका ईभीहरूको सूची मूल्य, रेन्ज, ब्याट्री क्षमता, मोटर पावर, विशेष फिचर लगायत अन्य विवरणसहितको जानकारी यहाँ उल्लेख छ । 

जिकर एक्स 

नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटो कर्पले जिकर एक्सका दुई भेरियन्ट नेपाल भित्र्याएको हो । जिकर चीनको जिली होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्रान्ड हो ।

 

दिपल एल ०७ 

नाडा अटो शो २०२४ प्रदर्शन गरिएको दिपल एल ०७ चिनियाँ कम्पनी चाङ्गनको उत्पादन हो । नेपालमा चाङ्गनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले यो गाडी भित्र्याएको हो । 

टाटा पन्च ईभी 

टाटा पन्च ईभी पूर्ण विद्युतीय प्लेटफर्ममा बनेको एसयूभी कार हो । टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले पन्च ईभी नेपाल भित्र्याएको हाे ।

केई एक्स-३ प्रो 

नेपाली बजारमा केई मोटर्सको इलेक्ट्रिक एसयूभी ‘एक्स-३ प्रो’ केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी प्रालिले नेपाल भित्र्याएको हो । 

आयोन वाई ईभी

नेपाली बजारमा चिनियाँ ईभी ब्राण्ड ‘आयोन’ जीएसी मोटर्सको यस ब्राण्डलाई चौधरी ग्रुपले नेपाली बजारमा ल्याएको हो । यसै अनुरूप आयोन वाई ईभी पनि नेपाली बजारमा आएको हो । 

सिट्रोन ईसीथ्री शाइन 

नेपाली बजारमा फ्रान्सेली ब्रान्ड सिट्रोनको यो मोडेल कम्पनीको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले भित्र्याएको हो ।  

महिन्द्रा एक्सयूभी ४०० ईएल

चर्चित ब्रान्ड महिन्द्राको यो विद्युतीय गाडी अग्नि मोटर्सले नेपाल भित्र्याएको हो ।

बीएमडब्लू आई एक्स वन ईड्राइभ २० 

लक्जरी ब्रान्ड बीएमडब्लूको नेपालस्थित आधिकारिक आयातकर्ता एवं डिलर लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्लू आई एक्स वन ( BMW iX1) अन्तर्गतकाे भेरियन्ट बीएमडब्लू आई एक्स वन ईड्राइभ २० ( BMW iX1 eDrive20) नेपाल भित्र्याएको हो । 

स्काइवेल ईटी फाइभ

नेपालमा स्काइवेलको प्रिमियम ईभी ईटी फाइभ जी मोटर्स प्रालिले भित्र्याएको हो ।

क्रेटा ईभी 

हुन्डाईको बहुप्रतिक्षित क्रेटा ईभी हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भित्र्याएको हो । 

रिड्डारा आरडी सिक्स

नेपालमा पूर्ण विद्युतीय पिकअप ट्रक ‘रिड्डारा आरडी सिक्स’ सीजी मोटर्सले भित्र्याएको हो । 

प्रोटोन ई मास सेभेन

नेपालमा प्रोटोनको पहिलो विद्युतीय गाडी ‘प्रोटोन ई.मास ७’ (Proton e.MAS7) जगदम्बा मोटर्सले भित्र्याएको हो ।    

एमजी एस फाइभ

नेपाली बजारमा ‘एमजी एस फाइभ’ पारामाउन्ट मोटर्सले भित्र्याएको हो ।

लिपमोटर टी ०३

साङ्ग्रिला मोटर्स प्रालिले नेपाली बजारमा लिपमोटर टी०३ भित्र्याएको हो । 

एलईभी ०१

चीनको अटो पार्ट्स उत्पादक साङ्घाई लन्चको सहायक कम्पनी एलएस अटोले नेपाली बजारमा ‘एलएस एलईभी ०१’ (LEV 01) भित्र्याएको हो । 

टाटा कर्भ ईभी 

सिप्रदी ट्रेडिङ प्रालिले टाटा कर्भ ईभी नेपाली बजारमा भित्र्याएको हो । 

दीपल ई-०७ 

एमएडब्लू वृद्धिले ‘ई-०७’ मोडेलको लक्जरी ईभी नेपाली बजारमा भित्र्याएको हो । 

आयन भी

सीजी मोटर्सले जीएसी ब्रान्डको आयन भी (Aion V) मोडेल नेपाली बजारमा भित्र्याएको हो । 

दीपल एस०७ एल 

जीएसई

सौर्य अटोमोबाइल्सले जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेहिकल कम्पनी लिमिटेड (जेएमईभी) को प्रिमियम गाडी जीएसई (GSE) भित्र्याएको हो । 

बीवाईडी एम सिक्स

बीवाईडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंकले मल्टिपर्पोज भेहिकल एम-सिक्स नेपाल भित्र्याएको हो । 

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १६:२६





सामाग्री श्रोत :
टेक पाना

सुर्खेत–वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि यरिचोक तनावग्रस्त बनेको छ।

‎मृतकका आफन्तहरुले उचित क्षतिपुर्ति र गाडी चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। 

Ncell 2
Ncell 2

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार ‎आइतबार बिहान कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीको ठक्करबाट टाउकोमा चोट लागी गम्भीर घाइते भएका जुम्लाको हिमा गाउँपालिकाका ५५ वर्षीय कालीबहादुर  बुढाको उपचारको क्रममा मृत्यु भएको हो।

shivam cement
shivam cement

आइतबार सामान्य आन्दोलन गरेका मृतक परिवारले सोमबार यरिचोकमा सडक बन्द नै गरेर प्रदर्शन गरिरहेका छन्।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट