

काठमाडौँ – गत चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–५ घर भएका ४८ वर्षीय ओम प्रकाश लुइँटेल रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ।
तीनकुने स्थित खुल्ला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ द्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा लुइँटेलले निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको खुलेको प्रहरी उपरीक्षक बोहराको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

भजनी (कैलाली)। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भौतिक संरचना निर्माणसँगै त्यसको सदुपयोग र संरक्षण आवश्यक पर्नेमा जोड दिएका छन्।
कैलालीको टीकापुर नगरपालिका–७ स्थित बहुउद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थलको भवन उद्घाटन गर्दै उनले निर्माण भएका संरचना सदुपयोगसहित संरक्षण गर्नु सबैको दायित्व भएको बताए।
उनले करोडौँ रकम खर्च गरेर संरचनाबिना योजना निर्माण हुँदा त्यसबाट राज्यको ठूलो रकम दुरुपयोग हुने गरेको बताए। ‘योजना बनाउँदा आवश्यकतालाई ध्यान दिन जरुरी हुन्छ’, उनले भने, ‘अनावश्यक क्षेत्रमा बढी रकम खर्च हुँदा आवश्यकताका आधारमा बनेका संरचनाबाट पनि नागरिक सन्तुष्ट हुन सक्ने स्थिति छैन।’
आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले भवन तथा पूर्वाधार निर्माण तथा विकास योजनामा औचित्य पुष्टि नभए प्राथमिकतामा नराख्ने मुख्यमन्त्री शाहले उल्लेख गरे। ‘योजनाको औचित्य पुष्टि भए मात्र प्रदेश सरकारले प्राथमिकतामा राख्ने छ’, उनले भने, ‘बनेका योजना संरक्षणको जिम्मेवारी कसले लिने र त्यसको उपयोग हुने भएपछि बजेटको सुनिश्चितता गर्ने नीति लिएका छौँ।’
विश्वभर आर्थिक मन्दी रहेको बताउँदै मुख्यमन्त्री शाहले आवको बजेट रु दुई–तीन अर्ब घटेर आउन सक्ने आँकलन गरे। ‘बजेटका स्रोतहरू घट्दै जाँदा हाम्रा आवश्यकता बढ्दै गएका छन्। यो एकदम चुनौतीपूर्ण स्थिति पनि हो’, उनले भने, ‘यो चुनौतीलाई सामना गर्न सबै विकास साझेदारहरूको एकता आवश्यक छ।’
देशको विकासमा अन्तरराष्ट्रियस्तरको सहयोग निरन्तर हुने अपेक्षा गर्दै मुख्यमन्त्री शाहले सुदुरपश्चिम प्रदेशका तराईका जिल्लामा बाढी र डुबानको उच्च जोखिम रहेकाले पूर्वतयारीसहित सावधानी अपनाउन सबैलाई अनुरोध गरे। उनका अनुसार पहाडी जिल्लामा सबैभन्दा बढी जोखिम भूकम्पको छ।
परराष्ट्र मन्त्रालय जापान र वल्र्ड भिजन जापानको आर्थिक सहयोग, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी)को साझेदारीमा सञ्चालित समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजनाअन्तर्गत रु एक करोड २१ लाख ८१ हजार नौ सय २९ मा उक्त भवन निर्माण गरिएको हो। बाढीको उच्च जोखिम रहेको सो क्षेत्रमा बाढी आएमा सोही भवनमा आश्रय लिन सकिने छ भने अन्य विपद्को समयमा पनि भवन प्रयोगमा ल्याउन सकिने छ।
सामाग्री श्रोत :
काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा पेस्तोलसहितको हातहतियार प्रदर्शन गरी समाजमा डर त्रास फैलाएको आरोपमा एक जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोदन गाउँपालिका वडा-६ महादेव बस्ने २१ वर्षीय रघुबन्द यादव रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीका अनुसार यादवले आफ्नो टिकटक अकाउन्टमा पेस्तोलसहितको हातहतियार प्रदर्शन गरेको भिडिओ पोस्ट गरेका थिए । त्यस्तो भिडिओ राखी समाजमा डर त्रास फैलाएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकडी, कपिलवस्तुबाट विशेष टोली खटिएको थियो ।
उक्त टोलीले आरोपित यादवलाई शनिबार बेलुका ६ बजे मायादेवी गाउँपालिका वडा नं. १, पकडीमा रहेको मायादेवी होटेलबाट नियन्त्रणमा लिएको हो । डीएसपी अधिकारीका अनुसार आरोपित यावदलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि जिप्रका कपिलवस्तु ल्याइएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धानको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १७:१८
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – सर्वोच्च अदालतले दुर्गा प्रसाईँ सञ्चालक रहेको दुईवटा अस्पतालको रोक्का खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ।
गत चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनपछि आन्दोलनका कमाण्डर तोकिएका प्रसाईँ प्रहार भएपछि उनकोको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरेकोमा सर्वोच्च अदालतले रोक्का गरिएका बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो।
आन्दोलनका क्रममा दुई जनाको ज्यान गएको थियो भने सरकारी गाडीसहित निजी घरहरुमा आगजनी र तोडफोड तथा सरकारी भएको थियो। यस्तै जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा पनि तोडफोड र आगजनी भएको थियो।
तीनकुने घटनापछि फरार प्रसाईँको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरिएको थियो। खाता रोक्कापछि वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र र्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको तर्फबाट डा अञ्जली कार्कीले छुट्टाछुट्टै दुईवटा रिट दायर गरेकी थिइन्।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ।
डा.कार्कीले छुट्टाछुट्टै रिटमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटसहित १८ र १४ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा खाता रोक्का गर्ने विपक्षीका नाममा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।
आन्दोलनका क्रममा एक पत्रकार र एक सर्वसाधरण गरेर २ जनाको ज्यान गएको थियो भने सरकारी गाडीसहित निजी घरमा आगजनी र तोडफोड भएको थियो। यस्तै नेकपा (एकीकृत समाजवादी)को कार्यालय तथा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा पनि तोडफोड र आगजनी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

सिरहा। सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते जालसाजी मुद्दामा पक्राउ परेका छन्।
साहले वर्तमान वडाध्यक्ष सुरेशकुमार यादवको हस्ताक्षर र वडा कार्यालयको छाप किर्ते गरेको आरोपमा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
उनका अनुसार विसं २०८० माघ १९ मा वडाध्यक्ष यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छापसमेत किर्ते गरी पूर्वअध्यक्षले चार किल्ला सिफारिस बनाएको भन्दै उजुरी परेको थियो। अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साह विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाँउपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए। पछि विसं २०७९ को निर्वाचनमा एमालेबाट नवराजपुर गाउँपालिका अध्यक्षमा चुनाव लडेर पराजित भएका थिए।
सामाग्री श्रोत :
काठमाडौँ । एक व्यक्तिले आफ्नो चोरी भएको आईफोनको डेटा रिकभर गर्न सहयोग नगरेको भन्दै एप्पल कम्पनीविरुद्ध ५० लाख अमेरिकी डलर (करिब ६८ करोड रुपैयाँ) क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेका छन् । अमेरिकाको मिन्नेसोटाका माइकल म्याथ्युज नामक ती व्यक्तिले आफ्नो आईफोन एरिजोनाको स्कट्सडेलमा चोरी भएपछि ठुलो समस्यामा परेको बताएका छन् ।
उनको फोनमा करिब २ टेराबाइट बराबरको महत्त्वपूर्ण डेटा रहेको थियो, जसमा पारिवारिक फोटोहरू, सङ्गीत, कर विवरण र कामसँग सम्बन्धित अनुसन्धान समेत समावेश थिए । ती व्यक्तिले उक्त डेटा आफ्नो सम्पूर्ण डिजिटल जीवन रहेको बताएका छन् । फोन हराएपछि आफ्नो प्राविधिक परामर्श फर्म नै बन्द गर्नुपरेको दाबी उनले गरेका छन् ।
म्याथ्युजले एप्पललाई उक्त आईफोन आफ्नो भएको प्रमाण देखाउँदा पनि कम्पनीले डेटा रिकभर गर्न कुनै सहयोग नगरेको आरोप लगाएका छन् । विशेषगरी, एड्भान्स डेटा प्रोटेक्सन (ADP) मा रहेको रिकभरी की (Recovery Key) रिसेट गर्न एप्पलले अस्वीकार गरेको उनको भनाइ छ । यो रिकभरी की २५ अङ्कको हुन्छ, जुन अकाउन्टको पासवर्ड रिसेट गर्न र अकाउन्ट रिकभर गर्न प्रयोग गरिन्छ । एप्पलले प्रयोगकर्ताहरूलाई यो की सुरक्षित राख्न सुझाव दिने गरेको छ ।
समस्या तब आयो, जब चोरले सम्भवतः उनको फोनको पासकोड थाहा पाएर एप्पल आईडीको पासवर्ड परिवर्तन गरिदियो । यति मात्र नभई, चोरलाई पासोड थाहा भएको खण्डमा उसले एडीपी एक्टिभ गरेर नयाँ रिकभरी की बनाउन वा भएको की परिवर्तन गर्न सक्ने सम्भावना पनि रहन्छ ।
यस्तो अवस्थामा अकाउन्ट रिकभर गर्न असम्भव हुन्छ । एड्भान्स्ड डेटा प्रोटेक्सन नभएको अवस्थामा एप्पलले इन्क्रिप्टेड डेटा रिकभर गर्न सक्ने दाबी मुद्दामा गरिएको छ । किनकि एप्पलसँग प्रयोगकर्ताको डिभाइस र आईक्लाउड बीचको इन्क्रिप्सन कीको कपी हुन्छ । तर एडीपी एक्टिभ भएपछि रिकभरी की बिना डेटा रिकभर गर्न सकिँदैन ।
म्याथ्युजका वकिल के जोन ब्रेयरले एप्पलले आफूसँग भएको डेटा दिन अस्वीकार गर्नु ‘अक्षम्य’ भएको बताएका छन् । म्याथ्युजले एप्पलसँग आफ्नो डेटामा पहुँच दिनुका साथै कम्तीमा ५० लाख डलर क्षतिपूर्ति माग गरेका छन् ।
यस विषयमा एप्पलले कुनै प्रतिक्रिया नदिए पनि, एक रिपोर्टमा कम्पनीले अपराधको शिकार भएकाहरूप्रति सहानुभूति व्यक्त गरेको र प्रयोगकर्तामाथि हुने सबै आक्रमणहरूलाई गम्भीरतापूर्वक लिने बताएको छ । यो मुद्दा अहिले अनुसन्धानको चरणमा प्रवेश गरेको छ, जसमा ६ देखि ८ महिनासम्म लाग्न सक्ने एप्पल इन्साइडरले उल्लेख गरेको छ । यस मुद्दाले चोरी भएका उपकरणहरूको डेटा ह्यान्डल गर्ने एप्पलको तरिकामाथि प्रश्न उठाएको छ । यदि मुद्दाले गति लियो भने, एप्पलले आफ्ना ग्राहकहरूलाई यस्तो अवस्थामा सहयोग गर्ने नीतिमा पुनर्विचार गर्नुपर्ने हुन सक्छ ।
यद्यपि, प्रयोगकर्ताहरूले आफ्नो डेटाको नियमित ब्याकअप लिने कुरामा ध्यान दिनु महत्त्वपूर्ण छ । एप्पलले हराएको वा चोरी भएको फोन लक गर्न “Find My” जस्ता सुरक्षा सुविधाहरू प्रदान गरे पनि, यदि चोर जानकार छ भने यी सुरक्षालाई सजिलै बाइपास गर्न सक्छ । कतिपय अवस्थामा चोरले रिकभरी ईमेलहरू परिवर्तन गर्न र पासवर्ड रिसेट गर्न सक्छ, जसले गर्दा वास्तविक प्रयोगकर्ता आफ्नै अकाउन्टबाट बाहिरिन बाध्य हुन्छ ।
यदि प्रयोगकर्ताले आफ्नो डेटा आईक्लाउडमा ब्याकअप गरेको छैन भने, अवस्था अझ गम्भीर हुन सक्छ । र एप्पलले गोपनीयताको कारण देखाउँदै हराएको डेटा फिर्ता गर्दैन ।
पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १९:५६
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाल ल क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुका समिर रिजाल सभापतिमा निर्वाचित भएका छन् ।
विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै रिजाल विजयी भएका हुन् । सोमबार भएको निर्वाचनमा १६५३ मत खसेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
जोमसोम- मुस्ताङ प्रादेशिक अस्पतालका चिकित्सकको टोलीले गम्भीर अवस्थामा अस्पताल पुर्याइएका आमा र शिशुको ज्यान जोगाउन सफल भएका छन्। जिल्लाको लोमाङथाङबाट १९ घण्टा लामो जोखिमपूर्ण यात्रा गर्दै साँझ ६ बजे अस्पतालमा आइपुगेका आमा र शिशुको रातभरी उपचार सेवा दिएर ज्यान जोगाउन सफल भएका हुन्। ‘ती ३० वर्षीया महिलाको अवस्था अस्पताल पुग्दासम्म अति नै गम्भीर भइसकेको थियो। वैशाख ६ गते राति १ बजे घरमै दोस्रो सन्तानको रूपमा छोरी जन्माएकी ती महिलाको प्रसवपछि साल (प्लासेन्टा) ननिस्किँदा अत्यधिक रक्तस्राव भएको थियो,’ अस्पतालका डा विशाल सापकोटाले भने।हाइपोभोलिमिक शकमा अर्धचेत अवस्थामा ती महिला अस्पताल आइपुगेकी थिइन्। जाँच गर्दा गर्भाशयमा चिप्किएको साल र गर्भाशयको मुखमा चिरा पाइएको थियो। डा सापकोटाको नेतृत्वमा डा. समिक्षा कँडेल, डा. विसर्जन नेपाली, डा. अशोक चपाई, एनेस्थेसिया सहायक बालकुमारी राना, स्टाफ नर्स दिव्या जिसी, सुधा पौडेल, संगिता थापा तथा स्वास्थ्य सहायक कुशल नेपाली सम्मिलित टोलीले तुरुन्तै उपचार सुरु गरेका थिए। तत्काल हातले साल निकाल्ने प्रक्रिया सुरु गरिएको थियो। ‘स्लाइड र स्वाइप’ म्यानुभर अपनाउँदै सावधानीपूर्वक गर्भाशयबाट साल निकालिएको डा सापकोटा बताउँछन्। ‘त्यसपछि गर्भाशयको चिरा सिउने कार्य पनि सफलतापूर्वक सम्पन्न गरियो। सम्पूर्ण प्रक्रिया रातको ९ बजेसम्म सम्पन्न गरिएको थियो। प्रारम्भिक रक्त परीक्षणमा रगतको मात्रा मात्र ५ जीएम/डीएल देखिएपछि तुरुन्तै २ पोका ए पोजिटिभ रगतको आवश्यकता भयो,’ उनले भने। राति १२ बजे रक्तदान सुरु भई ३ बजेसम्म रगत चढाइएको उनले बताए। हालको अवस्था स्थिर अवस्थामा रहेको उनले बताएका छन्। त्यस्तै बच्चाको पनि याकको रौँबाट बनाइएको धागो र घरेलु चक्कुको प्रयोग गरी नवजात शिशुको गर्भनाल काटिएको पाइएको थियो। जुन चिकित्सकीय दृष्टिले जोखिमपूर्ण भएपनि तत्कालका लागि विकल्पहीन उपाय अपनाइएको थियो। आमाले स्तनपान गराउन नसकेपछि स्थानीय महिलाहरूले तताएको घिउ खुवाएएर शिशुलाई अलमल्याएका थिए। भोलिपल्ट अस्पताल आउने क्रममा पनि ओटको पिठोमा घिउ मिसाएर खुवाइएको थियो। ‘त्यसपछि आश्चर्यजनक रूपमा शिशुमा न त डिहाइड्रेशन (शरीरमा पानीको कमी) देखियो, न त हाइपोग्लाइसेमिया (रगतमा चिनीको अत्यधिक कमी), जुन यस्तो अवस्थामा असामान्य मानिन्छ,’ उनले भने। त्यसपछि चिकित्सकले गरेको उपचारका कारण नवजात शिशु र आमा दुवैको अवस्था सामान्य रहेको छ। डा. सापकोटा भन्छन्, ‘रातको अत्यन्त संवेदनशील समयमा सही निर्णय र समन्वयले दुईवटा जीवन बचाउन सक्यौं। त्यो रात हामी कहिल्यै बिर्सन सक्दैनौं।’साल ननिस्किने समस्या ग्रामीण क्षेत्रमा आमाको मृत्युको प्रमुख कारण हो। हातले साल निकाल्ने प्रक्रिया अत्यन्त संवेदनशील प्रक्रिया हो, जसका लागि दक्ष चिकित्सकको आवश्यक पर्छ। रक्त परीक्षण, क्रस म्याचिङ तथा आपतकालीन रक्तदानमा ल्याब टेक्निसियन अनिता थापाले गरिन्। रक्तदाता पनि अस्पताल फार्मेसी सहायक दीपक कुमार खत्री र अस्पताल नेत्र सहायक विज्ञान श्रेष्ठ रहेका छन्। उनीहरुको योगदानका लागि सापकोटा धन्यवाद दिन्छन्।‘तत्काल रगत दिने व्यक्ति सधैं उपलब्ध हुँदैन,’ डा. सापकोटा भन्छन्, ‘मुस्ताङमा दीर्घकालीन समाधानका लागि ब्लड बैंकको आवश्यकता छ।’हाल जोमसोम अस्पतालमा हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिस लगायतका शल्यक्रिया सेवा पनि उपलब्ध छन्। तर भवन निर्माण अधुरो, जनशक्ति र पूर्वाधारको अभाव जस्ता चुनौतीबीच अस्पतालले सेवा दिइरहेको छ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल विजयी भएका छन्।
सोमबार भएको निर्वाचनमा विपक्षी नेविसङ्घका मोहम्मद प्रवेजलाई पराजित गर्दै उनी सभापतिमा विजयी भएका हुन्। समिरले ८७१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी प्रवेजले ७५७ मत पाए।
त्यस्तै सचिवमा नेविसंघका ८२९ मत सहित मनमोहन भट्ट विजयी भएका छन्। कोषाध्यक्षमा पनि नेविसंघकै विधिशा मिश्रा ८६४ मतसहित विजयी भएकी छन्।
सामाग्री श्रोत :
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल विजयी
काठमाडौँ । नागरिक एपबाटै ट्राफिक प्रहरीको सचेतना कक्षा लिन मिल्ने अर्को सातादेखि सुरु हुने भएको छ । यो सुविधा १९ वैशाखमा परेको राष्ट्रिय सूचना प्रविधि दिवस पारेर सञ्चालनमा आउने जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय निकट स्रोतले जानकारी दिएको हो ।
यसका लागि आवश्यक प्राविधिक परीक्षण समेत सम्पन्न भइसकेको नागरिक एपका एक अधिकारीले बताए । नेपाल प्रहरी, नागरिक एप र ज्ञान बजार प्रालिको सहकार्यमा तयार भएको यो सिस्टम एआईमा आधारित रहेको छ । नागरिक एपमा अनलाइन कक्षा लाइभ गर्न सकिने गरी अपडेट पठाइ सकिएको र उद्घाटन हुने बित्तिकै लाइभ हुने बताइएको छ ।
सेवा सुरु भए पश्चात् नागरिक एपका साथै ज्ञान बजारको र नेपाल प्रहरीको एपबाट समेत सो कक्षा लिन सकिनेछ । सम्बन्धित व्यक्तिको भेरिफिकेसनको काम नागरिक एपले गर्नेछ । जसका लागि व्यक्तिको नाम र मोबाइल नम्बर नागरिक एपबाट भेरिफाई हुने व्यवस्था मिलाइएको छ । ट्राफिक नियम उलङ्घन तथा चिट नम्बर भने नेपाल प्रहरीको सिस्टमबाट लिइनेछ ।
यो सफ्टवेयर सिस्टममा रहेको एआई डिटेक्सन प्रविधिले ६० सेकेन्डभन्दा बढी समय अनलाइन कक्षामा नदेखिए आफैँ यकिन गर्न सक्छ । साथै असम्बन्धित व्यक्ति बसेको कुरा समेत यसबाट पहिचान हुने बताइएको छ । ट्राफिक चेकजाँचका क्रममा सवारी चालक अनुमतिपत्र साथमा नभए पनि नागरिक एपमा रहेको लाइसेन्स देखाए पुग्ने व्यवस्था यस अघि नै कार्यान्वयनमा आइसकेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ २०:१०
सामाग्री श्रोत :
टेक पाना









