
काठमाडौं- शुक्रबारदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा (बीपीकेआईएचएस) धरानमा ‘सिम्फोसिएम कम टक शो’ सुरु हुँदैछ। दुई दिन चल्ने शोको आयोजना परिक्रमा विद्यार्थी परिवारले गरेको भने सहयोग स्टुडेन्ट वेलफेयर सोसाइटी एवं जुनिएर वेलफेयर सोसाइटीले गरेका छन्।
दुई दिन चल्ने कार्यक्रम शुक्रबार दिउसो १२ बजेदेखि सुरु हुनेछ। पहिलो दिन उद्घाटन सत्रका साथै दुईवटा संवाद कार्यक्रम रहेका छन्। पहिलो संवाद सत्रमा ‘डिजिटल वेलबिङ: द इम्प्याक्ट अफ सोसल मिडिया अन मेन्टल हेल्थ’ रहनेछ। यसैगरी दोस्रो सेसनमा ‘ब्यालेन्स फ्रिडम स्पिच एन्ड कम्युनिटी सेन्टिमेन्टस् : ह्वेर सुड वी ड्र द लाइन’ रहनेछन्।
दोस्रो दिन ९ :१० बाट कार्यक्रम सुरु हुनेछ। केही प्रस्तुतिपछि पहिलो सत्र सेफगार्डिङ हेल्थ केयर : द इम्प्याक्ट अफ एब्युज वर्कर, हेल्थकेयर सिस्टम एन्ड फ्युचर वर्कफोर्स’ हुनेछ। त्यसपछि दोस्रो सेसन ‘चेजिङ ड्रिम्स : च्यालेन्ज एन्ड अपरच्युनिट्स इन कन्ट्री लाइक आवर्स’ रहनेछ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति मंगल रावल, लेखक केदार शर्मा, गणेश लाठ, भूषिता वशिष्ठ, कमेडियन आदर्श कुमार मिश्र, गायिका लोचन भट्टराई, कन्चन राई घुमन्ते, चिकित्सक, पत्रकार र अन्य विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व रहने आयोजकले जनाएको छ।
यस्तो छ कार्यक्रम तालिका
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। गर्मीमा हाम्रो छालालाई थप हेरचाह चाहिन्छ। किनभने यस मौसममा बढ्दो तापक्रम, आर्द्रता र सूर्यको हानिकारक किरणका कारण छालामा क्षति पुग्न सक्छ।
यस बाहेक गर्मीमा धेरै पसिना आउँछ, जसका कारण छाला तैलीय हुन सक्छ। यसका कारण प्वालहरू अवरुद्ध हुन्छन् र पिम्पलको समस्या बढ्न सक्छ। साथै, डिहाइड्रेसनका कारण छाला सुख्खा र निर्जीव देखिन थाल्छ।
कडा घामका कारण तालिम लिनु पनि सामान्य कुरा हो। तर, यो मौसममा छालामा स साना दाग र गर्मी हुने जस्ता समस्याले पनि धेरैलाई सताएको हुन्छ। यस्तो अवस्थामा गर्मीमा छालालाई स्वस्थ र चम्किलो बनाउन के-कस्ता कुरामा ध्यान दिनुपर्छ, आउनुहोस् जानौं।
गर्मीमा, कडा घाम, पसिना र धुलोले छालालाई हानि पुर्याउँछ। विशेषगरी तैलीय छाला भएका मानिसहरूलाई यो मौसममा पसिना आउने र अनुहारमा अतिरिक्त तेलका कारण डन्डीफोरको समस्या बढी हुन सक्छ । यस्तो अवस्थामा दिनमा दुई पटक माइल्ड फेसवाशले अनुहार धुनुपर्छ र जेलमा आधारित मोइस्चराइजर प्रयोग गर्नुपर्छ। यसबाहेक गर्मीमा पनि छाला धेरै सुख्खा रहने व्यक्तिहरूले क्रिमी क्लिन्जर र हाइड्रेटिंग मोइस्चराइजर प्रयोग गर्नुपर्छ।
छालाको प्रकार जस्तोसुकै भए पनि, सबैले सूर्यको प्रत्यक्ष किरणबाट जोगिनै पर्छ र बाहिर जाँदा छाता वा स्कार्फ प्रयोग गर्नुपर्छ। यसबाहेक सनस्क्रिन लगाउनु पर्छ। यदि कसैलाई छालामा लगातार जलन, चिलाउने वा रातो हुने समस्या छ भने छाला विशेषज्ञसँग परामर्श लिनुहोस्। गर्मीमा आफ्नो छालालाई स्वस्थ र चम्किलो बनाउन विज्ञहरूले दिएका यी टिप्सहरू पालना गर्नुपर्छ।
छाला हेरचाह गर्ने क्रिमहरू
मौसम जुनसुकै होस्, तपाईंले सधैँ आफ्नो छालाको प्रकार अनुसार सही छाला हेरचाह उत्पादनहरू छनौट गर्नुपर्छ। हल्का तौल जेल वा पानी आधारित मोइस्चराइजर तैलीय छाला भएकाहरूका लागि उपयुक्त हुनेछ। यसका साथसाथै सनस्क्रिन लगाउनु पनि निकै जरुरी छ । यदि छाला सुख्खा छ भने क्रीम वा उत्तम मोइस्चराइजर प्रयोग गर्न सकिन्छ।
सही आहार
गर्मीमा अत्याधिक पसिना आउनुका कारण शरीरमा पानीको कमी हुन सक्छ, जसका कारण छाला निलो देखिन थाल्छ। यस्तो अवस्थामा शरीरको आवश्यकता अनुसार सही मात्रामा पानी पिउनु पर्छ । जसले गर्दा शरीर हाइड्रेटेड रहन्छ।
यसबाहेक, तपाईंले आफ्नो आहारमा कागती, नरिवल पानी र तरबूजा जस्ता पानी युक्त खानेकुराहरू समावेश गर्न सक्नुहुन्छ। यसका साथै ओमेगा-३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट, भिटामिन सी, ए र ई पाइने खानेकुरा छालाका लागि फाइदाजनक हुन्छ।
चर्को घाममा बाहिर ननिस्कने
दिउँसो घाम निकै चर्को हुन्छ । त्यसैले यस समयमा बाहिर ननिस्कनु होस्। अत्यावश्यक काम भए मात्र बाहिर निस्कने । जाँदा स्कार्फ वा छाता प्रयोग गर्न सक्नु हुन्छ। कडा घाममा बाहिर निस्कँदा छाला छोपेर घामको हानिकारक पराबैंगनी किरणबाट जोगाउन सकिन्छ र टेनिङको समस्याबाट पनि टाढा रहन सकिन्छ ।
सामाग्री श्रोत :
गर्मीमा छालाको सुरक्षा कसरी गर्ने भन्नेमा सबैको चासो र चिन्ता रहन्छ। गर्मीमा छालामा बढी पसिना आउने तथा धुँवाधुलोले छालालाई असर गरिरहेको हुन्छ। गर्मीमा चिल्लोपना बढी हुने गर्छ। गर्मीमा छालामा बढी फोहोर हुने भएकोले जाडोको तुलनामा बढी छालालाई स्याहार आवश्यक पर्ने गर्छ।
छालाको स्याहारका लागि मर्निङ रुटिन
गर्मीमा सनक्रिमको छनोट गर्दा विशेष ध्यान दिनुपर्छ। घाम तथा गर्मीको असर धेरै हुँदा गर्मीमा सनक्रिम बढी लगाउनुपर्छ। त्यस्तै मोबाइल तथा कम्युटर लाइटमा काम गर्नेहरुलाई पनि सनक्रिमको प्रयोग झनै बढी आवश्यक हुन्छ। यतिबेला च्यापच्याप हुने खालको क्रिमको प्रयोग गर्नु राम्रो मानिदैन।
चिल्लो छाला छ भने जेल र सुख्खा छ भने लोसन बेसको सनक्रिमको प्रयोग राम्रो मानिन्छ। प्राय: ननड्राई फेसवासको प्रयोग राम्रो मानिन्छ। चिल्लो छालामा नन ड्राई फेसवासको प्रयोग राम्रो मानिन्छ। सुख्खा छालामा ओएल बेस फेसवासको प्रयोग गर्नुपर्ने हुन्छ। त्यस्तै गर्भवती तथा संवेदनशील छाला भएकाहरुले मिन्नरल बेस सनक्रिमको प्रयोग गर्नु राम्रो मानिन्छ।
फेसवासका साथै मोस्चराइजर पनि गर्मीमा महिनामा छालाको प्रकृतिअनुसार भिन्नै नै हुन्छ। चिल्लो छाला हुनेहरुले जेल बेस मोस्चराइजरको प्रयोग गर्नुपर्छ।त्यस्तै सुख्खा छालाका लागि लोसन बेस मोस्चराइजरको प्रयोग गर्नुपर्छ। प्राय साँझमा छालाको प्रकृतिअनुसारको फेसवासको प्रयोगले मुख धुनु अनिवार्य नै हुन्छ।
गर्मीमा छालामा हुने मुख्य समस्या
गर्मीमा छालामा हुने मुख्य समस्यालाई ३ प्रकारमा वर्गीकरण गरिन्छ। संक्रमणका कारण हुने समस्या ब्याक्टेरिया,पाक्ने पिलो आउने, ढाड तथा गालामा डन्डीफोर बढ्ने रोग।
फंगस जसलाई छालाको ढुसी पनि भनिन्छ। गोडाको काप,पैतालामा,तथा शरीरको च्याप च्यापमा यस्तो हुन्छ । बाफिएर पसिना धेरै आएर तथा गुम्सिएर यस्तो हुन्छ । जसलाई फंगल इन्फेक्सन पनि भनिन्छ। भाइरसका हुने समस्या मौसम परिवर्तनसँगै विभिन्न रोगहरु दादुरा,ठेउला लगायतका रोग ।
कटनको हावा छिर्ने कपडाको प्रयोग
गगर्मीमा यौनांग तथा गोडाको काँपकाँपमा फंगल इन्फेक्सन बढ्दै जान्छ। त्यसकारण कटनको हावा छिर्ने खालका कपडाहरुको प्रयोग गर्नुपर्ने हुन्छ। गर्मीमा नुहाउदा धेरै तातो पानीको प्रयोग गर्नुहुँदैन । नुहाइसकेपछि लोसनको प्रयोग गर्नुपर्छ। कपालमा हेयर ट्रिटमेन्टको प्रयोग राम्रो हुन्छ। दीर्घरोग लागेका बिरामीहरुमा कपााल झर्ने समस्या बढी हुनसक्छ । त्यस्तो समस्या भएकाहरुले कपालको स्याहारका लागि भिटामिन तथा सिरमहरुको प्रयोग गर्नुपर्छ।
गर्मीमा छालाको समस्याबाट कसरी जोगिने ?
खानामा भिटामिन सी, र भिटामिन ई प्रयोग गर्ने ।
अम्लीय फलपुल तथा खानेकुराको प्रयोग गर्ने ।
व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिने ।
सकेसम्म अरुले प्रयोग गरेका कपडा नलगाउने ।
छालामा केही समस्या भए चिकित्सकको सल्लाहमा काम गर्ने ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। संघीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनेछन्।
बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ। अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त गर्न समय दिइने छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्नेछन् । व्यवस्थापन कार्यतर्फ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम छ।
संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो। राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ। राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुने छ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन्। संघीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ। यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको संसद् सचिवालयका एक अधिकारीले बताए। बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ।
त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रि बजेट छलफल हुने छ। यो अधिवेशनमा संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने प्रयत्न हुने छ। अधिवेशन सञ्चालनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।
सामाग्री श्रोत :

काठमाडौं। सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालयमा फर्किने वातावरण मिलाउन आदेश दिएको छ।
बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै यस्तो आदेश दिएको हो।
‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ।
शिक्षकहरू गत चैत २० गतेबाट काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरूले प्रदर्शन गरिरहेका हुन्।
अधिवक्ता श्रवणकुमार चौधरीले चैत १० गते शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य नै अन्यौलमा परेको भन्दै रिट दायर गरेका थिए।
उनले विद्यार्थीहरूलाई पठनपाठनको वातावरण मिलाइदिन भन्दै अन्तरिम आदेशको माग गरेका थिए। त्यसअनुसार नै आदेश जारी भएको हो।
सामाग्री श्रोत :
शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश
काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी मेटामाथि प्रतिबन्ध लगाउँदा अन्तर्राष्ट्रिय ब्यान्डविथबाट उल्टै नेपाललाई मासिक करोडौँको घाटा लाग्ने देखिएको छ । मेटा अन्तर्गतका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्समाथि प्रतिबन्ध लागेमा लोकल ब्यान्डविथ (सीडीएन) मा रहेको ठुलो ट्राफिक अन्तर्राष्ट्रिय ब्यान्डविथमा शिफ्ट भएर देशले नोक्सानी भोग्नुपर्ने देखिएको हो ।
सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाललाई अनिवार्य सूचीकरणका लागि दिएको अन्तिम म्याद गएको ७ वैशाखमै समाप्त भइसकेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अब केही दिन पर्खिने र दर्ता हुन नआएमा नेपालमा त्यस किसिमका सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउने बताएका छन् ।
यसअघि टिकटकमाथि लागेको नौ महिना लामो प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय ब्यान्डविथमार्फत देशको करिब दुई अर्ब रुपैयाँ गुमेको थियो । त्यसबाहेक नेपाल टेलिकम र एनसेलले डेटा प्याकेजमा ५ अर्ब घाटा सहनु परेको थियो । फेसबुकमाथि प्रतिबन्ध लागेको खण्डमा टिकटकको तुलनामा झनै ठुलो नोक्सान देशले ब्यहोर्नुपर्ने टेलिकम तथा इन्टरनेट सेवा क्षेत्रका जानकारहरूको विश्लेषण छ ।
इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आईस्पान)का अनुसार मेटा अन्तर्गतका एप्लिकेसनमा अहिले करिब १,२५० जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत हुँदै आएको छ । बाँकी २,२५० जीबीपीएस माग भने क्याश तथा सीडीएन (कन्टेन्ट डेलिभरी नेटवर्क) बाट व्यवस्थापन भइरहेको देशको एक प्रमुख इन्टरनेट सेवा प्रदायकका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) बताउँछन् ।
यसरी अहिले नेपालमा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सका लागि करिब ३ टेराबाइट प्रति सेकेन्ड (टीबीपीएस) ब्यान्डविथ खपत भइरहेको छ । यसअघि टिकटकमाथि प्रतिबन्ध लागेपछिको अवधिमा त्यसको कूल ब्यान्डविथ खपत पहिलाभन्दा घटेपनि अन्तर्राष्ट्रिय ब्यान्डविथ भने ३५० प्रतिशतले बढेको थियो ।
तत्कालीन समयमा टिकटकले २०० जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गरिरहँदा ९०० जीबीपीएस ब्यान्डविथ सीडीएन (लोकल) बाट व्यवस्थापन भइरहेको थियो । तर प्रतिबन्ध लागेपछि लोकल ब्यान्डविथ शून्यमा झरे पनि सो प्लेटफर्मले प्रयोग गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथ भने बढेर ७५० जीबीपीएस पुगेको थियो । सरकारले प्रतिबन्ध लगाए पनि प्रयोगकर्ताले त्यसका लागि भीपीएन तथा ओपन डीएनएसको सहारा लिए । जसको चाप अन्तर्राष्ट्रिय ब्यान्डविथमा थपियो ।
टिकटककै नियति फेसबुकमा दोहोरिएको खण्डमा अहिले खपत हुँदै आएको ७५० जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ बढेर २००० जीबीपीएस पुग्ने अनुमान छ । यसरी थपिने १,२५० जीबीपीएस ब्यान्डविथको मासिक मूल्य २५ लाख अमेरिकी डलर अर्थात् ३४ करोड रुपैयाँ हुन आउँछ ।
ब्यान्डविथ खपत तथा अनुमान
|
सामान्य अवस्थामा
|
प्रतिबन्धको बेला
|
|||||
|
सामाजिक सञ्जाल
|
अन्तर्राष्ट्रिय
|
क्याश
|
कूल
|
अन्तर्राष्ट्रिय
|
क्याश
|
अन्तर्राष्ट्रिय वृद्धि
|
|
टिकटक
|
200
|
900
|
1100
|
750
|
0
|
550
|
|
मेटा
|
750
|
2250
|
3000
|
2000 (अनुमान)
|
0
|
1250 (अनुमान)
|
ब्यान्डविथ जीबीपीएसमा/स्रोतः विभिन्न इन्टरनेट सेवा प्रदायकहरूको सहयोगमा
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार हाल नेपाल भित्रिने प्रति एमबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथको औसत मूल्य २ अमेरिकी डलर रहेको छ । यही बजार मूल्यलाई आधार मान्दा मेटामाथि प्रतिबन्ध लागेको खण्डमा देशलाई मासिक करिब ३४ करोड रुपैयाँ भार पर्ने देखिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदा कस्तो प्रभाव पर्छ भन्ने विषयमा अध्ययन भइरहेको बताउँछन् । सोही आधारमा आवश्यक निर्णय लिइने उनको भनाइ छ ।
ब्यान्डविथबाट मात्र नभई सामाजिक सञ्जाल प्रतिबन्धको असर निकै फराकिलो हुन सक्ने जोखिम सरोकारवालाहरूले औँल्याइरहेका छन् । पठाओ नेपालका प्रबन्ध निर्देशक अशिममानसिंह बस्न्यात सामाजिक सञ्जाल बन्द गर्दा कस्तो असर पर्छ भन्ने विषयमा सरकारले सोच्नै नसकेको बताउँछन् ।
“विगत आठ महिनामा मात्रै सोसल मिडिया कन्टेन्ट क्रियटरहरूबाट दुई अर्ब रुपैयाँ नेपाल भित्रिएको छ,” बस्यात भन्छन् । उनका अनुसार त्यसबाहेक ३०-४० हजार नेपालीहरूले फेसबुकको मार्केटप्लेस र इन्स्टाग्रामको स्टोरहरूबाट सामान तथा सेवा बेचेर जीविकोपार्जन गरिरहेका छन् । चार लाख जति व्यवसायहरूले सामाजिक सञ्जालमार्फत नै आफ्नो प्रवर्धन गरिरहेका छन् । “सामाजिक सञ्जाल बन्द गरेको खण्डमा ती ३-४ लाख व्यवसायको आम्दानी घट्नेवाला छ भने ३०-४० हजार जना बेरोजगार बन्नुपर्ने अवस्था आउनेछ,” उनी भन्छन् ।
सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्दा उल्टै किन बढ्छ अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत ?
सामान्यतया कुनै सामाजिक सञ्जाल तथा एप्लिकेसनको प्रयोगमा रोक लगाउँदा उक्त प्लेटफर्मले प्रयोग गर्ने ब्यान्डविथ घट्नु पर्ने हो । तर प्रतिबन्ध लाग्दैमा लामो समयदेखि दैनिक जीवनको अङ्ग बनिसकेका र अभ्यस्त भइसकेका सामाजिक सञ्जाल तथा एप प्रयोगकर्ताले चलाउन छोड्दैनन् ।
यसका लागि उनीहरूले ओपन डीएनएस र भीपीएनको बाटो अपनाउँछन्, जुन सोझै अन्तर्राष्ट्रिय ब्यान्डविथको रूपमा भित्रिन्छ । अर्कोतर्फ इन्टरनेट सेवा प्रदायकले प्रतिबन्ध लागिसकेको प्लेटफर्मका लागि चाहिने क्याश तथा सीडीएन सर्भर प्रयोग गर्न पाउँदैनन् । जब कि यस्ता सर्भरले ठुलो मात्रामा अन्तर्राष्ट्रिय ब्यान्डविथ जोगाउने काम गरिरहेका हुन्छन् ।
मेटाको अहिलेकै उदाहरण हेर्ने हो भने पनि यसका विभिन्न प्लेटफर्मले नेपालमा हाल करिब ३,००० जीबीपीएस ब्यान्डविथ खपत गर्दै आइरहेका छन् । जब कि यसमा खर्च हुने अन्तर्राष्ट्रिय ब्यान्डविथ ७५० जीबीपीएस हाराहारी मात्रै छ । भन्नुको अर्थ बाँकी २,२५० जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ जोगाउने काम तिनै सीडीएन तथा लोकल क्याश सर्भरले गरिरहेका छन् । फेसबुक-इन्स्टाग्राम बन्द हुनुको अर्थ यस किसिमको क्याश सिस्टमले काम नगर्नु हो ।
यसरी सीडीएन तथा लोकल क्याशको रूपमा रहेको इन्टरनेट सामग्री समेत प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय ब्यान्डविथकै बाटो आउने गर्छन् । परिणाम स्वरूप सामान्य अवस्थामा खपत भइरहेको अन्तर्राष्ट्रिय ब्यान्डविथको मात्रा प्रतिबन्ध पश्चात् उल्लेख्य रूपमा बढेर जान्छ । जसको अहिलेको बजार मूल्य प्रति एमबीपीएसकै करिब ३०० रुपैयाँ हाराहारी छ ।
प्रतिबन्ध लाग्दा कहाँ जालान् बाँकी फेसबुक प्रयोगकर्ता ?
प्रतिबन्ध अगाडि सम्बन्धित सामाजिक सञ्जाल प्रयोग गरिरहेका सबै प्रयोगकर्ताले प्रतिबन्ध लागेपश्चात् भीपीएन तथा ओपन डीएनएसमार्फत त्यही सामाजिक सञ्जाल चलाउँछन् भन्ने हुँदैन । कम प्राविधिक जानकारी भएर अथवा प्रतिबन्धित सामाजिक सञ्जालमा युजर एक्सपिरियन्स नराम्रो भएर उनीहरू कुनै अर्को विकल्प रोज्न पुग्छन् ।
यसअघि टिकटकमाथि प्रतिबन्ध लाग्दा त्यसको सोझो फाइदा मेटाको इन्स्टाग्रामलाई पुगेको थियो । त्यसको अर्थ इन्स्टाग्रामले खपत गरिरहेको ब्यान्डविथ समेत बढ्नु हो । यदि अहिले फेसबुकमाथि प्रतिबन्ध लागेको खण्डमा केही प्रयोगकर्ता टिकटक-भाइबर लगायतका अन्य सामाजिक सञ्जालमा शिफ्ट हुने अनुमान गरिएको छ ।
अझै कायम छ टिकटक प्रतिबन्धको असर
टिकटकमाथि नेपाल सरकारले लगाएको नौ महिना लामो प्रतिबन्ध २१ भदौ २०८१ मा हटेको थियो । तर त्यसको असर भने अहिलेसम्म कायम रहेको इन्टरनेट सेवा प्रदायक र एनपीआईएक्स (इन्टरनेट एक्स्चेन्ज) नेपालका प्राविधिकहरू बताउँछन् ।
उनीहरूका अनुसार टिकटक प्रतिबन्ध पश्चात् उसले आफ्ना सीडीएन सर्भर नेपाल पठाएको छैन । त्यति मात्र नभई थप मात्रामा अकामाईको सीडीएन प्रयोग हुँदै आएकोमा उसले पनि नेपालमा सीडीएन डिप्लोय गर्न छोडिसकेको एक इन्टरनेट सेवा प्रदायकका प्रमुख प्राविधिक अधिकृत बताउँछन् ।
यसको अर्थ टिकटक प्रतिबन्धको असर मुलुकले अझै भोगिरहेकै छ ।
“टिकटकमाथिको प्रतिबन्ध हटेकै ७/८ महिना भइसक्यो । तर उसले यहाँ अझै पनि क्याश उपलब्ध गराएको छैन । यो भनेको उसले सरकार प्रति भरोसा गर्न नसक्नुको परिणाम हो । हामीले प्रयास गर्दा पनि क्याश नोड पठाउने कुरामा उसले अनिच्छा देखाइरहेको छ,” ती प्राविधिकले भने, “अहिले पनि सम्पूर्ण रूपमा उक्त एपमा थपिएको सबै ब्यान्डविथ अन्तर्राष्ट्रिय तवरमा नै आइरहेको छ ।”
ब्यान्डविथ खपत तथा अनुमान
|
प्रतिबन्ध खुलेपछि
|
|||
|
अन्तर्राष्ट्रिय
|
क्याश
|
कूल
|
अन्तर्राष्ट्रिय वृद्धि
|
|
700
|
1100
|
1800
|
500
|
|
2625
|
2750
|
5375
|
1875
|
ब्यान्डविथ जीबीपीएसमा/स्रोतः इन्टरनेट सेवा प्रदायकहरूको सहयोगमा
ती प्राविधिकका अनुसार प्रतिबन्ध लाग्नु अघिको तुलनामा प्रतिबन्ध हटिसकेपछि टिकटकले खपत गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथ निकै धेरै छ । “टिकटकले खपत गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रतिबन्ध अघि २०० जीबीपीएस रहेकोमा अहिले बढेर ७०० जीबीपीएस पुगेको छ । यो बढेको ५०० जीबीपीएसको भार समेत हामीमाथि नै थपिएको छ । सेवाप्रदायकको पैसा विदेश जानु भनेको अन्ततः देशकै पैसा बाहिरिनु हो,” ती प्राविधिक भन्छन् ।
फेसबुकमाथि प्रतिबन्ध लागेमा टिकटककै जस्तो ‘आफ्टर इफेक्ट’ कायम रहनेमा सेवा प्रदायकहरू थप चिन्तित छन् । टिकटककै अनुपातमा हेर्ने हो भने यदि फेसबुकमाथि सरकारले रोक लगाएर निश्चित समयपछि खोलेको खण्डमा अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत करिब १८०० जीबीपीएसले बढ्ने अनुमान छ ।
फेसबुक बन्द हुँदा यसअघि टिकटकमाथि प्रतिबन्ध लागेको तुलनामा चार गुणा बढी असर पर्ने र त्यसको असर तीन वर्षपछिसम्म रहन सक्ने विश्लेषण प्राविधिकहरूले गरेका छन् ।
बाइटडान्स, मेटा, अमेजन जस्ता कम्पनीहरूले नेपालमा आफ्नो पूर्वाधार आफैँले राख्ने योजना बनाइरहेको बेला सरकारले प्रतिबन्ध लगाउने धम्की दिएपछि परिस्थिति प्रतिकूल बन्न सक्ने साउथ एसिया नेटवर्क अपरेटर्स ग्रुप-सानोगका अध्यक्ष तथा नेपाल इन्टरनेट एक्स्चेन्जका प्रबन्ध निर्देशक रुपेश श्रेष्ठ बताउँछन् ।
“सरकारको सङ्कुचित विचार र ब्लक गर्ने धम्कीका कारण त्यस्ता कम्पनीहरू आफ्नै पूर्वाधार राख्ने योजनाबाट पछाडि हटेका मात्रै छैनन्, भएका सीडीएन सर्भर समेत अपग्रेड गर्न नचाहने स्थिति देखिएको छ,” उनी भन्छन् । उनी अगाडि भन्छन्, “यसबाट नेपालमा त्यस किसिमका पूर्वाधार कहिल्यै नबन्ने हुन् कि भन्ने चिन्ता पनि थपिएको छ । जब कि हाम्रै छिमेकी देश भारतमा उनीहरूले अर्बौँ डलर लगानी गर्दैछन् ।”
नेपालसँग लेभरेज नै नरहेको र बन्द गर्दा फेसबुकलाई भन्दा बढी घाटा हामीलाई (नेपाललाई) नै हुने एक इन्टरनेट सेवा प्रदायक कम्पनीका सञ्चालक बताउँछन् । नेपालले कर दस्तुर उठाउने प्रयोजनका लागि सामाजिक सञ्जाल दर्ता अनिवार्य गरे पनि नियन्त्रण नै गर्नेगरी कम्पनी दर्ताका लागि बाध्य पार्नु व्यवहारिक नहुने उनको धारणा छ । “विश्वभर नेपाल जस्ता कयौँ देशहरू छन्, यस्ता प्रविधि कम्पनीहरूले ती हरेक देशमा कम्पनी खोलेर सबै झन्झट लिन तयार हुँदैनन् । कम्पनी दर्ता, अडिट, लगायतका झन्झट लिनुभन्दा बरु उनीहरू त्यस्तो देशमा सेवा नै बन्द गर्न तयार हुन्छन्,” उनले भने ।
मलेसियाले पनि यसैगरी सामाजिक सञ्जाल कम्पनीहरूलाई दर्ता अनिवार्य गरेको छ । तर लामो समय बितिसक्दा पनि सबैजसो सामाजिक सञ्जाल दर्ता हुन चाहिरहेका छैनन् ।
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १४:१५
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ग्रीन हाइड्रोजनको सम्भावना नेपालका लागि महत्वपूर्ण भएको भन्दै यसलाई कार्यविधिमार्फत अघि बढाइने बताएका छन्।
काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरुसँग आज ऊर्जा मन्त्रालयमा छलफल गर्दै मन्त्री खड्काले कार्बन उत्सर्जन न्यूनीकरणमा ग्रीन हाइड्रोजनको महत्वपूर्ण भूमिका भएकाले यसलाई कार्यविधि बनाएर अगाडि बढाउने बताए। ‘ग्रीन हाइड्रोजन नेपालको ऊर्जा क्षेत्रमा क्रान्तिकारी अवसर हो, यसलाई व्यवस्थित ढङ्गले अघि बढाउन कार्यविधि निर्माणका लागि सरकारले आवश्यक अध्ययन अनुसन्धान थालिसकेको छ’, उनले भने।
मन्त्री खड्काले वातावरण संरक्षण तथा शून्य कार्बन उत्सर्जनको राष्ट्रिय लक्ष्य हासिल गर्न ग्रीन हाइड्रोजनको उपयोग अपरिहार्य रहेको उल्लेख गरे।
छलफलमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रालयले ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरी अनुसन्धान अगाडि बढाइरहेको बताए। उनले वातावरणमैत्री प्रविधिको प्रयोगले इँटाभट्टा र केमिकलजन्य उद्योगबाट हुने प्रदूषण कम गर्न सकिनेमा जोड दिए।
सिँचाइ सचिव सरिता दवाडीले नीति निर्माण भइसकेको र अब कानुनी तथा संस्थागत संरचना तयार पार्दै कार्यान्वयनमा लैजाने बताइन्। उनले अन्तरमन्त्रालय समन्वयमा सरकार आवश्यक कानुनी प्रबन्ध गर्न तत्पर रहेको स्पष्ट पारिन्।
कार्यदलका संयोजक एवं मन्त्रालयका सहसचिव जीवछ मण्डलले ग्रीन हाइड्रोजन विश्वका धेरै देशले सफलतापूर्वक उपयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यसको ठूलो सम्भावना रहेको बताए।
काठमाडौं विश्वविद्यालयका ग्रीन हाइड्रोजन ल्याबका प्रा डा विराजसिंह थापाले नेपालमा ग्रीन हाइड्रोजन उत्पादन अन्तरराष्ट्रिय तुलनामा सस्तो पर्ने भएकाले यसलाई शीघ्र प्रवद्र्धन गर्नुपर्ने बताए। उनका अनुसार भारत, जापान, कोरिया र युएईजस्ता देशले यस प्रविधिलाई व्यवहारमा ल्याइसकेका छन्।
छलफलमा मन्त्रालयका सहसचिवद्वय सुशीलचन्द्र आचार्य र सुरेन्द्र घिमिरे, अर्थविज्ञ अमित श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका डा राम लामा, डा लक्ष्मण लामालगायतको उपस्थिति रहेको थियो।
सामाग्री श्रोत :
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ: ऊर्जामन्त्री खड्का
काठमाडौँ । हालैको जम्मु कश्मीरको पहलगाम आक्रमणमा पाकिस्तानको हात रहेको आशङ्का गरिएको छ । भारतीय गुप्तचर निकायहरूले आक्रमणकारीहरूको मुजफ्फराबाद र कराँचीका सुरक्षित स्थानहरूसम्मको डिजिटल फुटप्रिन्ट पत्ता लगाएको दाबी गर्दै हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ ।
जस अनुसार, यो आक्रमण २६/११ मुम्बई हमलामा प्रयोग गरिएको जस्तै रिमोट कन्ट्रोल-रूम प्रयोग गरेर गरिएको हुन सक्छ । आक्रमणमा कम्तीमा एक नेपाली सहित २६ जना पर्यटक मारिएका छन्, जसमा अधिकांश पुरुष र हिन्दु धर्मावलम्बी रहेका छन् । यो आक्रमणलाई पहलगाम उपत्यकामा अहिलेसम्मकै भयानक आक्रमणहरूमध्ये एक मानिएको छ ।
प्रारम्भिक फरेन्सिक विश्लेषण र बाँचेकाहरूको बयान अनुसार, हत्यामा संलग्न पाँच जना आतङ्कवादीहरू स्वचालित हतियार (एके राइफल) र आधुनिक सञ्चार उपकरणहरूले सुसज्जित थिए । उनीहरूमध्ये केहीले सैन्य शैलीको पोसाक समेत लगाएका थिए ।
टाइम्सले एक सैन्य अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, “हाम्रा गुप्तचर सूचनाहरूले पाकिस्तानमा रहेका व्यक्तिहरूसँग प्रत्यक्ष सम्बन्ध रहेको देखाउँछ । हामीले मुजफ्फरावाद र कराँचीका केही गोप्य घरहरूसम्मका डिजिटल फुटप्रिन्ट पत्ता लगाएका छौँ, जुन लस्कर-ए-तैयबाका अघिल्ला ठुला आक्रमणहरूका मुख्य केन्द्रहरू थिए । जसलाई पाकिस्तानी सेना र आईएसआईले नियन्त्रण केन्द्रहरूबाट पर्यवेक्षण गरेका थिए ।”
हालै ठुलो सङ्ख्यामा उच्च तालिम प्राप्त आतङ्कवादीहरूलाई भारत पठाउन राज्य-समर्थित योजनाबद्ध षड्यन्त्र रहेको गुप्तचर जानकारी समेत प्राप्त भएको दाबी गरिएको छ । नाम नखुलाइएको सैन्य स्रोतलाई उद्धृत गर्दै समाचारमा पाकिस्तानी जासुसी संस्था आईएसआईले आतङ्कवादीहरूलाई अफलाइन भर्सनमा ‘अल्पाइन क्वेस्ट’ नामक नेभिगेसन एप उपलब्ध गराएको कुरा समेत उल्लेख छ । यो एप प्रायः पेसेभर पदयात्रीहरूले प्रयोग गर्छन् ।
“आईएसआईले यस एपमार्फत भारतीय सुरक्षा बलका शिविरहरू, प्रहरीको सवारी आवागमन र अवरोधहरूको विवरण कश्मीरमा रहेका आतङ्कवादीहरूलाई उपलब्ध गराएको सूचना छ,” समाचारमा भनिएको छ । आतङ्कवादीहरूले पाकिस्तानमा सर्भर भएका इन्क्रिप्टेड रेडियो सञ्चार उपकरणहरू पनि प्रयोग गरिरहेको दाबी छ ।
यो पनि पढ्नुहोस्: के हो डिजिटल फुटप्रिन्ट, अनि तपाईँका लागि किन महत्त्वपूर्ण छ ?
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १६:२९
सामाग्री श्रोत :
टेक पाना

इटहरी (सुनसरी)। सुनसरीको बराहक्षेत्र–१ स्थित सप्तकोशी नदीमा बगेर बेपत्ता भएका खोटाङको केपिलासगढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र उनका भाञ्जा सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिस आचार्य अझै फेला परेका छैनन्। वैशाख ८ गते बिहान साढे ८ बजे आसपासमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका थिए। सप्तकोशीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन […]
सामाग्री श्रोत :
काठमाडौं । वाइवाइ चाउचाउले सञ्चालन गरेको ‘थोक विक्रेता उपहार योजना’ अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका सञ्चालक रामेश्वर तिवारीले नेटा भी (Netta V) ईभी जितेका छन् । उनलाई वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बुधबार ललितपुरमा आयोजित एक समारोहमा कार हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ, भक्तपुर र ललितपुरका थोक विक्रेताहरुलाई लक्षित गरेर सञ्चालन गरिएको योजनामा सहभागी बन्न प्रत्येक ५० कार्टुन वाइवाइ चाउचाउ खरिदमा पहेँलो कुपन र ५०० कार्टुन खरिदमा हरियो कुपन वितरण गरिएको थियो । सोही कुपनमार्फत थोक व्यापारीहरु लक्की ड्र प्रक्रियामा सहभागी हुन पाएका थिए ।
लक्की ड्रको आधारमा तिवारीले मुख्य उपहार नेटा भी कार जित्न सफल भएका हुन् । त्यसैगरी, काठमाडौंको केएबी स्टोर, राम एण्ड गणेश स्टोर र हाम्रो स्टोर, भक्तपुरको उज्वल स्टोर तथा ललितपुरका प्रकाश प्रधानले हिरो एक्सपल्स मोटरसाइकल जितेका छन् ।
त्यस्तै, उपत्यकाका पाँच थोक विक्रेताले एलजीको ५५ इन्च टेलिभिजन, १० जनाले एलजी फ्रिज, ५० जनाले शाश्वतधाम भ्रमण प्याकेज र ७० जनाले स्मार्ट वाच जितेका छन् ।
कार जितेका तिवारीले भने, “यो पुरस्कारले जस्तोसुकै प्रतिस्पर्धाको बिच पनि थोक विक्रेताहरुलाई थप प्रेरणा मिल्नेछ ।”
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १६:३४
सामाग्री श्रोत :
टेक पाना





