२०८३ बैशाख ३० बुधबार
२०८३ बैशाख ३० बुधबार

काठमाडौं । विश्वभर सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल हो, फेसबुक । विभिन्न तवरबाट विश्वका धेरै मानिसको दैनिक जीवनमा फेसबुक जोडिएको छ । तर, सबै देशमा यसलाई सजिलै चलाउन पाइँदैन । केही देशले फेसबुकमाथि प्रतिबन्ध लगाएका छन् ।

हाल सात देशमा फेसबुकले पूर्ण प्रतिबन्धको सामना गरेको छ । सेन्सरशिपदेखि राष्ट्रिय सुरक्षासम्मका विभिन्न कारण देखाएर त्यहाँका सरकारले फेसबुकमाथि प्रतिबन्ध लगाएका छन् । 

केही देशले भने प्रतिबन्ध लगाए पनि फुकुवा गरेका छन् । आज हामी ती देशहरूको चर्चा गर्छौं, जहाँ फेसबुकमाथि प्रतिबन्ध लगाइएको छ:

 

चीन (सन् २००९ देखि)

सन् २००९ मा सिन्जियाङ प्रान्तमा भएको जातीय दङ्गापछि चीनमा फेसबुकमाथि रोक लगाइएको थियो । त्यतिबेला मानिसहरूले फेसबुकमार्फत कुराकानी गरेर दङ्गा गर्ने योजना बनाएको चीन सरकारको आरोप छ । पछि चीनले फेसबुकसँग उनीहरूको विवरण माग्यो । तर, फेसबुकले दिन नमानेपछि त्यसलाई प्रतिबन्ध लगाएको बताइएको छ । 

यो प्रतिबन्ध चीनको ‘ग्रेट फायरवाल’ भनिने कडा इन्टरनेट सेन्सरशिप नीतिको हिस्सा हो । यसले विदेशी प्लेटफर्म रोकेर सूचना नियन्त्रण गर्छ र सरकार विरोधी विचार दबाउन सघाउँछ । चीनले अन्य धेरै विदेशी इन्टरनेट कम्पनीलाई पनि रोक लगाएको छ, जसले गर्दा त्यहाँका सामाजिक र राजनीतिक रूपमा संवेदनशील विषय फैलिन नपाओस् । साथै चीनले वीच्याट जस्तो आफ्नै देशका एपलाई बढावा दिन पनि यस्तो गरेको हो । 

इरान (सन् २००९ देखि)

इरानमा सन् २००९ को राष्ट्रपति चुनावपछिको विवाद र विरोध प्रदर्शनका बेला पहिलो पटक फेसबुकमाथि रोक लगाइएको थियो । विपक्षी आन्दोलनले विरोध प्रदर्शन आयोजना गर्न र आफ्ना गतिविधि समन्वय गर्न प्लेटफर्म प्रयोग गरिरहेकाले डराएर सरकारले प्रतिबन्ध लगाएको थियो । कहिलेकाहीँ फुकुवा भएको रिपोर्ट आए पनि इरानमा फेसबुक र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा पहुँच अत्यधिक प्रतिबन्धित छ ।

इरानी सरकारले राजनीतिक असन्तुष्टि रोक्ने र देशभित्र पश्चिमी संस्कृति तथा मिडियाको प्रभाव सीमित गर्नेबारे लगातार चिन्ता व्यक्त गर्दै आएको छ । यी प्रतिबन्धका बाबजुद इरानका नागरिक प्रतिबन्धलाई छल्न र अवरुद्ध प्लेटफर्ममा प्रयोग गर्न भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्दै आएका छन् । तर भीपीएनको प्रयोगले सुरक्षा जोखिम र सम्भावित कानुनी परिणाम निम्त्याउने गरेको छ । डिजिटल क्षेत्रलाई थप नियन्त्रण गर्न इरानले चीनसँग राष्ट्रिय इरानी इन्टरनेट स्थापना गर्न सहकार्य गर्ने घोषणा गरेको थियो । यसले चीनको ‘ग्रेट फायरवाल’ जस्तै सेन्सरसिप उपाय लागू हुन सक्ने बताइएको छ । 

उत्तर कोरिया (सन् २०१६ देखि)

उत्तर कोरियाले अप्रिल २०१६ देखि फेसबुक लगायत विदेशी सामाजिक सञ्जाल चलाउनुलाई अपराध मानेको छ ।  यो देशले बाहिरी संसारबाट आफूलाई अलग राख्ने नीति लिएको छ भने विदेशी मिडियामाथि कडा नियन्त्रण गर्दै आएको छ । अधिकांश नागरिकसँग इन्टरनेटको पहुँच नै नभएकाले यो प्रतिबन्ध सरकारको आफ्ना जनतालाई बाहिरी सूचनाबाट टाढा राख्ने रणनीतिको एक भाग हो ।

म्यानमार (सन् २०२१ देखि)

फेब्रुअरी २०२१ मा सेनाले ‘कू’ गरेपछि म्यानमारको सैनिक सरकारले फेसबुकमाथि प्रतिबन्ध लगायो । ‘कू’ विरुद्धको विरोध प्रदर्शनलाई संगठित गर्न र सूचना आदानप्रदान गर्न सामाजिक सञ्जालको धेरै प्रयोग भएपछि सरकारले सूचना प्रवाह रोक्न तथा विरोध दबाउन यो कदम चालेको थियो । फेसबुक र यसका अन्य सेवाहरू (मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप) पनि त्यहीबेला बन्द भएका थिए ।

रुस (सन् २०२२ देखि)

रुसले फेसबुकलाई सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि प्रतिबन्ध लगाएको हो । फेसबुकले युक्रेन युद्धको बारेमा रुसी सरकारको आधिकारिक भनाइभन्दा फरक जानकारी फैलाएकाले प्रतिबन्ध लगाएको रुसको सरकारी नियामक निकाय (रोसकोमनादजोर) को दाबी छ । सरकार आफ्नो देशका नागरिकसम्म पुग्ने युद्धसम्बन्धी जानकारीलाई नियन्त्रण गर्न चाहन्थ्यो र आफ्नो आधिकारिक कथा विपरीतका सूचनाहरूलाई रोक्न चाहन्थ्यो । त्यसैले फेसबुकमाथि प्रतिबन्ध लगाइएको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

तुर्कमेनिस्तान (सन् २०१८ देखि)

तुर्कमेनिस्तान संसारकै सबैभन्दा धेरै सेन्सरशिप भएका देशमध्ये पर्छ । त्यहाँ सन् २०१८ देखि फेसबुक लगायत लगभग सबै प्रमुख विदेशी सामाजिक सञ्जालमाथि प्रतिबन्ध छ । यो देशको व्यापक इन्टरनेट सेन्सरशिप नीतिको अंग हो । यसअन्तर्गत हजारौं वेबसाइट बन्द गरिएका छन् । सरकार सूचनामाथि कडा नियन्त्रण राख्नुका साथै र नागरिकलाई बाहिरी दुनियाँसँग सम्पर्क गर्नबाट रोक्ने गर्छ । 

युगान्डा (सन् २०२१ देखि)

युगान्डा सरकारले सन् २०२१ को राष्ट्रपतीय चुनावको ठिक दुई दिनअघि फेसबुकमाथि प्रतिबन्ध लगाएको थियो । फेसबुकले सरकार समर्थक अकाउन्ट बन्द गरेको आरोप त्यहाँको सरकारले लगाएको थियो । तर, आलोचकले यसलाई चुनावको समयमा सूचना प्रवाह रोक्न र विपक्षीहरूको गतिविधि खासगरी युवा मतदातालाई संगठित हुनबाट रोक्ने प्रयासको रूपमा हेरेका थिए । चुनावपछि पनि यो प्रतिबन्ध जारी रह्यो । र, त्यहाँ अहिलेसम्म फेसबुकमाथि प्रतिबन्ध लागेको छ । पछिल्लो समय यस देशमा फेसबुकमाथिको प्रतिबन्ध फुकुवा गर्नेबारे सरकार र मेटाबिच छलफल भइरहेको छ ।

नेपालमा के होला ?

नेपालमा पछिल्लो समय फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने चर्चा तीव्र भएको छ । शुक्रबारमात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटालाई सात दिनभित्र नेपालमा दर्ता नभए प्रतिबन्धको चेतावनी दिएका छन् । यसअघि पनि सरकारले पटक पटक सामाजिक सञ्जाल सञ्चालक कम्पनीलाई सूचीकरणमा आउन ताकेता गरेको थियो ।

नेपाल सरकारले २०८० सालमा ल्याएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुसार नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालहरूले अनिवार्य रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गराउनुपर्छ । साथै, नेपालमा सम्पर्क व्यक्ति राख्न, गुनासो सुन्ने अधिकारी तोक्न र स्वनियमन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तर, पटक-पटक ताकेता गर्दा पनि फेसबुक (मेटा) लगायतका केही प्रमुख सामाजिक सञ्जालहरूले दर्ता प्रक्रिया पूरा नगरेको भन्दै सरकारले अन्तिम मौका स्वरूप एक साताको समय दिएको छ । हालसम्म टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याब मात्र नेपालमा सूचीकरण भएका छन् ।

मन्त्री गुरुङले मेटाले नेपालको कानुनी व्यवस्था उल्लंघन गरेको भन्दै सार्वजनिक रूपमा आलोचना गर्दै आएका छन् । यस्तो अवस्थामा एक सातामा सूचीकरण नभए मेटामाथि प्रतिबन्ध लगाउने सरकारी तयारी देखिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ २०:१८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकमा बोल्नुपर्ने विषयहरुका बारेमा आफ्ना सांसदहरुलाई विभिन्न निर्देशन दिएका छन्।

शनिबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा उनले आफ्ना सांसदहरु संसदमा कसरी प्रश्तुत हुनुपर्छ भन्ने विषयमा सचेत गराए।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सांसदहरुलाई कसैले पार्टी र सरकारको विरुद्धमा गलत कुरा बोल्छ भने तत्काल तीखो रुपमा आलोचना गर्न निर्देशन दिए।

आज कुनै विषयमा कसैले गलत ढंगले विरोध गर्छ भने त्यसको प्रतिवाद तत्काल गर्नुपर्ने भन्दै उनले तत्कालीन विषयमा भोलि बोल्नुको कुनै अर्थ र महत्व नहुने बताए। 

अध्यक्ष ओलीले सांसदहरुले संसदमा बोल्दा मर्यादित र सभ्य भएर जनताका आवाज प्रतिविम्वित हुनेगरी साहसिक रुपमा आवज उठाउनुपर्नेमा जोड दिए।

लोकतन्त्रका लागि संघर्ष गरेको जुनसुकै पार्टीका व्यक्ति भएपनि सम्मानपूर्वक व्यवहार गर्नुपर्ने उनको भनाइ छ।

संसदको बजेट अधिवेशनको कामले वर्षभरीको अर्थतन्त्र, समाज र राजनीतिलाई गाइड गर्ने भएकाले राष्ट्र केन्द्रित र जनतामा समर्पित भएर कामहरु अगाडि बढाउन सांसदहरुलाई निर्देशन दिए।

यस्ता छन् अध्यक्ष ओलीले सांसदहरुलाई दिएको निर्देशन-

Ncell 2
Ncell 2

१. सबै माननीयहरुले दस्ताबेजहरु राम्ररी अध्ययन गर्ने, चिन्तन मनन गर्ने, विभिन्न दस्तावेजहरुसँग तुलनात्मक अध्ययन गरी परिस्थितिलाई बुझेर काम गर्ने।

२. तत्कालीन समस्याहरुलाई संसदमा सम्बोधन गर्ने विषयमा तयारी गर्ने।

२. देश विकासका तथा सुशासनका प्रश्नहरुमा कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ भन्ने सन्दर्भमा आफ्ना दृष्टिकोण प्रश्तुत गर्ने।

३.बाढी,पहिरो लगायतका सम्भावित प्राकृतिक घटनाका विषयमा के भइरहेको छ ? के गर्नुपर्छ ? भन्ने बारेमा जानकारी लिने, त्यहीअनुसार आफूलाई तयारी अवस्थामा राख्ने।

shivam cement

shivam cement

४. आफ्ना निर्वाचन क्षेत्रका जनताका समस्याका बारेमा संसदमा निर्भिक रुपमा समयमै आवाज उठाउने।

५.समाजका सांस्कृतिक मूल्यहरु चाडपर्व, ऋति,थितिहरुलाई सम्मान गर्ने र अन्धविश्वासलाई लिएर प्रताडना दिने बोक्सीजस्ता कुराहरुको विरोध प्रकट गर्ने, अन्धविश्वासका अनेक विकृतिको अन्त्यका लागि जनजागरणमा ध्यान दिने।

६. जनताका आवाजहरु प्रतिविम्वित हुनेगरी अर्थपूर्ण रुपमा मर्यादित र सभ्य भएर तथ्यपरक रुपमा शाहसिक ढंगले संसदमा प्रश्तुत हुने।

७. राष्ट्रियताको पक्षमा प्रष्टरुपमा अडान लिएर बोल्ने, राष्ट्रलाई कमजोर पार्ने खालका प्रवृत्तिहरुलाई तिखो ढंगले आलोचना गर्ने, देशभन्दा ठुलो अर्को कुरा हुँदैन भनेर आत्मसाथ गर्दै देशभक्तिको भावनालाई ध्यानमा राखेर जनतालाई जागरुक बनाउने।

८. पार्टीको विरुद्धमा कसैले गलत ढंगले बोल्छ भने त्यसको प्रतिवाद तत्काल छिटोछरितो रुपमा गर्ने।

९. संसदको आकस्मिक समयमा अरुलाई गाली गर्ने किसिमले नबोल्ने, तत्कालिन अवस्थामा केही आकस्मिक घटना वा समस्याका बारेमा मात्रै बोल्ने।

१०. लोकतन्त्रका लागि योगदान गर्ने जुनसुकै पार्टीका भएपनि सम्मान गर्ने, संकिर्ण सोचाइ नराख्ने।

११.कसैले सरकार ढल्यो भन्दैमा हल्लाको पछाडि नलाग्ने, मिसन ०८४ मा लाग्ने।

१२.नेपाल महान देश हो भन्ने भावनालाई आत्मसात गरेर विविधतालाई एकतामा बदल्दै विकास निर्माणमा लाग्ने।

१३.समाजमा सुसम्बन्ध ल्याउने गरी इमान र जनताको सेवाको राजनीति गर्नुपर्नेमा ध्यान दिने।

१४. गलत ढंगका विधेयक पारित भयो भने विकास निर्माण तथा जनतालाई दिइने सेवा सुविधामा प्रत्यक्ष असर पर्ने र राजनीतिक विचारमासमेत असर पर्ने भएकाले सही विधेयकहरु ठिक ढंगले पारित गर्ने वातावरण बनाउने, गलत विधेक पारित नगराउन भुमिका खेल्ने।

१५. आफ्नो देशको विकास आफैले मात्रै गर्न सकिने भएकाले त्यस अनुरुप आफूलाई सजग गराउने।

१६.आत्मविश्वास, पूर्वतयारी र एमालेपनका साथ संसदमा प्रस्तुतीकरण दिने।   

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। चलचित्र ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदैछ । ‘जार’ विषय र प्रस्तुतिका हिसाबले केही फरक रहेको निर्माणपक्षले जनाएको छ ।

‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । यो विषय अहिले पनि यदाकदा अस्तित्वमा छ । तर, अहिले ‘जार’ प्रथा धेरै प्रचलनमा छैन ।

सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित सिनेमा हुनेछ, ‘जार’ । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो ।

इन्द्रबहादुर राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए । त्यसैले सोही विषयमा ‘जार’ निर्माण गरिएकाले यो २२५ वर्ष पुरानो विषयको कथा भन्न मिल्ने निर्देशक फूर्वा छिरिङ लामाको भनाइ छ ।

यो चलचित्रले हाम्रो इतिहाससँगको साक्षात्कार गराउनुका साथै समाजमा हराउँदै गएका परम्परा र सम्बन्धका विविध पाटा देखाउने लामाले बताए । “मैले सानैदेखि सुन्दै आएको यो कथाले सधैं झक्झकाइ रहन्थ्यो । नेपाली समाजमा जस्तै नेपाली भाषी समुदायमा जहाँसुकै गए पनि एउटै भावना पाइन्छ,” निर्देशक लामाले भने । “‘जार’ले हाम्रो समाजको भोगाइ, निर्दोषता र त्यतिबेला प्रचलित मितेरी साइनोलाई समेत उजागर गर्छ ।”

‘जार’ले इतिहास, संस्कृति र समाजलाई गहिरो रुपमा स्पर्श गर्ने भएकाले युवा पुस्तामाझ समेत प्रभाव पार्ने विश्वास निर्देशक लामाको छ । उनी भन्छन्, ‘हालका पुस्तामा यो विषय केही ओझेलमा परे पनि, त्यसबेलाको समाजमा यसको ठूलो प्रभाव थियो । चलचित्र ‘जार’ केवल इतिहास सुनाउने माध्यम मात्र होइन, हाम्रो संस्कृतिको अदृश्य धागो भेटाउने प्रयास पनि हो ।’

चलचित्र ‘जार’ले एक प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउनेछ । कथाका पात्र ‘ठूली’ र ‘रुद्रमान’ मार्फत दर्शकले त्यसबेला प्रेम, सम्बन्ध र समाजको कठोर वास्तविकता देख्न सक्नेछन् । चलचित्रमा देखाइने ‘मितेरी साइनो’ जस्ता सामाजिक परम्पराहरु अहिलेका नयाँ पुस्ताले थोरै मात्रै बुझेका छन् । ‘जार’ले आजका दर्शकलाई पुरानो समाज र आजबीचको गहिरो सम्बन्ध बुझ्न मद्दत पुर्‍याउनेछ ।

फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ । त्यसैले ‘जारी’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।

चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।

चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमाले गर्ने छ ।


सामाग्री श्रोत :

२२५ वर्षअगाडिको कथामा आधारित ऐतिहासिक सिनेमा ‘जार’

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन् । 

भारतको काश्मीरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज दूतावासमा आयोजित सभामा उनले नेपाल सधैँ आतंकवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट पारेकी हुन्। 

उनले भनिन्, “नेपालले आतंकवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ ।” 

Ncell 2
Ncell 2

मन्त्री डा राणाले आतंकवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै नेपाल आफ्नो भूमि कुनै पनि आतंकवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताका विरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन् । त्यसैले काश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भर्त्सना गरेको मन्त्री डा राणाले बताइन् ।

उनले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको बताइन् । नेपाल आतंकवाद विरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएर उभिएको उनको भनाई थियो । नेपाल र भारतबिच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै उनले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि भएको जिकिर गरिन् । 

shivam cement
shivam cement

उनले भनिन्, “हाम्रा खुला सिमानाहरू एकापसका विश्वासका प्रतीक हुन् र हाम्रा पारिवारिक सम्बन्धहरूले आपसमा नाता पनि गाँस्दछन् । हामी सधैँ खुसी या संकटको समयमा एकसाथ उभिएका छौँ । भूकम्पले नेपाललाई तहसनहस पार्दा सबैभन्दा पहिला सहयोगको हात अगाडि बढाएको भारतले नै हो ।” 

मन्त्री डा रााणाले पहलगाम त्रासदीको शिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरूलाई नेपाल ल्याउन सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद पनि दिइन् । त्यस अवसरमा मन्त्री डा राणाले सो आतंकवादी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरिन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन्।

उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन आज त्यहाँ गएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन्। आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदैछ।

डा भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तरगत भारतका ईन्चार्ज शन्देश कार्की छन्।


सामाग्री श्रोत :

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई भारत प्रस्थान

काठमाडौँ । भारतसँग सिमाना जोडिएका क्षेत्रमा अवैध रूपमा मोबाइल सिग्नल बुस्टर तथा एम्प्लिफायर प्रयोग गरेर भारतीय सिम सजिलै चलाउने प्रयास भइरहेको पाइएको छ । मोबाइल सेवाप्रदायक एनसेलका एक अधिकारीका अनुसार सीमावर्ती क्षेत्रमा भारतीय सिम प्रयोग गर्न सिग्नल बुस्टर प्रयोग भइरहेको पत्ता लागेको हो ।

नेटवर्क समस्याबारे गुनासो आएपछि अनुसन्धान गर्दा मोबाइल सिग्नल बुस्टर राखिएको पुष्टि भएको उनले बताए । “गुनासो आएपछि हामीले तत्कालै नेपाल दूरसञ्चार प्राधिकरणलाई खबर गरी कारबाही प्रक्रियामा सघाएका थियौँ,” उनले भने ।

गत चैतको पहिलो हप्तामा पर्साको वीरगञ्जबाट चार ओटा अवैध सिग्नल बुस्टर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनका अनुसार ती बुस्टर जिओ, एयरटेल, बीएसएनएल जस्ता भारतीय दूरसञ्चार कम्पनीको नेटवर्क बलियो बनाउन प्रयोग गरिएको थियो ।

यस घटनापछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले १७ चैतमा सूचना जारी गर्दै अवैध रूपमा मोबाइल सिग्नल बुस्टर नचलाउन सचेत गराएको थियो । प्राधिकरणले रेडियो ऐन, २०१४ र दूरसञ्चार ऐन, २०५३ को प्रावधान विपरीत कार्य गरे कारबाही हुने चेतावनी दिएको छ ।

सामान्यतः धेरै भिडभाड हुने क्षेत्रमा मोबाइलको नेटवर्क राम्रोसँग टिप्दैन । कुनै स्थानबाट टाढामात्र मोबाइल टावरहरू छन् र नेटवर्क सिग्नल कमजोर छ भने टाढाको मोबाइल टावर सिग्नललाई रिसिभ गरेर मोबाइलमा नेटवर्कको क्वालिटी बुस्ट गर्न एम्प्लिफायर प्रयोग गरिन्छ ।

नेपालको कानुनमा मोबाइल नेटवर्क बुस्ट गर्ने प्रविधि अनुमतिप्राप्त सेवाप्रदायक बाहेक अन्यले राख्न पाउँदैनन् । वीरगञ्जमा भने व्यक्तिहरूले आफ्नै घरमा मोबाइल सिग्नल बुस्टर एम्प्लिफायरहरू राखेको भेटिएपछि जफत गरिएको थियो । 

भारतीय सिमको नेटवर्क क्षमता बढाउन बुस्टर प्रयोग गरेको स्थानमा एनसेल वा नेपाल टेलिकमले पनि सेवा दिइरहेका  हुन्छन् । तर अवैध रूपले तेस्रो पक्षले बुस्टर राख्दा नेपाली सेवाप्रदायकको नेटवर्कमा असर पर्नुका साथै फोनमा आवाज नबुझिने र इन्टरनेट गति कमजोर हुने समस्या देखिने टेलिकमका सहायक प्रवक्ता नवीन मिश्र बताउँछन् ।

“मोबाइल सिग्नल बुस्टर राखेर नेपाल टेलिकमको नेटवर्कमा समस्या भयो भनेर त खासै गुनासो आएका छैनन् । कतै राखेको थाहा पायौँ भने कानुनी कारबाही अघि बढाउन दूरसञ्चार प्राधिकरणलाई खबर गर्छौँ,” उनले भने ।

एनसेलका एक अधिकारीका अनुसार अवैध बुस्टरका कारण टेलिकम अपरेटरको मात्र नभइ देशकै आम्दानीमा असर पर्छ । “नेपालका दूरसञ्चार कम्पनीले १ रुपैयाँ कमाउँदा ५० पैसाभन्दा धेरै सरकारलाई राजश्व तिर्छन् । तर अवैध एम्प्लिफायर राख्दा दूरसञ्चार सेवाको गुणस्तरमा समस्या आउँछ नै, यसले देशकै आयमा असर गर्छ,” उनले भने । 

सीमावर्ती क्षेत्रका व्यक्तिहरूले रोजगारी, व्यवसायका लागि भारत जाने गर्ने भएकाले त्यतैको सिम लिने गरेको पाइन्छ । नेपालको सिमबाट भारतमा फोन गर्दा अन्तरदेशीय शुल्क लाग्ने भएकाले अतिरिक्त शुल्क लाग्नबाट बच्न भारतीय सिम प्रयोग गर्ने प्रवृत्ति छ । यस्ता मोबाइल सिग्नल बुस्टर वीरगञ्जजस्ता सीमावर्ती क्षेत्रमा थुप्रै राखिएको हुनसक्ने आशंका गरिएको छ ।

भारतबाट नेपालमा नेटवर्क नटिप्ने भएकाले बुस्टरको प्रयोग भएको हुनसक्ने बताइन्छ । यसरी सिम प्रयोग गर्दा आपराधिक क्रियाकलापहरू समेत बढ्ने सम्भावना रहने जानकारहरू बताउँछन् । यदि कुनै व्यक्तिले आपराधिक क्रियाकलापका लागि विदेशी सिमको प्रयोग गरेमा त्यसलाई खोज्न समेत समस्या पर्ने गर्छ । अचेल धेरै आपराधिक क्रियाकलापको अनुसन्धान मोबाइल तथा सिममा भएको सूचनाबाट टुंगो लाग्ने गरेका छन् ।

विदेशी सिमको प्रयोग बढ्दा आपराधिक क्रियाकलापसमेत बढ्न सक्ने र अनुसन्धानमा कठिनाइ आउने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक सुधीर राज शाहीले बताउँछन् । उनका अनुसार पहिले धेरैजसो अवैध बुस्टर भेटिने गरेकोमा अहिले प्रहरीले कडाइ गरेपछि यस्ता घटनामा कमी आएको छ ।

“पहिला अवैध रुपमा एम्प्लिफायर प्रयोग भएको गुनासोहरू धेरै आउँथ्यो । तर प्रहरीले कारबाही गरिरहेकाले यस्तो घटनाहरू पहिला तुलनामा कम भएका छन्,” उनले भने । अवैध बुस्टर फेला परे तत्काल जफत गरी कानुनी कारबाही गरिने उनले बताए ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ १८:१८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनितिक चेत हुनेहरूले अहिलेको सरकार विचौलियाहरूको हो भनेर स्विकारिसकेको बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले थोरै पनि राजनीतिक चेत भएकाहरूले त्यस कुरालाई स्वीकार गरिसकेको बताएका हुन्।

‘अब त अलिकति पनि राजनीतिक विवेक राख्ने, ज्ञान राख्ने मान्छे सबैले पनि स्वीकार गर्न थालेका छन् । यो सरकार दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुको हित गर्ने, भ्रष्टाचारीहरुको रक्षा गर्ने, राम्रो काम गर्नेहरुलाई प्रताडित गर्ने सरकार हो भन्नेकुरा राम्रैसँग स्थापित भइसकेको छ,’ उनले भने।

Ncell 2
Ncell 2

उनले शिक्षकहरूले आन्दोलन गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि सरकारले जिम्मेवारीपूर्वक उनीहरूको माग सम्बोधन नगरेको आरोप लगाएका छन्।

 ‘त्यो सरकार र सरकारको नेतृत्व अत्यन्त गैरजिम्मेवार ढंगले शिक्षकहरुलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरुलाई अपमानित गर्ने काममा लागेको छ,’ उनले भने।

shivam cement
shivam cement

उनले शिक्षकहरुसँग भएका सम्झौता पूर्णतः कार्यान्वयन हुनुपर्ने बताए। माओवादी केन्द्र शिक्षकहरुसँग गरेको सहमतिअनुसार माग पूरा गर्नुपर्ने, छोटो बाटोबाट गएर ऐन दिनुपर्ने पक्षमा रहेको उनले बताए।  

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको पार्थिव शरीर नेवारी परम्पराअनुसार आज टेकु दोभानस्थित चिन्तामणिघाटमा अन्त्येष्टि गरिएको छ। धर्मपत्नी तेज माया र भाई बलराम डङ्गोलले पार्थिव शरीरमा दागबत्ती दिए। अन्त्येष्टिमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, आफन्तजन र शुभेच्छुकको बाक्लो उपस्थिति थियो।

लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका काठमाडौं नगर पञ्चायतका पूर्वउपप्रमुख डङ्गोलको गए राति ७७ वर्षको उमेरमा सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा निधन भयो।

नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाएका डङ्गोल विसं २०६२÷६३ को प्रतिगमनविरुद्धको काठमाडौंको आन्दोलन उनकै नेतृत्वमा भएको थियो। उनी विसं २०५६ र २०६५ मा प्रतिनिधिसभा सदस्य थिए।

अन्त्येष्टि अघि उनको पार्थिव शरीर सानेपास्थित नेपाली कांग्रेस पार्टी कार्यलयमा राखिएको थियो। त्यसअवसरमा कांग्रेसका महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीत्रय कृष्णप्रसाद सिटौला, शशांक कोइराल र उपप्रधामन्त्री प्रकाशमानसिंह, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायतले श्रद्धाञ्जली अर्पण गरे।

डङ्गोलका सहयात्री र शुभेच्छुकले उनी निर्भिक र सत्यको पक्षपाति भएको प्रतिक्रिया दिएका छन्। उनका सहयात्री तथा पूर्वमन्त्री भिमसेनदास प्रधानले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भए पनि दलका नेतामा असलभन्दा हाम्रा मान्छेको खोजी गर्ने मनस्थिति कायम गरेको अवस्थामा काठमाडौं जिल्ला पूर्वसभापति डङ्गोलले समूह, नातावाद र कृपावादबाट माथि उठ्न शीर्षनेताहरुलाई पटक–पटक सचेत गराउनुभएको स्मरण गराए।

राष्ट्रियसभाका सदस्य अञ्जान शाक्यले पूर्वराज्यमन्त्री डङ्गोलको निधनले नेपाली कांग्रेसलगायत देशले एउटा कुशाल, इमान्दार र निष्ठावान नेता गुमाएको प्रतिक्रिया दिइन्।


सामाग्री श्रोत :

कांग्रेस नेता डङ्गोलको अन्त्येष्टि

काठमाडौँ । गुगलले आफ्नो सर्च इन्जिनमा ‘एआई ओभरभ्यु’ फिचर ल्याएको करिब एक वर्षपछि यो सुविधा युट्युबमा पनि परीक्षण गर्न थालेको छ । हालै एक ब्लग सार्वजनिक गर्दै कम्पनीले यसबारे जानकारी दिएको हो । 

गुगल सर्चमा मिश्रित प्रतिक्रिया पाइरहेको ‘एआई ओभरभ्यु’ फिचरलाई थप विस्तार गर्ने योजना अनुसार युट्युबमा यसको परीक्षण थालिएको कम्पनीले जनाएको छ ।

ब्लगअनुसार युट्युबले अहिले आफ्नो प्लेटफर्ममा ‘एआई ओभरभ्यु’ परीक्षण गरिरहेको छ । यो नयाँ फिचरले प्रयोगकर्ताले खोजेको प्रश्नको आधारमा एआई प्रयोग गरी सान्दर्भिक भिडिओ खोज्नेछ । र, सबैभन्दा मिल्दाजुल्दा क्लिपलाई ‘भिडिओ रिजल्ट्स’ क्यारोसेल अन्तर्गत देखाउँछ । 

युट्युबका अनुसार ‘केही निश्चित प्रश्न राखिसकेपछि’ मात्र यो फिचर देखा पर्नेछ । अर्थात् तपाईंले कुनै विशेष क्रियटरको विशेष भिडिओ खोज्दै हुनुहुन्छ भने यो फिचरले काम गर्ने छैन । तर, एउटै प्रश्नका लागि मिश्रित भिडिओ देखिने अवस्था छ भने त्यस्तोमा यो फिचर देखा पर्नेछ ।

उदाहरणका लागि, ‘सबैभन्दा उत्कृष्ट न्वाइज क्यान्सिलेसन हेडफोन’ भनेर युट्युबमा सर्च गर्नुभयो भने एआईले तपाईंको जानकारी अनुसार सबैभन्दा सान्दर्भिक भिडिओ खोजेर शीर्ष स्थानमा देखाउनेछ ।

युट्युबले एआई ओभरभ्युलाई ‘सामग्री पत्ता लगाउने अर्को तरिका’ र सर्चसँग सम्बन्धित विषय र जानकारी पत्ता लगाउने माध्यमको रूपमा व्याख्या गरेको छ ।

यो गुगल सर्चमा देखिने एआई ओभरभ्युभन्दा फरक हुने बताइएको छ । गुगल सर्च एआई ओभरभ्युले खोजिएको जानकारीको शब्दको सारांशका रूपमा देखाउँछ । युट्युब भिडिओ प्लेटफर्म भएकाले टेक्स्टको सट्टा सान्दर्भिक भिडिओ क्लिप्स देखाउनु स्वाभाविक देखिन्छ । 

युट्युबले एआई फिचर प्रयोग गरेको यो पहिलोपटक भने होइन । केही महिनाअघि अमेरिकाका युट्युब प्रिमियम प्रयोगकर्ताका लागि कुराकानी गर्न मिल्ने एआई टुल ल्याइएको थियो । उक्त टुलले प्रयोगकर्तालाई हेरिरहेको भिडिओबारे प्रश्न सोध्न वा अन्य भिडिओ सिफारिस प्राप्त गर्न सघाउँछ ।

गुगल सर्चमा एआई ओभरभ्यु आएको एक वर्ष भइसक्दा पनि यसले सबै प्रयोगकर्ताको मन जित्न सकेको छैन । कतिपय अवस्थामा यसले दिने जानकारी भ्रामक तथा मिथ्या हुने, प्रयोगकर्ताको वास्तविक प्रश्नलाई सम्बोधन नगर्ने र कन्टेन्ट क्रियटर तथा वेबसाइटको मेहनतलाई अवमूल्यन गर्ने जस्ता आलोचना हुँदै आएका छन् । 

युट्युबको एआई ओभरभ्युमा पनि यस्तै चुनौती देखिनसक्ने अनुमान गरिएको छ । अहिले युट्युबको एआई ओभरभ्यु अमेरिकाका सीमित सङ्ख्याका युट्युब प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । त्यस्तै यो फिचर अङ्ग्रेजी भाषाका केही निश्चित सर्च रिजल्टमा मात्र देखाइएको छ ।

यो फिचर चित्त नबुझेको अवस्थामा गुगल सर्चमा जस्तै प्रयोगकर्ताले सिधै बन्द गर्ने नसक्ने बताइएको छ । यद्यपि युट्युबले यस फिचरबारे विस्तृतमा जानकारी दिइसकेको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ १५:५६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्‌मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

शनिबार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरुलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

संसद्‌मा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्ने लगायतका काम गर्न पनि उनले निर्देश गरेका छन् ।

Ncell 2
Ncell 2

‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नु पर्दछ । राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरु त्यस्ता कुरालाई आलोचना गर्नुपर्दछ । त्यस्ता कुरालाई हामीले तिखै आलोचना गर्नुपर्दछ । किनभने देश भन्दा ठूलो अर्को कुरा हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।

देश भन्दा ठूलो अरु नहुने भन्दै उनले देशप्रति निष्ठा नहुने तत्वहरूको मुखुण्डो उतार्नुपर्ने चेतावनी पनि दिए ।

shivam cement
shivam cement

देशभक्तिको भावनालाई, देशभक्तिका पक्षहरुलाई उजागर गर्न, जनतालाई जागरुक बनाउने कुरामा अघि बढ्न आग्रह गरे ।

‘देशप्रति जसको निष्ठा छैन, त्यस्ता तत्वहरुलाई हामीले तिनको असली चेहरा, तिनको मुकुण्डो उतार्नुपर्छ । हामीले देशभक्तिको भावनालाई, देशभक्तिका पक्षहरुलाई उजागर गर्नुपर्दछ । जनतालाई जागरुक गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट