२०८३ बैशाख २९ मंगलवार
२०८३ बैशाख २९ मंगलवार

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर) ले फोरके (फोरके) रिजोलुसनमा भिडिओ अपलोड गर्ने सुविधा दिने भएको छ । कम्पनीले प्रयोगकर्ताको इंगेजमेन्ट बढाउन र उनीहरूलाई भिडिओ हेर्नका लागि युट्युब र भिमियो (Vimeo) जस्ता अन्य प्लेटफर्ममा जानबाट रोक्ने उद्देश्यले यो कदम चालेको हो ।

एक्सको इन्जिनियरिङ टिमको अकाउन्टबाट गरिएको पोस्ट अनुसार, चाँडै नै यो सुविधा सबै प्रिमियम ग्राहकका लागि उपलब्ध हुनेछ ।

पहिले, एक्सका प्रिमियम ग्राहकले १०८०पी रेजोलुसनमा अधिकतम ८ जीबी साइज र करिब तीन घण्टासम्मका भिडिओ अपलोड गर्न सक्थे । फोरके सपोर्ट आएसँगै ग्राहकका लागि साइज लिमिट परिवर्तन हुन सक्ने सम्भावना समेत रहेको छ ।

एलन मस्कले कम्पनी खरिद गरेदेखि नै एक्सले प्रयोगकर्ताहरूलाई थप भिडिओ सामग्री पोस्ट गर्न प्रोत्साहित गरिरहेको छ र यसका लागि अपलोड लिमिट क्रमशः बढाउँदै आएको छ ।

यस वर्षको सुरुमा एक्सले मोबाइल एपको होम पेजमा शर्टकटसहित भर्टिकल भिडिओका लागि छुट्‍टै फिड पनि सुरु गरेको थियो । यो कदम अमेरिकामा टिकटक माथिको सम्भावित प्रतिबन्धको फाइदा उठाउने प्रयासस्वरूप चालिएको थियो ।

यो नयाँ फोरके भिडिओ अपलोड सुविधाले एक्सलाई भिडिओ सामग्रीका लागि अझ प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ १५:२७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँगको वार्तासँगै आन्दोलनलाई पनि निरन्तरता दिएको छ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने लगायतका माग राख्दै महासंघले बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेको हो। आफूहरूको माग पूरा हुने अवस्था नबनेसम्म आन्दोलन जारी रहने महासंघले स्पष्ट पारेको छ।

आन्दोलनमा रहेका शिक्षकहरूले आफूहरूको मुख्य माग विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने रहेको बताए। तर, आफूहरूको आन्दोलनलाई तलव भत्तासँग जोडेर प्रचार गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

आफूहरूसँग यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरू विद्यालय बन्द गरेर लामोसमयदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन्।


सामाग्री श्रोत :

शिक्षक आन्दोलनसँगै वार्ता जारी

 काठमाडौं– सत्ता गठबन्धनले सरकार र शिक्षकहरूसँग आजै सहमति हुने विश्वास लिएको छ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार र शिक्षकहरूबिच आजै सहमति हुने विश्वास व्यक्त गरेका हुन्।

उहाँले शिक्षकहरूसँगको वार्ता सकारात्मक तरिकाले अगाडी बढेको बताउँदै आज दिनभरमा सरकार र आन्दोलनरत शिक्षकबिच सहमति हुने बताए।

Ncell 2
Ncell 2

उनले नेपाल शिक्षक महासङ्घ र सरकारबीच छलफलमा बनेको सहमतिका आधारमा आजै निचोड निस्कने र बिहीवारदेखि सहज रूपमा पठनपाठन शुरु हुने विश्वास लिएको बताए।

‘सरकारले खेलाँची गरेको होइन। शुरुदेखि नै सरकारले उहाँहरूलाई वार्तामा बोलायो। विभिन्न कारणले उहाँहरू वार्तामा आउन सक्नुभएन। निवर्तमान शिक्षामन्त्रीज्युले पनि त्यो सम्बन्धमा धेरै प्रयत्नहरू गर्नुभएको थियो। शिक्षकहरूले ऐन नलिई फर्कँदैनौँ  भनेर अडान लिएपछि केही ढिलाइ भएको हो,’ उनले भने।

shivam cement
shivam cement

उनले बिहीवारदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय फर्कने र सहज रूपमा पठनपाठनको सुचारु हुने आशा व्यक्त गरे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । शिक्षा ऐनको माग गर्दै सामुदायिक विद्यालयका शिक्षकहरू लामो समयदेखि आन्दोलनरत रहेकै बेला दुई स्थानीय तहले भने विद्यार्थी भर्नालाई निरन्तरता दिन अनलाइन प्रणाली सुरु गरेका छन् । दैलेखको दुल्लू नगरपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिकाले सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि अनलाइनमार्फत विद्यार्थी भर्ना लिन थालेका हुन् ।

दुल्लू नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै आफ्ना सबै सामुदायिक विद्यालयमा अनलाइन प्रणालीबाट विद्यार्थी भर्ना गर्न अभिभावकहरूलाई आग्रह गरेको छ । नगरपालिकाका अनुसार सोसेक नेपाल हातेमालो परियोजनाको आर्थिक सहयोग र रिभेरेन्ट कम्प्युटर इन्स्टिच्युट दुल्लुको प्राविधिक सहयोगमा यो प्रणाली विकास गरिएको हो । दुल्लूका सामुदायिक विद्यालयमा भर्ना हुन इच्छुक विद्यार्थीले यस लिङ्कमा क्लिक गरी विद्यालय छनोट गरेर आवेदन दिन सक्नेछन् ।

दुल्लूका वरिष्ठ शिक्षा अधिकृत विकाशजंग शाहीले यो प्रणाली एकै दिनमा तयार भएको जानकारी दिए । उनले पालिकाभित्रकै एक शिक्षकले आफ्नो पहलमा यसको अवधारणा तयार पारेपछि सोसेकसँगको सहकार्यमा प्रणालीलाई अन्तिम रूप दिइएको बताए । शाहीका अनुसार अनलाइन भर्ना सम्पन्न भएपछि विद्यार्थीहरूले आफू भर्ना भएको विद्यालयमा गएर पाठ्यपुस्तक लिन सक्नेछन् ।

“शिक्षकहरू आन्दोलनमा हुँदा अभिभावकहरूलाई भर्ना हुने/नहुने अन्योल थियो । त्यसैले हामीले यो प्रणाली बनाएका हौँ,” शाहीले टेकपानासँग भने, “प्रायः अभिभावकहरू मोबाइल चलाउनुहुन्छ र सामाजिक सञ्जालमा पनि सक्रिय हुनुहुन्छ । अनलाइन भर्ना भएपछि उहाँहरूलाई आफ्ना बालबालिका विद्यालयमा भर्ना भएकोमा ढुक्क महसुस हुनेछ ।”

नगरपालिकाले अनलाइन भर्ना खुला गर्नुअघि नै विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूलाई विद्यार्थीलाई पाठ्यपुस्तक वितरणका लागि विद्यालयमा उपस्थित हुन अनुरोध गरेको थियो ।

गत वर्ष दुल्लू नगरपालिकाभित्र १० हजारभन्दा बढी विद्यार्थी भर्ना भएका थिए भने अनलाइन भर्नाको सूचना जारी भएपछि मंगलबार मात्रै २०० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् । शाहीले अनलाइन भर्ना प्रणालीले समुदायमा डिजिटल साक्षरताको अवस्था मूल्यांकन गर्न र भविष्यमा प्रविधि सम्बन्धी कार्यक्रम ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसैगरी, बर्दियाको ठाकुरबाबा नगरपालिकाले पनि मंगलबार सूचना जारी गर्दै अनलाइनमार्फत विद्यार्थी भर्ना गर्न आह्वान गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी भर्नालाई लिएर अन्योल सिर्जना भएपछि अभिभावकहरू निजी विद्यालयतर्फ आकर्षित हुन थालेको महसुस गरी यो कदम चालेको हो ।

ठाकुरबाबा नगरपालिकाका सूचना प्रविधि अधिकृत विकाश भाट र रोजगार संयोजक रविन्द्र अर्यालले संयुक्त रूपमा यो अनलाइन भर्ना प्रणाली तयार पारेका हुन् । ठाकुरबाबाका सामुदायिक विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीका अभिभावकले यहाँ क्लिक गरी अनलाइन फारम भर्न सक्नेछन् ।

सूचना अधिकृत भाटका अनुसार अनलाइन भर्ना आह्वान गरिएको पहिलो दिन नै सात जना विद्यार्थीले आवेदन दिएका छन् । “अहिले शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ । उहाँहरू फर्किएपछि यो प्रणालीबाट भएको भर्नाले उहाँहरूलाई पनि सहज हुन्छ,” भाटले टेकपानासँग भने, “हामीसँग भएको विद्यार्थीको विवरण पछि विद्यालयहरूलाई उपलब्ध गराउँछौँ ।” उनले पालिकाका सूचना प्रविधि अधिकृत र कर्मचारीले नै यस्तो प्रणाली तयार पार्न सक्ने उदाहरण प्रस्तुत गरेको बताए ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ १४:४१





सामाग्री श्रोत :
टेक पाना

२०२४ पास आउट अर्थात् पास भएको एक वर्ष पनि नबित्दै सामाजिक सञ्जालमा पोस्टाइएका साथीभाईका हर्षका तस्बिरहरू शुभयात्रा मित्रजन, अस्ट्रेलिया, अमेरिका, क्यानडा, दुबई तथा जर्मनीको यात्रा सफल रहोस्। बाँकी साथीहरू पनि विदेशकै प्रक्रियामा छन्। कोही  ओपीआरएको  तयारीमा, कोही डीएचएको  तयारीमा, कोही एनएपीएलईएक्सको  तयारीमा, त कोही पीईबीसीको तयारीमा जुटेका छन्। यसको मतलब मसँग आबद्ध भयका ९० प्रतिशत साथीभाई वैदेशिक यात्राको तयारीमा जुटेका छन् भन्दा फरक नपर्ला। अहिलेको वर्तमान परिस्थितिमा भविष्यको खोजीमा र भवितब्यबाट बच्नका लागि पनि वैदेशिक यात्रा एक नविनतम उपाय बन्न पुगेको छ। 

नेपाल फार्मेसी काउन्सिलमा २०८२ वैशाखसम्ममा जम्माजम्मी ७,४३० जना फार्मासिस्टहरू दर्ता छन्। जुन देशको मागभन्दा निकै कम जनशक्ति हो। तर देशलाई हेरेर न त आफ्नो पेट भरिदो रहेछ न त परिवारको भर्न नै सकिदो रहेछ। चार वर्षीय फार्मेसी विषय अध्ययन गरिसकेपछि मात्रै स्नातक सरहको डिग्री प्राप्त हुन्छ अनि केही व्यवसायमा आबद्ध हुन काउन्सिलमा दर्ता हुनै पर्यो। त्यसको लागि पनि पुन दिमाग खियाउनै पर्यो। चार वर्षमा अध्ययन गरेको विषयबाट सोधिने १५० वटा वस्तुगत प्रश्नमा ५० प्रतिशत अङ्क ल्याउन नसके अर्को काउन्सिलको परीक्षा मिति कुर्नु बाहेक वैकल्पिक छैन।

काउन्सिलमा दर्ता भइसकेपछि चाहिँ जागिरको लागि प्रक्रिया अघि बढाउने क्रममा अन्तर्वार्ता दिइन्छ, जागिर पाइयो पनि अनि बिछिप्त बनाउने घटनाको लावालस्कर सुरु हुन्छ यहाँबाट। 

प्रथम त पारिश्रम
सानै उमेरदेखि प्राविधिक विषय पढ्दा जागिर पाउन सजिलो हुन्छ तलब राम्रो हुन्छ भन्ने जोसुकैले पनि सुन्दै आएका छौं तर यो कालान्तरको कथा रहेछ भन्दा फरक नपर्ला। फार्मेसी पेसामा आबद्धको तलब २२ हजार देखि ३५ हजारसम्म छ भन्दा धेरैलाई विश्वास गर्न गाह्रो होला। तर पेसाको वास्तविकता र फार्मेसी पेसामा आबद्धको हकिकत यहि नै हो। चार वर्षको कडा मेहनत, अथाह औषधिको एकएक सुत्र र डोजको रटान, उच्च शिक्षासूल्क, तर पारिश्रम न्यून जुन पारिश्रमले, न त पढ्दा साहुसँग लिएको ऋण तिर्न सकिन्छ न त आन्नदले परिवारको पेट नै पाल्न सकिन्छ। अनि विदेश नहानिएर के गर्ने। 

दोस्रो प्रतिष्ठा 
अझै पनि फार्मेसीलाई पसलेको रुपमा चिनिन्छ। देशको स्वास्थ्यमन्त्री जस्तो ओहदामा बसेकालाई फार्मेसी स्वास्थ्यकै एउटा संकाय हो भन्ने पनि थाहा छैन अनि प्रतिष्ठाको खोजीमा विदेश नहानिएर के गर्ने?

तेस्रो सुविधा 
एकै स्थानमा वा एकै जागिरमा रहिरहन प्रेरणाको ऊर्जा आवश्यक पर्छ। सुविधाको माग हुन्छ। तर जहाँ सुविधाको कमी हुन्छ त्यहाँ अन्य विकल्पहरूको खोजी कार्य हुन्छ। आदर्शका शब्दहरू, देशप्रतिको चिन्तन यी सबैको परिकल्पना गर्न यो कुनै सत्ययुग होइन। आदर्शवान बनेर देशमै भविष्य बनाउँछु भनेर कसैले सपना देख्छ भने ३०, ३५ हजारमा आकाशको फल आँखातरी मर सरह नै हो।

चौथो हेपिएको पेसा

आजको समयमा २५ देखि ३० हजार भनेको सामान्य काम गर्ने व्यक्तिले पनि कमाउँछन्। जुन कमाईले आजको महङ्गीसँग जुध्ने दक्षता पनि राख्न सक्दैन। लोकसेवा लड्नको लागि भने विज्ञापन मरेतुल्य खुल्छन्। यदि केही गरी खुल्यो भने माग सङ्ख्या एक हुन्छ। त्यसको लागि पनि कि त कोही ब्यक्ति सिफारिसको लागि भैदिनु पर्यो होइन भने लाखौंका बिटा तेर्साउने क्षमता हुनु पर्यो। जुन देशमा लाखौं खर्चेर पढ्ने अनि कामको लागि पनि लाखौं तेर्साउन पर्ने हो भने विदेश बैकल्पिक बाहेक अन्य सायदै होला। अझ फार्मेसी पेशामा आबद्ध भएकाको सूचाङ्कन छैन। निगमले समयसमयमा गर्नुपर्ने निरीक्षण पनि समयमा छैन। बजार व्यवस्थापन लथालिङ्ग छ। सम्बन्धित निकायको ध्यानाकर्षण कमजोरी भएको पाइन्छ। त्यसैले पनि हेपिएको पेशामा सूचित पर्यो।

त्यसैले यी सबै तनावहरूबाट छुट्कारा पाउनका लागि अस्ट्रेलिया, अमेरिका, क्यानडा, दुबई, र जर्मनीको यात्रा रोज्ने साथीहरूप्रति पनि सम्मान व्यक्त गर्नैपर्छ। उनीहरूको संघर्षको यात्रालाई शुभकामना व्यक्त गर्नैपर्छ। भविष्यको खोजिमा विदेश पलायन हुने साथीभाईलाई पनि उच्चताको कामना गर्नैपर्छ। शुभकामना।।


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरी पक्राउविरुद्ध कार्यकर्ताले नाराबाजी गरेका छन्।

जनमत पार्टीसँग एकताको तयारी भइरहेको स्थल प्रज्ञा भवनबाट चौधरी पक्राउसँगै कार्यकर्ताले नाराबाजी गरेका हुन्।

हाल चौधरीलाई डिल्लीबजार कारागारमा राखिएको जनमतका अध्यक्ष सीके राउतले बताएका छन्।


सामाग्री श्रोत :

रेशम पक्राउविरुद्ध नाराबाजी

एजेन्सी–भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरीले बुधबार बताएको छ। 

आगलागी भएको होटलमा केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए।

होटलको कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको कोलकाताका प्रहरी प्रमुख मनोज वर्माले मङ्गलबार साँझ आगलागी भएपछि बताए।

“दुई बालबालिका र एक महिलासहित मृतकको सङ्ख्या १५ पुगेको छ”, आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जानकारी दिँदै वर्माले भने, “होटल ग्यास च्याम्बरमा परिणत भयो र धेरै मानिसको निस्सासिएर मृत्यु भएको देखिन्छ।”

आगलागी हुँदा ८८ जना पाहुना रहेको ऋतुराज होटल कोलकाताको केन्द्रीय भागको एक भीडभाड व्यापारिक क्षेत्रमा अवस्थित छ।

करिब एक दर्जन मानिस जलेर घाइते भएका छन् र उपचार गराइरहेका छन्।

भारतमा अग्नि नियन्त्रण उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित उपेक्षाका कारण भवनमा आगलागी हुने घटनाहरू सामान्य छन्।

गत वर्ष पूर्वी राज्य बिहारको पटनामा एक होटलमा आगलागी हुँदा छ जनाको मृत्यु भएको थियो।

Ncell 2
Ncell 2

कोलकाताको भवनबाट आगोको ज्वालाहरूको भिडियो फिल्म खिचेको प्रेस ट्रस्ट अफ इन्डियाले ‘धेरै मानिस भवनको झ्याल र साँघुरो किनारबाट भाग्ने प्रयास गरिरहेको देखिएको थियो’ भनी रिपोर्ट गरेको छ।

कोलकाताको द टेलिग्राफ अखबारले आगोबाट बच्न खोज्दा ‘छतबाट हामफालेका कम्तीमा एक जनाको मृत्यु भएको’ बताएको छ।

वर्माले आगो निभाएको र ‘चिस्याउने कार्यहरू जारी रहेको’ बताए।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारहरूप्रति समवेदना प्रकट गर्नुभएको छ। “घाइतेहरू चाँडै निको होउन्”, उहाँको कार्यालयले एक विज्ञप्तिमा भन्यो।

shivam cement

shivam cement

एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या भएको कोलाकाता पश्चिम बङ्गाल राज्यको राजधानी हो। पश्चिम बङ्गाल विपक्षी तृणमूल काङ्ग्रेस पार्टीद्वारा शासित छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित तीन ओटा टुल सार्वजनिक गरेको छ । नयाँ भाषा सिक्न सहयोग पु‍र्‍याउने उद्देश्यसहित कम्पनीले यी टुलहरू गुगल ल्याब्समार्फत सार्वजनिक गरेको हो ।

हाल प्रारम्भिक परीक्षण चरणमा रहेका यी टुलहरू प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछन् । अनलाइन प्लेटफर्मबाट भाषा सिकाउने डुओलिङ्गो जस्ता एपसँग प्रतिस्पर्धा गर्न गुगलले यी टुल ल्याएको बताइएको छ ।

गुगलले सार्वजनिक गरेका तीन ओटा नयाँ मोडेलमध्ये एउटा हो ‘टाइनी लेसन’ (Tiny Lesson) । नयाँ भाषा सिक्ने क्रममा तुरुन्तै आवश्यक पर्ने तर नसिकिएको कुनै विशेष वाक्यांशको आवश्यकता परेमा यो टुल उपयोगी हुन्छ ।

गुगलका अनुसार, जब कसैले भाषा सिक्दैछ तर आवश्यक वाक्यांश तुरुन्तै थाहा नपाउँदा सिक्ने इच्छामा कमी आउन सक्छ । यसै विचारमा आधारित भएर यो टुल विकास गरिएको हो ।

 

टाइनी लेसन मार्फत प्रयोगकर्ताले कुनै परिस्थितिको वर्णन (जस्तै: ‘हराएको पासपोर्ट फेला पार्ने’) गरेपछि त्यस सन्दर्भमा आवश्यक शब्दावली र व्याकरण टिप्स पाउन सक्छन् । उदाहरणका लागि, यो टुलले ‘मैले कहाँ हराएँ थाहा छैन’ वा ‘म प्रहरीलाई रिपोर्ट गर्न चाहन्छु’ जस्ता सम्भावित वाक्य सुझाउनेछ ।

गुगलको दोस्रो टुल हो ‘स्ल्याङ ह्याङ’ (Slang Hang) । यसले प्रयोगकर्तालाई नयाँ भाषा सिक्दा पाठ्यपुस्तकजस्तो औपचारिक लवजको सट्टा स्थानीय बोलचालको भाषा सिक्न सहयोग गर्छ । 

सामान्यतया नयाँ भाषा औपचारिक तरिकाले सिक्दा बोलाइ पनि अत्यधिक औपचारिक हुन्छ, जसले प्रयोगकर्तालाई भाषा सिकेको देखाइदिन्छ । स्ल्याङ ह्याङले स्थानीय व्यक्तिहरूबिचको वास्तविक संवाद तयार पारिदिन्छ, जसबाट प्रयोगकर्ताले व्यवहारिक स्ल्याङ र तिनको प्रयोग बुझ्न सक्छन् । प्रयोगकर्ताले कुनै शब्दमा होभर गर्दा त्यसको अर्थ तल देखिन्छ ।

 

यस टुलले कहिलेकाहीँ गलत स्ल्याङ प्रयोग गर्ने वा नभएका शब्द बनाउन सक्ने भएकाले प्रयोगकर्ताले विश्वसनीय स्रोतहरूसँग जाँच गरेर प्रयोग गर्नुपर्ने गुगलले जनाएको छ ।

त्यसैगरी गुगलले ल्याएको अर्को टुल हो ‘वर्ड क्याम’ (Word Cam) । यस फिचरले तपाईंलाई आफ्नो मोबाइलको क्यामेरा प्रयोग गरेर वरपरका वस्तुको फोटो खिच्न अनुमति दिन्छ । त्यसपछि जेमिनाईले ती वस्तु पहिचान गरी तपाईंले सिकिरहेको भाषामा तिनको नाम देखाइदिन्छ । यसले ती वस्तुको वर्णन गर्न प्रयोग हुने थप शब्द पनि उपलब्ध गराउँछ ।

कहिलेकाहीँ तपाईंलाई आफ्नो अगाडि भएका चीजको नाम थाहा नहुन सक्छ । यस्तोमा यो फिचर उपयोगी हुने कम्पनीले उल्लेख गरेको छ । त्यस्तै दृष्टिविहीन वा कम दृष्टि भएका व्यक्तिलाई अगाडि भएको वस्तु थाहा दिन यो टुल उपयोगी हुने बताइएको छ । 

गुगलका अनुसार यी तीन ओटा टुलको मुख्य उद्देश्य भनेको एआई प्रविधिको प्रयोगमार्फत भाषा सिकाइलाई अझ व्यक्तिगत, सहज र प्रभावकारी बनाउने प्रयास हो ।

हाल यी टुलहरू अरबी, चिनियाँ (चीन, हङकङ, ताइवान), अंग्रेजी (अष्ट्रेलिया, बेलायत, अमेरिका), फ्रेन्च (क्यानडा, फ्रान्स), जर्मन, ग्रीक, हिब्रु, हिन्दी, इटालियन, जापानी, कोरियन, पोर्चुगिज (ब्राजिल, पोर्चुगल), रुसी, स्पेनिश (ल्याटिन अमेरिका, स्पेन) र टर्किस भाषामा उपलब्ध छन् ।

यी सबै टुलहरू Google Labs बाट प्रयोग गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ १३:५५





सामाग्री श्रोत :
टेक पाना

हाल देशको स्वास्थ्य क्षेत्रको मौसम पीजी रेजिडेन्टलाई सम्मानजनक स्टिपेन्डको व्यवस्था हुनुपर्ने भन्ने कुरामा चलिरहेको छ। काम गर्ने कामदारको रुपमा मात्रै व्यवहार नगरी सो कामको उचित मूल्याकंन हुनुपर्नेमा चिकित्सकहरुको सङ्घर्ष चलिरहेकै छ।  निजी मेडिकल कलेजहरुको समूह एउटा रेजिडेन्ट डाक्टरले  पढेर अनुभव बटुलेर एउटा डिग्री मात्रै लिएर जाने हुन् भन्ने खालको भाष्य निर्माण गर्न उद्दत देखिन्छन्। जुनकुरा आंशिक सत्य हो।

उक्त मेडिकल कलेजको सेवामा भएको सुधार र रेजिडेन्ट डाक्टरले हुने कार्यसम्पादनको बारेमा भने सबै मौन हुन्छन्। लगातार ३६ देखि ४८ घण्टा डिउटी  गर्ने रेजिडेन्टहरुलाई महिनाको ४८ हजार  पनि निर्वाह भत्ता दिन आनाकानी गर्ने निजी मेडिकल कलेजहरुले सामाजिक उत्तरदायित्वको बोझ पनि लिन्छन् भन्ने  कुरामा विश्वास गर्न सकिएला त! तर केही सरकारी संस्थानहरुले भने यो उत्तरदायित्व अब्बल रुपमा निरन्तर गरिरहेका छन् । जसमा सहिद गङालाल राष्ट्रिय ह्र्दय केन्द्र आफूलाई अब्बल सावित गरिरहेको छ ।

राज्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने समस्त अस्पतालहरुले आफ्नो केही बजेट सामाजिक उत्तरदायित्वको लागि पनि छुट्ट्याउने गर्नुपर्छ।  सोही सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रमममा केही बेड नि:शुल्क गरेर वा  केही प्रतिशत ल्याब लक्षित वर्गलाई नि:शुल्क, सीमान्तकृत समुदायमा विशेष क्याम्प संचालन गरेर आदि कुराहरुबाट पूरा गर्न सकिन्छ। देशका कुनाकुनामा शिविर सन्चालन गरेर दीर्घकालीन रोगको पहिचान गर्नु पनि कुनै पनि अस्पतालको समाजप्रतिको थप जिम्मेवारी हो। सोही क्रममा गङ्गालाल अस्पतालबाट देशका विभिन्न ठाउँहरुमा  स्थानीय सरकारको समन्वयमा एक वर्षमा दस देखि पन्ध्रवटा मुटुरोग शिविर  सन्चालन गरिन्छ।

यसवर्ष ताप्लेजुङ, तेह्रथुम, रौतहट, म्याग्दी, डोटी, सोलुखुम्बु आदि जिल्लाहरुमा गङ्गालाल अस्पतालले क्याम्प सन्चालन गर्दै आइरहेको छ । जसमा बाथ मुटुरोगको पहिचान, जन्मजात मुटुमा प्वाल परेका बिरामीहरुको पहिचान गर्नु र उपचारको लागि सहजीकरण गर्नु विशेष उपलब्धी मान्न सकिन्छ । सो बिरामीहरुको उपचार सकेसम्म निशुल्क गर्ने प्रयासमा पनि गङ्गालाल अस्पताल पछि पर्दैन।

हालै ताप्लेजुङको फुङलिङ बजारमा फुङलिङ नगरपालिकाको समन्वयमा मुटु रोगको विशेष क्याम्प त्यहाँ बालमन्दिरमा सन्चालन गरिएको थियो। जसको लागि गङालालबाट पूरै प्रविधिक टिम पुगेको थियो । सो क्याम्पमा करिब ७०० जना बिरामीहरुको चेकजाँच र ६०० बिरामीको इको गरिएको थियो । जन्मजात मुटुमा प्वाल भएका बिरामीहरु ४ जना र बाथ मुटु रोगका बिरामीहरु ५  जना फेला परेका थिए । ती सबै समयमा निदान गर्न सकेमा उपचार गर्न सकिने समस्या हुन्।   साथमा धेरै बिरामीहरु दमको बिरामी भनेर उपचार गरिरहेका तर मुटु कमजोर भएका बिरामीहरु ( कार्डियोमायोप्याथी) पनि पत्ता लगाइएको थियो।


 

उच्च रक्तचाप , मधुमेह आदि बिरामीहरु पनि पत्ता लगाइएको थियो् । यसरी समुदायमा गएर रोगको पहिचान गरी उपचार तथा सल्लाह दिनु पनि स्वास्थ्य क्षेत्रमा समाजप्रतिको जिम्मेवारी निर्वाह गरेको हो भनेर भन्न सकिन्छ । सो कार्यमा खटिने सम्पूर्ण कर्मचारीहरु धन्यवादका पात्र हुन् । कठिन र दुखदायी  यात्रा गरेर भएपनि दुर्गम ठाउँसम्म गङ्गालाल अस्पतालको उपस्थिति देखिनु सह्रानीय मान्नुपर्छ । त्यस कार्यमा कहिलेकसो आफू  सहभागी हुन पाउँदा मलाई गर्व लाग्छ।

स्वास्थ्य मन्त्रालयबाट क्याम्प गर्नको लागि बजेट छुट्याइएको हुन्छ् । पालिकाहरुले पनि बजेट निर्धारण गरेका हुन्छन् । सो बजेटलाई अझै गुणस्तरीय तरिकाबाट सदुपयोग गर्ने उपायमा भने सुधार गर्नुपर्ने लाग्छ मलाई। क्याम्पको उद्देश्य फलिभूत  हुन दूरदराजमा पुगेर एक दिन वा दुई दिनको क्याम्पबाट पत्ता लगाइएका बिरामीहरुलाई थप उपचार गर्ने व्यवस्था गर्नुपर्ने हुन्छ। तर,  कतिपय स्थानहरुमा सो बिरामीहरुको रेकर्ड पनि गरिएको पाइन्न।

स्थानीय अस्पतालमा पालिकाले आफै पहिले क्याम्प गरेर बिरामीहरुको प्रकार वर्गीकरण गर्ने र सोही रोगहरुसम्बन्धीको विषेशज्ञ सेवाको शिविर सञ्चालन गरेमा अझै राम्रो हुने जस्तो लाग्छ । मुटुरोगको शंका भएका बिरामीहरु धेरै देखिए मुटुरोग शिविर गर्ने, मानसिक रोग देखिएमा मानसिक रोग विशेष शिविर गर्ने , विद्यालयमा बालबालिकाको कानको जाली हेर्ने शिविर आदि प्रकारको लक्षित शिविर सन्चालन गर्न सकेमा विशेषज्ञ शिविरलाई विशेषज्ञ सेवामा ढाल्न सकिन्छ । र वास्तविक लक्षित वर्गले सुविस्ताका साथ उपचार पाउँछन्।

समाजप्रतिको थप उत्तरदायित्वमा सहभागी हुन सधैं तत्पर हुने सहिद गङालाल हृदयरोग केन्द्र, त्यसका कर्मचारी र  नेतृत्वलाई मुरी धन्यवादका पात्र हुन्।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।

जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनी पक्राउ गरेका हुन। पार्टी एकताका लागि काठमाडौंको प्रज्ञा भवनमा तयारी भइरहँदा प्रहरीले उनलाई सोही स्थानबाट नियन्त्रणमा लिएको हो। तर, पक्राउको कारण भने खुल्न सकेको छैन।


सामाग्री श्रोत :

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट