२०८३ बैशाख २९ मंगलवार
२०८३ बैशाख २९ मंगलवार

विराटनगर – कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ। दुई दिनसम्म चल्ने लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि कोशी प्रदेशमा अनुकूल वातावरण रहेकोले जुनसकै क्षेत्रमा लगानी गर्न सकिने बताएका हुन्।

Ncell 2
Ncell 2

लगानीका लागि ऐन संशोधन गरेर सहज वातावरण बनाइएको भन्दै उनले लगानीको सम्भावना प्रचुर रहेको बताए। उद्यमशीलता गर्नेका लागि  सरकारको साथ रहेको भन्दै उनले भने, ‘उद्यमशीलताको खोजीमा लाग्नुहोस्।’

shivam cement
shivam cement

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न तयार रहेको बताए।

कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झटहरू अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरू अध्यादेशमार्फत संसोधन गरेको बताउँदै उनले लगानीको वातावरण पर्याप्त रहेको बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव निरन्तर बढ्दै गएको छ। यस्तो अवस्थामा अमेरिकाले कूटनीतिक पहल सुरु गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफसँग छुट्टाछुट्टै वार्ता गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसका अनुसार मार्को रुबियोले डा. एस. जयशंकरसँग कुरा गर्दै आक्रमणप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले आतंकवाद विरुद्धको विश्वव्यापी लडाईमा भारतप्रति अमेरिकाको प्रतिबद्धता दोहोर्‍याए। अमेरिकाले भारत र पाकिस्तान दुवैलाई दक्षिण एसियामा तनाव कम गर्न र शान्ति कायम राख्न संवाद गर्न अपील गरेको छ।

अर्कोतर्फ, मार्को रुबियोले शाहबाज शरीफसँग परिस्थितिबारे छलफल गरे। पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शाहबाज शरीफले अमेरिकी विदेशमन्त्रीलाई क्षेत्रीय परिस्थितिमा पाकिस्तानको अडानबारे जानकारी गराए। वार्ताका क्रममा शाहबाज शरीफले भारतलाई उत्तेजना फैलाएको आरोप लगाए।

समाचार एजेन्सी एएफपीका अनुसार, शाहबाज शरीफले भने – भारतको उत्तेजनाबाट पाकिस्तानले आतंकवाद, विशेष गरी आतंकवादी समूहहरूलाई पराजित गर्ने जारी प्रयासबाट ध्यान भंग गर्नेछ। शाहबाज शरीफले पहलगाम आक्रमणसँग पाकिस्तानलाई जोड्ने भारतको प्रयासलाई पनि अस्वीकार गरे र आतंकवादी आक्रमणको निष्पक्ष अनुसन्धानको लागि पाकिस्तानको माग दोहोर्‍याए। उनले अमेरिकालाई भारतलाई ‘उत्तेजक बयान’ नदिन आग्रह गर्न अपील गरे। किनभने यसले तनाव अझ बढाउन सक्छ।

 


सामाग्री श्रोत :

पाकिस्तानका प्रधानमन्त्री र भारतका विदेशमन्त्रीलाई अमेरिकी विदेशमन्त्रीको फोन

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले  बजारमा दुई नयाँ मोडेल सार्वजनिक गर्ने भएको छ । यही मे महिनामा कम्पनीले अनर ४०० र अनर ४०० प्रो उपलब्ध गराउने तयारी गरेको हो ।

यो सिरिजअन्तर्गत चिनियाँ बजारमा अनर ४०० लाइट सार्वजनिक भइसकेको छ । चिनियाँ स्रोतबाट लिक भएको पछिल्लो जानकारीले बाँकी दुई मोडेलको विशेषता समेत खुलाएको छ ।

अनर ४०० मा ६.५५ इन्चको एलटीपीएस ओलेड स्क्रिन दिइनेछ, जसको रेजोलुसन १.५के हुनेछ । अघिल्लो मोडेलको तुलनामा यसको स्क्रिन सानो हुनेछ । यो स्क्रिनमा एलटीपीओ प्रविधि नहुँदा रिफ्रेस रेट स्टेबल हुने बताइएको छ ।

त्यस्तै, अनर ४०० प्रो मा ६.७ इन्चको स्क्रिन रहनेछ । यसमा पनि १.५के रेजोलुसनसहितको एलटीपीएस ओलेड प्रविधि प्रयोग गरिनेछ ।

पर्फर्मेन्सको कुरा गर्ने हो भने अनर ४०० मा स्न्यापड्रागन सेभेन सिरिजको चिपसेट हुनेछ भने ४०० प्रो मा शक्तिशाली स्न्यापड्रागन एट जेन थ्री चिपसेट समावेश गरिएको छ ।

दुवै मोडेलमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइनेछ । प्रो संस्करणमा थप रूपमा ५० मेगापिक्सेलको टेलिफोटो क्यामेरा पनि रहनेछ ।

फोनमा मेटल फ्रेम रहनेछ भने ब्याट्री क्षमता पनि उच्च हुने अनुमान गरिएको छ, जसको सुरुवात ७००० एमएएचबाट हुने बताइएको छ । कम्पनीले यस्ता विशेषतासहितका स्मार्टफोन सार्वजनिक गर्दै प्रतिस्पर्धी बजारमा आफ्नो स्थान अझ मजबुत बनाउने तयारी गरेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १३:३१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिएका छन्। 

बिहीवार ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

Ncell 2
Ncell 2

उनले श्रमिकहरूकै अथक प्रयासका कारण विभिन्न समयका आन्दोलनहरू सफल भएको बताउँदै श्रमिकको समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्ने कुरामा नेपाली कांग्रेस गम्भीर रहेको बताए।

shivam cement
shivam cement

उनले होटलमा कार्यरत श्रमिकहरूले १० प्रतिशतको कुरा गरेको उल्लेख गर्दै कानून बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतले समेत आदेश दिइसकेको भन्दै नेपाली कांग्रेसले कानून बनाउन अघि बढ्ने प्रतिवद्धता जनाए। अहिले दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच व्यापार युद्ध चल्दा विश्वको परिस्थिति नाजुक भएकाले त्यसको असर नेपाललाई पनि पर्ने बताए। 

सांसद कोइरालाले श्रमिकहरूले नलडेको भए २००७ सालको क्रान्ति र ०४६ र ०६२३/०६३ को आन्दोलन सफल हुन नसक्ने बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

दार्चुला । हरेक त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नुपर्ने झण्झटिलो प्रक्रियाको अन्त्य गर्दै मालिकार्जुन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामै पुगेर वितरण गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक अवधिको सुरक्षा भत्ता माछापुच्छ्रे बैंकसँगको समन्वयमा वडातहमै गएर वितरण गरिएको हो।

सामाजिक सुरक्षा रकम वडामै पुगेर वितरण गरेपछि सेवाग्राही खुसी भएका छन्। पालिका भित्रका ४५५ लाभग्राहीलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको एमआइएस अपरेटर लोकेन्द्रसिह धामीले जानकारी दिए। तेसो चौमासिकमा कुल ६२ लाख २२ हजार ६०० वितरण गरिएको छ।

यस्तै भौगोलिक रुपमा विकट तथा अन्य विविध कारणले गाउँपालिकाबाट प्रदान गरिने सेवामा नागरिकको पहुँच सुनिश्चिता गर्ने उद्देश्यअनुरुप वडातहमै एकीकृत घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको धामीले बताए। यही वैशाख १० गतेदेखि सञ्चालन भएको शिविरमा पालिकाभरिका दुई हजार ६९५ सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ। पालिकाको पशु शाखामार्फत वडातहमै पुगेर तीन हजार १२६ जनालाई औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिएको छ।

यसैगरी स्वास्थ्य कार्यालयको सहकार्यमा सञ्चालित एआइ जडित एक्सरे सेवाबाट १६५ जनाले सेवा लिएका छन्। पालकाभरिका १७ जनाको क्षयरोग सम्बन्धी नमूना परीक्षण गरिएको छ। नागरिकलाई सहज, सरल र सर्वसुलभ सेवा प्रदान गरिने उद्देश्यले वडा तहमै पुगेर एकीकृत सेवा प्रदान गएिको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिए। गाउँपालिकाले विगतदेखि नै नियमितरूपमा वडा तहमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणलगायत स्वास्थ्य सेवा, किसान सूचीकरण सेवासहितका एकीकृत सेवा दिँदै आएको छ। रासस


सामाग्री श्रोत :

वडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच

काठमाडौं । भिरिन्ची कलेजले आफ्ना विद्यार्थीलाई एआईले प्रविधि, शिक्षा र अन्तराष्ट्रिय रोजगारीमा पार्नसक्ने असरबारे प्रशिक्षण प्रदान गरेको छ । 

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त दक्षिण कोरियाका विज्ञ प्रोफेसर डाक्टर दोङ ह्वा किमले विद्यार्थीलाई प्रशिक्षण दिएका हुन् । दक्षिण कोरियास्थित डिडक साइन्स एन्ड टेक्नोलोजी कोअपरेटिभका कार्यकारी समेत रहेका किमले गेस्ट लेक्चररका रुपमा ब्याचलर इन इन्फरमेसन एन्ड कम्युनिकेशन टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरूलाई एआई सम्बन्धी प्रशिक्षण दिएको कलेजले जनाएको छ । 

उनले आफ्नो लेक्चरका क्रममा विद्यार्थीसँग प्रविधि, शिक्षा र अन्तराष्ट्रिय रोजगारीमा एआईको परिवर्तनकारी भुमिकाको सम्बन्धमा छलफल गरेको थिए । पछिल्लो समय एआईका कारण उद्योगमा कस्ता परिवर्तनहरु भइरहेका छन्, त्यहाँ काम गर्न कस्ता अनुभव आवश्यक छन् र विश्वव्यापी रुपमा रोजगारी परिदृश्य कसरी परिवर्तन भइरहेको छ भन्ने विषयमा जानकारी गराएका थिए । यसका साथै उनले एआईको विकास र यसका नीतिगत आयामहरूका विषयमा समेत छलफल गरेको कलेजले जानकारी दियो । 

उनले एआईले प्रविधिको क्षेत्रमा ल्याएको द्रुत विकासलाई आत्मसाथ गर्दै विद्यार्थीले आफूलाई कसरी सोही अनुरूप तयारी पार्दै अघि बढ्ने भन्ने विषयमा समेत प्रशिक्षण दिएका थिए । ‘एआई प्रविधि मात्रै नभएर नयाँ सोच हो,’ डाक्टर किमले भने, ‘भिरिन्ची जस्ता कलेजले नयाँ पुस्तामाझ यो सोचलाई गहिराइसम्म पुर्‍याउन ठूलो सहयोग पुर्‍याउने छ ।’

विद्यार्थीलाई अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने कलेजको उद्देश्य अनुरूप यो कार्यक्रम आयोजना गरेको कलेजले जनाएको छ । यसले विद्यार्थीलाई नयाँ प्रविधिसँग घुलमिल हुनका लागि समेत सहयोग पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १२:३५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- भारतीय क्यान्सर रोग विशेषज्ञ डा पंकजकुमार बर्मनले नेपालमा अवैध अभ्यास गरिरहेको पुष्टि भएको छ।  स्वास्थ्य खबरले ‘अवैध अभ्यास’मा डा पंकज: क्यान्सरको ‘नक्कली औषधि’ सिफारिस प्रकरणमा मुछिए शिर्षकमा समाचार प्रकाशित गरेको थियो। 

नेपाल मेडिकल काउन्सिलले उनको लाइसेन्स नविकरण नगरेपनि अभ्यास गरिरहेको काउन्सिलको छानविनमा समेत पाइएको थियो। विदेशी चिकित्सक दर्ता सम्बन्धी हेर्ने काउन्सिलको  कमिटी (एफएनडी)ले  कारबाहीको निर्णय गरेको हो। जुन कमिटिको अध्यक्ष रहेका डा अनिल कार्कीले भने,  ‘काउन्सिल लाइसेन्स बिना चिकित्सा अभ्यास गरिएको भेटिएपछि हामीले कारबाहीको निर्णय गरेका हौं।’

उक्त कमटीको निर्णय अनुसार गृह प्रशासनलाई पत्र लेखि पठाएको काउन्सिलका रजिष्ट्रार डा सतिश देवले जानकारी दिएका छन्। उनका अनुसार गृहप्रशासनका साथै लाइसेन्स नवीकरण नगरी काममा लगाउने चितवन मेडिकल कलेजलाई समेत पत्र लेखिएको छ। डा देवले भने,  ‘लाइसेन्स नवीकरण नगरेको चिकित्सकलाई काममा लगाउन पाइदैन। त्यसैले काममा लगाउने संस्थालाई पनि पत्र लेखिएको हो।’

नेपाल मेडिकल काउन्सिल ऐन २०२० (संशोधन २०७४) अनुसार लाइसेन्स बिना चिकित्सा सम्बन्धी कामकारबाही गर्न पाइँदैन। दफा २६ मा दर्ता किताबमा नाम दर्ता नभएका व्यक्तिहरूले चिकित्सा सम्बन्धी व्यवसाय गर्न मनाही गरिएको छ। उपदफा १ मा भनिएको छ,  ‘दर्तावाला चिकित्सकहरू बाहेक अरू व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आधुनिक चिकित्साको व्यवसाय गर्न पाउने छैन।’ कसैले उक्त दफा बमोजिम कसूर गरेमा निजलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

डा बर्मन भारतीय नागरिक भएकाले हरेक वर्ष दर्ताका लागि नेपाल मेडिकल काउन्सिलमा निवेदन दिनुपर्छ। काउन्सिललाई मनासिव लागेमा नवीकरण गर्ने प्रावधान छ।

डा बर्मनको लाइसेन्स (दर्ता) २०२४ अक्टोबर २ मै सकिएको देखिन्छ। मेडिकल अन्कोलोजिस्टका रुपमा दर्ता भएका उनको लाइसेन्स ‘रिन्यु’  भएको छैन। रजिष्ट्रार देवका अनुसार उनको अन्तिम दर्ता चितवन मेडिकल कलेजबाट देखिन्छ। त्यो अक्टोबर २ मा सकिएको छ। 

डा बर्मनले नेपालमा २०१७ देखि काम गर्दै आएको देखिएको छ। सुरुमा उनले बीएण्डबी अस्पतालमा केही वर्ष काम गरेका छन्। त्योबेला पनि उनले त्यहाँका लागि लाइसेन्स लिएर अन्य अस्पतालमा काम गरेको भन्दै विवाद भएको थियो। त्योबेला नेपाल मेडिकल काउन्सिलमा समेत उजुरी परेको रेकर्डमा देखिन्छ।

डा बर्मन ‘क्यान्सरको नक्कली औषधि’ सिफारिस प्रकरणमा  समेत मुछिएका छन्। क्यान्सरको नक्कली औषधि बनाएर बिक्री गरेको आरोपमा पक्राउ परेको भारतीय गिरोहसँग सम्बन्ध रहेको विषयलाई लिएर नेपाल मेडिकल काउन्सिल र  जिल्ला अदालत ललितपुरमा मुद्दा परेको छ। उनको मुद्दा भने नेपाल मेडिसिटी अस्पतालमा कार्यरत रहँदाको हो। 

‘अवैध अभ्यास’मा डा पंकज: क्यान्सरको ‘नक्कली औषधि’ सिफारिस प्रकरणमा मुछिए

सामाग्री श्रोत :
swasthyakhabar

पर्सा – कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टका अनुसार अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरेको हो । साथै अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको छ । हिरासतमा रहेका नाबालखको विवरण भने सार्वजनिक गरिएको छैन । 

Ncell 2
Ncell 2

पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धक सम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन्। बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो।

भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो।

कुराकानीका क्रममा प्रमुख शाहले, काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गरे। सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराए।

राजदूत तोरुले, काठमाडौं र जापानका सहरहरूका बीचमा सहरी आचरण सम्बन्धी आपसी ज्ञान र सीप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गरे।


सामाग्री श्रोत :

बालेन र जापानिज राजदूतबीच भेटवार्ता

काठमाडौँ । सरकारले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिहरूलाई आपसमा जोड्ने अनलाइन माध्यम सञ्चालनमा ल्याएको छ ।  बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा एक पोस्ट राख्दै यस विषयमा जानकारी दिएका हुन् । 

यससँगै अब ‘shramsansar.gov.np’ पोर्टलमार्फत प्रविधिको प्रयोग गरी रोजगारदाता र श्रमिकले सोझै एक अर्कासँग सम्पर्क गर्न सक्ने छन् । सरकारले सार्वजनिक गरेको यो नयाँ अनलाइन प्लेटफर्मले श्रमिक र रोजगारदाताबिचको दूरी हटाउने लक्ष्य लिएको उनले उल्लेख गरेका छन् । 

सरकारले यस पोर्टललाई छिट्टै नागरिक एपमा पनि एकीकृत गर्ने बताएको छ । “एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुबै समस्यालाई यसले समाधान गर्नेछ,” प्रधानमन्त्रीले भनेका छन् । रोजगारदाता र कामदार दुवैले यहाँ क्लिक गरेर काम गर्ने श्रमिक तथा कर्मचारी र काम दिने रोजगारदाता खोज्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ ११:१२





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट