२०८३ बैशाख २९ मंगलवार
२०८३ बैशाख २९ मंगलवार

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले सरकारको निर्देशन पालना नगरे उनीहरुको सम्बन्धन खारेज गर्ने चेतावनी दिइएका छन्। 

आवासीय चिकित्सक र नेपाल चिकित्सक संघको टोलीसँग शुक्रबार  मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने भनेर चिकित्सा शिक्षा आयोगले गरेको निर्णय कार्यान्वयन गर्न निर्देशन दिए। 

निजी मेडिकल कलेज अटेरी गरे सम्बन्धन खारेजसम्मको एक्सन लिनुपर्ने बताएका हुन्। त्यस्तै सरकारको निर्णय नमान्ने मेडिकल कलेजलाई स्वास्थ्य बीमाको पनि भुक्तानी समेत रोक्ने उनको भनाइ छ। 

चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजका सम्पूर्ण आवासीय चिकित्सकहरूलाई स्वास्थ्य सेवाको आठौँ तह बराबर अरथात् ४८ हजार ७ सय ३७ रुपैयाँ  निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो।

निजी मेडिकल कलेजले ४८ हजार ७ सय ३७ रुपैयाँ दिने बताएका छन् तर कार्यान्वयन गरेका छैनन्। सरकारको आठौं तह भने निजीमा लागु नहुने तर्क छ। 

मणिपाल मेडिकल कलेज तथा भरतपुर मेडिकल कलेज बाहेक अन्य निजी मेडिकल कलेजहरुले उक्त निर्णय कार्यान्वयन नगरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्की बताउँछन् ।मेडिकल कलेजले सरकारले तोके अनुसार भत्ता दिनुको सट्टा परीक्षा दिन नपाउने धम्की दिइरहेको गण्डकी मेडिकल कलेजमा कार्यरत एक चिकित्सकले बताए । ‘कलेज प्रशासनले हामीसँग कुरासमेत गर्न चाहेन,’ उनले भने ‘सरकारले कार्वाही प्रक्रिया सुरु नगरेसम्म केही हुँदैन’ । 

कलेजले अझै पनि कलेज जाने वातावरण नबनाएको काठमाडौं मेडिकल कलेजमा दोस्रो वर्षमा अध्ययनरत अर्का विद्यार्थीले बताए । ‘हामीले १२० घन्टा गरेको कामको उचित मुल्यांकन खोजेका हौं,’ उनले भने  ‘एक चिकित्सक बाँच्ने आधार खोजेका हौं ’। 

नेपाल चिकित्सक संघका अध्यक्ष डा कार्कीले निजी मेडिकल कलेजको दादागिरी अन्त्यका लागि सरकारले निजी मेडिकल कलेजलाई गर्दै आइरहेको सहयोग बन्द हुनुपर्ने बताए। ‘काम बन्द भएको देखिनुपर्याे’, उनले भने -‘आवासीय चिकित्सकलाई अस्पताल जाने वातावरणको निर्माण होस्।’
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । उत्तराखण्डको रुद्रप्रयागमा रहेको केदारनाथको ढोका शुक्रबार खोलिएको छ।

बिहान ७ बजे मन्त्र जप र सेनाको ग्रेनेडियर्स रेजिमेन्टको ब्यान्डको धुनका बीचमा भक्तजनहरूका लागि मन्दिरका ढोकाहरू खोलिएका हुन् । सोही समयमा, मन्दिरको मुख्य दक्षिण ढोका पनि खोलियो।

ढोका खोल्ने क्रममा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी पनि उपस्थित थिए।

मुख्यमन्त्री पुष्कर सिंह धामीले यसलाई “राज्य महोत्सव” भने। ढोका खोल्ने समयमा हेलिकप्टरबाट फूलको वर्षा गरिएको थियो।

मुख्यमन्त्री धामीले भने, “राज्य सरकारले चार धाम यात्राको सहज र सफल सञ्चालनको लागि सबै व्यवस्था सुनिश्चित गरेको छ।”

केदारनाथ उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा अवस्थित छ, जुन हिमालयको गढवाल क्षेत्रमा समुद्र सतहबाट ३,५८४ मिटरको उचाइमा पर्छ।

केदारनाथलाई हिन्दूहरूको चार पवित्र धाम मध्ये एक मानिन्छ। हिन्दू धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएका बाह्र ज्योतिर्लिंगहरूमध्ये केदारनाथ सबैभन्दा अग्लो स्थानमा अवस्थित ज्योतिर्लिंग हो।

यो मन्दिर गर्मीयाममा लगभग छ महिना मात्र खुला रहन्छ; यो जाडोमा बन्द हुन्छ।


सामाग्री श्रोत :

केदारनाथ मन्दिर खोलियो

काठमाडौं– सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले गत वैशाख १४ मा सार्वजनिक गर्नै लाग्दा अचानक स्थगित गरेको श्वेतपत्र आज सार्वजनिक गर्ने भएको छ।

रत्नपार्कस्थित प्राधिकरण मुख्यालयमा श्वेतपत्र जारी गर्न लागिएको प्राधिकरणले जानकारी दिएको हो।

श्वेतपत्र मस्यौदाका केही अंश आधिकारिक रुपमा सार्वजनिक हुनुअघि नै केही सञ्चार माध्यममा प्रकाशित भइसकेका छन्।

Ncell 2
Ncell 2

प्राधिकरणमा नयाँ नेतृत्व आएपछि अघिल्लो कार्यकालमा भएका काम–कारबाही, प्राधिकरणको वर्तमान आर्थिक अवस्था एवं आगामी योजनासहितको श्वेतपत्र जारी गर्न लागिएको हुन्।

गत आइतबार श्वेतपत्र जारी गर्न सञ्चालक समितिबाट स्वीकृत भए पनि अन्तिम समय आएर रोकिएको थियो।

shivam cement
shivam cement

प्राधिकरणमा हालै आएका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान कार्यकालमा भएका काम र आर्थिक अवस्थाबारे उल्लेख गर्दै श्वेतपत्र सार्वजनिक गरिने बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्रणालीलाई डिजिटल बनाउँदै ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली’ सञ्चालनमा ल्याएको छ । राजधानीमा आयोजित एक कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले यो प्रणालीको औपचारिक उद्घाटन गरेका हुन् ।

नयाँ प्रणालीअन्तर्गत सेवाग्राहीले नयाँ लाइसेन्सको लागि आवेदन, नवीकरण, क्याटेगरी थप तथा प्रतिलिपिका माग जस्ता सेवा अनलाइनमार्फत लिनसक्ने छन् । यस सेवाका लागि बागमती प्रदेश सरकारले edl.bagamati.gov.np नामक वेबसाइट सञ्चालनमा ल्याएको छ ।

डिजिटल लाइसेन्स प्रणालीले सेवामा पारदर्शिता, छरितोपन र पहुँच वृद्धि गर्ने प्रदेश सरकारको विश्वास छ ।

वेबसाइटमा अनलाइन आवेदन, डकुमेन्ट अपलोड, शुल्क भुक्तानी, अपोइन्टमेन्ट बुकिङ, आवेदन ट्र्याकिङ, लाइसेन्स छपाइ अवस्थाको जानकारीलगायत सेवा उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १४:७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट हटाएर माइक वाल्ट्जलाई नयाँ जिम्मेवारी दिएका छन्।

ट्रम्पले ट्रुथ सोसलमा एक पोस्टमा यो घोषणा गरेका हुन् । “मलाई संयुक्त राष्ट्र संघको लागि अर्को अमेरिकी राजदूतको रूपमा माइक वाल्ट्जलाई मनोनयन गर्ने घोषणा गर्न पाउँदा खुसी लागेको छ,” उनले लेखे।

ट्रम्पले थप लेखे, “युद्धभूमिमा पोशाकमा हुँदा, कांग्रेसमा हुँदा, र मेरो राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा, माइक वाल्ट्जले हाम्रो राष्ट्रको हितलाई प्राथमिकतामा राख्न कडा परिश्रम गरेका छन्। मलाई थाहा छ उनले आफ्नो नयाँ भूमिकामा पनि त्यस्तै गर्नेछन्।”

ट्रम्पले वाल्ट्जको ठाउँमा विदेशमन्त्री मार्को रुबियोले तत्कालका लागि राष्ट्रिय सुरक्षा सल्लाहकारको अतिरिक्त जिम्मेवारी सम्हाल्ने बताएका छन्।

वाल्ट्जले ट्विटरमा राष्ट्रपतिको घोषणाको स्क्रिनसट पोस्ट गरे । “राष्ट्रपति ट्रम्प र हाम्रो महान राष्ट्रको सेवा जारी राख्न पाउँदा म गहिरो सम्मानित छु,” उनले लेखे।

संवेदनशील सैन्य योजनाहरू छलफल भइरहेको च्याट समूहमा गल्तिले एक पत्रकार थपेकोमा वाल्ट्जले हालै आलोचनाको सामना गर्नु परेको थियो।


सामाग्री श्रोत :

ट्रम्पले माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट हटाए

कास्की– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने बताएका छन्। 

प्रेस सेन्टर नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटमा उनले हालै संसदीय छानबिन उपसमितिले दिएको प्रतिवेदनका आधारमा न्यायिक छानबिन गर्नुपर्ने बताएका हो।

Ncell 2
Ncell 2

महासचिव गुरुङले भने, “पोखरा विमानस्थलबारे संसदीय समितिले नीतिगत प्रतिवेदन दिएको छ। यसका आधारमा कानुनविद्, इञ्जिनियर, प्राविधिक तथा अनुसन्धानकर्तासहितको न्यायिक छानबिन गरिनुपर्छ र दोषीहरू कारबाहीको भागीदार बन्नुपर्छ।”

shivam cement
shivam cement

उनले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको वर्तमान सरकारले गर्ने राम्रा कामको माओवादी केन्द्रले जहिले पनि सहयोग र समर्थन गर्ने बताएका छन्। “हामी परम्परागत ढर्राबाट चल्ने प्रतिस्पर्धी होइनौँ। गुण र दोषका आधारमा सरकारको समर्थन वा विरोध गर्छौं। सरकारले राम्रो काम गर्दा विरोध गर्दैनौँ तर हाल दुई ठूलासहितको बलियो सरकार हुँदासमेत राम्रो काम गर्न सकेको छैन”, महासचिव गुरुङले भने। 

उनले देशमा प्रतिगामी षड्यन्त्रलाई परास्त गर्न, राष्ट्रिय एकता र स्वाधीनताका लागि शान्तिसम्झौताका सहयात्री दलहरू एकैठाउँमा रहनुपर्ने आवश्यकता औँल्याएका छन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा सरकारले विभिन्न आठ विधामा आईसीटी अवार्ड वितरण गरेको छ ।

शुक्रबार राजधानीमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व, संघसंस्था तथा कम्पनीहरूलाई सम्मान गरेका हुन् ।

क-कसले पाए आईसीटी अवार्ड २०८२ ?

सो अवसरमा मोबाइल सेवाप्रदायक एनसेल, भुक्तानी प्रणाली सञ्चालक फोनपेमेन्ट सर्भिस र भुक्तानी सेवाप्रदायक इसेवालाई धेरै आयकर तिर्ने कम्पनीको रूपमा सम्मान गरिएको छ । त्यस्तै, सिडर गेट सर्भिसेस, स्प्राउट टेक्नोलोजी र लिपफ्रग टेक्नोलोजीलाई नेपालमा धेरै विदेशी मुद्रा भित्र्याउने कम्पनीका रूपमा सम्मान प्रदान गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १३:३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । शुक्रबार बिहान दिल्ली एनसीआरमा भारी वर्षा भयो। आँधीबेहरी र वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको खबर छ।

समाचार एजेन्सी पीटीआईका अनुसार, भारी वर्षापछि दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

वर्षाले दिल्ली विमानस्थललाई पनि असर गर्यो। पीटीआईका अनुसार आँधीबेहरी र तेज हावाका कारण दिल्ली विमानस्थलमा तीन उडानहरू डाइभर्ट गरिएको छ र १०० भन्दा बढी उडानहरू ढिलाइ भएका छन्।

एक अधिकारीले पीटीआईलाई बताएअनुसार दिल्ली विमानस्थलमा अवतरण गर्ने दुई उडानहरू जयपुर र एउटा अहमदाबाद डाइभर्ट गरिएको थियो।

दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडको आधिकारिक एक्स खातामा जारी गरिएको पछिल्लो एडभाइजरीमा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख छ। यद्यपि, खराब मौसमका कारण केही उडान सञ्चालन प्रभावित भएको छ।

विमानस्थलले यात्रुहरूलाई आफ्नो उडानको बारेमा जानकारीको लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न अनुरोध गरेको छ।

“हामीलाई बिहान ५:२५ बजे नजफगढको खरखारी नाहर गाउँमा घर भत्किएको बारेमा फोन आयो। हामीले घटनास्थलमा धेरै टोलीहरू खटायौं र भग्नावशेषबाट चार जनालाई उद्धार गर्यौं,” दिल्ली अग्नि सेवाका एक अधिकारीले पीटीआईलाई बताए ।

अधिकारीले उनलाई नजिकैको अस्पताल लगिएको र डाक्टरहरूले मृत घोषणा गरेको बताए।

वर्षाका कारण दिल्ली एनसीआरका धेरै ठाउँमा पानी जमेको थियो, धेरै रूखहरू ढलेका थिए र मानिसहरूले ट्राफिक जामको सामना गर्नुपरेको थियो।


सामाग्री श्रोत :

भारी वर्षाले घर भत्किँदा ४ जनाको मृत्यु

काठमाडौँ–राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गरेका छन्।  

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकामा खुसी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताएका छन्।

Ncell 2
Ncell 2

उनले कोप–२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरेका छन्। 

shivam cement
shivam cement

उपविदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउँदै ३० वर्षसम्म कुनै समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुनेगरी काम भइरहेको जानकारी दिएका छन्।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका सम्पूर्ण राजमार्ग तथा उत्तर-दक्षिण करिडोरमा मोबाइल इन्टरनेट पूर्वाधार बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री गुरुङले यसको आवश्यकता औँल्याएका हुन् ।

आजको युग सूचना प्रविधिको युग भएको र सोही अनुसार यसलाई कसरी नेपालको समृद्धिमा प्रयोग गर्ने भनेर आवश्यक नीति तर्जुमाको काम भइरहेको उनले बताए ।

“नीतिगत व्यवस्थाका लागि डेटा सेन्टरको नीति, एआई कसरी प्रयोग गर्ने भन्ने नीति, साइबर सुरक्षा ऐन तर्जुमाको काम गरिरहेका छौँ,” मन्त्री गुरुङले भने, “सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई कसरी व्यवस्थित गर्ने, डिजिटल अर्थतन्त्रबाट मुलुकको विकासमा कसरी योगदान पुर्‍याउने भन्ने कुरा छ ।”

नीति पहिलो प्राथमिकता भएको र त्यस आधारमा आईटी क्षेत्रको पूर्वाधार एकदमै जरुरी हुने उनको ठम्याई छ । सुशासन कायम गर्न, उत्पादकत्व बढाउन, रोजगारी सिर्जना गर्न सूचना प्रविधिको विकास नभई नहुने उनले बताए ।

“यसका लागि पूर्वाधारको रूपमा सबै राजमार्गसँगै देशका सबै ६,७४३ ओटै वडामा ब्रोडब्यान्ड इन्टरनेट पुग्नु पर्‍यो । उत्तर-दक्षिण सबै करिडोरमा इन्टरनेट र मोबाइल सेवा विस्तार हुनु पर्‍यो,” मन्त्री गुरुङले अगाडि भने, “पूर्वाधार तयार भइसकेपछि जीआईओएमएस-एकीकृत कार्यालय व्यवस्थापन प्रणाली देशका सबै वडा र स्थानीय तहमा प्रयोग गर्नुपर्नेछ । प्रदेश-सङ्घ सबै कार्यालय तथा निकायलाई डिजिटल प्रणालीमा लगियो भने भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।”

यसो हुन सके जनतालाई छिटो, छरितो, शीघ्र, सस्तो र सरल रूपमा सेवा प्रदान गर्न सकिने, राजस्व वृद्धि हुने र अन्ततः पूँजीगत खर्च समेत बढाउन सकिने मन्त्री गुरुङले बताए । 

 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १२:०





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट