२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

काठमाडौँ– सांसदहरूले भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा एनओसी नदिन सुझाएका छन्।

साथै उनीहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’दिन नहुनेमा जोड दिएका हुन्। 

आइतबार राष्ट्रिय सभाको बैठक सुरु भए लगत्तै सांसदहरूले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन्।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले किट विश्वविद्यालयमा नेपाल सरकारले एनओसी दिन बन्द गर्नुपर्ने माग गरे। ‘केआइआइटी विश्वविद्यालयमा एनओसी बन्द गरियोस्’, उनले भने।

नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी साह केआईआईटी विश्वविद्यालयमा कुनै न कुनै समस्या रहेको बताउँछिन्। सरकारले उक्त विश्वविद्यालयमा एनओसी दिने विषयमा समेत ख्याल गर्नुपर्ने उनको आग्रह छ।

Ncell 2
Ncell 2

‘जुन देशमा, जुन विश्वविद्यालयमा, जुन शिक्षण संस्थामा नेपाली विद्यार्थीहरू सुरक्षित छैनन्। सुरक्षाको अनुभुति छैन, प्रत्याभूति छैन त्यस्तो ठाउँमा विद्यार्थी पठाउनु हुन्न। एनओसी दिनुहुन्न भन्ने माग राख्न चाहन्छु’, उनले भनिन्।

अन्याय नेपाल सधैं सहन तयार नरहेको भन्दै उनले एनओसीको विषयमा सरकारले ध्यान दिनुपर्ने उनले बताए। केआईआईटी विश्वविद्यालयमा विद्यार्थी नपठाउन अभिभावकलाई समेत उनको आग्रह छ।

‘किट विश्वविद्यालयमा आफ्ना छोराछोरी नपढाउनको लागि म यही सभामार्फत नेपाली अभिभावक सबैलाई अनुरोध गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु’, उनले भनिन्।

shivam cement
shivam cement

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शेखर कुमार सिंहले पनि केआईआईटी विश्वविद्यालयमा उस्तै घटना चार महिनामै दोहोरिएको भनेर सरकारको ध्यानाकर्षण गरे।

नेपाल सरकारले समयमै सजग भएर आवश्यक नीति अवलम्बन गर्नुपर्ने उनको आग्रह छ। आइन्दा फेरि अर्को घटना हुन नदिनका लागि लाग्नुपर्ने उनको आग्रह छ।

यसअघि सोही विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन। फेरि साह मृत फेला परेपछि सांसदहरूले उक्त विश्वविद्यालयमा पढ्नका लागि अनुमति नै नदिन सरकारलाई आग्रह गरेका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । एक २३ वर्षीया ट्युसन शिक्षिका आफ्नो १३ वर्षीय विद्यार्थीसँग भागेकी छिन्। गुजरातको सुरत शहरमा भएको यो घटनामा चार दिनपछि प्रहरीले शिक्षकलाई पक्राउ गर्‍यो। सोधपुछको क्रममा शिक्षिकाले प्रहरीलाई आफू विद्यार्थीको बच्चाको आमा बन्न लागेको बताइन्। उनको दाबीअनुसार उनको गर्भमा ५ महिनाको गर्भ छ। यसकारण उनी विद्यार्थीलाई लिएर भागिन्।

ती बालकले शिक्षिकासँग धेरै पटक शारीरिक सम्बन्ध राखेको पनि स्वीकार गरिसकेका छन्। यसका साथै, विद्यार्थीको मेडिकल रिपोर्टले पनि उनी पिता बन्न सक्षम रहेको देखाएको छ। प्रहरीले गर्भमा रहेको बच्चा र विद्यार्थीको डीएनए परीक्षण गर्नेछ। प्रहरीले शिक्षिका विरुद्ध भारतीय दण्ड संहिताको धारा १३७(२) अन्तर्गत नाबालिगको अपहरणको आरोपमा मुद्दा दर्ता गरेको थियो। अब पोक्सोको धारा ४, ८, १२ पनि थपिएको छ।

सुरतको पूना क्षेत्रका १३ वर्षीय विद्यार्थीलाई उनकी २३ वर्षीय ट्युसन शिक्षिकाले अप्रिल २५ मा अपहरण गरेकी थिइन्। प्रहरीले दुवैको खोजी गर्न चार टोली गठन गरेको थियो। अन्ततः अप्रिल ३० मा प्रहरीले दुवैलाई राजस्थान सीमा नजिकैको बसबाट पक्राउ गर्‍यो। दुबै जना जयपुरबाट अहमदाबाद जाँदै गरेको निजी बसमा यात्रा गरिरहेका थिए।

सोधपुछको क्रममा शिक्षिकाले बताएअनुसार उनीहरू दुवै जना पहिले सुरतबाट बडोदरा पुगेका थिए। उनले भनिन् ‘हामीले यहाँ एउटा होटलमा रात बितायौं र बिहान अहमदाबाद पुग्यौं। हामी दिनभरि अहमदाबाद घुम्यौं र त्यसपछि रात्रि बसबाट जयपुर पुग्यौं। जयपुरमा एक दिन बसेपछि त्यहाँबाट दिल्ली गयौं । दिल्लीमा केही घण्टा बिताएपछि, वृन्दावन पुगेर मन्दिरको दर्शन गरेपछि, जयपुर फर्कियौं। ३० अप्रिल बिहान जयपुरबाट अहमदाबाद आउँदै गर्दा प्रहरीले पक्राउ गर्‍यो।’ शिक्षिकाले यस अवधिमा दुवैले धेरै पटक शारीरिक सम्बन्ध राखेको बताइन्।

प्रहरी सोधपुछका क्रममा दुवैले विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताएका छन्। शिक्षिकाले आफूले विद्यार्थीसँग करिब एक वर्षदेखि शारीरिक सम्बन्ध राखेको स्वीकार गरिन्। हालै उनले आफू गर्भवती भएको थाहा पाइन्। यसकारण उनी विद्यार्थीलाई लिएर भागिन्। विद्यार्थीसँग अर्को शहरमा लुक्ने शिक्षिकाको योजना थियो ।

शिक्षिकाले आफ्नो बयानमा भनेअनुसार बालक कक्षा ५ मा पढ्दै गर्दा उनी उसलाई ट्युसन पढाउन उसको घरमा जान्थिन्। यसपछि, उनले विद्यार्थीहरूलाई ट्युसनको लागि आफ्नो घरमा बोलाउन थालिन्। प्रहरी सोधपुछको क्रममा, केटाले शिक्षिकाले एक पटक आफ्नो घरमा शारीरिक दुर्व्यवहार गरेको पनि बताए।


सामाग्री श्रोत :

आफ्नो गर्भमा १३ वर्षका विद्यार्थीको बच्चा रहेको भन्दै शिक्षिकाले विद्यार्थी लिएर भागिन्

नेपालका सुदूर र पिछडिएका जिल्लाका बालबालिकाहरू आज पनि आधारभूत स्वास्थ्य सेवा नपाई अकालमा मर्ने स्थितिमा छन्। सरकारले बनाएका नीति पुस्तिकामा सीमित छन्, कार्यान्वयनको भूत सधैं छुटेको छ।

बाल स्वास्थ्य सेवामा अन्याय: गरिब र सीमान्तकृत बालबालिकाको पहुँचबारे गम्भीर सोच आवश्यक

नेपाल सरकारले स्वास्थ्यलाई मौलिक हक मानेर सबै नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्ने नीति अवलम्बन गर्दै आएको छ। तर व्यवहारमा, जाजरकोट, बाजुरा, डोल्पा, मुगु, कालिकोट, हुम्ला, अछाम, बझाङ, बाजुरा, रुकुम, रोल्पा, प्युठान, सल्यान, दाङ, ओखलढुंगा, भोजपुर, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, उदयपुर, सप्तरी, सिराहा, रौतहट, बारा, पर्सा, कपिलवस्तु, नवलपरासी (पश्चिम), कैलाली, कञ्चनपुर आदि जिल्लामा स्वास्थ्य सेवाको पहुँच अझै पनि अत्यन्तै कमजोर छ, विशेष गरी बालबालिकाको हकमा।

यस्ता क्षेत्रका गरिब तथा सीमान्तकृत समुदायका बालबालिकाहरूले प्राथमिक उपचार, पोषण, खोप, नियमित अनुगमन तथा आकस्मिक सेवा पाउन नसक्दा उनीहरूको जीवन संकटमा पर्दै गएको छ। अब समय आएको छ कि नेपाल सरकारले नीतिगत सुधारसँगै विश्वका विकासशील तथा विकसित राष्ट्रहरूबाट सिक्दै प्रभावकारी कार्यान्वयन गरून्।

🛠️ सरकारको तर्फबाट लिनुपर्ने ५ महत्वपूर्ण कदम:

✅ १. लक्षित स्वास्थ्य कार्यक्रम विस्तार:
•    गरिब लक्षित ‘बाल स्वास्थ्य बीमा’ योजना कार्यान्वयन गरिनुपर्छ।
•    ‘मोबाइल स्वास्थ्य क्लिनिक’ सञ्चालन गरी दुर्गम वस्तीहरूमा नियमित सेवा पु-याउनुपर्छ।
•    ‘समुदाय स्तरीय पोषण केन्द्र’ स्थापना गरी कुपोषण न्यूनीकरण गरिनुपर्छ।

✅ २. स्वास्थ्य संस्था सुदृढीकरण:
•    प्रत्येक पालिकामा कम्तिमा एउटा ‘बाल तथा मातृ स्वास्थ्य केन्द्र’ अनिवार्य बनाइनुपर्छ।
•    स्थानीय जनशक्तिलाई तालिम दिएर दीर्घकालीन व्यवस्थापनमा राख्नुपर्छ।

✅ ३. नविन प्रयोग र डिजिटल समाधान:
•    अमेरिका र क्यानाडामा जस्तै ‘टेलिमेडिसिन’ सेवा विस्तार गरी ग्रामीण क्षेत्रमा विशेषज्ञ सेवाको पहुँच पुर्याउन सकिन्छ।
•    अष्ट्रेलियाको जस्तै ‘फ्लाइङ डक्टर’ वा हेलिकप्टर सेवा, गम्भीर केसको लागि सस्तो अनुदानमा सञ्चालन गर्न सकिन्छ।
•    बेलायत र अष्ट्रियामा जस्तै ‘कम्युनिटी पेडियाट्रिक हेल्थ वर्कर’ प्रणाली, जसमा स्थानीय समुदायबाट छनोट गरिएका स्वास्थ्यकर्मीले नियमित बाल अनुगमन गर्छन्।

✅ ४. बजेटको न्यायसंगत वितरण:
•    स्वास्थ्य बजेटको कम्तिमा ३० प्रतिशत अति-पछाडि रहेका जिल्लामा लक्षित रूपमा छुट्याइनुपर्छ।
•    प्रत्येक जिल्लाका लागि  ‘नतिजामा आधारित स्वास्थ्य अनुदान’ को नीति लागू गर्न सकिन्छ।

✅ ५. उत्तरदायित्व र निगरानी प्रणाली:
•    ‘स्वास्थ्य सेवा ग्यारेन्टी कार्ड’ प्रदान गरिनुपर्छ जसले प्रत्येक बालबालिकालाई आधारभूत सेवा पाउने ग्यारेन्टी दिन्छ।
•    स्थानिय सरकारसँग समन्वय गरी ‘बाल स्वास्थ्य अनुगमन समिति’ गठन गरिनुपर्छ जसले मासिक प्रतिवेदन सार्वजनिक गर्नेछ।

✊ निष्कर्ष:
बालबालिकाको स्वास्थ्यमा भेदभाव गर्नु समाज, संविधान र नैतिकताको घोर उल्लङ्घन हो। अब पनि यदि सरकारले हिम्मत, दुरदृष्टि र सेवा भावका साथ नीति र कार्यान्वयनलाई समन्वय गर्दै अघि बढायो भने गरिब र सीमान्तकृत जिल्लाका बालबालिकाको जीवन स्तरमा आमूल परिवर्तन ल्याउन सकिन्छ।
आजैबाट सुरु गरौं – समावेशी, उत्तरदायी र नवीन स्वास्थ्य सेवा प्रणाली निर्माण।

(प्राडा पौडेल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ, नेपालमा कार्यरत छन्)
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं–माध्यामिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ।

बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन्।

आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा देशभर एक हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जानकारी दिएको छ। सबैभन्दा बढी काठमाडौंमा १६२ र मनाङ–मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको छ।

परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन्।

त्यसैगरी आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कूल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परीक्षका लागि फर्म भरेको अध्यक्ष शर्माले जानकारी दिए।

Ncell 2
Ncell 2

यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ।

यसैबीच, काठमाडौँ तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले परीक्षा दिएकी छन्। उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुन्।

प्रवेशपत्रमा उनको जन्म विसं २००९ साउन ९ गते उल्लेख छ। चार छोराछोरीका आमा तथा तीन जना नातिनातिनाका हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित पढाइ अगाडि बढाएकी हुन्।

shivam cement
shivam cement

उनले एसइई परीक्षा भने गोगङ्बुस्थित चेतना महिला माध्यामिक विद्यालयबाट उर्तीण गरेकी थिइन्। उनका श्रीमान विद्यालयका शिक्षक छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूर्यबहादुर थापाले प्युठान जिल्लाका भौतिक पूर्वाधार र विकास निर्माणका योजनालाई आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समावेशका लागि अनुरोध गरेका छन्।

प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा प्युुठानबाट निर्वाचित सांसद थापाले भालुवाङ–प्युुठान, बाग्दुुला–भीमगिठे सडक, मदन भण्डारी राजमार्गलगायत योजनाका लागि ध्यानाकर्षण गराएका हुन्। सांसद थापाले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यका, भालुवाङबाट प्युठान जिल्ला सदरमुकाम जोड्ने भालुवाङ–प्युुठान मोटरबाटोलाई चकचके–भिङ्गृ–लिबाङ एवं चकचके खलङ्गासम्म दुवै खण्डलाई एउटै सङ्केत नम्बर कायम गर्न आग्रह गरे। यो सडकलाई दुई लेनमा स्तरोन्नित गरी राष्ट्रिय राजमार्गमा समावेश हुन छुट भएकाले अविलम्ब समेट्नुपर्नेमा उनको जोड थियो ।

सांसद थापाले विगत १० वर्षदेखि स्रोत सुनिश्चित भई ठेक्का लागेर पनि निर्माण अलपत्र परेको बाग्दुला–भीमगिठे सडकअन्तर्गत निर्धारित बाग्दुला–मच्छी–ठूलाबेँसी–भीमगिठे सडकको नयाँ ठेक्का अविलम्ब लगाउन माग गरे। यसैगरी, मदनभण्डारी राष्ट्रिय राजमार्गअन्तर्गत सौतामारे–मच्छी खण्ड ठेक्का लागेर काम भइरहेकामा द्रुतगतिमा निर्माण हुनुपर्ने, गोखुङ्गा–बाग्दुला खण्डका वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेकाले ठेक्का लगाउनुुपर्ने सांसद थापाको जोड थियो ।

प्रधानमन्त्रीसमक्ष प्रस्तुत मागपत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै सहरी विकास मन्त्रालयअन्तर्गत पक्की पुल र जिल्लामा विभिन्न स्थानीय तहका गरी दुई हजार ३७७ सुरक्षित नागरिक आवास कार्यक्रमका योजना, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय, अर्थ मन्त्रालयअन्तर्गत सात क्रमागत योजना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत स्वर्गद्वारी विमानस्थलका लागि जग्गा अधिग्रहण गर्नेगरी बजेट विनियोजन गर्न आग्रह गरिएको छ ।

राष्ट्रिय योजना आयोगका समपूरक तथा विशेष अनुदानका आठ योजना, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत चार योजना, खानेपानी मन्त्रालयअन्तर्गत १४ योजना, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत १० योजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत प्युुठान नगरपालिकामा बृहत् प्रदर्शनीस्थल निर्माण, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत दुई योजनाका लागि सांसद थापाले प्रधानमन्त्रीमार्फत बजेट माग गरेका छन्।


सामाग्री श्रोत :

प्रधानमन्त्रीसमक्ष प्युठानको विकासका निम्ति बजेट व्यवस्था गर्न सांसद थापाको आग्रह

काठमाडौं । एप्पलको आईफोन १७ सार्वजनिक हुन अझै केही महिना बाँकी छ । तर हालै सार्वजनिक भएका डमी मोडेल र लिक भएका विभिन्न जानकारीले फोनको क्यामेरामा हुनसक्ने परिवर्तनबारे अनुमान लगाउन सकिने आधार दिएका छन् ।

एप्पलबारे जानकारी दिने प्लेटफर्म म्याक र्‍युमर्सका अनुसार एप्पलले केही मोडेलमा नयाँ क्यामेरा फिचर थप्ने तयारी गरेको छ । त्यसका साथै क्यामेरा बम्प (उठेको भाग) को डिजाइन परिवर्तन गर्ने तयारी गरिरहेको देखिन्छ । बाहिरिएका डमी मोडेलको विश्वसनियतामा शङ्का हुन सक्छ तर विगतका वर्षमा यी डमी मोडेल एप्पलको डिजाइन परिवर्तनको सही प्रतिविम्ब साबित भएका छन् । 

यी डमी मोडेलको जानकारी प्रायः मोबाइल कभर (केस) निर्माताले पत्ता लगाउने गर्छन् । नयाँ डिभाइसका लागि बजारमा सबैभन्दा पहिले कभर ल्याउनुमा ठूलो आर्थिक फाइदा हुने भएकाले पनि यस्ता कम्पनीले डमी मोडेलको जानकारी बाहिर ल्याउने गर्छन् ।

एप्पलको आगामी आईफोन १७ का क्यामेरामा हुन सक्ने परिवर्तनबारे म्याक र्‍युमर्सको रिपोर्टलाई आधार मानेर यहाँ चर्चा गरिएको छ । 

आईफोन १६ का सबै मोडेलमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यस वर्ष सार्वजनिक हुने आईफोन १७ का सबै मोडेलमा भने २४ मेगापिक्सेलको सेल्फी क्यामेरा हुने अपेक्षा गरिएको छ । आईफोन १७ सिरिजमा कम्पनीले ल्याउने यो एक महत्त्वपूर्ण सुधार हो । यसले गर्दा प्रयोगकर्ताले सेल्फी खिच्दा गुणस्तर नगुमाएर नै तस्विरलाई अझ बढी क्रप गर्न सक्नेछन् । साथै, कम लाइटमा राम्रो पर्फमेन्स र फोटोमा थप डिटेल देखिने अपेक्षा गर्न सकिन्छ ।

आईफोन १७ प्रो

पहिलो पटक आईफोन १७ प्रो र प्रो म्याक्समा तीनवटै ४८ मेगापिक्सेलका लेन्स हुने‍ विभिन्न लिकरले बाहिर ल्याएको जानकारीले देखाएको छ । बाहिरिएका विवरण अनुसार आईफोन १७ को प्रो र प्रो म्याक्स मोडेलमा ४८ मेगापिक्सेलको मुख्य लेन्स, ४८ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र नयाँ ४८ मेगापिक्सेलको टेट्राप्रिज्म टेलिफोटो लेन्स हुनेछ । नयाँ अल्ट्रा वाइड लेन्स आईफोन १६ प्रोमा ल्याइएको थियो भने । त्यही अपग्रेड गरिएको टेलिफोटो लेन्स २०२५ मा आईफोन १७ को प्रो सिरिजको मुख्य क्यामेरा विशेषता हुनेछ ।

४८ मेगापिक्सेलको टेलिफोटो लेन्सले गर्दा प्रयोगकर्ताले डिटेल नगुमाईकनै टाढाका वस्तुलाई अझ नजिकबाट खिच्नका लागि तस्विरलाई थप क्रप गर्न सक्नेछन् ।

एप्पलले यस वर्ष क्यामेराको मार्केटिङ भिडिओमा केन्द्रित गर्ने योजना बनाएको छ । आईफोन १७ प्रो मोडेलले आईफोन १६ प्रो मोडेलको फोर के भिडियो रेकर्डिङ क्षमतालाई बढाएर एट के भिडियो रेकर्डिङ सपोर्ट गर्न सक्नेछ । साथै नयाँ मोडेलमा डुअल भिडियो रेकर्डिङको फिचर हुने सम्भावना उच्च छ । यसले गर्दा प्रयोगकर्ताले एकै पटक अगाडि र पछाडिको क्यामेराबाट भिडियो रेकर्ड गर्न सक्नेछन् ।

लिक भएका जानकारी अनुसार आईफोन १७ प्रो मोडेलमा मेकानिकल एपर्चर हुनेछ । यसले प्रयोगकर्तालाई लेन्समा पुग्ने प्रकाशको मात्रा एडजस्ट गर्ने अप्सन दिनेछ । एप्पलले अहिलेसम्म फिक्स्ड एपर्चर मात्र प्रयोग गरेको छ । 

क्यामेरामा हुने यी सबै सुधारसँगै क्यामेराको डिजाइनमा पनि ठूलो परिवर्तन हुने देखिन्छ । अहिलेसम्म प्रयोगमा आएको वर्गाकार क्यामेरा बम्पको सट्टा एप्पलले यसलाई आयाताकार बनाउनेछ । आईफोन १७ प्रो र प्रो म्याक्सको पछाडि तेर्सो क्यामेरा बार हुने बताइएको छ । त्यसमा क्यामेरा राखिने छन् । लेन्स पहिलेकै जस्तो त्रिभुजाकार ढाँचामा एकै ठाउँमा रहनेछन् । तर फ्ल्यास, माइक्रोफोन र लाइडार सेन्सरलाई आयाताकार बारको अर्को छेउमा दायाँतिर सारिने जनाइएको छ । एप्पलले यो डिजाइन परिवर्तन किन गर्दैछ भन्ने स्पष्ट छैन ।

आईफोन १७ एयर

आईफोन १७ एयर कम्पनीले ल्याउने सबैभन्दा पातलको फोन हुने बताइएको छ । फोन पातलो हुने भएकाले यसको भित्री भाग सीमित हुन्छ । त्यसैले यसमा एउटा मात्र ४८ मेगापिक्सेलको फ्युजन क्यामेरा हुनेछ । पर्याप्त ठाउँको अभावले यसमा अल्ट्रावाइड वा टेलिफोटो लेन्स हुने छैन । लिक भएका विभिन्न जानकारी र हल्लाका अनुसार यो फोन ५.५ एमएम मोटाइको हुनेछ ।

आईफोन १७ एयरमा पनि आईफोन १७ प्रो जस्तै पछाडिपट्टि तेर्सो क्यामेरा बार हुनेछ । तर यो एउटा मात्र लेन्स अटाउनुपर्ने भएकाले त्यति लाम्चो हुने छैन । क्यामेरा लेन्स बायाँतिर हुनेछ भने फ्ल्यास र माइक्रोफोन दायाँतिर हुनेछन् ।

एउटा मात्र क्यामेरा भएकाले आईफोन १७ एयरले स्पेसियल भिडियो वा स्पेसियल फोटो खिच्न सक्ने छैन । यस्ता फोटो र भिडिओ एप्पलको भिजन प्रो हेडसेटमा हेर्नका लागि उपयुक्त हुन्छ ।

आईफोन १७ (स्ट्यान्डर्ड)

२४ मेगापिक्सेलको फ्रन्ट-फेसिङ क्यामेरा सुधार बाहेक आईफोन १७ (स्ट्यान्डर्ड)को बारेमा अरू केही सुनिएको छैन । आईफोन १७ को पछाडिको क्यामेरा आईफोन १६ को जस्तै देखिनेछ । यसमा बायाँ छेउमा ठाडो रूपमा दुई ओटा लेन्स हुनेछन् ।

स्ट्यान्डर्ड आईफोन १७ मा एप्पलले आईफोन १७ प्रो र आईफोन १७ एयर मोडेलका लागि ल्याउन लागेको जस्तो तेर्सो क्यामेरा बार हुने देखिँदैन । सेन्सर सुधारको बारेमा पनि कुनै जानकारी बाहिर आएको छैन । तर, यती मात्र विशेषता हुन्छ भन्न सकिँदैन । आईफोन १७ मा ४८ मेगापिक्सेलको मुख्य (फ्युजन) क्यामेरा र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा रहने अपेक्षा गरिएको छ । यी फोन सेप्टेम्बर मध्यतिर सार्वजनिक हुनेछन् ।

 

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ ११:५१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि सुरु भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा सञ्चालन हुने प्रतियोगिताको बलाधिकृत रथी निर्मलकुमार थापाले निर्णायकलाई बल हस्तान्तरण गरी शुभारम्भ गरेका छन् । 

सैनिक तालिम महानिर्देशनालयद्वारा सञ्चालित प्रतियोगितामा १५ महिलासहित एक सय ९६  खेलाडीले विभिन्न १४ समूहमा प्रतिस्पर्धा गर्ने छन् । यही वैशाख २८ गतेसम्म चल्ने तेस्रो संस्करणको उक्त प्रतियोगितामा विभिन्न नौवटा क्लबका खेलाडीको सहभागिता छ । 

Ncell 2
Ncell 2

खेलाडीको दक्षता, सीप र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयसाथ प्रतियोगिता हुँदै आएको छ ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैँछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा आज दिउँसो ३ बजे बैठक बस्दैँछ ।

तराइ मधेसको ‘हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा अब गर्ने भनिएको अभियानबारे छलफल गर्न सो बैठक बोलाइएको बताइएको छ। पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, पुष्पलाल लोकमार्गका साथै हिमाली जिल्लामा केन्द्रित रहेर ‘जनतासँग माओवादी’ जागरण अभियान चलाउने निर्णय गरेको थियो ।

 


सामाग्री श्रोत :

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

भौगोलिक विकटता सँगै राज्यको उपेक्षामा परेको डोल्पा भर्खरै सरकारले ल्याएको नीति तथा कार्यक्रममा समेत पछि परेको महशुस भएको छ। नीति तथा कार्यक्रममा स्वास्थ्यतर्फका ११ वटा बुँदा कर्मकान्डी रुपमा समेटिएको छ। सरकारले ल्याएको नीतिमा दुर्गम क्षेत्र विशेषमा राखेका केही नीति जस्तै, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरु सञ्चालन गरिनेछ। यो बाहेक सरकारी अस्पतालहरु सबैलाई एउटै प्रकारका नीतिहरु तय गरेको पाइन्छ।

विगतका बर्ष जस्तै सगोलमा आउने सरकारी नीतिले यसवर्ष पनि दुर्गमका जनाताको पीडालाई सम्बोधन गर्ने देखिदैन । दुर्गम क्षेत्रमा बसोबास गर्ने जनतालाई विशेषज्ञ सेवाहरु उपलब्ध गराउने वा सञ्चालन गरिने नीति लिएपनि कार्यान्वयन हुन समस्या छ भन्ने लाग्ने मलाई मात्र होइन,  मजस्ता धेरैलाई मशुस भएको होला।

विशेषत: डोल्पा जिल्लामा राज्यले विशेषज्ञ सेवा सञ्चालनगर्ने प्रण यो भन्दा अगाडि पनि नगरेको होइन, तर उक्त प्रण पूरा गर्न  प्रदेश र संघीय सरकारबाट केही दिनको शिविर  सञ्चालन भन्दा फरक काम आजको दिनसम्म देख्न सकिएको छैन। राज्यले यो नीति बनाइरहँदा आजसम्म किन  कार्यान्वयन भएन ?  विशेषगरी डोल्पा जस्ता दुर्गम जिल्लामा। यो प्रश्न नीति बनाउने सरकारलाई कसरी सोध्नु?

डोल्पा जिल्लाको हकमा कुरा गर्ने हो भने यहाँको एकमात्र जिल्ला अस्पतालमा आज पनि विशेषज्ञ डाक्टरहरु जस्तै हाडजोर्नी, बालरोग, सर्जरी, महिला रोग र जेनेरल प्रयाक्टिसियनको दरबन्दी छ तर आजको दिनसम्म कोही पनि आउनु भएको छैन र आएका विशेषज्ञहरु पनि एक वर्ष भन्दा बढि बस्नु भएको छैन। राज्यले विशेषज्ञ सेवा दिने नीति बनाइरहँदा केही दिनका लागि मात्र हो भने त कतैबाट काज अथवा शिविरमा पठाओस् तर लामो समयसम्म बस्नका लागि दुर्गमका अस्पतालहरुमा उपकरण सहितको विशेषज्ञ सेवा व्यवस्था गर्ने नीति लिनुपर्ने देखिन्छ।

जहाँ उपकरण छैनन्, जहाँ आवश्यकता अनुसार जनशक्क्ति छैन, त्यहाँ विशेषज्ञ सेवा कसरी दिने सोचेको होला सरकारले ? आजको दिनमा पनि दुर्गम क्षेत्रमा एमबिबिएस डाक्टरहरु बसेर काम गर्ने वातावरण छैन । स्थानीय तहमा अनावश्यक झमेला, औषधिउपकरणको अभाव, जिल्ला अस्पतालहरुमा पनि उस्तै समस्या छनज्। कम सेवा सुविधामा जानै नमान्ने र गएका पनि नटिक्ने अवस्था हुँदा कसरी विशेषज्ञ चिकित्सक सेवा दिन पुग्छन्?  म एक चिकित्सकका नाताले यसलाई समर्थन नै गर्छु। अझ भनौं  स्थानीय तहमा रहेका स्वास्थ्य चौकीलाई सुविधायुक्त नबनाउने हो भने दुर्गम जिल्लाका दुर्गम पालिकाका जनताले विशेषज्ञ सेवा कसरी पाउछन्?

भर्खरै ल्याएको नीतिमा सरकारले फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिनाको रुपमा मनाउने भनेको छ तर बिडम्बना गएको फागुन महिनामा सरकारले यही कार्यक्रम ल्याउदाँ डोल्पाको कुनैपनि पालिकाले यो कार्यक्रम सञ्चालन गरेनन् भने अब आउने दिनमा कसरी गर्लान् भन्ने हेक्का  राज्यले राख्ने कि नराख्ने?

माथिल्लो डोल्पामा फागुनसम्म पनि स्वास्थ्यकर्मी पुग्ने वातावरण हुँदै । त्यहाँका जनताले यो फागुन महिनामा यो कार्यक्रममा सहभागी हुन पाउँछन् भन्ने ग्यारेन्टी के छ ? बरु राज्यले २०८२/०८३ को नीति प्रस्तुत गरिरहँदा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको लागि हवाई उद्बार सम्बन्धि कार्यविधि २०७७ लाई अझ सशक्त्त बनाउने कुरामा सोच्न सक्थ्यो।

मातृशिशु मृत्युदर घटाउन जन्मेको २४ घण्टाभित्र श्वासप्रश्वासमा समस्या आएका बालबालिकाबाहेक जण्डिस, लगायत अन्य समस्या देखिएमा पनि उद्धार गर्ने व्यवस्था गर्ने नीति आएको भए नागरिकले अझ राज्य भएको महशुस गर्न पाउँथे। दुर्गमका जनतालाई तत्काल विशेषज्ञ सेवा दिन नसकुन्जेल सम्मका लागि आकस्मिक बिरामी भएमा तुरुन्तै शल्यक्रिया अथावा आईसीयु सेवा चाहिने बिरामिलाई नि:शुल्क हेलिउद्धार जिल्ला अस्पतालबाट गरिनेछ भन्ने नीतिमा ल्याएको भए दुर्गमका जनताले कृष्ठरोग लागेर ज्यान गुमाउनु पर्थेन होला। जस्तै एपेन्डिसाइटिस भएको, मेरुदण्ड भाँचिएर आएको बिरामीलगायत अस्पतालको चिकित्सकले तुरुन्तै विशेषज्ञ सेवा चाहिने भनिएका बिरामिलाई तत्काल उद्धार गर्ने व्यवस्था नीति तथा कार्यक्रममा ल्याइदिएको भए दुर्गमबासीलाई धेरै  राहत हुने थियो। केही समयअघि डोल्पा जिल्ला अस्पतालबाट रिफर गरेको केही बिरामीले बाटैमा ज्यान गुमाउनु पर्‍यो, त्यो अवस्थालाई मध्यनजर गरेर निति तथा कार्यक्रम ल्याइदिएको भए अझ राम्रो हुन्थ्यो।

सरकारको नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा भनेर लेख्ने तर प्रदेश अस्पतालमा सेवा दिएर राज्य मख्ख पर्ने अवस्था आउन सक्छ। उता दुर्गममा न त सेवा सुविधा, न त बिरामीको चाप भनेर प्रदेश अस्पतालहरुमा मात्रै विशेषज्ञ बस्ने परिपाटी कायमै छ। राज्यको कर्मकान्डी नीति तथा कार्यक्रम आगामी बर्षमा पनि दोहोरिने हो भने दुर्गमका जनतालाई कुने लाभ हुने देखिदैन। तसर्थ सरकारले जति सरल हिसाबमा दुर्गममा विशेषज्ञ सेवा दिने भनेको छ, त्यो भने जस्ते सरल छैन, दक्ष जनशक्त्ति पठाउनेदेखि टिकाउन सम्मको लागि आवश्यक कसरत राज्यले गर्नैपर्छ । अस्पतालहरुमा न्युनतम हुनैपर्ने उपकरणदेखि अन्य जनशक्क्तिको व्यवस्थापन हुनैपर्छ। 

(लेखक डा अखण्ड उपाध्याय जिल्ला अस्पताल डोल्पामा कार्यरत मेडिकल अधिकृत हुन्।)
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । गोपनीयता र सुरक्षाको हिसाबले मेटाले ह्वाट्सएपमा इन्ड-टु-इन्ड इन्क्रिप्सनलाई निकै महत्त्वका साथ अगाडि बढाएको छ । एउटा मेसेजिङ एपमा इन्ड-टु-इन्ड इन्क्रिप्सन हुनुको अर्थ हो कुनै ह्याकर, निकाय अथवा मेटा आफैले पनि प्रयोगकर्ताको च्याटमा पहुँच नपाउनु । यो सुविधालाई अगाडि बढाउने क्रममा कम्पनिले ह्वाट्सएपमा विभिन्न गोपनीयताका फिचरहरू थप गर्दै गइरहेको छ । 

अरूलाई तपाईँको च्याट एक्सपोर्ट गर्ने अधिकार नदिनुहोस् 

प्रयोगकर्ताले ह्वाट्सएपको च्याट सहजै एक्सपोर्ट गर्न सक्छन् । आफूले एक्सपोर्ट गर्न चाहेको मेसेजको च्याटबक्सको माथिपट्टि दायाँतिर भएको तीनवटा थोप्लामा ट्याप गर्नुहोस् । यसपछि मोर अप्सनमा ट्याप गरेर एक्सपोर्ट च्याटमा ट्याप गर्नुहोस् । यही कुरा आईफोनमा भने थोरै परिवर्तन छ । आईफोन प्रयोगकर्ताले च्याटमा गएर स्क्रिनको माथि गएर प्रयोगकर्ताको नाममा ट्याप गर्नुहोस् र थोरै स्क्रिन स्क्रोल गरेर तल गएर एक्सपोर्ट च्याटमा ट्याप गर्नुहोस् । यसरी तपाईँले सजिलै कुनै पनि च्याट एक्सपोर्ट गर्न सक्नुहुन्छ । 

तर सोच्नुपर्ने कुरा भनेको जसरी तपाईँले कसैसँगको च्याट सहजै एक्सपोर्ट गर्न सक्नुहुन्छ, त्यसरी नै अर्को व्यक्तिले तपाईँसँग भएको च्याट एक्सपोर्ट गर्न सक्छन् । यसरी कोही अरूलाई तपाईँसँग गरेको च्याट एक्सोपर्ट गर्न कसरी रोक्ने त ? 

ह्वाट्सएपले हालै एउटा नयाँ फिचर सार्वजनिक गरेको छ । यही २३, अप्रिलमा एउटा ब्लग सार्वजनिक गर्दै ह्वाटसएपले ‘एड्भान्स्ड च्याट प्राइभेसी’ फिचर सार्वजनिक गरेको छ । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो च्याट अरु कसैले एक्सपोर्ट गर्न नमिल्ने बनाउन सक्छन् । फिचर सार्वजनिक भइसकेपछि तपाईँले आफूले चाहेको च्याटबक्समा गएर हेर्नुभयो भने ‘एड्भान्स्ड च्याट प्राइभेसी’ अप्सन देख्नुहुनेछ । उक्त अप्सनको टोगल अन गरेपछि अरूले तपाईँसँग गरेको च्याट एक्सपोर्ट गर्न पाउने छैनन् । 

च्याट लक गर्नुहोस् 

यदि तपाईँ ह्वाट्सएपमा केही व्यक्तिहरूसँग हुने कुराकानी अरूले थाहा नपाओस् वा नदेखोस् भन्ने चाहनुहुन्छ भने ह्वाट्सएपको लक च्याट फिचर प्रयोग गर्न सक्नुहुन्छ । यसमा कम्पनीले पासवर्ड राख्ने सुविधा पनि दिएको छ । यसमा तपाईँले पिनकोड वा फेस आईडी प्रयोग गरेर च्याट लक गर्न सक्नुहुन्छ । 

– यसका लागि आफूले लक गर्न चाहेको च्याट ओपन गर्नुहोस् ।

– स्क्रिनमा थोरै स्क्रोल गरेपछि एन्ड्रोइडमा च्याट लक अप्सनमा ट्याप गर्नुहोस् र आईफोनमा लक च्याट भन्ने अप्सनमा ट्याप गर्नुहोस् । 

– यसपछि आफ्नो पिन कोड वा फेसआईडी सेट गर्नुहोस् । यसरी लक गरेको च्याट अरु कसैले हेर्न सक्दैन । तपाईँ आफ्नो च्याटलाई गोप्य राख्न सक्नुहुन्छ । 

एपमा बायोमेट्रिक लक राख्नुहोस् 

आजको दिनमा एप लक गर्ने फिचर निकै सामान्य भइसकेको छ । यदि तपाईँ आफ्नो ह्वाट्सएप कसैले प्रयोग नगरोस् भन्ने चाहनुहुन्छ भने तपाईँले यो एफ लक गर्न सक्नुहुन्छ । एन्ड्रोइड र आईओएस दुवैमा बायोमेट्रिक लक प्रयोग गर्न सकिन्छ । 

– एन्ड्रोइडमा एप लक गर्न ह्वाट्सएप ओपन गरेर स्क्रिनको माथितिर दायाँपट्टि भएको तीनवटा थोप्लामा ट्याप गर्नुहोस् र सेटिङमा  ट्याप गर्नुहोस् । यसपछि प्राइभेसीमा ट्याप गरेर एप लक भन्ने अप्सनमा ट्याप गर्नुहोस् । 

– आईओएसमा ए‍प लक गर्न ह्वाट्सएपमा गएर स्क्रिनको तल दायाँपट्टि भएको सेटिङ्स एपमा ट्याप गर्नुहोस् । यसपछि प्राइभेसीमा ट्याप गरेर एपलकमा ट्याप गर्नुहोस् र फेसआईडीको टोगल अन गर्नुहोस् । 

ब्याकअप च्याटलाई इन्क्रिप्ट गर्नुहोस् 

तपाईँको ह्वाट्सएप च्याटहरू पूर्ण रुपमा इन्क्रिप्टेड त छन् तर जुन च्याटहरू ब्याकअप हुन्छन् त्यहाँ तपाईँको च्याट इन्क्रिप्टेड नहुन पनि सक्छ । ह्याकिङ गर्दा ब्याकअप रहेका च्याटहरूमा पहुँच पाउन गाह्रो त छ तर इन्क्रिप्ट गरियो भने यो थप सुरक्षित हुनसक्छ । त्यसैले ब्याकअप च्याटलाई पनि इन्क्रिप्ट गर्न जरुरी छ । 

– यसका लागि एप सेटिङमा जानुहोस् र च्याट्स ट्याबमा ट्याप गर्नुहोस् । यसपछि च्याट ब्याकअपमा ट्याप गर्नुहोस् । त्यहाँ इन्ड-टु-इन्ड इन्क्रिप्टेड ब्याकअप अप्सनको टोगललाई अन गर्नुहोस् । 

टु फ्याक्टर अथेन्टिकेसन अन गर्नुहोस् 

अकाउन्ट सुरक्षित राख्नको लागि सबैभन्दा सहज उपाय हो टु फ्याक्टर अथेन्टिकेसन । 

– यसको लागि ह्वाट्सएपको सेटिङ्समा जानुहोस् 

– एन्ड्रोइड प्रयोगकर्ताले च्याट ट्याबमा ट्याप गरेर तीनवटा थोप्लामा ट्याप गरेर सेटिङमा जानसक्नुहुनेछ भने आईओएस स्क्रिनको दायाँपट्टि तल रहेको सेटिङ्सको अप्सनमा ट्याप गर्न सक्नुहुन्छ । 

– यसपछि अकाउन्टमा ट्याप गर्नुहोस् 

– अब टु स्टेप भेरिफिकेसन अप्सनमा क्लिक गर्नुहोस् । 

डिस्पेयरिङ मेसेज इनेबल गर्नुहोस् 

तपाईँ आफ्ना गोप्य कुराहरूले अरुले थाहा नपाउन् भन्ने चाहनुहुन्छ भने ह्वाट्सएपको डिस्पेयरिङ फिचर प्रयोग गर्न सक्नुहुन्छ । यसले गर्दा तपाईँका कुराकानी धेरै लामो समयसम्म च्याटक्समा रहँदैन । तपाईँले आफ्नो मेसेज कति समयसम्म देखिने बनाउँने भन्ने पनि आफै छनोट गर्न सक्नुहुन्छ । यसको लागि आफूले चाहेको च्याटबक्सको नाम भएको हिडरबारमा ट्याप गर्नुहोस् । त्यहाँ ‘डिस्पेयरिङ मेसेज’ भन्ने अप्सन देख्नुहुन्छ । त्यहाँ ट्याप गर्नुहोस् । अब आफूले कति समयसम्मको लागि त्यो मेसेज राख्न चाहनुहुन्छ त्यो हिसाबले समय सेट गर्नुहोस् । जस्तो कि तपाईँले २४ घण्टा समय राख्नु भएको छ भने तपाईँको मेसेज २४ घण्टा पछि आफै हटेर जान्छ । 

यसरी उपलब्ध विभिन्न सुरक्षा तथा गोपनीयताका फिचर प्रयोग गरेर तपाईँले ह्वाट्सएप सुरक्षित रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ १०:४४





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट