
काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालले सिन्धुली अस्पतालमा महिलाको स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ गरेका छन् ।
अस्पतालका निमित्त निर्देशक डा उज्ज्वल चालिसेका अनुसार भक्तपुर क्यान्सरको चिकित्सक टोली सिन्धुली अस्पताल पुगेर ५०० जना महिलाको क्यान्सर स्क्रिनिङ गरिएको हो ।
परीक्षणका क्रममा केहीमा स्तन तथा पाठेघरको क्यान्सर देखिएपछि थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल रेफर गरिएको डा चालिसेले बताए ।
‘सिन्धुली अस्पतालमा महिलाको क्यान्सर स्क्रिनिङ तथा सचेतना शिबिरमा करिब ५०० महिला को जाँच गरियो’, डा चालिसेले भने – ‘स्तन र पाठेघरको मुखको क्यान्सर देखिएकालाई थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल रिफर गरिएको छ।’
आगामी दिनमा बिरामीको सुबिधाका लागि दुई अस्पातल बिच सहकार्य गर्ने बारे अस्पतालका अध्यक्ष सतिस ढकालसहित मेसु डा अभिशेक थपालियासँग छलफल र भेट्घाट समेत गरिएको उनले जानकारी दिए।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले आफ्ना श्रीमान् विरुद्ध सामाजिक सञ्जालमा आइरहेका गालीगलौज प्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । शनिबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालले नकारात्मकतातिर डोर्याइरहेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।
“त्यो डोर्याइको (सामाजिक सञ्जालको नकारात्मकता) करिब-करिब धेरै भाग त हाम्रो केपी सरलाई गाली गर्नमा नै छ जस्तो लाग्छ । तर, त्यो गाली गरेर हामीलाई त केही पनि हुने वाला छैन,” उनले भनेकी छिन्, “हामी कति नै बाँच्छौँ अब ? हामी भनेको उत्तरार्धतिर पुगिसकेका मान्छे हौँ ।”
आफूहरू हिजो पञ्चायतको दमन त सहँदै आएको उल्लेख गर्दै उनले अहिलेको खुल्ला वातावरणमा सामाजिक सञ्जालमा आउने गालीगलौज सहन सक्ने बताएकी छिन् । “तर, जो जो मान्छेले आज केपी ओलीलाई गिज्याउन पाएँ र केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुसी भइ राख्नु भएको छ नि, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ,” शाक्यले अगाडि भनिन्, “उहाँहरूले आफ्नै खुट्टामा बन्चरो आफैँले हान्दै हुनुहुन्छ र आफ्नो सन्तान दरसन्तानको भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ । हामीलाई त केही हुनेवाला छैन ।”
यस किसिमको नकारात्मक आलोचना सहनु नौलो नभएको उनको भनाई थियो । “उहाँहरूलाई लाग्ला हामीले यस्तो भनेपनि यिनीहरूलाई टेन्सन हुन्छ होला, के के हुन्छ होला भन्ने लाग्छ होला । तर हामीलाई टेन्सन पनि हुन्न । किन भने हामीले कुनै काम बिराएको छैनौँ, कुनै नराम्रो काम गरेका छैनौँ । देशविरुद्धको कुनै काम गरेको छैन भने किन टेन्सन लिने ?,” प्रधानमन्त्री पत्नीले भनेकी छन् ।
उनका अनुसार यस किसिमको नकारात्मकताको असर अहिलेका युवा पुस्तालाई नै पर्नेछ । यसरी आफ्नो भविष्य बिग्रिने र सन्तानको भविष्य बिग्रिने कामहरू कम्तीमा अलिकति पढेलेखेका बुद्धिजीवी भन्ने मान्छेहरूले आजैका दिनदेखि छोड्नुपर्ने उनको आग्रह थियो ।
“आज मैले यति बोलेँ, भरेदेखि अहो, बुढा कस्तो छ बुढी पनि उस्तै रैछ कि भनेर मलाई गाली गर्नुसम्मको कमेन्टहरू आउँछन् । थाहा छ मलाई,” उनले भनेकी छिन्, “तर, मैले यहाँ नराम्रो केही गरेजस्तो लाग्दैन । मान्छेहरूलाई कति एकोहोरो भएका हुन् ? सही के हो थाहा छैन, गलत के हो पनि थाहा छैन । हाहा र हुहु गर्दै जीवन बिताइ राखेका छन् ।”
यस किसिमको प्रवृत्तिले आफ्नै जीवन बर्बाद पार्ने उल्लेख गर्दै शाक्यले आजका युवाहरूको यो प्रवृत्तिले भोलि हाम्रो देश कस्तो होला भन्दै चिन्ता समेत व्यक्त गरेकी छिन् ।
पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ १६:११
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।
बैठकमा समसामयिक राजनीति, नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा सदस्यहरुको सुझाव मागिने बताइएको छ। त्यसबाहेक बैठकमा पार्टीका आन्तरिक विषयमा समेत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव एवं पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू रहेको बताएका छन्। उनले यीनको संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य भएको धारणा व्यक्त गरे।
राष्ट्रपति पौडेलले राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा लमजुङ बाहुनडाँडा पुस्तुनमा आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक अनावरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन्।
‘प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याई गर्न हुँदैन भन्ने मलाइ लाग्दछ’, राष्ट्रपति पौडेलले भने।
विगतमा तत्कालीन पश्चिम ३ नम्बर लम्जुङ, तनहुँ र कास्की भाषा, साहित्य, संस्कृति र कला मात्र नभई राजनीतिक र सामाजिक जागरणको उर्वर भूमि रहेको र लमजुङको हलो क्रान्तिले ल्याएको सामाजिक परिवर्तन र त्यसको जगमा गति लिएको राणाविरोधी आन्दोलनलाई पूर्णता दिन पुर्याएको सहयोगलाई कहिल्यै विर्सन हुन्न भने।
‘जहाँनीया राणा शासन विरोधी क्रान्तिमा तनहुँको बन्दीपुर कब्जा गरेर यो क्षेत्रले देखाएको राजनीतिक जागरुकता र क्रियाशीलताको एउटा युगिन झड्का इतिहासमा चर्चित छ, तीनै राजनीतिक, समाजिक तथा सांस्कृतिक क्रान्तिको जगमा उभिएर आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो’, राष्ट्रपति पौडेलले भने।
ठूलो राजनीतिक परिवर्तनपछि जनताले मुलुकको समृद्धिको अपेक्षा गरेको तथा जनताको यो अपेक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रले लिएको लक्षअनुसार अब तिव्र विकास, सुशासन र आर्थिक समृद्धितर्फ हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाई थियो।
‘कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि अर्घौअर्चले, जनकविकेशरी धर्मराज थापाको बाटुलेचौर, अलिमियाँको कुँडहरदेखि प्रसिद्ध समालोचक प्रोफेसर यदुनाथ खनालको जन्मभूमि मानुङ, आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा हुँदै राष्ट्रकविको जन्मथलो पुस्तुन बाहुनडाँडासम्मका स्थलहरुलाई समेटी एउटा गण्डकी साहित्य सर्कल ( चक्र) निर्माणको लागि म आग्रह गर्दछु’, उनले भने।
साथै यसै सन्दर्भमा तनहुँको आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल बनाउने योजना अघि बढेकोले यसमा सबैको सहयोगको लागि उहाँले आव्हान गरे।
राष्ट्रकविको जन्मस्थान बाहुनडाँडा पुस्तुनमा उहाँको नाममा बनेको पार्क र निर्मित शालिकसँगै यस क्षेत्रको महत्व र गरिमा बढेर यो समग्र भाषा साहित्यप्रेमीहरूको एउटा आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुने उहाँले विश्वास व्यक्त गरे।
हामीले भोगेको समय र समाज, दुःखसुख, जनजीवन एवम् परिवेशको यथार्थ चित्रण स्रष्टाका रचनामा प्रतिविम्बित हुने गर्दछ भन्दै राष्ट्रपति पौडेलले यी रचना एउटा अभिलेखका रुपमा वर्तमानमा मात्र होइन भावी पुस्ताका लागि पनि तत्कालीन परिवेशलाई बुझ्ने जीवन्त दस्तावेज भएको उनको भनाई थियो।
‘गण्डकी प्रदेशको लमजुङ भाषा, साहित्य, संस्कृति र कलाको केन्द्र हो । यहाँका वस्ती र पाखापखेरामा प्रस्तुत हुने बालन, भजन, चुड्का, घाँटु, सोरठी र ठाडो भाकामात्र होइन हिमालको काखमा अवस्थित यहाँको पहाडी रमणीय प्रकृतिले यसलाई स्रष्टा र साहित्यको लागि उर्वर वातावरण दिएको छ’, राष्ट्रपति पौडेलले भने।
यसैको सेरोफेरोमा पूर्वीय जीवन र दर्शनलाई दिशावोध गर्ने चार वेद र अठार पुराणका रचयिता वेदव्यास, नेपाली भाषासाहित्यलाई युगिन बाटोतर्फ डोर्याउने आदिकवि भानुभक्त र कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि रहेको प्रसंग उल्लेख गर्दै उनले यही सेरोफेरो, हावापानी र प्रकृतिले यो पुस्तुनमा नेपाली काव्यधराका धरोहर माधवप्रसाद घिमिरेको जन्म भयो जो नेपाली साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिन सफल हुनुभएको धारणा व्यक्त गरे।
‘यहाँको सुरम्य पहाडी, हिमाली र ग्रामिण जनजीवनको धुकधुकीलाई टपक्क टिपेर आफ्ना कैयौं गीत, कविता, खण्डकाव्य, गीतीनाटकसहितका कालजयी रचना सृजना गर्ने राष्ट्रकवि घिमिरेको वैशिष्ट्यताले नेपाली साहित्यजगतलाई महत्वपूर्ण योगदान दिएको छ’, राष्ट्रपति पौडेलले भने।
उनका साहित्यिक सृजनामा हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र होइन राष्ट्रिय भावनाले ओतप्रोत भएको पाईन्छ भन्दै राष्ट्रपति पौडेलले यसबाट भाषा, साहित्यमात्र नभएर समग्र वाङमयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको बताए।
‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे होस कि गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली त्यसैका प्रमाण हुन्, अझ मानवीय करुणालाई सुक्ष्म संवेदनाका साथ प्रस्तुत गर्न सक्ने उहाँको क्षमता अद्भुत छ, आफ्ना रचनामा मानवीय संवेदना, प्रकृति र देशप्रेमको उज्यालो पक्षलाई जीवन्त प्रस्तुत गर्न सक्ने क्षमताका कारण उहाँ राष्ट्रकविको उचाइ धारण गर्न सफल हुनुभयो भन्ने मलाई लाग्छ’, राष्ट्रपति पौडेलले भने।
राष्ट्रपति पौडेलले सम्वोधनको सुरूमा नै राष्ट्रकवि घिमिरेले आफ्नो गाँउ, पाखा, पखेराको व्याख्या गर्दै लेखेको ‘हामी दम्पत्ति शान्ति, कान्ति कलिला माया र मोह भनी … भन्ने कविताका केही अंश बाचन गर्दा भावविह्वल भएका थिए। उनका गला अवरूद्ध भएका थिए।
सामाग्री श्रोत :
स्रष्टा र साहित्यकारलाई सम्मान, सहयोग गर्न समाज तथा सरकारले कन्जुस्याइँ गर्नु हुन्न : राष्ट्रपति
काठमाडौं- नारायणी अस्पतालका तत्कालीन निर्देशक डा सञ्जय ठाकुरलगायतलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ। नारायणी अस्पताल, वीरगंजको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा भ्रष्टाचार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। ठाकुरलगायतलाई १ करोड ८४ लाख३८ हजार ४५८ रुपैयाँ बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी हानीनोक्सानी पुर्याएको उजुरी अनुसन्धान गर्दा भ्रष्टाचार गरेको पाइएको बताइएको छ।
‘कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टर ब्लक बिछ्याउने रहेको र मुख्य निर्माण कार्य नभई सहायक निर्माण कार्य रहेको उक्त निर्माण कार्यमा एम एम३५ इन्टर ब्लक बिछ्याउने कार्यका आधारमा मात्रै बोलपत्र अस्वीकृत गरी मिलेमतोमा राज्यलाई हानिनोक्सानी गरेको र प्रतिस्पर्धालाई सीमित हुनेगरी बोलपत्रमा योग्यताका आधार तोकिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.ब. २०७७/०७८ मा नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत हुने गरी इन्ट लकिङ टायललाई भवन निर्माणको मुख्य आइटमको रुपमा समावेश गरेको पाइएको छ,’ आरोप पत्रमा भनिएको छ।
शिवाको/विकास एण्ड ब्रदर्स/वि.जी. जे.भी.ले काठमाडौं उपत्यका सडक विस्तार आयोजनामा ग्रे कलर को इन्टरलक ब्लकको काम गरेको देखाए तापनि अति सामान्य कुरालाई बदनियतपूर्वक बोलपत्रमा समावेश गरेको र सोही अति सामान्य कुरालाई मूल्याङ्कानमा ‘ ग्रेड इज नट मेन्सन्ड एन्ड अल्सो इट इज नट मल्टि-ब्लाइन्डर्ट कलर ब्लक’ भन्ने व्यहोरा उल्लेख गरी लक्षित बोलपत्र बाहेकका अन्य बोलपत्र प्रस्तावलाई असफल कायम गरेको देखिएको छ।
‘स्वीकृत लागत अनुमानमा नरहेका आइटम थप गरी बोलपत्र सम्बन्धी कागजात तयार गरी कुनै एक मात्र लक्षित निर्माण व्यवसायी सफल हुने गरी सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी गराई नेपाल सरकार एवं सार्वजनिक संस्था नारायणी अस्पताललाई गैरकानूनी हानिनोक्सानी पुर्याएको बताइएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई पोपको रूपमा प्रस्तुत गर्दै एआईले बनाएको तस्बिर सार्वजनिक गरेपछि विश्वभर आलोचित बनेका छन् । ह्वाइट हाउसको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टबाट एआईले बनाएको ट्रम्प जस्तो देखिने पोपको फोटो सार्वजनिक भएपछि ट्रम्प आलोचित बनेका हुन् ।
विश्वभरका क्याथोलिक अहिले २१ अप्रिलमा निधन भएका पोप फ्रान्सिसको शोक मनाइरहेका छन् । र, अर्को पोप छनोट गर्ने तयारीमा छन् । यस्तो बेला ट्रम्पले एआईले बनाएको फोटो सार्वजनिक गर्दै आफूलाई पोपका रूपमा प्रस्तुत गरेको भन्दै उनको आलोचना भएको हो ।
बीबीसीका अनुसार न्यूयोर्क स्टेट क्याथोलिक कन्फ्रेन्सले ट्रम्पमाथि आस्थाको खिल्ली उडाएको आरोप लगाएको छ । यसअघि ट्रम्पले पत्रकार सम्मेलनमा ठट्टा गर्दै ‘म पोप बन्न चाहन्छु’ भनेका थिए ।
— The White House (@WhiteHouse) May 3, 2025
क्याथोलिक आस्थाको मजाक उडाएको आरोप लाग्ने ट्रम्प पहिलो राष्ट्रपति भने होइनन् । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडनले एक वर्षअघि फ्लोरिडाको टाम्पामा भएको गर्भपतनको पहुँचसम्बन्धी र्यालीमा क्रसको चिन्ह बनाएपछि विवाद उत्पन्न भएको थियो ।
भ्याटिकनका प्रवक्ता माटेओ ब्रुनीले शनिबार पत्रकारसँगको ब्रिफिङमा ट्रम्पको पोस्टबारे प्रश्नको जवाफ दिन अस्वीकार गरे । भ्याटिकनले बुधबारदेखि फ्रान्सिसको उत्तराधिकारी छनोट गर्न कन्क्लेभ आयोजना गर्ने तयारी गरिरहेको छ । ट्रम्पले शुक्रबार राति पोस्ट गरेको तस्बिरमा उनले सेतो क्यासक (लामो पादरी पोशाक) र विशपले परम्परागत रूपमा लगाउने चुच्चो परेको माइट्र (शिरपोश) लगाएका छन् । उक्त तस्बिरमा उनले घाँटीमा ठुलो क्रस लगाएको देखाइएको छ । त्यसका साथै उनी गम्भीर अनुहार भावसहित औँला उठाइरहेका देखिन्छन् ।
न्यूयोर्कका विशपहरूको प्रतिनिधित्व गर्ने न्यूयोर्क स्टेट क्याथोलिक कन्फ्रेन्सले सामाजिक सञ्जाल एक्समा तस्बिरको आलोचना गरेको छ । उक्त समूहले लेखेको छ, “यस तस्बिरमा केही चलाखी वा रमाइलो छैन, राष्ट्रपति महोदय । हामीले भर्खरै हाम्रा प्रिय पोप फ्रान्सिसलाई बिदाइ गरेका छौँ र कार्डिनलहरू सेन्ट पिटरको नयाँ उत्तराधिकारी चुन्न गम्भीर कन्क्लेभमा प्रवेश गर्न लागेका छन् । हाम्रो खिल्ली नउडाउनुहोस् ।”
वामपन्थी झुकाव राख्ने इटालीका पूर्व प्रधानमन्त्री माटेओ रेन्जीले पनि ट्रम्पको पोस्टको आलोचना गरेका छन् । “यो तस्बिरले विश्वासीलाई अपमान गर्छ, संस्थाको अपमान गर्छ र दक्षिणपन्थी विश्वका नेता मजाक गर्नमा रमाइलो मान्छन् भन्ने देखाउँछ,” रेन्जीले एक्समा इटालियन भाषामा लेखेका छन् ।
तर, ह्वाइट हाउसले रिपब्लिकन राष्ट्रपतिले पोप पदको मजाक उडाएको कुनै पनि भनाईलाई अस्वीकार गरेको छ । “राष्ट्रपति ट्रम्प पोप फ्रान्सिसप्रति सम्मान व्यक्त गर्न र उनको अन्त्येष्टिमा भाग लिन इटाली जानुभएको थियो । साथै उहाँ क्याथोलिक र धार्मिक स्वतन्त्रताका कट्टर समर्थक रहनु भएको छ,” अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई प्रेस सचिव क्यारोलिन लेभिटले भनेकी छिन्
पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ १४:५१
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं –द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मागसहित सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा द्वन्द्वपीडित देवी खड्कासहितका प्रतिनिधिले सिफारिस समितिबाट आफूहरुसँग परामर्श नगरी काम भएकामा चिन्ता व्यक्त गरेका हुन्।
उनीहरुले दलीय भागबण्डा नभई निष्पक्ष एवं पीडितलाई मान्य हुने व्यक्तिलाई आयोगको अध्यक्ष र त्यस्तै निष्पक्षतापूर्वक काम गर्नसक्ने व्यक्तिलाई सदस्यमा सिफारिस गर्नुपर्ने माग गरे।
द्वन्द्वपीडित नेतृ देवी खड्कासहित प्रतिनिधिले सिफारिस समितिले आफूहरूसँग परामर्श नगरेको र विश्वासिलो वातावरण नबनेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
ध्यानाकर्षण पत्रमा दलीय भागबन्डा नभई निष्पक्ष एवं पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई आयोगको अध्यक्ष र सदस्यमा सिफारिस हुनुपर्ने माग गरिएको छ। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनबमोजिम दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठन गरेको समितिले प्राप्त आवेदक मध्येबाट संक्षिप्त सूूची प्रकाशन गरिसकेको छ।
सो अवसरमा प्रधानमन्त्री ओलीले आफूले द्वन्द्वकालदेखि नै शान्तिका पक्षमा स्पष्ट कुरा राख्दै आएकाले अहिलेको सरकारका पालामा गठन हुने आयोग र यसका प्रक्रियामा अविश्वास नगर्न आग्रह गरे।
राजनीतिक असमझदारीका कारणले यो प्रक्रिया लामो समय लिएको स्पष्ट गर्दै बलात्कारजस्ता मानवताविरुद्धको जघन्य अपराध गर्नेलाई कानुनी कठघरामा उभ्याएर सजाय दिएरै छाड्ने तथा पीडितलाई न्याय र परिपूरण दिएरै छाड्ने उद्घोष गरे।
‘मलाई पीडितहरूसँग खेल्नु, छक्याउनु र अल्मल्याउनु छैन। सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा दिशामा जाउँ भन्ने मात्रै मेरो ध्यान हो’, प्रधानमन्त्री ओलीले भने, ‘द्वन्द्वमा प्रत्यक्ष संलग्न नहुँदा नहुँदै पनि मेरो पार्टी नेकपा (एमाले) पनि एक प्रकारले पीडित पार्टी हो। शान्तिका पक्षमा लाग्दा लाग्दै हाम्रा नेताहरुलाई पनि अमानवीयरुपमा मारिएको छ।’
प्रधानमन्त्री ओलीले यस्ता पीडाहरू रोक्ने प्रयास भइरहेको भन्दै धैर्यपूर्वक परिणाम निकाल्नका लागि एक हुन आग्रह गरे।
‘समग्रमा भन्ने हो हिंसात्मक राजनीतिबाट हामी सबै पीडित छौँ। त्यसबेलाका द्वन्द्वरत पक्ष सरकार र माओवादी पनि पीडित छन्। पीडक पनि त्यहीँभित्र छन्। देशै पीडित छ। अब यस्ता शृङ्खला सँधैका लागि रोकौँ भन्ने हाम्रो प्रयास हो, यो प्रक्रियामा नआत्तिएर धैर्यपूर्वक, अशल र सही परिणाम ल्याउनका निम्ति एक भएर लाग्न म आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने।
भेटका अवसरमा प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । बेंगलुरु प्रहरीले उनीविरुद्ध एफआईआर दायर गरेलगत्तै प्रसिद्ध गायक सोनु निगमले शनिबार स्पष्टीकरण जारी गरेका छन्।
कन्नड गीत गाउने मागलाई पहलगाम आक्रमणसँग तुलना गरेकोमा उनीविरुद्ध यो एफआईआर दायर गरिएको हो।
कन्नड रक्षा वेदिका (केआरभी) नामको कन्नड संगठनले सोनू निगमविरुद्ध प्रहरीमा उजुरी दिएको छ।
उजुरीमा आरोप लगाइएको छ “गायक (सोनु निगम) ले यसलाई आतंकवादी हमलासँग तुलना गरेर कन्नड भाषी मानिसहरूको भावनामा चोट पुर्याएका छन्। यसले कर्नाटकका विभिन्न भाषिक समुदायहरू बीच घृणा मात्र बढाएको छैन तर हिंसाको सम्भावना पनि सिर्जना गरेको छ।”
गत हप्ता एक निजी कलेज क्याम्पसमा आयोजित संगीत कन्सर्टमा सोनु निगम गाइरहेका थिए जब केही युवाहरूले उनलाई कन्नड भाषामा गीत गाउन अनुरोध गरे।
यसको जवाफमा निगमले भने, “पहलगाममा भएको घटनाको कारण यही हो। कृपया हेर्नुहोस् तपाईंको अगाडि को उभिरहेको छ। म तपाईंहरूलाई माया गर्छु ।” केआरभीले निगमको भनाइ “आपत्तिजनक, विभाजनकारी र साम्प्रदायिक सद्भावको लागि हानिकारक” भएको बताएको छ।
तर सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट गरिएको आफ्नो स्पष्टीकरणमा निगमले भने, “तपाईंले कसैलाई गीत गाउनको लागि डर देखाउन अनुमति दिन सक्नुहुन्न। मानिसहरूलाई उक्साउनेहरूलाई रोक्नु महत्त्वपूर्ण छ।”
“यदि कसैले प्रेमको भूमिमा घृणाको बीउ छरिरहेको छ भने, उसलाई रोक्नु पर्छ।”
यसअघि निगमले भनेका थिए, “मैले मेरो जीवनका उत्कृष्ट गीतहरू कन्नड भाषामा गाएँ। जब म कर्नाटकमा प्रस्तुतिको लागि आउँछु, म धेरै सम्मानका साथ आउँछु किनभने तपाईंले मलाई परिवार जस्तै स्वीकार गर्नुभएको छ।”
सामाग्री श्रोत :
काठमाडौं- संघीय अस्पताल विकास समितिहरुमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विधेयक ल्याउने तयारी गरेका छन्।
यसका लागि मन्त्री पौडेलले अघि बढाएको एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमाका लागि मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएको छ।
मन्त्री पौडेलले अस्पतालपिच्छे रहेका विकास समितिमा भएका सेवा शुल्ककको भिन्नता, खर्चमा देखिएको अपारदर्शिता तथा कर्मचारीको नियुक्ति तथा स्थायी प्रक्रियालाई एकरुपता ल्याउने गरी सुधार गर्ने उद्देश्य लिएका छन्।
हाल संघीय अस्पतालहरुमा भएका बेग्ला बेग्लै समिति अस्तित्वमा हुँदा उनीहरुले एकै खालका अन्य संघीय अस्पतालभन्दा फरक नियम तथा सेवा शुल्क लिने गरेका छन्। यसलाई कम गर्नका लागि अब ऐनमार्फत एकीकृत रुपमा सेवा तथा नीतिगत व्यवस्था हुने गरी व्यवस्था गर्ने तयारी अघि बढाइएको छ।
अस्पतालहरुका आन्तरिक आम्दानीको खर्चको प्रवृत्तिसमेत एकै खालको नभएकाले यसलाई समेत नयाँ विधेयकमा समेट्ने तयारी मन्त्री पौडेलको छ। कतिपय अवस्थामा बढिरहेको प्रशासनिक खर्चसमेत कम गर्ने लक्ष्य मन्त्रालयले लिएको छ।
मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृतिपछि अब नयाँ विधेयकको तर्जुमा प्रक्रिया अघि बढ्ने प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।
‘अब विधेयक निर्माणको प्रक्रिया अघि बढ्नेछ,’ उनले भने, ‘विज्ञहरुको परामर्शका आधारमा मस्यौदा तयार गरिनेछ।’
‘विभिन्न विकास समितिमार्फत अस्पतालहरूको सञ्चालन विकास तथा व्यवस्थापन हुँदा अस्पतालमा कार्यरत जनशक्तिको सेवा, सुविधा, काम कर्तव्य र अधिकारलगायतका विषयमा विविधता भई एकै तहका जनशक्तिहरू बिचमा असमान सेवा सुविधा भएको, धेरै अस्पताल विकास समिति हुँदा समितिका पदाधिकारीलगायतको लागि अनावश्यक रूपमा बढी प्रशासनिक खर्च भएको अवस्था छ,’ मन्त्रिपरिषदबाट स्वीकृतिका लागि सहमति प्राप्त प्रस्तावमा भनिएको छ, ‘प्रस्तुत कानून बनेपछि सम्पूर्ण सङ्घीय अस्पतालहरूलाई एकै किसिमको सञ्चालन, व्यवस्थापन, नियन्त्रण र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह तथा अस्पतालहरूको समुचित विकास गर्न सहज हुने तथा समस्या र चुनौतीहरूलाई सम्बोधन गर्न एक नियमनकारी निकाय आवश्यक भएकोले एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृतिको लागि प्रस्ताव पेश गरिएको।’
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । सरकारले स्मार्ट सिटी (सहर) सम्बन्धी सूचकहरू, २०८१ स्वीकृत गरेको छ । १७ वैशाख २०८२ को मन्त्रीपरिषद् बैठकबाट यस किसिमको निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
‘स्मार्ट सिटी’ राजनीतिक दल, उम्मेदवार तथा सरकारका भाषण र घोषणाहरूमा आए पनि त्यसले मूर्त रूप भने अहिलेसम्म पाउन सकेको छैन । स्मार्ट सिटीको स्पष्ट परिभाषा नहुँदा क्रमशः ‘स्मार्ट सिटी’ को नारा हराउँदै जान थालेको छ ।
त्यसो त सरकारले लुम्बिनी, निजगढ र पालुङटारलाई स्मार्ट सिटी बनाउने घोषणा नै गरेको थियो । त्यसका लागि गुरु योजना समेत बनाइएको भए पनि अहिले स्मार्ट सिटीको रूपमा चर्चा भने सेलाउँदै गएको छ । संसारभर सूचना प्रविधिमा आधारित यस अवधारणाको लहर चली रहेको बेला नेपालले भने स्मार्ट सिटीको क्षेत्रमा खासै काम गर्न सकेको छैन । यद्यपि स्मार्ट सिटीको एजेन्ड छोडी हाल्न नमिल्ने भएकाले सूचकहरू तय गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सहरहरूको स्मार्टनेस लेभल मापन गर्ने उद्देश्यका साथ सूचकहरू तय गरिएको हो । जसका लागि ४ ओटा आधारहरू लिइएका छन्, स्मार्ट जनता, स्मार्ट अर्थतन्त्र, स्मार्ट सुशासन र स्मार्ट पूर्वाधार । खासगरी सबै तहका सरकारहरूले आफ्ना सहरी केन्द्रहरू कति स्मार्ट छन् भनेर नाप्ने आधारको रूपमा यो सूचक तयार पारिएको हो ।
१०० पूर्णाङ्कमा मापन गरिने स्मार्ट सहरका लागि कूल ८३ सूचक तय गरिएका छन् । जसमा योजना, आय आर्जन, नागरिक बडापत्र, विद्युतीय रूपमा उपलब्ध सेवा आदि रहेका छन् । पूर्णाङ्कको आधारमा स्मार्ट सहरहरूलाई लेभल १, लेभल २, लेभल ३, लेभल ४ र लेभल ५ गरी वर्गीकरण गरिएको छ । ९० प्रतिशतभन्दा माथि अङ्क प्राप्त गर्ने सहर लेभल १ मा पर्नेछन् भने नन् कम्प्लायन्स अर्थात् सूचकहरूमा असफल सहरलाई लेभल ५ मा राखिनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ १४:१२
सामाग्री श्रोत :
टेक पाना









