२०८३ बैशाख २८ सोमबार
LATEST NEWS
२०८३ बैशाख २८ सोमबार

काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को सेवा आयोगले तेस्रो वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज बुझाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष डा खगराज बरालले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीसमक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्। प्रधानमन्त्री ओलीले वैज्ञानिकहरुलाई प्रोत्साहन मिल्ने र मुलुकको उत्पादन तथा उत्पादकत्व वृद्धि हुने अनुसन्धान र परिणाम दिने काममा केन्द्रित हुन प्रतिष्ठानलाई आग्रह गरे।

सो अवसरमा लोकसेवा आयोगका सदस्य वीरबहादुर राई, प्रतिष्ठानका सदस्यसचिव डा रवीन्द्रप्रसाद ढकाललगायत सहभागी थिए।


सामाग्री श्रोत :

प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा सकारात्मक कुराकानी भएको जनाइएको छ।

भेटका अवसरमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीको मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए।


सामाग्री श्रोत :

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

गाईघाट (उदयपुर)। यहाँको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा आज बेलुकी ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको भने अर्का एक घाइते भएका छन्।

जन्ती गएका दुवै जनालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको र अर्का एक युवा घाइते भएका प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ठक्करबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ४० वर्षीया गीता परियारको मृत्यु भएको हो। घाइते हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २३ वर्षीय योजन राई रहेका छन्।

हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कदै गरेको बस उदयपुरको चौनपा–४ बर्खेडाँडाको सडकमा राकिएको थियो। जन्तीहरू होटलमा नास्ता खाएर फर्किने क्रममा पछाडिबाट आइरहेको ना३त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय प्रमुख बबिन राईले जानकारी दिए।

हाल ट्याक्टर चालक उदयपुरको चौनपा–४ बस्ने ३० वर्षीया विजय विकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए। घाइते राईलाई उपचारको लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ।


सामाग्री श्रोत :

ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेका एकको मृत्यु, एक घाइते

काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र शाह ‘बालेन’ले निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहेको बताएका छन्।

आज यहाँ निजी क्षेत्रका प्रतिनिधिसहितको बैठकमा उनले सबैको सहकार्यबाट नै देशभित्र रोजगारीको सम्भावना खोज्न सकिने र त्यसका लागि महानगर मिलेर अगाडि बढ्न तयार रहेको बताएका हुन्। उनले भने, ‘सहकार्यमा एकता हुन्छ, यसैबाट निराश भएका युवामा आशा जगाउन सकिन्छ। यो रोजगार र स्वरोजगार क्षेत्रका लागि प्रभावकारी परामर्श हुनेछ।’

महानगर प्रमुख शाहले यस वर्ष पनि आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा सीप मेला सञ्चालन गर्ने तयारी रहेको र महानगरले वर्षभरि नै सीपमूलक तालिम सञ्चालन गरिरहेको बताए। यस्ता तालिमबाट मानव पुँजीका रूपमा उत्पादन भएका जनशक्तिलाई रोजगारमा आबद्ध गराउन निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य अगाडि बढाइएका उनले बताए।

निजी क्षेत्रका प्रतिनिधिहरूले महानगरले गत वर्ष सञ्चालन गरेको ‘सीप मेला २०८१’ ले सीपयुक्त जनशक्ति र रोजगारदाता दुवै पक्षलाई पुलको काम गरेको धारणा राखे। उनीहरूले उद्योग क्षेत्रले भोगिरहेको जनशक्ति समस्या कम गराउन मेला उपयोगी भएको बताए।

‘नेपालमा डकर्मी, सिकर्मी, कपाल काट्ने, प्लम्बिङलगायत कामका लागि युवाहरूमा तत्परता देखिँदैन। यही काम विदेशमा गएर सजिलै गर्छन्। यसकारण यी पेसाहरूमा आकर्षण बढाउनुपर्छ। यी तुरुन्तै रोजगारी दिन सकिने ठाउँ हुन्’, निजी क्षेत्रका प्रतिनिधिहरूले भने।

बैठकमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्य, केएल दुगड ग्रुपका अध्यक्ष कुमुद दुगड, सूर्य नेपालका उपाध्यक्ष रवि केसीलगागतले आफ्नो धारणा राखेका थिए।

कामपा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले गत वर्ष सम्पन्न गरिएको मेलाका बारेमा जानकारी दिँदै त्यसबेला दुई हजार ८१ लाई तालिम दिने लक्ष्य राखिएकामा दुई हजार ७२५ जनालाई तालिम प्रदान गरिएको बताए।

मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा सुरु भएको थियो। त्यसबेला ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए।


सामाग्री श्रोत :

‘महानगर निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहान्छ’

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विकास प्रयासमा छिमेकी चीनको सहयोग प्रसंशनीय रहेको बताएका छन्।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा जिपी कोइराला फाउन्डेसनले आज यहाँ आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै उनले नेपाल–चीन सांस्कृतिक, आर्थिक र सामाजिक साझेदारी ऐतिहासिक र मजबुत रहेको बताए।

नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक तथा शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्यलगायत क्षेत्रमा चिनियाँ सहयोगप्रति आभार प्रकट गर्दै सभापति देउवाले आगामी दिनमा चिनियाँ सहयोग थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे।

‘फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउने, जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्दछु’,उनले भने, ‘नेपाल–चीन सांस्कृतिक र शैक्षिक सम्बन्धलाई पनि प्रगाढ बनाउनाका साथै यसले दुई देशका जनताबीच आपसी सहमति र सहकार्यको भावना जागृत गराउने छ।’

पूर्वप्रधानमन्त्री देउवाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन नदिइने स्पष्ट पारे।

कांग्रेस नेता डा शेखर कोइरालाले नेपालको विकास प्रयासमा चीनले गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध उदाहरणीय रहेको बताए। नेपाल एक चीन नीतिको पक्षमा निरन्तर उभिँदै आएको जनाउँदै उनले छिमेकीका रूपमा चीनको चासोलाई नेपालले उच्च महत्व दिँदै आएको बताए।

नेपालका लागि चीनका राजदूत चेन सोङले आपसी सहकार्य र मित्रताका आधारमा चीन नेपाल सम्बन्ध अघि बढिरहेको बताए। नेपाल र चीनबीच आर्थिक, व्यापारिकलगायत विविध क्षेत्रमा सहकार्य रहँदै आएको भन्दै उनले दुवै देशका तर्फबाट भएका उच्चस्तरका भ्रमण आदानप्रदानबाट द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको बताए।

जिपी कोइराला फाउण्डेशनका अध्यक्ष एवं कांग्रेस नेतृ सुजाता कोइरालाले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरमा तस्बिर प्रदर्शनी आयोजना गरिएको बताए। राजनीतिक, सांस्कृतिक र जनस्तरको आदानप्रदानसम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएको जनाउँदै उनले प्रदर्शनीबाट नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे।

नेपाल–चीन दौत्य सम्बन्धको सात दशकका ऐतिहासिक क्षणलाई प्रदर्शनीमा राखिएका छन्। राज्य प्रमुखको भ्रमण तथा सांस्कृतिक आदानप्रदान, जनस्तरको निकटतम् सम्बन्ध र विश्वासलाई प्रदर्शनीमार्फत प्रस्तुत गरिएको छ।


सामाग्री श्रोत :

नेपाल–चीन साझेदारी ऐतिहासिक र मजबुत छन्ः सभापति देउवा

काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले पछिल्लो तीन वर्षमा भारतीय कन्टेन्ट क्रियटरलाई २१ हजार करोड भारतीय रुपैयाँ (तीन खर्ब ३६ अर्ब नेपाली रुपैयाँ) भन्दा बढी भुक्तानी गरेको छ । युट्युबका प्रमुख कार्यकारी अधिकृत नील मोहनले मुम्बईमा आयोजित पहिलो वर्ल्ड अडियो भिजुअल एन्ड इन्टरटेनमेन्ट समिटमा बिहीबार यो जानकारी दिएका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै सीईओ मोहनले भारतीय क्रियटर, कलाकार र मिडिया कम्पनीलाई तीन वर्षमा मोटो रकम भुक्तानी गरेको बताए । “विगत एक वर्षमा मात्रै भारतमा १० करोडभन्दा बढी च्यानलले कन्टेन्ट अपलोड गरेका छन्,” उनले भने, “अबको दुई वर्षमा भारतीय कन्टेन्ट क्रियटर, आर्टिस्ट र मिडिया कम्पनी वृद्धि गर्न कम्पनीले ८५० करोड भारु लगानी गर्नेछ ।”

भारतका १० करोडभन्दा बढी च्यानलमध्ये १५ हजार क्रियटरले १० लाख सब्सक्राइबरको आँकडा पार गरिसकेको उनले बताए । सीईओ मोहनले भारतीय कन्टेन्टले भारत बाहिरका दर्शकबाट ४५ अर्ब घण्टाको वाच टाइम पाएको पनि उल्लेख गरे । 

मोहनले अगाडि भने, “कुनै पनि क्रियटरलाई जहाँ भए पनि विश्वभरका दर्शकसँग जोड्न सक्ने युट्युबको क्षमताले यसलाई सांस्कृतिक निर्यातको एक शक्तिशाली माध्यम बनाएको छ । र, केही देशले मात्र यसको उपयोग भारतले जस्तो प्रभावकारी तरिकाले गरेका छन् । आज भारत केवल फिल्म र सङ्गीतको मात्र विश्व अगुवा नभएर ‘क्रियटर नेसन’ बन्दैछ भन्ने कुरा बताउन पाउँदा म उत्साहित छु ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युट्युबमा विश्वकै सबैभन्दा बढी सब्स्क्राइबर हुने राजनीतिज्ञ हुन् । उनको च्यानलमा दुई करोड ५० लाख बढी सब्स्काइबर छन् । 

हालै युट्युबले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव मनाएको छ । यसको सुरुवात ‘मि एट द जु’ नामक १९ सेकेन्डको भिडिओबाट भएको थियो । सो भिडिओमा युट्युबका सह-संस्थापक जावेद करिमले चिडियाखानाको हात्ती अगाडि आफ्नो अनुभव रेकर्ड गरेका थिए ।

यो अवसरमा युट्युबले प्रयोगकर्ताका लागि नयाँ फिचर पनि ल्याउँदैछ । यसमा ‘आस्क म्युजिक’ मार्फत व्यक्तिगत रेडियो स्टेसन, ४ गुणासम्म छिटो प्लेब्याक गति र युट्युब टिभी प्रयोगकर्ताका लागि आफ्नै मल्टिभ्यु एक्सपिरियन्स तयार गर्ने फिचर समावेश छन् ।

 

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १४:१६





सामाग्री श्रोत :
टेक पाना

कञ्चनपुर। यहाँको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप (एआरभी) अभाव भएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट अस्पताललाई खोप उपलब्ध नहुँदा अभाव भएको हो।

अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको रेबिजविरुद्धको खोप अभाव भएपछि सेवाग्राही मर्कामा परेका हुन्। ‘एक हप्ता अगाडिसम्म अस्पतालमा ६० भाइलसम्म खोप उपलब्ध थियो’, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले भने, ‘अहिले पूरै सकिएको छ, सार्वजनिक सूचनानै जारी गरेर रेबिजविरुद्धको निःशुल्क खोप अभाव भएको जानकारी गराइसकेका छौँ।’

आपूर्ति व्यवस्थापन केन्द्रबाट उपलब्ध हुने निःशुल्क खोप अभाव भएकाले उनले सेवाग्राहीले बाह्य क्षेत्रका मेडिकलबाट खोप खरिद गरेर ल्याएमा अस्पतालका स्वास्थ्यकर्मीले लगाई दिने बताए।

‘रेबिजविरुद्धको खोप लगाउने कार्य बन्द गरेका छैनौँ’, उनले भने, ‘खोप अभावले निःशुल्क सेवा मात्रै छैन।’ उनका अनुसार महिनामा अस्पतालमा रेबिजविरुद्धको ४०० देखि ५०० भाइल खोप खपत हुने गरेको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमै खोप अभाव भएकाले खोप उपलब्ध हुन एक हप्ता लाग्ने जानकारी पाएको उनले बताए।

अस्पतालसँगै स्थानीय तहमा रहेका स्वास्थ्यचौकीहरुमा पनि निःशुल्क उपलब्ध हुँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ। पिपलाडी स्वास्थ्यचौकीका प्रमुख दुर्गा भट्टका अनुसार रेबिजविरुद्धको खोप अभाव भएको तीन साता बढी भैसकेको छ। माग गर्दै आए पनि हालसम्म आपूर्ति हुन नसकेको उनले जानकारी दिए। खोप अभाव भएपछि चर्को मूल्यमा सेवाग्राहीले निजी मेडिकलबाट रेबिजविरुद्धको खोप खरिद गर्न बाध्य छन्।


सामाग्री श्रोत :

कञ्चनपुरमा रेबिजविरुद्धको खोप अभाव

काठमाडौँ । सरकारले युवाहरूलाई उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले ल्याएको स्टार्टअप कर्जा कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षमा ६६१ वटा परियोजना छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज एक सूचना जारी गर्दै कर्जाका लागि सिफारिस भएका उद्यमीहरूको नाम सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिँदै ‘उद्यममा युवा सँगै सरकार!’ भन्ने नारालाई साकार पार्ने दिशामा यो महत्त्वपूर्ण कदम भएको बताएका छन् । उनले उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको नीति अनुरुप यो कार्यक्रम अगाडि बढाइएको उल्लेख गरे ।

प्रतिष्ठानका अनुसार अनलाइन र भौतिक रूपमा गरी पाँच हजार १५८ युवा उद्यमीले स्टार्टअप कर्जाका लागि प्रस्ताव दर्ता गरेका थिए । दर्ता भएका प्रस्तावहरू मध्ये एक हजार ३१४ उद्यमीले आफ्नो परियोजनाको प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणका आधारमा मूल्यांकन गरी ६६१ वटा परियोजनालाई कर्जाका लागि छनोट गरिएको हो ।

छनोट भएका उद्यमीहरूले आफ्नो व्यवसाय सञ्चालन तथा विस्तारका लागि २५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्नेछन् । सरकारको यो पहलले युवाहरूलाई स्वरोजगार बन्न र देशको आर्थिक विकासमा योगदान पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

प्रतिष्ठानले छनोट भएका उद्यमीहरूलाई कर्जा प्राप्त गर्ने प्रक्रियाका बारेमा छिट्टै जानकारी गराउने जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ २२:५३





सामाग्री श्रोत :
टेक पाना

चितवन– पूर्वी नवलपरासीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर २ किशाेरको मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका वडा नं। १ र वडा नं। ३ जोड्ने जुक्तीखोलामा पौडी खेल्ने क्रममा डुबेर २ युवकको ज्यान गएको हो ।

Ncell 2
Ncell 2

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं। ८ गौरीगंज घर भएका १६ वर्षका प्रमिशन पाठक र वडा नं। ४ लंकु घर भएका १६ वर्षका शिशिर पन्त रहेका छन् ।

shivam cement
shivam cement

दिउँसो २ बजे पौडी खेल्ने क्रममा उनीहरु डुबेका थिए ।

उनीहरु डुबेको केही समयपछि पुल निर्माण गर्ने मजदुरहरुले उनीहरुको शव बाहिर निकालेको पौडी खेल्न साथीहरुसँगै गएका अखिल लामिछानेले जानकारी दिए ।मृतक पाठक र पन्त दुवैजना एसईई परीक्षा सकेर घरमै बस्दै आएका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

लन्डन। नेपालको सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको न्यायिक प्रतिनिधिमण्डलले यहाँ महत्वपूर्ण भेटघाट गरेको छ।

२७ अप्रिल संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लन्डन आइपुगेको प्रतिनिधिमण्डलमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल, विशेष अदालतका न्यायाधीश रीतेन्द्र थापा, उच्च अदालतका न्यायाधीश हेमन्त रावल र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल संलग्न थिए।

उक्त न्यायिक प्रतिनिधिमण्डललाई लन्डन हिथ्रोमा बेलायतका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरे र दूतावासका अन्य वरिष्ठ कूटनीतिज्ञहरूले स्वागत गरेका थिए। बेलायत भ्रमणका क्रममा प्रधानन्यायाधीश राउतले २९ अप्रिलमा संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीड अफ अल्लरमुइरसँग उनकै कार्यकक्षमा भेट गरे।

सो भेटघाटका क्रममा दुई न्यायाधीशीले सद्भावना पत्रमा हस्ताक्षर आदानप्रदान गरे। जसले नेपाल र संयुक्त अधिराज्यको सर्वोच्च अदालतबीच लामो समयदेखिको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सद्भावनापत्रले दुई देशका सर्वोच्च अदालत र न्यायिक प्रणालीबीच उत्कृष्ट अभ्यासहरु साझा गर्न र पारस्परिक सहयोग प्रवर्द्धन गर्न सम्बन्धित न्यायपालिकाहरूको पारस्परिक प्रतिबद्धतालाई सहयोग पुग्ने आशा गरिएको छ।

उक्त भेटघाटमा नेपालका प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतले दिएका केही ऐतिहासिक फैसलाहरूमाथि प्रकाश पारेका थिए। संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष अल्लरमुइरले दुई देशबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै नेपालको न्यायिक क्षेत्रलाई सहयोग गर्ने आश्वासन दिए।

सद्भावना पत्रमा हस्ताक्षर नेपाल र बेलायतको न्यायिक इतिहासमा महत्त्वपूर्ण कोसेढुङ्गा भएको प्रतिनिधिमण्डलको विश्वास छ। सो अवसरमा उनीहरूले न्यायिक अभ्यास र अनुभवका विभिन्न पक्षमा छलफल गरेका थिए। न्यायिक अधिकारीहरूलाई तालिम दिने, कुशल न्याय प्रशासनको अनुभव साझा गर्ने, फैसलाको मस्यौदा तयार गर्ने र न्यायिक अभ्यासहरू जस्ता क्षेत्रहरूमा सहकार्य गर्न उनीहरु सहमत भएका छन्। उनीहरूले कानुनी शासन कायम राख्न सहयोग प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रधानन्यायाधीश राउतले इङ्ग्ल्याण्ड र वेल्सका महिला प्रधानन्यायाधीश ब्यारोनेस कार अफ वाल्टन–अन–द–हेलसँग दुई देशका न्यायिक संयन्त्रबीचको सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए। प्रधानन्यायाधीश राउतले बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलसँग पनि भेट गरे।

भेटघाटका क्रममा दुई विशिष्ट व्यक्तित्वले संसद् र न्यायपालिकाबीचको सम्बन्धसहित पारस्परिक हितका विभिन्न द्विपक्षीय विषयमा छलफल गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

सोही दिन प्रधानन्यायाधीशसँग इङ्ग्ल्याण्ड र वेल्सको न्यायपालिकाका न्यायाधीश रोबिन नोल्स, लर्ड जस्टिस डिङ्गेमेन्स, अन्तरराष्ट्रिय न्यायिक टोलीका लर्ड जस्टिस स्नोडेन, श्रीमती एडी, एडवर्ड लर्ड गार्नियर, किंग्स कलेज लन्डनका प्रोफेसर जेम्स ली र हाउस अफ कमन्सका सांसद डेभिड स्मिथ जस्ता प्रवुद्ध व्यक्तित्वहरूसँग भेट गरेका थिए।

भेटमा उनीहरूले न्यायिक प्रणालीका विभिन्न आयाम र सहयोगका सम्भावित क्षेत्रहरुबारे छलफल गरे। प्रधानन्यायाधीश राउतले बेलायतको न्यायिक प्रणालीका प्रमुख व्यक्तिहरूसँगको बैठकमा भाग लिए, जसमा ‘जुडिसियल अपोइन्टमेन्ट कमिस्नर’ तनवीर इकराम, इङ्ग्ल्याण्ड र वेल्सको बार अध्यक्ष श्रीमती बारबरा मिल्स केसी र बार काउन्सिलको अन्तरराष्ट्रिय समितिका अध्यक्ष ह्यु मर्सर केसी पनि थिए।

बैठकमा प्रधानन्यायाधीश राउतले कानुनी तर्क, वस्तुनिष्ठता, निष्पक्षता र न्यायप्रति अटल समर्पणको ब्रिटिस परम्पराको प्रशंसा गरे। उनले दुई देशका सर्वोच्च अदालतबीचको सद्भावना पत्रमा हस्ताक्षर गर्नुको महत्त्वलाई पनि प्रकाश पार्दै दुवै देशका न्यायपालिकाबीचको सम्बन्धलाई बलियो बनाउन र आपसी समझदारी र सहयोगलाई बढावा दिने लक्ष्य राखेको उल्लेख गरे।

बेलायतको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीड अफ अल्लरमुइरले दुई राष्ट्रहरूबीचको लामो समयदेखिको ऐतिहासिक सम्बन्धमा थप जोड दिँदै सद्भावना पत्रले कानुनी परम्परा र न्यायिक प्रणालीको क्षेत्रमा सहकार्य बढाउने आशा व्यक्त गरे।

राजदूत चन्द्रकुमार घिमिरेले दूतावासमा प्रधानन्यायाधीश राउत नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा स्वागत समारोह आयोजना गरे। स्वागत समारोहमा संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीड अफ अल्लरमुइरसहित बेलायतको न्यायिक प्रणाली र समाजका प्रतिष्ठित व्यक्तित्व उपस्थित थिए।

गत १ मेमा नेपाली प्रतिनिधिमण्डलले बेलायतको न्यायिक क्षेत्रका प्रमुख व्यक्तित्वहरू ओल्ड बेली (केन्द्रीय फौजदारी अदालत) का एन्थोनी लियोनार्ड केसी र सारा ह्वाइटहाउस साथै इनर टेम्पल इन्टरनेशनल कमिटीका अध्यक्ष किरोन बिल केसीसँग अन्तक्रिया गरेको थियो।

बेलायत बसाइको क्रममा प्रतिनिधिमण्डलले दुई देशको न्यायिक प्रणाली र अभ्यासहरूको बारेमा जान्न र अन्तर्दृष्टि आदानप्रदान गर्न स्कटल्याण्डको भ्रमण समेत गरेको छ।


सामाग्री श्रोत :

प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा महत्त्वपूर्ण भेटघाट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट