२०८२ आश्विन ७ मंगलवार
२०८२ आश्विन ७ मंगलवार

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको घोषणा गरेका छन्।

ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसल मार्फत अमेरिकाको समन्वयमा भारत र पाकिस्तानल तत्काल युद्धविरामको लागि सहमत भएको दाबी गरेका हुन्।

ट्रम्पले भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरि चलेको वार्तापछि भारत र पाकिस्तानले पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमति जनाएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ। सहज बुद्धि र महान् बुद्धिमत्ताको प्रयोग गरेकामा म दुवै देशलाई बधाई दिन चाहन्छु।’

यसैबीच पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले तत्काल लागू हुनेगरी भारतसँग युद्धविराम गर्न सहमति भएको जनाएका छन्।

पाकिस्तानी उपप्रधानमन्त्रीलाई उल्लेख गर्दै बीबीसीले लेखेको छ ‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ।’


सामाग्री श्रोत :

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

उदयपुर– सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चोकमा पिकअप भ्यान दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको छ । 

उदयपुरस्थित घरबाट घरायसी सामान लिएर दुहवी जाँदै गरेको प्र २–०१–००१ च ०२५१ नम्बरको भ्यान अनियन्त्रित भई शनिबार बिहान ११:५० बजे दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत खतिवडाको मृत्यु भएको हो । दुर्घटनामा सवारी चालक चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

Ncell 2
Ncell 2

दुर्घटनामा गम्भीर घाइते भएका प्रसनि खतिवडालाई उपचारका लागि विराट टिचिङ अस्पतालमा पुर्‍याइएकोमा उपचारका क्रममा दिउँसो १२:२१ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्रगतिमा रहेको भ्यान अनियन्त्रित हुँदा सडक छेउको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो ।

shivam cement
shivam cement

त्रियुगा नगरपालिका–८ राजाबासका खतिवडा नाराणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए । दुर्घटनामा घाइते भएका चालक कार्कीको टाउको, छाती र शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनकी छोरी रोजिना कार्की भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तल्लो तहका जनताको जीवनस्तर उठाउने लक्ष्यका साथ आफ्नो दल जनताका माझ गइरहेको बताएका छन्।

पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आज आयोजित जनसभामा उनले हालै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ पार्टीको मात्र नभई जनताको अभियान बनेको उल्लेख अध्यक्ष दाहालले अभियान जनताका समस्या बुझ्ने माध्यम भएको उल्लेख गरे।

अध्यक्ष दाहालले देशका विभिन्न भौगोलिक क्षेत्रलाई जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र देशभरका उत्तर–दक्षिण करिडोरजस्ता पूर्वाधार विकासका अभियान माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएका बताए।

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन र आर्थिक सुधारका अभियान सञ्चालन गरेको स्मरण गरे।


सामाग्री श्रोत :

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो: प्रचण्ड

काठमाडौँ । धनगढीका २७ वर्षीय किशोर रिमाल (नाम परिवर्तन) पेसाले एक आईटी व्यवसायी हुन् । विगत पाँच वर्षदेखि उनी कम्प्युटर, सीसीटिभी क्यामेरा, प्रिन्टर लगायतका सामग्री बिक्री गर्दै आएका छन् । उनी बिहान र बेलुकाको समय छुट्याएर कक्षा ११/१२ का विद्यार्थीलाई कम्प्युटर साइन्स पनि पढाउँछन् । 

उनै रिमाललाई दुई हप्ताअघि ह्वाट्सएपमा एउटा फोन आयो । नम्बर अपरिचित थियो । झट्ट ख्याल गर्न पनि भ्याएनन् । आफूले बिक्री गर्दै आएका सामानको अर्डर आउँदा त्यसरी नै अपरिचित नम्बरबाट कल आउने भएकाले उनलाई त्यो कल अनौठो लागेन । र, उठाए । 

ह्वाट्सएप कलः हेलो रिमाल दाइ नमस्ते, सञ्चै हुनुहुन्छ ? चिन्नुभयो ?

रिमाल अलमल्ल परे । सेभ नभएको नम्बर छ । त्यो पनि ह्वाट्सएपमा आएको कल, कसरी चिन्नु ? 

रिमालः नमस्ते हजुर ! खै नम्बर नै सेभ रहेनछ । मैले चिनिनँ । 

ह्वाट्सएप कलः म दुई वर्ष अगाडि तपाईंको पसलमा आउँदा चिनजान गरेको थिएँ । नम्बर पनि साटासाट गरेको, बिर्सिनुभयो क्यारे ! 

रिमालः खै हुनसक्छ । 

ह्वाट्सएप कल गर्ने व्यक्तिले दुई वर्ष अघिको घटना सम्झाउन खोजे । हरेक दिन सयौं ग्राहकसँग सङ्गत गर्नुपर्ने रिमाललाई ह्वाट्सएपमा बोल्ने व्यक्तिसँग पनि कुनै समय चिनजान भयो होला भन्ने लाग्यो । कुरा गर्दै ह्वाट्सएपमा कल गर्ने ती व्यक्तिले आफूलाई दिपेश नामले चिनाए । र, सँगै काम गर्नुपर्छ भन्ने कुरा गरे । 

त्यसको दुई दिनपछि दिपेशले पुनः सम्पर्क गरे र कामको कुरा गरे । “मलाई उसले दोस्रो पटक कल गरेर कामको कुरा गर्‍यो,” दिपेश भन्ने व्यक्तिसँगको संवाद सम्झिँदै रिमाल भन्छन्, “उसले मलाई भन्यो ‘दाइ मेरो मामा चीनको सिमानामा भरिया हो । एकपटक एउटा व्यक्तिको भारी बोक्दिनु पर्ने भएछ । त्यही क्रममा भारी भएको मान्छे नदी पारी, मामा वारी हुनुहुँदो रहेछ । पारी गएको मान्छे त्यहीँ पक्राउ पर्‍यो । यता मामा झोला बोकेर बस्नुभएको रहेछ । त्यो व्यक्ति पक्राउ पर्नासाथ मामा झोला लिएर भाग्नु भएछ’ भन्यो ।”

दिपेशले रिमाललाई फोनमा मामाको उक्त झोलामा ३५ हजार ६०० अमेरिकी डलर भएको बताए । मामालाई डलरको कारोबारबारे केही थाहा नभएको र साट्न सहयोग गरिदिनुपर्ने भएकाले आफू सहयोग गर्न लागेको दिपेशले सुनाए । एकाएक लाखौं रुपैयाँ हुने डलरको अफर दिएपछि रिमाललाई शंका लाग्यो । उनले फोटो पठाउन अनुरोध गरे । दिपेशले ह्वाट्सएपमा डलर गन्दै गरेको, फिजाएको भिडिओ पठाए । भिडिओमा डलर सक्कली देखिन्थे । 

“दाइ, म धनगढी नै आउँछु भनेको, मामाले मान्नुभएन,” दिपेशले रिमाललाई थप विश्वस्त बनाउँदै भने, “मामालाई भाग्छ भन्ने लाग्यो, क्यारे ! मान्नु भएन ।”

रिमालले पनि दिपेशको कुरा पत्याए । रिमाललाई काठमाडौं आउने प्रस्ताव आयो । अफर गज्जबको थियो । साढे ३५ हजार डलर साट्दा कम्तीमा पनि ४५-४६ लाख हुन्थ्यो । मामालाई दुई लाख रुपैयाँ दिने र २५ प्रतिशत कमिसन दिपेशलाई दिंदा रिमालको भागमा कम्तीमा पनि थप १९-२० लाख रुपैयाँ पर्थ्यो । दिपेशले यही लोभ देखाउँदै रिमाललाई काठमाडौं आउने प्रस्ताव राखेका थिए ।

आफ्नो कम्पनीको काम मिलाउनु पर्ने, पढाउनु पर्ने सबै काम छोडेर रिमाल काठमाडौं आउन तयार भए । रिमालको योजना छुट्टै थियो । काठमाडौं आउने, डलर लिने, उसलाई कमभन्दा कम कमिसन रकम दिने, सकेसम्म कत्ति पनि नदिने ।

“मान्छे (रिमाल) बाठो हो । सबै रकम आफै लिन्छु । प्रमाण पनि हुँदैन । त्यो सबै डलर हत्याउन सकिन्छ भन्ने उसलाई लाग्यो,” रिमाललाई रकम सापटी दिने दिने उनका दाइ सुनाउँछन् । 

रिमाल २४ वैशाखमा बुद्ध एयरको जहाज चढेर साथीसँगै काठमाडौं आए । दिपेशले आफू तत्काल बाहिर निस्किन नपाएकाले अर्को एक दाइलाई डलर दिएर पठाउन लागेको कुरा सुनाए । रिमाललाई मान्छेसँग के सरोकार । उनलाई डलर जो चाहिएको थियो । 

त्यसपछि रिमाल दिपेशले पठाएका व्यक्तिले बोलाएको ठाउँ अर्थात् काठमाडौं बुढानीलकण्ठ वडा नम्बर १३ मा पर्ने गाम्चा चुनिखेल नजिकको फुटसलमा पुगे । ठाउँ खाली चौरजस्तो थियो । डलर ल्याएर आएका व्यक्तिले ५० अमेरिकी डलर भएको गड्डीका डलर देखाए । “मैले कसरी पत्याउने यो सक्कली हो भनेर,” रिमालले शङ्का व्यक्त गरे ।

दिपेशका दाइ भन्ने व्यक्तिले डलरको गड्डी देखाउँदै भने, “यो गड्डीबाट एउटा नोट जहाँसुकैबाट निकाल्नु । अनि, गएर बैंक वा एक्सचेन्ज सेन्टरमा साट्नु । साटियो भने पत्याउनु नत्र किन साट्नु र ?”

ती व्यक्तिको कुरा पनि रिमाललाई जायज नै लाग्यो । त्यत्रो गड्डी देखेपछि उनलाई शङ्का लागे पनि जुनसुकै नोट निकालेर साट्नु, साटिन्छ भन्ने चुनौती दिएपछि रिमालले एउटा नोट निकाले । र, बैंकतिर लागे ।

बैंकले तत्काल डलर साट्न नमानेको उनी सुनाउँछन् । त्यसपछि उनी एक्सचेन्ज सेन्टरमा गए । र, घर जानुपर्ने तर आफूसँग ५० डलर बाहेक रकम नै नभएकाले साटिदिनुपर्ने भन्दै एक्सचेन्ज सेन्टरमा गुहार मागेपछि एक्सचेन्ज सेन्टरले रकम साटिदियो । ५० डलर लिएर गएका रिमालले १३३.२ का दरले हिसाब गर्दा हुने ६४५० रुपैयाँ पाए ।

त्यसपछि उनी झनै विश्वस्त भए । तर, उनीसँग तत्काल नगद दुई लाख रुपैयाँ मात्र थियो । उनले आफू कारोबार गरिरहने काठमाडौंकै एक दाइलाई फोन गरेर थप पाँच लाख मागे । “दाइ, म ठेक्का हाल्दैछु । सबै काम भइसक्यो, अब सात लाख रुपैयाँ बुझाउनुछ, दुई घण्टामा रकम फिर्ता गर्छु भनेर भाइले भन्यो,” रिमालको कुरा उद्धृत गर्दै उनका दाइले भने, “इमानदार भाइ । सधैं भनेकै समयमा रकम दिइहाल्ने मान्छे । तर, एकाएक ठेक्काको बाहानमा रकम माग्यो भनेर मलाई लागेको थियो ।”

रिमालले आफू काठमाडौंमै भएको बताएपछि उनका दाइलाई थप शङ्का लागेको थियो । काठमाडौंमा विभिन्न किसिमले मान्छे ठगीमा पर्ने समाचार सुनिरहेका उनका दाइले रिमाललाई त्यसबारे पनि सुनाए । “होइन दाइ, ठेक्का नै हो । म दुई घण्टामा तपाईंको रकम फिर्ता गर्दिन्छु । कस्तो नपत्याउनु भएको,” रिमालले दाइलाई भनेका थिए । 

उनको आवाजले शङ्का व्यक्त गरिरहेको थियो । दाइलाई पनि रकम दिने कि नदिने भन्ने द्विविधा थियो । “ठेक्काको लागि हो । राम्रै मार्जिन हुन्छ । म थप रकम पनि पठाउँछु । अहिले आपत छ,” रिमालले दाइलाई थप विश्वस्त बनाए । 

बुझेको मान्छे, लाखौंको कारोबार गर्ने भाइ । यति भनिसकेपछि उनका दाइलाई पनि विश्वास गर्न कर लाग्यो । र, उनको बैंक खातामा पाँच लाख रुपैयाँ हालिदिए । उता खातामा रकम आउनासाथ रिमाल बैंकमा गएर त्यसलाई नगद बनाए । र, दिपेशलाई फोन गरे । दिपेशले अघि भेटेकै ठाउँतिर बोलाए । पहिले चौरतिर भेटेका ती व्यक्ति पछि रकम हाताहात गर्ने भन्ने भएपछि चोक र धेरै भिड भएको ठाउँतिर भेट्न खोजे । र, त्यहीं भेटे ।

दिपेशले पठाएका व्यक्तिले डलर रुमालमा बाँधेर ल्याएका थिए । र, त्यो रुमालले बाँधेको डलर रिमालको हातमा थमाए । उता रिमालले आफूसँग भएको सात लाख रुपैयाँ दिपेशले पठाएको व्यक्तिलाई दिए । 

दिपेशले पठाएका व्यक्तिले दिएको डलर राखिएको रुमालका गाँठा यति कसिला थिए कि रिमाललाई दाँतले खोल्नु पर्‍यो । यता रिमालले रुमालको गाँठो खोलिसकेपछि हेर्दा त्यहाँ सबै कागज मात्र थिए । दिपेशले पठाएको व्यक्ति हेर्दा त्यहाँबाट उनी भागिसकेका थिए । भागेको थाहा पाउनासाथ खोज्न दौडिए । 

“हामीले झन्डै दुई घण्टा खोज्यौं । तर, भेटिएन । मास्क लगाएको मान्छे थियो । कसरी चिन्नु । न नाम थाहा छ । त्यही फोन नम्बर बाहेक केही प्रमाण छैन,” रिमाल दुखेको पोख्दै भन्छन् । 

काठमाडौंमा बसेर ठगी गर्ने खुङ्खार ठग, कहाँ धनगढीबाट त्यही दिन आएका रिमालले भेट्न सक्नु । केही नलागेपछि त्यहाँ कहाँ-कहाँ सीसीटिभी क्यामेरा छन् भन्ने खोज्न थाले । ती व्यक्तिले यस्तो ठाउँमा बोलाएका थिए जहाँ बाक्लो मान्छेको भीड थियो । सीसीटिभीको प्रत्यक्ष निगरानी हुने अवस्था थिएन । ती व्यक्तिले सबै काम आफ्नो योजना अनुरूप गरे । तर, १९-२० लाख रुपैयाँ थप आउने आश बोकेका रिमाल ठगिए । त्यहाँ भएका केही ठाउँबाट सीसीटीभीको फुटेज पनि सङ्कलन गरेका छन् । तर, भेटिने आश उनलाई भने लागेको छैन । 

त्यही दिन प्रहरी वृत्त महाराजगञ्जमा आफ्ना सबै पीडा पोखेर निवेदन लेखे र बुझाए । ठगिएपछि उनलाई ती व्यक्तिले बोलाएको ठाउँ शंका लाग्यो । कतै क्याफेतिर भेट्नुपर्ने जस्तो लाग्यो । चिया पिउँ अनि रकम साटौंला नि भन्नुपर्ने रहेछ जस्तो लाग्यो । १९-२० लाखको लोभले दाइसँगको विश्वास गुमाए ।

अनलाइनबाट मान्छे कसरी ठगिन्छ भन्दै आफ्ना विद्यार्थीलाई सिकाउने रिमाल नराम्ररी आफै ठगिँदा आत्मग्लानीले पिरोलिए ।

फर्किनेबेला उनलाई ती ठगले दिएको ५० डलरबाट साटिएको छ हजार रुपैयाँ काम लाग्यो । आउँदा उत्साह बोकेर दुई घण्टामै काठमाडौं पुगिने विमानमा आएका उनी फर्किंदा १८ घण्टाभन्दा बढी लाग्ने बसमा चढेर जाँदै थिए । उनी आफूसँगै तमाम पीर, आत्मग्लानी, अपार ज्ञान र अनुभव बोकेर जाँदै थिए ।

पाँच लाख सापटी मागेका दाइलाई रिमालले छुट्टिनुअघि दुखे पोखे । “के गर्नु दाइ ! लोभमा परियो । त्यही सात लाख डुबाउन काठमाडौं आएको रहेछु । इमानदारीका साथ कमाएर तिरुला हजुरको पैसा । अहिले बसको कन्डक्टरले बोलाउँदैछ । गएँ है दाइ,” रिमालले दाइसँग निन्याउरो मुहार लगाउँदै बिदा मागे । 

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८२ ९:५१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाल क्रीकेट संघ क्यानले स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ ।

आगामी जुनमा नेपालले स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिज खेल्नेछ । सोही टोलीसंग नेपालले टी-२०आई सिरिज पनि खेल्नेछ ।

Ncell 2
Ncell 2

नेपाली टोली

रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी(उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह, भिम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं-  विदुुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको आज पद तथा गोपनीयताको सपथ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा
प्रधानमन्त्री निवास, बालुुवाटारमा सपथ कार्यक्रम भएको हो।

उक्त कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा अर्जुुन कार्की, कुलपति प्रा डा रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले सपथ लिएका हुन्।

 नयाँ कानुनी व्यवस्थानुुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई सपथ ग्रहण गराएका हुन्।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, शिक्षा मन्न्त्रालयका सचिव डा दिपक काफ्लेलगायत उपस्थित थिए।

सामाग्री श्रोत :
swasthyakhabar

काठकाडौं । सुनसरीको दुहबीमा पिक अप दुर्घटना हुँदा प्रहरी निरीक्षकको ज्यान गएको छ।

दुहबी नगरपालिका-३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिक अप दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै दुई जना घाइते भएका हुन्।

इटहरी-विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२-०१-००१च ०२५१ नम्बरको दाउरा बोकेको पिक अप भ्यान आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत उदयपुर त्रियुगा-८ राजाबासका ३० वर्षका प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको हो।

चालक उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बस्ने वर्ष ३८को सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना घाइते भएका छन्उनीहरूको विराट टिचिङ अस्पताल बूढीगंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ।


सामाग्री श्रोत :

सुनसरीमा पिकअप दुर्घटना, प्रहरी सहायक निरीक्षकको मृत्यु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर दुरुपयोग गरी अपमानजनक शब्दसहितको र्‍याप गीत बनाएर युट्युबमा अपलोड गरेको आरोपमा एक युवकविरुद्ध मुद्दा दायर भएको छ । भोजपुर घर भई ललितपुरको पुल्चोक बस्ने ३२ वर्षीय मलुम राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गत अभियोगपत्र दायर भएको हो ।

अभियोगपत्र अनुसार राईले ‘मलुम छोटेनली’ नामक युट्युब च्यानलमा प्रधानमन्त्री ओलीको तस्बिर राखी “KP CH*OR- new rap song 2025….” शीर्षकमा र्‍याप भिडिओ अपलोड गरेका थिए । उक्त भिडिओमा प्रधानमन्त्री ओलीलाई होच्याउने शब्द प्रयोग गरी उनको मानमर्दन र सामाजिक सञ्जालमार्फत बदनाम गरेको अभियोग लगाइएको छ ।

प्रहरीले सामाजिक सञ्जाल अनुगमनका क्रममा उक्त भिडिओ फेला परेको थियो । त्यस क्रममा ‘मलुम छोटेनली (एवाहाङ्ग)’ नामक फेसबुक प्रोफाइलको टाइमलाइनमा राईको नाममा जारी सवारी चालक अनुमतिपत्रको फोटो भेटिएपछि युट्युब च्यानल प्रयोगकर्ताको पहिचान गरी अनुसन्धान अघि बढाइएको अभियोगपत्रमा उल्लेख छ ।

अभियुक्त राईले प्रहरी बयानमा देशको बिग्रँदो अवस्थाबाट आजित भएर प्रधानमन्त्री ओलीबारे त्यस्ता शब्द प्रयोग गरी ‘सुनो एआई एप’ मार्फत र्‍याप बनाएको स्वीकारेका छन् । उनले उक्त र्‍यापमा प्रधानमन्त्रीको सम्पादित तस्बिर राखेर भिडिओ बनाई आफ्नो युट्युब च्यानलमा अपलोड गरेको र यसमा अन्य कसैको संलग्नता नरहेको पनि बताएका छन् ।

काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्र

प्रहरीले राईको साथबाट बरामद मोबाइलको प्राविधिक परीक्षण गर्दा उक्त युट्युब च्यानल र फेसबुक प्रोफाइल सोही मोबाइलबाट लग-इन भएको पाएको थियो । मोबाइलमा प्रधानमन्त्रीको फोटो प्रयोग गरी आपत्तिजनक शब्द बोलेको भिडिओ पनि फेला परेको प्राविधिक प्रतिवेदनमा जनाइएको छ ।

अभियोजन पक्षले राईले विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरी सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री प्रकाशन गरी प्रधानमन्त्रीको मानमर्दन गरेको उल्लेख गरेको छ । यसबाट युवकले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) बमोजिम कसुर गरेको दाबी गरिएको छ । उक्त दफामा कसुर प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८२ १०:३०





सामाग्री श्रोत :
टेक पाना

वासिङ्टन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार साउदी अरेबिया, कतार तथा संयुक्त अरब इमिरेट्सको भ्रमणमा जाँदैछन्।

दोस्रो कार्यकालको प्रमुख अन्तर्राष्ट्रिय भ्रमणका रूपमा रहेको यो यात्राले आर्थिक सहकार्य सुदृढ गर्नुका साथै मध्यपूर्वको जटिल परिस्थितिमा कूटनीतिक संवादलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

Ncell 2
Ncell 2

यस भ्रमणलाई ह्वाइट हाउसले ‘ऐतिहासिक पुनरागमन’ को रूपमा व्याख्या गर्दै, राष्ट्रपति ट्रम्पको खाडी क्षेत्रप्रतिको गहिरो सम्बन्ध र सम्मान दर्शाउने अवसर भएको जनाएको छ। व्यापार, रक्षा, ऊर्जा, तथा प्रविधिका क्षेत्रमा सम्भावित सहकार्यको पृष्ठभूमिमा खाडी राष्ट्रहरूले उहाँको उच्च सत्कारको तयारी गरेका छन्।

shivam cement
shivam cement

यद्यपि, इजरायल–हमास द्वन्द्व, इरानको आणविक कार्यक्रम तथा यमन र सिरियाको अस्थिरता जस्ता विषयले क्षेत्रीय सङ्कट समाधानमा थप संवेदनशीलता र समन्वयको आवश्यकता औँल्याएका छन्। ट्रम्पले यसपटक इजरायल भ्रमण नगर्ने तय भएको छ, जसले केही विश्लेषकहरूलाई अमेरिकाको परम्परागत कूटनीतिक प्राथमिकतामा परिवर्तनको सङ्केतका रूपमा बुझाइएको छ।

साथै, ओमानमा हुन लागेको इरानसँगको अप्रत्यक्ष वार्ता, गल्फ क्षेत्रको नामप्रति ट्रम्पको अभिव्यक्ति र हालै उनको परिवारद्वारा सञ्चालित कम्पनीहरूको खाडीमा व्यापारिक गतिविधि यी सबै विषयमा अन्तर्राष्ट्रिय ध्यान केन्द्रित भइरहेको छ।

तर ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको भ्रमण पूर्णतः राष्ट्रिय हित र क्षेत्रीय शान्तिका निम्ति केन्द्रित हुने स्पष्ट पारेको छ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं, हरेक बर्ष मे १ का दिन संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ। आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको माग सहित अमेरिकालगायत विश्वभरी नै मजदुरले गरेको संघर्षको सम्झना गर्दै श्रमिक दिवस मनाउने गरिएको हो । सन् १८८९ मा आजकै दिन अर्थात मे १ बाट अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । इन्टरनेसनल फेडरेसन अफ सोसलिस्ट ग्रुप र ट्रेड युनियनहरूले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेका थिए । नेपालमा पनि २००७ सालपछि मजदुर दिवस मनाउन थालियो। २०४६ सालको राजनीतिक परिवर्तनपछि भने यो दिनमा सार्वजनिक बिदा दिन थालिएको छ।
सन् १८८६ को मे ४ मा अमेरिकाको सिकागोमा हे मार्केट काण्ड भएको सम्झनामा मे दिवस मनाइन्छ । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको नारा बोकेर अमेरिकाको सिकागो सहरका श्रमिकहरूले गरेको मजदुर आन्दोलनमाथि भएको भीषण दमनपश्चात् प्राप्त सफलताको सम्झनामा विश्वव्यापी रूपमा मजदुरवर्गले मनाउने गरेको यो दिवसले संसारभरिका मजदुरवर्गको जीवनमा ठूलो अर्थ राख्छ। १८८९ मा फ्रान्सको राजधानी पेरिसमा भेला भएका श्रम संगठन र नेताहरूको बैठकले विश्वव्यापी रूपमा श्रमिक दिवस मनाउने निर्णय गरेको थियो ।
सिकागो मजदुर आन्दोलनभन्दा पहिलाका श्रमिकहरूले दिनमा १८ देखि २० घण्टासम्म काममा लाग्नुपर्ने बाध्यता व्यहोरेका थिए। जसविरुद्ध भएको सिकागो आन्दोलन नै त्यस्तो आन्दोलन थियो जुन आन्दोलनको सफलतापछि अमेरिकाका श्रमजीवी जनताको जीवनमा आमूल परिवर्तन आयो। अमेरिकास्थित सिकागो सहरका मजदुरहरूले देखाएको यो वीरतापूर्ण आन्दोलनको सन्देशले विश्वव्यापी रूपमा एउटा ठूलो हलचल पैदा ग¥यो। फलस्वरूप लेनिनको नेतृत्वमा रुसमा सन् १९१७ को अक्टोबर क्रान्ति सम्पत्र भयो र विश्वकै इतिहासमा पहिलोपटक श्रमजीवी वर्गको समाजवादी राज्य सत्ता स्थापना भयो।
हुनतः सन् १८७० मा भएको पेरिस कम्युनको विद्रोहले पनि मजदुर वर्गीय सत्ता हासिल त गरे तर त्यो ७२ दिनमै ढल्न पुग्यो। तर, रुसमा लेनिनको नेतृत्वमा भएको क्रान्तिले भने दीर्घकालीन रूप धारणा ग¥यो। त्यति मात्र होइन, रुसी क्रान्ति मजदुर वर्गको नेतृत्वमा भएको व्यवस्थित क्रान्ति पनि थियो। अक्टोबर क्रान्तिको प्रेरणाबाट पछि अरू धेरै देशमा कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी क्रान्तिहरू सम्पन्न भए पनि हालसम्म आइपुग्दा त्यो एउटा इतिहासमा मात्र सीमित भएको छ। यसरी मे दिवसले श्रम क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याएको छ। आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनबाट सुरु गरिएको हो।
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने पनि नेपाली श्रमिकको साथ नभएको भए २००७ सालदेखि २०४६ अनि २०६३ सालसम्मको आन्दोलन सफल हुने थिएन । अब त श्रमको परिभाषा नै फराकिलो भएको छ जसमा धेरै नेपाली अटाएका छन् । विगतमा शारिरीक श्रम गर्नेहरुलाई मात्र श्रमिक मान्ने परिपाटीमा फेरवदल आइसकेको छ । नेपाली नेपालभित्र मात्र श्रममा संलग्न छैनन, विदेशमा गरेको श्रमबाटै आउने विपेश्रणले नेपालको अर्थतन्त्रलाई टेवा दिएको छ। यस अर्थमा हामीले लगाएको, खाएको, बोकेको मोबाइल अनि देश चलेको करहरूमध्येको अधिकांश हिस्सा तिनै श्रमिकको पसिनाको उपज हो। अहिले उत्पादन क्षेत्रमा वैज्ञानिक पद्धति प्रवेश गरिसकेको छ। पहिला धेरै उत्पादनलाई धेरै श्रम शक्ति लगाउनुपर्ने अवस्था थियो भने अहिले थोरै श्रमबाट धेरै उत्पादन गर्न सक्ने प्रविधिको विकास भएको छ। आर्थिक विकासको गति नयाँ क्षेत्रहरूमा सरिरहेको छ भने श्रमिक आन्दोलनको प्रकृति पनि परिवर्तन भएको छ। यस्तो अवस्थामा देशको ट्रेड युनियन आन्दोलनको नेतृत्व पंक्तिले पनि श्रमिक आन्दोलनको ढाँचालाई नयाँ ढंगले रूपान्तरण गर्नुपर्ने जरुरी भएको छ।
कोभिडले थिलथिलो बनाएको विश्व अर्थतन्त्र पछिल्लो समयका युद्धहरुले अझ खराव अवस्थामा पुर्याएको छ । तसर्थ श्रमिकको जीवन अझ कष्टकर भएको छ । महँगी अचाक्ली छ । कमाईको क्षेत्र संकुचित भइरहेको अवस्थामा भएको मूल्यवृद्धिको मारमा गरिखाने वर्ग अझ बढी परिरहेको छ । यो अवस्थामा श्रमिकको रक्षा र उन्नयनका लागि ट्रेड युनियनहरुले अझ सशक्त भूमिका खेल्नु पर्ने खाँचो देखिएको छ ।

सामाग्री श्रोत :
deshparadesh

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट