
काभ्रेपलाञ्चोक । बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु भएको छ। करिब दुई हजार ५०० वर्षअघिदेखि मनाइँदै आइएको चण्डेश्वरी जात्रा विशेषगरी स्थानीय नेवार समुदायले मनाउने गर्दछन्।
बर्सेनि चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाइने जात्राका लागि यहाँका बासिन्दाले बनेपा सहरको उत्तरपूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी मन्दिर र परिसर बेहुलीझैँ सिङ्गारिएको छ। जात्राको पहिलो दिन आज बिहानदेखि प्रत्येक घरघरबाट मन्दिरमा पूजाआराधाना गरी औपचारिक रुपमा जात्राको सुरु भएको हो भने आजैदेखि घरघरमा भोज पनि सुरु गरिएको छ।
यस्तै आजै राति हनुमान ढोकाबाट ल्याइने तरवार (खड्ग)सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बलि दिई ‘सरकारी पूजा’ गरिने र मत पूजा (चिराग यात्रा)गरिने स्थानीय मनिष भोछिभोयाले बताए।
उनले अनुसार भोलि बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाहरुले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्याउने प्रचलन छ। भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ।
रथ मन्दिर लैजाने बेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालबाट उनीहरुलाई ‘ल्हाका पालुं हाः’ भन्दै साहस थपिदिने काम पनि हुन्छ। खटलाई मन्दिर नजिक पुर्याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ। यस्तै रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसादहरु झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन्।
जात्रा अवधिभर बुढापाकाले टोलटोलमा बसी बिहान–बेलुका भजन गाउँछन्। सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको भीडभाड हुन्छ। ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध राजचन्द्र श्रेष्ठले बताए। उनका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजनहरु ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन्। बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरु पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन्। यहाँको जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि रहेको छ।
जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन्। सरकारका तर्फबाटसमेत पूजा गर्ने भएकाले पनि यसको महत्वले अझ व्यापकता पाएकामा बनेपाली गर्व गर्छन्। पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय साहित्यकार मोहन दुवाल बताए।
उनका अनुसार जात्राको सुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ। रथलाई प्राचीन लायकू दरबारसम्म पुर्याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने प्रचलन छ। यस्तै तेस्रो दिन अपराह्न मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्याएपछि जात्रा सकिने गर्छ।
धार्मिक कथन एवं किंवदन्तीअनुसार करिब २५ सय वर्षअगाडि लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका दैत्यराज चण्डासुरलाई भगवतीका रुपमा प्रकट भई चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुसियालीमा आराध्यदेवी चण्डेवरी माईको जात्रा मनाइँदै आइएको हो।
चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घ–संस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिएका छन्। चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको हो। रासस
सामाग्री श्रोत :
ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १० जना पर्वतारोहीले आरोहण गरेका छन्। आठ हजार ५८६ मिटर उचाइको यो शिखर चुम्नेमा पाँचजना अन्तरराष्ट्रिय पर्वतारोही तथा पाँचजना नेपाली छन्।
आरोहण गर्नेहरूमा कोसोभोकी फ्लुतुरा इब्राहिमी, बेलायती नागरिक एड्रियन माइकल हेस, इरानका अलिरेजा बेहपुर र सेयदमिदरजा हाशेमी तथा संयुक्त अरब इमिरेट्सका सइद अल्मेमारी रहेका छन्।
यसैगरी, नेपाली शेर्पाहरू ल्हाक्पातेम्बा शेर्पा, ङिमादोर्ची शेर्पा, फुरसोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पाले पनि सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागार्इंले जानकारी दिए। आरोही सबै जना सेभेन समिट ट्रेक्सबाट गएका थिए। उहाँका अनुसार शनिबार दिउँसो टोलीले शिखर मार्ग सुरक्षित गर्दै सफलतापूर्वक आरोहण सम्पन्न गरेको हो।
टोलीले शुक्रबार साँझ शिविर ४ बाट शिखरतर्फको अन्तिम यात्रा सुरु गरेको थियो। अन्तिम खण्डमा करिब ३५० मिटरभन्दा बढी डोरी फिक्स गर्दै टोलीले चुचुरो पुग्ने मार्ग तय गरेको थियो। यसअघि एलिट एक्सपेडको आठ सदस्यीय फिक्सिङ टोलीले आधार शिविरदेखि करिब आठ हजार ४०० मिटर उचाइसम्मको मार्गमा डोरी फिक्स गर्दै शिखर मार्ग सुरक्षाको जिम्मेवारी पूरा गरेको थियो। सोही तयारीपछि मुख्य आरोहण टोलीले अन्तिम प्रयासमार्फत कञ्चनजङ्घाको चुचुरोमा पाइला टेक्न सफल भएको हो। रासस
सामाग्री श्रोत :
काठमाडौं । गृहमन्त्रीको साथी भन्दै कर्मचारीलाई धम्की दिने काभ्रेका ५० वर्षीय राजकुमार श्रेष्ठ पक्राउ परेका छन्।
कर्मचारीहरुलाई टेलीफोनमार्फत गाली गलौच तथा डरत्रास धाक, धम्की दिई दैनिक काम काजमा समेत वाधा अवरोध गरेको प्रहरीको भनाइ छ।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ।
सामाग्री श्रोत :
नेपालगञ्ज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी राज्यको चरित्र अनुसार नेपाल टेलिभिजनले देश र जनताका लागि काम गर्न आवश्यक भएको बताएका छन्।
आज कोहलपुरमा सार्वजनिक सेवा प्रसारण नेपाल, ‘एनटिभी’ कोहलपुरको निरीक्षणपछि आयोजित छलफलमा उनले सार्वजनिक सेवा प्रसारणको पहिलो प्राथमिकता देश र जनता भएको उल्लेख गरे। उनले विभिन्न भाषा, धर्म र संस्कृतिको जर्गेना हुने गरी कार्यक्रम सञ्चालन गर्न एनटिभी कोहलपुरलाई निर्देशन दिए।
बदलिँदो परिस्थिति अनुसार प्रविधिमैत्री काम गर्न आग्रह गर्दै उहाँले सबै धर्म र संस्कृतिको संरक्षणमा जोड दिए। मन्त्री गुरुङले धार्मिक सहिष्णुता र जातीय सदभाव कायम गर्न आवश्यक भएकाले त्यस्ता विषयवस्तु छनोटमा ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘हामीले काम गर्ने शैली र विषयवस्तु छनोट गर्ने शैली बदल्न जरुरी छ ।’ मन्त्री गुरुङ्ले भौतिक पूर्वाधारसँगै जनशक्तिको व्यवस्थापन आवश्यक भएको उल्लेख गर्दै एनटिभीलाई अझै सुधार गरेर लैजान आवश्यक भएको बताए।
सार्वजनिक सेवा प्रशारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले जनशक्ति छनोट समावेशीको सिद्धान्त अनुसार भएको जानकारी दिए । मन्त्री गुरुङले गोरखापत्र संस्थान, पश्चिम क्षेत्र प्रकाशन कार्यालयको समेत निरीक्षण गरे । उनले गोरखापत्रको कामको प्रशंसा गर्दै सरकारी विज्ञापन गोरखापत्रमा प्रकाशन गर्नुपर्ने बताए ।
गोरखापत्र प्रकाशनलाई समेत ‘पीएसबी’ ढाँचामा लैजान आवश्यक भएकामा जोड दिए । गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदी र महाप्रवन्धक लालबहादुर ऐरीले संस्थानका विषयमा मन्त्री गुरुङलाई जानकारी गराएका थिए।
सामाग्री श्रोत :
काठमाडौं – डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन्। उनले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन्।
यसअघि सत्तारुढ दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो।
तर, भट्टको नाममा प्रधानमन्त्री ओली नै सहमत नभएपछि कांग्रेसले पौडेललाई गभर्नरको नयाँ उम्मेदवारको रुपमा अघि सारेको छ।
सोही पृष्ठभूमिमा पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार दिउँसो राजीनामा बुझाएका हुन्।
नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो। उक्त समितिमा विज्ञको तर्फबाट पौडेल सदस्य बनेका थिए।
सिफारिस समितिका सदस्य रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले आन्तरिक छलफल थालेको छ। पौडेललाई गभर्नर बन्नका लागि उनले समितिको सदस्यबाट राजीनामा दिनुपर्ने हुन्छ। जसका लागि उनले सदस्यबाट राजीनामा दिएका हुन्।
उनको राजीनामासंगै गभर्नर सिफारिस समिति सुरूवातकै चरणमा पुगेको छ। समितिका अर्का सदस्य तत्कालीन गभर्नर महाप्रसाद अधिकारीविरूद्व पनि सर्वोच्चमा रिट दर्ता भएको छ। सरकारले नयाँ सिफारिस समिति गठन गर्ने तयारी समेत थालिसकेको छ।
नेपाल राष्ट्र बैंकको गभर्नर पद गएको चैत्र २४ गतेदेखि रिक्त रहेको छ। डेपुटी गभर्नर निलम ढुङ्गानाले कामु गभर्नरको रूपमा जिम्मेवारी सम्हाली रहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
महोत्तरी । महोत्तरीमा पानीको हाहाकार बढेको छ। जिल्लाका गौशाला, बर्दिबास र भङ्गाहा नगर क्षेत्रमा खानेपानीको हाहाकार बढेको हो। खानेपानीका स्रोतहरु खोल्साखोल्सी, जरुवा, नदी, इनार र चापाकल सुक्न थालेका छन्।
खोल्साखोल्सी र नदीको पानी सङ्ग्रह गरेर वितरण गरिने बर्दिबास र गौशाला नगरका धारामा पानी आउन छाडेको छ। पानीको सङ्कटले सर्वसाधारण हैरान छन्।
बर्दिबासका १४ मध्ये १० वटा वडा पूर्ण रुपले सङ्ग्रह गरेर धाराबाट वितरण गरिने पानीमा आश्रित छन्। यहाँका चार वडामा इनार बढी प्रयोगमा छन्। बर्दिबास–१२ का दुई/तीनवटा बस्तीमा चापाकल छन्। ‘हेर्नोस् न, धारा त चल्नै छाड्यो, अब के गर्ने होला ?’, बर्दिबास–२ बँदेलखाडीकी गृहिणी पवित्रा खड्का भन्छिन्, ‘यो गर्मीमा सास कसरी अल्झाउने ?’ पछिल्ला केही सातायता धाराबाट कतिखेर पानी झर्छ भनेर रातरातभर कुरेर बिताइएको खड्काको भनाइ छ।
बर्दिबास–१२ को जुडी, बर्दिबास–१ को पानीखोल्सी, शिरखोला एवं भङ्गहा–४ का कदमखाडी, जोकाहा र भुताहा जरुवा पानीको ठाउँमा टल्कने बालुवा मात्रै देखिन्छ। बर्दिबास र गौशालाका दक्षिणी भेग भङ्गाहाका इनारमा अब डोल नै डुब्न छाडेका छन्। गौशालाका ६, ७ र ९ नम्बर वडाबस्तीका आर्टिजन बोरिङ (पानी बगी रहने) मा पानी झर्न छाडेको गौशाला–९ डुमरवानाका शिवशरण राय बताउँछन्।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा पानीको अभाव बढ्दै गए पनि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगर क्षेत्रमा भने बढी हाहाकार भएको हो।
अहिले पुरानो चारकोसे झाडी वन क्षेत्रमा पानी नभेटेपछि वन्यजन्तु बस्ती पसेका छन्। पानीको खोजमा बस्ती पसेका वन्यजन्तुले बालीनाली नोक्सान गरी दिँदा किसान दोहोरो मारमा परेका छन्।
नयाँ वर्षसँगै वैशाखको पहिलो सातामा दुईपटक पानी परे पनि त्यसयताको प्रचण्ड रापले मुहान रसाउन नसकेका बर्दिबास–३ कालापानीका ७५ वर्षीय नरबहादुर पुलामी बताउनुहुन्छ। पछिल्ला चार/पाँच दिनयता बिहान ११ देखि साँझ चार बजेसम्म सधैँजसो तापक्रम ४० डिग्री सेल्सियसको सेरोफेरोमा रहँदा बजार चहलपहल र हिँड्डुल निकै पातलिएको छ। रासस
सामाग्री श्रोत :
काठमाडौँ –भन्सार छली गरी कपडा र धाराको पार्टपुर्जा ओसारपसार गरिरहेको ट्रकलाई प्रहरीले भक्तपुरको जगातीबाट नियन्त्रणमा लिइएको छ।
साँगाबाट काठमाडौंतर्फ आइरहेको बा. ४ ख. ७६० नम्बरको ट्रक चेकजाँच गर्दा परालको भुसमुनि लुकाइछिपाइ राखिएको ठूलो परिमाणमा कपडा तथा धाराको पार्टपुर्जा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीले उक्त ट्रकमा करिब ७२ लाख रुपैयाँ बराबरको चोरी पैठारी गरिएका सामग्री फेला पारेको जनाएको छ।
ट्रकबाट बरामद गरिएको सामग्रीमा कुर्ता सुरुवाल ३८८७ थान, पाइन्टको कपडा ३२ रोल, सर्ट ३५६ पिस, सर्टको कपडा २८० रोल, ब्लाउज १८७५ पिस, पर्दाको कपडा ९९ रोल, साडी १५९ पिस र धाराको पार्टपुर्जा ३९८ पिस रहेका छन्।
सवारी साधनसहित दोलखाको कालिन्चोक गाउँपालिका–२ का ४७ वर्षीय चालक लक्ष्मण थामीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी ढुण्डीराज नेउपानेले जानकारी दिए।
प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले प्राप्त सूचनाका आधारमा चेकजाँच गर्दा उक्त सामान फेला परेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
चितवन । सम्झौता म्याद सकिन आठ महिना बाँकी रहँदा मुग्लिन–मलेखु सडक स्तरोन्नतिको २९ प्रतिशत मात्र काम भएको छ।
वि.सं. २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा सडक खण्डलाई तीन खण्ड बनाएर बोलपत्र आह्वान गरिएको हो। यो तेस्रो प्याकेजमा पर्दछ। नागढुङ्गा–मुग्लिन सडक योजना, पश्चिम खण्डका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म २९ प्रतिशत प्रगति भएको छ। यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर पर्दछ।
शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो। दरैका अनुसार यस सडक खण्डको रमाइलो डाँडादेखि इच्छाकामना गाउँपालिका कार्यालय अघिसम्म ४.५ किमी चार लेन सडक दुईतर्फी कालोपत्र भइसकेको छ छ। चुम्लिङटारमा २०० मिटर र फिस्लिङ बजारमा चार लेनमा १५० मिटर सडक कालोपत्र गरिएको उहाँले जानकारी दिनुभयो। विशालटार र मझिमटारमा कालोपत्र गर्नुअघिको ग्राभेल भइरहेको छ।
सो खण्डमा पर्ने ६ वटा पुलमध्ये चारवटा पुलमा बिम राख्ने तयारी गरिएको छ। दुईवटा पुलको फाउन्डेसनको काम भइरहेको छ। चितवनतर्फको बारवाङ् र मौवा खोला एवं धादिङतर्फको गौमती र खतौटीको पुलमा बिम राख्ने तयारी गरिएको छ। धादिङतर्फका चरौँदी र हुग्दीमा फाउन्डेसनको काम हुँदैछ।
नागढुङ्गा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले पछिल्लो समय कामले गति लिएको दाबी गर्नुभयो। विभिन्न बाधा अड्चनका कारण समयमा काम हुन नसकेको उहाँले स्वीकार गर्नुभयो। उहाँका अनुसार स्थानीय तहबाट आवश्यकताअनुसार निर्माण सामग्री नपाउनु ढिलो हुनाको प्रमुख कारण भएको हो।
काम सुरु गर्दा सर्भे डिजाइनका क्रममा सात महिना ढिला भएको, अझै पनि विद्युत्को पोल सार्न नसकिएको, निर्माण कम्पनीले ठूला उपकरणहरु परिचालनमा ढिलाइ गरेको, घरटहराको क्षतिपूर्ति समयमा दिन नसकिएकोलगायतका कारण काममा ढिलाइ भएको उनको भनाइ छ।
असारसम्ममा चारवटा पुल सम्पन्न गर्ने र १० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको नेपाल बताउनुहुन्छ। यससँगै असारसम्ममा ४५ प्रतिशत काम सम्पन्न हुने उहाँको भनाइ छ। यो खण्डमा २.२ किलोमिटर ६ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक ७.२ किलोमिटर हुनेछ। यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ।
उकालो–ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन २.३ किलोमिटर हुनेछ। बाँकी सडक डेडिकेटेड दुई लेनको हुने नेपालले बताउनुभयो। यो सडक विश्व बैङ्कको सहयोगमा बनाइएको हो। रासस
सामाग्री श्रोत :
दाङ –क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन बैद्यले कम्युनिस्ट पार्टीहरु एक ठाउँमा आए मात्रै समाज रुपान्तरणको अभियानले सार्थकता पाउने बताएका छन्।
पार्टीको ४ नम्बर ब्यूरो (राप्ती)ले घोराही–१५ रतनपुरद्वारा आयोजित कार्यक्रममा महासचिव वैद्यले क्रान्तिकारी शक्तिहरु एक भएपछि मात्रै समाज रुपान्तरणको अभियान सुदृढ हुने बताएका हुन्।
उनले भने, “क्रान्ति अझै अधुरो छ । कम्युनिष्ट आन्दोलनमा विभाजन छ । सङ्घीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने अभियान पूरा गर्न सबै कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्छ ।”
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कँडेलले केही कम्युनिष्ट पार्टीहरु सत्ता स्वार्थमा लिप्त भएको आरोप लगाए। कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्यहरु चन्द्रहरि सुवेदी, क्रान्तिकारी महिला सङ्घकी अध्यक्ष अम्विका मुडवरीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
भक्तपुर । भन्सार छलेर ल्याएको ७२ लाख बरावरको अवैध सामानसहित प्रहरीले ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले काभे्रपलाञ्चोकबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ७६० नम्बरको सेतो ट्रकमा उक्त रकम बरामद गरेको हो। प्रहरीले जगातीस्थित चेकप्वाइन्टमा जाँच गर्ने क्रममा उक्त सामानसहित चालकलाई पक्राउ गरेको हो।
प्रहरी वृत्त जगातीको टोलीले चेकजाँच गर्ने क्रममा ट्रकमा परालको भुसभित्र रहेको कुर्तासुरुवाल, धाराको पार्टपुर्जालगायतका करिब रु ७२ लाख बराबरका सामान बरामद गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए। उनका अनुसार प्रहरीले कुर्तासुरुवाल तीन हजार ८८७ थान, पाइन्टको कपडा ३२ रोल, सर्ट ३५६ थान, सर्टको कपडा २८० रोल, ब्लाउज एक हजार ८७५ थान, पर्दाको कपडा ९९ रोल, साडी १५९ थान तथा धाराको पार्टपुर्जा ३९८ थान बरामद गरिएको छ।
ट्रकमा परालभित्र राखेर अवैध रुपमा भन्सार छलेर ती समानसँगै अवैध ओसार–पसारमा संलग्न सवारीसाधन र दोलखा कालिन्चोक गाउँपालिका–२ बस्ने ४७ वर्षीय लक्ष्मण थामीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। रासस
सामाग्री श्रोत :