
नर्सहरूको मुस्कानभित्रको दुखलाई बुझ्ने र समाधान गर्ने समय अहिले नै हो। हेक्का रहोस् नर्स स्वास्थ्य क्षेत्रका मेरुदण्ड हुन्। उनीहरूको घाउमा मल्हम लगाउन ढिला भयो भने स्वास्थ्य क्षेत्र मात्र होइन, समग्र समाज र देशले ठूलो मूल्य चुकाउनुपर्नेछ। नर्सहरूको सम्मान, सुरक्षा र सेवा-सुविधा सुनिश्चित गरौं, किनकि उनीहरू नै हाम्रो स्वास्थ्य प्रणालीको आधारस्तम्भ हुन्। पछि पछुताउनुभन्दा अहिले नै विचार गरौं!
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न बिहीबार टर्कीको इस्तानबुलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग “व्यक्तिगत रूपमा” वार्ता गर्न तयार रहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा रुससँग प्रत्यक्ष वार्ताको प्रस्ताव स्वीकार गर्न युक्रेनलाई माग गर्दा एक्समा उनले यो बयान दिएका हुन्।
“अब अरु ज्यान गुमाउनुको कुनै अर्थ छैन। म आफैं बिहीबार टर्किएमा पुटिनको प्रतीक्षा गर्नेछु,” जेलेन्स्कीले एक्समा लेखे।
जेलेन्स्कीले पहिले नै स्पष्ट गरिसकेका छन् कि युक्रेन रुससँग वार्ता गर्न तयार छ, तर यसको लागि पहिलो शर्त भनेको पहिले युद्धविराम लागू हुनुपर्छ।
ट्रम्पको बयानपछि पुटिनले प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए।
ट्रम्पले आइतबार सामाजिक सञ्जालमा पोस्ट गरेका थिए कि युक्रेनले यो प्रस्ताव तुरुन्तै स्वीकार गर्नुपर्छ, ताकि शान्ति सम्झौताको सम्भावना छ कि छैन भन्ने कुरा स्पष्ट होस्।
उनले लेखे, “कम्तिमा सम्झौता हुन सक्छ कि सक्दैन भनेर थाहा हुनेछ। यदि भएन भने, अमेरिका र युरोपेली देशहरूले अब के गर्नुपर्छ भनेर थाहा पाउनेछन्। अहिले नै वार्ता गर्नुहोस्।”
शनिबार राति, रूसी राष्ट्रपति पुटिनले युक्रेनलाई “गम्भीर वार्ता” को लागि आमन्त्रित गरे। रुस-युक्रेन युद्ध सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको थियो।
सामाग्री श्रोत :
प्रत्यक्ष वार्ता गर्न युक्रेन र रूस दुवै तयार, टर्कीमा वार्ता हुने
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको सूचना प्रविधि विभागले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको हो ।
विभागले छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०८१ अनुरूप छात्रवृत्ति प्रदान गर्न लागेको जनाएको छ । यसमा स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त शिक्षण संस्थामा सूचना प्रविधि विषय लिई स्नातक, स्नातकोत्तर, एमफिल वा विद्यावारिधि तहमा भर्ना भई अध्ययन गरिरहेका विद्यार्थीले आवेदन दिन सक्ने छन् । जसमा विद्यार्थीले जनही ५० हजार सम्मको छात्रवृत्ति प्राप्त गर्ने उल्लेख छ ।
विभागका अनुसार यसमा सहभागी हुन विद्यार्थीले आउँदो जेठ १२ गतेसम्म आवेदन दिनसक्ने छन् । आवेदन दिनका लागि सूचना प्रविधि विषयमा अध्ययनरत विद्यार्थीले छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०८१ को अनुसूची १ को ढाँचा अनुसार निवेदन र आवश्यक कागजातहरू सहित यस विभागमा बुझाउनु पर्नेछ । अथवा दरखास्त र अन्य कागजातहरू स्क्यान गरी विभागको ईमेल ठेगाना [email protected] मा समेत पठाउन सकिने विभागले जनाएको छ ।
विभागका अनुसार आवेदन दिँदा विद्यार्थीले नागरिकताको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र/लब्धाङ्कपत्रका प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ । साथै सरकारी वा सामुदायिक विद्यालयबाट एसईई/एसएलसी अध्ययन गरेको भए सम्बन्धित स्थानीय तहबाट सरकारी वा सामुदायिक विद्यालय हो भनी प्रमाणित सिफारिस पत्र र आर्थिक विपन्नताको हकमा स्थानीय तहको सिफारिश पत्र बुझाउनु पर्नेछ । त्यस्तै अध्ययनरत शिक्षण संस्थाबाट अध्ययन गरिरहेको र अन्य कुनै छात्रवृत्ति नलिएको सिफारिश पत्र समेत बुझाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २९, २०८२ १४:५६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – आगामी जेठ २ गते अर्थात केहि दिनपछि देशभरका हलमा लाग्ने तयारीमा रहेको चलचित्र ‘हेल्लो काँशीराम’ टिमले चलचित्रमा समावेश अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक गरेको छ।
दमदार लोकभावनामा आधारित यो गीतमा चर्चित गायक राजु परियारको आवाज सुन्न सकिन्छ। चलचित्रका गीतमा खासै आवाज नदिने गायक परियारले काँशीरामको यस गीतमा दिएको प्रस्तुती सुनिराखौं जस्तो छ।
बुढासुव्वा डिजिटल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक २ मिनेट ५२ सेकेण्डको छ। यस गीतमा संगीत सम्योजन विपिन आचार्यले गरेका छन् भने रेकर्डिङ एम.बी. म्युजिक स्टुडियोमा गरिएको हो। यो गीतमा समावेश शव्द अनुसार समग्रमा चलचित्र ‘हेल्लो काँशीराम’ कमेडी शैलीमा देशको परिस्थितीलाई चित्रण गरेको बु्झ्न सकिन्छ।
आर.आर. फिल्म वितरणमा ल्याउन लागेको यस चलचित्रमा चर्चित अभिनेता दिलिप रायमाझी, प्रियंका कार्की, नवज्योती रसाइली, उमेश राई, अर्जुन गुरुङ, लक्ष्मी भुसाल, लगायतका कलाकारको अभिनय देख्न सकिनेछ।
चलचित्रको छायांकन यम आले मगरले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन मित्र डी. गुरुङले गरेका छन्। चलचित्रमा समावेश विभिन्न गीतमा नृत्य निर्देशन चर्चित कोरियोग्राफर कविराज गहतराजको रहेको छ भने द्वन्द निर्देशन शंकर महर्जनले गरेका छन्। पि.बी. थापाको लगानीमा तथा रिम विश्वकर्माको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रका सह–निर्माता शान्ता ढकाल हुन्।
सहायक निर्देशकको भूमिकामा जीवन गौतम, सावन शर्मा र सुमन खाँण रहेका छन्। पार्श्व संगीत साश्वत श्रेष्ठले तयार पारेका छन्। श्रृंगारमा दीपेन्द्र हमाल र भेषभुषामा करण बस्नेतले काम गरेका छन्।
रेडलाइन्स फिल्म प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्रको मिडिया तथा सोसल मिडिया व्यवस्थापन सेलिब्रेटी टाइम्स प्रा.लीले गरेको हो।
फस्टलुक पोस्टर सार्वजनिक गरेर एकाएक धेरैको ध्यान तानेको चलचित्रका अन्य सामाग्री टिजर, गीत लगायतले पनि दर्शकलाई फरक स्वाद दिइरहेको र दर्शकको ध्यान खिचिरहेको निर्देशक तथा लेखक रिम विश्वकर्माले जानकारी दिए। उनले भने, –‘टेक्निकल्ली रुपमा हामी केहि कमजोर देखिएका छौं होला तर समग्र चलचित्र हेर्नेले पुर्ण रुपमा रमाइलो मानेर घर फर्किनेछन्। त्यो हाम्रो ग्यारेन्टी हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- अन्तर्रराष्ट्रिय नर्सिङ दिवसका अवसरमा त्रिवि शिक्षण अस्पतालमा विशेष कार्यक्रम भएको छ। दिवसका अवसरमा आयोजित कार्यक्रममा नर्सिङ क्षेत्रमा योगदान गर्ने नर्सहरुलाई सम्मान गरिएको छ।
अभिनेत्री मनिषा कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अस्पतालको पूर्व मेट्रोन गीता पाण्डे, स्वर्गीय शारदा भट्टाचार्य, सावित्रि बस्नेत र कृष्णादेवी प्रजापतीलाई लाइभ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्राडा सुवाश आचार्य, नर्सिङ निर्देशक कल्पना पिया रन्जित लगायतको अस्पतालमा कार्यरत नर्सहरुको सहभागिता रहेको थियो।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युक्रेन र रुसलाई युद्ध अन्त्य गर्न बैठक आयोजना गर्न आह्वान गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा पोस्ट गर्दै भने , “रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग युद्धविराम चाहँदैनन्, बरु यो युद्ध अन्त्य गर्न वार्ता गर्न बिहीबार टर्कीमा बैठक गर्न चाहन्छन्। युक्रेनले यसमा तुरुन्तै सहमति जनाउनुपर्छ।”
“कम्तिमा उनीहरूले सम्झौता सम्भव छ कि छैन भनेर निर्णय गर्न सक्षम हुनेछन्। र यदि होइन भने, युरोपेली नेताहरू र अमेरिकाले परिस्थिति के हो भनेर बुझ्नेछन् र तदनुसार थप कारबाही गर्न सक्षम हुनेछन्,” उनले लेखे।
ट्रम्पले थप लेखे, “मलाई अब शंका लाग्न थालेको छ कि युक्रेनले पुटिनसँग कुनै सम्झौता गर्नेछ कि गर्दैन, जो हाल दोस्रो विश्वयुद्धमा विजय उत्सव मनाउन व्यस्त छन्, जबकि अमेरिका बिना त्यो युद्ध कहिल्यै जित्न सकिँदैनथ्यो वा कहिल्यै विजयको नजिक पुग्न सकिँदैनथ्यो।”
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार युक्रेनसँग प्रत्यक्ष र तत्काल वार्ता सुरु गर्न चाहेको बताएका छन्।
उनले यो कुराकानी मे १५ बाट इस्तानबुलमा सुरु हुने बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्धविराममा सहमति भएमा मात्र युक्रेन रुससँग भेट्न इच्छुक हुने बताएका छन्।
सामाग्री श्रोत :
ट्रम्पले भने- ‘युक्रेनले टर्कीमा वार्ता गर्ने पुटिनको प्रस्तावमा सहमत हुनुपर्छ’
काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता रियलमीले १० हजार एमएएच क्षमताको ब्याट्री भएको नयाँ जीटी सिरिजको स्मार्टफोन प्रदर्शन गरेको छ । गत मङ्गलबार सामाजिक सञ्जाल एक्समा एक भिडिओमार्फत कम्पनीका उपाध्यक्ष चेस सुले नयाँ कन्सेप्ट फोन (भविष्यमा तयार हुनसक्ने फोनको अवधारणा) प्रदर्शन गरेका हुन् ।
कुनै पनि प्रमुख स्मार्टफोन ब्रान्डका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्री क्षमता हो । रियलमीले दाबी गरेअनुसार यति ठुलो ब्याट्री भए तापनि नयाँ फोनको मोटाइ ८.५ एमएम र तौल २१५ ग्रामभन्दा अलिकति बढी मात्र छ । यस फोनका लागि ६० भन्दा बढी अन्तर्राष्ट्रिय पेटेन्ट दर्ता भइसकेका छन् ।
रियलमीका अनुसार नयाँ फोनमा अल्ट्रा-हाई सिलिकन कन्टेन्ट एनोड ब्याट्री प्रयोग गरिएको छ । यसमा १० प्रतिशत सिलिकन रेसियो र ८८७ वाट-आवर प्रति लिटरको ऊर्जा घनत्व रहेको छ ।
The unboxing video of the realme GT 10,000 mAh concept phone is here! Get ready for unparalleled power and performance! pic.twitter.com/22WWiIjbA8
— Chase (@ChaseXu_) May 6, 2025
ठुलो ब्याट्रीलाई मिलाउन रियलमीले फोनको आन्तरिक संरचनाका लागि ‘मिनी डायमन्ड आर्किटेक्चर’ प्रस्तुत गरेको छ । यस डिभाइसमा विश्वकै सबैभन्दा पातलो अर्थात २३.४ एमएमको मेनबोर्ड पनि रहेको कम्पनीको दाबी छ । फोनको पछाडिपट्टि नथिङको जस्तै पारदर्शी ब्याक प्यानल छ ।
ब्याट्री फुल्नबाट जोगाउन ‘ट्रिपल कोल्ड प्रेस’ प्रक्रिया अपनाइएको छ । ब्याट्री सक्किने चिन्ता (ब्याट्री एन्जाइटी) हटाउन यस फोनले महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।
यति ठूलो ब्याट्री हुने जीटी ७ मा मिडियाटेक डाइमेन्सिटी ९४०० प्लस प्रोसेसर हुने सम्भावना छ भने जीटी ७ टी मा डाइमेन्सिटी ८४०० चिपसेट हुन सक्छ । यस वर्ष सार्वजनिक भएका अन्य रियलमी फोन जस्तै जीटी ७ सिरिज पनि एन्ड्रोइड १५ मा आधारित रियलमी यूआई ६.० मा चल्ने अपेक्षा गरिएको छ । यद्यपि यी डिभाइसबारे थप विवरण हालका लागि सीमित छन् । यो फोन विश्व बजारमा कहिले सार्वजनिक हुन्छ भन्ने विषय पनि खुलाइएको छैन ।
पछिल्लो समय चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ठूला ब्याट्रीमा केन्द्रित छन् । यस वर्ष सार्वजनिक भएका रियलमी जीटी ७, वनप्लस १३ र आइकु १३ लगायत सबै फ्ल्यागशिप चिनियाँ फोनहरूमा कम्तिमा ६,००० एमएएचको ब्याट्री रहेको छ ।
यसैबीच ११ अप्रिलमा सार्वजनिक भएको भिभो आइकु जेड १० मा ७३०० एमएएच क्षमताको ब्याट्री छ ।
पछिल्लो अध्यावधिक: बैशाख २९, २०८२ १४:२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ –जडीबुटी चोकदेखि सम्मका सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन जारी भएको छ।
सोमबार काठमाडौँ महानगरपालिका र सडक विभागले संयुक्त सूचना जारी गर्दै जडीबुटी चोक (अरनिको राजमार्ग) देखि पेप्सीकोला चोकसम्म सडक सीमाका अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो।
‘सडकको केन्द्र रेखाबाट दायाँ बायाँ दुवैतर्फ १५÷१५ मिटर सडक कायम रहेको हुँदा सरकार र स्थानीय सरकारका सम्बन्धित निकायहरूबाट संयुक्त रूपमा वैशाख १० गते सडक सीमाको सीमाङ्कन गरी चिनो लगाइएको वा किला गाडिएको हुँदा सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को अवज्ञा गरी उक्त स्थानमा सडकको सीमा क्षेत्रभित्र नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिहरूबाटै हटाउन/भत्काउन मुनासिब माफिकको म्याद तोकी सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।
साथै तोकिएको म्यादभित्र अनधिकृत संरचनाहरू नहटाएमा सार्वजनिक सडक ऐन २०३१ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड तथा कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- नेपाल डेन्टल एसोसिएशनले नगरपालिकामा स्थापना हुने १५ शय्या क्षमताका आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्ने निर्णयको कार्यान्वयन सुनिश्चित गर्न माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु गरेको छ।
डेन्टल एसोसिएशनले सरकारले हालै पारित गरेको आधारभूत अस्पताल संचालन मापदण्ड २०८१ अनुसार १५ शय्याका अस्पतालमा दन्त चिकित्सकको दरबन्दीको सुनिश्चितताको माग राख्दै आइतबारदेखि देशव्यापी आन्दोलनका कार्यक्रम अगाडि बढाएको हो।
एसोसिएशनले पहिलो चरणमा आइतबारदेखि देशभरिका सम्पूर्ण निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुको डेन्टल ओपिडी र वेटिङ क्षेत्रमा ‘नगरपालिकामा हुने १५ शय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राखी नेपाली नागरिकलाई दन्त चिकित्सकबाट उचित सेवा प्राप्तिको प्रत्याभूति गर सरकार’ भन्ने ब्यानर तथा पोस्टर टाँस्ना थालेको छ।
यसैगरी सम्पूर्ण दन्त चिकित्सकहरूलाई कालो पट्टी बाँधेर कार्यमा सहभागी हुन पनि एसोसिएशनले आग्रह गरेको छ। एसोसिएशनको आग्रह अनुसार देशका धेरै स्थानमा रहेका दन्त चिकित्सकले कालो पट्टी बाँधेर काम गर्न थालेका छन्।
यस आन्दोलनको मुख्य उद्देश्य नेपालका सम्पूर्ण नागरिकलाई आधारभूत स्वास्थ्य सेवाभित्र दन्त स्वास्थ्य सेवा समावेश गराई दन्त चिकित्सक बाटै गुणस्तरीय सेवा सुनिश्चित गर्नु रहेको एसोसिएशनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकिएको बताएका छन्।
आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा उनले भारत र पाकिस्तानबीच झण्डै हात हालाहालकाे अवस्था भएकोमा आफूहरूले आग्रह गरेपछि त्यो रोकिएको अभिव्यक्ति दिएका हुन्।
प्रधानमन्त्री ओलीले संयम अपनाएकोमा भारत र पाकिस्तानलाई धन्यवाद पनि दिए। उनले भने,‘झण्डै-झण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो। तर त्यो हात हालाहाल बढ्न पाएनन्। संयमका लागि उहाँहरूलाई धन्यवाद छ।’
प्रधानमन्त्री ओलीले आफूहरूले सुरुदेखि हात हालाहालको स्थिति विस्तार हुन नपाओस् र लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गरेको बताए।
उनले भने,‘उहाँहरुसित पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ।’
उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखेका छन्। बुद्धका उपदेश, शान्तिका उपदेश, मानवताका उपदेश , करुणाका उपदेशलाई आत्मसात् गर्न हामी सबैले आवश्यक ठान्नुपर्नेमा समेत उनको जोड थियो।
प्रधानमन्त्री ओलीले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको बताए।
सामाग्री श्रोत :
प्रधानमन्त्रीले भने-आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो