२०८२ आश्विन ६ सोमबार
२०८२ आश्विन ६ सोमबार

रुपन्देही– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला उपाध्यक्ष अजयकुमार गुप्तासहित तीन जनाले पार्टी परित्याग गरेका छन् । मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरुले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन् ।

त्यस्तै राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय उपाध्यक्ष तथा हालका कार्यवाहक अध्यक्ष डा. अमित चतुर्वेदी र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको जिल्ला सल्लाहकार तथा २०७९ सालको स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा उपमेयर उम्मेदवार बनेकी विनिता गुप्ताले पनि पार्टी परित्याग गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै गुप्ताले यथास्थितिवादीमा पार्टी चलेको बताए । उनले पछिल्लो समय राजनीतिक पार्टीहरुप्रति जनताको विश्वास घटेको अवस्थामा पनि नेतृत्व वर्गले जनताको गुनासो बुझ्न नसकेको बताए ।

Ncell 2
Ncell 2

राजनीतिक दलमा युवाहरुलाई उचित स्थान नदिइएको उनको गुनासो छ । ‘८ वर्षसम्म राप्रपामा रहेर काम गरेको हुँ, तर अब पार्टीमा रहेर काम गर्नसक्ने अवस्था छैन, जहाँ सम्मान हुँदैन, त्यहाँ बस्नुको औचित्य हुँदैन । अबदेखि स्वतन्त्र रुपमा जनताको सेवा गर्छु’, गुप्ताले भने । तत्काल कुनै पार्टी जाने निर्णय नगरेको उनले स्पष्ट पारे ।

रुपन्देहीमा क्षेत्र नम्बर ३ राप्रपा नेता दीपक बोहराको निधन भएपछि पार्टीभित्र टिकटको आन्तरिक रूपमा नेताहरू टिकट ल्याउने तयारी गरेका छन् । टिकट नपाउने सङ्केत पाएपछि राजीनामा दिएको भन्ने प्रश्नमा उनले टिकटको दौडमा आफू नभएको, तर पार्टीभित्र काम गर्ने वातावरण नभएपछि छोडेर स्वतन्त्र नागरिकको रूपमा काम गर्ने बताए ।

raprapa-rajimana-patra-1747147213.jpg

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू गर्न तत्कालै सम्भव नरहेको बताएका छन्। 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सबै विद्यालयमा उक्त कार्यक्रम लागू गर्नका लागि राज्यको स्रोत साधनले पुग्ने स्थिती नरहेको बताएका हुन्।

‘यस कार्यक्रमलाई बजेटले नै सम्बोधन गर्नुपर्ने स्थिती छ,तर सबै विद्यालयमा स्वास्थ्य मन्त्रालयले नै नर्सको दरबन्दी दिन सम्भव छैन’,उनले भने ‘संघ, प्रदेश तथा स्थानीय सरकारले विद्यालय नर्स कार्यक्रमका लागि कति बजेट विनियोजन गर्ने भन्ने यकिन गरेर अगाडि बढ्न सक्ने स्थिती थियो। तर त्यो यसै वर्षको बजेटमा समेट्नका लागि भने ढिलो भइसकेको छ।’ 

सबै क्षेत्रमा स्वास्थ्य सेवाको परामर्शलाई पुर्‍याउन नसकेको मन्त्री पौडेलको भनाई छ। विद्यालयमा शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा किशोरीकिशोरी मार्फत् स्वास्थ्य सचेतना फैलाउनका लागि धेरै काम गर्नुपर्ने अवस्था रहेको पनि उनले बताए। 

औपचारिक शिक्षा भित्र शारीरिक तथा मानसिक स्वास्थ्य समस्याका पक्षहरुलाई  समावेश नगरिदाँ आफैं सजग भएर सावधानी अपनाउनुपर्ने अवस्था रहेको पौडेल बताउँछन्। प्राकृतिक रुपमा हुने कतिपय शारीरिक परिवर्तनहरुका विषयमा जानकारी गराउनका लागि विद्यालय स्तरमा नै स्वास्थ्य विषयलाई अनिवार्यरुपमा समावेश गर्नुपर्ने मन्त्री पौडेलको जोड थियो। 

विद्यालय नर्स कार्यक्रम बाग्मती प्रदेशका विद्यालयमा बढी लागु भएपनि बाग्मती प्रदेशका सबै विद्यालयमा यो कार्यक्रम लागु गर्र्न नसकिएको स्थिती रहेको मन्त्री पौडेलको धारणा छ। यस कार्यक्रममा लागि स्वास्थ्य तथा शिक्षा दुवै मन्त्रालयको समन्वयमा काम गर्नुपर्ने स्थिती रहेको मन्त्री पौडेलको धारणा छ। 

हाल देशमा १ हजार ३ सय ८६ विद्यालयमा नर्स रहेका छन्। उक्त कार्यक्रमलाई अझै ३ हजार भन्दा बढी विद्यालयमा विस्तार गर्नुपर्ने अवस्था छ।

सामाग्री श्रोत :
swasthyakhabar

त्रिशूली (नुवाकोट) नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा मंगलबार साँझ नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन्।

विद्यालयबाट फर्केपछि साँझ ६ बजेतिर नुहाउन गएका सोही स्थानका ११ वर्षीया बालिकाहरु जेनी डङ्गोल र सदीक्षा राई नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

उनका अनुसार नदी किनारमा नुहाउने क्रममा सुरुमा एउटा बालिका डुबेपछि उनलाई बचाउने क्रममा दुवै जनालाई बगाएको सँगै नुहाउन गएका उनीहरुका साथीहरुले बताएका छन्। बगाएको सूचना पाएलगत्तै खोजी थाले पनि उनीहरुको अवस्था आज राति १० बजेसम्म पत्ता लाग्न नसकेको बेलकोटगढी–७ का वडाध्यक्ष भुवनेश्वर नेपालले जानकारी दिए। स्थानीयवासीको साथमा सुरक्षाकर्मी (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना)मार्फत उनीहरुको खोजी भइरहेको छ।


सामाग्री श्रोत :

त्रिशूली नदीमा दुई बालिका बेपत्ता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूले देशको कानुन अनिवार्य रूपमा पालना गर्नुपर्ने बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित ‘सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोह’लाई सम्बोधन गर्दै उनले देशमा सञ्चालित सबै सामाजिक सञ्जालले कानुन पालना गर्नुपर्ने दोहोर्‍याए ।

राष्ट्रपतिदेखि प्रधानमन्त्री र आमनागरिकसम्म सबै कानुनको दायरामा बस्नुपर्ने उल्लेख गर्दै उनले सामाजिक सञ्जालहरूलाई पनि सोही दायरामा ल्याउनुपर्नेमा जोड दिए । “यति धेरै पैसा कमाउने, सोसल नेटवर्क प्लेटफर्महरू छन्,” उनले भने, “त्यसको प्रयोग जसले गरिरहेको छ, त्यसले नेपालको संविधान मान्नुपर्ने कि नपर्ने ? नेपालको कानुन मान्नुपर्ने कि नपर्ने ?”

उनले अगाडि भने, “तपाईंहरू सबैले नेपालको कानुन मान्नुपर्छ । मैले पर्छ, प्रधानमन्त्रीज्यूले पर्छ । राष्ट्रपतिज्युले मान्नुपर्छ ।”

सामाजिक सञ्जालले कानुन मान्नु नपर्ने भन्ने प्रश्न नै नउठ्ने भन्दै मन्त्री गुरुङले थपे, “अनि तिनले (सामाजिक सञ्जाल) कानुन मान्न नपर्ने भन्ने हुन्छ र दुनियाँमा ? त्यसको पक्षमा हामी किन लागिरहेका छौं ? त्यसको नियमन जरुरी छ ।” 

सामाजिक सञ्जालको नियमन आवश्यक रहेको स्पष्ट पार्दै मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोग, सञ्चालन र नियमनसम्बन्धी विधेयक संसदमा पेस भइसकेको र चाँडै पारित गरिने उनले बताए ।

साइबर अपराध नियन्त्रण मन्त्रालयको पहिलो प्राथमिकता भएको पनि मन्त्री गुरुङले उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ २२:४३





सामाग्री श्रोत :
टेक पाना

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकक्षमा प्रवेश गर्नेहरूलाई साथमा मोबाइल बोकेर जान निषेध गरिएको छ। 

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समययता मोबाइल लिएर मुख्यमन्त्रीलाई भेट्न जान रोक लगाएको हो।

मुख्यमन्त्री कार्कीको कार्यकक्ष बाहिर सूचना टाँसेर ‘मोबाइल यता’ भनेर देखाइएको छ। जहाँ मोबाइल राख्नका लागि प्लाष्टिकको एउटा बकेट राखिएको छ। 

Ncell 2
Ncell 2

मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले यस्तो अभ्यास गरेको धेरै समय भइसकेको दाबी गरे। तर, मुख्यमन्त्री कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले भने यो चलन भर्खरै सुरू भएको जानकारी दिए। 

जनसम्पर्क सल्लाहकार खनालले मोबाइल बोकेर मुख्यमन्त्रीको कार्यकक्षभित्र प्रवेश गर्नेहरूले फोटो खिचेर समय लिइदिने गरेका कारण निषेध गरिएको बताए।

‘सुरक्षा वा अरू कुनै कारणले होइन, फोटो खिच्न खोज्नेहरूका कारण समय खर्च धेरै भयो। समय बचतका लागि यस्तो गरिएको हो,’ उनले भने। 

मुख्यमन्त्रीको सचिवालयले धेरै समयदेखि यस्तो अभ्यास गरिएको दाबी गरे पनि यो प्रबन्ध सर्वसाधारणका लागि मात्रै लागु भएको छ। नेता, कर्मचारीहरूका हकमा भने यो प्रबन्ध लागु भएको छैन। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–१ का ३५ वर्षीय प्रेम बहादुर साउद र सुर्खेतको सिम्ता गाउँपालिका– ८का २१ वर्षीय ललित बोहरा रहेका छन्।
साउदले आयरल्यान्ड पठाइदिने भन्दै ४१ लाख ९० हजार रुपैयाँ र ललित बोहराले बेलायत पठाइदिने भनि १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।
उनीहरूले लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

सामाग्री श्रोत :
deshparadesh

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भण्डारी सर्जिकल हाउसलाई जरिबाना तिराएको छ।

विभागबाट मंगलबार गएको टोलीले अनुगमनका क्रममा भण्डारी सर्जिकल हाउसले कानुनविपरित काम गरेको फेला पारेपछि जरिबाना तिराएको हो।

विभागको टोलीले अनुगमनका क्रममा भण्डारी सर्जिकल हाउसले सर्जिकल सामान, मेडिकल उपकरणमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाएको थियो। टोलीले उक्त कार्य गरेको फेला पारेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ।

अनुगमनपछि काठमाडौं महानगरपालिका–११ को भण्डारी सर्जिकल हाउस प्रालिलाई २ लाख १ हजार जरिबाना तिराएको विभागले जनाएको छ।

यस्तै विभागले बूढानीलकण्ठ नगरपालिका–७ मा रहेको एभरग्रिन होम डेकोरलाई ५० हजार रुपैयाँ र मध्यपुर थिमी नगरपालिका–१ नरेफाँटको जिरे खुर्सानी रेट्रोलाई १५ हजार रुपैयाँ जरिबाना तिराएको छ। 
 

सामाग्री श्रोत :
swasthyakhabar

लन्डन। बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप संकत देखाएको छ। हालै सार्वजनिक गरिएको सरकारी तथ्यांकअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसरहरू पनि घट्दै गएका छन्।

राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी दर ७५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा थोरै उच्च हो। यद्यपि, बेरोजगारी दर भने अघिल्लो वर्षको तुलनामा केहि बढेको देखिएको छ।

फेब्रुअरीदेखि मार्च महिनाको अवधिमा कम्पनीहरूको तलब सूचीमा रहेका कर्मचारी सङ्ख्या ४७ हजारले घटेको छ भने प्रारम्भिक अनुमानअनुसार अप्रिल महिनामा थप ३३ हजारले कमी आउने सम्भावना देखिएको छ। हालसम्म करिब तीन करोड तीन लाख कर्मचारी तलब सूचीमा रहेका छन्।

तलब वृद्धिदर पनि केही मन्द भएको देखिएको छ। बोनस बाहेकको औसत साप्ताहिक आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढेको छ, जुन अघिल्लो त्रैमासिकको ५.९ प्रतिशतभन्दा केही कम हो। बोनससहितको कुल तलब ५.५ प्रतिशतले बढेको देखिएको छ। मुद्रास्फीतिसँग समायोजन गर्दा वास्तविक तलब वृद्धिदर १.८ प्रतिशत रहेको छ।

अर्कोतर्फ, रोजगारको अवसर पनि घट्दै गएका छन्। अप्रिलसम्मको तीन महिनामा रोजगारीका अवसरहरू ४२ हजारले कमी आएका छन्। यो क्रम ३४ औं पटक लगातार त्रैमासिक गिरावट हो। अहिले कुल रोजगारीको अवसर सात लाख ६१ हजार पुगेको छ, जुन महामारीपूर्वको स्तरभन्दा थोरै कम हो।

आर्थिक विश्लेषकहरूले श्रम बजारमा देखिएको मन्दी पछाडि उच्च तलब कर र हालै गरिएको न्यूनतम तलब वृद्धिलाई मुख्य कारणका रूपमा औंल्याएका छन्। खुद्रा तथा आतिथ्य सेवाका क्षेत्रहरूमा विशेष गरी मार्च र अप्रिल महिनामा रोजगारीमा कटौती देखिएको छ।

विश्लेषकहरूको धारणा अनुसार श्रम बजारमा आएको चिसोपन केवल आन्तरिक नीति परिवर्तनले मात्र नभई, विश्वव्यापी व्यापारिक अनिश्चितताहरूका कारण व्यापारिक विश्वासमा परेको प्रभावको परिणाम पनि हो।


सामाग्री श्रोत :

बेलायतको श्रम बजारमा मन्दीको संकत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

काठमाडौँ । नेपालका मौलिक चित्रकला थाङ्का र पौभाको संरक्षण तथा पहिचानका लागि ब्लकचेन र एआई प्रविधिको प्रयोग सुरु गरिएको छ । हिमालयन आर्ट काउन्सिलले मङ्गलबार ललितपुरमा एक कार्यक्रम गर्दै नेपालका ५० भन्दा बढी कलाकारका थाङ्का चित्रकला ब्लकचेन प्रविधिमा दर्ता गरिएको जानकारी दिएको हो ।

ती चित्रकला बिहीबारदेखि शनिबारसम्म पाटन सङ्ग्रहालयमा आयोजना हुने प्रदर्शनीमा राखिनेछ । काउन्सिलका अनुसार ब्लकचेन प्रविधिमार्फत प्रत्येक चित्रकलाको डिजिटल प्रमाणपत्र तथा स्वामित्व रेकर्ड सुरक्षित रूपमा दर्ता हुनेछ । साथै, एआईको सहायताले कलाकारको मौलिक शैली, रङ प्रयोग तथा सूक्ष्म विवरणको विश्लेषणमार्फत चित्रकला पहिचान गर्न सकिने बताइएको छ ।

क्युरेटर मीना लामाका अनुसार कलाकृति दर्ता नहुँदा कलाकारहरूले उचित श्रेय तथा मूल्य नपाउने अवस्था छ । “आफ्नो कला अर्कोले कपी गर्छ कि भन्ने डरले हाम्रा कलाकार गुमनाम रहन्छन्,” लामाले भनिन्, “कुनै विदेशीले उक्त चित्रकला किनेर विदेशमा बेचिसक्छ । त्यतिबेलासम्म यो कसले बनाएको भन्ने थाहा नै हुँदैन । अर्थात् कलाकारले पाउनुपर्ने उचित श्रेय नै पाउँदैन । किनभने त्यसलाई कहीं पनि दर्ता भएको हुँदैन ।”

कलाकार, क्युरेटर तथा आर्टु‍डियो नेपालका संस्थापक कैलाश के श्रेष्ठ यस प्रविधिले नेपाली कलाकृतिलाई जीवन्त राख्ने भनाइ राखे । “नेपालका मौलिक कलाकृतिलाई ब्लकचेन प्रविधि र एआई प्रविधिमा ल्याउँदा त्यसको उचित डकुमेन्टेसन हुन्छ,” श्रेष्ठले भने, “ब्लकचेनले कलाकृति कहिले, कसले बनाएको हो, यसको मूल्य र अर्थ के हो भन्ने विवरण राख्न मद्दत गर्छ । त्यसैले पनि कुनै कलाकारले बनाएको कलाकृति सधैं जीवन्त रहन्छ ।”

नेपालका मौलिक चित्रकला थाङ्का र पौभामा कसरी जोडिन्छ ब्लकचेन र एआई प्रविधि ?  

क्रिप्टोग्राफिक लेजर प्रविधि प्रयोग गरिएको यस प्रणालीमा दुई पक्षीय प्रमाणीकरण प्रक्रिया हुनेछ । साउथ पार्क कमन्सका फेलो सिन ह्वेलका अनुसार यसका लागि ‘कसमस प्रोटोकल’मा आधारित निजी ब्लकचेन अपनाइएको छ । यो प्रणाली स्मार्ट कन्ट्र्याक्टमा आधारित भएपनि क्रिप्टोकरेन्सी प्रयोग गर्नु नपर्ने उनले बताए ।

काउन्सिलले यसका लागि ‘कोसमस प्रोटोकल’मा आधारित निजी ब्लकचेन प्रणाली प्रयोग गरेको छ । यसमा क्रिप्टोग्राफिक लेजर पद्दति प्रयोग हुने भएकाले नेपालका लागि उपयुक्त हुने ह्वेलको भनाइ छ ।

“नेपाली थाङ्का र पौभा चित्रकलाका लागि हामी जे गरिरहेका छौं त्यो प्राविधिक रूपमा निजी ब्लकचेन सञ्चालन गर्नु हो । यसको अर्थ सम्झौता (स्मार्ट कन्ट्र्याक्ट) कार्यान्वयन गर्न कुनै क्रिप्टोकरेन्सी प्रयोग गर्नु पर्दैन । यस प्रणालीमा दुई पक्षीय प्रमाणीकरण (डुअल अथेन्टिकेसन) हुन्छ,” उनले भने ।​

ह्वेलका अनुसार यो प्रविधि एनएफटी (नन-फन्जिबल टोकन) सँग मिल्दोजुल्दो भए पनि निजी लेजरमा सञ्चालन हुनेछ । त्यस्तै एआईको प्रयोग कलाकृतिको मौलिकता पहिचान गर्न र जालसाजी वा नक्कल पत्ता लगाउन गरिनेछ ।

एआईले कलाकारको चित्र बनाउने मौलिक शैली, रङको प्रयोग र सूक्ष्म विवरणहरूको विश्लेषण गरी कुन कृति कुन कलाकारको हो भनेर छुट्याउन मद्दत गर्नेछ । “म नेपालका मौलिक कलाकृति विश्लेषण गरेर यो कसले बनाएको हो भन्ने पहिचान गर्न सक्छु । तर, सर्वसाधारण वा कलाका पारखीले छुट्याउन नसक्लान । त्यसका लागि मैले यो पहिचान गर्न जे जस्ता विधि अपनाउँछु त्यो डेटाबाट एआईलाई तालिम दिइन्छ । र, एआईले त्यसैका आधारमा चित्रकला पहिचान गर्न सक्छ,” क्युरेटर लामाले थपिन् । 

अझ सरल तरिकाले भन्नुपर्दा थाङ्का चित्रकलामा कलाकारले हस्ताक्षर नगर्ने परम्परा भए पनि उनीहरूको काम गर्ने शैली (आइकनोग्राफी र आइकन्योमेट्री) मा एक विशिष्ट ढाँचा हुन्छ । त्यसैलाई एआईले पहिचान गर्न सक्छ । यसका लागि कलाकार, कलाकृति र त्यससँग सम्बन्धित कथाको वृहत् डेटाबेस तयार पारिनेछ ।

यो प्लेटफर्मले कलाकारलाई आफ्नो कृतिको उचित श्रेय र पहिचान दिलाउन, क्युरेटरलाई आफ्नो सङ्ग्रहको मूल्य, इतिहास र स्वामित्वको जानकारी सुरक्षित राख्न र शोधकर्ता तथा कलाप्रेमीलाई नेपाली कलाको गहिराइमा पुग्न मद्दत गर्ने काउन्सिलको विश्वास छ ।

सुरुवाती चरणमा काउन्सिलले परिचित कलाकारको कलाकृतिलाई म्यानुअल्ली ब्लकचेनमा दर्ता गरिरहेको छ । भविष्यमा कलाकार आफै‌ँले आफ्नो कलाकृति स्व-प्रमाणित गर्न सक्ने प्रणाली विकास गरिने काउन्सिलको तयारी छ । हाल ५० नेपाली कलाकारहरू यस प्रक्रियामा सहभागी भइसकेका छन् ।

​काउन्सिलले जीवित कलाकारका कृतिलाई प्राथमिकता दिने र निजी सङ्कलकसँग सहकार्य गरेर ऐतिहासिक कलाकृति दर्ता गर्ने लक्ष्य राखेको छ । यस प्रविधि आगामी १ जेठदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने बताइएको छ । विस्तृत जानकारी काउन्सिलको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ २१:४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा लगिएको थियो ।

Ncell 2
Ncell 2

राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।

मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ । पछि पक्राउ परेका आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं पनि थुनामै छन् ।

मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईंसहित केहीलाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट