२०८२ आश्विन ५ आईतवार
२०८२ आश्विन ५ आईतवार

काठमाडौं–नेपाल प्रहरीले किर्ते गरी नक्कली कागजात बनाउने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो। 

काठमाडौंको तारकेश्वर नगरपालिका– ७ फुटुङ्मा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैङ्क तथा वित्तीय संस्था र शैक्षिक प्रमाणपत्र लगायतका कागजात किर्ते गरी नक्कली बनाउने गरेको सूचना प्राप्त गरेपछि प्रहरीले छापा मारेको थियो। 

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका – २ देवी चोक बस्ने ४६ वर्षीया अन्जनी बयलकोटी, ओखलढुङ्गा घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका – १२ बस्ने २८ वर्षीय निर्मल खड्का र मकवानपुर घर भई चन्द्रागिरी नगरपालिका – १ दह चोक बस्ने २३ वर्षीया अन्जु खत्री रहेका छन्। 

पक्राउ परेकी बयलकोटीले विगत ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहका सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, जग्गाधनी पुर्जा र सवारी चालक अनुमति पत्र लगायतका कागजातहरू किर्ते गरी नक्कली बनाई प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। 

Ncell 2
Ncell 2

उनले नक्कली कागजात डिजाइनको लागि दुई जना सहयोगीलाई मासिक दश हजारदेखि १५ हजारसम्म तलब दिएर कार्यकाल सञ्चालन गर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूले डिपेन्टेन्ड भिसा, विवाह सर्टिफिकेटदेखि बैङ्कबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइ दिने गरेको खुलेको छ। यस्तै, विद्यार्थी भिसामा जापान जानेहरूका लागि सहकारी संस्थाका स्टेटमेन्ट बनाएर कुरियरमार्फत जापान पठाइदिने गरेको पाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।  

यस्तै उनीहरूले विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका होलोग्रामहरु उपलब्ध गराउने, जापान लगायतका देशहरूमा कामदार भिसामा जानको लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्र तथा अनुभव समेत पत्र बनाइ दिने गरेको अनुसन्धानबाट खुलेको उनले बताए। 

उनीहरूले विदेशमा बस्ने नेपाली नागरिकहरूले विदेशको पिआर तथा ग्रिन कार्ड आवेदनको लागि नेपालको मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल, वीर अस्पताल लगायतको नक्कली मेडिकल कार्ड बनाइदिने गरेको पाइएको छ। साथै, भिजिट भिसाको लागि ’क’ वर्गका सबै बैंकको नक्कली बैंक स्टेटमेन्ट समेत बनाइदिने गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए।  

shivam cement
shivam cement

उनीहरूको साथबाट ४२ थान माइग्रेसन सर्टिफिकेट, ६० थान क्यारेक्टर सर्टिफिकेट, ११० थान एकेडेमिक ट्रान्सक्रिप्ट, ५ थान म्यारिज रजिस्टेशन सर्टिफिकेट, ५० थान प्रोभिजनल सर्टिफिकेट, १० थान जग्गाधनी दर्ता प्रमाण बरामद गरेको प्रहरीले जनाएको छ। 

उनीहरूको साथबाट विभिन्न सहकारी संस्थाका लेटर प्याडहरू, विभिन्न बैंक तथा सहकारीहरूको स्टेटमेन्ट पानाहरू, स्थानीय तहबाट प्रदान गर्ने विभिन्न किसिमका सिफारिस पत्रहरू बरामद गरिएको प्रहरीले जनाएको छ।  

उनीहरूलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयले जनाएको छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले केही दिनभित्रै नेपाल राष्ट्र बैंकले गभर्नर पाउने आशा भएको बताएका छन्।

बिहीबार सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै गुरुङले उक्त कुरा बताएका हुन्।

‘सिफारिस समितिबाट सुरुमा विजयनाथ भट्टराईले राजीनामा दिनुभयो। त्यो डिफल्ट भयो। त्यसपछि महाप्रसाद अधिकारीलाई समितिको सदस्यमा थप्यौं। त्यसपछि डा. विश्व पौडेलले राजीनामा दिने परिस्थिति बन्यो। समितिका सदस्यले राजीनामा दिने परिस्थिति बनेको हुनाले यो काम चाँडोभन्दा चाँडो सम्पन्न गर्नका लागि फेरि पुनर्गठन गरेका छौं,’ उनले भने।

अब तलमाथि नभइ दुई चार/दिनभित्र नयाँ गभर्नर पाउने आशा लिएको उनले बताए।


सामाग्री श्रोत :

सरकारका प्रवक्ता भन्छन्- केही दिनभित्रै गभर्नर पाउने आशा छ

काठमाडौँ । दूरसञ्चार प्रविधिमा निगरानीका लागि खरिद गरिएको ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)’ सम्बन्धी खरिद प्रक्रियामा तीन अर्बभन्दा बढी भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको छ ।

२०७४-७५ को वार्षिक कार्यक्रममा समेत नरहेको र पूर्वतयारी बिना नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले गरेको यो खरिद प्रक्रिया एकपछि अर्को चरणमा कानुनविपरीत देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।​

टेरामक्स खरिद कार्यमा अनियमितता गरेको आरोपमा कांग्रेस नेतासमेत रहेका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतसहित नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा, पुरुषोत्तम खनाल, प्राधिकरण बोर्डका तत्कालीन सदस्य एवं पूर्व कानुनसचिव धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन निर्देशकहरू विजयकुमार राय, निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, तत्कालीन उपनिर्देशकहरू रेवती राय पन्थ, सुरेश बस्नेत, हिरण्य प्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सन्दिप अधिकारीलाई प्रतिवादी बनाइएको छ ।

अख्तियारले दायर गरेको ४२ पृष्ठ लामो आरोपपत्रमा सार्वजनिक खरिद ऐन, दूरसञ्चार ऐन तथा प्राधिकरणको आन्तरिक खरिद कार्यविधि उल्लंघन गरी सरकारी कोषलाई तीन अर्ब २१ करोड ८३ लाख रुपैयाँभन्दा बढीको हानी पुर्‍याएको दाबी गरिएको छ ।​

दूरसञ्चार प्राधिकरणले टेरामक्स उपकरण खरिदमा परामर्शदाताको छनोट गर्दा अयोग्य प्रस्तावदाताको गलत प्रतिवेदन तयार गरी ‘Request for Proposal’ मा सहभागी गराई छनोट गरिएको, साथै कानुनी प्रावधान नबनाईकन प्रणालीमार्फत नागरिकको व्यक्तिगत सूचनामा पहुँच हुने संरचना स्थापना गरी राज्यको सम्पत्तिको दुरुपयोग गरिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

उक्त उजुरीको अनुसन्धान गर्दा नेपाल दूरसञ्चार नियमावली, २०५४ को दफा ३४ (ग) अनुसार प्राधिकरणले आ.व. २०७४/७५ को वार्षिक कार्यक्रम सहमतिको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाउँदा सो कार्यक्रममा समावेश नभएको टेरामक्स सम्बन्धी विषयमा तत्कालीन सञ्चारमन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल निर्णय गरेर कार्यान्वयनको निर्देशन दिएको आरोपपत्रमा उल्लेख छ ।

त्यही निर्देशनको आधारमा प्राधिकरणका तत्कालीन पदाधिकारीहरूबिच मिलेमतो भई सर्वोच्च अदालतबाट रिट नं. ०६९-WO-०२६८ अन्तर्गत मिति २०७२/१०/२१ मा जारी आदेशको प्रतिकूल र प्रचलित कानुन विपरीतका कार्यहरू गराई सार्वजनिक संस्था (नेपाल दूरसञ्चार प्राधिकरण)लाई हानि पुर्‍याइएको ठहर आयोगले गरेको छ ।

के छ आरोपपत्रमा ?

अधिकारको दुरुपयोग गरेर टेरामक्स खरिद गर्न निर्देशन

आरोपपत्र अनुसार तत्कालीन सञ्चारमन्त्री बस्नेतले आफ्नो पदको दुरुपयोग गर्दै कानुनबाहिर गएर यो प्रणाली खरिद गर्न निर्देशन दिएका थिए । वार्षिक कार्यक्रम र बजेट अनुमोदनमा नरहेको अवस्थामा मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिई टेरामक्स खरिद प्रक्रिया अघि बढाएको देखिन्छ ।

सञ्चार मन्त्रालयले यस्तो निर्देशन दिने कुनै कानुनी आधार नभएको, कानुन अनुसार स्वतन्त्र रूपमा काम गर्ने प्राधिकरणको अधिकारमाथि हस्तक्षेप भएको र त्यसबाट नीति, प्रक्रिया र पद्धतिविपरीत काम गरिएको आरोप लगाइएको छ । प्राधिकरणका तत्कालीन पदाधिकारीहरूले पनि मन्त्रालयको सोही निर्देशनअनुसार निर्णय गरेर कानुनी प्रक्रियाहरू उल्लंघन गरेको अख्तियारको ठहर छ ।

खरिद प्रक्रिया उल्लंघन

सार्वजनिक निकायले कुनै पनि सेवा वा वस्तुको खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ तथा त्यस अन्तर्गतका नियमावलीको पालना गर्नुपर्ने हुन्छ । तर टेरामक्स प्रकरणमा यी कानुनको व्यापक उल्लंघन भएको अख्तियारको दाबी छ । आरोपपत्र अनुसार कार्यक्रम योजना, बजेट र अनुमान बिना नै टेरामक्स उपकरण खरिदका प्रस्ताव माग गरिएको थियो ।

रिक्वेस्ट फर प्रोपोजल (RFP) डकुमेन्टमा आवश्यक प्रविधि विवरण, मूल्यसूची, प्राविधिक शर्त, मूल्यांकन मापदण्डहरू नतोकीकन प्रकाशित गरिएको र सार्वजनिक सूचना प्रणाली (GePN) मार्फत प्रक्रिया अघि नबढाइएका कारण निष्पक्ष प्रतिस्पर्धा हुन नसकेको अख्तियारको ठहर छ । साथै हार्डवेयर र सफ्टवेयरको अलगअलग छुट्टै खरिद गर्नुपर्ने प्रक्रिया एकैचोटि मिलाएर गरिनु पनि नियमविपरीत रहेको अख्तियारले उल्लेख गरेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ र नेपाल दूरसञ्चार प्राधिकरण खरिद विनियमावली, २०७३ बमोजिम मालसामान खरिदको लागि बोलपत्र सम्बन्धी कागजात (बिडिङ डकुमेन्ट) सहितको कार्यविधि र परामर्श सेवा खरिदको लागि Request for Proposal Document सहितको छुट्टा छुट्टै कार्यविधि अपनाउनु पर्नेमा गलत व्याख्या गरी मालसामान र परामर्श सेवाको लागि एउटै रिक्वेस्ट फर प्रोपोजल प्रयोग गरेको आरोप लगाइएको छ ।

अर्कोतर्फ सार्वजनिक निकायले २० लाख रुपैयाँ वा सोभन्दा बढीको परामर्श सेवा खरिद गर्दा अनिवार्य रूपमा विद्युतीय खरिद प्रणालीको प्रयोगबाट मात्र गर्नुपर्ने व्यवस्थाको विपरीत प्रतिस्पर्धालाई संकुचित पार्ने उद्धेश्यले टेरामक्स खरिदमा विद्युतीय खरिद प्रणालीको प्रयोग नगरेको आरोपपत्रमा उल्लेख छ ।

भ्यानराइस सोलुसन्ससँगको सम्झौता र काम गैरकानुनी

विदेशी कम्पनी भ्यानराइस सोलुसन्स एसएएल (लेबनान) सँग ७ फेब्रुअरी २०२२ मा गरिएको खरिद सम्झौता नै कानुनविपरीत रहेको अख्तियारको ठहर छ । उक्त कम्पनीले नेपालमा शाखा खोलिसकेको अवस्थामा समेत सम्झौता भएपछि मात्र कनेक्सन ट्रेड लिङ्क प्रालिलाई स्थानीय एजेन्ट घोषणा गरिएको अख्तियारले उल्लेख गरेको छ । भ्यानराइसले नेपालमा शाखा दर्ता भइसकेको अवस्थामा पनि सम्झौता शाखा दर्ता भएपछिको दुई महिनापछि मात्र स्थानीय एजेन्ट घोषणा गरेर खरिद प्रक्रिया अगाडि बढाएको र यस्ता क्रियाकलापहरू सार्वजनिक खरिद ऐन विपरीत रहेको अख्तियारको ठहर छ ।

सार्वजनिक खरिद ऐनअनुसार सेवा खरिद गर्दा कार्यसम्पादन जमानत (Performance Bond) राख्नुपर्ने हुन्छ, तर यो परियोजनामा जमानत नलिइकन सम्झौता गरिएको अख्तियारको आरोप छ । यदि प्रणाली समयमै नआएमा वा काम नगरेमा जमानतको आधारमा कारबाही गर्ने कुनै आधार नदेखिएको र यसबाट सरकारी निकायको ढिलासुस्ती वा मिलीभगत प्रष्ट देखिएको आरोपपत्रमा उल्लेख छ ।

त्यस्तै, भन्सार कागजातमा पनि गम्भीर त्रुटि देखिएको आरोप लगाइएको छ । भ्यानराइसले आफैँलाई एक्स्पोर्टर भनेर उल्लेख गरेको, तर सो कम्पनीले आफैंले पठाएको प्रणालीमा नेपाल सरकारलाई इम्पोर्टर उल्लेख गरेको भन्दै यस्तो कार्यले भन्सार ऐनको उल्लंघन गरेको अख्तियारको दाबी छ । 

 

मूल्य निर्धारणमा पनि अनियमितता

रिक्वेस्ट फर प्रोपोजल (RFP) मा हार्डवेयरको मूल्यांकनका लागि कुनै स्पष्ट मापदण्ड नराखिएकोले मूल्यांकन समितिले आफ्नै मनपरी ढंगले मूल्याङ्कन गरेको देखिएको अख्तियारको ठहर छ । केही कम्पनीले प्रस्तावमा हार्डवेयरको जानकारी समावेश नगरेका भएपनि त्यही प्रस्तावलाई उच्च अंक दिई छनोटमा अगाडि ल्याइएको र प्रस्ताव भर्ने कम्पनीलाई मूल्य प्रस्ताव राख्ने अवधि सकिएपछि पनि फेरि सहमतिमा अवधि थपेर प्रस्ताव लिनु र सम्झौता गर्नु खरिद ऐनको स्पष्ट उल्लंघन भएको आरोपपत्रमा उल्लेख छ । 

टेरामक्स अहिलेसम्म निष्क्रिय

यो प्रणाली दूरसञ्चार प्राधिकरणले सञ्चालनमा ल्याउन सक्ने कानुनी र नीतिगत आधार अझै बनेको छैन । प्रणालीले गर्ने भनिएको काम (जस्तै भीओआईपी ट्राफिक नियमन) सम्बन्धमा आवश्यक कानुनी संरचना र प्राधिकरणको आन्तरिक तयारी नभएकोले खरिद भइसकेको सामग्री अहिलेसम्म निष्क्रिय छ । यसैबिच पूर्ण रकम भुक्तानी दिइसकिएकाले राज्यलाई ठुलो आर्थिक हानि पुर्‍याएको अख्तियारको ठहर छ ।

अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अनुसार मुद्दा दायर गरेको छ । यसअनुसार प्रतिवादीबाट तीन अर्ब २१ करोड ८३ लाखभन्दा बढीको रकम असुल गर्न माग गरिएको छ । आरोपीमध्ये केहीको जिम्मेवारीको सीमा हेरेर कैद, जरिवाना र असुल उपर सजायको भागिदार ठहर गर्न माग गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८२ १६:२०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं-  संयुक्त राज्य अमेरिकाले संगठनबाट बाहिरिने र अनुदान कटौती गर्ने निर्णय गरेको चार महिनापछि, विश्व स्वास्थ्य संगठनले आफ्नो व्यवस्थापन टोली आधा घटाएको छ र अब संचालन कार्यहरू कटौती गर्नुपर्ने भएको छ, संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले बुधबार बताए।

‘सिधा कुरा भन्ने हो भने, हामी सबै कुरा गर्न सक्दैनौं,’ टेड्रोसले आगामी साता हुने वार्षिक बैठकअघि भएको बजेट समितिको बैठकमा भने। राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा कार्यभार सम्हालेको पहिलो दिनमै अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिरिने घोषणा गरेका थिए।

अमेरिकी कानूनअनुसार, अमेरिका संगठनबाट बाहिरिनुअघि एक वर्षको सूचना अवधि आवश्यक हुन्छ, साथै बाँकी सबै शुल्क तिर्नुपर्ने हुन्छ। ती शुल्क अझै बाँकी नै छन्। 

टेड्रोसले बताए अनुसार २०२६–२०२७ का लागि प्रस्तावित बजेटमा २१ प्रतिशत कटौती गरी डलर ४.२ अर्बमा झारिएको छ, जसअनुसार संगठनले अब प्राथमिकता तोक्नुपर्ने कठिन निर्णयहरू गर्नुपर्नेछ।

उनले भने, ‘त्यो घटाइएको बजेट पनि केवल ६० प्रतिशत मात्र भरिने सम्भावना छ, यदि सदस्य राष्ट्रहरूले अनिवार्य शुल्क बढाउन सहमति जनाएमा मात्र।‘

विश्व स्वास्थ्य संगठनले यसै वर्ष करिब डलर १६५ मिलियन बचत गर्ने लक्ष्यसहित केही कार्यकुशलता सुधारका उपायहरू घोषणा गरिसकेको छ।

टेड्रोसका अनुसार संगठनले विभाग संख्या ७६ बाट घटाएर ३४ पुर्‍याउनेछ, र कर्मचारी खर्चमा २५ प्रतिशत कटौती गर्ने योजना बनाएको छ- यद्यपि उनले यसले २५ प्रतिशत जागिर नै काटिने भन्ने अर्थ नराख्ने स्पष्ट गरे।

‘तर यहाँ प्रष्ट बनौँ: हाम्रो कार्यबलको परिमाण घटाउनु भनेको हाम्रो कार्यको दायरा घटाउनु हो,’ उनले भने, र थपे,  ‘उच्च आय भएका केही देशहरूमा रहेका कार्यालयहरू बन्द गरिने छन्।’

टेड्रोसले भने, ‘बजेट कटौतीका कारण विश्व स्वास्थ्यका अन्य निकायहरूसँग सहकार्यको नयाँ उपायबारे छलफल भइरहेको छ।’

अब विश्व स्वास्थ्य संगठनको नेतृत्व टोलीमा ७ जना मात्र छन्, जसमा टेड्रोस स्वयं पनि छन्। अघिल्लो टोलीमा १४ जना थिए। नयाँ परिवर्तनअनुसार, प्रमुख वैज्ञानिक डा. जेरेमी फरारलाई अब स्वास्थ्य प्रवर्द्धन र रोग रोकथाम तथा नियन्त्रणको सहायक महानिर्देशकको भूमिकामा ल्याइएको छ।

डा. चिक्वे इहेक्वेआजुलाई स्वास्थ्य आपतकालीन कार्यक्रमको कार्यकारी निर्देशक बनाइएको छ भने डा. सिल्भी ब्रियान्डलाई नयाँ प्रमुख वैज्ञानिक नियुक्त गरिएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन अनुसार बालेन्द्र साह (बालेन) को महानगरपालिका काठमाडौंमा २.४७ प्रतिशत बेरुजु देखिएको छ। रकममा यहाँको बेरुजु ६८ करोड २ लाख रहेको छ। काठमाडौंमा २७ अर्ब ५२ करोड ४४ लाख रूपैयाँको लेखा परीक्षण गरेको थियो।
सामाग्री श्रोत :
नेपाललाइभ


काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ। कास्कीको पोखरा महानगरपालिका-३२ लामेआहालस्थित सडकमा धादिङबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ८६३० नम्बरको हाईस अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा हाईसमा सवार ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने ५१ वर्षीया झाङमाया गुरुङ, धादिङ […]
सामाग्री श्रोत :

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ । डिजिटल वालेट कम्पनी खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ आजदेखि सुरु भएको छ । करोडौंको अफर रहेको यस जात्राका सहभागीले स्कुटर, स्मार्टफोनदेखि लिएर स्मार्टवाच, इयरबड्स लगायत क्याशब्याक जस्ता उपहारहरू जित्न सक्नेछन् ।

द बिगेस्ट पेमेन्ट जात्राको यो चौथो सँस्करणमा खल्तीले जात्रा ब्याटल ग्राउन्ड नामक नयाँ प्रतिस्पर्धा ल्याएको छ जहाँ हरेक हप्ता खल्ती प्रयोगकर्ताहरूले सोसल मिडिया इन्फ्लुयन्सरसँग प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् ।

यो प्रतिस्पर्धा ‘शेयर अ कोड’  को नयाँ स्वरूप हो, जसमा हरेक हप्ता दुई टोली बिच प्रतिस्पर्धा हुनेछ । एक टोलीमा हुनेछन् एक जना कन्टेन्ट क्रियटर र उनले बनाएको आफ्नो कोड । अर्को टोलीमा हुनेछन् सम्पूर्ण खल्ती फ्यानहरू र उनीहरूले बनाएका कोडहरू । जुन टोलीले लक्षित गरिएको कोड प्रयोग सङ्ख्या पूरा गर्नेछ, जित उसैको हुनेछ ।

यसमा कन्टेन्ट क्रियटरको लागि सीमित सङ्ख्या ४००० को राखिएको छ भने खल्ती फ्यान अर्थात् अन्य प्रयोगकर्ताको लागि भने ५ जनाको सीमित संख्या रहेको छ । यसको बाँकी प्रक्रिया भने हरेक वर्षको झैँ रहनेछ जसमा खल्ती एप भित्र जात्रा पेजमा गएर प्रयोगकर्ताहरूले ‘Create’ अप्सनमा ट्याप गरी हरेक हप्ता आफ्नै प्रोमोकोड भएको कुपन बनाउन सक्नेछन् । उक्त कोड शेयर गरी प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बन्न सक्नेछन् । 

साथीभाइले प्रोमोकोड प्रयोग गरे वापत विभिन्न अफर र क्याश ब्याकको लाभ लिन सक्नेछन् भने शेयर गर्नेलाई हरेक कोड प्रयोगमा १० खल्ती पोइन्ट्स प्राप्त हुनेछ । साथै हरेक हप्ता पाँच कोडमा पाँच ओटा नै प्रयोग भएमा अनर एक्स८सी स्मार्टफोन जित्ने मौका मिल्नेछ ।

जात्रा ब्याटलग्राउन्डको लागि पहिलो हप्ता टुबी गेमर ब्याटलग्राउन्डमा देखिनेछन् भने हरेक हप्ता नयाँ क्रियटर आउने खल्तीले जनाएको छ।

आज जेठ १ गतेदेखि असार ३२ गतेसम्म लागू हुने ६३ दिनको यस जात्रा अवधिमा १५-१५ दिन गरी चार राउन्ड रहने छन् । प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि दुई भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू भेस्पा एलएक्स १२५ को लागि ‘लक्की ड्र’मा सहभागी हुनेछन् ।

हरेक राउन्डको अन्त्यमा एक विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । यस्तै चार ओटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि स्वतः सहभागी हुनेछन् र बोनस राउन्डको पाँचौँ भेस्पा स्कुटर जित्न सक्नेछन् । कुल मिलाएर एक प्रयोगकर्ताले भेस्पा स्कुटर जित्ने पाँच मौका पाउनेछन्।

यस्तै हरेक वर्ष झैँ यो वर्ष पनि दैनिक रूपमा ‘खुत्रुके’ फुटाएर विशेष कोड प्राप्त हुनेछ र हरेक दिन ‘लक्की ड्र’ मार्फत एक भाग्यशाली विजेताले साउन्ड बार, स्मार्टवाच, इयरबड्स जस्ता अल्टिमाका प्रडक्टहरू जित्नेछन् भने प्रयोगकर्ताहरूले रु. १०० भन्दा माथिको हरेक भुक्तानीमा डिजिटल स्क्र्याच कार्ड मार्फत विभिन्न किसिमका अफर र क्यासब्याकहरू प्राप्त गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८२ १४:५५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी गरेको छ।

हाल अस्तित्वमा रहेको स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई परिमार्जन गर्नका मन्त्री  प्रदीप पौडेलले समिति गठन गरेका छन्।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका एघारौं तहका सहसचिव डा. अनुप बास्तोला, वीर अस्पतालका प्रमुख नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुईतुई, स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. समीरकुमार अधिकारी, कानून उप सचिव गोपीकृष्ण रेग्मीलगायत छन् ।

हालको मापदण्डले आँखा अस्पताल, नाक, कान र घाँटी अस्पताल तथा न्युक्लियर मेडिसिन लगायतका स्वास्थ्य संस्थाको मापदण्ड नसमेटेकाले त्यसलाई थप्ने तयारी मन्त्रालयको छ ।

स्वास्थ्य मन्त्री पौडेलले अस्पतालहरुको सेवा सुधारका लागि विभिन्न निर्णय गरेका छन् । मन्त्रालयले स्वास्थ्य संस्थाको सेवा सुधार तथा प्रभावकारिता ल्याउन तयार पारेका सबै विषयलाई समेटेर मापदण्ड परिमार्जन गर्ने गरी तयारी अघि बढेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

महामारीपछिको परिवर्तित अवस्थामा स्वास्थ्य सेवा प्रभवकारी बनाउन समेत अहिलेको मापदण्ड परिमार्जन जरुरी रहेकाले मन्त्रालयले प्रक्रिया अघि बढाएको हो । 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ–प्रतिनिधिसभाको बिहीबारको बैठकमा दुई संसदीय समितिका प्रतिवेदन पेस भएका छन्। 

बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिका वार्षिक प्रतिवेदन पेस भएका हुन्। 

Ncell 2
Ncell 2

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले समितिको वार्षिक प्रतिवेदन २०८२ र कानुन न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले समितिको वार्षिक प्रतिवेदन २०८१/०८२ पेस गरेका हुन्।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। गर्मी मौसमले कडा घाम, पसिना र थकान ल्याउँछ। यस्तो अवस्थामा, यस गर्मी मौसममा शरीरलाई हाइड्रेटेड र स्वस्थ राख्नु धेरै महत्त्वपूर्ण हुन्छ। शरीरलाई फिट र स्वस्थ राख्न, गर्मी ‘सुपरफूड’ ले तपाईंलाई ताजा राख्ने मात्र होइन, रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि काम गर्दछ। ताजगी र ऊर्जाको खजाना मानिने ती गर्मी सुपरफूडहरू हेरौं।

नरिवल पानीः सबैभन्दा पहिले, हामी नरिवल पानीको बारेमा कुरा गर्नेछौं, जुन पोटासियम र म्याग्नेसियम जस्ता प्राकृतिक इलेक्ट्रोलाइट्सले भरिपूर्ण हुन्छ। यसको सेवनले डिहाइड्रेसनलाई रोक्न सक्छ। यसले शरीरमा आवश्यक खनिजहरूको कमी मात्र पूरा गर्दैन तर शरीरलाई शीतल राख्छ र ऊर्जा पनि बढाउँछ।

एभोकाडोः एभोकाडो एक हरियो फल हो, जुन फाइबर र धेरै भिटामिनहरूले भरिपूर्ण हुन्छ। यो मुटुको लागि पनि राम्रो मानिन्छ। यो पोटासियम, म्याग्नेसियम, फोलेट, फाइबर र एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ र गर्मीमा अनगिन्ती फाइदाहरू छन्। जस्तै हाइड्रेटिंग, छालाको स्वास्थ्य सुधार र मुटुको स्वास्थ्य सुधार। साथै, यो पाचन सुधार र तौल नियन्त्रणको लागि प्रभावकारी मानिन्छ।

दहीः दही प्रोबायोटिक युक्त दुग्धजन्य उत्पादन हो, जुन ब्याक्टेरियाले दूधलाई किण्वन गरेर बनाइन्छ। यसले गर्मीमा शीतलता प्रदान गर्दछ। गर्मीमा यसको सेवनले पाचन स्वास्थ्यमा राहत प्रदान गर्दछ। यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। साथै, यसले शरीरलाई शीतल बनाउँछ।

काँक्रोः यति मात्र होइन, काँक्रोको सेवन गर्मीको लागि पनि लाभदायक मानिन्छ। यो गर्मीमा हाइड्रेसनको लागि उत्कृष्ट छ। यसमा भिटामिन के र एन्टिअक्सिडेन्टहरू पनि हुन्छन्, जसले छालालाई सुधार गर्छ, शरीरलाई डिटोक्स गर्छ र सूजन कम गर्न काम गर्छ।

तरबुजाः तरबुजा गर्मीको सबैभन्दा लोकप्रिय फलफूलहरू मध्ये एक हो। तरबुजामा लाइकोपीन जस्ता एन्टिअक्सिडेन्टहरू हुन्छन्, जुन छाला र ऊर्जाको लागि लाभदायक हुन्छन्। यसको सेवनले हाइड्रेशन बढाउँछ, मांसपेशीको ऐंठन रोक्छ र गर्मीबाट राहत दिन्छ।

बेरीः जामुन एन्टिअक्सिडेन्ट र भिटामिनहरूमा धनी हुन्छ। तिनीहरूले गर्मीमा ताजगी र स्वाद प्रदान गर्छन्। जामुनहरूमा पाइने एन्थोसायनिनहरू फ्री रेडिकलहरूसँग लड्छन् र सूजन कम गर्न काम गर्छन्। साथै, यसको सेवन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि लाभदायक मानिन्छ।

हरियो तरकारीः हरियो तरकारी भिटामिन, खनिज र फाइबरले भरिपूर्ण हुन्छ, जुन गर्मीको लागि उत्तम आहार मानिन्छ। यसका साथै, चियाको बीउमा ओमेगा-३, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। गर्मीको समयमा चियाको बीउको सेवनले शरीरलाई लामो समयसम्म हाइड्रेटेड राख्छ। यसबाहेक, यसले पाचन स्वास्थ्य, मुटुको स्वास्थ्य र ऊर्जाको ख्याल राख्छ।


सामाग्री श्रोत :

गर्मीमा यी ७ ‘सुपरफूड’ खानुहोस्, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ!

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट