
दशरथचन्द (बैतडी)। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गभर्नर नियुक्तिमा ढिलाइ हुँदा देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पर्ने बताएका छन्। उनले चाँडो उक्त पदमा नियुक्तिको टुंगो लगाउन आग्रह गरे।
आज बैतडीको पाटनबाट नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) केन्द्रित जनतासँग माओवादी जनजागरण अभियानको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति गर्नुपर्ने भए पनि ढिलाइ भइरहेकोप्रति विरोध जनाए।
‘गभर्नर तुरन्तै नियुक्त हुनुपर्ने हो, तर अहिलेसम्म गरिएको छैन, यो जनताको हितविपरित छ’, उनले भने। तराईपहाड, हिमाललाई एकताबद्ध रुपमा जोड्न र आर्थिक समृद्धिमा टेवा पु¥याउन मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताए।
पहाडका जनताका समस्या समाधान गर्न सरकारलाई खबरदारी गरिने उनको भनाइ छ। यसैगरी सुदूरपश्चिमको विकास नभइ देशको विकास सम्भव नहुने धारणा उनले राखे।
सामाग्री श्रोत :
गभर्नर नियुक्तिमा ढिलाइ हुँदा आर्थिक क्षेत्रमा नकारात्मक असर पर्छ: अध्यक्ष दाहाल
काठमाडौँ । एनसेलले आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँच उपलब्ध गराउने भएको छ ।
यो अफर भोलिदेखि सुरु भई जेठ ३१ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफर अन्तर्गत ग्राहकले विभिन्न चार ओटा प्याकहरू किन्दा बिना कुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राम वा अनलिमिटेड युट्युब प्रयोग गर्न पाउनेछन् । सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडिओ कल र लाइभ स्ट्रिमिङ सेवा भने उपलब्ध हुनेछैन ।
फ्ल्याश सेल्समा डबल मजा, डेटा रिन्युअल र दुई प्रकारका होम एन्ड अवे रिन्युअलका गरी चार प्याक समावेश छन् ।
यस अफर अन्तर्गत ग्राहकले कर सहित रु. १५० मा डबल मजा प्याक लिँदा ७ दिन समयावधि रहेको ७ जीबी डेटा पाउनेछन् । यसबाहेक एक दिन अर्थात् २४ घन्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउनेछन् । त्यसैगरी कर सहित रु. २९९ पर्ने डेटा रिन्युअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रुपमा २४ घन्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन् ।
अन्य दुई होम एन्ड अवे रिन्युअल प्याकमा पनि यो अफर समावेश छन् । रु.५९९ को होम एन्ड अवे रिन्युअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घन्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउनेछन् । त्यस्तै, रु. ७९९ को होम एन्ड अवे रिन्युअल प्याकमा ग्राहकले २८ दिन समयावधि रहेको ६५ जीबी पाउनेछन् र २४ घन्टाका लागि युट्युबमा अनलिमिटेड पहुँच पाउने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २, २०८२ १८:२८
सामाग्री श्रोत :
टेक पाना
आबुधाबी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पश्चिम एसियाको भ्रमण सम्पन्न भएको छ।
संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधाबीबाट उनले आफ्नो पश्चिम एसिया भ्रमण सम्पन्न गरेका हुन्।
भ्रमणको अन्तिम दिन ट्रम्प एक व्यापार सम्मेलनमा भाग लिएका थिए। त्यसपछि उनी एक विशेष धार्मिक स्थल– अब्राहमिक फ्यामिली हाउसको भ्रमण गरेका थिए।
यो धार्मिकस्थल एकता र सहिष्णुताको प्रतीक हो, जहाँ मस्जिद, चर्च र सिनागोग एकसाथ अवस्थित छन्। यो अब्राहम सम्झौता अन्तर्गत निर्माण गरिएको थियो, जुन एक ऐतिहासिक सम्झौता थियो।
यसमा युएई र केही अन्य अरब देशहरूले इजरायललाई आधिकारिक रूपमा मान्यता दिएका थिए। यो तीन प्रमुख धर्म इस्लाम, इसाई र यहुदी धर्मलाई जोड्ने प्रतिकात्मक ठाउँ हो।
ट्रम्प शुक्रबार बिहान अबुधाबीमा भएको व्यापारिक बैठकमा सहभागी भएका थिए। यस बैठकमा उनले युएईका प्रमुख व्यवसायीहरूसँग भेट गरे। यस क्रममा व्यापार र लगानीसँग सम्बन्धित मुद्दाहरूमा छलफल भयो।
ट्रम्पको उपस्थितिको क्रममा, अबुधाबीको सरकारी स्वामित्वको एयरलाइन्स इतिहाद एयरवेजले २८ वटा बोइङ विमान खरिद गर्ने घोषणा गर्यो। यसमा बोइङ ७८७ र ७७७ एक्स मोडेलका विमानहरू समावेश छन्।
यी सबै विमानहरू जीई इन्जिनले सुसज्जित हुनेछन् र सेवा प्याकेजको साथ पनि आउनेछन्। बोइङले अहिलेसम्म यो सम्झौताको आधिकारिक पुष्टि गरेको छैन।
यो सम्झौतालाई अमेरिका र युएईबिचको बढ्दो व्यापार सम्बन्धको सङ्केतको रूपमा हेरिएको छ। ट्रम्पले यसअघि साउदी अरेबिया र कतारको भ्रमण गरेका थिए।
जहाँ कतारले आफ्नो एयरलाइन्स कतार एयरवेजका लागि बोइङ विमानको ठुलो अर्डर दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल वायु सेवा निगमलाई सरकारले ‘धर्मपुत्र’ पालेको जसरी पाल्नुपर्ने आवश्यक्ता नभएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क र अगाडिको बाटो विषयक मल्टी स्टेकहोल्डर छलफलमा उनले नेपाल वायु सेवा निगमलाई सधैँ सधैँ पैसा दिएर चलाइराख्नु भनेको बाँदरको हातमा नरिवल दिनु जस्तै भएको भन्दै यसलाई पालराख्न नहुने बताए।
उनले भने, ‘नेपाल वायु सेवा निगमको पहिला जे अवस्था थियो अहिले पनि त्यही नै छ। नेपाल वायु सेवा निगमलाई सधैँ सधैँ पैसा दिएर चलाई राख्ने यसबाट उन्नती हुन्छ भनेको बाँदरको हातमा नरिवल दिनु जस्तै हो। यसले दुरुपयोग मात्र गरेको छ। अरु केही पनि गरेको छैन्। यसलाई पीपीए मोडेलमा लानुपर्छ। सरकारले ‘धर्मपुत्र’ पालेको जसरी पालिराख्न भएन्। आजको दिनसम्म पनि त्यसको हालत त्यस्तै छ।’
यस्तै, उनले इमानका साथ एक पैसा दायाबाया हुने गरेर काम गर्ने हो भने मुद्दा लाग्छ भनेर डराइ रहननपर्ने बताए।
उनले भने, ‘हाम्रो संगठनहरु गाँउ घरतिर हुने लिंडे गोरु जस्तो भएको हुनाले परिणाम राम्रो आउन नसकेको हो। अहिलेसम्मको समीक्षा गर्दा मैंले काम गर्न सकेको छैन्। हाम्रै मन्त्रालयमा हिजो बाढी गयो, मजस्तै मन्त्री मुद्दामा परिरहेका छन्। यस्तो पनि डर छ। तर इमानका साथ काम गर्ने एक पैसा दायाबाया हुने गरेर कुनै काम गर्नु भएन्। त्यसैले डराउनु पर्दैन्। तर मान्छेको मन त हो डर लागिहाल्छ। त्यसकारण हामीले देश, जनता, मन्त्रालयको कामको लागि र यो क्षेत्रलाई बढाउनको लागि इमानका साथ काम गरौं।’
कमान्डरले गल्ती गरेपछि उसलाई समाउने, मुख्य लेनदेन गर्नेलाई कारबाही गर्नुपर्ने हो। तर त्यसको पछि लाग्ने सबैलाई सजाय दिने चलन गलत भएको पनि उनको भनाइ छ।
सामाग्री श्रोत :
वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन : मन्त्री गुरुङ
काठमाडौँ । यातायात व्यवस्था विभागको प्रिन्टिङ प्रणालीमा आएको समस्या समाधान भएसँगै अत्यावश्यक सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइको काम पुनः सुरु भएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै २५ वैशाखदेखि रोकिएको छपाइको काम सुरु भएको जानकारी दिएको हो ।
अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेनाका सदस्य, नेपाल प्रहरी तथा गैरआवासीय नेपाली नागरिकबाट प्राप्त भएका स्वीकृत निवेदनका लागि विभागले अत्यावश्यक लाइसेन्स छाप्दै आएको छ ।
छापिएका सवारी चालक अनुमति पत्रको विवरण विभागको वेबसाइट र फेसबुक पेजमा राखिने विभागले जानकारी दिएको छ । आवेदकले आफ्नो सवारी चालक अनुमतिपत्र छापिएको यकिन गरी ३ जेठ २०८२ देखि विभागबाट अत्यावश्यक सवारी चालक अनुमतिपत्र सङ्कलन गर्न सक्ने विभागले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २, २०८२ १७:२२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले आज शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौँमा जारी सगरमाथा संवादको सार्थकता आदि विषयमा छलफल भएको छ।
प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धि, गरिबी निवारण र नेपालीको जीवनस्तर उकास्नक बैंकले गर्दै आएको महत्त्वपूर्ण सहयोगको प्रशंसा गर्दै उचित राजस्व परिचालन र विकासका खर्चका लागि प्रभावकारी व्यवस्थापन सरकरको प्राथमिकता रहेको सुनाए।
उत्पादन र उत्पादकत्ववृद्धिका लागि थालेका काम सक्ने नति अनुुरुप आगामी बजेटबाट समयमा परियोजनाहरु सम्पन्न गर्ने गरी प्रबन्ध गरिने अवगत गराउँदै उपाध्यक्ष रायसरले बैँकको सहकार्यको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दै वातावरणीय मुद्धामा प्राथमिकता दिएर नेपालले सगरमाथा संवादको आयोजना गरेकामा सफलताको कामना गरे।
बैंकले नेपालमा यातायात, ऊर्जा, शिक्षा र स्वास्थ्यलगायत १९ क्षेत्रमा गरी दुुई मिलियन अमेरिकी डलरको लगानी गरेको छ। भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाल रिमाल, आर्थिक विकास सल्लाहकार डा युुवराज खतिवडा, बैंकका देशीय निर्देशक डेभिड एन सिस्लेनलगायत सहभागी थिए।
यही जेठ २ गतेदेखि ४ गतेसम्म नेपाल सरकारले पहिलो पटक काठमाडौँमा सगरमाथा संवादको आयोजना भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा बिचमा भेटवार्ता भएको छ।
शर्माका अनुसार देशको समसामयिक राजनीतिक परिस्थिति बारेमा उक्त भेटघाटमा छलफल भएको थियो।
सो भेट देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको भए पनि थप विवरण अरु खुलाइएको छैन।
सामाग्री श्रोत :
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई साकार पार्न डिजिटल साक्षरता अनिवार्य रहेको बताएका छन् । क्यान महासंघले शुक्रबार आयोजना गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क २.० र अगाडिको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नागरिक एपजस्ता सेवा सुरु भएपनि नागरिकमा डिजिटल साक्षरताको कमीका कारण त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताए ।
“नागरिक एप आयो, तर के आयो आयो जस्तो भयो । नागरिकले प्रयोग गर्न सक्ने साक्षरतामा कमी छ । डिजिटल फ्रेमवर्क साकार पार्न डिजिटल लिट्रेसी आवश्यक छ,” उनले भने ।
मन्त्री गुरुङले डिजिटल पूर्वाधार निर्माण र आवश्यक नीति बनाउने जिम्मा सरकारको भएको उल्लेख गर्दै डिजिटल नेपाल फ्रेमवर्क २.० लाई सोह्रौं योजनासँग पनि अनुकूल बनाइएको जानकारी दिए ।
डिजिटल नेपाल फ्रेमवर्क, २०७६ मा पहिचान गरिएका आठ ओटा मुख्य क्षेत्र र ८० ओटा डिजिटल पहलमा देखिएका समस्या र चुनौतीलाई नयाँ संस्करणले सम्बोधन गर्ने उनको भनाइ थियो । उनका अनुसार फ्रेमवर्क २.० ले कनेक्टिभिटी, प्राविधिक सीप, डेटा एकीकरण र साइबर सुरक्षालाई प्राथमिकता दिएको छ ।
कार्यक्रममा सञ्चारसचिव राधिका अर्यालले पहिलो फ्रेमवर्कको अनुभवका आधारमा नयाँ मस्यौदा तयार गरिएको जानकारी दिँदै निजी क्षेत्रबाट सुझावको अपेक्षा गरिन् ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल युग भएकाले सरकारले नीतिगत स्पष्टता र आर्थिक लगानीलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन् ।
पछिल्लो अध्यावधिक: जेठ २, २०८२ १६:४५
सामाग्री श्रोत :
टेक पाना
बैतडी– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले अनेक खालका चलखेल र प्रपञ्चहरू गरिरहेको आरोप लगाएका छन्।
आज (शुक्रबार) बैतडीको पाटनबाट जनतासँग माओवादी– मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुनुपर्ने पद हो। अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन। त्यसमा अनेक खालका चलखेल र प्रपञ्चहरू भइराखेका छन्,’ प्रचण्डले भने।
उनले भने, ‘यो सबै कारणले सरकार गलत दिशातिर गएको छ । राष्ट्र र जनताको हितविपरीत गएको छ । यो देशका मजदुर–किसानको हितविपरीत गएको छ।’ सरकारको गलत कदमविरुद्ध आफूहरू चुनौती दिएर हिँडिरहेको उनको भनाइ छ । उनले भने, ‘अझै पनि हामी यो मध्यपहाडी लोकमार्गसम्म जाँदा सरकारलाई खबरदारी र चुनौती दिँदै जानेछौँ । हाम्रो कुराको बिल्कुल सुनुवाइ सरकारले गर्न चाहेको छैन, उल्टो दिशातिर हिँडेको छ ।’
जनताको आवाजलाई, जनताको मतलाई बेवास्ता गरेर भ्रष्टाचारलाई नै प्रश्रय दिने अनि विकृति र विसंगतिलाई नै प्रश्रय दिने काम हो भने माओवादी केन्द्र मात्रै होइन तराई–मधेश–पहाड–हिमालका सम्पूर्ण जनता सबै राजनीतिक दलका कार्यकर्ताहरू पनि एउटा शक्तिशाली आन्दोलनमा आउन बाध्य हुने उनको भनाइ थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने जानकारी दिएको छ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले सार्वजनिक सेवा प्रवाहमा निखारता ल्याउने जानकारी दिएको हो।
विभागका अनुसार राम्रा असल र जनमुखी रचनात्मक कार्यहरू सम्पादन गरी संविधानले परिकल्पना गरेका विषयहरू र सरकारले लिएका संकल्प र नीतिहरूको अर्थपूर्ण कार्यान्वयन गरी आगामी दिनमा वैदेशिक रोजगार विभागको सेवा प्रवाहमा गुणात्मक एवं रचनात्मक सुधार आउने कुरामा विभाग विश्वस्त रहेको छ।
भूमण्डलीकरणको प्रभाव सार्वजनिक सेवा प्रवाहका नवीनतम विधि प्रविधि नविनतम सोच एवं संकल्पलाई मूर्त रूप दिन थप सकरात्मक पहल गर्दै सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई थप प्रभावकारी र संस्थागत गर्दै लगिने पनि विभागको प्रतिबद्धता रहेको छ।
साथै, सार्वजनिक सेवाको क्षेत्रमा देखिएका वैदेशिक रोजगारी ठगी, राहत, उद्दार, अनुगमन र नियमनमा थप प्रभावकारी कदम चाल्न वैदेशिक रोजगार विभाग तत्पर र क्रियाशील रहने पनि उल्लेख गरेको छ।
विभागले हाल गरिरहेको र आगामी दिनमा अपनाइने रणनीति
१.राहत उद्दार शाखा
क) वैदेशिक रोजगारीको क्रममा संस्थागत रूपमा वैदेशिक रोजगार व्यवसायीका काम कारबाहीविरूद्ध भएका राहत उद्दारका गुनासोहरू तत्काल सुन्ने गरिएको। यथासक्य चाँडो पीडितको गुनासो सुन्ने, व्यवसायीलाई र पीडितलाई सँगै राखेर छलफल गर्ने गरेको। मिलापत्रको माध्यमबाट पीडितलाई राहत दिने गरिएको, हाल राहतका पुराना कुनै पनि उजुरी र गुनासाहरू नरहेको।
ख) पीडितमैत्री कार्य व्यवहार र शैलीको प्रभावकारिताले कतिपय पीडितहरूले न्याय पाए पश्चात विभागको कार्यशैलीलाई धन्यवाद समेत दिने गरेको। आगामी दिनहरूमा अझै प्रभावकारी र क्रियाशील,
२) प्रशासन शाखा
क) पुराना फाइलिङ व्यवस्थापनमा जोड दिइएको, कार्यालय सरसफाई साथै कर्मचारीलाई अनुशासित र मर्यादित हुन जोड दिइएको। सेवा प्रवाहको शैली, विधि, प्रकृया र व्यवहारमा सेवाग्राही मैत्री वातावरण अंगीकार गरिएको।
ख) संस्था शाखाबाट सम्पादन हुँदै आएको काममा छिटो छरितो र फुर्तिलोपन अपनाई मुस्कान सहितको सेवाप्रवाहमा जोड दिइएको,
३) मुद्दा शाखा
क) सत्य र तथ्यमा आधारित रही कानूनको मान्य सिद्दान्त, मूल्य र मान्यतालाई आत्मसात गरी पीडितमैत्री न्याय प्रणालीको विकासमा जोड दिइएको,
ख) मुद्दा, अनुसन्धान र अभियोजन गर्ने कार्यमा चुस्तता,
४) अनुगमन शाखा
क) संस्थाहरुको गुनासो आउनसाथ QRT परिचालन गरी अनुगमन र नियमन गर्ने गरिएको,
ख) अनुगमनलाई निरन्तरता दिइएको, अनुगमनको ढाँचा एंव कार्यविधी परिमार्जन गरी लागू गरिएको,
५) श्रम स्वीकृति शाखा
क) श्रम स्वीकृतिको सेवा प्रवाहलाई (Work Permit on the Same Day) को मान्यता अनुसार रितपूर्वकको अनलाईन दरखास्त फारम प्राप्त पश्चात चेकजाँच गरी आवेदन दिएकै दिन स्वीकृति प्रदान गर्ने व्यवस्थालाई अवको तीन दिन भित्र कार्यान्वयनमा ल्याइने। त्यसपछि केहि दिनभित्रै क्रमश स् आवेदन गरेको २ घण्टा भित्र र त्यसपछि १ घण्टा भित्र वा सो भन्दा कम अवधिमा नै स्वीकृती प्रदान गरिनेछ,
ख) रित नपुगेको अनलाईन दरखास्तको हकमा च्झबचपकसहित थप कागजात पेश गर्न तत्कालै एसएमएस पठाउने गरिएको। रितपूर्वकका कागजात पेश भएको खण्डमा तत्काल श्रम स्वीकृति दिने गरे,
सामाग्री श्रोत :
वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त र प्रभावकारी बनाउने