
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरू भएको सगरमाथा संवादका अतिथिहरूको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गरेका छन्।
समारोहमा प्रधानमन्त्री ओलीले अतिथिहरूलाई स्वागत गरेका थिए। समारोहमा नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्री, विशिष्ट श्रेणीका कर्मचारीलगायत थिए भने विभिन्न देशबाट पालेका मन्त्री, नीति निर्माता, विज्ञलगायत थिए।
संवादमा तीन दर्जन बढी मुलुकका एक सय ७५ विदेशी पाहुना सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। संवादको उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भइ पूर्ण सत्र र समानान्तर सत्र सञ्चालन भएका थिए। सगरमाथा संवाद तीन दिनसम्म चल्नेछ।
सामाग्री श्रोत :
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले इसेवामार्फत ठगी गरेको अभियोगमा पक्राउ परेका २१ वर्षीय राहुल बुढालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बुढामाथि सङ्गठित रूपमा सर्वसाधारणलाई ठगी गरेको अभियोगमा गत आइतबार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।
कञ्चनपुर घर भई हाल काठमाडौं अनामनगरमा बसोबास गर्दै आएका राहुलले भारतीय नागरिकहरूको प्रलोभनमा परेर नक्कली कम्पनी खडा गरी लाखौं रुपैयाँ ठगी गरेको अभियोग छ ।
अभियोग पत्र अनुसार गत दशैंपछि राहुल आमा बुबालाई भेट्न भारत गएका थिए । कामको सिलसिलमा लामो समयदेखि भारतको महाराष्ट्र प्रदेशको मुम्बईमा काम गर्दै आएका आमा बुबा भेट्न उनी त्यहाँ पुगेका थिए । त्यही क्रममा उनको चिनजान भारतीय नागरिक देवल विद्युत र दिनेश रमेश गुप्तासँग भयो ।
“त्यतिबेला भेटघाटका क्रममा मलाई उनीहरूले आफ्नो कम्पनी भारत, दुबई र अन्य देशमा भएको बताएका थिए,” बुढाले प्रहरीलाई बयान दिंदै भने, “उनीहरूले विभिन्न देशमा भएका आफ्ना कम्पनीबाट एन्टिभाइरस, सफ्टवेयर र एप तथा विभिन्न गेमका क्वाइन बिक्री गर्दै आइरहेको बताए ।”
नेपालमा सञ्चालित ईकमर्श प्लेटफर्म दराज र डिजिटल वालेट ईसेवा जस्ता कम्पनीसँग सम्बन्ध भएको भन्दै उनलाई प्रलोभन देखाउन थाले । उनीहरूले यही व्यापार नेपालमा पनि विस्तार गर्न चाहेको तर आफूहरू भारतीय नागरिक भएकाले कम्पनी खोल्न नमिल्ने बाध्यता सुनाए । त्यसपछि उनीहरूले राहुललाई आकर्षक तलबको प्रस्ताव राखी लोभ्याए । “तिम्रो नाममा नेपालमा कम्पनी खोली हामीलाई सञ्चालन गर्न दियौ भने हामी तिमीलाई महिनाको २० हजार रुपैयाँ तलब दिन्छौं भने उनीहरूले,” भारतीको कुरा उद्धण गर्दै बढाले अगाडि भने, “कम्पनी खोलेको भरमा घरमा बसी बसी रकम आउने भए पछि मैले ती भारतीयले भने अनुसार नेपाल आई कम्पनी दर्ता गरें ।”
कम्पनीको नाम पशुपति ग्लोबल इनोभेसन प्रालि राखी पुतलीसडकमा एउटा कोठा भाडामा लिए । कम्पनी दर्ता गरिसकेपछि पाएका कागजात र कम्पनीको नामको बैंक खाता सबै उनले राजु पाण्डे नामका व्यक्तिमार्फत ती भारतीय नागरिकलाई नै बुझाएको उनको भनाइ छ । पाण्डे भारतीय नागरिकले कागजात र बैंक खातासँग सम्बन्धित कागजात लिन नेपाल आएका थिए ।
राहुलले खोलेको बैंक अकाउन्टमा भएको कारोबारको सबै विवरण भारतीय नागरिककै फोनमा जान्थ्यो । किनभने राहुलले सबै विवरण उनीहरूलाई उपलब्ध गराइसकेका थिए । यसरी उनले सबै काम गरिसकेको एक महिनापछि २० हजार रुपैयाँ तलब पाए । त्यसपछिको अर्को महिना उनले केही पनि गर्नु परेन । महिना पुग्नासाथ उनको व्यक्तिगत खातामा टुप्लुक्क २० हजार रुपैयाँ आइपुग्यो । यो क्रम तेस्रो पटक पनि दोहोरियो । अर्थात् लगातार तीन महिनासम्म उनले निरन्तर तलब पाए ।
तर, २ वैशाख २०८२ मा उनले निरन्तर तलब पाइरहेको बैंक खाता एक्कासि बन्द भयो । उनले भारतीय नागरिकलाई आफ्नो बैंक खाता नचलेको खबर दिए । र, त्यसको कारण थाहा पाउन बैंकमा पुगे । बैंकका कर्मचारीले उनको खाता प्रहरीले रोक्का गरेको छ भनेपछि उनी छाँगाबाट खसेझै भएँ । वास्तवमा उनले विभिन्न व्यक्तिलाई झुक्याएर अनलाइन ठगी गरेको भन्दै पक्राउ गरेपछि उनले भारतीयले बिछ्याएको २० हजार तलबको जालो थाहा पाए ।
के थियो प्रहरीले जारी गरेको विज्ञप्तिमा ?
३ वैशाखमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक विज्ञप्ति जारी गर्दै आरोपित राहुल बुढा पक्राउ गरेको जानकारी दिएको थियो । सो विज्ञप्तिका अनुसार उनले The_Alert, AT_Alert मार्फत सर्वसाधारणलाई फिशिङ लिङ्क पठाएका थिए । त्यसरी चार हजार बढी ईसेवा प्रयोगकर्ताबाट एक करोड दुई लाख रुपैयाँ बढी ठगी गरेको प्रहरीको आरोप थियो ।
अभियोग पत्रका अनुसार राहुलले उल्लेख गरेका भारतीय नागरिकले नेपालका बल्क एसएमएस प्रदायक एटी_अलर्ट ह्याक गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । त्यसपछि उनीहरूले सर्वसाधारणको मोबाइलमा ‘तपाईंको इसेवा खाता निलम्बन हुन लागेकाले भेरिफाइ गर्न यो लिङ्क खोल्नुहोस्’ भन्दै फिशिङ लिङ्क पठाएका थिए । ती फिशिङ लिङ्कमार्फत सर्वसाधारणको वालेट र त्यसमा लिङ्क भएका बैंक अकाउन्टबाट रकम रित्याए । उनीहरूले फिशिङ लिङ्कमार्फत कसरी सर्वसाधारणका वालेट अकाउन्ट कब्जामा लिए भन्ने जान्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
प्रहरीको अनुसन्धानका क्रममा यसरी फिशिङ लिङ्क पठाएर अकाउन्ट ह्याक गरी रकम चोरी गरेको भन्दै तीन जनाले निवेदन दिएका थिए । त्यसमध्ये एक पीडितको खातबाट ४४९९ रुपैयाँ, अर्का पीडितको खाताबाट ९७९० रुपैयाँ र अर्का एक प्रयोगकर्ताबाट पाँच लाख ५३ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी दिएका थिए । प्रहरीले ती २२ वर्षीय युवकको नाममा रहेको कम्पनीको बैंक स्टेटमेन्ट मगाउँदा त्यसबाट ५० लाख ७५ हजार रुपैयाँ मौज्दात रहेको देखिएको छ ।
उनले कम्पनी र खाताको सञ्चालन भारतीय नागरिकलाई नै दिएको र आफूले फिशिङ लिङ्क नपठाएको दाबी गरे पनि कम्पनीको खाताबाट ८ लाख ३ हजार रुपैयाँ झिकेर देवल विद्युत शाहलाई नगदै दिएको स्वीकार गरेका छन् । यसले उनको कारोबारमा प्रत्यक्ष संलग्नता र लाभ लिएको अभियोजन पक्षको दाबी छ ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले राहुल बुढाविरुद्ध अभियोग पत्र दायर गरेको छ । उक्त पत्र जिल्ला न्यायाधिवक्ता गोविन्द प्रसाद हुमागाईंले दायर गरेका हुन् ।
उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) अनुसार ठगी गरेको आरोप छ । त्यसै आधारमा सोही दफाको उपदफा (३) को खण्ड (ग) बमोजिम सात वर्षसम्म कैद सजाय माग गरिएको छ । साथै, सत्तरी हजार रुपैयाँसम्म जरिवानाको माग पनि गरिएको छ ।
त्यससँगै पीडितहरूको बिगो भरपाई गर्नुपर्ने माग गरिएको छ । त्यस्तै पशुपतिनाथ ग्लोबल इनोभेसन प्रालिको खातामा रहेको ५० लाख ७५ हजार रुपैयाँ जफत गर्न पनि अनुरोध गरिएको छ ।
अभियोग पत्रमा भारतीय नागरिकहरू देवल विद्युत शाह, दिनेश रमेश गुप्ता र कम्पनी दर्तामा सहयोग गर्ने भनिएका राजु पाण्डे लगायत अन्य संलग्न व्यक्तिको हकमा फेला परे वा पहिचान खुलेको बेला थप कारबाही गरिने उल्लेख छ ।
मंगलबार न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा उक्त मुद्दाको पहिलो सुनुवाइ भएको थियो । सुनुवाइपछि अदालतले प्रतिवादी राहुल बुढालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
पछिल्लो अध्यावधिक: जेठ २, २०८२ १६:३४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ चारपालाको भित्री सडक खण्डमा हवाहुरीले रुढ ढल्दा च्यापिएर दुई जनाको मृत्यु भएको छ ।
हावाहुरी छल्न सडक छेउको प्रतीक्षालयमा बसेको समयमा बर्रोको रुख प्रतीक्षालयमाथि ढल्दा अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
रुखले च्यापिएर मृत्यु हुनेहरुमा सुनवल–७ चारपाला बस्ने ३० वर्षीया मीरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन रहेका छन् । यस्तै घटनामा चारपालाकै ४० वर्षीया नरमति परियार, ५० वर्षीया दुर्गेश्वरा खाम्चा मगर र २२ वर्षीय अनिल थापा घाइते भएका छन् ।
घाइतेहरूको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले जानकारी दिए । अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरी चलिरहेको छ । हावाहुरीका कारण विद्युत् झ्याप झुप भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
बेइरुत। दक्षिण लेबनानमा शुक्रबार संयुक्त राष्ट्रसंघीय (यूएन) शान्ति सेनाको नियमित गस्तीका क्रममा स्थानीयबासीले हातहतियारसहित अवरोध गरेपछि तनावपूर्ण स्थिति सिर्जना भएको छ। स्थानीयहरूले शान्ति सैनिकमाथि गोली र अश्रुग्यास प्रहार गरेको आरोप लगाएका छन्।
संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) का प्रवक्ता आन्द्रेआ तेनेन्तीले जानकारी दिएअनुसार ज्मैज्मे नगर नजिक नियमित गस्ती गरिरहेको टोलीमाथि ‘ठूलो समूह’ आक्रोशित स्थानीयहरूले लाठी र बन्चरोजस्ता हतियारसहित आक्रमण गरेका थिए।
तेनेन्तीले उक्त घटना ‘स्वीकार्य नहुने’ भन्दै यस क्रममा यूएनका सवारी साधनहरूमा क्षति पुगेको जनाए। शान्ति सैनिकहरूले आफ्नो र स्थानीयहरूको सुरक्षाका लागि ‘गैर–प्राणघातक’ उपायहरू अपनाएको उनले बताए।
यूएन सैनिकहरूमा कुनै चोटपटक नपरेको भए पनि ज्मैज्मे नगरका बासिन्दाहरूले जारी गरेको विज्ञप्तिमा एक जना व्यक्ति घाइते भएको दाबी गरिएको छ।
स्थानीयहरूको भनाइअनुसार युनिफिलका गस्ती टोलीले लेबनानी सेनाको उपस्थितिबिना नगरको छेउछाउ प्रवेश गरेपछि उनीहरूलाई बाहिर जान आग्रह गरिएको थियो। तर त्यसपछि झडपको स्थिति बन्यो।
तेनेन्तीले भने, ‘गस्ती पूर्वनियोजित र लेबनानी सेनासँग समन्वयमा गरिएको थियो।’ साथै, उनले युनिफिलको काममा अवरोध नगर्न र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरे।
उक्त सहर इजरायल सिमानानजिकै पर्छ, जहाँ नोभेम्बर महिनामा भएको युद्धविराम सम्झौताअनुसार लेबनानी सेना र यूएन बलहरूले निगरानी गर्ने जिम्मेवारी पाएका छन्। यस्तो झडप प्रायः हिजबुल्लाह समर्थक र युनिफिलबीच देखिने भए पनि प्रायः ती चाँडै नियन्त्रणमा ल्याइन्छन्।
सन् २०२२ को डिसेम्बरमा यस्तै एक घटनामा एक जना आइरिस शान्ति सैनिकको गोली लागेर मृत्यु भएको थियो। हिजबुल्लाहले अभियुक्तलाई सेनालाई सुम्पिएको भए पनि करिब एक वर्षमै रिहा गरिएको थियो।
युनिफिलले हालै जानकारी दिएको अनुसार, नोभेम्बरको युद्धविराम सम्झौता अन्तर्गत आफ्नो सहयोगमा लेबनानी सेनाले दक्षिण क्षेत्रको ठूला भूभागमा पुनः तैनाथी गरेको छ। साथै, यूएन बलले त्यही क्षेत्रमा २२५ भन्दा बढी हतियार गोदामहरू फेला पारेको दाबी गरेको छ।
तर लेबनानी सेनाको पूर्ण तैनाथी अझै अवरोधमा परेको युनिफिलले बताएको छ, किनकि इजरायली सेना फेब्रुअरीको तोकिएको म्याद सकिए पनि पाँच स्थानमा अझै उपस्थित रहेको छ।
सामाग्री श्रोत :
दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप
काठमाडौँ । केही दिनयता सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा ‘व्हाट्सएप तथा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि अत्यन्त जरुरी सूचना’ शीर्षकसहितका पोस्ट भाइरल भइरहेका छन् । वैशाख ३१ गते बुधबारदेखि फैलिएका यस्ता पोस्टमा नेपाल सरकारले सामाजिक सञ्जालसम्बन्धी नयाँ सञ्चार नीति लागु गरेको भन्दै ‘११ बुँदे चेतावनी’ दिइएको छ ।
पोस्टमा ‘अबदेखि ह्वाट्सएपको भ्वाइस तथा भिडियो कलहरू रेकर्ड गरिने’, ‘सामाजिक सञ्जालहरू सरकारको निगरानी प्रणालीसँग जोडिने’, ‘आपत्तिजनक सन्देश पठाउनेहरूलाई बिना चेतावनी पक्राउ गरिने’ जस्ता दाबीहरू समावेश छन् । तर, टेकपाना फ्याक्ट-चेकले यस्तो पोस्ट पूर्ण रूपमा भ्रामक रहेको र नेपाल सरकारले कुनै पनि सूचना जारी नगरेको पत्ता लगाएको छ ।
दाबी
जेठ १ गते ‘जोक्स नेपाल’ नामको फेसबुक पेजले मध्यान्ह १२:४० मा **व्हाट्सएप तथा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि अत्यन्त जरुरी सूचना* शीर्षकसहित विभिन्न ११ बुँदे नियमहरू पोस्ट गरेको देखियो । उक्त पोस्टमा नेपाल सरकारले ‘भोलिदेखि सामाजिक सञ्जाल सम्बन्धी नयाँ सञ्चार नीति लागु गरिने’ भनेर दाबी गरिएको छ ।
उक्त पोस्टमा अबदेखि सबै ह्वाट्सएप भ्वाइस र भिडिओ कल रेकर्ड गरिने, ती रेकर्डहरू सरकारद्वारा सुरक्षित रूपमा सङ्कलन गरिने, फेसबुक–ट्वीटर–इन्स्टाग्राम लगायत सम्पूर्ण सामाजिक सञ्जालहरूमा तीव्र निगरानी गरिने र प्रयोगकर्ताका उपकरणहरू सूचना तथा सञ्चार मन्त्रालयको निगरानी प्रणालीसँग जोडिने लगायतका नियमहरू उल्लेख गरिएको छ । १० लाख लाइक र ११ लाख फलोअर भएको ‘जोक्स नेपाल’ ले यो पोस्टमा यो सामग्री तयार पार्दासम्म ९०५ लाइक, २०४ कमेन्ट आएका छन् भने १०८ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल लिंक र अर्काइभ लिंक
यसपछि हामीले ‘व्हाट्सएप तथा अन्य विद्युतीय सञ्जाल’ किवर्ड राखेर फेसुबकमा सर्च गर्दा यस्तै अन्य थुप्रै पोस्ट भेटिए । केही प्रयोगकर्ताले नेपाली न्युज पोर्टल अनलाइन खबरले तयार गरेको सामाजिक सञ्जाल नियमन विधेयक शीर्षकको ग्राफिक्ससहित स्टाटस शेयर गरेको देखिन्छ । हेर्नुहोस् पोस्टहरू:
यी सबै पोस्टहरू एउटै शैलीमा शेयर भइरहेका छन् । धेरैजसो पोस्टमा प्रयोगकर्ताले शेयर गरेको भन्दा पनि पोस्टलाई कपि-पेस्ट गरेका छन् । अधिकांश प्रयोगकर्ताले ती पोस्टलाई वास्तविक मानेर सरकारप्रति आक्रोश पोख्दै कमेन्ट तथा शेयर गरेको पनि भेटियो ।
अनुसन्धान
टेकपाना फ्याक्ट-चेक डेस्कले सामाजिक सञ्जालमा भाइरल पोस्टको सत्यता पत्ता लगाउन अनुसन्धान थाल्यो । सबैभन्दा पहिले यो पोस्ट कसरी फैलिरहेको छ भन्ने बुझ्न कहाँ-कहाँ कसरी शेयर भइरहेको छ भन्ने खौज्यौँ । यसका लागि फेसबुकमा ‘व्हाट्सएप तथा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि अत्यन्त जरुरी सूचना’ भनेर सर्च गर्यौँ । टेकपाना अनुसन्धानमा वैशाख ३१ गते बिहान ११:३० मा ‘दिपशिखा शर्मा’ नामको अकाउन्टबाट साइबर ब्युरोको सूचना सहित पोस्ट शेयर भएको देखियो । हेर्नुहोस् ओरिजिनल लिंक र अर्काइभ लिंक ।
ब्युरोको सूचना र उनको पोस्टमा खास तालमेल भने देखिँदैन । सबैभन्दा पहिलो कुरा यो सूचना ब्युरोले २८ चैत, २०८१ मा सार्वजनिक गरेको थियो । ब्युरोले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलाइन माध्यमबाट हुने ठगीको विषयलाई लिएर आमनागरिकलाई सचेत रहनका लागि उक्त सूचना जारी गरेको थियो ।
झट्ट हेर्दा सूचनालाई सरकारले जारी गरेको सामाजिक सञ्जाल सम्बन्धी कानुनको सूचना जस्तै गरी ११ बुँदे सूचना शेयर गरिएको छ । प्रयोगकर्ताहरूले पनि सूचना नै नहेरी उक्त पोस्ट शेयर गरेको देखिन्छ । हेर्नुहोस् ब्युरोको ओरिजिनल पोस्ट ।
यस्तै केही प्रयोगकर्ताले भने अनलाइन खबरको ग्राफिक्ससहित पोस्ट शेयर गरेका छन् । वास्तवमा शेयर गरिएको अनलाइन खबरको ग्राफिक्स १५ माघ, २०८१ मा ‘सामाजिक सञ्जाल नियमन विधेयक: कुन कसुरमा कस्तो सजाय प्रस्ताव?’ भन्ने शीर्षकमा प्रकाशित भएको समाचारमा प्रयोग भएको ग्राफिक्स हो । उक्त ग्राफिक्समा सामाजिक सञ्जाल नियमनका लागि प्रस्ताव गरिएका बुँदा उल्लेख छन् ।
यस्तै सरकारले कुनै पनि नीति लागु गर्नुपूर्व सूचना जारी गर्छ । यस विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रहरी मातहतका कुनै पनि निकायले सूचना जारी गरेको भेटिएन । यस्तै नेपाल फ्याक्ट चेकले समेत सामाजिक सञ्जालमा भाइरल भइरहेका यी पोस्ट भ्रामक रहेको पुष्टि गरेको छ ।
भ्वाइस वा भिडिओ कल रेकर्डको सन्दर्भमा ह्वाट्सएप एक इन्क्रिप्टेड मेसेजिङ एप हो, जसकारण ह्वाट्सएपमा भए गरेका कुनै पनि कलहरू रेकर्ड हुँदैन । ह्वाट्सएपले आफ्नो नीतिमार्फत पनि प्रयोगकर्ताबिच भएका कुनै पनि कुराकानीमा कम्पनी आफ्नै पनि पहुँच नहुने उल्लेख गरेको छ । ह्वाट्सएपको नीति अनुसार यसले प्रयोगकर्ताको नम्बर र अकाउन्ट खोल्नका लागि आवश्यक आधारभूत विवरण मात्र प्रयोग गर्छ । मेसेजको हकमा भने डेलिभर नभएको, फर्वार्ड गरिएका मिडिया फाइल मात्र ह्वाट्सएपको सर्भरमा स्टोर हुन्छ । त्यो पनि इन्क्रिप्टेड हुन्छ । यसको अर्थ, जुन जानकारीमा कम्पनीको आफ्नै पहुँच हुँदैन त्यसमा सरकारले पहुँच पाउन सक्दैन ।
यस्तै सरकारले प्रयोगकर्ताको डेटा मागेको खण्डमा पनि कम्पनीले सरकारसँग भएको सम्झौताको आधारमा मात्रै डेटा उपलब्ध गराउने भनेर नीतिमा उल्लेख छ । यद्यपि यसमा पनि कुनै अडियो वा भिडिओ कलको रेकर्ड नै उपलब्ध गराउने भन्ने सम्बन्धमा केही उल्लेख छैन ।
यस्तै टेकपानाको अनुसन्धानमा यस्ता पोस्टमार्फत् झूटा सुरक्षा संकेत (जस्तै: तीन ओटा नीलो टिक, रातो टिक आदि) को वर्णन गर्दै प्रयोगकर्ताहरूलाई त्रास फैलाउने प्रयास गरिएको पाइएको छ । ह्वाट्सएपमा कुनै पनि मेसेज सिन भएको थाहा पाउने तीन ओटा विधिमात्र छन् । पहिलो ग्रे टिकले मेसेज गइसकेको जनाउँछ । दुई ओटा ग्रे टिकले मेसेज डेलिभर भइसकेको जनाउँछ भने दुई नीलो टिकले मेसेज पाउने व्यक्तिले मेसेज पढ्यो भनेर जनाउँछ । यी बाहेक ह्वाट्सएपको मेसेज सिन भए/नभएको, सरकारले हेरे/नहेरेको वा कारबाही गरे/नगरेकोसँग सम्बन्धित कुनै पनि टिकको व्यवस्था गरिएको पाइएन ।
दाबी
नेपाल सरकारले ह्वाट्सएपको अडियो र भिडिओ कल रेकर्ड गर्ने ।
दाबीकर्ता
‘दिपशिखा शर्मा’, ‘गोपाल पाल्पाली आचार्य’, ‘बिष्णु जंग पाण्डे’, ‘जोक्स नेपाल’ लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।
तथ्य
नेपाल सरकारले ह्वाट्सएप लगायतका सामाजिक सञ्जालका अडियो/भिडिओ कल रेकर्ड गर्ने, सामाजिक सञ्जालमा सरकारको निगरानी रहने लगायतका प्रचार भइरहेको पोस्टमा कुनै पनि सत्यता छैन । यो भ्रामक सूचना हो ।
निष्कर्ष
‘दिपशिखा शर्मा’, ‘गोपाल पाल्पाली आचार्य’, ‘बिष्णु जङ्ग पाण्डे’, ‘जोक्स नेपाल’ पेज लगायतले फेसबुकमा शेयर गरेको पोस्टमा कुनै सत्यता छैन । सरकारले ह्वाट्सएप तथा अन्य सामाजिक सञ्जालका अडियो तथा भिडिओ कल रेकर्ड गर्ने भन्ने कुनै पनि प्रकारको निर्णय लिएको भन्दै प्रचार गरिएका पोस्टहरू भ्रामक हुन् ।
यो पोस्टमा नेपाल सरकार र नेपाल प्रहरीको लोगो, साथै ‘अनलाइन खबर’ को पुरानो ग्राफिक्स प्रयोग गरी पोस्टलाई विश्वसनीय देखाउने प्रयास गरिएको छ । तर यी सबै सामग्रीहरू कुनै आधिकारिक स्रोतबाट प्रमाणित छैनन् । सावधानीपूर्वक हेर्दा यी पोस्ट समाजमा त्रास फैलाउने नियतले उत्पादन तथा शेयर भइरहेका छन् ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: जेठ २, २०८२ १९:३१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपाललाई चीनको ग्वान्झाओमा सम्पन्न ग्वान्झाओ अन्तर्राष्ट्रिय पर्यटन मेला (जीआईटीएफ–२०२५) मा ‘लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य’ उपाधि प्रदान गरिएको छ ।
सांस्कृतिक प्रस्तुतिबाट प्रभाव पार्दै नेपालले चिनियाँ पर्यटन बजारमा गहिरो छाप छाडेको नेपाल पर्यटन बोर्डले जनाएको छ । १५ देखि १७ मेमा मेला आयोजना गरिएको थियो ।
मेलामा नेपाली प्याभिलियनले विश्वविख्यात पदयात्रा मार्ग, युनेस्को सूचीमा परेका सम्पदा, धार्मिक र ग्रामीण पर्यटन अनुभव प्रदर्शन गरेको बोर्डले जनाएको छ । सांस्कृतिक नृत्य, बीटुबी व्यापार बैठक र जानकारीमूलक सत्र पनि आयोजना गरिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- निजामति कर्मचारीहरुका लागि निजामती कर्मचारी अस्पतालले सेवा विस्तार गरिएको छ।
सेवाका सम्बन्धमा आम निजामती कर्मचारीहरुबाट प्राप्त गुनासाहरुको सम्बोधन गर्न निजामती कर्मचारी अस्पताल जेठ ४ गते आइतबारदेखि सन्ध्याकालीन सेवा दिन लागेको हो। सेवा बेलुकी ४ बजेदेखि ८ बजेसम्म दिइने बताइएको छ।
भनिएको छ, ‘विकास समितिको मिति २०८२ वैशाख २२ गतेको बोर्ड बैठकबाट निर्देश भएबमोजिम यहि मिति २०८२ जेठ ४ देखि निजामती कर्मचारीहरु लक्षित सन्ध्याकालीन सेवा बेलुकी ४ बजेदेखि ८ बजेसम्म सहुलियतपूर्ण सेवा सञ्चालन हुनेछ।’
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन्।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन्। ‘अहिले आन्तरिक उडान प्रभावित भएको छ। पूर्वबाट काठमाडौं आएका विमान पूर्वतिरै डाइभर्ट भएका छन्। काठमाडौंबाट पश्चिमतर्फ उडेका विमान काठमाडौंनै डाइभर्ट भएका छन’, प्रवक्ता शेर्पाले भने।
उनका अनुसार चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत स्थानबाट उडेका विमान डाइभर्ट भएका हुन्। श्री एयरलाइन्सको विराटनगरबाट काठमाडौं उडेको विमान विराटनगरै फर्किएको छ। यती एयरलाइन्सको विराटनगर–काठमाडौं उडानका दुई विमान डाइभर्ट भएका छन्। भद्रपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान भद्रपुर नै फर्किएको छ। बुद्ध एयरको काठमाडौँबाट सुर्खेत उडेको विमान हावाहुरीका कारण काठमाडौं नै फर्किएको छ।
त्यसैगरी काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाडौं नै फर्किएको छ। श्री एयरलाइन्सकै काठमाडौं भैरहवा उडानको विमान पनि काठमाडौं फर्किएको छ। सोही एयरलाइन्सको काठमाडौंबाट सुर्खेत र भैरहवा उडेका दुवै विमान काठमाडौं फर्किएका छन्। बुद्ध एयरको काठमाडौं–नेपालगञ्ज उडानको विमान पनि काठमाडौं फर्किएको छ। काठमाडौंमा आज अपरान्हदेखि मौसम बदली भई हावाहुरीसहित वर्षा भएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बिहीबार साँझ काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा भएको विद्युत अवरोध लोडसेडिङ नभई प्राविधिक समस्या भएको बताएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङको हल्ला निराधार रहेको दाबी गरे ।
बिहीबार साँझ करिब साढे ६ बजेदेखि देशका विभिन्न क्षेत्रमा लामो समयसम्म विद्युत आपूर्ति बन्द भएको थियो । बारम्बार बत्ती आउने जाने समस्या देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्राधिकरणको चर्को आलोचना गरेका छन् । विशेषगरी प्राधिकरणको नेतृत्व परिवर्तनपछि अघोषित रूपमा लोडसेडिङ सुरु भएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।
यसैको जवाफ दिँदै प्रबन्ध निर्देशक शाक्यले सामाजिक सञ्जालमा चर्चा भएजस्तो लोडसेडिङ नभएको दाबी गरे । “यो कुनै लोडसेडिङ होइन । र, यस्तो खालको झ्याप्प झ्याप्प बत्ती बढी गयो, इन्भर्टर, ब्याट्रीको कुरा सोसल मिडियामा आएको छ । यो भ्रम र अफवाहमा विश्वास नगर्नुस्, यस्तो होइन । हामी अब यसको सुधार गर्नलाई हामी प्रयासरत छौँ ।”
शाक्यले बिहीबार काठमाडौँ उपत्यकामा खासै मौसमको खराबी नभए पनि अन्य क्षेत्रमा हावाहुरीका कारण प्रसारण लाइनमा समस्या आएको जानकारी दिए । उनका अनुसार ढल्केवर आसपासको हावाहुरीले १२-१३ ओटा प्रसारण लाइनमा क्षति पुगेको थियो । यसले गर्दा ढल्केवर-मुजफ्फरपुर ४०० केभी डबल सर्किट लाइनको दुवै सर्किटमा एकैसाथ समस्या आएको थियो ।
हाल नेपालमा १२ सयदेखि १३ सय मेगावाटसम्म विद्युत उत्पादन भइरहे पनि माग दुई हजार मेगावाटभन्दा बढी रहेकाले भारतबाट विद्युत आयात गर्नुपरेको शाक्यले बताए । बिहीबार भारतबाट आउने विद्युतमा समस्या आउनासाथ आफू स्यूचाटारस्थित विद्युत प्रणाली सञ्चालन विभाग पुगेको उनले जानकारी दिए । आन्तरिक उत्पादनबाट काठमाडौँमा विद्युत आपूर्ति गर्न खोज्दा स्टेसनले भार धान्न नसकेको उनको भनाइ थियो ।
उनका अनुसार बेलुका ८ बजेतिर ढल्केवर-मुजफ्फरपुर ४०० केभी लाइनको समस्या समाधान भएर सर्किट-२ सञ्चालनमा आएको थियो । तर, ढल्केवर पश्चिमका १३२ तथा अन्य ३३ र ११ केभी लाइनमा रुख ढलेर पोल तथा कन्डक्टरमा क्षति पुगेका कारण सबै क्षेत्रमा एकै समयमा बिजुली पुर्याउन नसकिएकाले बत्ती झ्याप्प झ्याप्प जाने समस्या भएको उनले बताए ।
शाक्यले बिहीबारको घटनाले ढल्केवर लाइनको महत्त्व स्पष्ट पारेको बताए । “माघको मध्यदेखि जेठको मध्यसम्म नेपालमा कम विद्युत उत्पादन भएर भारतको विद्युतीय प्रसारण लाइनमा भर पर्दा पर्ने गरेको समस्यालाई उजागर गरेको छ,” उनले भने । तर जेठको मध्यबाट नेपालमा विद्युत उत्पादन बढ्ने भएकाले यस्तो समस्या कम हुने उनको अपेक्षा छ । यस्ता प्राविधिक कठिनाइ समाधानका लागि केही समय लाग्ने पनि उनले बताए ।
पछिल्लो अध्यावधिक: जेठ २, २०८२ १९:५२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ –परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सगरमाथा संवादमा सहभागीहरूले जलवायु परिवर्तनको विषयमा नेपालसँग आफ्नो प्रतिबद्धता जनाएको बताएकी छन्।
शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद २०२५ को उद्घाटन सत्रपछि पत्रकारसँग कुरा गर्दै मन्त्री राणाले सो कुरा बताएकी हुन्।
उनले उद्घाटन सत्रमा बोल्ने सहभागीहरूले जलवायु परिवर्तनको विषयमा नेपालको कुरामा समर्थन जनाएको बताइन्। नेपालले जलवायु सम्बन्धी विषय उठाउँदै आएको कुरामा सम्पूर्ण सहभागी देशहरू सकारात्मक रहेको बताउँदै उनले सबै सहभागीलाई धन्यवाद समेत दिइन्।
संवादको पहिलो दिन उद्घाटन सत्र र ‘जलवायु परिवर्तन, पर्वतहरू र मानव भविष्य’ विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न देशबाट आएका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए। कार्यक्रममा संयुक्त राष्ट्रसङ्घ (यूएन) का वर्तमान महासचिव एन्टोनियो गुटेरेसले आफ्नो भिडियो सन्देश पठाएका थिए।
त्यस्तै सो सत्रमा चीनबाट राष्ट्रिय जनकंग्रेसका स्थायी समिति उपाध्यक्ष सियाओ जिए, भारतबाट वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादव र कोप–२९ का अध्यक्ष एवं अजरबैजानका पारिस्थितिकी तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभले जलवायु परिवर्तनको विषयमा आफ्नो धारणा राखेका थिए।
त्यस्तै जापानकी विदेश मामिलाका लागि संसदीय उपमन्त्री इकुइना आक्किो, भारतका अतिरिक्त सचिव अमनदीप गर्ग, कतारका जलवायु परिवर्तनसम्बन्धी विशेष दूत एवम् विदेश मामिला मन्त्रीका उपमन्त्री बाडर ओमर अल दाफा, भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङ, बंगलादेशकी सामाजिक कल्याण मन्त्रालय तथा महिला तथा बालबालिका मामिला मन्त्रालयकी सल्लाहकार शर्मिन सोनेया मुर्शिद, बेलायतका संसदीय राज्यमन्त्री बारोनेस सुजन हेयम्यान, किर्गिस्तानका राष्ट्रपतिकी विशेष प्रतिनिधि दिनारा केमेलोभा, नेपालका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, नेपालका लागि ब्राजिकका राजदूत कार्लोस अल्बर्टो मिकाएल्सेन डेन हार्टोग, नेपालका लागि इजिप्टकी राजदूत नोहा हम्दी अहमद एलगेबाली, भारतका लागि ओमानका राजदूत इस्सा बिन सालेह अल शिबानी र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले जलवायु परिवर्तनसम्बन्धी आफ्नो धारणा राखेका थिए।
यो कार्यक्रममा जुन देशमा हिमाल छैन त्यो देशले पनि जलवायु परिवर्तनको विषयमा आफ्नो धारणा राखेका र त्यसका लागि सबै मिलेर साझा धारणा बनाएर अगाडि बढ्ने परराष्ट्रमन्त्री राणाले बताइन्। महासचिव गुटेरेसले हिमालय क्षेत्रमा भइरहेको असरका बारेमा आफ्नो धारणा राखेको बताउँदै मन्त्री आरजुले कार्यक्रम सफलताको कामना गरेको बताइन्।
कोपका अध्यक्ष मुख्तार बाबायेभलले आफूहरूको पूरै जीवन हिमालसँग जोडिएकोले यसको बारेमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखेको उनले बताइन्। अध्यक्ष मुख्तारले कोप २९ ले गर्दै आएको कामको बारेमा पनि जानकारी गराएका थिए।
आज ‘पर्वत भन्दा पर : पर्वतलाई समुद्रसँग जोड्दै’ भन्ने विषयमा विभिन्न प्यानलमा छलफल भइसकेको छ। त्यस्तै हिमनदी संरक्षणका लागि १.५ डिग्री लक्ष्यको आवश्यकताका विषयमा समेत छलफल भइरहेको छ।
साथै पर्वतलाई टापुहरूसँग जोड्दै, खाद्य सुरक्षा र जलवायु प्रतिरोधी कृषि (फुड सेक्युरिटी एन्ड क्लाइमेट चेन्ज रेसिलेन्ट एग्रिकल्चर) र पर्वतीय क्षेत्रका समुदायको नेतृत्वमा आधारित जलवायु पहलहरू विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ