२०८२ आश्विन ४ शनिबार
२०८२ आश्विन ४ शनिबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर उपचार क्षेत्रमा सहकार्यका लागि स्वीट्जरल्याण्डका स्वास्थ्य क्षेत्रमा सक्रिय विज्ञसँग अन्र्तक्रिया गरेका छन्।

युरोपमा क्रियाशिल नेपाली स्वास्थ्यकर्मीको समाजद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले क्यान्सर उपचार तथा अनुसन्धानका क्षेत्रमा क्रियाशिल स्वीस विज्ञहरुसँग क्यान्सरको उपचारका क्षेत्रमा नेपालले गरिरहेका प्रयास तथा त्यसमा सहकार्यका क्षेत्रबारे कुराकानी गरेका हुन्।

मन्त्री पौडेलले नेपालमा क्यान्सर प्रमुख स्वास्थ्य चुनौती बनिरहेको भन्दै यससँग जुध्नका लागि नेपालले उपचार सुधार तथा रोग लाग्न नदिन देशव्यापी परीक्षण अभियान र खोप कार्यक्रम सञ्चालन गरिरहेको बताए।

मन्त्री पौडेलले बाल क्यान्सरको निःशुल्क उपचार, किशोरीहरुविरुद्ध राष्ट्रव्यापी खोप अभियान तथा क्यान्सर सेवा प्रादेशिक अस्पतालहरुमा विस्तार लगायत कामले क्यान्सरका क्षेत्रमा सकारात्मक नतिजा ल्याउने उल्लेख गर्दै जटिल दीर्घरोगीहरुको स्याहारका लागि रणनीतिसमेत लागु गरेको बताए।

उनले स्वीट्जरल्याण्ड र युरोपबाट नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य भैरहेको भन्दै आभार प्रकट गरे।

बनै विश्वविद्यालयको हाइपरर्थमिया युनिटका प्रमुख डा. इममानुयल स्टुट्जले क्यान्सर उपचारका क्षेत्रमा धेरै सुधार भैरहेको भन्दै कम लागतमा छोटो समयमा प्रभावकारी उपचार सेवा प्राप्त गर्न सकिने भन्दै नेपालमा समेत यस्तो प्रविधि प्रसार गर्न सकिने बताए।

बर्न विश्वविद्यालयको प्रशामक सेवा सह निर्देशक डा. मोनिका फ्लेडरले क्यान्सर उपचारमा प्रशामक सेवाको महत्वपूर्ण योगदान हुने भन्दै नेपालमा समेत यस्तो सुविधा विस्तार हुन लागेको खबर सकारात्मक भएको बताइन्।

सहयोगी संस्था चाए या स्वीट्जरल्याण्डका करिन गसरले संस्थाका तर्फबाट नेपालमा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहयोग भैरहेको बताए।

कार्यक्रमको आयोजक युरोपमा क्रियाशिल नेपाली स्वास्थ्यकर्मीहरुको समाजका अध्यक्ष डा. विनय श्रेष्ठले मन्त्रालयले डायस्पोरामा रहेका नेपाली स्वास्थ्यकर्मीहरूलाई देशससँग जोड्न नेपाल हेल्थ कन्क्लेभले योगदान दिएको बताए।

उनले नेपालको स्वास्थ्य सुधारमा मन्त्री पौडेलले सकारात्मक प्रयासहरु गरेको भन्दै चिकित्सकको हकहितका पक्षमा लिएको अडानको सराहना गरे। उनले स्वीट्जरल्याण्ड तथा युरोपसँग नेपालले स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सक्ने भन्दै आफूहरूले यसमा सहजीकरण गर्ने बताए।जेनेभास्थित नेपाली राजदूत रामप्रसाद सुवेदीसमेत सहभागी कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु, युरोपमा क्रियाशिल नेपाली चिकित्सकहरु, गैरआवासीय नेपाली संघका पदाधिकारीहरु लगायत सहभागी थिए।


सामाग्री श्रोत :

क्यान्सरको उपचारबारे स्वीस विज्ञसँग स्वास्थ्य मन्त्रीको अन्तरक्रिया

काठमाडौँ–परराष्ट्र सचिव अमृतबहादुर राईले नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमार्फत हिमालका विषय उजागर गर्न सफल भएको बताएका छन्।

संवादको समापनपछि आज आयोजित पत्रकार सम्मेलनमा उनले संवादबाट नेपालले विश्वमा आफ्नो छवि थप उचाइ पुर्‍याउन, जलवायु चुनौती र भइरहेका विषयलाई थप उजागर गर्ने सन्दर्भमा सफलता प्राप्त भएको बताएका हुन्।

 उनले भने, “संवादमा हिमालका विषय उजागर गरिएका छन्, यी हिमाली क्षेत्रको मात्र नभई टापुसम्मको चासोका विषय हुन्।”

Ncell 2
Ncell 2

जलवायुका विषयमा क्षेत्रीय र विश्वव्यापी रूपमा साझेदारीका साथ अघि बढ्ने विषयमा संवादमा छलफल भएको बताउँदै सचिव राईले अतिकम विकसित र विकासोन्मुख मुलुकलाई विकसित राष्ट्रले गर्नुपर्ने सहयोग र सहकार्यका सम्बन्धमा बृहत र उपलब्धिमूलक छलफल भएको उल्लेख गरे।

त्यस्ता मुलुकले पेरिस सम्झौता र आफ्ना राष्ट्रिय निर्धारित योगदानका लक्ष्य कार्यान्वयन गर्न नसक्ने सम्बन्धमा विश्वको ध्यानाकर्षण गराउन संवाद सफल भएको उनको भनाइ छ। उनले जलवायुका समस्या समाधानमा विश्वव्यापी साझदारीका साथ सहभागी सबैले  प्रतिबद्धता व्यक्त गर्नुभएको उल्लेख गरे।

shivam cement
shivam cement

यही जेठ २ गतेदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रम आज सम्पन्न भएको हो। आजसम्म भएका संवादमा उद्घाटन समारोहदेखि १२ वटा समानान्तर सत्रहरू, अतिरिक्त सत्रहरू तथा विश्वव्यापी एवं क्षेत्रीय साझेदारीसम्बन्धी गोलमेच बैठक सम्पन्न भएका छन्।

सचिव राईले संवादका सन्देश र निष्कर्ष यही महिनाको अन्त्यमा ताजिकिस्तानमा हुने हिमनदी संरक्षण सम्मेलनमा, जुलाइमा हुने संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्चमा, सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा र ब्राजिलमा हुने कोप–३० लगायत क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा लैजाने बताए। संवादका क्रममा व्यक्त भएका विचार, सुझाव तथा गहन दृष्टिकोणलाई समेटेर ‘सगरमाथा कार्य आह्वान’जारी गरिएको उनले जानकारी दिएका छन्। 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । आईटी प्लाजा महोत्सवले बम्पर पुरस्कार विजेताहरूको घोषणा गर्दै यस वर्षको संस्करण सम्पन्न गरेको छ। लक्की ड्रमार्फत दुई जना सहभागीले ल्यापटप जितेका छन्।

पहिलो बम्पर पुरस्कार काशिश रावल ले जितेकी छन्। उनले कुपन नम्बर ०९३ मार्फत एसर निट्रो भी१५ (Acer Nitro V15) ल्यापटप प्राप्त गरेकी हुन्। यो पुरस्कार महोत्सव अवधिमा सामान तथा एसेसोरी खरिद गर्ने ग्राहकहरूका बीचबाट चयन गरिएको थियो।

त्यस्तै, दोस्रो बम्पर पुरस्कार भक्तपुर मल्टिपल कलेजका विद्यार्थी सयुज ढकाल ले जितेका छन्। उनले कुपन नम्बर २३७५ मार्फत एसर अस्पाएर लाइट (Acer Aspire Lite) ल्यापटप प्राप्त गरेका हुन्। विद्यार्थीहरूका लागि छुट्टै रूपमा राखिएको उक्त ड्रमा सहभागी हुन खरिद आवश्यक थिएन, केवल आफ्नो कुपन ड्रप बक्समा हाल्नुपर्थ्यो।

आईटी प्लाजा टोलीले दुबै विजेता व्यक्तिहरूलाई बधाई दिँदै सबै सहभागीहरूलाई धन्यवाद दिएको छ। आयोजकले महोत्सव आगामी वर्ष पुनः आयोजना गर्ने जानकारी समेत दिएका छन्, जहाँ अझ बढी अफर, रमाइलो र पुरस्कार रहने बताइएको छ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ १६:५७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी गैरकानुनी रूपमा माछापोखरी निर्माण गरिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले ५६ करोड ७१ लाखभन्दा बढीको बिगो दाबी गर्दै संलग्नहरूलाई कैद, जरिवाना र विगो असुलको माग गर्दै आरोपपत्र पेश गरेको हो।

सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार, सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नं. ४ र १२ मा सागरनाथ वन विकास परियोजनाको मुर्तिया वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिट्टी, बालुवा तथा माटो जथाभावी उत्खनन गरिएको र त्यसपछि माछापोखरी निर्माणका नाममा संघीय तथा प्रदेश सरकारको करोडौं रकम खर्च गरिएको उल्लेख गरिएको छ।

अख्तियारको अनुसन्धानमा वन क्षेत्रभित्र संरचना निर्माण गर्दा आवश्यक कानूनी प्रक्रिया र वातावरणीय अध्ययनको पालना नगरी अनियमित रूपमा विकास आयोजना सञ्चालन गरिएको पाइएको छ। आयोगले यो कार्यले सरकारी सम्पत्तिलाई प्रत्यक्ष हानी पुर्‍याएको र भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दण्डनीय अपराध भएको ठहर गरेको छ।

आरोपितहरु विजय कुमार, तत्कालीन मधेश प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रीलाई २९ करोड ९९ लाख ८६ हजारको बिगो, भरत कुमार थापा, तत्कालीन नगरप्रमुख, बागमती नगरपालिका ५६ करोड ७१ लाख ७ हजार, लीला कुमारी मुक्तान, तत्कालीन उपप्रमुख – सोही बिगो, बिमल कुमार पोखरेल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत – सोही बिगो , गोकुल भुजेल, तत्कालीन कानुन अधिकृत, मधेश प्रदेश – २९ करोड ९९ लाख ८६ हजार, निरन्जन लामीछाने, तत्कालीन इन्जिनियर – १० करोड १४ लाख ९५ हजार, सागर पौडेल, तत्कालीन इन्जिनियर – ४६ करोड ५६ लाख १२ हजार र विश्वराज पोखरेल, तत्कालीन लेखा अधिकृत – ५६ करोड ३ लाख ३४ हजार बिगो रकम देखाइएको छ।

अख्तियारले सो परियोजनामा कुनै वातावरणीय अध्ययन, लागत योजना, वा कानूनी अनुमतिबिना कार्य सञ्चालन गरिएको, अनुदान रकमको दुरुपयोग गरिएको, र निर्माण कार्यमा बदनियत देखिएको निष्कर्ष निकाल्दै दोषीमाथि भ्रष्टाचार निवारण ऐनको दफा १७ तथा अन्य प्रावधानअनुसार कारबाहीको माग गरेको हो।

आयोगले आरोपित सबैलाई कैद सजाय, बिगो बराबर जरिवाना, विगो असुल उपर गर्ने र सार्वजनिक पदमा रहेकाहरूमाथि थप कडा सजायको माग समेत गरेको छ।


सामाग्री श्रोत :

सागरनाथ वन क्षेत्र अतिक्रमण प्रकरणमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गण्डकी–गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ। 

प्रदेश प्रमुख डिल्लीराज भट्टले यही जेठ ११ गते दिउँसो २.०० बजेदेखि सुरु हुनेगरी प्रदेशसभा बैठक आह्वान गरेका हुन्। 

Ncell 2
Ncell 2

प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते आइतबार दिउँसो २.०० बजेदेखि प्रदेशसभा भवनमा बैठक आरम्भ हुनेगरी आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१सर्वसम्मत रुपमा पारित गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विधेयकलाई पारित गरियोस्’ भन्ने  प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्ताव सर्वसम्मत पारित भएको हो।

प्रस्ताव पास भएसँगै सुदूरपश्चिममा चिकित्सा शिक्षा र सेवाको पहुँच वृद्धि हुने अपेक्षा गरिएको छ।

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । ‘डिजिटल नेपाल फ्रेमवर्क २.०’ कार्यान्वयनमा सरकार गम्भिर नभएको भन्दै नीजि क्षेत्रले गुनासो पोखेका छन् । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क २.०: कार्यान्वयन सरोकारवालासँग छलफल’ कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सरकारप्रति असन्तुष्टि पोखेका हुन् । कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले भने सरकारले डिजिटल नेपालको सपनालाई पूरा गर्न हर प्रयासहरू गरिरहेको बताए । उनले भने, “हामी डिजिटल रुपान्तरणका लागि हरसम्भव रुपमा लागिरहेका छौं । तर मन्त्रालयकै कर्मचारीहरूबाट असहयोग भइरहेको छ । एउटा ड्राफ्ट तयार गर्नै ३ महिना लगाइदिन्छ अनि घुमाको घुमाकै गरेर समय र स्वामित्व सबै सत्यानाश भइरहेको छ ।” 

आफूले मन्त्रीको शपथ खाने बेलामा नै प्रधानमन्त्रीले दुईओटा काम प्रविधि क्षेत्रमा नगरी नहुने सम्झाएको भन्दै उनले साइबर सुरक्षा कानुन र  डिजिटल संरचनामा बनाउन सरकार लागि परेको बताए ।  

कार्यक्रममा क्यान महासंघले आईसिटी नीति निर्माता, आईटी सल्लाहकार,  एसियाली विकास बैंक,  वर्ल्ड बैंक, प्रधानमन्त्रीका आईटी सल्लाहकार, डेटा सेन्टरका अनुसन्धानकर्ता,  नेपाल चेम्बर अफ कमर्सका सरोकारवालाहरूसँग छलफल पनि आयोजना गरेको थियो । सरोकारवालाहरूले डिजिटल नेपाल फ्रेमवर्क २.० का आधारभूत पक्षहरूलाई समेट्दै विश्वव्यापी रुपमा प्रयोगमा आउन सक्ने खालको नयाँ तरिकाबाट काम सुरू गर्नुपर्नेमा जोड दिएका छन् । छलफलमा  निजी क्षेत्रले डिजिटल नेपाल फ्रेमवर्क २.० लाई सरकारले अब राजनीतिक मुद्दा मात्रै बनाइ कार्यान्वयनमा लैजानुपर्ने माग गरे । नेपाल चेम्बर अफ कमर्सका सूचना प्रविधि अध्यक्ष विज्ञा श्रेष्ठले बजेटमा आईटी क्षेत्रमा लागेका युवाहरूलाई प्रोत्साहन गर्न पनि करको दायरा घटाउनुपर्नेमा जोड दिए । 

यस्तै एसियाली विकास बैंकमा काम गर्दै आएकी अमृता शर्माले नेपालले कागजमा डिजिटल नेपालको फ्रेमवर्कमा असल काम गरेको देखाए पनि व्यवहारमा भने निक्कै पछाडि परेको तितो यथार्थ सुनाइन्। “हामीले डिजिटल नेपाल ल्याएको २०१९ मा हो। जसरी कागजमा काम गरेको भनेर देखाइएको छ। व्यवहारमा डिजिटल नेपालको काम त्यो गतिमा हुन सकेको छैन। हामीले अझै धेरै गर्नुपर्नेछ,”  उनले भनिन् । उनले नेपालले छिमेकी देशबाट पनि सिक्न नसकेको गुनासो गर्दै अब त्यो पनि समय नरहेको बताइन् । 

त्यसैगरी विश्व बैंकका रूचि पाण्डेले डिजिटल नेपाल बनाउन डिजिटल लिटरेसी र डिजिटल कनेक्सनमा ध्यान दिनुपर्ने बताइन् । यस्तै डेटा सेन्टरका अनुसन्धानकर्ता प्रदीप लामिछानेले डिजिटल नेपाल को फ्रेमवर्कमा सरकारभन्दा धेरै निजी क्षेत्रले काम गरेको दाबी गर्दै भने, “यो डिजिटल नेपाल फ्रेमवर्कमा सरकारले कुनै काम गरेको छैन। यसमा त बरु निजी क्षेत्रका हामी जस्ताले काम गरेर खाका तयार गरेका हौं। हाम्रा अनुसन्धानकर्ताहरूले बसेर यो सबै कन्सेप्ट तयार गरेका हौं।” 

उनले प्रविधिमा लाग्न चाहने युवाहरूलाई सरकारले कुनै पनि सहयोग नगरेको जिकिर गरे । प्रविधि कम्पनी खोल्ने युवाहरूलाई त झन सरकारले छानी-छानी कर लादेको गुनासो गरे । “यहाँ उद्योगीहरूलाई बिजुलीमा राहत दिइन्छ। तर कुनै युवाले प्रविधि कम्पनी खोलोस् त सरकारले करमाथि कर लगाएर राजश्व असुल्छ । अनि युवा भाग्दैन त विदेश ?” उनले भने । 

उनले आफ्नो कम्पनीले अहिले एआईको जीपीयू बनाएर अमेरिकामा बेचिरहेको तर नेपालमै कसैले नकिनिदिएको गुनासो गरे । “मेरो कम्पनीले एआई बनाएर अमेरिकालाई १६ सय डलरमा बेचिरहेका छौं। तर नेपालीलाई चार सय डलरमा दिँदा पनि किनिदिउको अवस्था छैन। अब तपाई आफै भन्नुस् नेपाल कहाँ छ ?” उनले प्रविधिमा नेपालमा युवाहरू धेरै स्मार्ट भए पनि सरकारले लगानीको वातावरण नबनाइदिएका कारण विदेशिनुपरेको जिकिर गरे । 

सूचना प्रविधि विभागका निर्देशक रमेश शर्मा पौडेलले यसपटकको डिजिटल नेपाल फ्रेमवर्कमा सबै क्षेत्रलाई समेट्नेगरी कार्यक्रम ल्याएको बताए । “हामीले कोही नछुटुन भनेर सबै क्षेत्रलाई जोड्ने गरी र प्रविधिमा पहुँच पुर्‍याउने गरी काम गरिरहेका छौं। कुनै क्षेत्र छुटेमा हामीलाई सुझाव दिन सक्नुहुनेछ।” उनले भने । 

यस्तै प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीले सरकारले डिजिटल फ्रेमवर्कलाई कार्यान्वयन गराउन नागरिक एपमार्फत सबैलाई जोडिरहेको दाबी गरे । उनले भने, “हामीले जनताको हातहातमा नागरिक एपको पहुँच पुर्याएका छौं। यसले पक्कै पनि डिजिटल नेपालमा केही राहत दिन्छ।”

कार्यक्रममा क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे घिमिरेले सरकारले अवसर दिए निजी क्षेत्र, क्यान महासंघ मिलेर प्रविधिको क्षेत्रका हरेक काम गर्न तयार रहेको बताइन् । 

क्यान महासंघका उपाध्यक्ष तथा नेपालको अग्रणी साइबर सुरक्षा कम्पनी वन कभर प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवी अधिकारीले यस महत्वाकांक्षी फ्रेमवर्कको बारेमा विस्तृत जानकारी गराए । उनले भने, “डिजिटल नेपाल फ्रेमवर्क २.० ले नेपालको डिजिटल परिदृश्यमा क्रान्तिकारी परिवर्तन ल्याउने लक्ष्य राखेको छ। यो २०१९ मा सुरु भएको डिजिटल नेपाल १.० को जगले अब नयाँ भर्सनमा पनि उद्यमशीलतालाई बढावा दिने, सरकारी सेवालाई अझ सहज बनाउने र डिजिटल प्रविधिको माध्यमबाट नागरिकलाई सशक्त बनाउने उद्देश्य राखेको छ।”

प्रविधिहरूको प्रयोग, कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन, इन्टरनेट अफ थिङ्स (आईओटी) र वास्तविकतामा वृद्धि (एआर) जस्ता नवीनतम प्रविधिहरूलाई सार्वजनिक र निजी क्षेत्रमा समाहित गर्नुपर्नेमा उनको जोड थियो । साथै, डिजिटल सरकारी सेवा, एकीकृत नागरिक सेवा पोर्टल र ई-गभर्नेन्सको माध्यमबाट सरकारी सेवालाई अझ छिटो, छरितो र पारदर्शी बनाउनुपर्ने बेला आइसकेको उनले बताए । अब पनि डिजिटल नेपाल फ्रेमवर्क जनतासँग नजोडिए यो केवल एउटा ‘मन्त्रालयको डकुमेन्ट’ मात्र बन्न सक्ने उनको भनाइ थियो ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ १५:४६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । जापानको एउटा अचम्मलाग्दो घटना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जब कुनै प्रियजनको मृत्यु हुन्छ, प्रत्येक व्यक्तिको पहिलो प्रयास उसलाई सम्मानजनक बिदाई दिने हुन्छ, तर एक छोराले आफ्नो बुबाको अन्तिम संस्कार गरेनन् । यी छोराले आफ्नो बुबाको लाशलाई दुई वर्षसम्म दराजमा लुकाएर राखे ।

इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार ५६ वर्षीया नोबुहिको सुजुकी टोकियोमा चिनियाँ रेस्टुरेन्ट चलाउँथे। उनको पसल केही दिनदेखि बन्द थियो जसका कारण त्यस क्षेत्रका मानिसहरू समस्यामा परेका थिए। बिस्तारै यो कुरा प्रहरीसम्म पुग्यो।

जब प्रहरी उनको घरमा पुग्यो उनीहरू त्यहाँको दृश्य देखेर छक्क परे। सुजुकीको बुबाको कंकाल घरको एउटा दराजमा लुकाइएको थियो। अनुसन्धानबाट खुलेअनुसार उनको बुबाको ८६ वर्षको उमेरमा जनवरी २०२३ मा मृत्यु भएको थियो। टोकियो प्रहरीले नोबुहिको सुजुकीलाई पक्राउ गरेको छ।

प्रहरीको सेधपुछमा सुजुकीले आफ्नो बुबाको आकस्मिक मृत्युपछि आर्थिक अभावका कारण अन्त्येष्टि खर्च वहन गर्न नसकेको बताए । महँगो अन्त्येष्टिबाट बच्न उनी आफ्नो बुबाको शवलाई दराजमा लुकाउन बाध्य भए। यो एकदमै असहाय र दुःखद निर्णय थियो जुन उनले परिस्थितिबाट पराजित भएपछि लिएका थिए।

यो घटनाले जापानमा अन्त्येष्टिको ठूलो लागत मात्र नभइ त्यहाँ बढ्दो सामाजिक एक्लोपनको गम्भीर समस्यालाई पनि बाहिर ल्याएको छ। इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार जापानमा औसतमा अन्त्येष्टिमा १३ लाख येन (लगभग १३ लाख रुपैयाँ) सम्म खर्च हुन्छ। यो रकम धेरै परिवारहरूको पहुँचभन्दा बाहिर छ, विशेष गरी जो एक्लै बस्छन् वा गरिब छन्।

जापानका अधिकांश मानिसहरूले बौद्ध अन्त्येष्टि संस्कार पालना गर्छन् जसमा दाहसंस्कार, मन्दिर सेवा, पुजारी प्रार्थना र फूलहरूको व्यवस्था र सजावट समावेश छ। कफिन र कलशको मूल्य लाखौं येन हुन सक्छ। यही कारणले गर्दा धेरै मानिसहरूले यो प्रक्रियालाई सामाजिक र आर्थिक बोझको रूपमा हेर्न थालेका छन्।


सामाग्री श्रोत :

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

काठमाडौं–अघिल्लो साताभर गिरावट भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साताको पहिलो कारोबार दिन आइतबार गिरावट आएको छ। यो लगातार सातौँ कारोबार दिनको गिरावट हो।

अघिल्लो साताभर ४४ अंकले गिरावट आएको नेप्से आइतबार ३.७७ अंकले गिरावट आएको हो। योसँगै नेप्से २६०८ विन्दुमा कायम भएको छ।

Ncell 2
Ncell 2

नेप्सेमा आइतबार भएको कारोबारमध्ये १०० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। १४५ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा एक कम्पनीको मूल्य स्थिर भएको छ। कारोबारका आधारमा आज आठ अर्ब ५० करोडको सेयर कारोबार भएको छ।

shivam cement
shivam cement

आज कारोबार भएकामध्ये ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड कम्पनी र छ्याङ्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य ८.५२ प्रतिशतले बढेको छ।

यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको भन्दै यसको निरन्तरताका लागि संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय दातृ निकायसँग आग्रह गरेका छन्।


स्वीट्जरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनको ७८ औं सभा शुरु हुनुपूर्व आयोजित मन्त्रीस्तरीय गोलमेचमा सहभागी हुँदै मन्त्री पौडेलले सहयोग कटौतीले चुनौती सिर्जना गरेको बताए।


वैदेशिक विकास सहायताको कटौतीले मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा तथा स्वास्थ्यका क्षेत्रमा पर्ने प्रभाव र प्रतिक्रिया विषयक मन्त्रीस्तरीय गोलमेचमा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले नेपाल निम्न तथा मध्य आय भएका राष्ट्रहरुको सूचीमा स्तरोन्नतीका लागि अघि बढेकाले विकास सहायता अझ कम हुँदा प्रमुख स्वास्थ्य सेवा प्रभावित हुनसक्ने देखिएको बताए।प्रजनन उमेरका करिब ५० लाख महिलाले पाइरहेको महत्वपूर्ण सेवा तथा ५ वर्ष मुनिका १५ लाख बालबालिका पोषण कार्यक्रममा सहयोग रोकिएकाले चुनौती देखिएको मन्त्री पौडेलले बताए । उनले ३५ लाख वयस्कले प्रजनन शिक्षा तथा सेवामा समेत सहयोग कटौतीले प्रभाव पर्ने बताए।


‘प्राथमिकता परिवर्तन भएका कारण अन्य द्विपक्षीय तथा बहुपक्षीय कटौतीले नेपालका मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन कार्यक्रम जस्ता प्रमुख स्वास्थ्य कार्यक्रमहरु प्रभावित हुने देखिएको छ,’ मन्त्री पौडेलले भने, ‘समस्यासँग जुध्न नेपालले यी क्षेत्रमा आन्तरिक बजेट वृद्धि गरेको छ।’


सहयोग र बजेट कटौतीका बावजुद नेपालले आन्तरिक श्रोतबाट लगानी बढाउने प्रयास गरेको भन्दै मन्त्री पौडेलले तर पनि घट्दो स्वास्थ्य बजेट चुनौतीका रुपमा रहेको बताए ।


मन्त्री पौडेलले विश्वका अल्पविकसित देशहरु सहयोग कटौतीको मारमा परेको भन्दै स्वास्थ्य चुनौती सामाना गर्नका लागि राष्ट्रसंघ तथा दातृ निकायहरुले दिगो आर्थिक तथा प्राविधिक सहयोगमा जोड दिनुपर्ने उल्लेख गरे ।मन्त्री पौडेलले बैठकमा नेपालले मातृ शिशु स्वास्थ्यका क्षेत्रमा प्राप्त गरेको सफलताबारे प्रस्तुती समेत राखेका थिए । नेपालले सन् २०२३ मा मातृ मृत्युदर प्रति एक लाख जन्ममा हुने मृत्युदर सन् २००० को तुलनामा ७१ प्रतिशतले गिरावट ल्याएको तथ्यांक प्रस्तुत गर्दै मन्त्री पौडेलले सुधार जारी रहेमा सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्ने विश्वास गरे ।


स्वीट्जरल्याण्डको जेनेभामा रहेका मन्त्री पौडेलले भोलीबाट शुरु हुने सभाको मुख्य कार्यक्रममा सम्बोधन गर्दैछन् । यसैगरी, विभिन्न राष्ट्रका स्वास्थ्य मन्त्रीहरु तथा स्वास्थ्य सम्बद्ध अधिकारीहरुसँग भेटवार्ता गर्ने मन्त्री पौडेलले युरोपका नेपाली चिकित्सक समुदायसँगसमेत अन्र्तक्रिया गर्ने कार्यक्रम छ ।

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट