२०८२ आश्विन ४ शनिबार
LATEST NEWS
२०८२ आश्विन ४ शनिबार

गोरखा । दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन्। तीस वर्षीया उनीसँगै छरछिमेकका अन्य छोरी बुहारी पनि एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन्। बारपाक सुलिकोट गाउँपालिका–२ दलितबस्तीका महिला यसरी बिहान झिसमिसेमा र मध्यरातमा शौचालय धाउनुपर्ने कारण शौचालय अभावले हो। यहाँ २१ परिवारका लागि एउटमा मात्र शौचालय छ।

बारपाकको पुछारमा रहेको दलितबस्ती हरेक हिसाबले पिछडिएको छ। वि.सं. २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पपछि हालसम्म पनि यहाँका बासिन्दा अझै त्रिपालमुनि बास बस्दै आएका छन्। दलितबस्तीमा मुख्य समस्या शौचालयको रहेको छ। एक्कास घरधुरी रहेको दलितबस्तीमा जम्मा एउटा मात्र शौचालय छ। त्यो पनि जीर्ण अवस्थामा छ। राम्रोसँग ढोका पनि लाग्दैन।

सिङ्गो दलितबस्तीलाई शौचालयको समस्याले पिरोलेको स्थानीय दिपासा विक बताउँछिन्। ‘सरकारले हामीलाई घर बनाइदिन्छौँ, जग्गा दिन्छौँ भनेर १० वर्षअघि यहाँ ल्यायो। हामीले हाम्रो पुरानो घरघडेरीको लालपूर्जा सरकारलाई दिइसक्यौँ तर, के गर्नु अहिलेसम्म घर त के, गतिलो शौचालय पनि बनाउन सकेको छैन’, उनले भनिन्, ‘हामी अहिले सरकारी जग्गामा बस्दै आएका छौँ। आफ्नो हिसावले शौचालय बनाउन सक्दैनौँ। एक त ठाउँ नै छैन। अर्को कुरा, आफ्नो हिसाबले बनायो भने भोलि भत्काउनु पो पर्छ कि जस्तो लाग्छ।’

शौचालय नहुँदा विषेशगरी यहाँका महिला तथा किशोरीहरु समस्यामा छन्। १६ वर्षीया अमृता विकले घरैपिच्छे शौचालय नहुँदा धेरै दुःख सहनु परेको गुनासो गरिन्। उनी भन्छिन्, ‘सबैभन्दा धेरै समस्या महिनावारीको समयमा हुन्छ। एउटा मात्र शौचालय छ, बिहान बेलुका धुँइचो लाग्छ।’ व्यवस्थित शौचालय नहुँदा बस्तीका बासिन्दा खुल्ला रुपमा दिसापिसाव गर्न बाध्य रहेका उनको भनाइ छ।

यतिधेरै परिवारका व्यक्तिहरुले एउटै शौचालय प्रयोग गर्दा बस्तीमा विभिन्न सरुवा रोगहरु समेत फैलिने डर छ। स्थानीय मङ्गलबहादुर सुनारका अनुसार बस्तीमा समय समयमा हैजा, ज्वरो, झाडा पखाला, रुघा खोकी लगायतका सरुवा रोगहरु फैलिरहन्छन्। ‘सबैले एउटै शौचालय प्रयोग गर्दा गर्मी समयमा बढी जोखिम हुन्छ’, उनले भने।

कोभिड महामारीको समयमा यो बस्तीका पाँच जनाको मृत्यु भएको थियो। साथै, समय समयमा बस्तीका बालबालिका तथा वृद्धवृद्धाको विभिन्न सरुवा रोगका कारण मृत्यु हुने गरेको सुनार बताउँछन्।

आफूहरु फोहोर मैलामा बसेका कारण सामाजिक रुपमा अपहेलित हुनु परेको स्थानीय ५७ वर्षीया मैती सुनार बताउँछन्। सरकारी स्वामित्वमा रहेको उक्त दलित बस्तीमा सबैजसो पुग्दैनन्। सरकारी निकाय बारपाकसम्म पुग्छ, तर त्यही मुनि खोल्साको छेउको दलित बस्तीमा भने कोही पुग्दैनन्।

वि.सं. २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दू भएर गएको ७.८ रेक्टरको भूकम्पले यहाँका एघार सय घरधुरी प्रभावित बनेका थिए। गाउँमा ७२ जनाको मृत्यु भयो। बाँचेकाहरु महिना दिनसम्म चौर र बारीका गरामा बास बसे। डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ घरधुरी विक समुदाय कृषि र पशु कार्यालयको नाउँमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे। चौध परिवार फेरि आ–आफ्नै थातथलोमा फर्किए।

डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिरिएर राङरुङखोलासम्म पुग्यो। फर्किन सक्ने अबस्था नभएपछि उनीहरुले आफ्नो घरघडेरीको लालपूर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले। पहल गरेको १० वर्ष बितिसक्दा पनि अझै सफल हुन सकेको छैनन्। राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवा सुविधा दिइन्छ, तर भूकम्पको केन्द्रविन्दू बारपाककै दलित समुदायको भने भूकम्प गएको पहिलो दिनदेखि १० वर्ष बितिसक्दासम्म टहरोकै बास छ।

यहाँका दलित समुदायका अगुवा सुकबहादुर विक दलित समुदायलाई बास माग्दै ८६ पटक सिंहदरबार धाएको बताउँछन्। उनी भन्छन्, ‘तर, यो दलित बस्तीलाई पुनःस्थापना गर्न दौडधुप गर्न थालेको १० वर्षसम्म भइसक्यो, केही प्रगति भएको छैन। एउटा पार्टी सरकारमा आउँदा जिल्लासम्म पत्राचार गर्छ। फेरि अर्को पार्टीको सरकार आउँछ, अनि सबै फाइल गायब हुन्छन्।’

पूर्वसहमतिअनुसार यहाँको छ रोपनी १० आना जग्गा २१ घरधुरीका नाममा लालपूर्जा दिनुपर्ने अर्का अगुवा उत्तम विक बताउँछन्। बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट सो जग्गा दलित समुदायको नाममा दिलाउन जति प्रयास गर्दा पनि नसकेकाले कुनै वैकल्पिक ठाउँमा व्यवस्था गर्न बरु सजिलो हुने बताउँछन्। रासस


सामाग्री श्रोत :

एक्काइस परिवारका लागि एउटा मात्रै शौचालय

काठमाडौं । मौसम अनुकूल भएसँगै आज एकैदिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ। सगरमाथाको आधारशिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले आज धेरै आरोहीले सगरमाथा चढेका हुन्। सोमबार पनि धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनामा रहेको जनाइएको छ।

विभागका निर्देशक हिमाल गौतमले भने, ‘मे १८ तारिखका दिन ‘म्याक्सिमम समिट प्लान’ थियो। त्यसैले धेरै सङ्ख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन्। सगरमाथा आरोहणको सुरुका केही दिन आरोहण अवरुद्ध भएपनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका छन्।’

निर्देशक गौतमले हालसम्म २०० भन्दाबढीले सगरमाथा आरोहण गरेको र भोलि सोमबार पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेको जानकारी दिए।

फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

फोटो पत्रकारसमेत रहेकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले पाँचौँ पटक सगरमाथा आरोहण गरेकी छन्। श्रेष्ठले आज बिहान सगरमाथाको चुचुरोमा पाँचौँ पटक पुगेको सतोरी एडभेन्चर प्रालिले जनाएको छ। श्रेष्ठले गत वर्ष एउटै याममा तीन पटक सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी थिइन्।

गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन्। विभागको तथ्यांकअनुसार वसन्त ऋुतमा हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। रासस


सामाग्री श्रोत :

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा

धरान (सुनसरी) ।  यहाँको बराहक्षेत्र नगरपालिका–१ खारखोलामा अफ्रिकन स्वाइन फिभर फैलिँदा ३१ बङ्गुर मरेका छन् भने ६० भन्दाबढी सङ्क्रमित भएका छन्।

नगरपालिकाको पशु शाखा प्रमुख विमल अधिकारीका अनुसार, सङ्क्रमण बराहक्षेत्र नगरपालिका–१ का कुमार विकको फार्मबाट सुरु भई अन्य किसान कृष्ण भुजेल र सुभा श्रेष्ठको बङ्गुर फार्मसमेतमा फैलिएको हो।

सङ्क्रमण नियन्त्रण गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी र पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरको टोली खटिएका छन्। उनका अनुसार, औषधि, मल्टी भिटामिन र एन्टिबायोटिक वितरणका साथै जैविक सुरक्षा अपनाउनसमेत सुझाव दिइएको छ।

स्वाइन फिभर पहिलोपटक वराहक्षेत्रमा देखिएको उनको भनाइ छ। अहिले सङ्क्रमित क्षेत्र शिलबन्दी गरिएको छभने बङ्गुरको ओसारपसारसमेतमा रोक लगाइएको छ।


सामाग्री श्रोत :

बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको प्रकोप, ३१ बङ्गुर मरे

काठमाडौँ । एनसेल नेपालमा अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने जीएसएमए सिद्धान्तमा हस्ताक्षर गर्ने पहिलो टेलिकम कम्पनी बनेको छ। यस सहकार्यसँगै एनसेलले मोबाइल प्रविधिलाई सबैका लागि पहुँच योग्य बनाउन प्रतिबद्धता जनाएको कम्पनीको भनाइ छ । 

जीएसएमए (GSMA) विश्वभरका मोबाइल सेवा प्रदायकहरूको छाता संस्था हो, जसले डिजिटल समावेशीकरणका लागि निर्देशन र सहयोग प्रदान गर्दै आएको छ। 

जीएसएमएले तय गरेका सिद्धान्तहरूमा हस्ताक्षर गर्दै एनसेलले अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच सुनिश्चित गर्ने आफ्नो योजनालाई थप स्पष्ट पारेको कम्पनीले जनाएको छ । 

एनसेलले हाल “सधैं अन” योजना अन्तर्गत अपाङ्गता भएका प्रयोगकर्ताहरूलाई इन्टरनेट सेवामा ५० प्रतिशत छुट, ग्राहकमैत्री सेवा केन्द्र र अपाङ्गता मैत्री कार्यालय संरचनाजस्ता सेवा सञ्चालन गर्दै आएको छ। 

यसैगरी, कम्पनीले पारा खेलाडीहरूलाई सशक्त बनाउन विभिन्न सहकार्य पनि गरिरहेको छ।

एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्टकी निर्देशक विशाखा लक्ष्मी खड्काले भनिन्, “हामी केवल कनेक्टिभिटी सेवा दिइरहेका छैनौं, हामी मानिसहरूलाई सशक्त बनाइरहेका छौं। कोही पनि डिजिटल यात्राबाट पछाडि नपरोस् भन्ने हाम्रो उद्देश्य हो।” 

एनसेलले अब समावेशी सेवा र पहुँचयोग्य सुविधा डिजाइन गर्न तथा अपाङ्गता भएका समुदायसँग सहकार्य गर्दै उनीहरूको आवश्यकतालाई बुझ्न रणनीतिक रूपमा काम गर्ने जनाएको छ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ २२:३०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्दै समान अवसर प्रवर्द्धन गर्ने उद्देश्यले प्रमुख तीन राजनीतिक दलका भ्रातृ सङ्गठनले साझा धारणा सार्वजनिक गरेका छन्।

नेपाली कांग्रेसको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय अपाङ्गता सङ्गठन नेपाल र नेकपा (माओवादी केन्द्र)को अपाङ्गता सङ्गठन नेपालले साझा धारणा सार्वजनिक गरेका हुन्।

सङ्घका अध्यक्ष माधवप्रसाद चम्लागाईं, सङ्गठनका अध्यक्ष जगदीशप्रसाद अधिकारी र माओवादी केन्द्रको अपाङ्गता सङ्गठनका अध्यक्ष टीकाराम पराजुलीले आज साझा धारणामा हस्ताक्षर गरे। तीनै सङ्गठनले अपाङ्गता भएका व्यक्तिको हकहितका लागि बृहत् छलफल गरी साझा धारणा तय गरिएको जनाइएको छ।

नेपाल अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को पक्ष राष्ट्र भएको सन्दर्भ समेट्दै तीन सङ्गठनले सरकारले व्यक्तिगत सहयोगी सेवाका लागि गरेको सम्झौतालाई यथाशीघ्र कार्यान्वयन गरी सम्बोधन गर्न विभिन्न पाँचवटा सवाल लागू गर्न अनुरोध गरेका छन्।

अपाङ्गता भएका व्यक्तिहरू शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न बहानामा परिवारबाट अलग हुनुपरेको वर्तमान अवस्था बदल्न तत्काल आफ्नै समुदायमा सम्मानित जीवनयापन गर्ने वातावरण निर्माण गर्ने कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइनुपर्ने माग गरिएको छ।

यसैगरी, पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताका आधारमा व्यक्तिगत सहयोगी सेवा आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट (सङ्घ, प्रदेश र स्थानीय तह)मा समावेश गरी तुरुन्त लागू गर्नुपर्ने तीनै सङ्गठनको माग छ।


सामाग्री श्रोत :

अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालमा प्रमुख तीन दलका भ्रातृ सङ्गठनको साझा धारणा सार्वजनिक

काठमाडौं– विशेष अदालतको आदेशबाट थुनामा रहेका सिभिल सहकारीका पूर्वसञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङलाई सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेशलाई निरन्तरता दिन आदेश दिएको छ ।

सहकारी ठगीसम्बन्धी कसुर, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने तल्लो तहको अदालतको आदेशविरुद्ध उनी सर्वोच्च अदालत गएकोमा सर्वोच्चले शुक्रबार कानूनबमोजिम गर्नू भनी आदेश दिएको हो । उक्त आदेश आएसँगै यसअघिकै आदेशले निरन्तरता पाएको हो ।

Ncell 2
Ncell 2

थुनुवाका रूपमा रहेका उनले गत माघ तेस्रो साता सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए । त्यसमाथि न्यायाधीश नहकुल सुवेदी र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले कानूनबमोजिम गर्न आदेश दिएको हो ।

shivam cement
shivam cement

पूर्वसांसद तामाङमाथि सिभिल सहकारीको हजारौं बचतकर्ताको रकम हिनामिना गरेको अभियोग लागेको थियो । उनीविरुद्ध लागेका मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छन् ।

ichcharaj-supreme-aadesh-1747572053.jpg

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । एलन मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नो डिस्प्ले नाम पुनः परिवर्तन गरेका छन् । यसअघि ‘गोर्कलन रस्ट’ नाम राखेका मस्कले केही दिनमै आफ्नो नाम बदलेर ‘केकिअस मेक्सिमस’ (Kekius Maximus) राखेका हुन् । 

उनको नयाँ प्रोफाइल फोटोमा उनी कवच लगाएको देखिन्छन् जसमा ‘Emperor Kekius Maximus’ ’लेखिएको छ । मस्कले आफ्नो नाम परिवर्तन र नयाँ प्रोफाइल तस्बिरबारे कुनै स्पष्टीकरण दिएका छैनन् । तर, उनले नाम फेर्नासाथ ‘केकिअस मेक्सिमस’ नामक मिम क्वाइनको मूल्य आकाशिएको छ । मस्कले नाम परिवर्तन गरेपछि मिम क्वाइनको भाउ बढेको विषयले अहिले क्रिप्टो बजारमा बजारमा ठुलो हलचल ल्याएको छ ।

 

टेस्ला मालिकसमेत रहेक मस्कले एक्समा आफ्नो नाम परिवर्तन गरेसँगै उक्त मिम कोइनको मूल्य १४५ प्रतिशतभन्दा बढीले वृद्धि भएको क्वाइनमार्केटक्याप डट कमको तथ्याङ्कले देखाएको छ । स्थानीय समयअनुसार शनिबार बिहान करिब ९:१५ बजेतिर यसको मूल्यमा २७३ प्रतिशतभन्दा बढीको उछाल आएको थियो ।

मस्कले ‘केकिअस मेक्सिमस’ नाम दोस्रो पटक राखेका हुन् । यसअघि उनले डिसेम्बर २०२४ मा एक्समा आफ्नो नाम परिवर्तन गरेका थिए । त्यसबेला उनले आफ्नो प्रोफाइल फोटोको सट्टा ‘पेपे द फ्रग’ मिमको एक रचनात्मक तस्बिर प्रयोग गरेका थिए । त्यसमा पेपेलाई पूर्ण कवचमा एक भिडिओ गेमको जोइस्टिक समातिरहेको योद्धाको रूपमा देखाइएको थियो ।

त्यस समयमा क्वाइनगेकोले जनाएअनुसार मस्कको नाम परिवर्तनको लगत्तै केकिअस नामक मिम क्वाइनको मूल्य ९०० प्रतिशतले बढेको थियो । तर, पछि मस्कले आफ्नो पहिलेको नाम र अवतार राखेपछि केकिअसको मूल्य घटेर ०.००११६५ अमेरिकी डलर पुगेको थियो । 

पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ १०:७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । काठमाडौंको जयबागेश्वरी स्थित पशुपति क्षेत्र विकास कोषको अमालकोट स्थित पालेघरको जुवाखालमा आइतबार प्रहरीले छापा मारेको छ।

जुवा खालबाट ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए।

जुवा खालबाट प्रहरीले १ लाख ७ हजार नगद र ४ बुक तास बरामद गरेको छ । पक्राउ पर्नेमा ६६ वर्षीय भिम संगत, ६७ वर्षीय कविन्द्र भण्डारी, ५९ वर्षीय ईश्वरराज भण्डारी, ४५ वर्षीय अनुज संगत, ५६ वर्षका बुद्धि तामाङ, ४३ वर्षीय देवी बहादुर अधिकारी र ५४ वर्षीय रेशम सिजाली छन्।

उनीहरु विरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।


सामाग्री श्रोत :

काठमाडौंमा जुवाखालबाट सात जना पक्राउ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको भन्दै यसको निरन्तरताका लागि संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय दातृ निकायसँग आग्रह गरेका छन्।

स्वीट्जरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनको ७८ औं सभा शुरु हुनुपूर्व आयोजित मन्त्रीस्तरीय गोलमेचमा सहभागी हुँदै मन्त्री पौडेलले सहयोग कटौतीले चुनौती सिर्जना गरेको बताए।

वैदेशिक विकास सहायताको कटौतीले मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा तथा स्वास्थ्यका क्षेत्रमा पर्ने प्रभाव र प्रतिक्रिया विषयक मन्त्रीस्तरीय गोलमेचमा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले नेपाल निम्न तथा मध्य आय भएका राष्ट्रहरुको सूचीमा स्तरोन्नतीका लागि अघि बढेकाले विकास सहायता अझ कम हुँदा प्रमुख स्वास्थ्य सेवा प्रभावित हुनसक्ने देखिएको बताए।

प्रजनन उमेरका करिब ५० लाख महिलाले पाइरहेको महत्वपूर्ण सेवा तथा ५ वर्ष मुनिका १५ लाख बालबालिका पोषण कार्यक्रममा सहयोग रोकिएकाले चुनौती देखिएको मन्त्री पौडेलले बताए । उनले ३५ लाख वयस्कले प्रजनन शिक्षा तथा सेवामा समेत सहयोग कटौतीले प्रभाव पर्ने बताए।

‘प्राथमिकता परिवर्तन भएका कारण अन्य द्विपक्षीय तथा बहुपक्षीय कटौतीले नेपालका मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन कार्यक्रम जस्ता प्रमुख स्वास्थ्य कार्यक्रमहरु प्रभावित हुने देखिएको छ,’ मन्त्री पौडेलले भने, ‘समस्यासँग जुध्न नेपालले यी क्षेत्रमा आन्तरिक बजेट वृद्धि गरेको छ।’

Ncell 2
Ncell 2

सहयोग र बजेट कटौतीका बावजुद नेपालले आन्तरिक श्रोतबाट लगानी बढाउने प्रयास गरेको भन्दै मन्त्री पौडेलले तर पनि घट्दो स्वास्थ्य बजेट चुनौतीका रुपमा रहेको बताए ।

मन्त्री पौडेलले विश्वका अल्पविकसित देशहरु सहयोग कटौतीको मारमा परेको भन्दै स्वास्थ्य चुनौती सामाना गर्नका लागि राष्ट्रसंघ तथा दातृ निकायहरुले दिगो आर्थिक तथा प्राविधिक सहयोगमा जोड दिनुपर्ने उल्लेख गरे ।

मन्त्री पौडेलले बैठकमा नेपालले मातृ शिशु स्वास्थ्यका क्षेत्रमा प्राप्त गरेको सफलताबारे प्रस्तुती समेत राखेका थिए । नेपालले सन् २०२३ मा मातृ मृत्युदर प्रति एक लाख जन्ममा हुने मृत्युदर सन् २००० को तुलनामा ७१ प्रतिशतले गिरावट ल्याएको तथ्यांक प्रस्तुत गर्दै मन्त्री पौडेलले सुधार जारी रहेमा सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्ने विश्वास गरे ।

shivam cement
shivam cement

स्वीट्जरल्याण्डको जेनेभामा रहेका मन्त्री पौडेलले भोलीबाट शुरु हुने सभाको मुख्य कार्यक्रममा सम्बोधन गर्दैछन् । यसैगरी, विभिन्न राष्ट्रका स्वास्थ्य मन्त्रीहरु तथा स्वास्थ्य सम्बद्ध अधिकारीहरुसँग भेटवार्ता गर्ने मन्त्री पौडेलले युरोपका नेपाली चिकित्सक समुदायसँगसमेत अन्र्तक्रिया गर्ने कार्यक्रम छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । कहिलेकाहीँ तपाईंलाई आकर्षक लागेको फोटोमा अनावश्यक वस्तु देखा पर्न सक्छन् । फोटो सबै हिसाबले उत्कृष्ट हुँदाहुँदै पनि त्यसमा भएका केही अनावश्यक वस्तुले फोटोको समग्र आकर्षण वा महत्त्वलाई नै घटाइदिन सक्छ । यस्तो अवस्थामा फोटोबाट त्यस्ता अनावश्यक वस्तुहरू हटाउनु आवश्यक हुन्छ । तर, यसका लागि के गर्ने त ? सधैं व्यावसायिक फोटो एडिटर कहाँ फोटो पुर्याइरहन सम्भव नहुन सक्छ । खुसीको कुरा आजकाल यस्ता थुप्रै टुल र एप उपलब्ध छन् जसले क्षणभरमै फोटोबाट अनावश्यक वस्तुहरू हटाएर त्यसलाई अझ आकर्षक बनाउन मद्दत गर्छन् । गुगल फोटोज पनि त्यस्तै एक उपयोगी टुल हो । यस लेखमा हामी गुगल फोटोज प्रयोग गरेर फोटोबाट अनावश्यक वस्तु सजिलै हटाउने तरिकाबारे चर्चा गर्दैछौं ।

गुगल फोटोज प्रयोग गरी कसरी हटाउने फोटोको अनावश्यक वस्तु ?

गुगल फोटोज प्रयोग गरी फोटोमा भएको अनावश्यक वस्तु हटाउन तलको प्रक्रिया अपनाउनुहोस् । 

यो अप्सन प्रयोग गरी फोटोको अनावश्यक वस्तु हटाउन खोज्नु भयो, तर तपाईंले खोजेको जस्तो यसले काम गर्न सकेन ? यस्तोमा पनि अर्को उपाय छ । त्यसमा गुगलको एआई टुल प्रयोग गर्न सकिन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् । 

यसअघि गुगलले यी सबै फिचर प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराएको थियो । अहिले भने सबै प्रयोगकर्ताले निःशुल्क प्रयोग गर्न पाउँछन् । 

पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ १४:४०





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट