२०८२ आश्विन ४ शनिबार
२०८२ आश्विन ४ शनिबार

काठमाडौं – महिला टी–२० विश्वकपको एसिया छनोट अन्तर्गत सुपर–३ अन्तर्गत नेपाल र युएई खेलिरहेका छन

 । जसमा युएईले नेपालले जितका लागि ११५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो ।

Ncell 2
Ncell 2

नेपालका लागि मनिषा कुमारी उपाधयायले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् । 

विश्वकपको ग्लोबल छनोटमा पुग्नको लागि आजको खेल नेपालका लागि एकदमै महत्वपूर्ण छ । यदि नेपालले आजको खेलमा युएईलाई जितेको अवस्थामा ग्लोबल छनोटमा पुग्नेमा छन । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

दैलेख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्ष गरेका छन् ।

उनले राजनीतिक दल, व्यवसायी, पत्रकार, कर्मचारी सबैको सक्रियताले अभियान सर्वपक्षीय बनेको उल्लेख गर्दै अभियानलाई थप गतिशील बनाउन सबै पक्षको सहभागिता आवश्यक रहेको बताए ।

दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष प्रचण्डले उक्त खण्ड सबैभन्दा लामो भएको बताए । उनले उत्तर–दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यवसायिक तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ अघि सारिएको स्पष्ट गरे ।

‘मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्दै पहाडी क्षेत्रमा व्यवस्थित सहर निर्माण तथा पर्यटन र उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको हो,’अध्यक्ष प्रचण्डले भने, ‘तर, वैदेशिक रोजगारी र बसाइसराइको क्रम यथावत् रहनु चिन्ताको विषय हो ।’

उनले दैलेख पेट्रोलियम खानीको सम्भावना बोकेको जिल्ला रहेको उल्लेख गर्दै उक्त अन्वेषणको थालनी माओवादी नेतृत्वको सरकारका पालामा भएकोमा गौरव व्यक्त गरे । ‘अनुसन्धानका लागि नमूना चीन पठाइएको छ भन्ने जानकारी पाएको छु,’उनले भने, ‘यसबारे थप जानकारी लिन म काठमाडौं फर्केपछि चिनियाँ पक्षसँग छलफल गर्नेछु ।’

कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज तथा पत्रकार महासंघका प्रतिनिधिहरूले जिल्लाको विकास, पूर्वाधार, पर्यटन तथा उद्योग प्रवद्र्धनसम्बन्धी आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ, दैलेखले जिल्लाका प्राथमिक आवश्यकतासहितको मागपत्र अध्यक्ष प्रचण्डसमक्ष बुझाउँदै, मध्यपहाडी लोकमार्ग अभियान अघि बढाएकोमा कृतज्ञता व्यक्त गरेको थियो। सहभागीहरूले उक्त अभियानले दैलेखको विकास सम्भावनालाई मूर्तरूप दिन मद्दत गर्ने विश्वास व्यक्त गरे ।


सामाग्री श्रोत :

मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो : अध्यक्ष प्रचण्ड

काठमाडौं – पटक–पटक पेसी तोकिँदै हेर्न नमिल्ने हुँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने भएको छ । 

सर्वोच्च अदालतमा यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने सूचीमा परेको मुद्दा सोमबार भने हेर्न मिल्ने इजलासमा पर्नेछ । आइतबार न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोख्रेलको इजलासमा हेर्न नमिल्नेमा परेपछि सोही इजलासले अब हेर्न मिल्ने इजलासमा राख्न आदेश जारी गरेको थियो । 

Ncell 2
Ncell 2

बन्दी प्रत्यक्षकरणको रिटको संवेदनशीलता हेरेर प्राथमिकतामा राख्नुपर्ने भन्दै पटक–पटक हेर्न नमिल्नेमा नपर्ने गरी सुनवाइको व्यवस्था गर्न सर्वोच्च प्रशासनका नाममा आदेश जारी गरेको हो । न्यायाधीशहरू हरिप्रसाद फुयाल, तिलप्रसाद श्रेष्ठ, अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलले रविको मुद्दा हेर्न नमिल्ने अवस्था छ । 

त्यसबाहेक पनि हेर्न नमिल्ने भए यकिन गरी सोमबार हेर्न मिल्ने न्यायाधीशमध्येबाट मात्र गोला प्रणालीमा सहभागी गराउने निर्णय भएको हो। 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

बागमती। हेटौँडा–काठमाडौंँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो ।

वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढ्न गई डाइभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । डाइभर्सन मर्मत गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताए।


सामाग्री श्रोत :

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

काठमाडौँ । बागमती प्रदेश सरकारले सवारी साधनको ब्लुबुकमा क्यूआर कोड प्रणाली लागु गरेको छ । यसले सवारी धनीलाई भौतिक ब्लुबुक बोक्नुपर्ने झन्झटबाट मुक्ति दिने बताइएको छ । यो सेवा हाल बागमती प्रदेशमा दर्ता भएका सवारी साधनका लागि मात्र उपलब्ध छ । यहाँ हामी कसरी ब्लुबुकका लागि क्युआर कोड लिन सकिन्छ भन्ने विषयमा जानकाी दिंदैछौं:

क्यूआर कोड प्राप्त गर्ने प्रक्रिया

डिजिटल ब्लुबुक अर्थात् क्यूआर कोड लिनका लागि निम्न प्रक्रिया अपनाउन सकिन्छ:

कागजात अपलोड र अपोइन्टमेन्ट

सवारी धनीको फोटो तथा तोकिए बमोजिम ब्लुबुकका पानाको स्पष्ट फोटो खिचेर अपलोड गर्नुहोस् । यति गरेपछि कार्यालय भ्रमणका लागि आफूलाई अनुकूल हुने मिति छान्नुहोस् र बुकिङ ‘कन्फर्म’ गर्नुहोस् ।

कार्यालय भिजिट र क्यूआर प्राप्ति

आवेदन सफलतापूर्वक दर्ता भएको मेसेज आएपछि बुक गरिएको मितिमा आफ्नो सक्कल ब्लुबुक र परिचय खुल्ने सरकारी कागजात (नागरिकता/लाइसेन्स) सहित छनोट गर्नुभएको यातायात कार्यालयमा जानुहोस् ।

कार्यालयका कर्मचारीले तपाईंको विवरण रुजु गर्नेछन् । रुजु प्रक्रिया सफल भएपछि तत्कालै तपाईंको मोबाइलमा क्यूआर कोडसहितको लिङ्क प्राप्त हुनेछ । लिङ्क क्लिक गरेपछि ब्लुबुकको डिजिटल क्यूआर कोड देखिनेछ जसलाई मोबाइलमा सुरक्षित राख्न वा प्रिन्ट गर्न सकिन्छ ।

सेवाको अवस्था र फाइदा

यो क्यूआर कोड प्राप्त भएपछि सवारी धनीले भौतिक ब्लुबुक बोक्नुपर्ने बाध्यता हट्ने बताइएको छ । यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधाराका सूचना अधिकारी गोविन्दराज शिवाकोटीका अनुसार सेवा सुरुवाती चरणमा रहेकाले कार्यालयमा सेवाग्राहीको खासै भीडभाड छैन र कर्मचारीहरू सेवाग्राहीको प्रतीक्षामा छन् ।

यसअघि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोक्ने झन्झटबाट मुक्ति मिलेजस्तै अब ब्लुबुक बोक्ने झन्झटबाट पनि मुक्त हुने विभागको अपेक्षा छ । यसले सरकारी सेवालाई डिजिटल माध्यमबाट सहज र छरितो बनाउने अपेक्षा गरिएको छ । इच्छुक सवारी धनीले अनलाइन आवेदन दिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ ७:४५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ –आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीमा नेपालले आफ्नो पहिलो खेलमा यूएई संग खेल्दैछ । यी दुई टिमबीचको खेल सोमबार बिहान ८ः१५ देखि बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा सुरु हुनेछ । 

नेपाल यूएईलाई हराउँदै ग्लोबल छनोटमा पुग्न चाहन्छ । तर, यूएई विजयी भएमा नेपालले अन्तिम खेलमा थाइल्याण्डलाई हराए पनि अंक पर्याप्त हुने छैन । 

Ncell 2
Ncell 2

हाल यूएईको ६ र नेपालको ५ अंक छ । यदि सोमबारको खेल वर्षाका कारण रद्द भएमा नेपालको ६ अंक हुनेछ । त्यसपछि ग्लोबल छनोटमा पुग्न नेपालले अन्तिम खेलमा थाइल्याण्डलाई हराउनै पर्ने समीकरण बन्ने छ ।   

shivam cement
shivam cement

पछिल्लो समय यूएईविरुद्ध नेपालले राम्रो प्रदर्शन गर्दै आएको छ । यी दुई टिमले अन्तिमपटक गत वर्षको १९ जुलाईमा एकअर्काको सामना गरेका थिए । सो खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो । नेपाल यसपालि पनि सोही लय नतिजा दोहोर्याउने लक्ष्यमा छ । 

जारी प्रतियोगितामा समूह चरणमा नेपालको प्रदर्शन मिश्रित रह्यो । ग्रुप स्टेजमा नेपालले हङकङसँग एक खेलमा हार बेहोर्दा पहिलो म्याचमा वर्षाका कारण अंक बाँड्यो । नेपालले बहराइनलाई भने दुवै खेलमा पराजित गरेको थियो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। संघीय संसद अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सोमबार बस्दैछ।

बैठक आज समितिको सभाकक्ष सिंहदरबारमा बिहान साढे ८ बजे सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ।

बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।


सामाग्री श्रोत :

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौं– अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । सबै प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Ncell 2
Ncell 2

यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेशलगायत कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।

shivam cement
shivam cement

वर्षा र हावाहुरी र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

मोरङ । विराटनगर महानगरपालिका–३ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कोशी प्रदेश १–०२–०५०प ९७९६ नंको स्कुटर आज अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक विराटनगर–८ का ५५ वर्षीय मोहम्मद.अब्दुल कलाम घाइते भएका थिए। उनको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।


सामाग्री श्रोत :

स्कुटर दुर्घटनामा चालकको मृत्यु

पाटन (ललितपुर) । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरे व्यवस्थापनमा थप सहज हुने धारणा राखेका छन्।

अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवसको अवसरमा पाटन सङ्ग्रहालय विकास समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिका ऐतिहासिक सांस्कृतिक धरोहरलाई जोगाउन लागिपरेको भन्दै सङ्ग्रहालय सञ्चालनको जिम्मेवारी आए थप उत्कृष्ट काम हुने बताए।

‘महानगर बन्न चाहिने एउटा महत्वपूर्ण आधार सङ्ग्रहालय पनि हो तर ललितपुर महानगर आफैंमा एउटा सङ्ग्रहालयजस्तै छ। विगतमा मान्छेभन्दा मूर्ति धेरै भएको क्षेत्रका रूपमा चिनिन्थ्यो तर ७७ वटै जिल्लाबाट उपत्यकामा बसाइँसराइ गरेर आउने जनसङ्ख्याको चापाले यहाँको सङ्ग्रहालय सङ्कटमा छ। यसलाई जोगाउनका लागि पनि स्थानीय सरकारलाई आवश्यक जिम्मा दिनुपर्छ’, प्रमुख महर्जनले भने।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा सुरेश सुरश श्रेष्ठले समाजभित्र भएका सबै चिजहरू सङ्ग्रहालयभित्र अटाउनुपर्ने बताए। ‘सङ्ग्रहालयभित्र सबै कुरा पुरानो हुनुपर्छ भन्ने हैन, मानिसको विकासक्रमदेखि मानिस र समुदायसँग जोडिएका सबै कुरा समेटेर सङ्ग्रहालय बनाउन सकिन्छ। यसले समाजलाई सूचना प्रवाहमार्फत सेवा दिनसक्छ’, उनले भने।

प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले विश्व समुदायले जीवित सङ्ग्रहालयका रूपमा लिएको काठमाडौं उपत्यकाका पुरातात्विक महत्वका सङ्ग्रहालयको संरक्षण गर्नु सबैको दायित्व भएको बताए। पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले आगामी दिन सङ्ग्रहालयको आकर्षण वृद्धिका लागि काम गर्नुपर्ने बताए।

सङ्ग्रहालयको महत्व र विशेषताको स्मरण गराइराख्न संयुक्त राष्ट्र सङ्घले सन् १९८३ मे १८ तारिका दिन गरेको घोषणाअनुसार हरेक वर्ष सोही दिन अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवस मनाइँदै आइएको छ।


सामाग्री श्रोत :

‘सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ’

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट