
खानामा हुने क्याल्सियम तथा फोस्फोरस आन्द्रामा शोषित हुने वा गराउने कार्यमा भिटामिन डीले ज्यादै ठूलो भूमिका निर्वाह गर्छ। हाम्रो शरीरलाई आवश्यक पर्नेमध्ये करीब ८० देखि ९० प्रतिशत भिटामिन डी हामीले सूर्यको किरणबाट प्राप्त गर्दछौं भने करीब १० देखि २० प्रतिशतमात्रै हामीले खाने खाना वा अन्य पौष्टिक तत्वबाट प्राप्त हुन्छन्। भिटामिन डी शरीरले शोषण गरेपछि एक प्रकारको हार्माेनमा परिणत हुन्छ। हाम्रो शरीरमा सक्रिय रूपमा रहने भिटामिन डीको स्वरूप अर्थात् हार्मोनलाई ‘क्याल्सिट्रिवल’ भनिन्छ।
क्याल्सिट्रिवलले खानाबाट प्राप्त हुने क्याल्सियम र फोस्फोरसलाई आन्द्रामा शोषण गर्ने/गराउने र तिनलाई पुनः मिर्गौलामा ग्रहण गराई शरीरको रक्तसञ्चार प्रणालीमा प्रवाहित गराउन मद्दत गर्दछ। समाजमा भिटामिन डी कमी भई समस्याग्रस्त हुने धेरै व्यक्ति वा समूह छन्। तल उल्लेख गरिएका मानिसमा भिटामिन डी कमी हुने बढी सम्भावना रहन्छ।
– गोरो छाला हुने व्यक्तिको दाँजोमा कालो छाला हुने व्यक्तिलाई सूर्यको किरणबाट भिटामिन डी प्राप्त गर्न धेरैबेर घाममा बस्नुपर्ने हुन्छ। त्यसकारण नेपालीहरू जो पश्चिमा झैं पूरै निख्खर छाला हुनुको साँटो गहुँगोरो वा कालो वर्णका हुन्छन्, तिनीहरूमा भिटामिन डी कमी हुने बढी सम्भावना रहन्छ।
– वयष्क मानिसको छाला जवान मानिसको भन्दा पातलो हुने हुँदा तिनीहरूको शरीरले जवान वा कम उमेरका मानिसको दाँजोमा कम भिटामिन डी उत्पादन गर्ने हुन्छ।
– दिनभर नै कपडाले ढाकेर वा सनस्क्रिन लगाएर आफ्नो छाला ढाकिरहने व्यक्तिमा पनि सूर्यको किरण प्रत्यक्ष रुपमा पर्न नपाई भिटामिन डी कमी हुने गर्छ।
– दिनमा बढी समय घरभित्रै बिताउने, रात्रिकालीन जागिर गर्ने वा हस्पिटलभित्र लामो समयसम्म काम गर्नेमा पनि भिटामिन डी कमी हुने गर्दछ।
– त्यस्तै पृथ्वीको भूमध्य रेखाभन्दा टाढाको भौगोलिक क्षेत्रमा बसोबास गर्ने मानिसमा सूर्यको किरण पर्ने समय निकै कम हुन्छ। खासगरी, अमेरिकाको उत्तरी भू–भाग र क्यानडामा बसोबास गर्ने मानिसमा सूर्यको किरण कम पर्छ।
– यदि स्तनपान गराउने महिलाले थप भिटामिन डी तथा क्याल्सियम लिँदैनन् भने तिनीहरूमा भिटामिन डीको कमी हुने सम्भावना रहन्छ।
– अस्वाभाविक रूपमा बढी तौल भएका व्यक्तिमा भिटामिन डीको कमी रहन्छ।
– छालामा सूर्यको किरण परेपछि भिटामिन डी बन्ने गर्दछ। त्यससपछि भिटामिन डीलाई शरीरले उपभोग गर्नसक्ने तुल्याउन थुप्रै रासायनिक प्रक्रिया हुने गर्दछन्। उत्पादित भिटामिनलाई कलेजोमा पठाउने काम हुन्छ।
यदि हामीले थप भिटामिन डी वा भिटामिन डीयुक्त खाना खान्छौं भने पनि हाम्रो आन्द्राले त्यसलाई ग्रहण गरी कलेजो मै पठाउछ। कलेजोले उक्त भिटामिनलाई २५ (ओएच) डीमा परिणत गर्दछ। चिकित्सकले रगतमा भिटामिन डीको जाँच गर्न सल्लाह दिएमा जाँचिने तत्व नै २५ (ओ एच) डी हो। यही तत्वलाई रक्तसञ्चार माध्यमबाट मिर्गौलालगायत शरीरका सम्पूर्ण भागमा पु¥याउने काम हुन्छ। मिर्गौलाले उक्त तत्वलाई भिटामिन डीको सक्रिय रूपमा परिणत गर्छ र त्यही रूपको भिटामिन डीले हाम्रो शरीरमा आवश्यक क्रियाकलाप गर्ने गर्छ। शरीरमा भिटामिन डी कमी हुँदा ज्यादै थकाई लाग्ने, शरीर दुख्ने, कम्मर दुख्ने आदि हुन्छन्। तर कोहीकोहीमा भने कुनै पनि लक्षण नै नदेखिने पनि हुनसक्छ।
भिटामिन कम भई जटिल अवस्थामा शरीरका हड्डी नै दुख्ने, ज्यादा कमजोर महसुस हुने र बिरामीलाई हिड्डुल गर्नसमेत अप्ठेरो पर्न सक्ने हुन्छ। कसै–कसैलाई चाहिँ शरीरमा बारम्बार किटाणुको संक्रमण भइरहने पनि हुन सक्छन्।
धेरैजसो मानिसहरू आफूलाई कुनै समस्या नहुँदा पनि थप भिटामिन डीको मात्रा लिने गर्छन्। यदि ज्यादा मात्रामा भिटामिन डी खाएमा त्यसले शरीरमा विषादीकै जस्तो असर गरी हानी पु¥याउन सक्छ। यदि हामीले प्रतिदिन ४०,००० आइयुको मात्रामा भिटामिन डी लिई केही महिनासम्म लिने वा एकैपटक लिए पनि सोभन्दा बढी मात्रामा लियौ भने हानी गर्दछ।
भिटामिन डी चिल्लो पदार्थमा घुलनशील हुने हुँदा यो हाम्रो शरीरबाट सजिलै हटेर जाँदैन। त्यसकारण हाम्रो रगतमा भिटामिन डीको मात्रा बढी हुन्छ र त्यसले रगतमा क्याल्सियमको मात्रा पनि बढाउछ। रगतमा आवश्यकभन्दा बढी क्याल्सियम हुने अवस्थालाई ‘हाइपरक्याल्सिमिया’ भनिन्छ।
यस्तो हुँदा निम्न लक्षण देखा पर्दछन् :
– अत्याधिक थकाई लाग्ने
– दिग्भ्रमित हुने वा अलमलमा पर्ने
– बारम्बार पिसाब फेर्न मन लाग्ने
– पेट दुख्ने
– मांशपेशी कमजोर भएको महसुस हुने।
– दिसा गोटा पर्ने (कब्जियत हुने) वा पखाला लाग्ने
– तिर्खाएको महसुस हुने।
– खाना अरूची हुने वा खाना खान मनै नलाग्ने।
– हाइपर क्याल्सिमियाको जोखिम कम गर्न वा त्यसलाई नियन्त्रण गर्न बिरामीले चिकित्सकसँग परामर्श लिनुपर्छ। साथै थप भिटामिन डीको सेवन सुरु गर्दा वा पुनः सुचारू गर्दासमेत चिकित्सकको सल्लाह अनिवार्य हुन्छ।
काल्पनिकता र वास्तविकता
संसारमा हालै गरिएका विभिन्न अनुसन्धानले के देखाएका छ भने माथि उल्लेखित जोखिमलाई न्यूनिकरण गर्न भिटामिन डीको कुनै महत्वपूर्ण भूमिका हुँदैन। तर हामीले हाम्रो अनुभव र अनुसन्धानबाट के पत्ता लगाएका छौं भने भिटामिन डीको कमी भएका व्यक्तिलाई उपयुक्त उपचार वा भिटामिन डी सेवनले यसबाट उत्पन्न विभिन्न समस्या निर्मूल पार्न सकिन्छ। अर्को महत्वपूर्ण कुरा पनि के देखिएको छ भने हाम्रो देशका पहाडि भेगका मानिसमा रगतमा हुने भिटामिन डीको मात्रा तराई वा शहरमा बस्ने मानिसभन्दा बढी देखिन्छ। अर्को कुरा, नेपालीको शरीरमा सामान्य जोखिममुक्त भिटामिन डीको मात्रा अरू देशका मानिसभन्दा कम पनि हुन सक्दछ। यसका लागि वृहत राष्ट्रिय अनुसन्धान जरूरी छ।
भिटामिन डी प्रशस्त पाइने खाना
हामीले खाने खानाबाट भिटामिन डी प्राप्त गर्नु भनेको अत्यन्तै गाह्रो काम हो। भिटामिन डी हाम्रो खानामध्ये एकदमै थोरै प्रकारका खानामा मात्रै पाइन्छ। भिटामिन डीयुक्त खानामध्येका केही निम्न बमोजिमका छन् :
– टुना, म्याकरेल र साल्मोनजस्ता बोसोयुक्त माछा
– थप भिटामिन डीद्वारा प्रबद्र्धित खाना जस्तै, दुग्धजन्य पदार्थ (चिज), सुन्तलाको जुस, सोया मिल्क (भटमासको दूध) र गेडागुडी
– कलेजो
– चिज
– अण्डाको पहेँलो भाग
हाम्रो खानाबाट मात्रै हामीलाई चाहिने जति भिटामिन डी प्राप्त गर्न सजिलो छैन। अध्ययनहरूले के देखाएका छन् भने हामीलाई आवश्यक पर्ने मात्रामध्ये केवल २० प्रतिशत मात्रै भिटामिन डी हामीले खाने खानाबाट प्राप्त हुन्छ। तर जब हामी घाममा हिंड्छौ, हाम्रो शरीरको कपडाले नढाकिएका छालाले सूर्यको किरणबाटै आफूलाई चाहिने जति भिटामिन डी प्राप्त गर्छन् र प्राकृतिक रूपमै हामी भिटामिन डी उपभोग गर्न पाउँछौं।
(डा नेपाल आर्थोपेडिक्स सर्जन हुन्।)
सामाग्री श्रोत :
swasthyakhabar
चितवन। नारायणगढ-मुग्लिन सडकखण्डमा वर्षायाममा हुनसक्ने पहिरोको समस्या पहिचान गरी समाधानका काम सुरु गरिएको छ। गत वर्षको असारमा सिमलतालमा दुई वटा बस पहिरोले बगाएपछि त्यस खालको समस्या नआओस् भन्नका लागि सावधानी अपनाइएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनिएर नारायण लामिछानेका अनुसार संवेदनशील ठाउँहरुमा पहिरो नियन्त्रणका काम भएका छन्। गत वर्ष घटना भएको सिमलतालको माथिल्लो भागमा लेदो बगेर नआओस् भन्नका लागि ससाना ‘चेक ड्याम’ निर्माण गरिएको उनले बताए। यस्तै मौरी खोला पुलको माथिल्लो भागमा पनि चेक ड्याम र खोल्सो बनाउने (लाइनिङ) को काम भएको छ।
कालीखोलालगायतका जोखिमयुक्त ठाउँहरुमा पनि आवश्यकताअनुसार पहिरो रोकथामका काम भएको उनले बताए। उनले भने, “यो वर्ष पहिरोले दुःख नदेला भन्ने अपेक्षा गरौं।” पहिरो आइहालेमा तत्काल पन्छाउने गरी व्यवस्थापन गरिएको उनी बताउँछन्।
कार्यालयले सडकखण्डको सेतीदोभान क्याम्पमा ब्याकुलोडर, ट्रक, स्काभेटर, लोडर, मिनी टिपरसहितका उपकरण राखिएको उनले जानकारी दिए। यसैगरी भरतपुरको कार्यालयमा पनि यस्ता उपकरण तयारी अवस्थामा राखिएको छ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पहिरो नियन्त्रण र पहिरो खसिहालेमा तत्काल पन्छाउनका लागि आवश्यक तयारी गरिएको बताए। उनका अनुसार डिभिजन सडक र सुरक्षा निकायका अधिकारीहरुको बीचमा यसअघि छलफल गरी तयारीको काम सुरु गरिएको छ। गत वर्षको असार २८ गते दुई वटा रात्रि बस बगाउँदा ६२ जना हाराहारीलाई बगाएको थियो। तीमध्ये कतिपय अझै बेपत्ता छन्। ती दुई बस समेत फेला परेका छैनन्।
सिमलतालमा बेपत्ता बसका ३९ यात्रु अझै भेटिएनन्
गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन्। नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए। तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन्।
दुवै बस अहिलेसम्म भेटिएको छैन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए। तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता छन्। तीमध्ये सात जना भारतीय यात्रु रहेकोमा दुई जना मृत फेला परेका थिए भने चार जना अझै बेपत्ता छन्।
त्यस्तै बा प्र ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए। तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको उनले जानकारी दिए। तीमध्ये भारतीय चार जना थिए । तीन जना मृत फेला परेका थिए भने एक जना बेपत्ता छन्।
लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो।
उक्त समयमा नेपाली गोताखोरले मात्र नसकेपछि विदेशबाट समेत गोताखोर मगाइएको थियो। तर गोताखोरले पनि बेपत्ता यात्रु र बस बस फेला पार्न सकेका थिएनन्। त्रिशूलीमा बाढी आएपछि लामो समय खोजी कार्य गरिएको भए पनि बेपत्ता यात्रु र बस फेला नपरेका हुन्। कतिपय शव त्रिशूली र नारायणीका विभिन्न क्षेत्रबाट फेला परेका थिए। दुई वटा शव भारतमा फेला परेका थिए।
सामाग्री श्रोत :
काठमाडौं । मेक्सिकोले अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन ऊर्फ मिस्टर बिस्टमाथि प्राचीन माया पिरामिडको दुरुपयोग गरेको आरोप लगाएको छ । मिस्टर बिस्टले व्यावसायिक लाभका लागि माया पिरामिडको भिडिओ बनाएको भन्दै सरकारले उनको भिडिओ निर्माता कम्पनी ‘फुल सर्कल मिडिया’सँग क्षतिपूर्ति माग गरेको हो ।
बिस्टले १० मे २०२५ मा ‘मैले २००० वर्ष पुरानो प्राचीन मन्दिरको अन्वेषण गरेँ’ शीर्षकको भिडिओ अपलोड गरेका थिए । मेक्सिको सरकारका अनुसार उनले सो भिडिओ अनुमति लिएर खिचेका थिए । भिडिओमा मिस्टर बिस्ट प्राचीन माया सहरहरू घुमेको देखाइएको छ । तर, एक हप्तामा छ करोडभन्दा बढी पटक हेरिएको उक्त भिडिओको एक अंशमा उनले आफ्नो चकलेटलाई ‘माया डेजर्ट’ भन्दै प्रचार गरेका छन् ।
बीबीसीका अनुसार मेक्सिकाका अधिकारीले पुरातात्त्विक स्थलमा छायाङ्कनको अनुमति दिए पनि त्यसलाई व्यावसायिक वा नाफामूलक प्रयोजनका लागि प्रयोग गर्न अनुमति नदिएको स्पष्ट पारेका छन् । मिस्टर बिस्टका एक प्रतिनिधिले भने उक्त आरोप अस्वीकार गर्दै आईएनएएच (राष्ट्रिय मानवशास्त्र तथा इतिहास संस्थान) ले निरीक्षण गरिएका कुनै पनि पुरातात्विक स्थलमा विज्ञापन सामग्री छायाङ्कन नगरिएको दाबी गरेका छन् । “आईएनएएचले निरीक्षण गरेका कुनै पनि पुरातात्त्विक स्थलमा विज्ञापन सामग्री छायाङ्कन गरिएको थिएन,” ती प्रतिनिधिले बीबीसीलाई भने ।
उनका अनुसार चकलेटको प्रचार युट्युबरको क्याम्पिङ स्थलमा खिचिएको थियो भने भिडिओको उद्देश्य ‘मेक्सिकोका बहुमूल्य माया स्थललाई उजागर गर्नु’ थियो ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाउमले छायाङ्कन अनुमति दिँदाका सर्तहरूबारे अनुसन्धान गर्न गत बुधबार निर्देशन दिएकी थिइन् । मिस्टर बिस्टले भिडिओको क्याप्सनमा मेक्सिकाली पर्यटन तथा सरकारी अधिकारीलाई धन्यवाद दिँदै आफ्नो चकलेट उत्पादनको लिङ्क पनि समावेश गरेका छन् ।
भिडिओमा मिस्टरबिस्ट र उनको टिमले कालाकमुल र चिचेन इत्जा जस्ता माया सहरका प्रतिबन्धित क्षेत्रमा घुमेको, हेलिकप्टरबाट पिरामिडमा ओर्लिएको र प्राचीन प्रि-हिस्पानिक मास्क समातेको देखाइएको छ । एक ठाउँमा उनले ‘सरकारले हामीलाई यो गर्न दिइरहेकोमा म विश्वास गर्न सक्दिनँ’ समेत भनेका छन् ।
तर, आईएनएएचले यी दाबीलाई ‘गलत’ र ‘युट्युबरको नाटकीयता’ को संज्ञा दिएको बीबीसीले उल्लेख गरेको छ । सो संस्थानका अनुसार मिस्टरबिस्टले कहिल्यै वास्तविक प्रि-हिस्पानिक मास्क समातेका थिएनन् र हेलिकप्टरको दृश्य जस्ता अंशहरू एडिट गरी थपिएका हुन् ।
मेक्सिकोकी संस्कृति सचिव क्लाउडिया कुरिएल डे इकाजाले छायाङ्कनको अनुमति दिए पनि गलत सूचना प्रकाशन वा सम्पदा स्थलका फोटोको ट्रेडमार्क विज्ञापनका लागि प्रयोग गर्न कहिल्यै अधिकार नदिएको बताइन् । उनले बीबीसीलाई भनिन्, “पुरातात्विक स्थलहरूको मूल्यलाई विकृत गर्ने कुनै पनि व्यावसायिक गतिविधिलाई हामी अस्वीकार गर्दछौं जुन हाम्रा आदिवासी संस्कृतिहरूको विरासत र हाम्रो राष्ट्रको गौरव पनि हो ।”
उनले आईएनएएचले अनुमति लिने कम्पनी ‘फुल सर्कल मिडिया’ विरुद्ध ‘प्रशासनिक प्रतिबन्ध’ लगाउनेबारे विचार गरिरहेको जानकारी दिइन् । ‘युट्युबका बादशाह’ उपनामले चिनिने मिस्टरबिस्टका प्लेटफर्ममा ३९ करोड ५० लाखभन्दा बढी फलोअर छन् । विवादित माया पिरामिड सम्बन्धी भिडियो यो सामग्री तयार पार्दासम्म छ करोड ८६ लाख बढी भ्युज छ ।
पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ १२:३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपाल आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको छ।
थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपाल एक खेल अगावै ग्लोबल क्वालिफायरमा छनोट भएको हो।
बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्दै यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका लागि कप्तान इन्दू वर्माले सर्वाधिक ३३ रन बनाइन्। उनको कप्तानी इनिङ्समा नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाउन सक्यो।
त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो।
यूएईका लागि इसा रोहित ओजाले सर्वाधिक ३९ रन बनाइन्। यस्तै त्रीथा सतिशले २१, हीना हरिस होट्चन्दानीले २० र लाभण्या केनीले १२ रन बनाइन्।
नेपालका लागि मनिषा उपाध्याले सर्वाधिक चार विकेट लिइन्। चार ओभरमा २० रन खर्चिँदै उनले चार विकेट लिएकी हुन्। यस्तै कविता कुँवर दुई र राजमती ऐरीले एक विकेट लिए।
जित्नै पर्ने दबाबपूर्ण खेलमा नेपालले शानदार पाँच विकेटको जित निकाल्यो। अब बाँकी थाइल्याण्डसँगको खेल हारे पनि नेपाललाई कुनै असर नपर्ने भएको छ। यूएई भने सुपर थ्रीमा दुबै खेल हार्दै प्रतियोगिताबाटै बाहिरिएको छ।
एसिया छनोटको ‘सुपर थ्री’मा आइतबार युएईलाई ५४ रनले पराजित गर्दै थाइल्यान्डले ग्लोबल छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने सरकारी निकाय ‘सिंहदरबार वैद्यखाना’ले विभिन्न नाममा औषधि तथा स्वास्थ्यलाई फाइदा गर्ने उत्पादनहरु बजारमा ल्याएको छ। वैद्यखानाका धेरै उत्पादनहरु चिर्चित र जनजीब्रोमा झुण्डिएका छन्।
वैद्यखानाकै चर्चित उत्पादन मध्येको एक हो, तुलसी चिया। तुलसी चिया लेमन ग्रास, तुलसी पात, ल्वाङ, दालचिनी, सुकाएको अदुवा लगायतको मिश्रण हो। वैद्यखानाले दिएको जानकारी अनुसार ज्वरो तथा रगत सम्बन्धी रोगहरुका लागि यो चिया फाइदाजनक हुन्छ।
वैद्यखानाले २०५४ सालदेखी उद्योग विभागमा दर्तापछि विधिवत् रुपमा तुलसी चियाको उत्पादन सुरु गरेको हो।
करिब दुई दशकसम्म निरन्तरता उत्पादन भएपनि २०७५ सालमा तुलसी चियाको उत्पादन बन्द भएको थियो।
तुलसी चियाका लागि आवश्यक कच्चा पदार्थहरु आपुर्ति गर्ने कम्पनीले समयमा नल्याउँदा र वैद्यखानाका उत्पादन सरकारको प्राथमिकतामा पनि नपर्दा बजारले रुचाएको औषधीय गुणयुक्त तुलसी चियाको उत्पादन बन्द हुन पुगेको सिंहदरबार वैद्यखानाका निर्देशक डा प्रदीप केसी बताउँछन्।
तर वैद्यखानाले अहिले फेरि यसको उत्पादन सुरु गरेको छ। ‘बजारमा तुलसी चिया नआएको भन्ने धेरैको गुनासोपछि तुलसी चियाकोे उत्पादन पुनः सुरु गरिएको हो। औषधीय गुणले भरिपुर्ण यो चियाको माग उच्च छ,’ डा केसीले भने।
तुलसी चियासँगै वैद्यखानाका धेरै उत्पादन लामो समयसम्म बन्द भएका थिए। सरकार परिवर्तन लगतै कार्यालय प्रमुखहरु पटक–पटक फेरिदै गर्दा आर्थिक वर्ष २०७४–७५ पछि सिंहदरबार वैद्यखानाले तुलसी चिया लगायतका उत्पादनहरु बजारमा ल्याउन नसकेको निर्देशक डा केसीले जानकारी दिए।
‘१०–१५ दिनमा पनि वैद्यखानाको कार्यालय प्रमुख फेरिने गर्छन। सरकारको प्राथमिकतामा आयुर्वेद क्षेत्रमा परेन’, डा केसीले भने – ‘सिंहदरबार वैद्यखाना गठन आदेश सरकार स्वार्थ अनुसार फेरबदल हुँदा वैद्यखानाका उत्पादनले गति लिन सकेनन्।’
२०८१ मा थोरै मात्रामा यो चियाको उत्पादन गरिए पनि बजारमा पुर्याउन नसकिएको सिंहदरबार वैद्यखानाले चिया दिवसको अवसरमा उक्त चियालाई बजारमा बिक्री वितरण गर्न सकिने गरी उत्पादन गरेको डा केसी बताउँछन्।
सरकारले वैद्यखानाका लागि स्थायी दरबन्दी सृजना नगरेकोले पनि तुलसी चिया लगायतका यहाँका उत्पादन बजारमा आउन नसकेको डा केसीको आरोप छ। हाल वैद्यखानामा स्थायी दरबन्दी एउटा पनि छैन।
हाल वैद्यखानाले ५ हजार प्याकेट तुलसी चियाको उत्पादन गरेको छ। बजारमा धेरै रुचाइएको तथा माग भएकै कारण तुलसी चियाको उत्पादनलाई वैद्यखानाले प्राथमिकता राखी उत्पादन गरेको डा केसी बताउँछन्।
वैद्यखानाले सय ग्रामको प्याकेटमा तुलसी चियाको उत्पादन गरेको छ। तुलसी चियाको बजार मूल्य १८५ रुपैयाँ निर्धारण गरिएको छ। चियाको उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, जनशक्तिको लागतका आधारमा तुलसीमा चियाको मुल्य निर्धारण गरिएको डा केसीले जानकारी दिए।
उत्पादन लागतमा १० –१५ प्रतिशत फाइदा राखेर मुल्य निर्धारण गरिने उनले प्रष्टाए। नेपाल सरकारका हरेक सरकारी निकायहरुमा यो चिया प्रयोगका लागि ब्रान्डिङ गर्नुपर्ने तथा त्यसमा आफु लागिपरेको डा केसी बताउँछन्।
वैद्यखानाको गुमेको शाख फर्काउन पनि तुलसी चियाले भुमिका खेल्न सक्ने डा केसीको आशा छ।
बजारले रुचाएको अवस्थामा जति पनि उत्पादन गर्न सक्ने क्षमता वैद्यखाना रहेको उनले जानकारी दिए। एक व्याच उत्पादन गर्न एक देखि डेढ दिन लाग्ने गरेको डा केसी बताउँछन्। जसमा ५ देखी ८ हजार प्याकेट उत्पादन हुनसक्छ।
पछिल्लो समय हरेक मानिसमा आएको जीवनशैलीको चेतना कारण तुलसी चियाको बजार राम्रो भएकोमा डा केसी आशावादी छन्।
अन्य निजी कम्पनीहरुले वैद्यखानाको जस्तै नक्कल गरी तुलसी चियाको उत्पादन गरेको पाइएको भन्दै उनले त्यस्ता नक्कली उत्पादनसँग सतर्क रहन समेत आग्रह गरे।
तुलसी चिया कास, श्वास, रुघाखोकी, दम, प्रतिश्याय आदिमा उपयोगी हुन्छ। स्वस्थ जीवनको लागि कार्यालय वा घरमा प्रशोधित र चिनी मिसिएको दुध चिया वा कालो चिया बनाएर खानुको सट्टामा औषधीय जडिबुटीको मिश्रणबाट बनेको तुलसी चिया पिउने बानी बसाउन निर्देशक डा केसीको सुझाव छ।
तुलसी चिया बनाउने विधि
–एक चिया चम्चा तुलसी जडीबुटी चियाबाट ६ कप चिया बनाउन सकिन्छ।
–औषधीको रुपमा एक चिया बनाउनु परेमा चाहिँ आधा चिया चम्चा तुलसी जडीबुटी चिया आवश्यक हुन्छ।
–एक मिनेटसम्म उमाल्नुहोस्।
–स्वादका लागि इच्छाअनुसार नुन वा चिनी लगाउनुहोस्।
नोट : स्वास्थ्यखबरले नेपाली बजारमा चर्चित रहेका औषधिहरुको विषयमा जानकारी दिने हेतुले ‘चर्चित औषधि ब्रान्ड’ श्रृंखला सुरु गरेको छ। जसअन्तर्गत पहिलो श्रृंखलामा स्वास्थ्यखबरले सिटामोलको विषयमा जानकारी दिएको थियो। दोस्रो श्रृंखलामा वैद्यखानाको तुलसी चिया परेको छ। अन्य श्रृंखलामा हामी अन्य चर्चित बनेको औषधिको ब्रान्डका विषयमा जानकारी दिनेछौं। यदि तपाईंहरुले नेपाली बजारमा चर्चित औषधि ब्रान्डका विषयमा जानकारी छ भने हामीलाई [email protected] मा उपलब्ध गराउनुहोला।
यो पनि :
चर्चित ब्रान्डः औषधि भनेकै सिटामोल! जनजिब्रोमा नाम, तर किन छैन व्यापार?
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । गाजाका केही भागहरूमा जारी इजरायली सैन्य कारबाहीको बीचमा गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले उत्तरी गाजाका तीनवटै सार्वजनिक अस्पतालहरूले काम नगरेको बताएको छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार भनेको छ, “इजरायली सेनाले बेइत लाहियामा रहेको इन्डोनेसियाली अस्पताललाई घेरेको छ र भारी गोलीबारी गरिरहेको छ, जसले गर्दा बिरामी, डाक्टर र आवश्यक सामग्रीहरूको पहुँचमा अवरोध पुगेको छ।”
मन्त्रालयका अनुसार यो अस्पताल उत्तरी गाजामा अझै पनि सञ्चालनमा रहेको अन्तिम अस्पताल थियो। शनिबार, इजरायली सेनाले गाजामा ‘अपरेशन गिदोन्स चेरियथ’ सुरु गर्ने घोषणा गर्यो।
अर्कोतर्फ, युद्धविरामको बारेमा इजरायल र हमासका प्रतिनिधिहरू बीच कतारमा अझै पनि वार्ता जारी छ।
शनिबारको वार्तापछि एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार हमासले ६० दिने युद्धविराम र प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा नौ बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव गरेको छ।
तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्धकहरूलाई रिहा गर्ने र हमासले आफ्ना हतियारहरू आत्मसमर्पण गर्ने र निर्वासनमा जाने बखत आफू युद्ध अन्त्य गर्न तयार रहेको बताएका छन्।
आइतबार, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भन्यो: “बेइत हानौन र कमल अदवान अस्पतालहरूको विनाश र इन्डोनेसियाली अस्पताल सेवाबाट बाहिरिएपछि, उत्तरी गाजा पट्टीमा अब कुनै पनि कार्यरत सार्वजनिक अस्पतालहरू छैनन्।”
सामाग्री श्रोत :
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्न लागेको सीप मेलामा ४२ पेशाका लागि तालिम उपलब्ध हुने भएको छ । इच्छुकले जेठ ५ गते अर्थात् आजसम्म अनलाइन आवेदन दिन सक्नेछन् । महानगरले यसअघि सूचना
प्रविधि समूहमा तय गरिएका पाँच पेशामा सात नयाँ पेशा थप गर्दै १२ पेशा बनाएको छ । हालै थपिएका पेशामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी, ग्राफिक्स डिजाइन लगायत छन् । पहिलेबाटै डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अप्टिक्स टेक्निसियन, एआई र यसको प्रयोग रहेका छन् ।
त्यस्तै ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा ‘विक्स’ पेशा थपिएको छ । यससँगै सौन्दर्य समूहमा अब पाँच पेशा भएका छन् । अन्य १० समूहका ३४ पेशामा भने क्षेत्रीय विस्तार नगरिएको महानगरले जनाएको छ । पेशागत संख्या ८ थपिएपछि अहिले कुल ४२ पेशामा तालिम सञ्चालन गरिनेछ ।
कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले रोजगारदाताको माग अनुसार तालिम पेशा र कक्षा थप गरिएको जानकारी दिए । अनलाइन आवेदन प्रक्रिया र सहायता कक्ष तालिममा सहभागी हुन चाहनेले यहाँ क्लिक गरी विवरण भरी फाराम पेश गर्न सक्नेछन् ।
अनलाइन आवेदन गर्न नसक्नेका लागि आज राष्ट्रिय सभागृहमा सहायता कक्ष स्थापना गरिने समितिका सदस्य विवेक बास्तोलाले जानकारी दिए । हालसम्म ३,५७६ जनाले आवेदन दिइसकेको जनाइएको छ । आवेदकमध्ये सबैभन्दा धेरै माग डिजिटल मार्केटिङ, बारिस्ता, एआई, बेकरी र ब्युटिसियन पेशामा देखिएको छ । महानगरले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखेको हो ।
तालिममा काठमाडौँ महानगरभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति, तथा सडक पेटीमा व्यवसाय गर्नेहरूलाई प्राथमिकता दिइनेछ । तालिममा १८ देखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउनेछन् । ३० दिनसम्म दैनिक ६ कक्षा गरी १०० घण्टा तालिम दिइनेछ ।
पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ ९:४६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् । ‘हिमालयन चितुवा’को नामले विश्व परिचित बक्सर घिमिरेले पहिलो पटक तीनवटा अन्तरराष्ट्रिय ‘किक बक्सिङ टाइटल’ हात पार्दै अदम्य साहस तथा असाधारण उपलब्धि हासिल गरेका हुन् ।
बक्सर घिमिरेले जापानको ओसाका सहरमा आइतबार सम्पन्न विश्व प्रसिद्ध ‘के वन क्रस १७५’को उपाधि चुम्दै नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् । अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा उनले जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउण्डमा परास्त गर्दै विश्व ‘च्याम्पियन’ बनेका हुन् ।
‘च्याम्पियन’ जिन्कलाई रिङ्मा ढाल्ने बक्सर घिमिरे पहिलो नेपाली खेलाडी बनेको बक्सर अविरलका पिता एवं पूर्वअन्तरराष्ट्रिय किक बक्सर तथा फुलकन्ट्र्याक कराँते खेलाडी देव घिमिरेले जानकारी दिए । उनका अनुसार ‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ । सो अन्तरराष्ट्रिय खेल हेर्ने जापानमा रहेका नेपाली तथा जापानीको उल्लेखनीय सहभागीता रहेको कराँते खेलाडी देवले बताए ।
प्रतियोगिताका लागि बक्सर अविरलले थाइल्याण्डको फुकेट सहरस्थित टाइगर मोथाई क्लबमा करिब डेढमहिना आफ्नै खर्चमा बन्द प्रशिक्षणसमेत लिएका थिए । ‘के वन क्रस १७५’को उपाधि हात पारेपछि बक्सर अविरलले भन्नुभयो, “ ‘के वन क्रस १७५’को उपाधि हात पार्नु नेपाल र मेरो लागि ऐतिहासिक क्षण हो । यसका लागि मेरा पिता एवं प्रशिक्षक कराँते खेलाडी देवलाई विशेष धन्यवाद दिन चाहन्छु । मेरो खेल हेर्न हलमा सहभागी भएका नेपाली र जापानी खेलप्रेमीलाई पनि धन्यवाद दिन चाहन्छु । मेरो खेलयात्रा जारी रहने छ । ”
किक बक्सिङ खेल क्षेत्रमा एकपछि अर्को ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका बक्सर अविरलले हालै ‘के वान वल्र्ड म्याक्स २०२५’ प्रतियोगिताको उपाधि जितेका थिए । ‘के वान प्रोफेसनल किक बक्सिङ’द्वाराजापानको टोकियो सहरस्थित नेशनल योयोगी स्टेडियम गत माघको अन्तिम साता आयोजित सो प्रतियोगितामा उनले जापानका बक्सर यसुहितो सिरासुलाई ढाल्दै विजयी हुन सफल भएका थिए ।
यसैगरी गत कात्तिक ११ मा इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा ‘हिमचितुवा’ले विश्वप्रसिद्ध फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल भएका थिए ।
हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी अविरलले अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् ।
बक्सर अविरल आफ्ना पिता बक्सर देवको साथमा जापानको नागोया सहरमा बस्दै आएका छन् । कराँते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उनको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
भरतपुर। चितवन नजिकको टिकौली जंगल प्राकृतिक सौन्दर्य र जैविक विविधताका लागि प्रसिद्ध छ।
चितवन राष्ट्रिय निकुञ्जको जैविक मार्ग क्षेत्रको रूपमा रहेको यस जंगलमा दुर्लभ वन्यजन्तु, चरा र वनस्पतिहरू पाइन्छन्।
टिकौली जंगलमा भ्रमण गर्दा पर्यटकहरूले एकसिङ्गे गैंडा, पाटे बाघ, विभिन्न प्रजातिका मृग र चराहरू देख्न सक्छन्। यस क्षेत्रको रामसार सूचीमा सूचीकृत विसहजारी ताल जैविक मार्गको महत्त्वपूर्ण हिस्सा हो।
तस्बीर : नेपाल न्युज बैंक
सामाग्री श्रोत :
काठमाडौँ । गुगलले आफ्नो एआई टुल जेमिनाईमा भिडिओ संवाद गर्न सकिने नयाँ सुविधा सबैका लागि उपलब्ध गराएको छ । कम्पनीले केही दिनअघि घोषणा गरेको यो फिचर अब सबै प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध भएको हो ।
यसअघि यस्तै प्रकारको सुविधा ओपनएआईको च्याटजीपीटीमा उपलब्ध थियो । तर, त्यसका लागि प्रयोगकर्ताले मासिक २० डलर शुल्क तिरेर च्याटजीपीटी प्लसको सब्सक्रिप्सन लिनुपर्ने बाध्यता थियो । यता गुगलले भने जेमिनाईमा यो फिचर निःशुल्क उपलब्ध गराएको छ । यसले गर्दा प्रयोगकर्ताले कुनै अतिरिक्त शुल्क बिना नै भिडिओ संवाद गर्न सक्नेछन् ।
जेमिनाईसँग भिडिओ संवाद गर्दा क्यामेरा खुल्छ । क्यामेराले खिचेको दृश्य स्क्रिनमा देखिन्छ । त्यसपछि तपाईंले त्यही दृश्यसँग सम्बन्धित जिज्ञासा जेमिनाईसँग सोध्न सक्नुहुन्छ । तपाईंले केही सोध्नु भएन भने पनि जेमिनाई आफैँले उक्त वस्तु पहिचान गरेर तपाईंलाई जानकारी दिन्छ ।
यो फिचर प्रयोग गर्न सबैभन्दा पहिले जेमिनाई एप खोल्नुहोस् । एप अपडेट गर्नुपर्नेछ भने अपडेट गर्नुहोस् । एप खोलिसकेपछि तल दायाँपट्टि रहेको तीन ओटा लाइनको अप्सनमा ट्याप गर्नुहोस् । यति गरेपछि जेमिनाई लाइभको पेज खुल्छ ।
त्यसमा तलपट्टि बायाँतिर भिडिओको अप्सन देख्न सकिन्छ । भिडिओ संवाद गर्न उक्त अप्सन छान्नुहोस् । डिफल्ट रूपमा पछाडिको क्यामेरा खुलेको हुन्छ । तपाईंले क्यामेरा जता तेर्साउनु भयो त्यहीको दृश्य स्क्रिनमा देखिन्छ । र, जेमिनाईले त्यसैका विषयमा चर्चा गर्न सघाउँछ । तपाईंले अर्को कुनै व्यक्तिलाई भिडिओ कल गरेर क्यामेरा देखाएर सोधे जस्तै जेमिनाईलाई विभिन्न विषयमा सोध्न सक्नुहुन्छ ।
त्यस्तै यसमा स्क्रिन शेयरको फिचर पनि उपलब्ध छ । तपाईंको मोबाइलमा कुनै समस्या आयो वा तपाईंलाई कुनै टिप्स चाहियो भने स्क्रिन शेयर गरेर आफ्नो समस्या राख्नुहोस् । एपले तपाईंलाई गाइड गर्न सक्छ । यसरी विभिन्न तरिकाले जेमिनाईको स्क्रिन शेयर गरेर आफूलाई परेका समस्या समाधान गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ ९:५५
सामाग्री श्रोत :
टेक पाना