
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिमा आउने अवरोधका विषयमा जानकारी दिन तथा समस्या समाधानमा सहयोग पुर्याउन उपभोक्ताहरूलाई ११५० नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
एक सूचना जारी गर्दै प्राधिकरणले प्रणालीगत समस्या (सिस्टम-वाइड ब्रेकडाउन) वा स्थानीय स्तरमा सीमित समस्या (लोकलाइज्ड ब्रेकडाउन)का कारण विद्युत् आपूर्तिमा बाधा आउन सक्ने भन्दै उपभोक्ताहरूलाई सजग रहन आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार आँधी, चट्याङ, भारी वर्षाजस्ता प्रतिकूल मौसम तथा अन्य प्राविधिक कारणले कहिलेकाहीँ विद्युत् आपूर्तिमा अवरोध आउन सक्छ । उपभोक्ताबाट समयमै प्राप्त जानकारीले समस्या चाँडो समाधान गर्न सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।
विद्युत् प्रणालीमा स्थानीय अवरोधका कारण भएको अवरोधको समाधान गर्न उपभोक्ताबाट प्राप्त जानकारी तथा जनगुनासोलाई समयमै सम्बोधन गर्ने उद्देश्यले प्राधिकरणले आफ्ना प्रादेशिक तथा डिभिजन कार्यालयहरूमा स्थापना भएका रिङ मेन युनिट तथा रिले प्रणालीहरूबाट अपेक्षित कार्य सम्पादन भएको वा नभएको विषयमा जाँचबुझ गरी आवश्यक सिफारिससहितको प्रतिवेदन पेश गर्न अध्ययन समितिसमेत गठन गरेको छ ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ ९:३७
सामाग्री श्रोत :
टेक पाना

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका– ३ छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सीधान रोपाइँ सुरु भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयले सोमबार धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरेको हो ।
कृषि विकास कार्यालय र पातारासी गाउँपालिकाको मार्सी धान संरक्षण तथा प्रवर्द्धन केन्द्रको आयोजनामा रोपाइँ महोत्सव सम्पन्न भएको कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए ।
स्वदेशी तथा विदेशीको रोजाइमा परेको मार्सीधानको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि रोपाइँ महोत्सव तथा धान दिवस मनाइएको उनले जानकारी दिए । यहाँ विगतका वर्षदेखि धान रोपाइँ भइरहको पातारासी– ३ का वडाध्यक्ष गोविन्द रावतले बताए ।
सङ्घीय सरकारको सहयोगमा धान संरक्षण गर्ने उद्देश्यले छुमचौर जिउलो आधा क्षेत्र घेरबार गरिएको जनाउँदै पूरै क्षेत्र घेरबार भए काली मार्सी धानको खेती बढ्ने बताए ।
विश्वको अग्लो ठाउँमा फल्ने धान यहाँ उत्पादन हुने भन्दै यसको संरक्षण र प्रवर्द्धनमा पालिका लागिपरेको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले उल्लेख गरे । समुन्द्री सतहबाट दुई हजार ८५० मिटर उचाइमा पर्ने छुमचौरमा धानखेती भएपछि जिल्लामा विभिन्न कार्यक्रम गरी रोपाइँ सुरु भएको हो ।
सिञ्जा सभ्यताको इतिहास जोडिएको जुम्लामा मार्सी धान लोप हुने अवस्थामा पुगेपछि कृषक, स्थानीय सरकारलगायत सरोकार भएका निकाय यसको संरक्षण र प्रवर्द्धनमा लागेको उपाध्यक्ष रोकायाले बताए । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने कृषि विकास कार्यालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट गठित गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिले एक उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समिति गठन गरेको छ ।
अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको दोस्रो बैठकले एनआरएन अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । शर्मा नेतृत्वको समितिले आवश्यकता अनुसार सदस्यहरू थप गर्ने प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।
यसैगरी, संसारभरका राष्ट्रिय समन्वय परिषद् एनसीसीहरुलाई अर्को पक्षको अनधिकृतरुपमा नियन्त्रणमा रहेको एमआइएस सिस्टम प्रयोग नगर्न पनि बैठकले अपिल गरेको छ । महासचिव बाबुराम (बीआर) लामाका अनुसार एनसीसीहरुलाई आफ्नै पोर्टलबाट आवेदन खोल्न अनुरोध गर्ने र आफ्नै पोर्टल नभएका एनसीसीहरुलाई आईसीसीसँग समन्वय गर्न भनिएको छ ।
यसैगरी क्षेत्रीय बैठकहरू आयोजना गर्ने विषयमा मिति र स्थान तय गर्ने जिम्मा क्षेत्रीय संयोजकहरूलाई नै दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता गौतमले जनाए ।
सामाग्री श्रोत :
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप समिति गठन
काठमाडौँ । स्मार्टफोन आजको दिनमा अत्यावश्यक भइसकेको छ । ग्राहकको आवश्यकता अनुसार सबै बजेट अनि फिचर राखेर हरेक हप्ता कुनै न कुनै नयाँ स्मार्टफोन सार्वजनिक भइरहेको छ ।
यस्तोमा यदि तपाईं बजेट फोनको खोजीमा हुनुहुन्छ र कुन फोन आफ्नो आवश्यकताका लागि उपयुक्त हुन्छ भन्ने सोचमा हुनुहुन्छ भने हामीले यहाँ बजारमा उपलब्ध २० हजार रुपैयाँमा नै आउने बजेट फोनहरूको विषयमा उल्लेख गरेका छौँ:
रेड्मी १४सी
झट्ट हेर्दा आकर्षक देखिने यो फोनलाई पावर प्याक फोन भन्न सकिन्छ । हेर्दा चिटिक्क मात्र हैन, यसलाई कम्पनीले बजेट अनुरुपको उत्कृष्ट फोन बनाउने पूरा प्रयास गरेको छ । फोनमा मिडियाटेक हेलियो जी८५ अल्ट्रा चिपसेट प्रयोग गरिएको छ । यस्तै, यसमा रेड्मीको आफ्नै हाइपर ओएस प्रयोग गरिएको छ ।

६.८८ इन्चको एचडी प्लस डिस्प्लेसँगै आएको यो फोनमा १२० हर्जको रिफ्रेस रेट दिइएको छ । फोनमा डुअल क्यामेरा सेटअप छ, जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेलको छ भने अगाडि १३ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।
यो फोनको अर्को विशेषता भनेको स्टोरेज पनि हो । यसमा ८ जीबी र्याम दिइएको छ, जसलाई भर्चुअल रूपमा थप ८ जीबीसम्म बढाउन सकिन्छ । इन्टर्नल स्टोरेज भने २५६ जीबीको रहेको छ ।
फोनमा ५,१६० एमएएच ब्याट्री दिइएको छ, जसले १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । नेपाली बजारमा रेड्मी १४C को सुरुवाती भेरियन्ट ४/१२८ जीबीको मूल्य १३ हजार ९०० रुपैयाँ तोकिएको छ ।
ओप्पो एथ्री एक्स
हामीसँग भएको अर्को फोन हो ओप्पो एथ्री एक्स, जसलाई अन्य फोनको तुलनामा बलियो मान्न सकिन्छ । १४ हजार ५०० रुपैयाँ मूल्य तोकिएको यो फोनमा मिलिट्री ग्रेड शक रेसिस्टेन्ट प्रयोग गरिएको छ, जसले फोनलाई बलियो बनाएको छ ।

६.६७ इन्चको एचडी प्लस डिस्प्लेसँगै आएको यो फोनको डिजाइन र रंग पनि उत्तिकै आकर्षक देखिन्छ । यसमा एक हजार निट्सको ब्राइटनेस पाउन सकिन्छ । क्यामेराको कुरा गर्ने हो भने, यो फोनमा ८ मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।
एन्ड्रोइड १४ मा आधारित यो फोनमा स्न्यापड्रागन ६ जेन १ चिपसेट प्रयोग गरिएको छ । ४/६४ र ४/१२८ जीबी भेरियन्टमा पाइने यो फोनमा ५,१०० एमएएचको ब्याट्री दिइएको छ, जसले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ ।
यतिको बजेट रेन्जमा धेरै फिचर, बलियो र भरपर्दो फोन खोज्दै हुनुहुन्छ भने ओप्पो एथ्री एक्स लाई अवश्य पनि मौका दिन सक्नुहुन्छ ।
सामसङ एम१४ फोरजी
सामसङ पनि एउटा यस्तो कम्पनी हो, जसले आफ्ना सबै प्रकारका ग्राहकलाई लक्षित गरी स्मार्टफोन ल्याएको छ । बजेट प्रयोगकर्ताका लागि भनेर कम्पनीले ल्याएको सस्तो फोन हो सामसङ एम१४ फोरजी ।

धेरैजसो सामसङ प्रयोगकर्ताले सामसङलाई नै निरन्तरता दिने गरेको देखिन्छ । त्यसका लागि सामसङको M सिरिज अन्तर्गतको यो बजेट फोन उपयुक्त हुन सक्छ । यो एक वर्ष अगाडि सार्वजनिक भएको फोन भए पनि अझै बजेट सेग्मेन्टमा यसलाई उत्कृष्ट मान्न सकिन्छ ।
आकर्षक देखिने यो फोनको बिल्ड क्वालिटी पनि राम्रो नै छ । फोनमा ९० हर्जको ६.७ इन्चको फुल एचडी प्लस डिस्प्ले छ । एन्ड्रोइड १३ मा आधारित यो फोनमा सामसङको One UI प्रयोग गरिएको छ । प्रोसेसर भने क्वालकमको स्न्यापड्रागन ६८० प्रयोग गरिएको छ ।
क्यामेरातर्फ ५० मेगापिक्सेलको मुख्य क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । स्टोरेजतर्फ दुईवटा विकल्प छन्: ४/६४ जीबी र ६/१२८ जीबी । उपलब्ध र्यामलाई तपाईंले भर्चुअल रूपमा १२ जीबीसम्म बढाउन सक्नुहुन्छ ।
ब्याट्री भने ५००० एमएएचको दिइएको छ, जसले २५ वाटको चार्जर सपोर्ट गर्छ । नेपाली बजारमा यो फोनको सुरुवाती मूल्य १६ हजार ९०० रुपैयाँ रहेको छ ।
भिभो वाई१९एस
२० हजारभन्दा कम बजेटको अर्को राम्रो फोन हो भिभो Y19s । कम बजेट भए पनि झट्ट हेर्दा फोन प्रिमियम देखिन्छ । ६.६८ इन्चको ९० हर्जको आईपीएस एलसीडी डिस्प्लेसँगै आएको यो फोनको डिस्प्लेको पिक ब्राइटनेस १००० निट्स रहेको छ ।

कम्पनीले फोनलाई एन्टी ड्रप डिजाइन गरेको दाबी गरेको छ भने एजीएस फाइभ लेभल स्टारको प्रमाणीकरण र मिलिट्री ग्रेड प्रमाणीकरण पनि यो फोनले पाएको छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा पाउन सकिन्छ ।
एन्ड्रोइड १४ मा आधारित यो फोनमा भिभोको आफ्नै फनटच ओएस १४ प्रयोग गरिएको छ । यस्तै, यसमा युनिसक टी६१२ प्रोसेसर प्रयोग गरिएको छ भने फोनमा ५,१५० एमएएच क्षमताको ब्याट्री छ ।
स्टोरेजतर्फ यो फोन दुई स्टोरेज भेरियन्टमा उपलब्ध छ: ४/१२८ जीबी र ६/१२८ जीबी । फोनको सुरुवाती मूल्य १६ हजार ९९९ रुपैयाँ रहेको छ ।
बेन्को भी९२
बजारमा बजेट ब्रान्डको रूपमा परिचित बेन्कोको फोन पनि तपाईंको लागि विकल्प हुन सक्छ- विशेषगरी बेन्को भी९२ । बजेट फोन भए पनि कम्पनीले यसमा लेदर फिनिस दिएको छ, जसले गर्दा यो फोन बोक्दा नै प्रिमियम महसुस हुन्छ ।

सामान्यतः बजेट फोनहरूमा लेदरको फिनिसिङ पाइँदैन — यसमा भने बेन्को अगाडि छ । फोनमा छ ६.७२ इन्चको फुल एचडी प्लस डिस्प्ले, ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र ५० मेगापिक्सेलको रियर क्यामेरा ।
एन्ड्रोइड १४ मा आधारित यो फोनमा युनिसक टी६०६ अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ । फोनमा ६ जीबीको र्याम दिइएको छ । यसलाई थप गरेर १२ जीबीसम्म बनाउन सकिन्छ भने स्टोरेजका लागि २५६ जीबी छ ।
१८ वाट चार्जिङको साथमा ५००० एमएएच ब्याट्री क्षमता भएको यो फोनको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ ८:४८
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डविरुद्ध खेलिरहेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
यस अघि नेपाल र थाइल्याण्ड दुवै यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेको छन् । उनीहरू दुवैले यूएईलाई हराउँदै ग्लोबल छनोटको टिकट सुरक्षित गरेका हुन् ।
नेपाल आजको खेलमा पनि सोमबारको लय कायम राख्दै थाइल्याण्डलाई स्तब्ध पार्न चाहन्छ । नेपालले हालसम्म थाइल्याण्डलाई हराउन सकेको छैन । यदि आजको खेलमा जित निकाल्न सके नेपाली महिला टिमले अर्को इतिहास बनाउने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेश सभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माणलाई मूल लक्ष्य बनाएको स्पष्ट पारे ।
प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहको पारदर्शिता र प्रभावकारिता, र विधिको शासनलाई सुदृढ गर्ने विभिन्न रणनीतिहरू अघि सारेको छ । मुख्यमन्त्री ड्यासबोर्ड सुधार, गुनासो सुनुवाइ प्रणाली सशक्तीकरण, र कर्मचारी मनोबल अभिवृद्धिका कार्यक्रमहरू पनि प्राथमिकतामा छन् ।
प्रदेशभर सडक, पुल, झोलुङ्गे पुल, भवन, खानेपानी र सिँचाइ पूर्वाधार निर्माणमा तीव्रता दिइनेछ । प्रादेशिक सडक सञ्जाल गुरुयोजना र सौर्य÷जलविद्युत परियोजनामा लगानी बढाइने नीति कार्यक्रममा उल्लेख रहेको छ ।
रैथाने बालीको संरक्षण, उन्नत बीउ प्रवद्र्धन, जैविक खेतीमा जोड, पशुपन्छीका रोग नियन्त्रण, वनजन्य उद्योग प्रवद्र्धन, जडीबुटी व्यवसायिकरण र सहरी वन विकासलाई विशेष प्राथमिकता दिइएको छ ।
सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, नमूना विद्यालयका रूपमा धनकुटा आवासीय विद्यालय विकास, महिला र बालबालिकाको पोषण, स्वास्थ्य पहुँच तथा स्वास्थ्य विमामा जोड, हृदयरोग अस्पताल, आयुर्वेद अस्पताल र मोबाइल अस्पताल सेवा विस्तार गरिने उल्लेअ गरिएको छ ।
उद्यमशीलताको प्रवद्र्धन, स्टार्टअप कार्यक्रम, एक निर्वाचन क्षेत्र एक विशेष उद्यम कार्यक्रम, र युवा लक्षित सूचना प्रविधि आधारित रोजगारी योजनाहरू अघि सारिएका छन् । साना तथा मझौला उद्यममा पहुँचका लागि बैंकिङ सहजीकरण गरिनेछ ।
वातावरणीय प्रभाव मूल्याङ्कन, हरियाली विस्तार, चुरे संरक्षण, नदीजन्य पदार्थको व्यवस्थापन, र हरित ऊर्जा प्रवद्र्धन योजनाहरू समावेश छन् । कोशी पर्यटन वर्ष २०८२ मा पदमार्ग, धार्मिक स्थल, प्राकृतिक र ऐतिहासिक क्षेत्रहरूमा लगानी बढाइनेछ । कोशी र खुवालुङ क्षेत्रको विशेष विकास योजना अघि बढाइनेछ उल्लेख गरिएको छ ।
प्रदेश सरकारले यस कार्यक्रमलाई नागरिकको विश्वास जित्ने साधन बनाउने प्रतिबद्धता जनाएको छ । भने संक्षिप्त प्रतिकृयाहरु जनाउँदै विपक्षीहरुले कार्यक्रम कर्मकाण्डी रुपमा प्रस्तु भएको जनाएका छन् । सोमबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि मंगलबारबाट सभामा छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
सामाग्री श्रोत :
काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईका विद्युतीय सवारी साधनहरूमा प्रि-बजेट अफर ल्याएको छ ।
सोमबारदेखि सुरु भएको यो अफर १४ जेठसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यो अफर हु्न्डाईका कोना इलेक्ट्रिक, आयोनिक ५ र क्रेटा ईभीमा लागु हुनेछ ।
यस योजना अन्तर्गत, नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आयोनिक ५ र क्रेटा इभी खरिद गर्ने ग्राहकलाई नि:शुल्क बीमा, सडक कर लगायत नगद छुटको व्यवस्था गरिएको छ ।
ग्राहकले हुन्डाईको कुनै पनि शोरुममा गएर यो अफर लाभ लिन सक्नेछन् । यो अफर नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ ७:५८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं –प्रतिनिधिसभाको बैठक आज बस्दैछ । मंगलबार बिहान ११ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ ।
यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।
साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
हरेक वर्षको मे महिना विश्वभर मेलानोमा क्यान्सर जागरूकता महिनाका रूपमा मनाइन्छ। यो अभियानको उद्देश्य मानिसहरूमा छालाको क्यान्सरको सबैभन्दा खतरनाक प्रकार (मेलानोमा क्यान्सर) का लक्षण, जोखिम, रोकथाम र उपचारका सम्भावनाबारे जनचेतना फैलाउने हो।
नेपालमा मेलानोमा अपेक्षाकृत दुर्लभ भएपनि, विश्वव्यापी तापमान वृद्धिको साथमा सूर्यको क्षणिक तर गम्भीर असर, छालाको क्यान्सरका केसहरू विकासोन्मुख देशहरूमा पनि बढ्न थालेका छन्। समयमै पहिचान र उपचारको सम्भावनाले मेलानोमा क्यान्सरलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ, र यहींबाट सकारात्मक सन्देश सुरु हुन्छ।
मेलानोमा क्यान्सर भनेको के हो?
मेलानोमा क्यान्सर छालाको ती कोशिकाबाट उत्पन्न हुने क्यान्सर हो, जुन मेलानिन नामक वर्णक उत्पादन गर्छन्। यी कोशिकाहरूलाई मेलानोसाइट्स भनिन्छ। मेलानोमा प्रायः शरीरको कुनै पनि भागमा देखा पर्न सक्छ, तर मुख्यतः अनुहार, हातखुट्टा, ढाड र छाती जस्ता सूर्यको प्रत्यक्ष सम्पर्कमा आउने भागमा बढी हुन्छ।
मुख्य लक्षणहरू – ‘एबीसीडीई’ संकेत
छालामा रहेका कोठी वा दागमा तल उल्लेखित परिवर्तन देखिएमा सचेत हुनु जरूरी छ:
ए – एसिमेट्री: कोठीको एक भाग अर्कासँग मेल नखाने।
बी – बोर्डर: किनारा अनियमित, झुल्किएको वा अस्पष्ट हुनु।
सी – कलर: एउटै कोठीमा विभिन्न रङ (कालो, खैरो, नीलो, रातो)।
डी– डायमिटर: व्यास ६ मि.मि. भन्दा ठूलो हुनु।
ई – इभोलिङ: आकार, रङ वा बनावटमा समयसँगै परिवर्तन आउनु।
मेलानोमा क्यान्सरका जोखिम तत्वहरू
सूर्यको अल्ट्राभायोलेट (युभी) किरणको अत्यधिक सम्पर्क
गोरो छाला भएका व्यक्ति
परिवारमा छालाको क्यान्सरको इतिहास
शरीरमा धेरै र अनियमित आकारका कोठीहरू
अघिल्लो छालासम्बन्धी क्यान्सरको इतिहास
नेपालजस्तो उच्च भू-भाग र प्रखर घाम लाग्ने भूगोलमा सूर्यको युभी किरणको असर उल्लेखनीय हुन सक्छ, विशेषतः लामो समय खुला घाममा काम गर्ने व्यक्तिहरूमा।
रोकथामका उपायहरू- सरल तर प्रभावकारी
सूर्यको प्रत्यक्ष सम्पर्कबाट जोगिनुहोस्: बिहान १० बजे देखि दिउँसो ३ बजेसम्मको घाम बढी हानिकारक हुन्छ।
सनस्क्रिन प्रयोग गर्नुहोस्: एसपीएफ ३० वा माथिको सनस्क्रिन नियमित प्रयोग गर्नुहोस्, विशेषतः काम बाहिर गर्ने वा घाममा हिँड्नुपर्ने व्यक्तिहरूका लागि।
टोपी, सनग्लास, लामा कपडा लगाउनुहोस्: यी उपायहरूले यूभी किरणबाट छालाको सुरक्षा गर्छन्।
कोठी वा छालामा देखिएका परिवर्तनहरू नियमित परीक्षण गर्नुहोस्: डर्मेटोलोजिस्टको परामर्श लिएर आवश्यक परेमा बायोप्सी गराउनुहोस्।
सकारात्मक जीवनशैली अपनाउनुहोस्: पर्याप्त निद्रा, सन्तुलित आहार, धूम्रपान र मदिरा सेवनबाट टाढा रहनुले पनि प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ।
उपचारका उपायहरू र निको हुने सम्भावना
मेलानोमा यदि सुरुवाती चरणमै पहिचान गरियो भने, शल्यक्रिया मार्फत् पूर्णरूपमा हटाउन सकिन्छ।
एडभान्स केसहरूमा इम्युनोथेरापी, टार्गेटेड थेरापी, र कीमोथेरापी समेत प्रभावकारी हुन्छन्।
पछिल्लो दशकमा वैज्ञानिक प्रगतिहरूका कारण मेलानोमा क्यान्सरको जीवितदर उल्लेखनीय रूपमा सुधार भयको छ। यदि पहिलो वा दोस्रो चरणमा रोग पत्ता लाग्यो भने, पाँच वर्ष जीवनदर ९० प्रतिशत भन्दा माथि रहन्छ।
सकारात्मक सन्देश – सचेत नागरिक, सुरक्षित भविष्य
मेलानोमा क्यान्सरले डराउनु पर्ने होइन, सजग र सचेत भएर समयमै पहिचान र उपचार गर्नु पर्ने रोग हो। हाम्रो छालाले शरीरको सबैभन्दा ठूलो अंगको रूपमा हाम्रो सुरक्षा गर्छ — त्यसैले यसको हेरचाह गर्नु हाम्रो कर्तव्य हो।
यस मेलानोमा जागरूकता महिनामा, हामी सबैले आफू, आफ्ना परिवार र समुदायलाई छालाको क्यान्सरको बारेमा जानकारी दिने, घामको प्रत्यक्ष असरबाट जोगिने, चिकित्सकीय सल्लाह लिने र समयमा पहिचान गरी क्षमता विकास गर्ने प्रतिबद्धतामा जगरूप बनाऊ ।
‘छाला हाम्रो रक्षा कवच हो- त्यसको रक्षा गर्नु जीवनको रक्षा गर्नु हो।’
यदि तपाईंको छालामा कुनै असामान्य परिवर्तन देखिन थालेको छ भने, ढिला नगरी विशेषज्ञसँग परामर्श लिनुहोस्।
(डा शाही पाटन अस्पतालमा कार्यरत छन्)
सामाग्री श्रोत :
swasthyakhabar

इनरुवा (सुनसरी)। बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ।
स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए।
बराहक्षेत्र-१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ। त्यसैगरी बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बङ्गुरको मृत्यु भएको उनले जानकारी दिए।
उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ।
बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बङ्गुरको मृत्यु हुनुका साथै ५७ वटामा अझै सङ्क्रमण डा महतोले बताए। यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा सङ्क्रमण देखिएको थियो।
सामाग्री श्रोत :







