२०८२ आश्विन ३ शुक्रबार
२०८२ आश्विन ३ शुक्रबार

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्य रिजाल प्रतिनिधिसभामा एक सय ६५ जना सदस्य भए सभा पूर्ण हुने तर्क गर्छन् । पर्सा–४ बाट निर्वाचित उनीसँग देशको संसदीय अभ्यास, संविधान संशोधन, सुशासन र युवाको विदेश गमनलगायत समसामयिक विषयमा राससका समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

तपाईँको पछिल्लो संसदीय अभ्यासको अनुभव कस्तो भइरहेको छ ?

मसँग यसअघि पनि संसद्को अनुभव छ । तर, अहिलेको संसदीय गतिविधि हेर्दा सक्रियताका साथ अगाडि बढिरहेको छ । संसद् पछिल्लो समयमा कानुन निर्माणको पाटोमा अलि बढी सक्रिय छ । अहिले बर्खे अधिवेशन चलिरहेको छ । यो अधिवेशन बजेट अधिवेशन हो । सरकारले ल्याएको नीति तथा कार्याक्रममाथि पर्याप्त छलफलपछि पारित भएको छ । सँगसँगै संसद्ले कान्न निर्माणलाई पनि प्राथमिकता दिएको छ । सदनमा जनताका जल्दाबल्दा सवाल पनि उठिरहेकै छ । कतिपय जनताका सवाललाई सरकारले सम्बोधन पनि गरेको छ । संसद्ले अस्थिरताका बीच दुई ठूला दल सम्मिलित स्थिर सरकार दिएको छ ।

संविधान कार्यान्वयनलाई कसरी विश्लेषण गर्नुभएको छ ?

हामी सबै राजनीति दलले धेरै मेहनत गरेर संविधान बनाएका छौँ । तर राम्राका लागि कोसिस भए पनि उत्कृष्ट संविधान दिन सकेनौँ । फलस्वरुप मुलुकमा सरकार स्थिर हुन सकेन । अधिकारसम्पन्न शक्तिशाली प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने कुरा संविधानमा उल्लेख गर्नुपर्ने थियो । त्यसैले अहिले संविधानप्रति म सन्तुष्ट छैन । मेरो अनुभवमा संविधान अलि विचार पुर्याएर बनाउन सकिएन कि भन्ने लागेको छ । तैपनि संविधानका केही प्रावधान कार्यान्वयन भएको छ । यो राम्रो कुरा हो ।

संविधान संशोधनबारे तपाईँको धारणा के छ ?

संविधान संशोधन अहिलेको मुख्य आवश्यकता हो । संविधान संशोधन नगरी मुलुकले समृद्धिको बाटो लिन्छ जस्तो मलाई लागेको छैन । संविधान संशोधन गरेरै स्थिर सरकारको व्यवस्था गर्नुपर्छ । ‘थ्रेस होल्ड’ र समानुपातिक÷समावेशी निर्वाचन प्रर्णालीलाई संशोधन गर्नुपर्ने छ । तर जनताको सुझावसहित संविधान संशोधनमा सबै दलबीच सहमति हुन जरुरी छ । सरकारले संविधान संशोधनमा सम्भव भएसम्म सबैलाई सहमतिमा ल्याउनुपर्छ । स्थिर सरकारका लागि ‘थ्रेसहोल्ड’ बढाउनुपर्छ ।

अहिलेको शासन व्यवस्थाप्रति तपाईँको धारणा के छ ?

हामीसँग सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार छ । प्रदेशप्रति आम जनताको भावना राम्रो छैन । तर, सबै हिसाबले हेर्दा यसको व्यवस्थापनमा समस्या भइरहेको छ । प्रतिनिधिसभा सदस्यको सङ्ख्या धेरै भयो । धेरै खर्चिलो भयो । प्रतिनिधिसभाका सदस्य एक सय ६५ भए काफी हुन्छ । त्यसका लागि निर्वाचन प्रणालीमा सोचविचार गर्नुपर्छ । यदि बढाउने हो भने २०४८ सालमा जस्तै दुई सय पाँचभन्दा बढी बढाउनै हुँदैन । त्यहीअनुसार सङ्घीय मन्त्रालयको सङ्ख्या पनि कम गर्नुपर्छ । प्रदेश सांसदको सङ्ख्या र मन्त्रालयको सङ्ख्या पनि घटाउनुपर्छ । स्थानीय तहलाई पनि चुस्त बनाउनुपर्छ । समग्रमा आर्थिक हिसाबले मुलुकले धान्ने गरी शासन व्यवस्था हुनुपर्छ ।

राष्ट्रियसभालाई कसरी हेर्नुभएको छ ?

राष्ट्रियसभा संवैधानिक व्यवस्था हो । अब अहिले यसलाई हटाउन पनि गाह्रो छ । तर पनि अलि सानो बनाउन जरुरी छ । राष्ट्रियसभामा राजनीतिक व्यक्तित्वभन्दा पनि समाजमा उत्कृष्ट योगदान दिएका व्यक्ति हुनुपर्छ । समाजमा उत्कृष्ट काम गर्ने व्यक्तिको प्रतिनिधित्व हुनुपर्छ । खास भन्ने हो भने राष्ट्रियसभा भनेको गैरराजनीतिक व्यक्तिलाई विज्ञका आधारमा छनोट गर्ने हो । यो सभाको सदस्यको सङ्ख्या ३५ जनामात्र भए पनि पर्याप्त हुन्छ ।

तपाईँ निर्वाचित पर्सा जिल्लाको निम्ति तपार्इँले गर्नुभएको मुख्य काम के–के हुन् ?

पर्सा जिल्लामा सबैभन्दा ठूलो समस्या भनेको बेरोजगारी हो । यो जिल्लाको मात्र होइन, मधेस प्रदेशसहित सिङ्गो देशकै समस्या हो । मैले मेरो निर्वाचन क्षेत्रमा रोजगारीका निम्ति सरकारसँग पहल गरिरहेको छु । अर्को, पर्सामा सडकको पनि समस्या छ । सडक निर्माणका निम्ति हामी सांसद आफैँ कार्यकारी होइन । त्यसका लागि सरकारका मन्त्री, वडाध्यक्ष र पालिका प्रमुख हो । तर पनि मैले व्यक्तिगत रूपमा त्यस क्षेत्रको समग्र विकासका निम्ति आफूले सकेको पहल गरिरहेको छु । तराईमा सबैभन्दा बढी स्वास्थ्य र शिक्षाको समस्या छ । तर, देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि पहिलाको तुलनामा धेरै विकास भएको छ ।

जनताको अवस्थालाई तपाईँले कसरी विश्लेषण गर्नुभएको छ ?

देशमा केही गर्न सकिँदैन, देशमा केही पनि हुन सक्दैन भन्ने भाष्य जबर्जस्त निर्माण गरिँदै छ । तीन तहको सरकारमा खर्च बढी भयो भन्ने हुनसक्छ । तर सरकारले कामै गरेको छैन भन्ने होइन । सञ्चार, शिक्षा, विकासमा धेरै परिर्वतन भएको छ । सरकारले पनि तीव्रगतिमा काम गरिरहेको छ । सरकारले नीति तथा कार्यक्रममार्फत युवा उद्यमशीलताको कार्यक्रम ल्याएको छ । प्रदेश र स्थानीय सरकारले पनि त्यहीअनुसार काम गर्दै आएको छ । त्यसैले देशको व्यवस्थाअनुसार जनताको अवस्थामा पनि क्रमिक सुधार हुँदै गएको छ । अब छिट्टै पूर्ण रूपमा सुधार हुन्छ ।

युवा पलायनका सन्दर्भमा तपाईँको बुझाइ के छ ?

नेपाली युवा अध्ययनका लागि विदेश जाने सवाल स्वाभाविक हो । गुणस्तरीय शिक्षाका निम्ति नेपालबाट मात्र होइन, अन्य देशका युवाले पनि देश छाडेका छन् । हामी ‘ग्लोबलाइजेसन’ र ‘डिजिटलाइजेसन’को युगमा छौँ । घरमा बसेर संसार हेर्न र बुझ्न सकिन्छ । दक्षिण कोरियाले पनि ७० को दशकतिर कानुन नै बनाएर खाडीलगायत अन्य मुलुकतिर रोजगारीका निम्ति मान्छे पठाउने गरेको थियो । पछि आफ्नो देश समृद्ध भएपछि उनीहरु फर्किएका थिए । त्यसैले युवा पलायनलाई अन्यथा लिनु हुँदैन । विदेश जाने मात्र होइन, नेपाली युवा देशभित्र फर्किएर आफ्नो व्यापारव्यवसाय गरेका पनि छन् । यो निरन्तर चलिरहने प्रक्रिया हो । नेपाल समृद्धितिर जान थालेपछि स्वाभाविक रूपमा नेपालीहरू आफ्नो देश फर्किने छन् । तर पनि हामीले शिक्षा प्रणालीलाई थप सुदृढ गरेर रोजगारमूलक बनाउनुपर्ने छ । हामीले नेपालका युवामात्र विदेश गएका देखेका छौँ । रोजगारीका सिलसिलामा विदेशबाट नेपाल पनि आएका छन् । नेपालबाट अन्य देश जाने पनि छन् ।

देशमा सुशासन कायम गर्न के गर्न सकिन्छ होला ?

सुशासनका निम्ति भ्रष्टाचारलाई पूर्ण रूपमा निर्मूल पार्नुपर्छ । कानुनको पूर्ण कार्यान्वयन गर्नुपर्छ । जनतालाई कानुनभन्दा माथि कोही हुँदैन भन्ने आभास दिन सक्नुपर्छ । कानुन नमान्ने जोकोही दण्डित हुनुपर्छ । सरकार र राज्यप्रति जनताको विशवास जगाउन सक्नुपर्छ । भ्रष्टाचार अन्त्य गर्न राजनीतिक दलले भ्रष्टाचारीलाई संरक्षण दिनु हुँदैन । कानुनको नजरमा भ्रष्टाचार गर्ने सबै दोषी हुन् ।

देशमा उद्योग, कलकारखाना सञ्चालन गर्न के गर्नुपर्छ होला ?

देशका धेरै कानुन विकासविरोधी छन् । सरकार आफैँले उद्योग–व्यापार गर्ने होइन । यो निजी क्षेत्रले गर्ने हो । निजी क्षेत्रसँग पैसा पनि छ । हामीले निजी क्षेत्रलाई विश्वास दिलाउन सक्नुपर्छ । निजी क्षेत्रले उद्योग खोलेर सञ्चालन गर्ने सवालमा कानुनी बाधा अड्चन छन् भने सरकारले त्यसको समाधान गर्नुपर्छ । सरकारले मात्र गरेर हुँदैन । निजी क्षेत्रको सक्रियताबिना मुलुक समृद्ध हुन सक्दैन । सडक निर्माणदेखि हरेक काम निजी क्षेत्रलाई दिन सक्नुपर्छ ।

देशको आर्थिक विकासका निम्ति तपाईँको सुझाव के छ ?

निजगढ–काठमाडौँ दू्रतमार्ग निर्माणका लागि भारतबाट निजी कम्पनी आएको थियो । भारतीय निजी क्षेत्रलाई ठेक्का दिँदा हामीले त्यसको विरोध गरियो । पछि नेपाली सेनालाई जिम्मा दिँदा त्यसको खर्च बढी आएको छ । सरकारले सबै काम गरेर साध्य हुँदैन । सरकारी निकायमा एउटा राजनीतिक नेतृत्व आउँछ, उसले आफ्ना मान्छे मात्र भर्ती गर्छ । म आफैँ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा उदयपुर सिमेन्ट कारखानाको हविगत देखेको छु । मैले सरकारी कर्मचारी भनेर कामै नगरिकन ‘ओभरटाइम’को पैसा लिएको देखेको छु । त्यसैले विकासको काम निजी क्षेत्रलाई नदिइकन सम्भव नै छैन । सरकार आफैँले हवाईजहाज चलाएर सक्छ ? अमेरिकाजस्तो देशमा सरकारको आफ्नो एयरलाइन्स छैन ।

अन्त्यमा, आमजनताप्रति तपाईँको सन्देश के छ ?

म जनतालाई धैर्य गर्न आह्वान गर्दछु । देश अहिले सही बाटोमा छ । देशको व्यवस्था परिवर्तन भएको छ । अब अवस्थालाई परिवर्तन गर्ने प्रयास भइरहको छ । देश बन्दैन भन्ने भाष्य गलत छ । देश बनिरहेको छ । अझै राम्रो बन्छ । अब राजनीतिमा पनि पढेलेखेका युवा शक्तिको बर्चस्व छ । सकारात्मक सोच राखौँ । देश बन्छ ।


सामाग्री श्रोत :

प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ: रमेश रिजाल

काठमाडौँ । सामाजिक सञ्जालमार्फत ‘हनी ट्र्याप’ मा पारेर काठमाडौँमा घर र ४ आना जग्गाको बार्गेनिङ गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली गोदावरी-१० स्थायी घर भई काठमाडौंको कालोपुलमा बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरकी ३४ वर्षीया आँचल श्रेष्ठ रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनीहरूलाई बुधबार साँझ काठमाडौंको हनुमानस्थानबाट पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानबाट यी दुई महिलाले सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न व्यक्तिहरूसँग सम्बन्ध स्थापित गर्ने, होटलमा बोलाएर मादक पदार्थ सेवन गराई अश्लील फोटो तथा भिडिओहरू बनाउने र त्यसलाई मेसेन्जरमार्फत पठाएर ब्ल्याकमेलिङ गर्ने गरेको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

हालै एक पीडित पुरुषले प्रहरीमा उजुरी दिएपछि हनी ट्र्यापमा संलग्न महिलाहरू पक्राउ परेका हुन् । अनुसन्धान अनुसार ती युवतीले नक्कली फेसबुक आईडीबाट साथी बनाई एक सरकारी कर्मचारीलाई ठमेलमा भेट्न बोलाएर मदिरा सेवन गराएर अचेत बनाई उनको अश्लील फोटो-भिडिओ खिचेका थिए । त्यसपछि, उनीहरूले काठमाडौँमा घर वा ४ आना जग्गा नदिए बलात्कारको मुद्दा लगाइदिने धम्की दिएका थिए ।

त्यसै क्रममा पीडित पुरुषलाई पाँच लाख रुपैयाँको चेक काट्न बाध्य बनाइएको थियो । यस घटनामा थप अनुसन्धानका लागि दुवै महिलालाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ । 

पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ ९:४०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ –मनसुनले निम्त्याउने विपद् व्यवस्थापनका लागि पूर्वतयारीबारे छलफल गरिएको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२’ विषयक कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति काठमाडौंको आयोजनामा भएको कार्यक्रममा विपद् व्यवस्थापन सुरक्षा युनिट, काठमाडौँ जिल्लाका विभिन्न स्थानीय तहका जन प्रतिनिधि, सडक डिभिजन कार्यालयका प्रमुख तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मनसुन सुरु हुनु पूर्व नै पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ को मस्यौदालाई अन्तिम रुप दिनका लागि सल्लाह सुझाव संकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताए । उनले आगामि २ दिन भित्रमा थप सुझाव सल्लाह भएमा पठाउन आग्रह समेत गरे । भण्डारीले बैठकमा काठमाडौमा विपद्को अवस्थाबाट जानकारी गराएका थिए ।

Ncell 2
Ncell 2

कार्यक्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी तिवारीले सम्पूर्ण क्षेत्रको सल्लाह सुझावलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिने बताए । उनले उद्धार तथा पूर्व अभ्यास गर्ने, तिन तहकै सरकारसंग समन्वय गरेर आगामी योजनाहरु बनाइरहेको बताए ।

छलफल कार्यक्रममा सहभागि विभिन्न क्षेत्रका प्रतिनिधिहरुले पूर्व तयारीबारे सबै क्षेत्र सचेत हुनुपर्ने बताएका छन् । विशेष गरी काठमाडौँको बागमती नदी, धोबी खोला, मनोहरा खोला, विष्णुमति नदी किनारमा बाढी जोखिम धेरै हुने भएकाले अहिले देखि नै सतर्कता अपनाउनुपर्नेमा सहभागिहरुले जोड दिए । जसको लागि पूर्व सूचना प्रर्णालीको विकास गर्नुपर्ने, जोखिमपूर्ण बस्तीलाई व्यवस्थित रुपमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।

गत वर्षको असोजमा आएको बाढी र उद्धारबाट पाठ सिक्दै आगामि दिनमा थप रणनीति तयार पार्नुपर्नेमा सहभागिहरुको भनाई थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ हुने भएको छ ।

बिहीबार  रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् ।

बिहीबार सरकारका गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका छन्। सरकारी वकिलको बहस सकिएकाले आज पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् र त्यसपछि जवाफी बहस सुरु हुनेछ ।

बन्दी प्रत्यक्षीकरणको रिटको अन्तिम आदेश आज आउने सम्भावना रहेको अधिवक्ता प्रमोद न्यौपानेले जानकारी दिएका छन् ।

उनले भने,‘नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा निरन्तर सुनुवाई भईरहेको छ । आजसम्म प्रतिवादीका कानून व्यवसायीहरु वकिलले बहस गरे भने अब बाकी जाहेरवालाका तर्फबाट बहस गर्न बाकी छ र प्रतिउत्तर जवाफ दिएपछि सम्भवत आज बन्दी प्रत्यक्षीकरणको रिट र ७३ नम्वरको निवेदनको संयुक्तरुपमा सुनुवाई भएकाले आदेश आउने सम्भावना छ ।’

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि सर्वोच्च अदालतमा गत मङ्गलवारदेखि सुनुवाइ जारी छ ।


सामाग्री श्रोत :

रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने,आजै आदेश आउने सम्भावना

काठमाडौँ । मेसेजिङ एप सिग्नलको विन्डोज एपमा पनि अब च्याटको स्क्रिनशट लिन नमिल्ने भएको छ । यसअघि एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको यो स्क्रिन सेक्युरिटी फिचर अब विन्डोज संस्करणमा पनि उपलब्ध भएको हो ।

च्याट गोप्य राख्ने उद्देश्यले सिग्नलले स्क्रिनशट रोक्ने फिचर ल्याएको हो । कम्पनीका अनुसार यो फिचर विन्डोज ११ मा डिफल्ट रूपमा इनेबल हुनेछ । यसको अर्थ, विन्डोज ११ प्रयोगकर्ताले कुनै सेटिङ परिवर्तन नगरेकै अवस्थामा यो फिचर लागु हुनेछ ।

योसँगै तपाईंले सिग्नलको विन्डोज एपमार्फत च्याटको स्क्रिनशट लिन खोज्नुभयो भने खाली (blank) स्क्रिन मात्र देखिनेछ ।

कम्पनीले स्क्रिन रिडर प्रयोग गर्ने प्रयोगकर्ताका लागि भने यो फिचरले असर गर्नसक्ने चेतावनी दिएको छ । यदि स्क्रिन रिडरले काम नगर्ने समस्या देखिएमा प्रयोगकर्ताले सिग्नलको सेटिङमा गई ‘प्राइभेसी’ अन्तर्गत रहेको स्क्रिन सेक्युरिटी अप्सनलाई बन्द गर्नु पर्नेछ ।

पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ ८:१५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं –बिहीबार नेपाल मानव अधिकार संगठनले आयोजना गरेको ‘मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर’ विषयक नागरिक स्तरीय छलफल कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी थिए । 

कार्यक्रममा भट्टराईले द्वन्द्वकालमा भएको मानव क्षति, त्यसको जिम्मेवारी र अहिलेको संक्रमणकालीन न्याय प्रक्रियाको सन्दर्भमा धारणा राखेका थिए । तर उनको भनाइपछि कार्यक्रममा विवाद उत्पन्न भएको थियो, जसपछि उनी कार्यक्रमको बीचमै उठेर निस्किए ।

Ncell 2
Ncell 2

उनले अन्य देशमा ठूला क्रान्ति हुँदा वा द्वन्द्व हुँदा लाखौं मारिएका तर नेपालमा १७ हजारमात्रै मारिएको बताएपछि द्वन्द्व पीडितहरु आक्रोशित भए । सार्वजनिक एक भिडियोमा उनको अभिव्यक्तिपछि एक द्वन्द्वपीडितले आक्रोश पोखेको देखिन्छ । त्यसछि आक्रोशित भएका भट्टराई पनि बीचमै कार्यक्रमस्थलबाट बाहिरिएका थिए । अर्का एक सहभागीका अनुसार ती  द्वन्द्व पीडितले भट्टराईलाई ‘हत्यारा’ समेत भनेपछि स्थिति असहज बनेको थियो । 

त्यसपछि हतार हतार गर्दै भट्टराईलाई उनका सहयोगीहरुले बाहिर निकालेका थिए । भट्टराईले सशस्त्र द्वन्द्व राज्यपक्ष र सशस्त्र द्वन्द्वपक्षले बराबरी दायित्व लिएर शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउनुपर्ने बताए । 

भट्टराईले सशस्त्र द्वन्द्वका समयमा राज्यको सेना र क्रान्तिकारी सेनागरी दुईथरी सेना रहेको र उनीहरुको द्वन्द्वका क्रममा १७ हजारको ज्यान गएको भन्दै बराबरी दायित्व लिएर शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउनुपर्ने बताएका थिए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक आज बस्दैछ ।

शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्यले सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रस्तावलाई सभामुख तुलाराम घर्तिमगरले निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

गत जेठ ५ गते प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो भने अब केही दिन नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल हुनेछ ।

 


सामाग्री श्रोत :

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौँ ।​ मोबाइल प्रयोगकर्ताले आफ्नो फोन अफ हुँदा, व्यस्त अवस्थामा वा नेटवर्क क्षेत्रभन्दा बाहिर हुँदा पनि महत्वपूर्ण कलहरू नछुटुन् भन्ने उद्देश्यले ‘कल फर्वार्डिङ’ सेवा उपयोग गर्न सक्छन् । यो सेवाको माध्यमबाट प्रयोगकर्ताले आफू उपलब्ध नहुँदा आउने कलहरू अर्को वैकल्पिक नम्बरमा आउने बनाउन सक्छन् । 

कल फर्वार्डिङ सेवा मोबाइलको ‘कल सेटिङ्स’ मा गएर सजिलै सक्रिय (Activate) वा निष्क्रिय (Deactivate) गर्न सकिन्छ । यसै सन्दर्भमा नेपाल टेलिकमले कल फर्वार्डिङ सेवा सक्रिय/निष्क्रिय गर्न शर्ट कोडहरू उपलब्ध गराएको छ । ​

शर्ट कोडहरू:

यो सेवा व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोगकर्ताहरूका लागि उपयोगी हुने कम्पनीको भनाइ छ । यद्यपि, कलहरू नेपाल टेलिकमको नेटवर्क (पीएसटीएन/जीएसएम) भित्र मात्र फर्वार्ड गर्न सकिने व्यवस्था गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ ८:४





सामाग्री श्रोत :
टेक पाना

भरतपुर – खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालका अनुसार उदयपुरबाट काठमाडौँतर्फ गइरहेको बस र चितवन आइरहेको विद्युतीय कार ठोक्किँदा कारका चालक खैहरनी नगरपालिका–८ का ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो ।

Ncell 2
Ncell 2

दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

पहिला महिनावारीमा पीडा हुन्छ कि हुँदैन भन्ने बुझ्नुपर्छ। 

सामान्यतः महिलामा १० देखि १४ वर्षको बीचमा महिनावारी सुरु हुन्छ। सुरु–सुरुमा त्यति पीडा हुँदैन। तर, १६–१७ वर्षको उमेर हुँदासम्म पीडा पनि बढ्दै जान्छ। महिनावारीको पीडालाई हामीले सामान्य रुपमा लिएका हुन्छौं। तर, यस्तो पीडाका कारण स्कुल–कलेज जान नसक्ने, इमर्जेन्सी रुपमा अस्पताल जानुपर्ने र दुखाइ कम गर्ने औषधि खानुपर्ने अवस्था आउन थाल्यो भने त्यस्तो पीडा अन्य कारणले भएको हो कि भनेर अभिभावकले सोच्नुपर्ने हुन्छ। त्यसकारण महिनावारीको  पीडा र अन्य क्रियाकलाप नै गर्न नसक्ने गरेर हुने पीडाबारे छुट्याउनु जरुरी छ। 

२१ दिनदेखि ३७ दिनसम्मको मासिक चक्रलाई सामान्य र २१ दिनभन्दा कमकोलाई असामान्य मानिन्छ। यस्तै, महिनावारी हुँदा २ दिनभन्दा कम रगत आयो या ७ दिनभन्दा बढी लम्बियो भने असामान्य मानिन्छ। २ दिनभन्दा कम रगत आउने असामान्य अवस्थालाई ‘ओलीगोमेनोरिया’ भनिन्छ। कहिलेकाही रगतको ढिक्का या चोक्टा झर्नु पनि सामान्य होइन। यस्तै, तेस्रो दिनसम्म प्रत्येक दिन ५ वटाभन्दा बढी स्यानिटरी प्याड प्रयोग गर्ने अवस्था पनि सामान्य होइन। 

महिनावारीका बेला तल्लो पेट दुई–तीन दिन दुख्छ र साधारण पारासिटामोलले पनि निको हुन्छ भने सामान्य मानिन्छ। तर, महिनावारी हुनु ४–५ दिन अघिदेखि नै पेट दुखिरहेको छ, महिनावारी भएपछि झन् दुख्छ र दुखाइ सात–आठ दिनसम्म निरन्तर हुन्छ भने असामान्य अवस्था हो। यस्तो बढी दुखाइका कारण किशोरकिशोरीहरु विद्यालय, कलेज नै जाँदैनन् र घरका क्रियाकलाप पनि छाडिरहेका हुन्छन्। यस्तो अवस्थामा पेन किलर लिनुपर्ने हुन्छ भने कतिपयलाई बान्ता पनि हुन्छ। यस्तो लक्षण बढी देखियो भने अरु समस्या त होइन भनेर विचार गर्नुपर्ने हुन्छ। 

समस्या गम्भीर खालको हो कि होइन भनेर पत्ता लगाउन सामान्य खालको अल्ट्रासाउन्ड गरिन्छ। त्यसबाट डिम्बाशयमा कुनै पनि खालको ‘हेमोरेजिक सिस्ट’ अर्थात् रगत जमेको देखियो भने त्यसले गर्दा बढी दुखाइ भएको हो कि भनेर सोच्नुपर्छ।

विवाहित महिलामा पाठेघरको साइज हेर्छौं। ८ सेन्टिमिटरभन्दा ठूलो पाठेघर छ भने त्यसका कारण पनि दुखाइ भएको हो कि भनेर हेरिन्छ। 

डिम्बाशयमा हेमोरेजिक सिस्ट अथवा रगत जमेको अवस्थालाई मेडिकल भाषामा एडिनोमायोसिस या इन्डोमेट्रोसिस सिस्ट भनिन्छ। त्यसैले पीडाको कारण पत्ता लगाउनै पर्ने हुन्छ। 

विवाहित महिलामा दुखाइले प्रजननमा असर गर्छ?
पाठेघरभित्र एउटा लाइनिङ हुन्छ, जसलाई ‘इन्डोमेट्रियल लाइनिङ’ भनिन्छ, त्यसको काम हर्मोनको मद्दतबाट रगत निकाल्नु हो। महिनावारीका बेला हर्मोनकै कारण रगत झर्ने गर्छ। यस्तो अवस्थामा पाठेघरभित्रको रगत बाहिर निस्कन्छ। 

तर, ‘इन्डोमेट्रोसिस’ को अवस्थामा भने फरक हुन्छ। पाठेघरको दुईतिर दुई वटा फलोपियन ट्युब हुन्छन्। सबैमा नभए पनि कसै–कसैमा चाहिँ महिनावारीका बेला निस्किएको रगत फलोपियन ट्युब हुँदै पेटमा पनि झर्ने हुन्छ। महिनावारीको अर्को चक्रमा फेरि यही प्रक्रिया दोहोरिन्छ र बाहिर निस्कन नपाएको रगत त्यहीँ जमेर बस्छ। अनि आन्द्रा टाँस्सिने, फलोपियन ट्युब र अण्डाशय टाँसिने, रगतहरु जम्दै जाने हुन्छ र त्यसक्रममा सिस्ट बन्छ  । यसरी फलोपियन ट्युब र अण्डाशय टाँस्सिदा प्रजननमा पनि असर पर्ने सम्भावना हुन्छ। 

त्यसैले इन्डोमेट्रोसिसलाई समयमा पहिचान र उपचार गरिएन भने बाँझोपन निम्तन सक्छ। 

तल्लो पेट दुखेको छ, पाठेघरबाट नराम्रो पानी या गन्हाउने पानी गएको छ भने एन्टीबायोटिक दिने चलन धेरै हुन्छ। दुखाइ कम गर्न पेनकिलर पनि दिइन्छ। यसले तत्काललाई राहत दिए पनि दुखाइलाई निदान गरेको हुँदैन र पीडा फेरि बल्झन्छ। मैले कतिपय बिरामीले धेरै एन्टीबायोटिक लिएको देखेकी छु। त्यसरी बारम्बार एन्टीबायोटिक दिनुपर्दा डाक्टरले पनि सोच्नुपर्ने हुन्छ कि, ‘के कारणले पटक–पटक दुखाइ भइरहेको छ, किन एन्टिबायोटिकले काम गरेको छैन, अन्य कारण त छैन’ भनेर। 

लामो समयसम्म तल्लो पेट दुखिराख्यो, विवाहित महिलालाई श्रीमानसँगको सम्पर्कका बेला या अन्य शारीरिक क्रियाकलापका बेला धेरै दुख्ने, महिनावारीको अघि या पछि दुख्ने भयो भने सोच्नुपर्छ यति धेरै दुखाइ किन भइरहेको छ भनेर। इन्डोमेट्रोसिस या एडिनोमायोसिस महिनावारीसँग सम्बन्धित हुन्छ र रगत पनि बढी नै जान्छ। 

अर्को, हो क्षयरोग। प्रजनन अंगमा क्षयरोग पनि हुन सक्छ भनेर चिकित्सकहरुबाट एकदमै छुटिरहेको पाइन्छ। त्यसमा पनि हाम्रोजस्तो एसियाली मुलुकमा क्षयरोग एकदमै बढी देखिएको छ। ‘जेनिटल ट्युबरक्लोेसिस’ अर्थात् पाठेघरको टीबी छ कि छैन भनेर पत्ता लगाउन एमआरआई गरिन्छ, जसमा पाठेघरको संरचना, भित्ता, ओभरी सिस्ट, दिसा बस्ने आन्द्रा टाँस्सिएको छ कि ? भनेर हेरिन्छ। यस्तो अवस्थामा इन्डोमेट्रोसिस या एडिनोमायोसिस हुन सक्छ  । तर, पाठेघर सामान्य अवस्थामा भए पनि पाठेघरको भित्ता एकदमै पातलो छ भने क्षयरोगको आशंका गरिन्छ। यसलाई पहिचान गर्न नाइटोबाट सानो दुरबिन छिराइन्छ र इन्डोमेट्रोसिस या क्षयरोग के हो छुट्याइन्छ। 

पाठेघरभित्र सानो दुरबिन छिराएर सबै अवस्था हेरेपछि पाठेघरको भित्ता खुर्केर टिबी पीसीआरका लागि पठाइन्छ। यदि क्षयरोग हो भने त्यहीअनुसार उपचार प्रक्रिया थालिन्छ, जसका लागि ८,९ महिना लाग्छ। 

एडिनोमायोसिस या इन्डोमेट्रोसिस हो भने आजकाल हर्मोनल आइयुडी (मिरेना क्वाइल) पाठेघरभित्र राखिन्छ। त्यो हेर्दा कपर टीजस्तो हुन्छ र तत्कालै राखिन्छ। त्यसले ५ वर्ष काम गर्ने भएकाले उक्त अवधिमा पीडा हुँदैन। यस्तै, आजकाल बजारमा थुप्रै खालका औषधि पाइन्छन्। तर, यी औषधि खाँदा महंगो पर्ने भएकाले मिरेना क्वाइल राख्ने गरिन्छ। यसबाट एकैचोटि पहिचान र दुखाइ व्यवस्थापन गरिन्छ। यही विधिबाट नर्भिकमा १० औं वर्षदेखि उपचार हुँदै आइरहेको छ। 

अनावश्यक पेनकिलर र एन्टिबायोटिकले दीर्घकालीन असर परिरहेको हुन्छ। त्यसले तत्कालका लागि पीडा घटे पनि प्रजननमा एकदमै असर परेको हुन्छ। एक त टीबीका कारण गर्भ नै नरहने सम्भावना हुन्छ, सबै ट्युब ब्लक भइरहेको हुन्छ। अर्को कुरा, इन्डोमेट्रोसिस सिस्टका कारण अण्डा पनि कम हुन्छ, जसका कारण बाँझोपनको समस्या निम्तन सक्छ।

त्यसैले बाँझोपनबाट बँच्ने हो भने तल्लो पेट दुखाइको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्छ। इन्डोमेट्रोसिस हो कि क्षयरोग हो, समयमै छुट्याएर उपचार गर्नु राम्रो हुन्छ। 

(चिफ कन्सल्टेन्ट गाइनोकोलोजिस्ट डा वैद्य नर्भिक इन्टरनेशनल अस्पतालको प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख हुन्)  

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट