२०८२ आश्विन २ बिहीबार
२०८२ आश्विन २ बिहीबार

विश्व स्वास्थ्य संगठनका अनुसार- मानसिक स्वास्थ्यले मानिसहरूलाई जीवनका तनावहरूसँग सामना गर्न, आफ्नो क्षमताहरू महसुस गर्न, राम्रोसँग सिक्न वा कार्य गर्न तथा समुदायमा योगदान गर्न सक्षम बनाउँछ। मानसिक स्वास्थ्य आधारभूत मानव अधिकार हो। मानसिक स्वास्थ्य भन्नाले मानसिक समस्याहरूको अनुपस्थिति मात्र नभई यो एक जटिल अवस्था हो जुन व्यक्ति-व्यक्तिमा फरक हुनसक्छ। यो व्यक्तिगत तथा  सामुदायिकको सम्वृद्धिको लागि महत्त्वपूर्ण पक्ष हो।

विश्वव्यापी रूपमा मानसिक स्वास्थ्य एक अदृश्य जनस्वास्थ्य समस्या बनेको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार, विश्वभर करिब १० जनामा १ एकजना व्यक्ति कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त छन् जसमा डिप्रेशन र चिन्ता सबैभन्दा बढि देखिने मानसिक स्वास्थ्य समस्याहरू हुन। सन् २०२४ को तथ्यांक अनुसार, विश्वव्यापी करिब ३० करोड मानिस डिप्रेशनबाट पीडित छन् भने २८ करोडभन्दा बढी मानिसमा चिन्ताजन्य समस्याहरू देखिएका छन। प्रत्येक वर्ष करिब ८ लाख मानिसले आत्महत्या गर्छन जुन मृत्युको प्रमुख कारणमध्ये एक हो। विशेष गरी तल्लो र मध्यम आय भएका देशहरूमा मानसिक स्वास्थ्य समस्या भएका १५–२९ वर्ष उमेर समूहका किशोर=किशोरीहरू मध्ये ७५% भन्दा बढीले उपचार लिएको पाइदैन। कोविड–१९ महामारीपछि मानसिक स्वास्थ्य समस्याहरू झन् तीव्र रूपमा बढेका छन्। 

नेपालमा पनि मानसिक स्वास्थ्य समस्याहरू गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को २०७७ को राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार, १०% वयस्क र ५.२% किशोर किशोरीहरू मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्। यी समस्याहरूमा चिन्ता र डिप्रेशन प्रमुख छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार, आर्थिक वर्ष २०२२–२३ मा ६,९९३ व्यक्तिहरूले आत्महत्या गरेका छन् जुन दैनिक औसत १९ भन्दा बढी हुन्छ। यसका साथै महिला र पुरुष बीच मानसिक स्वास्थ्य समस्याको दरमा भिन्नता पनि देखिन्छ; महिलाहरूमा चिन्ता र डिप्रेशनको दर पुरुषहरूको तुलनामा उच्च छ। यद्यपि, उपचारको पहुँच र जनचेतनाको कमीले गर्दा धेरै व्यक्तिहरू उपचारबाट बञ्चित छन्। यस समस्यालाई सम्बोधन गर्न नेपाल सरकारले ११६६ राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन सञ्चालनमा ल्याएको छ र मानसिक स्वास्थ्य सेवाहरूलाई सम्पूर्ण स्वास्थ्य सेवामा समाहित गर्ने प्रयासहरू गरिरहेको छ। २०७२ सालको भूकम्प र कोविड–१९ महामारीपछि नेपालमा मानसिक स्वास्थ्य समस्याहरू झन् तीव्र रूपमा बढेको देखिन्छ।

नेपालमा मानसिक स्वास्थ्य अवस्थामा अझै धेरै सुधार गर्न बाँकी छ। विश्व स्वास्थ्य संगठनका अनुसार, नेपालमा करिब १५-२०% मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्। तर, उपचार लिने दर भने निकै कम छ – करिब ९०% मानिसले आवश्यक मानसिक स्वास्थ्य सेवा लिएका छैनन्। नेपालमा देखिने मुख्य मानसिक रोगहरू: डिप्रेशन (उदासीपन), चिन्ता, बाइपोलार डिसअर्डर, पोस्ट-ट्राउमेटिक स्ट्रेस डिसअर्डर, लागुऔषध दुर्व्यसनी हुन्।

नेपालमा मानसिक स्वास्थ्य समस्याहरू बढ्नुमा सामाजिक, साँकृतिक, आर्थिक तथा राजनीतिक कारणहरू जिम्मेवार देखिन्छन। धेरै मानिसहरूमा मानसिक स्वास्थ्य के हो भन्ने सचेतना र शिक्षाको कमी देखिन्छ। समाजमा मानसिक स्वास्थ्य समस्यालाई पागल भन्ने गलत धारणा अझै प्रचलनमा छ। मानसिक स्वास्थ्य सेवाहरू केवल सरकारी अस्पतालहरू र सहरी क्षेत्रमा मात्र सीमित छन्। देशमा मनोचिकित्सक र मनोपरामर्शदाताको संख्या अत्यन्तै न्यून छ। समाज तथा कार्यस्थलमा मानसिक समस्या भएका मानिसहरूलाई हेपिन्छ वा नजरअन्दाज गरिन्छ। अत: अधिकांश मानसिक रोगीहरू लाज र डरले उपचार गर्न जादैनन्। त्यसैगरी मानसिक स्वास्थ्य उपचार महँगो हुनसक्छ, विशेष गरी निजी अस्पतालमा विपन्न वर्गको पहुँच सीमित हुन्छ।

मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू विकसित तथा अल्पविकसित देशहरूमा चुनौतीको रुपमा रहेका छन। त्यसैगरी नेपालमा पनि यो समस्या चुतौतिको रुपमा रहेको छ किनकी सरकारी तथा निजी स्तरमा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिइएको छैन। देशमा आवश्यक पर्ने  प्रशिक्षित जनशक्तिको संख्या न्यून छ – देशभर प्रति १ करोड जनसंख्यामा करिब  २०० भन्दा कम मनोचिकित्सकको संख्या रहेको छ। गाउँ/दूरदराजमा सेवाको पहुँच पुगेको छैन र भएका सेवाहरू पनि शहरीक्षेत्रमा सिमित छन। स्कूल–कलेज तथा कार्यस्थलमा विद्यार्थी, कर्मचारी तथा कामदारहरूको मानसिक अवस्थाको निगरानी गरिँदैन।

हाम्रा सामाजिक परिवेशहरू जस्तै घर-परिवार, स्कुल-कलेज, कार्यस्थलहरूमा खोतल्दै जाने हो भने मानसिक स्वास्थ्यसँग थुप्रै लुकेका कथाहरू भेटिन्छन । जस्तै एक प्रतिष्ठित निजी विद्यालयकी छात्रा मनीषा (नाम परिवर्तन) लगातार पढाइको दबाब, सामाजिक मिडिया र आत्मविश्वास अभावका कारण डिप्रेशनमा पुगिन्। उनले धेरै समयसम्म कसैलाई भनिनन्। एकदिन उनले आत्महत्या गर्न खोजिन्। पछि परामर्श सेवा पाएपछि विस्तारै निको हुँदै गइन्। त्यसैगरी २०७२ को भूकम्पपछि सिन्धुपाल्चोक, गोर्खा, काभ्रे लगायतका थुप्रै ठाउँका परिवारहरूले आफन्त गुमाए। शोक, पीडा र त्रासका कारण उनीहरूमा पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर (PTSD) देखा पर्यो। तर, धेरैजसोले ‘यो त भगवानको इच्छा’ भन्दै उपचार खोजेनन्। काठमाडौंमा कथित एक कम्पनीमा काम गर्ने धेरै युवाहरूले लगातार डेडलाइन, अनावश्यक प्रतिस्पर्धा, कम तलब र पारिवारिक दबाब झेलिरहेका छन्। बाहिर मुस्कान देखिए पनि भित्र गहिरो तनाव र एक्लोपन छ।

मानसिक स्वास्थ्य समस्याहरूलाई प्राय: हिमशिला (बरफको पहाड) को टुप्पो भनिन्छ, जुन अत्यन्त अर्थपूर्ण उपमा हो। यसको अर्थ हो – समाजमा देखिएका मानसिक समस्याहरू केबल थोरै मात्र हुन्, जबकि अझ धेरै समस्याहरू भित्र–भित्रै लुकेका हुन्छन्। धेरै मानिसहरू आफ्नो मानसिक पीडा खुलेर बताउँदैनन्, डर, लाज, सामाजिक कलङ्क वा आत्मसम्मान गुम्ने डरका कारण चुप लाग्छन्। जसले गर्दा वास्तविक अवस्था झनै भयावह हुन्छ। जस्तो कि डिप्रेशन, चिन्ता, आत्महत्याको सोच, लागु पदार्थको दुर्व्यसनी जस्ता समस्याहरू घरभित्र मात्र सीमित रहन्छन्, समाजले देख्ने त केवल बाह्य व्यवहार वा चरित्रमा देखिएको असर मात्र हो। जबसम्म हामी लुकेका समस्याहरू चिन्न सक्दैनौं र खुलेर छलफल गर्न सक्दैनौं, तबसम्म मानसिक स्वास्थ्य सुधारको प्रयास अधुरो रहन्छ। 

मानसिक स्वास्थ्य समस्याको व्यवस्थापनको लागि मानसिक स्वास्थ्य शिक्षा विद्यालय-कलेजदेखि समुदायसम्म फैलाउनु पर्छ, सर्वसुलव परामर्श सेवा उपलब्ध गराउनु पर्दछ, सरकारी नीतिमा सुधार गरी मानसिक स्वास्थ्य सम्बन्धि जनशक्ति तथा पूर्वाधार वृद्धि गर्नु पर्दछ, सुमुदाय स्तरमा सेवाकेन्द्रहरू स्थापना गर्नु पर्दछ, सकारात्मक कथाहरू तथा प्रेरणादायी उदाहरणहरू प्रचार गर्नु पर्दछ। नेपालमा मानसिक स्वास्थ्य एक मौन महामारी जस्तै बनिरहेको छ। बोल्न नसक्ने, लुकाएर राखिएको पीडा समाजमा व्यापक छ। समस्या बुझ्ने, कुरा खुलाउने र सही सहयोग खोज्ने संस्कार बनाउनु आजको आवश्यकता हो।

(लेखक  डा भण्डारी  पोखरा विश्वविद्यालयका सहप्राध्यापक,  जनस्वास्थ्य विज्ञ तथा पूर्व परीक्षा नियन्त्रक हुन्)
  

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । वैदेशिक रोजगार विभागले गैरकानुनी रूपमा नेपालीलाई विदेश पठाउने गरेको गुनासो आएको भन्दै त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । भिजिट भिसामा गैरकानुनी रुपमा श्रमिक पठाएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान तिब्र बनाएपछि विभागले यस्तो चेतावनी दिएको हो ।
विभागले एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै पनि नेपाली कामदारलाई श्रमिकका रूपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन बमोजिम विभागमा दर्ता भएका संस्थाले मात्र अनुमति पाएको स्पष्ट पारेको छ ।
कतिपय व्यक्ति, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्था लगायतले नेपाली श्रमिकलाई विदेश पठाइदिने सूचना जारी गरेको, राहदानी र अन्य संस्थाले नेपाली श्रमिकलाई विदेश पठाइदिने सूचना जारी गरेको पाइएको विभागको भनाइ छ । त्यस्तै राहदानी र अन्य कागजात संकलन गर्ने र नक्कली कागजात तयार गरी विदेश पठाउने काममा संलग्न भएको भन्दै विभागमा उजुरी र जनगुनासो समेत आएको विज्ञप्तिमा उल्लेख छ ।
विभागले गैरकानुनी हिसाबमा वैदेशिक रोजगारीमा नपठाउन सचेत गराउँदै टोली खटाइ नियमित तथा आकस्मिक अनुगमन गर्ने जनाएको छ ।

सामाग्री श्रोत :
deshparadesh

काठमाडौं। इन्टर मियामी अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा हारबाट जोगिएको छ। आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले खेलमा कमव्याक गर्दै फिलाडेलफियासँग ३-३ गोलको बराबरी खेलेको हो।

इन्टर मियामीलाई लियोनेल मेसी र टेलास्को सेगोभियाले गोल गर्दै बराबरी गरेका थिए। यसअघि इन्टर मियामीका लागि पहिलो गोल टाडेओ एलेनडेले गरेका थिए।

त्यस्तै फिलाडेलफियाका लागि टाई बारिबोले २ तथा क्यून सुलीभानले एक गोल गरेका थिए। यो बराबरीपछि फिलाडेलफियाको इस्टर्न कन्फेरेन्समा १५ खेलमा ३० अंक भएको छ र शिर्ष स्थानमा छ। त्यसैगरी इन्टर मियामीको १४ खेलमा २३ अंक भएको छ र हाल छैटौं स्थानमा रहेको छ।


सामाग्री श्रोत :

मेस्सीको इन्टर मियामी हारवाट जोगियो, तालिकाको छैटौं स्थानमा

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को डिपफेक भिडियो प्रयोग गरी नेपालमा गैरकानुनी मानिने अनलाइन सट्टेबाजी प्लेटफर्मको प्रचार गरिएको पाइएको छ । ‘आईबेट ९७ नेपाल’ नामक सट्टेबाजी प्लेटफर्मले शाहको भिडियोलाई दुरुपयोग गर्दै अवैध प्रचार गरेको हो ।

कलाकार सन्दीप क्षेत्रीले सञ्चालन गर्ने ‘ह्वाट द फ्लप’ कार्यक्रममा अतिथि बनेका शाहको वास्तविक भिडिओलाई तोडमोड गरी सट्टेबाजीको प्रचारमा प्रयोग गरिएको देखिन्छ । उक्त डिपफेक भिडियोमा प्रस्तोता क्षेत्रीले शाहलाई ‘फुर्सदको समयमा के गर्नुहुन्छ ?’ भनेर सोधेको देखाइएको छ । जवाफमा शाहले भने जस्तै गरी, “फुर्सदमा रमाइलो गर्छु। आईबेट ९७ मा स्लट खेल्छु । रमाइलो पनि हुन्छ,” भन्दै गरेको आवाज र दृश्य मिलाइएको छ ।

यस प्लेटफर्मले जित्न सजिलो हुने, बोनस पाइने र रकम सजिलै निकाल्न सकिने जस्ता भ्रामक दाबी गर्दै प्रचार गरिरहेको छ । साथै अनलाइनमा खुलेआम बेटिङ र लाइभ क्यासिनोको प्रचार गर्दै नेपालीलाई नै लक्षित गरी नेपाली शब्दहरू प्रयोग गरेको पाइएको छ । त्यसबाहेक उक्त प्लेटफर्मले आफू नेपालमा आधिकारिक रूपमा दर्ता भएको भन्दै नक्कली दर्ता कागजात समेत प्रस्तुत गरेको छ ।

यस सट्टेबाजी प्लेटफर्मले आफ्नो सञ्जाल टेलिग्राममार्फत पनि विस्तार गरिरहेको खुलेको छ । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको उक्त भिडिओमा यो सामग्री तयार पार्दासम्म १० हजार बढी रियाक्सन, १६५ कमेन्ट र नौ लाख बढी भ्युज आएको छ ।

नेपालकाे मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु नहुने प्रावधान राखिएकाे छ । धारा १२५ को (२) को उपदफा (१) को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ ११:२२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरुले आइतबार सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन्।

उनीहरुले सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभइ ५ बर्ष राख्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई एकपटकका लागि समायोजका लागि छनौटको अवसर दिनुपर्ने लगाएतका माग राखेका छन्।

Ncell 2
Ncell 2

त्यस्तै स्थानीय  र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग रहेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उतम कटुवालले बताए।

विधेयकमा भएको अहिलेको व्यवस्थाले कर्मचारीको मनोबल घटाउने भन्दै उनले आफूहरुको माग सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- गितकार डा भोला रिजालको अंगदान सम्बन्धी सन्देशमुलक गीत ‘मेरो मृत्यु पछि’ बजारमा ल्याएका छन्।

डा रिजालले शनिबार एक कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरेका हुन्।

यस शन्देशमुलक गीतमा न्ह्यु बजाचार्यले संगीत भरेका छन् भने प्रविण बेदवालले स्वर दिएका छन्। म्युजिक भिडियोमा भने डा रिजालसंगै, डा भगवान कोइराला, डा पुकारचन्द्र श्रेष्ठ, डा. रिता गुरुङ र डा जोतेन्द्र शर्माले अभिनय गरेका छन्।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै डा रिजालले मृत्यु पछिको संसार अहिलेको भन्दा राम्रो हुने दाबी गर्दै त्यसको लागि यो जुनीमा अंगदान जस्ता अर्काको भलाई हुने काम गर्नु पर्ने बताए।

डा. पुकारचन्द्र श्रेष्ठले डा रिजालको यो गीतले अंग प्रत्यारोपणका क्षेत्रमा ठुलो सहयोग हुने बताए भने डा. रिता गुरुङले अंगदानका विषयमा अझै जनचेतना बिस्तार गर्नु पर्ने आवश्यकता रहेको बताइन्।

उक्त गीतमा अंग दान गरेर पुण्य कमाउन सर्वसाधारणलाई आव्हान गरिएको छ।

सामाग्री श्रोत :
swasthyakhabar


काठमाडौं। देउडा फ्युजनकी रानी भनेर परिचित सुदुरपश्चिकी गायिका लक्ष्मी आचार्यले नयाँ गीत ‘नौली हदेली’ ल्याएकी छन्। उनको यो यो गीत पनि देउडा फ्युजनमै रहेको छ। यसअघि उनले ल्याएको देउडा फ्युजन गीत ‘भन साली’ दर्शकले अत्याधिक रुचाएका थिए। यसको अलवा उनले ल्याएको ‘ओ मेरी भाउजु’, ‘लाई हेल कालो टिको’, ‘जोई प्यारी जारीकी’, ‘रतन चढी इजु’ लगायत […]
सामाग्री श्रोत :

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’

काठमाडौँ । छाप्न बाँकी रहेका २८ लाख सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) को छपाइ अब सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबीच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले समझदारी हस्ताक्षर गरेका हुन् । गोरखापत्रमा प्रकाशित समाचारका अनुसार अहिलेदेखि नै आवश्यक तयारी गरी असारदेखि छपाइ सुरु हुने बताइएको छ ।

दुई सरकारी निकायबिचको सहकार्यले सवारी चालक छपाइ कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ । दुवै पक्षबिचको समझदारी अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्तभित्र प्रथम चरणको छपाइ गरी विभागलाई हस्तान्तरण गर्नेछ । अब सुरक्षण मुद्रण केन्द्रले क्यूआरसहितका विभिन्न सुरक्षा विशेषतासहितको सवारी चालक अनुमतिपत्र छपाइ गर्ने उक्त समाचारमा उल्लेख छ ।

नवीकरण गरिएको समेत लामो समयसम्म सवारी चालक अनुमतिपत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्दै आएको अहिलेको अवस्थामा यस सम्झौता अनुसार सवारी चालक अनुमतिपत्र छापिएपछि यस अवस्था अन्त्य हुने विश्वास गरिएको छ ।

तत्काल अनुमतिपत्र नपाउँदा राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्यका लागि नागरिक एपमा चालक अनुमतिपत्र समावेशसमेत गरिएको छ । अहिले सोही एपमार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिबाना भुक्तानी गराउने कार्यसमेत गर्दै आएको छ । 

पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ १०:३१





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2

काठमाडौं – नेपाली बजारमा आज (आईतबार) सुनको मूल्य बढेको छ । शुक्रबार एक लाख ९० हजार ४ सयमा कारोबार भएको सुन आज साताको पहिलो कारोबार दिन १ हजार ४ सयले बढेर एक लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

नेपाल सरकारले पोषणलाई राष्ट्रिय प्राथमिकताको रूपमा लिँदै जेठ १ गतेदेखि ७ गतेसम्म देशभर मनाइने पोषण सप्ताह अन्तर्गत गल्कोट नगरपालिकाका ११ वटै वडाहरूमा सात दिनसम्म विविध कार्यक्रमहरू आयोजना गरिए। सोही सन्दर्भमा, वडा नं. ४ बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रको आयोजना र गोल्डेन फ्युचर इंग्लिस बोर्डिङ स्कुलमा समन्वयमा गरिएको विद्यालयस्तरीय विज्ञान तथा पोषण प्रदर्शनी कार्यक्रम एक पृथक र नविन प्रयासको रूपमा प्रस्तुत गरिएको थियो। यस कार्यक्रमले विद्यार्थीहरूलाई पोषण, स्वास्थ्य तथा सरसफाईका विषयमा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेको थियो, जसले उनीहरूलाई स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

प्रदर्शनीमा विद्यार्थीहरूले सिर्जनात्मक क्षमताको उत्कृष्ट परिचय दिँदै एम्बुलेन्स, स्वास्थ्य चौकी, शरीरका अङ्गहरू, झरना, फुड पिरामिड, फुड बास्केट लगायतका थुप्रै शैक्षिक तथा व्यवहारिक मोडेलहरू निर्माण गरी प्रदर्शन गरेका थिए। साथै सन्तुलित आहारको महत्त्व, कुपोषण र अतिपोषणका कारणहरूबारे तयार पारिएका विविध पोस्टर, तस्बिर तथा चित्रकलाले पोषण सन्देशलाई सरल र प्रभावकारी ढंगले सम्प्रेषण गरेको थियो। नेपाली ग्रामीण जीवनशैली र कृषि संस्कृतिको झल्को दिने डोको, जाँतो, हलो जस्ता परम्परागत उपकरणहरूको प्रदर्शनले कार्यक्रमलाई अझ सन्देशमूलक बनाएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले पाएको सहभागिता र प्रस्तुतीले उनीहरूको ज्ञानवृद्धि मात्र नभई आत्मविश्वास अभिवृद्धिमा पनि सकारात्मक प्रभाव परेको शिक्षक र अभिभावकहरूको प्रतिक्रिया रहेको छ। स्थानीय स्वास्थ्यकर्मी, स्रोत व्यक्ति, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरूको उपस्थिति र सहकार्यले कार्यक्रमको प्रभावकारिता अझ बढाएको थियो। यसैक्रममा विद्यालय स्वास्थ्य तथा सरसफाई समितिको समेत समीक्षा गरिएको थियो।

गल्कोट नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न पोषण सप्ताहले नगर क्षेत्रका सम्पूर्ण ११ वटै वडामा स्वास्थ्य संस्थामार्फत विविध कार्यक्रमहरू प्रभावकारी ढंगले सञ्चालन गर्यो्। पहिलो दिन पोषण प्रदर्शनी तथा फर्सीको खिर लगायतका पोषिला खानेकुराहरु विद्यार्थीकै अगाडि तयार गरी उनिहरुलाई दिवा खाजाको रुपमा प्रदान गर्दै पोषण नाङ्लोको प्रदर्शन गरियो। दोस्रो दिन पोषण शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय खानाको महत्त्व र पोषण सिद्धान्तबारे जानकारी दिइयो। तेस्रो र चौथो दिन सम्पूर्ण विद्यार्थीलाई जुकाको औषधि खुवाइयो भने पाँचौं दिन विद्यालय सरसफाइ, बाल क्लब गठन र स्वास्थ्य परीक्षणको समन्वय गरिएको थियो। छैठौं दिन हाजिर–जवाफ, गीत, नृत्य, वक्तृत्वकला, लेखन तथा विज्ञान प्रदर्शनी जस्ता अतिरिक्त क्रियाकलाप समावेश गरिए, जसमा विद्यार्थीहरूले अत्यन्त प्रेरणादायी र ज्ञानमूलक प्रस्तुतीहरू दिएका थिए। सातौं दिन समापन सत्रसहित विद्यालय स्वास्थ्य तथा सरसफाई समितिको समिक्षा गरिँदै सप्ताहको औपचारिक समापन गरिएको थियो।

नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०१६ र २०२२ का तथ्यांकले पोषण सुधारको दिशामा उल्लेखनीय प्रगति देखाएका छन्, तर अझै पनि देशका हजारौँ बालबालिका र महिलाहरू कुपोषणको चपेटामा छन्। जीवनका प्रारम्भिक हजार दिनमा गरिएको पोषणको लगानीले दीर्घकालीन रूपमा स्वास्थ्य, शिक्षा र आर्थिक उत्पादनमा सकारात्मक असर पार्ने विभिन्न अध्ययनहरूले देखाएका छन्। यही सन्दर्भमा नेपाल सरकारले बहु–क्षेत्रीय पोषण योजना (MSNP), सुनौलो हजार दिन कार्यक्रम, स्कुल हेल्थ नर्स कार्यक्रम लगायतका थुप्रै पहलहरूमार्फत पोषण सुधारमा लागिपरेको छ।

यसरी विद्यालय र समुदायको सक्रिय सहभागितामा सम्पन्न पोषण सप्ताहजस्ता कार्यक्रमहरूले पोषणप्रति जनचेतना अभिवृद्धि गर्दै व्यवहार परिवर्तनमा समेत उल्लेखनीय टेवा पुर्याूउने विश्वास लिइएको छ। विद्यालयहरुले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै पोषण सुधारको अभियानमा आफ्नो सक्रियता थप बलियो बनाउने आशा गरिएको छ।

(पंगेनी गलकोट नगरपालिका जनस्वास्थ्य अधिकृत हुन्)

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट