
काठमाडौं–साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से)मा गिरावट आएको छ।
आज सेयर बजार ९ अंकले गिरावट हुँदै २६७९ विन्दुमा पुगेर बन्द भएको हो।
सेयर बजार आज ७ अर्ब ६० करोडमा खुम्चिएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन सेयर बजारको कारोबार रकम झण्डै १० अर्ब नजिक पुगेको थियो।
आइतबार कारोबार भएकामध्ये ९९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। यस्तै, १४८ कम्पनीको मूल्यमा गिरावट हुँदा एक कम्पनीको सेयर मूल्य स्थिर बसेको छ।
कारोबारका आधारमा सबैभन्दा धेरै आज ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड कम्पनी अगाडि रहेको छ। यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यस्तै, सिन्धु विकास बैंकको सेयर मूल्य नकारात्मक सर्किटनजिक पुगेको छ। यो बैंकको सेयर मूल्य मूल्यमा सबैभन्दा बढी ८ प्रतिशतले गिरावट आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बसिरहेकाे छ।
जारी बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन्।
यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुन सक्ने अनुमान गरिएकाे छ।
सामाग्री श्रोत :
काठमाडौँ । अर्बपति उद्यमी एलन मस्कको एआई ग्रोकको ‘भ्वाइस च्याट’ फिचर सबैका लागि निःशुल्क उपलब्ध भएको छ । कम्पनीले गत फेब्रुअरीमा आफ्ना प्रिमियम प्रयोगकर्तालाई मात्र उपलब्ध गराएको फिचर हालै निःशुल्क उपलब्ध भएको हो ।
प्रयोगकर्ताले ग्रोकको मोबाइल एप डाउनलोड गरेर ‘भ्वाइस च्याट’ फिचर प्रयोग गर्न सक्छन् । भ्वाइस च्याट फिचर प्रयोग गर्नका लागि अकाउन्ट साइनअप गर्नुपर्ने हुन्छ ।
हुन त यसअघि नै च्याटजीपीटी र गुगलको जेमिनाई एआईमा भ्वाइस च्याटको फिचर आइसकेको छ । यी दुबै एआई टुलमा भ्वाइस च्याट फिचर निःशुल्क प्रयोग गर्न सकिन्छ । च्याटजीपीटीमा भने दुई किसिमका भ्वाइस च्याट फिचर छन् । एउटा सामान्य र अर्को अत्याधुनिक । अत्याधुनिक फिचर सीमित समयका लागि मात्र निःशुल्क प्रयोग गर्न पाइन्छ भने सामान्य फिचर जति पनि प्रयोग गर्न सकिन्छ ।
त्यसैलाई पछ्याउँदै जेमिनाईमा पनि भ्वाइस च्याट फिचर आएको थियो । त्यसलाई थप अत्यधिक बनाउन गुगलले क्यामेरा र स्क्रिनशेयरको सुविधा समेत दिएको छ ।
यी दुई एआई च्याटबटको तुलनामा मस्कको ग्रोक एआईको भ्वाइस च्याट फिचर भने भिन्न छ । तपाईँले भ्वाइस च्याट फिचरलाई कुन प्रयोजनका लागि प्रयोग गर्न खोज्नु भएको हो भन्ने पहिले नै छनोट गर्न सक्नुहुन्छ । डिफल्ट रूपमा ‘असिस्टेन्ट’को अप्सन छानिएको हुन्छ । तपाईंले आफ्नो आवश्यकता अनुसार थेरापिस्ट, स्टोरीटेलर, मेडिटेसन जस्ता मोड अन गर्न सक्नुहुन्छ । यी मोड अन गर्दा भ्वाइस च्याटमा एआईले त्यही अनुसार गफ गर्छ ।
यी बाहेक ग्रोकमा अरू पृथक मोड पनि थपिएका छन् । यदि तपाईंलाई कुनै षड्यन्त्र गर्नुछ भने कन्सपिरेसी मोड, डाक्टरसँग कुरा गरेजस्तो कुरा गर्न ग्रोक डक मोड प्रयोग गर्न सक्नुहुन्छ ।
त्यसैगरी मानसिक रूपमा विक्षिप्त हुनुहुन्छ भने ‘अनहिज्ड’ मोड छान्न सक्नुहुन्छ । त्यस्तै कामुक गफ गर्न ‘सेक्सी १८+’, उत्तेजक गफगाफ गर्न ‘रोमान्टिक १८+’, प्रेरणाका लागि ‘मोटिभेसन १८+’ र तर्कपूर्ण गफगाफ गर्न ‘आर्गुमेन्ट १८+’ जस्ता अप्सन छान्न सक्नुहुन्छ ।
विभिन्न रिपोर्टका अनुसार यी मोडहरू अनफिल्टर्ड छन् । अर्थात छाडा वा अशोभनीय मानिने शब्दहरू पनि ग्रोकले मोड अनुसार बोल्न सक्छ । यस्ता फिचर भने च्याटजीपीटी र जेमिनाईमा छैनन् । जेमिनाईमा विशेष किसिमका छुट्टाछुट्टै मोड छैनन् । कुन कुरा गर्दा कतिबेला कुराकानी अवरुद्ध हुन्छ भन्ने पनि थाहा हुँदैन । ग्रोकमा भने ढुक्कले आफूलाई उपयुक्त हुने मोड छानेर गफ गर्न सकिने भएको छ ।
पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ १४:५८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ–नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ।
ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा सचिवालयको बैठक सुरु भएको हो।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
पोखरा। प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका-२ आवारोड स्थित इला कम्फर्ट होटल एण्ड रिर्साेटबीच व्यवसायिक साझेदारीको लागि आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
आइतबार एक समारोहका बीच इला कम्र्फट होटल एण्ड रिर्साेटका तर्फबाट महाप्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एन.बि.सि.ओ.) राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड-क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै बिद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला कम्र्फट होटल एण्ड रिसोटमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बाग्लुङ, पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध छ, जहाँ विभिन्न ठाउँबाट पर्यटकहरुको बाक्लो आवागमन हुने गर्दछ। यहाँ अवस्थित बाग्लुङ कालिका मन्दिरमा पूजाआजाको लागि विभिन्न ठाउँहरुबाट दर्शनार्थीहरुको बाक्लो उपस्थिती हुने गर्दछ।
बाग्लुङमा पन्चकोट, शालिग्राम संग्राहलय तथा अन्य पर्यटकीय ठाउँहरुको अवलोकनका लागि विभिन्न ठाउँहरुबाट पनि पर्यटकहरुको आवतजावत हुने गर्दछ। पर्यटकीय स्थलको रुपमा परिचित बाग्लुङमा अवस्थित, इला कम्र्फट होटल एण्ड रिसोट आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।
प्रभु बैंक लिमिटेड तथा इला कम्र्फट होटल एण्ड रिसोट विच भएको योे साझेदारीले बाग्लुङ पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन्।
सामाग्री श्रोत :
प्रभु बैंक लिमिटेड तथा इला कम्फर्ट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता
काठमाडौँ । नेपालमा भित्रिने मोबाइलको संख्या कम भएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि वैशाख मसान्त सम्ममा गत आवको तुलनामा २ लाख ५७ हजार थान मोबाइल फोन कम भित्रिएका छन् ।
तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा १५ लाख २८ हजार थान मोबाइल भित्रिएका छन् । जबकी गत आव २०८०/०८१ को वैशाख मसान्त सम्ममा १७ लाख ८५ थान मोबाइल नेपाल भित्रिएको थियो ।
चालु आर्थिक वर्षमा सो मोबाइल आयात हुँदा २४ अर्ब १ करोड रूपैयाँ भन्सार शुल्क उठेको छ भने ४ अर्ब ४७ करोड राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको सोही अवधीमा २८ अर्ब ७६ करोड भन्सार शुल्क उठ्दा ५ अर्ब ३६ करोड रूपैयाँ राजस्व सङ्कलन भएको थियो ।
पछिल्लो १० वर्षको विभागको तथ्याङ्क हेर्ने हो भने मोबाइल आयातबाट भन्सार शुल्क निरन्तर बढ्दै गएको देख्न सकिन्छ । आर्थिक वर्ष २०७२/०७३ मा नेपालमा ३२ लाख ४३ थान मोबाइल भित्रिँदा ४४ करोड रूपैयाँ भन्सार शुल्क उठेको थियो । सो वर्ष ४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
विभागको तथ्याङ्क हेर्दा वार्षिक रुपमा मोबाइल आयात दर थपघट भइरहेको देखिएपनि राजस्व सङ्कलन भने निरन्तर बढिरहेको देखिन्छ । कोरोनाको समयमा आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा कम १ लाख २३ हजार थान मोबाइल फोन भित्रिएको थियो । सो समयमा २० करोड रुपैयाँ भन्सार शुल्क उठ्दा ५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
कोरोनाको समयलाई अपवाद मान्ने हो भने पछिल्लो १० वर्षमा नेपालमा भित्रिने मोबाइलबाट उठ्ने राजश्वको कम भएको यो पहिलो पटक हो ।
नेपाल मोबाइल वितरक सङ्घ (एनएमडीए) का अध्यक्ष रघु त्रिपाठी नेपालमा अवैध रुपमा मोबाइल भित्रिने क्रम घट्नुको पछाडी अवैध मोबाइल आयात बढ्नु रहेको बताउँछन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा दर्ता भएका मोबाइलको विवरण राख्दै आएको छ । तर, दर्ता नभएका मोबाइल पनि चलिरहेको उनले बताए ।
वैदेशिक रोजगारीबाट फर्किने क्रममा ल्याएका मोबाइल तथा भन्सार छलेर ल्याउने मोबाइल बढ्दा भन्सार तिरेर मोबाइल आयात हुने सङ्ख्यामा कमि आएको त्रिपाठी बताउँछन् । उनी भन्छन्, “दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार नेपालमा २० प्रतिशतभन्दा बढी अवैध रुपमा आएका मोबाइल सञ्चालन भइरहेका छन् ।”
अवैध रुपमा आएका मोबाइल बजारमा सस्तो मूल्यमा बिक्री हुँदा मोबाइल व्यवसायीलाई समेत समस्या भएको उनले बताए । त्रिपाठीले भने, “व्यापार कम हुँदा बरु व्यवसायीले कर्मचारी घटाएर वा अरू नै केही गरेर आफ्नो व्यवसाय सम्हाल्न सक्छन् । तर यसले राज्यलाई नै असर गरेको छ । करोडौँ राजस्व घटेको छ ।” यसका लागि एमडीएमएस प्रणालीलाई राम्रोसँग सञ्चालनमा ल्याउनुपर्ने उनले बताए ।
चोरी पैठारी बढ्दा भन्सार विभागको तथ्याङ्कमा मोबाइल फोन आयातको दर कम देखिएको मोबाइल फोन इम्पोर्टस एसाेसियशन नेपालका अध्यक्ष दिपक मल्होत्रा बताउँछन् । गत वर्ष सरकारले एक दिनको लागि मात्र एमडीएमएस प्रणाली लागु गरेको र यसलाई सँधैको लागि कार्यान्वयमा ल्याउन नसक्दा उक्त समस्या देखिएको उनले सुनाए ।
मल्होत्रा भन्छन्, “सरकारले एमडीएमएस प्रणाली लागु गर्छौँ भनेपनि कार्यान्वयमा ल्याएको छैन । मोबाइलको चोरी पैठारी रोक्न एमडीएमएस प्रणाली छिटो सञ्चालनमा ल्याउनुपर्यो ।”
पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ १३:५७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं–काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र(बालेन) साहले महानगरका प्रवक्ता तथा १७ नम्बरका वडाध्यक्ष नविन मानन्धरलाई स्पष्टीकरण सोधेका छन्।
मेयर साहले आफूविरुद्ध मिडियामा अभिव्यक्ति दिएको भन्दै मानन्धरलाई ७ दिने स्पष्टीकरण सोधेका हुन्।
आइतबार पत्रमार्फत स्पष्टीकरण सोधिएको प्रवक्ता मानन्धरले जानकारी दिए। स्पष्टीकरण सोध्नुको मुख्य कारण मेयर शाहको विरुद्धमा आवाज उठाउनु रहेको उनको भनाइ छ।
‘केहि पनि विषय तोकिएको छैन। मैले अहिले बोलिरहेको विषयमा उहाँको आपत्ति रहेको बुझेको छु, यद्यपि पत्र मेरो हातमा परिसकेको छैन’ उनले भने।
मेयर शाहले पाँच महिनादेखि कार्यपालिका बैठक बोलाउन नसकेको भन्दै चैत १० गते कार्यपालिका माग गर्दै कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरूले मेयर शाहलाई ज्ञापनपत्र बुझाएका थिए।
प्रवक्ता मानन्धरलगायतका वडाध्यक्षहरूले बालेनको एकल निर्णयलाई विरोध गर्दै आएका छन्। यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गराउने क्रममा प्रवक्ता मानन्धरले मुख्य भूमिका खेलेका थिए।
केहीदिन मेयर साहले प्रवक्ता मानन्धरसहित ४ जना वडाध्यक्षहरुलाई विभिन्न समितिको जिम्मेवारीबाट हटाएको थिए। मानन्धरलाई सूचना प्रविधि विभागबाट हटाएको २ सातापछि मेयर साहले आज स्पष्टीकरण सोधका हुन्। पछिल्लो समयमा मेयर साहले गर्दै आएको गलत काम गरेको भन्दै मानन्धरसहितका वडाध्यक्षहरुले प्रश्न उठाएपछि उनीहरु निशानामा परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमाज सिंहले ०४६ साल भन्दा अगाडिकाे व्यवस्थामा कराँते खेल प्रथिबन्धित रहेकाे बताएका छन्।
१०ओैं धनबहादुर स्मृति अन्तर्रास्ट्रिय कराँते प्रतियाेगिताकाे आज उद्घाटन समाराेहमा सम्बाेधन गर्दै सिंहले एकदलीय निरंकुश पञ्चायती व्यवस्थामा कराँते समेत सबैले खेल्न नपाउने अवस्था रहेकाे बताए।
०४६ सालकाे जनआन्दोलनपछि खुला रूपमा खेलकुद प्रतियोगिता आयाेजना गर्न र खेल्न पाउने अवस्था बनेकाे भन्दै उहाँले निरंकुश र प्रजातान्त्रिक व्यवस्थामा के फरक हुन्छ भन्ने बुझ्न आग्रह गरे।
`०४६ सालभन्दा अगाडि नेपालमा कराँते प्रतिबन्धित नै थियाे। खेलाडीहरूले गुरूहरूबाट भूमिगत रूपमा अभ्यास गर्ने चलन थियाे ´उपप्रधानमन्त्री सिंहले भने, `जनअधिकारलाई सुरक्षित गर्दै देश विकासकाे कार्यलाई अगाडि बढाउन हामीले प्रयास गर्नुपर्छ।´
उनले पञ्चायतमा खेल खेल्न समेत नागरिकले नपाउने अवस्था रहेकाे स्मरण गर्दै अहिले खला रूपमा खेल खेल्न पाउने अवस्था बनेकाे बताए। प्रजातन्त्र आएर के भयाे र भनेर भ्रम फैलाउन खाेज्नेहरू सक्रिय रहेकाे भन्दै उपप्रधानमन्त्री सिंहले प्रजातन्त्र प्राप्ति पछि नै नागरिक अधिकार सुरक्षित भएकाे नविर्सन आग्रह गरे।
उनले प्रतियोगिता सफलताकाे शुभकामना पनि व्यक्त गरे।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले ०१७ सालमा जनताकाे अधिकार खाेसिएपछि त्यसलाई पुनर्बहाली गर्न र खेलकूदकाे विकासमा धनबहादुर महर्जनकाे भूमिका रहेकाे पनि स्मरण गरे।
सामाग्री श्रोत :
जनअधिकार सुरक्षित गर्दै देश विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । सरकारको सेवा प्रणालीलाई डिजिटल माध्यमबाट पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यसहित ‘ई-गभर्नेन्स रूपरेखा २०८१’ आइतबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
सूचना प्रविधि क्षेत्रका तीन संस्थाहरू, कम्प्युटर एसोसिएसन नेपाल महासंघ, साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालको सहकार्यमा तयार पारिएको यो दस्तावेजलाई डिजिटल नेपालको आधारशिला मानिएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा २०८० साल वैशाख १७ गते बसेको पहिलो इलेक्ट्रोनिक गभर्नेन्स आयोगको बैठकपछि ब्लुप्रिन्टको तयारी सुरु गरिएको थियो । करिब नौ महिनासम्म विभिन्न मन्त्रालय, स्वायत्त निकाय, सूचना प्रविधि विज्ञ र सरोकारवालासँगको परामर्शपछि अन्तिम मस्यौदा तयार पारिएको हो ।
सूचना प्रविधि मन्त्रालयका आईसीटी विज्ञ तथा साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रका अध्यक्ष डा. शालिग्राम पराजुलीका अनुसार यो ब्लुप्रिन्टले सरकारी सेवा प्रवाहमा प्रभावकारिता र सहभागिता बढाउनेछ । यस्तै इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष डा. राजीव सुब्बाले डेटा सुरक्षा र नागरिकको गोपनीयता सुनिश्चित गर्न ब्लुप्रिन्टले आवश्यक साइबर सुरक्षा मापदण्ड, डेटा संरक्षण नीति र क्रस-बोर्डर डेटा स्थानान्तरणका लागि कानुनी संरचना प्रस्ताव गरेको जानकारी दिए।
ब्लुप्रिन्टमा सार्वजनिक सेवाको डिजिटलीकरण, साझा राष्ट्रिय क्लाउड, ‘एक नागरिक – एक ड्यासबोर्ड’, डिजिटल सुझाव पेटिका, र रियल-टाइम प्रतिक्रिया संयन्त्र जस्ता उपाय समावेश गरिएको छ। साथै, प्रदेशमा डिजिटल साक्षरता अभियान सञ्चालन, निजामती सेवामा आईसीटी तालिम, र विश्वविद्यालय तहमा ई-गभर्नेन्स पाठ्यक्रम समावेश गर्ने लगायतका योजना छन् ।
निजी क्षेत्रको भूमिकालाई पनि ब्लुप्रिन्टले महत्व दिएको छ । क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले निजी क्षेत्रको संलग्नता बिना डिजिटल पूर्वाधार विकास र सेवा विस्तार असम्भव हुने बताए । इन्साइट टेक्नोलोजीका सीईओ सुमन शर्माले पनि डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूणामणि पौडेलले ब्लुप्रिन्टलाई अझ प्रभावकारी बनाउने उद्देश्यले निजी क्षेत्रका सुझाव समावेश गरिने जानकारी दिए ।
ब्लुप्रिन्टमा ७ रणनीतिक स्तम्भ, कानुनी संरचना सुधार, स्थानीय भाषाको प्रयोग, ग्रीन आईटी, र फाइभजी, एआई तथा ब्लकचेन नीतिसँगको समन्वयको खाका प्रस्तुत गरिएको छ।
सरकारले सार्वजनिक गरेको ‘ई-गभर्नेन्स रूपरेखा २०८१’ को लक्ष्य समावेशी, सुरक्षित र नवप्रवर्तनमैत्री डिजिटल नेपाल निर्माण गर्नु रहेको छ।
पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ १२:४९
सामाग्री श्रोत :
टेक पाना
चितवन–चितवनको पर्यटकीय नगरी सौराहाको हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण दिइएको छ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजना भएको प्रशिक्षणमा सहभागी माहुतेहरुलाई हात्तीको स्याहारसुसार, सफारी व्यवस्थापन तथा कानुनी प्रावधानहरुका बारेमा तालिम दिएको हो।
कार्यक्रम कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष शम्भुप्रसाद मालीका अनुसार बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनको सहयोगमा प्रशिक्षण दिइएको हो।
चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर कार्यालय प्रमुख शान्ताबहादुर मगर पर्यटन क्षेत्रको सकारात्मक सन्देश प्रवाह गर्न माहुतेहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सफारीमा चढेका पर्यटकलाई राम्रो व्यवहार गर्नुपर्ने बताए। उनले हात्ती सफारी गर्दा निकुञ्जको कानुन र हात्तीको स्वास्थ्यमा ख्याल गर्न माहुतेलाई आग्रह गरेका छन्।
बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बिपी चौधरीले चितवनको सफारी पर्यटनमा हात्ती र माहुते दुवैको भूमिका महत्वपूर्ण रहेको बताए। सफारी पर्यटनकै कारण सामुदायिक वनको आम्दानी उल्लेख्य रहेको भन्दै उनले आम्दानीको अधिकांश हिस्सा संरक्षणमा खर्च गर्दै आएको जानकारी दिएका छन्।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले अधिकारका कुरा उठाएर सौराहाको सफारी पर्यटन कमजोर बनाउन खोजिएको भन्दै यसतर्फ व्यवसायीहरु सचेत रहेको बताए। चितवनको पर्यटन जोगाउन व्यवसायीले हात्ती पालेको भन्दै उनले सफारी पर्यटनको विकासका लागि हात्ती र माहुतेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन्।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर कार्यालय प्रमुख शान्ताबहादुर मगरले राष्ट्रिय निकुञ्जका बारेमा जानकारीसहित सफारीका क्रममा वन्यजन्तु देखाउँदा अपनाउनुपर्ने सावधानी, भेटेरिनरी डा अमिर सडौलाले हात्ती सफारीमा पाहुनासँग गर्ने व्यवहार, लैङ्गीक समानता, हात्ती र मानिसमा सर्नसक्ने रोग तथा भेटेरिनरी प्राविधिक किरणराज रिजालले स्वस्थ हात्ती र अस्वस्थ हात्तीको पहिचानका बारेमा प्रशिक्षण दिएका थिए। प्रशिक्षण कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ