२०८२ आश्विन २ बिहीबार
२०८२ आश्विन २ बिहीबार

काठमाडौँ – नेकपा एमाले निकट युवा सङ्घको अध्यक्षका लागि क्षितिज थेबेले मनोनयन दर्ता गराएका छन्। 

पोखरामा जारी दसौँ राष्ट्रिय महाधिवेशनको नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि थेबेले समर्थकहरुको नाराजुलुससहित अध्यक्षमा आइतबार मनोनयन दर्ता गराएका हुन्।

Ncell 2
Ncell 2

आज बेलुकी ७ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ। युवा सङ्घको नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि अन्ततः चुनावबाट नेतृत्व चयन गरिने भएको हो। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

शरीरमा बिलिरुबिनको मात्रा बढ्नुलाई सामान्यत कमलपित्त वा जन्डिस (पँहेलो रोग) भनेर चिनिन्छ। जन्डिस तब हुन्छ जब रगतमा बिलिरुबिनको मात्रा अत्यधिक बढ्छ, जुन रातो रक्त कोशिकाको विघटनबाट उत्पन्न हुन्छ। सामान्य अवस्थामा, कलेजोले बिलिरुबिनलाई शरीरबाट बाहिर निकाल्छ, तर कलेजोमा कुनै समस्या भएमा, यो प्रक्रिया प्रभावित हुन्छ र रगतमा बिलिरुबिनको मात्रा बढ्न थाल्छ।

गतमा बिलिरुबिनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएपछि, यसले गर्दा आँखा, छाला र पिसाब पहेँलो देखिन्छ। यो कलेजो, पित्त नली, वा रगतसँग सम्बन्धित समस्याको संकेत हुन सक्छ। समयमै उपचार नगरेमा गम्भीर समस्या निम्त्याउन सक्छ। यो लक्षण कलेजोको रोग वा अन्य स्वास्थ्य समस्याहरूको संकेत हुन सक्छ। जन्डिस आफैंमा कुनै रोग होइन, यसकारण, जन्डिस देखिएमा चिकित्सकसँग परामर्श गरी यसका कारण पत्ता लगाउन र आवश्यक उपचार गर्नुपर्ने हुन्छ। जन्डिसको लक्षण देखिएमा स्वास्थ्यको स्थिति गम्भीर हुन सक्ने भएकाले समयमै उपचार आवश्यक हुन्छ।

जण्डिस एक गम्भीर स्वास्थ्य समस्या हो जसले कलेजो र पित्त प्रणालीमा असर पु¥याउँछ। यस रोगका लक्षणहरु निम्न प्रकारका छन्ः

 लक्षणहरुः 
–    पिसाब गाढा पहेँलोे देखिनु
–    आँखाको सेतो भाग,नङ र शरीरको छाला पहेँलो देखिनु
–    भोक नलाग्नु, बान्ता आउनु
–    शरीरमा कमजोरी महसुस हुनु, ज्वरो आउनु
–    पेट दुख्नु (खासगरी पेटको दायाँ भाग)
–    दिसा सेतो वा फिक्का रंगको हुनु
–    शारीरिक कमजोरी हुनु जिउ गल्दै जानु।
–    वाकवाक लाग्ने र बान्ता हुने।
–    भोक नलाग्नु खाना नरुच्नु।
–    थकान र अल्छी अनुभव गर्नु।
–    ज्वरो आउने।

जण्डिसको उपचारमा ढिला गर्नाले गम्भीर परिणाम हुन सक्छ, त्यसैले तुरुन्तै चिकित्सकको परामर्श लिनु अत्यन्तै आवश्यक छ।
जन्डिसबाट बच्ने उपायहरुः
–    आफ्नो आहारमा दूध समावेश गर्नुहोस् र नियमित रूपमा दूध पिउनुहोस्।
–    पर्याप्त पानी पिउनुहोस्।
–    आफ्नो आहारमा उच्च फाइबरयुक्त खानाहरू समावेश गर्नुहोस्।
–    सुरक्षित र स्वस्थ खाना र सफा पानी उपभोग गर्नुहोस्।
–   संक्रमण हुँदा चिल्लो र चिल्लो खानेकुराको सेवन नगर्नुहोस्।
–    राम्रोसँग हाइड्रेटेड रहनको लागि तरल पदार्थ पिउनुहोस्।
–    आफ्नो आहारमा कार्बोहाइड्रेट युक्त खानेकुराहरूसँगै पाचन सुधार गर्ने फलफूलहरू समावेश     गर्नुहोस्।
–    रक्सी नपिउनुहोस्।
–    हेपाटाइटिस विरुद्ध खोप लिनुहोस्।
–    औषधि प्रयोग नगर्नुहोस्।
–    असुरक्षित यौन सम्पर्कबाट बच्नुहोस्।
–    जण्डिस  हुँदा खानपानमा विशेष ध्यान दिन आवश्यक हुन्छ। 

 खाने योग्य चीजहरूः
१। फलफूल र तरकारीहरूः मेवा, स्याउ, खरबुजा, गाजर, चुकन्दर, र हरियो पात भएको तरकारीहरू।
२। दाल र अन्नहरूः मुंगको दाल र भात।
३। दही र मोहीः पाचन सुधार्नको लागि।
४। नरिवलको पानी शरीरलाई हाइड्रेटेड राख्न।
५। कागती पानी कलेजोलाई डिटक्स गर्न।
६। हल्का खाना खिचडी, तरकारी, र सूप।
७। पर्याप्त पानी पिउनु हाइड्रेटेड रहनको लागि।

नखाने चीजहरूः
१। बासी, बोसा र तारेको खाना जस्तै फ्रेन्च फ्राइज, बर्गर, र पिज्जा।
२। प्रसंस्कृत खाद्य पदार्थ जस्तै प्याकेटमा भएका स्न्याक्स, जंक फूड।
३। मसालेदार र पिरो खाना जस्तै खुर्सानी, अचार।
४। मासु र माछा विशेष गरी रातो मासु।
५। कफी र मदिरा जस्तै कफी, चिया, र रक्सी।
६। अधिक तेल र घ्यू तारिएको र अत्यधिक तेलयुक्त खाना।
७। बेकरी प्रोडक्ट्स केक, पेस्ट्री, र ब्रेड।

जन्डिस हुने प्रमुख कारणहरू
१.    हेपाटाइटिस (लिवर इन्फेक्सन)
हेपाटाइटिस ए, बि, सि, डि, इ भाइरसहरूले कलेजोलाई असर गर्दा जन्डिस हुन्छ।
२.    अत्यधिक अल्कोहल सेवन
यसले कलेजोमा सिरोसिस (स्थायी क्षति) निम्त्याउँछ, जसले जन्डिस गराउँछ।
३.    पित्त नलीमा अवरोध (ग्याल्स्टोन)
ग्यालब्लाडरमा ढुंगा वा ट्युमरका कारण पित्त नली अवरुद्ध हुँदा जन्डिस देखिन्छ।
४.    हेमोलाइटिक एनिमिया
जब शरीरमा रातो रक्तकोशिका छिटो टुट्न थाल्छन्, तब बिलिरुबिन अत्यधिक बन्न थाल्छ।
५.    कुनै औषधिको दुष्प्रभाव
पेनकिलर (जस्तै पेरासिटामोल), केही एन्टिबायोटिकले कलेजोमा असर गर्न सक्छन्।
६.    नवजात शिशुमा कलेजो पूर्ण विकसित नहुनु
नवजात शिशुहरूको कलेजो अपरिपक्व हुँदा अस्थायी जन्डिस देखिन सक्छ।यसका अतिरिक्त, नियमित रूपमा डाक्टरको परामर्श लिनु र निर्देशनहरू पालना गर्नु महत्वपूर्ण छ। उचित खानपानसँगै आराम र पर्याप्त निद्रा पनि आवश्यक छ ताकि शरीर छिट्टै ठीक होस्।

जण्डिसको उपचार निम्नानुसार छः

१. आरामः– शरीरलाई पर्याप्त आराम दिनु महत्त्वपूर्ण छ। 
२. हाइड्रेशनः– प्रशस्त मात्रामा पानी पिउनु पर्दछ। यो शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ।
३. उचित आहारः– स्वस्थ र सन्तुलित आहार खानु महत्त्वपूर्ण छ। ताजा फलफूल, सागसब्जी, सूप, र अन्य हल्का खाना खानु राम्रो हुन्छ। बोसो, तारेको खाना, र मसालेदार खाना कम गर्नुहोस्।
४. औषधिः– जण्डिसको कारण स्वास्थ्यकर्मी वा चिकित्सकले दिनुभयको  उपयुक्त औषधि सेवान गर्ने चेक जाच नगरि औषधि सेवन नगर्ने।
५. घरेलु उपचारः– मेथीको पातको रस, एलोवेरा जूस, चुकन्दर र गाजरको रस, निबुवा पानी आदि घरेलु उपचार पनि उपयोगी हुन सक्छ।
६. चिकित्सकीय परामर्शः– जण्डिसको कुनै पनि लक्षण देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनु पर्दछ।
७. अन्य उपायहरूः– अल्कोहल सेवन नगर्नुहोस्।

जण्डिसको उपचार आत्म–उपचार मात्र नभई चिकित्सकीय सल्लाह अनुसार गर्नु पर्छ।

जन्डिसलाई सामान्य नठानौं। यो कलेजो, पित्त नली, वा रगतको समस्याको संकेत हुन सक्छ। प्रारम्भिक लक्षण देखिनासाथ डाक्टरको सल्लाह लिनु आवश्यक छ। स्वस्थ जीवनशैली, स्वच्छ खाना–पानी, नियमित स्वास्थ्य परीक्षण र सावधानीपूर्वक औषधि सेवन गरेर जन्डिसबाट बच्न सकिन्छ।

(लेखक जोशी, हेल्थ असिस्टेन्ट हुन्)


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना सम्बन्धमा दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जसमध्ये ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको हो।

प्रहरीले राजावादी आन्दोलनका जनकमान्डर प्रसाईंलाई कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवसहितका मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ।

त्यस्तै, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, संगठित अपराध, आपराधिक उपद्रवसहित पाँच वटा मुद्दामा ५० जनालाई प्रतिवादी बनाइएको हो।

उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। जसमा पत्रकार सुरेस रजकको आन्दोलनकारीले घरमा आगो लगाउँदा र कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागि ज्यान गएको थियो।


सामाग्री श्रोत :

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । नेपाल भाषाका जनकवि एवम् ‘फूलको आँखामा फूलै संसार’ जस्ता कालजयी गीतका सर्जक दुर्गालाल श्रेष्ठको हस्तलिखित अक्षरलाई समेटेर तयार पारिएको ‘दुर्गालाल श्रेष्ठ फन्ट’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहबीच उक्त फन्ट सार्वजनिक गरिएको हो ।

आफ्नै मौलिक र सुन्दर हस्तलेखनका कारण साहित्यिक वृत्तमा छुट्टै पहिचान बनाएका जनकवि श्रेष्ठप्रति सम्मान अर्पण गर्दै दुर्गालाल साहित्य प्रतिष्ठानले यो फन्ट निर्माण गरेको बताइएको छ । फन्ट डिजाइनर तथा लिपि संरक्षणकर्ता आनन्दकुमार महर्जनले करिब आठ महिनाको प्रयासपछि यो फन्टलाई मूर्तरूप दिएका हुन् ।

फन्ट निर्माणका अनुभव सुनाउँदै महर्जनले भने, “उहाँ (दुर्गालाल श्रेष्ठ) को अक्षरका बारेमा धेरै किस्साहरू प्रचलित छन् । उहाँको अक्षरको तारिफ नगर्ने कमै होलान् ।” श्रेष्ठका साहित्यिक किस्साहरू स्मरण गर्दै महर्जनले थपे, “उहाँ एकछिन पनि चुप लागेर बस्न नसक्ने व्यक्तित्व हुनुहुन्छ । जे भेट्यो त्यसैमा कविता कोरिहाल्ने बानी थियो । सामग्री नहुँदा चुरोटको बट्टामा समेत कविता लेख्नुहुन्थ्यो । बिजुली नहुँदा अँध्यारोमा लेख्नुभएका अक्षर पनि उज्यालोमा हेर्दा सफा र मिलेका हुन्थे भन्ने सुनिन्छ ।”

प्रतिष्ठानका सदस्य पौभाः सायमीले भने, “कविको काब्य राम्रो छ भन्ने सबैले थाहा पाए । उहाँको हस्तलिपी भने सीमितलाई मात्र थाहा भयो । त्यसैलाई चिनाउन र अक्षर सधैं जीवन्त रहोस् भनेर प्रतिष्ठानले फन्ट निर्माण गर्ने निर्णय गरेको हो ।”

पाँच दशक अघि श्रेष्ठ काठमाडौंको कन्या मन्दिर माध्यमिक विद्यालयमा पढाउने गरेको प्रसंग सम्झिँदै सायमीले भने, “उहाँका तत्कालिन विद्यार्थीबाट के पनि सुन्ने गरिन्छ भने उहाँले पढाइसकेपछि कक्षामा आउने अर्को शिक्षकलाई कालोपाटीमा उहाँले लेखेका अक्षर मेट्न बढो सकस हुन्थ्यो अरे । त्यति राम्रो अक्षर लेख्ने कविको हस्तलिपि सबैले थाहा पाउनु पर्छ भनेर हामीले अक्षरलाई डिजिटाइज गरेका हौं ।” 

 

महर्जनका अनुसार, श्रेष्ठका यिनै पृथक अक्षरलाई डिजिटल युगमा जीवन्तता प्रदान गर्न र भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठानले फन्ट निर्माणको महत्वपूर्ण निर्णय लिएको हो । यसअघि पनि श्रेष्ठका केही कृतिहरू उनकै हस्तलिखित अक्षरमा प्रकाशित भइसकेका छन्  । त्यसमध्ये ‘हस्ताक्षर’ नामक कविता सङ्ग्रह एक उदाहरण हो ।

फन्ट निर्माणका लागि सबैभन्दा पहिले श्रेष्ठका हस्तलिखित कविता र अन्य लेख सङ्कलन गरिएको थियो । त्यसपछि ती सबै सामग्रीलाई स्क्यान गरी डिजिटल स्वरूपमा रूपान्तरण गरियो र अन्ततः महर्जनले तिनको विस्तृत विश्लेषण गरी फन्टको ढाँचा तयार पारेका हुन् । उनका यी विभिन्न अक्षरका आधारमा तीन थरीका फन्ट निर्माण गरिएको महर्जनको भनाइ छ ।

नव-निर्मित फन्ट तत्कालका लागि श्रेष्ठका प्रकाशन हुन बाँकी कृतिमा प्रयोग गरिनेछ । करिब छ महिनापछि प्रतिष्ठानले यस फन्टलाई सर्वसाधारणका लागि पनि उपलब्ध गराउने योजना रहेको महर्जनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ १७:४६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघिबाट शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।

Ncell 2
Ncell 2

छलपलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कृषिमन्त्री रामनाथ अधिकारी सहभागी छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ। आइतबार बसेको समितिको बैठकले शिक्षा विधेयक, २०८० को सम्बन्धमा छलफल गरेको हो।

उक्त छलफलमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग गरेका नौं बुँदे सहमति कार्यान्वनमा आफू प्रतिवद्ध रहेको बताए।

उनले शिक्षक महासंघमा प्रतिनिधिले नौं बुँदे सहमति भन्दा अगाडि भएका सहमतिलाई पनि छलफलको एजेन्डा बनाएकाले आफ्नो प्रतिबद्धता भनेको नौ‌ं बुँदे प्रतिवद्धता भएको बताए।

उनले भने, ‘मैले गरेको नौ‌ं बुँदे सहमतिलाई कार्यान्वयन गर्न म प्रतिवद्ध छु। सरकारको मन्त्रीको हैसियतले मेरो प्रतिवद्धता हो। यसमा सत्ता गठबन्धन दलहरुको सबैको प्रतिवद्धता छ र स्वयम प्रधानमन्त्रीज्यूको पनि छ। नौं बुँदे सहमतिको हकमा प्रतिवद्धता छ तर अहिले सवाल नौ‌ं बुँदेको मात्रै होइन। शिक्षक महासंघमा साथीहरुले नौ‌ं बुँदे सहमति भन्दा अगाडि भएका सहमतिहरुलाई पनि छलफलको एजेण्डा बनाएर जोड दिइराख्नु भएको छ। स्वभाविक रुपमा त्यसमा पनि छलफल गर्छौं। तर मेरो कमिटमेण्ट भनेको नौ‌ं बुँदे प्रतिवद्धता हो। नौ‌ं बुँदे प्रतिवद्धतालाई सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म कार्यान्वयन गरेर जाने हो। त्यसमा अस्पष्ट रहेका कतिपय बुँदाहरुमा शिक्षक महासंघका प्रतिनिधिहरुसँग बसेर छलफल गर्नेछौं। र, एउटा निक्र्यौलमा पुग्छौं।’

साथै उनले आर्थिक बोझ पार्ने माग यसैपाली यसरकारले बहन गर्न नसक्ने बताए। उनले प्रतिबद्धता गरेर भोलि व्यवहारमा कार्यान्वयन हुन नसक्ने प्रतिबद्धता गर्नुको अर्थ नरहेको बताए।

उनले भने, ‘आर्थिक बोझ पार्ने माग यसैपाली यही सरकारले बहन गर्न सक्दैन। हाम्रो अर्थतन्त्रले, आयस्रोतले गर्न सक्दैन। हामीले प्रतिबद्धता गरेर भोलि व्यवहारमा कार्यान्वयन हुन नसक्ने प्रतिबद्धता गर्नुको अर्थ छैन।’


सामाग्री श्रोत :

शिक्षकका ९ बुँदे मागप्रति प्रतिबद्ध छौं, आर्थिक बोझलाई भने ध्यान दिन्छौं : शिक्षामन्त्री

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्ना स्थानीय बासिन्दालाई कोडिङसँग सम्बन्धित आठ महिने तालिम दिने भएको छ । महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै तालिममा सहभागी हुन चाहने व्यक्तिका लागि अनलाइन आवेदन समेत खुला गरेको छ । 

महानगरका अनुसार “लो लेवल कोडीङ-वेबमा आधारित सफ्टवेयर” तालिम प्रदान गर्न लागिएको हो । नगरवासीलाई स्वदेशमा नै रोजगार तथा स्वरोजगार बनाउनका लागि भक्तपुरको चाँगुनारायण फाउन्डेसनसँग सहकार्य गरेर उक्त तालिम दिन लागिएको हो । तालिममा सहभागी हुन चाहने व्यक्तिले २५ जेठभित्र आवेदन दिन सक्नेछन् । 

आवेदन दिनका लागि ललितपुरको स्थानीय बासिन्दा हुनुपर्ने बताइएको छ । यस्तै कम्तीमा १८ वर्ष पूरा भएको र कक्षा १२ उत्तीर्ण भएको व्यक्तिले आवेदन दिन सक्छन् । आवेदन दिँदा नागरिकताको प्रतिलिपि, कम्तीमा १२ कक्षा वा सो सरह उत्तीर्ण गरेको ट्रान्सकिप्टको प्रतिलिपि, नागरिकतामा ललितपुरको स्थायी बासिन्दा भएको नखुलेमा बसाईसराई वा विवाह दर्ता प्रमाण-पत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो पेस गर्नुपर्नेछ । 

आवेदन दिने व्यक्तिहरूसँग अन्तर्वार्ता लिएर तालिमको लागि छनोट गरिनेछ । १५ जनालाई उक्त तालिममा सहभागी गराउने महानगरले जनाएको छ । यहाँ क्लिक गरेर तालिमका लागि आवेदन दिन सकिन्छ । 

पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ १६:५५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

मन्त्रालय र मातहतका कर्मचारीको आज बसेको बैठकमा उनले ढिलासुस्ती नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्ने सबैलाई निर्देशन दिएको हो। 

“मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने, काममा ढिलाइ हुने गरेको गुनासो आएका छन्। कुनै पनि फाइल रोकिएर नागरिकले समस्या भोग्नु भएन, तीन दिनभित्र कुनैपनि फाइलको छिनोफानो हुनेगरी काम गर्नुहोस्”, मन्त्री खड्काले भने। उनले मन्त्रालयअन्तर्गतका निकायबाट उल्लेख्य प्रगति हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। 

Ncell 2
Ncell 2

कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरेमात्र हामीले लिएका लक्ष्य हासिल गर्न सहज हुने मन्त्रीको भनाइ छ। “कर्मचारीलाई स्थायी सरकार भन्छौँ, काम स्थायी देखिँदैन, आफूले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गरौँ”, उनले भने। 

ऊर्जामन्त्री खड्काले मनसुन सुरु हुन लागेको भन्दै वर्षाबाट हुने जोखिम न्यूनीकरणका लागि सूचना प्रवाहलाई जनस्तरसम्म पुर्याउन जल तथा मौसम विज्ञान विभागलाई निर्देशन दिए। 

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, मन्त्रालयका सहसचिवलगायत मातहत निकायका कर्मचारीको सहभागिता थियो। 

बैठकमा मन्त्रालय र मन्त्रालय मातहतका निकायको वैशाख मसान्तसम्म भएको भौतिक तथा वित्तीय प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान नीति तथा कार्यक्रमले बजेटको ‘पोको होइन’ समग्र विकासका लागि मार्गदर्शन दिने दस्तावेजको सन्देश दिएको बताएका छन्।

आइतबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस पटकको नीति तथा कार्यक्रम छोटो, छरितो र समग्र विषय समेट्ने खालको भएको उल्लेख गरे। उनले नीति कार्यक्रमले सहअस्तित्व, सहकार्य र एकतालाई जोड दिएको र प्रदेशको आर्थिक उन्नति तथा आन्तरिक आय वृद्धि गर्न केन्द्रित भएको स्पष्ट पारे।

‘नीति तथा कार्यक्रम विकासको मार्गदर्शन हो भने बजेट त्यसको कार्यान्वयनका लागि साधन हो,’मुख्यमन्त्री कार्कीले भने, ‘पछिल्ला आठ वर्षमा आठवटा नीति तथा कार्यक्रम आइसकेका छन्, त्यसमा निरन्तरता र स्थायित्व जरुरी छ।’

मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सात बुँदे सहमतिमा आधारित सरकार गठनपछि सातवटा मूलभूत समस्याको समाधानको कार्य आरम्भ भइसकेको जानकारी दिए। उनले पछिल्लो १० महिनामा बिग्रिएको आर्थिक अवस्था सुधार गर्दै निर्यात प्रवद्र्धनजस्ता क्षेत्रमा उल्लेखनीय सफलता हासिल भएको दाबी गरे।

‘तीन बुँदे मर्ममा रहेको सात बुँदे सहमति पछिल्लो समयमा निकै प्रभावकारी भएको छ,’उनले भने, ‘सरकारले समस्याहरू समाधान गर्दै महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ।’

साथै, उनले राम्रो योजनाप्रति सकारात्मक समर्थन जनाउनु स्वाभाविक प्रक्रिया भएको प्रस्ट पारे। ‘कुनै व्यक्तिले वा संस्थाले सरकारको राम्रा योजनाको समर्थन गर्नु सरकारको नेतृत्वमा जाने चाहना होइन। यो सामान्य लोकतान्त्रिक प्रक्रिया हो,’ उनले स्पष्ट गरे।

इतिहास र विभूतिहरूको सम्मान गर्न नीति तथा कार्यक्रममा उल्लेख गरिएको संरक्षण योजनाको बचाउ गर्दै मुख्यमन्त्री कार्कीले राष्ट्रिय विभूति, पूर्व राष्ट्राध्यक्ष तथा आन्दोलनका सहिदहरूको घरलाई संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए र उनले यस्ता संरचनाहरूको संरक्षणले भावी पुस्तालाई इतिहासबारे जानकारी दिन सहयोग पुग्ने उल्लेख गरे।


सामाग्री श्रोत :

नीति तथा कार्यक्रम बजेट होइन, मार्गदर्शन हो : मुख्यमन्त्री कार्की

काठमाडौँ । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले एपमा नयाँ प्रयोगकर्तालाई आकर्षित गर्न नयाँ रणनीति अपनाएको छ । कम्पनीले हालै मात्र ‘रेफरल’ नामक नयाँ कार्यक्रम सुरु गरेको छ । यस योजना अन्तर्गत आफूले रेफर गरेको प्रोगकर्ता इन्स्टाग्राममा जोडियो भने इन्स्टाग्रामबाट पैसा कमाउन सकिन्छ । 

बिजनेस इन्साइडर कम्पनीले यस नयाँ मोनिटाइजेसन कार्यक्रमबारे पुष्टि गरेको छ । ‘रेफरल्स’ नामक यो कार्यक्रम हाल अमेरिकामा रहेका क्रियटरका लागि मात्र इन्भिटेसनमा आधारित सीमित परीक्षण हो । यस कार्यक्रम अन्तर्गत क्रियटरले शेयर गरेको लिङ्कबाट प्रयोगकर्ता इन्स्टाग्राम भिजिट गरे वा इन्स्टाग्राम अकाउन्ट खोले भने क्रियटरले रकम पाउँछन् । 

इन्स्टाग्रामको रेफरल कार्यक्रमबाट क्रियटरले दुई तरिकाले बढीमा २० हजार डलर (करिब दुई लाख ७३ हजार रुपैयाँ) सम्म कमाउन सक्ने बताइएको छ । क्रियटरले उपलब्ध गराएको लिङ्क क्लिक गरेर कुनै नयाँ प्रयोगकर्ताले अकाउन्ट खोले भने १०० डलर क्रियटरले पाउँछन् । त्यस्तै क्रियटरले उपलब्ध गराएको इन्स्टाग्राम लिङ्क क्लिक गरेर १००० प्रयोगकर्ताले पेज भिजिट गर्‍यो भने पनि क्रियटरले १०० डलर कमाउने छन् । 

इन्स्टाग्रामको रेफरल कार्यक्रम मेदेखि सुरु भएर छ हप्तासम्म चल्ने बताइएको छ । 

बिजनेस इन्साइडरका अनुसार एपले क्रियटरलाई उनीहरूको प्रोफाइल, रिल्स, पोस्ट, स्टोरी र च्यानलको लिङ्क ‘इन्स्टाग्राम बाहिर’ खासगरी टिकटक, युट्युब, डिस्कोर्ड र सबस्ट्याक जस्ता अन्य वेबसाइट र एपमा शेयर गर्न भनिरहेको छ । 

इन्स्टाग्रामले टिकटक र युट्युब जस्ता अन्य एपबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । यो नयाँ मोनिटाइजेसन फिचरले इन्स्टाग्रामलाई प्रतिस्पर्धामा अगाडि ल्याउने विश्वास गरिएको छ । अन्य देशका क्रियटरले यो फिचर प्रयोग गर्न पाउँछन् वा पाउँदैनन् भन्ने स्पष्ट छैन । 

पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ १४:२४





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट