
काठमाडौं–नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन्।
उनी आज पार्टी समायोजनमार्फत् प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन्।
२०७२ असोज ९ गते डा. बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए।
ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा प्रचण्ड र श्रेष्ठले पार्टी समायोजन सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरे।
माओवादी र महिन्द्रराय यादव नेतृत्वको नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो। तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै पार्टी एकता कार्यदलका सदस्य श्रेष्ठ अघि बढेर आज माओवादी केन्द्रमा फर्किएका हुन्।
उनले नेसपाका २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको दाबी गरेका छन्।
पाँच बुँदे सहमतिपत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाको तर्फबाट श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार श्रेष्ठलाई केन्द्रीय सचिव बनाइएको छ। नेसपाका अन्य सदस्यहरूलाई पनि संगठनभित्र सम्मानजनक जिम्मेवारी दिइने बताइएको छ।
यस्तो छ पाँच बुँदे सहमति:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ।
पार्टी सभपति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको हो।
बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको भन्दै त्यसमा संलग्न रहेकालाई कारवाही हुनुपर्ने बताए। बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको तथा कुनै कमजोरी नगरेको जिकिर गरेका थिए।
गृहमन्त्रीले धारणा राखेपछि बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको निष्कर्ष निकालेको प्रवक्ता महतले बताए। बैठकले यस बिषयमा संसद भित्र र बाहिर आफ्नो कुरा स्पष्ट राख्न गृहमन्त्रीलाई सुझाव दिएको महतले जानकारी दिए।
उनले भिजिट भिसा प्रकरणको छानविनको दायरामा समेत गृहमन्त्री नरहेकाले राजीनामा दिनुपर्ने कुनै आवश्यकता नरहेको दाबी गरे।
प्रवक्ता महतले जेठ १५ गते काठमाडौं कव्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको जिम्मेवारी कांग्रेसले नलिने बताए। उनले आफुहरु कब्जाको पक्षमा नरहेको उल्लेख गर्दै शान्तिपूर्ण तवरले संविधानको प्रयोग गरेर विरोध गर्न र आफ्ना कुरा राख्न पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गरे।
उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध उजुरी नै परेको अवस्था रहेकाले आफूहरूले संसदीय छानबिन समिति माग गरेको उल्लेख गर्दै लेखक र लामिछानेको विषय एउटै नभएको बताए।
‘उहाँ (रवि लामिछाने)सँग जोड्न मिल्दैन। उहाँमाथि आरोप आयो, उजुरी आयो। त्यसकारण हामी संसदीय छानबिन माग गरेका हौँ। यहाँ त न कुनै आरोप छ, न आधार छ। आरोपकै भरमा हामीले पनि निष्कर्ष निकाल्ने कुरा भएन,’ महतले भने।
सामाग्री श्रोत :
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको कांग्रेसको निष्कर्ष
काठमाडौँ । गत चैत १५ गते राजधानीमा आयोजित राजावादी प्रदर्शनका क्रममा प्रहरीले प्रयोग गर्दै आएको १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सीसीटिभी प्रणालीमा क्षति पुगेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार प्रदर्शनका क्रममा विभिन्न स्थानमा जडान गरिएका क्यामेरा, उपकरण र अन्य सामग्रीमा प्रदर्शनकारीले तोडफोड गरेपछि क्षतिपूर्ति माग गर्दै अदालतमा अभियोग दर्ता गरिएको हो ।
जिल्ला अदालत काठमाडौंमा आइतबार दायर गरिएको अभियोगपत्रमा प्रहरी कार्यालयले मनिटरिङका लागि जडान गरिएका सीसीटिभी क्यामेरा र उपकरणहरू प्रदर्शनकारीले जानाजान क्षति पुर्याएको दाबी गरिएको छ ।
कार्यालयका अनुसार तीनकुने र आसपासका क्षेत्रमा जडान गरिएका एक लाख १७ हजार रुपैयाँ बराबरका दुई थान फिक्स क्यामेरा र सात लाख ४० हजार रुपैयाँ बराबरका पीटीजेड क्यामेरा क्षतिग्रस्त भएका छन् ।
त्यसैगरी २४ हजार रुपैयाँ बराबरका १०० एमबीपीएस एसएफपी (छ थान) र ६ हजार ५ सय रुपैयाँ बराबरका ३६ भोल्ट/२.२३ एम्पियरका एडप्टर (तीन थान) मा पनि क्षति पुगेको उल्लेख छ ।
प्रहरी कार्यालयले क्षति भएका सबै सामग्रीको मूल्य कुल ९ लाख ४७ हजार रुपैयाँ हुने र करसमेत जोड्दा १० लाख ७१ हजार १४ रुपैयाँ पुग्ने भन्दै सोही रकम बराबरको क्षतिपूर्ति दाबी गरेको छ ।
पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ १२:०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्न र आगामी दिनमा सदनमा निभाउनुपर्ने भूमिकाको विषयमा छलफल गर्न दलको बैठक बोलाएको हो।
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा दिउँसा ४ बजे संसदीय दलको कार्यालयमा बैठक बोलाइएको कार्यवाहक महासचिव मनिष झाले जानकारी दिए।
रास्वपाको आइतबार बसेको केन्द्रीय समिति बैठकले अन्यमाथि नैतिकताको प्रश्न उठेपछि राजीनामा दिनुपर्ने निर्णय गरेको थियो। राजीनामा नदिए संसदमा सजिलो नहुने चेतावनी दिएको थियो। संसद्को बैठक भोलि बिहान ११ बजे बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
पोखरा- न्युरो सर्जरीमा राम्रो पहिचान बनाएका मध्ये एक प्राडा यामबहादुर रोका गण्डकी मेडिकल कलेजबाट सेवा दिन थालेका छन्। मस्तिष्क र नशासम्बन्धी उपचार एवं शल्यक्रियामा करिब २१ वर्षको अनुभव संगालेका उनले आफ्नो सेवाका नयाँ गन्तव्य पोखरा क्षेत्रलाई बनाएका हुन्।
न्यूरोसर्जन रोकाको नेतृत्वमा पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी)ले दुई महिनादेखि न्यूरोसर्जरी न्यूरोसर्जरी सेवालाई थप व्यवस्थित गरेको छ। यसबीच करिब २० वटा सफल अपरेशन गरिसकेको डा रोकाको योगदानपश्चात् जीएमसीले थप १५ शैय्याको सघन उपचार कक्ष (आइसीयू) स्थापना गरेको छ।
मस्तिष्कमा नशा फुटेर रगत जमेको, ट्युमर, ट्रमा, ढाड र घाँटीमा नशा च्यापिएका बिरामीले जीएमसीबाट उपचार पाइसकेका छन्। नशाकै स्ट्रोकबाट पीडित बिरामी हाल स्वस्थ जीवन बिताइरहेको बायोडाटा अस्पतालसँग छ।
विशेषज्ञ सेवालाई अझ विस्तार गर्न अस्पतालले छिट्टै नयाँ प्रविधि र उपकरण भित्र्याउने तयारी गरिरहेको बताएको छ। साथै, अपरेशन थिएटरको नयाँ सेटअपसमेत तयार पारिएको छ । अस्पताल प्रशासनका अनुसार न्यूरोसर्जरीकालागि पोखरेलीले अन्य सहर धाउनुपर्ने बाध्यतालाई अन्त्य गरिदिएको छ।
अझ, न्यूरोसर्जनकोे सेवा चौबीसै घण्टा उपलब्ध भएको बताउँदै अस्पतालले अपरेशन गर्नकालागि बिरामीले कुर्न नपर्ने सुनिश्चिताता गरेको छ।
‘मैले जीएमसीमा सेवा दिन थालेको करिब २ महिना भयो, यसबीच २० वटा अपरेशनसमेत गरे,’ प्राडा रोका भन्छन्, ‘हामी करिब १५ जनाको टिम २४ घण्टा उपलब्ध छौं ।’ अस्पतालमा सामान्यदेखि जटिल प्रकृतिका अपरेशन हुने रोका बताउँछन्।
नशासम्बन्धी उपचार र अपरेशनकालागि काठमाण्डौं धाउने बाध्यतालाई रोक्ने लक्ष्य रोका र अस्पताल प्रशासन दुबैको छ। उपचार र अपरेशनसँगै नर्सिङका विद्यार्थीलाई अध्यापनमा व्यस्त रोका दक्ष र सबल टिम निर्माणमासमेत जुटिरहेको बताउँछन्।
न्यूरोसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउन अस्पतालले आवश्यक विभाग, सुविधा, आइसीयू, सर्जनमा लगानी बढाइरहेको छ। सर्जनकै भूमिकाबाट २ दर्जन बढी अवार्डले सुशोभित प्राडा रोकाले कूल १५ हजार अपरेशन गरिसकेका छन् । जसमध्ये ७ हजार ५ सय जटिल प्रकृतिका रहेका छन्।
सेवाका दौरान १५ वर्ष देशको पूर्वी सहर विराटनगर बिताएका रोका हाल जीएमसीमा न्यूरोसर्जरी विभागका प्रमुख समेत हुन्। जीएमसीमा यससम्बन्धी सेवा सुरु गरेपछि पूर्वका बिरामी काठमाण्डौंका विभिन्न अस्पताल हुँदै अन्ततः डा रोका खोज्दै पोखरा आउन थालेका छन्।
यसैबीच भेटिइन् पूर्व सप्तरीकी विनिताकुमारी मण्डल । विनिताकी छोरा सप्तरीमा दुर्घटनामा परेपछि काठमाण्डौका फरकफरक अस्पतालमा उपचार गराइन् । त्यसपछि छोरा लिएर विराटनगर जाँदा प्राडा रोका पोखरा गएको सुनेपछि उनले छोरालाई जीएमसी ल्याएकी छिन्।
उनको टाउको अपरेशनपछि हाल स्वास्थ्यलाभ भइरहेको छ । आमा विनिता भन्छिन्, ‘छोरालाई लिएर काठमाण्डौका २ ठूला अस्पताल हुँदै विराटनगर पुगे, त्यहाँ (विराटनगरमा) यता जानु भनेपछि पोखरा आएको हुँ।’
मुस्किलले नेपाली बोल्ने र बुझ्ने विनिताले जीएमसीको सर्वसुलभ शूल्क र गुणस्तरीय सेवालाई धन्यवाद व्यक्त गरिन् । चौबिसै घण्टा सर्जनको विशेष निगरानीमा सेवा उपलब्ध पाएसँगै उनले भनिन्, ‘पोखरा आउन अलि ढिला भयो, तुरुन्तै आएको भए छोरा ठिक भइसक्ने रहेछ।’
डाक्टरसँग चेकजाँच गरेपछि रोग वा समस्याको पहिचानपश्चात् राजधानी वा अन्य स्थान धाउँदाधाउँदै कतिपय अवस्थामा ढिलोे हुनसक्नेतर्फ औंल्याउँदै प्राडा रोकाले विशेषतः पोखरा र आसपासका जिल्लावासीलाई भने यस्तो अवस्थामा यथाशीघ्र जीएमसी आउन सुझाएका छन्।
यसैबीच, सर्जरी सेवा लिएका छिमेकी जिल्ला स्याङजाका ६० वर्षीय रेशमलाल पौडेल उच्च रक्तचापकाकारण घरमै ढले, नशा फुटेर टाउकोमा रगत जमेका उनको पोखराको जिएमसीमा उपचार भइरहेको छ।
रेशमलालका छोरी सोनिया पौडेलले जिएमसीमा अनुभवी डाक्टर रोका आएका छन् भन्ने थाहा पाएर यही ल्याएको बताइन् । अप्रेशनपश्चात बुवाको स्वास्थ्यमा सुधार हुँदै गएको सोनियाले बताइन्।
सामाग्री श्रोत :
swasthyakhabar
कटारी। शौर्य सिमेन्ट इ. लि. को आर्थिक सहयोगमा उदयपुर जिल्लाको कटारी नगरपालिका–७, मर्जेतपुर स्थित श्री सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका-८, आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय भवन उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सशक्त बनाउने शौर्य सिमेन्टको यस्तो प्रयासलाई सराहना गरे।
उनले भने, शौर्य सिमेन्टको सामाजिक उत्तरदायित्वले विद्यालयको संरचना बनेको बताउँदै अब संरचना जस्तै शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको भन्दै त्यसका लागि अभिभावकको सक्रियता जरुरी रहेको बताए । उनको गरिमामय उपस्थिति, प्रेरणादायी मन्तव्य र सक्रिय सहभागिताले कार्यक्रमलाई थप सफल र प्रभावकारी बनाएको थियो।
उक्त कार्यक्रममा सहभागी शौर्य सिमेन्टका सिनियर भाइस प्रेसिडेन्ट राजन झाले सामाजिक उत्तरदायित्वलाई स्थानीय तहसँग सहकार्य गरेर अघि बढाइएको जनाउँदै भने, “देशको समृद्धिका लागि आर्थिक र राजनीतिक क्षेत्र दुवै सबल हुनुपर्छ”। उनले कम्पनीले निर्माण क्षेत्रमा हुने असर न्यूनीकरणका लागि इन्जिनियरको टोली खटाएर अध्ययन र समाधानको प्रयास गरिरहेको पनि बताए।
त्यस अवसरमा वडाध्यक्ष तथा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक सुविन ढुंगानाले विद्यालय र सामुदायिक विकासमा सहयोग गरेकोमा धन्यवाद दिँदै खानी क्षेत्र नजिकको नदी उचाइ र सम्भावित जोखिमप्रति पनि शौर्यलाई सजग रहन आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक जयबहादुर तामाङले कम्पनीले २०५६ सालदेखि विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै विद्यालय परिवारको तर्फबाट सम्मान गरेका थिए। “शिक्षक व्यवस्थापनदेखि भौतिक सामग्रीसम्ममा सहयोग पाएका छौं,” उनले भने।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर मगरले पनि उद्योगको निरन्तर सहयोगप्रति आभार प्रकट गरे। कार्यक्रममा उद्योगले विद्यार्थीहरूलाई खेल तथा शैक्षिक सामग्री वितरण गर्नुका साथै सहभागी अतिथिलाई मायाको चिनो प्रदान गरेको उद्योगका ब्रान्ड प्रबन्धक अनुज महतले जानकारी दिए।
यसै दिन वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको प्राथमिक स्वास्थ्य केन्द्र भवन पनि हस्तान्तरण गरिएको हो। नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले भवन हस्तान्तरणसँगै सेवा विस्तार सुरु हुने जानकारी दिए।
कार्यक्रममा मेयर श्रेष्ठले स्वास्थ्य पहुँचका लागि यो भवन महत्वपूर्ण हुने बताए। वडाध्यक्ष नविन्द्र तामाङले वडाको भूगोल ठूलो भएकाले यस्तो केन्द्रले सेवा वितरणमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै, अब वडालाई एम्बुलेन्सको आवश्यकता रहेको समेत औंल्याए।
शौर्य सिमेन्टद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो योगदानले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरूको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। नगरप्रमुख श्रेष्ठज्यूको समर्थनले यो योगदानलाई अझ प्रभावशाली र उदाहरणीय बनाएको थियो।
शौर्य सिमेन्टले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा समुदाय हितका विविध सामाजिक कार्यहरूमा निरन्तर सहकार्य र योगदान गर्दै जाने दृढ प्रतिबद्धता व्यक्त गरेको छ, जसबाट समाजका थप व्यक्तिहरू लाभान्वित हुने विश्वास लिइएको छ।
सामाग्री श्रोत :
काठमाडौँ – नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ।
सोमबार बसेको माओवादी पदाधिकारी बैठकले प्रश्न उठेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न उचित हुने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका हुन्।
यसबाहेक बैठकले नेसपा र नेवा राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय समेत गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं– डा सन्दुक रुइतको अभियानलाई शेर्पा किदुक अमेरिकाले ४७ हजार बढी अमेरिकी डलर अर्थात् झण्डै टद्ध लाख नेपाली रुपैयाँ सहयोग गरेको छ । किदुकको सदस्यहरूबाट सङ्कलित उक्त रकम एक कार्यक्रम गरी सम्मान सहित डा रुइतलाई हस्तान्तरण गरिएको हो।
‘डा सन्दुक रुइतले आँखा उपचारको क्षेत्रमा विश्वविख्यात काम गरेको भन्दै किदुकले सम्मान सहित सहयोग गरेको शेर्पा किदुक संरक्षक समितिका संयोजक ल्हाक्पा रिन्जी शेर्पाले बताए।
उता हिमालयन होप नेटवर्क संस्थाद्वारा सङ्कलित ५ हजार ७ अमेरिकी डलर पनि शेर्पा किदुकमार्फत हस्तान्तरण गरिएको थियो । उक्त रकम डा रुइतको कार्यको लागि स्वयंसेवक र कोष सङ्कलनमा आगामी दिनमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
डा रुइतले आफ्नो अमेरिका भ्रमण नेपालको सफल चिकित्सा अनुभव र दृष्टि पुनः स्थापनाको मोडललाई हार्वर्ड, स्ट्यानफोर्ड, ब्राउन, बास्कम पाल्मरजस्ता विश्व स्तरीय संस्थाहरूसँग साझेदारी गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने रहेको बताए। नेपालमै अत्याधुनिक इन्ट्राकुलर लेन्स उत्पादन गर्ने कारखाना स्थापना गरी विश्वभर निर्यात गर्ने र प्राप्त नाफाबाट आर्थिक रूपले कमजोर समुदायका लागि निःशुल्क आँखा उपचारको दीर्घकालीन योजना अघि बढाउने योजना अघि सारेको समेत उनले बताए।
उक्त योजनाका लागि झन्डै ८ मिलियन अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिँदै उनले हालसम्म ३ मिलियन डलर सङ्कलन भइसकेको र बाँकी ५ मिलियन जुटाउन नेपाली समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। आइपिएल २०२५ को लिग चरणको अन्तिम खेल लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीच एकना स्टेडियममा खेलिँदैछ र यही खेलको नतिजाले यो सिजनको शीर्ष २ टोलीको टुंगो लगाउने छ।
यस खेलमा बेंगलुरुले लखनउलाई ठूलो अन्तरले पराजित गरेमा यो सिजनको क्वालिफायर खेल्न सक्छ। आरबीसीले एकपटक पनि आईपीएलको उपाधि जित्न सकेको छैन, त्यसैले टोलीले यो सिजन जितको खडेरी अन्त्य गर्ने प्रयास गर्नेछ। साथै, यो सिजन आईपीएल इतिहासमा सबै समयको कीर्तिमान पनि तोड्न सक्ने ठाउँ देखिएको र खासमा विराट कोहली त्यसको धेरै नजिक छन्।
आईपीएलको इतिहासमा सबैभन्दा बढी चौका प्रहार गर्ने कीर्तिमान शिखर धवनको नाममा छ, जसले २२२ खेलको २२१ इनिङ्समा ७६८ चौका प्रहार गरेर सो रेकर्ड कायम गरेका हुन्। यो सूचीमा विराट कोहली दोस्रो स्थानमा छन्, जसले २६४ खेलको २५६ इनिङ्समा ७५६ चौका प्रहार गरिसकेका छन्। यस्तो अवस्थामा विराट कोहलीसँग यो सिजनमा धवनलाई पछाडि छोड्ने सुनौलो मौका रहेको छ, त्यसका लागि कोहलीलाई मात्र थप १३ चौका चाहिन्छ।
आरसीबी प्लेअफका लागि छनोट भएको छ। यस्तो अवस्थामा कोहलीले कम्तिमा एक थप खेल खेल्नेछन् अर्थात् बाँकी दुई खेलमा कोहलीले १३ चौका प्रहार गरे भने उनले आईपीएल इतिहासकै सबैभन्दा ठूलो कीर्तिमान बनाउन पाउने छन्।
विराट कोहलीले यो सिजन पनि ५०० भन्दा बढी रन बनाइसके छन्। चालू सिजनमा उनले हालसम्म १२ खेलमा १२ इनिङ्समा ६०.८८ को औसत र १४५.३५ को स्ट्राइक रेटमा ५४८ रन बनाएका छन् र उनी ओरेन्ज क्यापको दावेदारको सूचीमा रहेका छन्। र, कोहलीले यो सिजन सात अर्धशतक पनि बनाइ सकेका छन्। यस अवधिमा उनको ब्याटबाट ५१ चौका र १९ छक्का निस्केका थिए। कोहली यस सिजन बेंगलुरुका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्।
साथै, यदि कोहलीले मंगलबार आफ्नो इनिङ्समा पाँच चौका प्रहार गरे भने उनी टी–२० क्रिकेटमा १२०० चौका प्रहार गर्ने पहिलो भारतीय खेलाडी पनि बन्ने छन्। टी-२० क्रिकेटमा हालसम्म तीन ब्याट्सम्यान एलेक्स हेल्स, डेभिड वार्नर र जेम्स भिन्सले मात्र यो रेकर्ड बनाउन सकेका छन्। यदि, त्यो पुरा गरे भने कोहली १२ सय चौका प्रहार गर्ने पहिलो एसियाली ब्याट्सम्यान पनि बन्नेछन्।
कोहलीले ४११ टी-२० खेलमा ११९५ चौका प्रहार गरिसकेका छन्। टी-२० क्रिकेटमा कोहलीले ४१.९८ को औसत र १३४.६२ को स्ट्राइक रेटमा १३ हजार ४३४ रन बनाएका छन्।
सामाग्री श्रोत :
अब जम्मा ५ चौकाले बनाउनेछ कोहलीलाई १२०० चाैका हान्ने पहिलाे एसियन क्रिकेटर
काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म एक्स एकपटक फेरि डाउन भएपछि एलन मस्कले आफू २४ घण्टा काममै केन्द्रित भएको बताएका छन् । सेवा पुनःसञ्चालन भएलगत्तै एक्सका मालिक मस्कले आफूले अफिसमै समय बिताउन थालेको उल्लेख गरेका छन् ।
उनले एक्समा लेखेका छन्, “पुनः काममा २४/७ बिताउन थालेको छु । सम्मेलन कक्ष, सर्भर र फ्याक्ट्रीका कोठाहरूमा सुतिरहेको छु । म अहिले एक्स, एक्सएआई र टेस्लामा अत्यन्तै केन्द्रित छु, साथै अर्को साता स्टारशिप प्रक्षेपण हुँदैछ । किनकि हामी महत्त्वपूर्ण प्रविधिहरू रोल आउट गर्दैछौं ।”
गएको शनिबार विश्वभर हजारौं प्रयोगकर्ताहरू प्रभावित हुनेगरी एक्स डाउन भएको थियो । आउटेज ट्र्याकिङ वेबसाइट डाउनडिटेक्टरका अनुसार करिब २६ हजार प्रयोगकर्ताले समस्या रिपोर्ट गरेका थिए ।
प्रयोगकर्ताहरूले त्यस अवधिमा एप वा वेबसाइटमा पहुँच गर्न नसकेको, लगइन/साइनअपमा समस्या आएको र नोटिफिकेसन तथा प्रिमियम फिचरहरूमा ढिलाइ भएको लगायतका गुनासो गरेका थिए । यो समस्या डेटा सेन्टर आउटेजका कारण भएको एक्सको इन्जिनियरिङ टोलीले बताए पनि स्पष्ट कारण खुलाइएको छैन ।
यसअघि पनि मार्च ११, २०२५ मा एक्स प्लेटफर्ममा व्यापक रूपमा समस्या देखिएको थियो । त्यतिबेला ४० हजारभन्दा बढी प्रयोगकर्ताले एक्स वेबसाइट र एपमा समस्या आएको रिपोर्ट गरेका थिए । त्यसबेला मस्कले युक्रेन क्षेत्रबाट आएको ठुलो साइबर आक्रमणका कारण सेवा अवरुद्ध भएको दाबी गरेका थिए ।
यसबिच मस्कले गत वर्ष राष्ट्रपतिको चुनावी अभियान र अन्य रिपब्लिकन उम्मेदवारहरूका लागि करिब ३० करोड अमेरिकी डलर खर्च गरेका थिए । अब भने राजनीतिक खर्च कटौती गर्ने र फेरि व्यवसायमै ध्यान केन्द्रित गर्ने संकेत दिएका छन् ।
सरकारी सेवा सुधारसम्बन्धी विभागको नेतृत्व गरिरहेका मस्कले हजारौँ रोजगारी कटौती गर्ने र अर्बौँ डलरको सरकारी अनुबन्ध र अनुदान रद्द गर्ने अभियान थालेका छन् । तर, उनको राजनीतिक धारणा र अभिव्यक्तिका कारण अमेरिका र युरोपमा टेस्लाविरुद्ध विरोध प्रदर्शन हुन थालेपछि कम्पनीको बिक्रीमा असर परेको छ ।
Back to spending 24/7 at work and sleeping in conference/server/factory rooms.
I must be super focused on 𝕏/xAI and Tesla (plus Starship launch next week), as we have critical technologies rolling out.
As evidenced by the 𝕏 uptime issues this week, major operational…
— Elon Musk (@elonmusk) May 24, 2025
पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ १०:३५
सामाग्री श्रोत :
टेक पाना