२०८२ आश्विन १ बुधबार
LATEST NEWS
२०८२ आश्विन १ बुधबार

भीमफेदी (मकवानपुर)। यहाँको पालुङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

दुर्घटनामा परी हाल ठेगाना नखुलेका अन्दाजी ३५–४० वर्षका कृष्ण बलामी र लोकेन्द्रकुमार ठाकुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै जनाको शव पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

प्रहरीका अनुसार आज साँझ थाहा नगरपालिका–३ विद्युत् प्राधिकरण नजिकै त्रिभुवन राजपथ सडकखण्डमा गोपाली गाउँबाट थानाबजारतर्फ गइरहेको बा ३ ख ५९९० नं को यात्रुवाहक बस सडकमा हिँडिरहेका पैदलयात्रुलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरमा खसेको थियो।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको कमाण्डमा खटिएको टोलीले घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको हो।

घाइतेमध्ये अन्दाजी ३५–३६ वर्षका रघुनन्दन यादव र कमलेशकुमार साहलाई थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर रिफर गरिएको छ। त्यस्तै, बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ का ३२ वर्षीय छेयाङ दोर्जे लामा र त्यहाँकै कोल्हवी नगरपालिका–१ का ३० वर्षीय रामगुलाम चौधरीको पालुङमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक अर्यालले प्रारम्भिक जानकारी अनुसार बसमा चालक थाहा नगरपालिका–५ निवासी २९ वर्षीय राजेश कार्की मात्र रहेका र मृतक तथा घाइते भएकाहरू पैदलयात्री रहेको बुझिएको बताए। चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सामाग्री श्रोत :

पैदलयात्रुलाई ठक्कर दिँदै उपमेयरको घरमा छिर्‍यो बस, दुई जनाको मृत्यु

धरान (सुनसरी)। ट्याक्टरको ठक्करबाट यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फुल चोकमा आज दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्पराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २१ वर्षीय महजित अन्सारी गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल लगिएको थियो। उपचारका क्रममा सर्पराजको दिउँसो १ः५० बजे र महजितको २ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक भोक्राहा नरसिंह–३ का ४६ वर्षीय सुब्जी राम चमारलाई जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


सामाग्री श्रोत :

ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक पूर्वी खण्डको सात किलोमिटर सडक संरचना परिवर्तन गरिने भएको छ। 

राजमार्गमा पर्ने मर्स्याङ्दी जलविद्युत् केन्द्रको संरक्षण गर्न संरचना परिवर्तन गरिने भएको हो।

Ncell 2
Ncell 2

आयोजनाभन्दा माथि सात किलोमिटर सडक घुमाएर मुग्लिन लगिने आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक चुँडाराज ढकालले जानकारी दिएका छन्। 

आँबुखैरेनी गाउँपालिका–२ भुवनटारबाट मर्स्याङ्दी नदीमा पुल निर्माण गरेर पूर्वतर्फ गोरखाको पहाड काटेर राजमार्ग निर्माण गरिने उनले जानकारी दिए। “पुल पार गरेर पुनःसडक मुग्लिन बजारमा जोडिनेछ”, ढकालले भने।  

जलविद्युत् आयोजना हुँदै हाल सञ्चालनमा रहेको राजमार्ग फराकिलो पार्न नमिल्ने भएकाले उक्त क्षेत्रमा सडकको संरचना र स्थान परिवर्तन गर्नुपरेको आयोजनाले जनाएको छ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

दमौली (तनहुँ)। व्यास नगरपालिका–१० दुम्सीमा स्थापना गरिएको गौ संरक्षण तथा सरसफाइ व्यवस्थापन केन्द्र बेबारिसे अवस्थामा छाडिएका र पाल्न छाडिएका गाई संरक्षणका लागि प्रभावकारी बनेको छ। छाडा तथा वृद्ध गाईहरू जथाभावी छाडिदिँदा दुर्घटना हुनुका साथै फोहर बढ्न थालेपछि विसं २०७६ मा नगरले केन्द्र स्थापना गरी गौ संरक्षण गर्न थालेको हो।

नगरले तत्कालीन समयमा तुल्सीराम सापकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेर केन्द्र स्थापना गरेको थियो। मादीनदी किनारमा रहेको सार्वजनिक जग्गालाई तारबार गरेर केन्द्र सञ्चालनमा ल्याइएको जनाउँदै उनले अहिले गाई संरक्षणका लागि केन्द्र प्रभावकारी बन्दै गएको बताए।

केन्द्रका अध्यक्ष सापकोटाका अनुसार विभिन्न चरणमा गरी हाल तीन सय रोपनी क्षेत्रफलमा केन्द्र सञ्चालित छ। उनले भने, ‘तत्कालीन समयमा तीन सय रोपनीमा तारबार गर्न आर्थिक अभाव थियो। प्रत्येक वर्षको बजेटबाट विभिन्न चरणमा गरी अहिले सबै क्षेत्रमा तारबार गरिएको छ।’ केन्द्र स्थापना भएपछि विभिन्न ठाउँबाट गाई ल्याउने गरिएको उनको भनाइ छ।

गाईले दूध दिन छाडेपछि कहाँ लैजाने भनेर किसान समस्यामा परिरहेको अवस्थामा केन्द्र सहयोगी बनेको सापकोटाले उल्लेख गरे। ‘यहाँ रहेका गाई मरेपछि केन्द्र आसपास रहेका गिद्धले खाने गरेका छन्’, उनले भने, ‘गाई मरेपछि छाला काडेर राखिदिन्छौँ। गिद्ध आएर खान्छन्, हड्डीलाई खाल्डो खनेर पुर्ने गरेका छौँ।’

आगामी दिनमा हड्डीबाट पनि आम्दानी लिने योजनासहित अघि बढेको बताउँदै अध्यक्ष सापकोटाले त्यसका लागि उपकरण खरिद गर्ने तयारी गरिएको जानकारी दिए। ‘गिद्ध संरक्षणका लागि पनि गौ संरक्षण केन्द्र सहयोगी बनेको छ। गौ संरक्षण केन्द्रमा तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा गिद्धका लागि पाँच वटा आरामस्थल बनाइएको छ। यहाँ आएर गिद्धहरू बस्ने गरेका छन्’, उनले भने।

दमौली बजारमा उत्पादित कुहिने फोहरबाट बायो ग्यास उत्पादन गरिएको सापकोटाले बताए। उनले भने, ‘यहाँ हामीले गाईको मात्रै संरक्षण गरेका छैनौँ, फोहरको व्यवस्थापन पनि गरेका छौँ। कुहिने फोहरबाट ग्यास उत्पादन गरिरहेका छौँ।’

उनका अनुसार दमौली बजारबाट संकलन हुने दिसापिसाबको प्रयोग गरी घाँस उत्पादन गरिएको छ। उनले भने, ‘स्थानीयवासीलाई सामूहिक खेतीतर्फ पनि प्रोत्साहन गरेका छौँ। केन्द्रको सहयोगमा स्थानीयले सामूहिक घाँसखेती र मकैखेती गरिरहनुभएको छ।’

बजेट अभावमा केन्द्र सञ्चालनका लागि समस्या रहेपनि विभिन्न दाता, संघसंस्थाले गर्ने सहयोगले गाईलाई आहारा खुवाउन मद्दत मिलेको छ। सापकोटाले भने, ‘विभिन्न सहयोगी दाताहरूले जन्मदिनमा, वैवाहिक वर्षगाँठ, आमा बुबाको मुख हेर्ने दिनमा आएर चोकर, दाना सहयोग गर्नुपर्छ। ती सहयोगले यहाँ रहेका गाईको हेरचाह गर्न सहयोग पुगेको छ।’

व्यास नगरको सहयोगमा यहाँ तीन र केन्द्रबाट एक जना कर्मचारी नियुक्त गरिएको सापकोटाले जानकारी दिए। नगरपालिकाले मासिक रु पाँच लाख परालका लागि विनियोजन गरेपनि उक्त रकम पर्याप्त नभएको उनको भनाइ छ। हाल यहाँ एक सय २० गाई छन्।

‘यस ठाउँलाई पञ्चकव्य बनाउने योजना छ। केन्द्रमा दूध दिने २० वटा गाई छन्। पञ्चकव्य स्थापनापछि ती गाईलाई छुट्टै राखेर पाल्ने योजना बनाइएको छ। गाईको पिसाब र गोबरबाट विभिन्न मल तथा अन्य वस्तु बनाएर बिक्री गर्ने योजना बनाइएको छ’, सापकोटाले भने।


सामाग्री श्रोत :

छाडा गाई हेरचाह गर्न गौ संरक्षण केन्द्र

गण्डकी–पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ। 

आज आयोजित एक कार्यक्रमबीच महानगर प्रमुख धनराज आचार्यले पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन्।

सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालबालिकाहरूले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चिततासहित घोषणा गर्ने गरिन्छ।

Ncell 2
Ncell 2

महानगर प्रमुख आचार्यले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपहरूसहित स्वास्थ्यसम्बन्धी सेवाहरू समयमा उपलब्ध गराउनु पर्ने दायित्व प्रति प्रतिबद्ध रहेको बताए। 

बालबालिकाहरूका लागि आवश्यक खोप तथा पोषणका कार्यक्रम प्र्रभावकारी ढङ्गले सञ्चालन गर्न उनले स्वास्थ्यकर्मीहरूलाई निर्देशनसमेत दिएका छन्। महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बालबालिकाहरूका लागि खोप प्रभावकारी र अत्यावश्यक कार्यक्रमका रूपमा सञ्चालन गरिएको बताए।

पूर्ण खोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्रमा पाउनुपर्ने सबै खोपहरू, सबै बालबालिकाहरूले पूर्र्ण रूपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरू थप भएमा सो समेत लिएको अवस्थालाई बुझिन्छ। पूर्ण खोप सुनिश्चितताका लागि १६ महिना देखि ५९ महिनासम्म उमेरका बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

स्वास्थ्य मन्त्रालयमा आउन लागेका सचिव महादेव पन्थ र सरुवा भएर जान लागेका सचिव हरी मैनाली।

काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहितका केही सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ।

सोमबार राती बसेको मन्त्रिपरिषद् बैठकले मैनालीसहित चार सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदको बैठकपछि एक मन्त्रीले दिएको जानकारी अनुसार स्वास्थ्य मन्त्रालयका प्रशासन तर्फका सचिव मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सरूवा गर्ने निर्णय भएको छ।

मैनालीको सरुवा गर्ने निर्णयसँगै स्वास्थ्यमा बागमती प्रदेशमा प्रमुख सचिवको रुपमा कार्यरत महादेव पन्थलाई ल्याउने निर्णय भएको पनि ती मन्त्रीले जानकारी दिए।

यसैगरी, मन्त्रिपरिषदले शिक्षा मन्त्रालयका सचिव डा दिपक काफ्लेलाई उपराष्ट्रपति कार्यालयमा र उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्‍याललाई शिक्षा मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ।

सामाग्री श्रोत :
swasthyakhabar

मलंगवा (सर्लाही) विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई आज सम्पत्ति शुद्धिकरण मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।

‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलङ्गवा कारागार चलान गरिएको हो।

सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो सङ्ख्यामा उनका समर्थक तथा अनुयायीहरु अदालत अगाडि जम्मा भएका थिए।

यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो। बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो।

त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए। उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते सफाइ दिएको थियो। उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए। तर आज फेरि सम्पत्ति शुद्धिकरण मुद्दामा उनी जेल चलान भएका हुन्


सामाग्री श्रोत :

रामबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ । विश्व वातावरण दिवस २०८२ को अवसरमा राजधानीमा ‘विन देयर, ह्याक्ड द्याट’ थिममा वेस्ट ह्याकाथन आयोजना हुने भएको छ । एनसेल फाउन्डेसन, खालिसिसी र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त पहलमा जेठ २२ गते बुढानीलकण्ठ नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम हुनेछ ।

फोहोर व्यवस्थापनलाई प्रविधि र सिर्जनशीलताका माध्यमबाट समाधान गर्ने उद्देश्यसहित ह्याकाथन हुन लागेको हो । कार्यक्रममा प्रविधि विज्ञ, सिर्जनशील व्यक्ति, उद्यमी र जलवायु अभियन्ताहरू सहभागी हुने आयोजकले जनाएका छन् ।

एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट्स डाइरेक्टर विशाखा लक्ष्मी खड्काले डिजिटल इनोभेसन र वातावरण संरक्षणलाई एउटै प्लेटफर्ममा जोड्ने यस पहलले फोहोर व्यवस्थापनका चुनौतीहरू समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

खालिसिसीका सहसंस्थापक एवं सीईओ अमुन थापाले यो ह्याकाथन फोहोरलाई नवप्रवर्तन, आय र प्रभावको स्रोतका रूपमा पुनःपरिकल्पना गर्ने राष्ट्रिय आह्वान भएको उल्लेख गरे ।

आयोजकका अनुसार नेपालमा दैनिक ३,००० टनभन्दा बढी फोहर उत्पादन हुँदै आएको छ । तर, रिसाइकल प्रणाली अझै विकासोन्मुख अवस्थामा छ भने फोहर व्यवस्थापन क्षेत्रमा महिलाको सहभागिता पाँच प्रतिशतभन्दा कम रहेको छ । ह्याकाथनले यस्ता सीमिततालाई तोड्दै कार्यान्वयनयोग्य, समावेशी र नवीन विचारहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

प्रतियोगितामा ल्यान्डफिलदेखि परिपरिवर्तनसम्म, धुवाँबिनाको फोहोर, फोहोरमा महिलाको उद्यमशीलता र डिजिटाइज ट्रास गरी चार विषयगत क्षेत्रका समाधान विकास गर्नुपर्नेछ ।

ह्याकाथनमा सहभागी हुन इच्छुकले १५ जेठसम्म आवेदन दिन सक्नेछन् । विद्यार्थी, स्टार्टअप, इन्जिनियर, डिजाइनर, कोडर तथा फोहोर व्यवस्थापनमा अनौपचारिक योगदान दिँदै आएका व्यक्तिहरू सहभागी हुन सक्नेछन् ।

कार्यक्रममा गोल्यान ग्रुप, प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला बेभरेजेज नेपाल, सिएनआई वाइइएफ, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, व्यापार पाठशाला र एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले सहयोग गरेका छन् ।

थप जानकारी वा आवेदनका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ २२:२९





सामाग्री श्रोत :
टेक पाना

हेटौंडा–मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका-३ मा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज साँझ ७ बजेको समयमा त्रिभुवन राजपथ सडकखण्डको गोपाली गाँउबाट पालुङको थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिडिँरहेका पैदलयात्रीलाई ठक्कर दिएर उपमेयर भरत गोपालीको घरभित्र बस पसेको थियो।

बस दुर्घटनामा करिब ४० वर्षीय कृष्ण बलामी र सोही उमेरका लाोकेन्द्रकुमार ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।

Ncell 2
Ncell 2

डीएसपी अर्यालका अनुसार मृतक दुवै जनाको ठेगाना खुल्न सकेको छैन। मृतक बलामी र ठाकुरलाई प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारका लागि पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको डीएसपी अर्यालले बताए । दुवै जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र पालुङमै राखिएको छ ।

बस दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइतेहरू ठेगाना नखुलेका अन्दाजी ३६ वर्षीय रघुनन्दन यादव र कमलेशकुमार साहको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको डिएसपी अर्यालले जानकारी दिए ।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

भद्रपुर (झापा)। यस वर्षको मनसुन र त्यसबाट सिर्जना हुनसक्ने सम्भावित विपद्बाट यहाँका करिब नौ हजार घर बाढीको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ।

सम्भावित विपद् पूर्वतयारीका लागि जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा आज भएको सर्वपक्षीय बैठकमा स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले यस्तो जोड दिएका हुन्। बैठकमा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर झण्डै २० लाख नागरिक प्रभावित हुन सक्ने चेतावनी दिएपछि यहाँ पनि सोहीअनुसार तयारी गर्नुपर्ने सरोकार भएकाहरूको जोड छ।

झापाका अधिकांश स्थानीय तहले मनसुन पूर्वको तयारीमा खासै चासो नदेखाएको भन्दै नेपाल रेडक्रस सोसाइटी झापाले बैठकमा सबैको ध्यानाकर्षण गराएको सभापति लोकराज ढकालले बताए। जिल्लाका आठ हजार नौ सय १९ घर बाढीको अति उच्च जोखिममा रहेकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको अभावले जनधनको ठूलो क्षति हुन सक्नेतर्फ सचेत रहनुपर्ने आफ्नो भनाइरहेको बताए। उनका अनुसार गौरीगञ्ज, झापा, कचनकवल र बाह्रदशी गाउँपालिका बाढीको उच्च जोखिममा रहेको तथा कनकाइ, बिरिङ, रतुवा, मेची, निन्दा, देउनियाँ, फुलवासा, हडिया, टाङटिङ, कमल जस्ता नदीहरूबाट डुबानको खतरा रहेको छ।

रेडक्रसका अनुसार जिल्लामा कनकाई, बिरिङ र निन्दा नदीमा बाढी मापन केन्द्रहरू तथा नौ स्थानमा वर्षा मापन केन्द्रहरू रहेका छन्। यहाँ रेडक्रसका १२५ जना तालिमप्राप्त स्वंयसेवक तयारी अवस्थामा रहेको छन्। कनकाई नदीको वारिपारि दुई स्थानमा राहत सामग्री भण्डारणका लागि कन्टेनर राखिएको र ती कन्टेनरमा आवश्यक सामग्री थप्न स्थानीय तहलाई आग्रह गरिएको सभापति ढकालले बताए।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले यस वर्षको मनसुन र त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित विपद् व्यवस्थापनमा सक्रिय बन्न सरोकार भइका सबैलाई आग्रह गरे।


सामाग्री श्रोत :

झापामा करिब नौ हजार घर बाढीको उच्च जोखिममा

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट