२०८२ आश्विन १ बुधबार
२०८२ आश्विन १ बुधबार

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । आज बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा परी मध्यविन्दु–७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही स्थानका २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको छ । दुर्घटनामा बर्दघाट नगरपालिका–५ मध्यविन्दु–७ का २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् । 

Ncell 2
Ncell 2

दुर्घटनामा सख्त घाइते अवस्थामा तीनै जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए । गम्भीर घाइते एक जनालाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको छ । टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीनै जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । आइओएफटिसी नेपालको आयोजनामा १५ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) हुने भएको छ ।

आइओएफटिसीले आफ्नो २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपालमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता यसै वर्षको डिसेम्बर १८ देखि २० तारिखसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । यसभन्दा अघि आइओएफटिसीको १४ औं संस्करण गत वर्ष दक्षिण कोरियाको सिओलमा भएको थियो ।

निरन्तरताको हिसाबले प्रतियोगिताको १५ औं संस्करणको आयोजना मिति २०२६ रहेपनि आइओएफटिसी २५ वर्ष पुगेको अवसरमा एक वर्ष अघि नै आयोजना गर्न लागेको आइओएफटिसीका निर्देशक तथा ग्रान्डमास्टर दिवाकर ‘डान’ महर्जनले सोमबार आयोजित पत्रकार सम्मलेनमा जानकारी गराए ।

महर्जनले सन् २००० मा पहिलोपटक प्रतियोगिता नेपालमा भएको जानकारी गराउदै २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा यो प्रतियोगिता आयोजना नेपालमै गरिन लागेको बताए ।


सामाग्री श्रोत :

आइओएफटिसीको १५ औं संस्करण नेपालमा हुने

काठमाडौँ । अनलाइन ट्राभल प्लेटफर्म सस्तो टिकेट्स र प्रिमियम लगेज ब्रान्ड स्विस मिलिट्रीबीच सहकार्य भएको छ । यस सहकार्यअनुसार सस्तो टिकेट्समार्फत फ्लाइट बुक गर्ने यात्रुले स्विस मिलिट्रीका लगेज तथा ब्याकप्याक कलेक्सनमा ४० प्रतिशतसम्म छुट पाउने छन् ।

सस्तो टिकेट्समार्फत टिकट बुक गरेपछि यात्रुलाई छुट प्राप्त गर्न आवश्यक विशेष लिंक तथा क्यूआर कोड ईमेलमार्फत पठाइने कम्पनीले जनाएको छ । उक्त लिंक वा कोड प्रयोग गरी यात्रुले स्विस मिलिट्रीको प्रिमियम उत्पादनमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

स्विस मिलिट्री नेपालका प्रतिनिधि वासु सर्राफ भन्छन्, “नेपालको अग्रणी अनलाइन ट्राभल एजेन्सी सस्तो टिकेट्ससँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौं । हाम्रो उद्देश्य यात्रुहरूको समग्र यात्रा अनुभवलाई उचाइमा पुर्‍याउनु र स्विस मिलिट्रीको उत्पादन किफायती मूल्यमा उपलब्ध गराउनु हो ।”

सस्तो टिकेट्सका मार्केटिङ प्रमुख विशाल दाहालले पनि सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, “हाम्रो उद्देश्य सधैँ नेपाली यात्रुहरूलाई सस्तो, सहज र भरपर्दो यात्रा सेवा प्रदान गर्नु हो । पछिल्लो आठ वर्षमा हामीले ग्राहकहरूको विश्वास जित्दै उत्कृष्ट ब्रान्ड निर्माण गरेका छौं । स्विस मिलिट्रीसँगको यो सहकार्यमार्फत हामीले हाम्रा ग्राहकलाई यात्रा सुरु हुनु अगावै उत्कृष्ट अनुभव दिन खोजेका हौं ।”

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ ८:३





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2

काठमाडौं – पर्वतारोही कामीरिता शेर्पाले ३१औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ४ बजेतिर उनले सर्वोच्च शिखर सगरमाथाको ३१औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले बताएका छन् । यो सँगै उनले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् ।  

उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा गएका थिए । भोलि सगरमाथा आधार शिविरसम्म झर्ने र त्यहाँबाट काठमाडौं फर्किने तालिका रहेको बताइएको छ । अघिल्लो वर्ष उनी ३०औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

बागलुङ। बागलुङको बरेङ गाउँपालिका-१ र २ को सिमानामा पर्ने पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनपार्क’ निर्माण गरिएको छ। बरेङ बजार नजिकै रहेको ठूल्डाँडा क्षेत्रमा गाउँपालिकाले रु ४० लाख लागतमा ‘फनपार्क’ निर्माण गरी सञ्चालनमा ल्याएको हो।

पार्क सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ। तीन वर्ष अगाडि निर्माण सुरु गरिएको पार्क यसै वर्षदेखि सञ्चालनमा आएको गाउँपालिका कार्यालयले जनाएको छ।

एक दशक अगाडिसम्म झाँडीले ढाकिएको उक्त क्षेत्र अहिले रमणीय बनेको स्थानीय बताउँछन्। पार्क निर्माण भएपछि बरेङसहित बागलुङको गलकोट, जैमिनी, गुल्मी, स्याङ्जालगायत ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका स्थानीय चित्र थापाले बताए। गर्मीयाम सुरु भएपछि पार्कमा रहेका रुखका छहारीमा बस्न आउनेको सङ्ख्या बढेको उनको भनाइ छ।

करिब दुई हेक्टर क्षेत्रफलमा बनेको पार्कमा बालबालिकाका लागि खेल्ने, वनभोजस्थल, भवन, फोटो खिच्नेस्थाललगायत पूर्वाधार बनेकाले आन्तरिक पर्यटकको आकर्षण बढेको थापाले उल्लेख गरे।

बरेङका सबै वडासहित गुल्मी, स्याङ्या, माछापुच्छ्रेलगायत हिमालहरू अवलोकन गर्न सकिने भएकाले ठूल्डाँडा र पार्क पर्यटकका लागि आकर्षण केन्द्र बनेको उनले बताए।

उनले भने, “पहिले हामीले यहाँ गाईभैँसी चराउने गथ्र्यौँ, अहिले सुन्दर पार्क बनेको छ। सामाजिक सञ्जालको प्रयोगले पार्कको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटक आउने गरेका छन्, यहाँ फोटो, भिडियो खिच्न, वनभोज खान, हिमालको अवलोकन गर्न पर्यटक आउने गरेका छन्।”

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले पदमार्ग र मोटरबाटोले ठूल्डाँडा जोडेपछि पर्यटकको आगमनमा वृद्धि आएको बताए। ठूल्डाँडामा पार्कसहित खानेपानी, शौचालय, बालबालिकाका लागि खेल्ने स्थान, वनभोजस्थल, आरामका लागि भवन, फोटो खिच्न पूर्वाधार बनाइएको उनको भनाइ छ। पार्कमा खुला व्यायामशालासमेत निर्माण गरिएको अध्यक्ष शर्माले जानकारी दिए।

“यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रार र पर्याप्त पूर्वाधार नहुँदा आझेलमा परेको थियो, यसलाई संरक्षण र प्रवर्द्धन गरी स्थानीयको आयआर्जनको स्रोत विकास गर्नुपर्छ भन्ने उद्देश्यल यहाँ पूर्वधार निर्माण गर्‍यौँ, पदमार्ग र मोटरबाटो दुवैले जोड्यौँ”, अध्यक्ष शमाले भने, “अहिले ‘फनपार्क’मा व्यायामशालासहित थुप्रै संरचना बनेका छन्, जसले गर्दा यहाँ दैनिक पर्यटक आउने गरेका छन्। वरपर रहेका रुखसहित पोखरी पनि संरक्षण गरेर राखेका छौं।”


सामाग्री श्रोत :

पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनर्पाक’ निर्माण

एजेन्सी – रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेन मुद्दामा भावनामा बहकिएको आरोप लगाएको छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनलाई पागलको संज्ञा दिएपछि रुसले यस्तो प्रतिक्रिया जनाएको हो । 

युक्रेनमा ३६७ ड्रोन तथा मिसाइल प्रहार गरेर १३ जनाको ज्यान गएपछि ट्रम्पले पुटिनलाई सामाजिक सञ्जालमा नै उनलाई केही भइरहेको बताएका थिए ।

पुटिनका प्रवक्ता डिमिट्री पेस्कोभले यसलाई ट्रम्पको धेरै दौडधुपका कारण उत्पन्न भावनात्मक संवेगको रूपमा व्याख्या गरेका छन् ।

Ncell 2
Ncell 2

यसैबीच जर्मन चान्सलर फ्रेडरिच मर्जले युक्रेनका सहयोगीले सहयोग गरेको आएको निश्चित दुरीको हतियारको साटो किभ टाउरस मिसाइल दिने बताएका छन् ।

शनिबार र आइतबारको २४ घण्टामा ३६७ मिसाइल प्रहार गर्दै १३ जनाको ज्यान लिएको रुसी सेनाले त्यसको एक दिनपछि आइतबार र सोमबारको युक्रेनको विरुद्धमा ३५५ ड्रोन प्रहार गर्दै १० जनाको ज्यान लिएको छ ।

रुसी रक्षा मन्त्रालयले त्यहाँको एयर सिस्टमले थुप्रै रुसी क्षेत्रमा प्रहार गरिएका २० ड्रोन नास गरिएको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणमा कुनै सैन्य सोच नभएको बताउँदै लगातार युद्ध मच्चाउने र धेरेको ज्यान लिने नीति मात्र रुसको भएको आरोप लगाएका छन् ।

रोयटर्सका अनुसार थप सहयोगका लागि वार्ता गर्न जेलेन्स्की बुधबार बर्लिन जाँदै छन् । यसबारे सबै कुरा पक्का भइसकेको छैन ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

मकवानपुर। मकवानपुरको थाहा नगरपालिका–३, स्कुल चोकमा सोमबार साँझ भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

गम्भीर घाइते भएका झम्केश्वरी माविका शिक्षक रघुनन्दन यादवको काठमाडौं ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का गम्भिर घाइते कमलेश कुमार साहको समेत ट्रमा सेन्टर मा उपचार जारी छ।

त्रिभुवन राजपथ अन्तर्गत गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसको ब्रेक फेल भई दुर्घटना भएको थियो। सडकमा हिँडिरहेका पैदलयात्रुलाई ठक्कर दिँदै बस थाहा नगरपालिकाका उप-मेयर भरत गोपालीको घरभित्र पसेको थियो।

दुर्घटनामा लेखापढी व्यवसायी थाहा–९ निवासी कृष्ण बलामी र बिष्णुपुर गाउँपालिका–५, सप्तरी स्थायी घर भई हाल झम्केश्वरी माविमा कार्यरत शिक्षक लोकेन्द्र कुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो।

बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ का ३२ वर्षीय छेयाङ दोर्जे लामा र बारा कोल्बी नगरपालिका–१ का ३० वर्षीय रामगुलाम चौधरी सामान्य घाइते भएका छन् । उनीहरूको उपचार पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ।

बसका चालक थाहा नगरपालिका–५ का अन्दाजी २९ वर्षीय राजेश कार्कीलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।


सामाग्री श्रोत :

बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृत्यु, तीनजना घाइते

ढोरपाटन (बागलुङ)। यहाँका जैमिनी नगरपालिकाका आठ घरविहीन परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको छ। सुकुम्वासी, आर्थिक अभावमा पुनःनिर्माण गर्न नसकेका र विभिन्न विपद्बाट विस्थापित परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको हो।

नगरपालिकाले सबैभन्दा पहिले सुकुम्वासी परिवारलाई जग्गा खरिद गरी घर निर्माण गरिदिएको हो। हालसम्म जैमिनी नगरपालिका–९ पैयुथन्थापका धर्मागत पाध्य, भविन्द्र थापा, वडा नं १० राङखानीकी हरिमाया थापा, वडा नं ४ सर्कुवाकी देउरूपा सार्की, जैमिनी वडा नं ८ छिस्तीकी नरवदी पुन घर्ती, वडा नं ८ छिस्तीका सन्तबहादुर विक, जैमिनी वडा नं ३ उपल्लो दमेकका गिरीबहादुर परियार र तुलबहादुर घर्तीको घर निर्माण गरेको इञ्जिनियर विवेक सापकोटाले जानकारी दिए।

सुकुम्वासीको घर निर्माणका लागि रु तीन लाख, विपद्बाट क्षति भएर घरविहीन भएका परिवारलाई रु दुई लाख ५० हजार र आर्थिक अभाव कमजोर भई पुनःनिर्माण गर्न नसकेका परिवारलाई रु दुई लाख उपलब्ध गराउने सापकोटाको भनाइ छ। हालसम्म आठ घर निर्माण गरी हस्तान्तरण गरिसकेको र अझै पाँच वटा घर निर्माणाधीन रहेको सापकोटाले बताए।

नगरपालिकाले १३ सुकुम्वासी, विपद्बाट क्षति घरविहीन भएका १२ परिवार र आर्थिक अभाव कमजोर भई पुनःनिर्माण गर्न नसकेका ४१ परिवारको घर निर्माण गरिदिने जनाएको छ। जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले घरविहीन परिवारलाई पहिलो प्राथमिकतामा राखेर आवस निर्माण गरिरहेको बताए। तीन पुस्तासम्म घर नभएकालाई नगरपालिकाले पहिलो चरणमा बनाइ दिएको, विपद् र आर्थिक अभावका कारण पुनःनिर्माण गर्न नसकि अरूको घरमा आश्रय लिएकालाई दोस्रो चरणमा आवास निर्माण गरिदिने उनको भनाइ छ।

उपप्रमुख शर्माले भने, ‘कोही पनि नागरिक, गास, बाँस र कपासबाट वञ्चित हुनुहुँदैन, स्थानीय सरकारले स्रोतसाधानले भ्याएसम्म उनीहरुका लागि काम गरिरहेको छ।’ लामो समयदेखि अरुको घरमा आश्रय लिँदै आएका जैमिनी नगरपालिका–८का सन्तबहादुर कामीले नयाँ घर पाएपछि खुसी व्यक्त गरे।


सामाग्री श्रोत :

घरविहीनलाई घर निर्माण गर्दै जैमिनी नगरपालिका

फिदिम। नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीका कार्यकर्ताले नेताको झोला मात्र बोकेर नहुने बताएका छन्। आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पाँचथरको फालेलुङ आएका कोइरालाले कांग्रेस कार्यकर्ताहरू स्वभिमानी बन्नुपर्ने बताएका हुन्।

‘नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेताको झोला बोक्ने र उनीहरुको पछि कुदेर मात्र हुँदैन,’  कोइरालाले भने, ‘कार्यकर्ताहरू स्वाभिमानी बन्नुपर्छ। आफूलाई आफैंले सक्षम नेतृत्वको रुपमा स्थापित गर्नुपर्छ। नेता खुसी पार्न हैन जनतालाई खुसी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ।’

नेपाली कांग्रेस फालेलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जथाभावी बोल्दै हिँडेको आरोप लगाए।

‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ,’ प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने, ‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिन मिल्दैन।’ प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोइरालाको भनाइ थियो।

आइतबार नेकपा एमाले बागमाती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको कब्जामा राख्न निर्देशन दिएका थिए।

सोही दिन राजावादीहरूले पनि काठमाडौंकेन्द्रित आन्दोलनको घोषणा गरेका छन्। प्रधानमन्त्रीकै कारण देश मुठभेडतर्फ गएको कोइरालाको ठहर थियो।


सामाग्री श्रोत :

पाँचथर पुगेर डा. कोइरालाले भने- कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन

बर्दिया। बर्दिया प्रहरीले एक लाख १९ हजार बराबरको भन्सार छली चेरी निकासी गरेको सामान राजापुर भन्सार कार्यालय बर्दियालाई बुझाएको छ। भन्सार छली ल्याएको कुर्ता सुरुवाल, रेडिमेट कपडा प्लाष्टिक डोरी र रासायनीक मल पक्राउ गरी राजापुर भन्सारलाई बुझाएको हो।

तीन दिन यता गरेको चेकजाँचको क्रममा भन्सार छली ल्याएको सामान फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी चक्रबहादुर डमरपालले बताएका छन्।

उनका अनुसार अनुसार गुलरिया नगरपालिका वडा नं ११ बाट करिब ४२ हजार ७ सय बराबरको तयारी कुर्ता सुरुवाल र प्याष्टिकको डोरी फेला परेको छ। त्यसैगरी बाँसगढी नगरपालिका वडा नं १ चेपाङबाट करिब ४९ हजार तीन सय बराबरको रेडिमेट कपडा फेला परेको छ भने गुलरिया नगरपालिका वडा नं ८ पर्सियाबाट करिब २७ हजार तीन सय बराबरको डिएपी र युरिया मल प्रहरीले पक्राउ गरेको छ।

पक्रउ परेका सामाग्रीहरू आवश्यक कारबाहीका लागिराजापुर भन्सार कार्यालय गुलरिया बुझाएको सूचना अधिकारी डमरपालले बताए।


सामाग्री श्रोत :

एक लाख भन्दा बढिका अवैध सामान बरामद

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट